लैव्यव्यवस्था 10:6

अनलक शाब्दिक बाइबल

त्यसपछि मोशाले हारून र तिनका छोराहरू एलाजार र ईतामारलाई यसो भने, “तिमीहरूको शिरको केश नफुकाल, र आफ्ना वस्‍त्रहरू नच्यात, अनि तिमीहरू मर्ने छैनौ, र परमप्रभु सबै समुदायसँग क्रोधित हुनुहुने छैन । तर आफ्ना नातेदारहरू अर्थात् समस्त इस्राएलको घरानालाई परमप्रभुको आगोले भष्‍म गरेकाहरूका निम्ति विलाप गर्न देओ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 16:22 : 22 मोशा र हारून घोप्‍टो परे र भने, “हे परमेश्‍वर, सारा मानव-जातिको आत्माका परमेश्‍वर, एक जनाले पाप गर्दा, के तपाईं सबै समुदायसँग रिसाउनुहुन्छ?”
  • यहो 7:1 : 1 ¶ तर इस्राएलका मानिसहरूले विनाशको निम्ति अलग गरिएका थोकहरूको बारेमा बेइमानीपूर्वक काम गरे । यहूदा कुलका जेरहको छोरो जब्दीको छोरो कर्मीको छोरो आकानले विनाशको निम्ति अलग गरिएका केही थोकहरू लिए, र परमप्रभुको क्रोध इस्राएलविरुद्ध दन्कियो ।
  • यहो 22:18 : 18 के तिमीहरू पनि अहिले नै परमप्रभुलाई पछ्याउनबाट तर्किनुपर्छ? यदि तिमीहरूले आज उहाँको विरुद्ध विद्रोह गर्‍यौ भने, उहाँ भोलि हामी इस्राएलको सबै समुदायसँग रिसाउनुहुने छ ।
  • यहो 22:20 : 20 के परमेश्‍वरलाई सुम्पेका थोकहरूको विषयमा जेरहको छोरो आकानले विश्‍वास तोडेनन्? के सबै इस्राएलका मानिसमाथि क्रोध परेन? त्यसको पापको निम्ति आफू मात्रै मरेन' ।”
  • २ शमू 24:1 : 1 ¶ फेरि इस्राएलको विरुद्धमा परमप्रभुको क्रोध पर्‍यो र उहाँले दाऊदलाई यसो भनेर उत्तेजित गर्नुभयो, “जा, इस्राएल र यहूदाको गणना गर् ।”
  • लैव्य 13:45 : 45 सरुवा रोग लागेको मानिसले झुत्रो लुगा लगाओस्, त्यसले आफ्ना कपाल खुला छोडोस्, र आफ्नो अनुहारलाई नाकसम्‍म ढाकेर त्यसले सोर निकालेर ‘अशुद्ध, अशुद्ध’ भनोस् ।
  • गिन 1:53 : 53 तथापि, लेवीहरूले तिनीहरूका पाल करारका विधिका पवित्र वासस्थान वरिपरि टाँग्‍नुपर्छ, ताकि इस्राएलका मानिसहरूमाथि मेरो रिस नपरोस् । लेवीहरूले करारका विधिहरूको पवित्र वासस्थानको हेरचाह गर्नुपर्छ ।
  • गिन 6:6-7 : 6 त्यसले आफूलाई परमप्रभुको निम्ति अलग राखेको पुरै समयभरि त्यो मुर्दाको नजिक आउनुहुँदैन । 7 आफ्नै बुबा, आमा, दाजुभाइ, दिदीबहिनी मरे भने पनि त्यसले तिनीहरूका निम्ति पनि आफूलाई अशुद्ध पार्नुहुँदैन । सबैले त्यसको कपाल देख्‍न सक्‍नेजस्तै यो त्यसले आफूलाई परमेश्‍वरप्रति अलग गरेको कारणले हो ।
