अय्यूब 24:19
जसरी खडेरी र तापले हिउँलाई पगालेर पानी बानउँछ, त्यसरी नै पाप गरेकाहरूलाई चिहानले लैजान्छ ।
जसरी खडेरी र तापले हिउँलाई पगालेर पानी बानउँछ, त्यसरी नै पाप गरेकाहरूलाई चिहानले लैजान्छ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
18तापनि पानीको सतहमा देखा पर्ने फिँजझैं तिनीहरू चाँडै नै बितेर जान्छन् । तिनीहरूको खेतको हिस्सा श्रापित छ । तिनीहरूका दाखबारीहरूमा काम गर्न कोही पनि जाँदैन ।
20उसलाई जन्माउने गर्भले उसलाई बिर्सिनेछ । किराले त्यसलाई मिठो मानेर खानेछ । फेरि उसको सम्झना गरिनेछैन । यसरी एउटा रुखलाई झैं दुष्टतालाई टुक्राटुक्रा पारिनेछ ।
16तीमाथि बरफ जमेको हुनाले, र तिनमा लुकेर बस्ने हिउँको कारणले अँध्यारो भएका छन् ।
17जब ती पग्लिन्छन्, ती बिलय हुन्छन् । तातो हुँदा ती आफ्नो ठाउँबाट पग्लेर जान्छन् ।
18आफ्नो बाटोमा हिंड्ने यात्रु-दल पानी खोज्न पाखा लाग्छन् । तिनीहरू बाँझो भू-भागमा भौंतारिन्छन्, र नष्ट हुन्छन् ।
11जसरी एउटा तलाउबाट पानी लोप हुन्छ, र जसरी नदीको पानी घट्छ र सुक्छ,
12त्यसरी नै मानिसहरू ढल्किन्छन्, र फेरि उठ्दैनन् । आकाशहरू लोप नभएसम्म तिनीहरू ब्युँझने छैनन्, न त तिनीहरू आफ्ना निद्राबाट उठ्नेछन् ।
4मानिसहरू बसेका ठाउँभन्दा धेरै टाढा, वा कसैको खुट्टाले नटेकेको ठाउँमा, खानीमा तल जाने एउटा सुरुङ् उसले बनाउँछ । मानिसहरूभन्दा धेरै पर ऊ झुण्डिन्छ । ऊ यताउता हल्लिन्छ ।
16पाताल, बाँझी स्त्री, पानीले कहिल्यै सन्तुष्ट नहुने जमिन र कहिल्यै “पुग्यो” नभन्ने आगो ।
11उसका हड्डीहरू युवावस्थाका ताकतले भरिएका छन्, तर ऊसँगै ती पनि भुइँमा ढल्नेछन् ।
14के म तिनीहरूलाई चिहानको शक्तिदेखि बचाउनेछु र? के म तिनीहरूलाई मृत्युबाट बचाउनेछु र? ए मृत्यु, तेरा विपत्तिहरू कहाँ छन्? ए चिहान, तेरो विनाश कहाँ छ? मेरा आँखाबाट दया लुकेको छ ।”
15एफ्राइम आफ्ना दाजुभाइका बिचमा समृद्ध भए पनि, पूर्वीय बतास आउनेछ, परमप्रभुको बतास उजाड-स्थानबाट बहनेछ । एफ्राइमको मुहान सुक्नेछ, र त्यसको इनारमा पानी हुनेछैन । त्यसका हरेक बहुमुल्य थोकको भण्डारलाई त्यसको शत्रुले लुट्नेछ ।
19नदीहरूले ढुङ्गाहरूलाई खियाउँछन्, तिनीहरूमा भएको बाढीले जमिनको धूलो बगाउँछन्। त्यसरी नै तपाईंले मानिसको आशालाई नाश गर्नुहुन्छ ।
7तिनीहरूले भन्नुपर्नेछ, “जसरी कसैले जोत्छ र जमिन चिर्छ, त्यसरी नै हाम्रा हाडहरू चिहानको मुखमा छरिएका छन् ।”