  • गिन 18:5 : 5 पवित्र स्थान र वेदीको निम्ति तैँले जिम्मा लिनुपर्छ, ताकि इस्राएलका मानिसहरूमाथि मेरो क्रोध फेरि नआओस् ।
  • यहे 24:16-17 : 16 “ए मानिसको छोरो, हेर्, तेरो आँखाका इच्‍छालाई म विपतिबाट हटाउँदैछु, तर तैंले शोक गर्नुहुँदैन न त रुनु हुन्‍छ, र तेरा आँखाबाट आँसु झर्नुहुँदैन । 17 तैंले चूपचाप सुस्‍केरा हाल्नुपर्छ । मृतकको अन्तेष्‍टि नगर्‌ । आफ्‍ना फेटा आफ्‍नो टाउकोमा बाँध र आफ्‍ना जुत्ता आफ्‍ना खुट्टामा लगा, तर आफ्नो मुखका रौं नढाक् वा आफ्ना पत्‍नीको मृत्युमा शोक गर्ने मानिसहरूका रोटी नखा ।”
  • मीका 1:16 : 16 तिमीहरू हर्षित हुने आफ्ना छोराछोरीहरूका निम्ति आफ्नो केश खौर । आफैँलाई गिद्धझैँ तालुखुइले बनाओ, किनभने तिमीहरूका छोराछोरीहरू तिमीहरूबाट टाढा निर्वासनमा जानेछन् ।
  • निर्ग 33:5 : 5 परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूलाई भन्, 'तिमीहरू हठी मानिसहरू हौ । म तिमीहरूका बिचमा एकै क्षण मात्र गएँ भने पनि मैले तिमीहरूलाई नष्‍ट गर्न सक्छु । त्यसैले, तिमीहरूले आ-आफ्ना गरगहना फुकाल ताकि तिमीहरूलाई के गर्ने भनी मैले निधो गर्न सकूँ' ।”
  • व्यव 33:9 : 9 तिनले आफ्ना बुबा र आमाको विषयमा भने, “मैले उहाँहरूलाई देखेको छैनँ ।” न तिनले आफ्ना दाजुभाइहरूलाई स्वीकर गरे, न त तिनले आफ्नै सन्तानको वास्ता गरे । किनकि तिनले तपाईंको वचनको रखवाली गरे, र तपाईंको सन्दूकलाई सुरक्षा दिए ।
  • यहो 7:11 : 11 इस्राएलले पाप गरेको छ । मैले तिनीहरूलाई आज्ञा गरेका मेरो करार तिनीहरूले तोडेका छन् । तिनीहरूले अलग गरेका केही थोकहरू चोरेका छन्, र तिनीहरूले आफ्नै सरसामानहरू माझ राखेर तिनीहरूका पाप ढाकेका छन् ।
  • २ शमू 24:15-17 : 15 त्यसैले परमप्रभुले बिहानदेखि तोकिएको समयसम्म इस्राएलमा रुढी पठाउनुभयो र दानदेखि बेर्शेबासम्म सत्तरी हजार मानिसहरू मरे । 16 जब स्वर्गदूतले यरूशलेमलाई नाश गर्न आफ्‍नो हात त्‍यता पसारे, तब त्‍यसले ल्याउने हानिको कारणले परमप्रभुले आफ्‍नो मन बदल्नुभयो र उहाँले मानिसहरूलाई नाश पारिरहेका स्वर्गदूतलाई भन्‍नुभयो, “पुग्यो! अब तिम्रो हात थाम ।” त्यस बेला स्वर्गदूत यबूसी अरौनाको खलामा खडा भएका थिए । 17 अनि जब दाऊदले मानिसहरूलाई आक्रमण गर्ने स्वर्गदूत देखे तब तिनले भने, “मैले पाप गरेको छु, र मैले भ्रष्‍ट किसिमले काम गरेको छु । तर यी भेडाहरू, तिनीहरूले के गरेका छन् र? कृपया, तपाईंको हातले मलाई र मेरो बुबाको परिवारलाई दण्ड दिनुहोस् ।”
  • यिर्मि 7:29 : 29 आफ्नो कपाल काट र आफूलाई खौरी । खुला ठाउँहरूमा मृत्‍यु संस्‍कारको गीत गा । किनकि परमप्रभुले आफ्नो क्रोधमा यस पुस्तालाई इन्कार गर्नुभएको छ र त्याग्‍नुभएको छ ।
  • गिन 14:6 : 6 त्यो भूमिको जाँचबुझ गर्न पठाइएकामध्ये केहीमा नूनका छोरा यहोशू र यपुन्‍नेका छोरा कालेबले आफ्नो लुगा च्याते ।
  • गिन 16:41-47 : 41 तर अर्को बिहान इस्राएलका सबै मानिसको समुदायले मोशा र हारून विरुद्ध गनगन गरे । तिनीहरूले भने, “तिमीहरूले परमप्रभुका मानिसहरूलाई मारेका छौ ।” 42 समुदाय मोशा र हारूनको विरुद्ध भेला हुँदा तिनीहरूले भेट हुने पालतिर हेरे अनि हेर! यसलाई बादलले ढाकिरहेको थियो । परमप्रभुका महिमा देखा पर्‍यो, 43 र मोशा र हारून भेट हुने पालको अघि आए । 44 अनि परमप्रभुले मोशालाई भन्‍नुभयो, 45 “यो समुदायबाट गइहाल् ताकि मैले तिनीहरूलाई अहिलै नष्‍ट पार्न सकौँ ।” अनि मोशा र हारून जमिनमा घोप्टो परे । 46 मोशाले हारूनलाई भने, “धुपौरा लिनुहोस्, वेदीबाट यसमा आगो हाल्नुहोस्, यसमा धूप हाल्नुहोस्, यसलाई समुदायकहाँ छिटो लानुहोस् र तिनीहरूका निम्ति प्रायश्‍चित्त गर्नुहोस्, किनभने परमप्रभुको क्रोध आइरहेको छ । विपत्ति सुरु भएको छ । 47 यसैले हारूले मोशाले अह्राएबमोजिम गरे । तिनी समुदायको बिचमा दौडेर गए । विपत्ति मानिसहरूबिच फैलिन थालेको थियो, यसैले तिनले धूप राखे र मानिसहरूका निम्ति प्रायश्‍चित्त गरे ।
  • गिन 5:18 : 18 पुजारीले त्यो महिलालाई परमप्रभुको सामु खडा गर्नेछ र त्यसले त्यो महिलाका कपाल फुलाइदिनेछ । त्यसले त्यो सम्झनाको अन्‍नबलिलाई त्यसको हातमा राख्‍नेछ, जुन सन्देहको अन्‍नबलि हो ।
  • लैव्य 21:1-9 : 1 ¶ परमप्रभुले मोशालाई भन्‍नुभयो, “पुजारीहरू अर्थात् हारूनका छोराहरूलाई यसो भन्, ‘आफ्ना मानिसहरूका बिचमा मर्नेहरूका निम्ति तिमीहरूमध्ये कोहीले पनि आफूलाई अशुद्ध नबनाउनू, 2 तर त्यसका नजिकका नातेदारहरू अर्थात् त्यसकी आमा, त्यसको बुबा, छोरा, त्यसकी छोरी, त्यसको दाजु वा भाइ, 3 वा त्यसमा आश्रित त्यसकी कन्या दिदी वा बहिनी जसको पति छैन, यी सबैका निम्ति त्यसले आफैलाई अशुद्ध बनाउन सक्‍छ । 4 तर त्यसले आफ्ना अरू नातेदारहरूका निम्ति आफैलाई अशुद्ध नबनाओस् र आफैलाई अपवित्र नबनाओस् । 5 पुजारीहरूले आफ्नो शिर नखौरून् वा तिनीहरूका दाह्रीका कुना-कुना नकाटून्, न त तिनीहरूले आफ्ना शरीरहरू काटून् । 