34र यसका मानिसहरूका दुष्टताको कारणले उर्बर भूमिलाई बाँझो ठाउँमा बद्लिनुहुन्छ ।
8तिनीहरू शंखेकीराजस्तै होऊन् र बिलि जाऊन् र तिनीहरू एउटी स्त्रीको तुहेको बालकजस्तै होऊन् जसले कहिल्यै सूर्यको उज्यालो देख्दैनन् ।
20पानीले झैं त्रासले उसलाई डुबाउनेछ । रातमा एउटा आँधीले उसलाई टाढा पुर्याउनेछ ।
17माटोका डल्लामुनि बीउहरू सडे, भण्डारहरू उजाड भए, र अन्नका भकारीहरू भत्काइए, किनकि अन्न सुकेको छ ।
16उसका जराहरू तलतिरका नै सुक्नेछन् । माथिको उसको हाँगा काटिनेछ ।
24मैले इनारहरू खनेको छु, र विदेशी पानी पिएको छु । मैले आफ्ना खुट्टाका पैतलामुनि मिश्रदेशका सबै नदी सुकाएँ ।'
15हेर्नुहोस्, उहाँले पानीलाई रोक्नुभयो भने, ती सुक्छन् । अनि उहाँले त्यसलाई पठाउनुहुन्छ भने, तिनले जमिनलाई डुबाउँछ ।
12स्वस्थहरूलाई पातालले निलेझैँ तिनीहरूलाई जिउँदै निलौँ, र तिनीहरूलाई खाडलमा खस्नेहरूलाई झैँ गरौँ ।
16तिनीहरूको समय हुनुअगि नै तिनीहरूको जीवन लिइयो, तिनीहरूका जगहरू नदीले झैं बगाएर लगेको छ,
14के लेबनानको हिउँले कहिल्यै यसका चट्टानका पहाडहरूलाई छोड्छ र? के टाढाबाट आउने पहाडका नदीहरू, ती चिसा नदीहरू कहिल्यै सुक्छन् र?
5मरेकाहरू, पानीमुनि भएकाहरू र त्यहाँ बास गर्नेहरू, सबैलाई त्रसित पारिएको छ ।
6परमेश्वरको सामु चिहान उदाङ्गो छ । विनाश आफै पनि उहाँबाट लुक्न सक्दैन ।
9जसरी बादल फट्छ र हराएर जान्छ, त्यसरी नै चिहानमा जाने फेरि फर्केर आउनेछैन ।
30उसले अन्धकारबाट छुटकारा पाउनेछैन । ज्वालाले उसका हाँगाहरूलाई सुकाउनेछ । परमेश्वरको मुखको सासले ऊ मर्नेछ ।
28विद्रोहीहरू र पापीहरू एकसाथ धूलो पारिनेछन् र परमप्रभुलाई त्याग्नेहरू नष्ट हुनेछन् ।
14प्रशस्त पानीको छेउको त्यो अग्लो रूखभन्दा धेरै उचाइमा अरू कुनै रूखहरू नहून्, र त्यो उचाइसम्म पुग्नेगरी अरू कुनै रूख नबढून् भनेर यस्तो भयो । मृत्युमा जान, जमिनमा तल जान, मानिसका छोरा-छोरीध्ये खाडलमुनि जानेहरूसित जानलाई ती सबैलाई नियुक्त गरिएका छन् ।
18दुष्टता आगोझैं बल्छ । त्यसले सिउँडी र काँढालाई भष्म पार्छ । यसले जङ्गलको झाडीलाई पनि जलाउँछ, जसले धूँवाको मुस्लोमा उठ्नेछ ।
12ती अझै हरिया छँदै र नकाटकै बेलामा, अरू कुनै बिरुवाभन्दा पहिले नै ती सुक्छन् ।
18मृत्युसँग गरेको तिमीहरूको करार खारेज हुनेछ र चिहानसँगको तिमीहरूको सहमति रहनेछैन । जब उर्लंदो बाढी आउँछ, त्यसले तिमीहरूलाई डुबाउनेछ ।
22वास्तवमा उसको प्राण मृत्युको खाडल नजिक, उसको जीवन उसलाई नष्ट गर्न चाहनेहरूकहाँ पुग्छ ।
19तिनीहरू कसरी क्षणभरमा नै उजाडस्थान बने! तिनीहरूको अन्त भयो र भयानक त्रासहरूले समाप्त पारिए ।
1¶ मेरो आत्मा नाश पारिएको छ, र मेरो आयु सकिएको छ । चिहान मेरो लागि तयार छ ।
4पृथ्वी सुख्खा हुनेछ र ओइलाउनेछ, संसार सुक्नेछ र ओइलाएर जानेछ। पृथ्वीका विशिष्ट मानिसहरू दुर्बल हुनेछन् ।
11किनकि प्रचण्ड तापसहित सूर्य उदाउँछ र घाँसलाई सुकाइदिन्छ । फुल झर्छ, र त्यसको सौन्दर्य नष्ट हुन्छ । त्यसै गरी, धनी मानिस आफ्नो यात्राको बिचमा नै बिलाएर जानेछ ।
14यसकारण चिहानले आफ्नो भोकलाई ठुलो पारेको छ र त्यसले आफ्नो मुखलाई चौडा पारेको छ । तिनीहरूका कुलीनहरू, मानिसहरू, हल्ले गर्नेहरू र तिनीहरू माझका खुसी हुनेहरू चिहानमा जान्छन् ।
19तर एउटा हाँगालाई फालेझैं, तेरो चिहानबाट तँलाई बाहिर फालिएको छ । तरवारले छेडेर मारिएका खाल्डोका ढुङ्गाहरूतिर जाने मृतकहरूले तँलाई कपडाले झैं ढाक्छन् ।
20तैंले आफ्नो देशलाई नाश पारेको र आफ्ना मानिसहरूलाई मारेको हुनाले तिनीहरूसँगै तेरो दफन हुनेछैन । दुष्ट काम गर्नेहरूका सन्तानलाई फेरि कहिल्यै याद गरिनेछैन ।”
6यसकारण सरापले पृथ्वीलाई विनाश पार्छ र यसका बासिन्दाहरू दोषी भेट्टाइएका छन् । पृथ्वीका बासिन्दाहरू जलाइन्छन् र थोरै मानिसहरू मात्र बाँकी छन् ।
12किनकि त्यो त नरकसम्म नै भस्म पार्ने आगो हो, र त्यसले मेरा सबै फसललाई जरैसम्म जलाउँछ ।
10दुष्ट व्यक्तिले यो देख्नेछ र क्रुद्ध हुनेछ । त्यसले रिसले दाह्रा किट्नेछ र त्यो बिलेर जाने छ । दुष्ट मानिसहरूका इच्छा नष्ट हुनेछ ।
30किनभने तिमीहरू पातहरू ओइलाउने फलाँटजस्ता र पानी नभएको बगैंचाजस्ता हुनेछौ ।
26तिनीहरू समान रूपमा धूलोमा पल्टिन्छन् । तिनीहरू दुवैलाई किराहरूले ढाक्छन् ।
4उहाँले समुद्रलाई हप्काउनुहुन्छ र त्यसलाई सुक्खा बनाउनुहुन्छ । उहाँले सबै नदीहरूलाई सुकाइदिनुहुन्छ । बाशान र कर्मेल कमजोर छन् । लेबनानका फूलहरू कमजोर छन् ।
9परमेश्वरको सासले तिनीहरू नष्ट हुन्छन् । उहाँको क्रोधको बिष्फोटले तिनीहरू भस्म हुन्छन् ।
20बिहान र बेलुकीको बिचमा तिनीहरू नष्ट हुन्छन् । कसैको जानकारीविना नै तिनीहरू सदाको लागि नष्ट हुन्छन् ।
14भेडाहरूझैं ती चिहानको निम्ति नियुक्त हुन्छन्, र मृत्युचाहिं तिनीहरूका गोठाला हुनेछ । सोझाहरूले बिहान तिनीहरूमाथि राज्य गर्नेछन् र तिनीहरूलाई बस्ने कुनै ठाउँ नभई तिनीहरूका शरीरहरू चिहानमा नष्ट हुनेछन् ।