6 तिनीहरू आफ्ना परमेश्‍वरका निम्ति पवित्र रहून्, र तिनीहरूका परमेश्‍वरका नाउँको अपमान नगरून्, किनभने पुजारीहरूले परमप्रभुका भोजनको बलिदान अर्थात् तिनीहरूका परमेश्‍वरको भोजन अर्पण गर्दछन् । यसैकारण पुजारीहरू पवित्र रहून् । 7 तिनीहरू आफ्ना परमेश्‍वरका निम्ति अलग गरिएका हुनाले तिनीहरूले त्यस्ती स्‍त्रीलाई विवाह नगरून् जो एउटी वेश्‍या हो र जो अपवित्र छे, र तिनीहरूले आफ्नो पतिबाट विच्‍छेद भएकी स्‍त्रीलाई विवाह नगरून् । 8 तैँले त्यसलाई अलग राख्‍नू, किनभने परमप्रभुलाई रोटी चढाउने त्यो नै हो । त्यो तेरो निम्ति पवित्र हुनुपर्छ, किनभने, तँलाई पवित्र तुल्‍याउने म परमप्रभु पवित्र छु । 9 पुजारीकी छोरी जो वेश्‍या भएर आफैलाई अपवित्र बनाउछे, त्यसले आफ्नो बुबाको अपमान गर्छे । त्यो जलाइयोस् । 10 आफ्ना दाजुभाइहरूका बिचमा प्रधान पुजारी भएको मानिस जसको शिरमा अभिषेकको तेल खन्‍याइएको छ, र प्रधान पुजारीको विशेष पोशाक लगाउनको निम्ति अर्पण गरी पवित्र गरिएको छ, त्यसले आफ्नो केश खुला नछोडोस् वा आफ्ना लुगाहरू नच्यातोस् । 11 आफ्नो बुबा वा आफ्नी आमा जो भए तापनि लाश भएको ठाउँमा त्यो नजाओस् र आफैलाई अपवित्र नबनाओस् । 12 त्यो प्रधान पुजारी पवित्र स्थानबाट बाहिर ननिस्कोस् र त्यसले आफ्नो परमेश्‍वरको पवित्र स्थानलाई अशुद्ध नबनाओस्, किनभने त्यो आफ्नो परमेश्‍वरको अभिषेक गर्ने तेलद्वारा प्रधान पुजारीको रूपमा अर्पण गरिएको छ । म परमप्रभु हुँ । 13 प्रधान पुजारीले आफ्नी पत्‍नीको रूपमा कन्या केटी बिहे गरोस् । 14 त्यसले विधवा, विच्‍छेद भएकी स्‍त्री, वा वेश्‍या बिहे नगरोस् । यस्ता स्‍त्रीहरूलाई त्यसले बिहे नगरोस् । त्यसले आफ्नै मानिसहरूबाट एउटा कन्या केटी नै बिहे गरोस्, 15 ताकि त्यसले आफ्ना मानिसहरूका बिचमा आफ्ना छोराछोरीहरूलाई अशुद्ध नबनाओस्, किनभने त्यसलाई पवित्र बनाउने परमप्रभु म नै हुँ’ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लैव्य 10:7-8
    2 पदहरू
    80%

    7तिमीहरूमाथि परमप्रभुका अभिषेकको तेल भएको हुनाले तिमीहरू भेट हुने पालको प्रवेशद्वारभन्दा बाहिर नजानू, नत्रता तिमीहरू मर्ने छौ ।” यसैकारण मोशाले आज्ञा गरेझैँ तिनीहरूले गरे ।

    8परमप्रभु यसो भनेर हारूनसँग बोल्‍नुभयो,

  • गिन 16:46-47
    2 पदहरू
    77%

    46मोशाले हारूनलाई भने, “धुपौरा लिनुहोस्, वेदीबाट यसमा आगो हाल्नुहोस्, यसमा धूप हाल्नुहोस्, यसलाई समुदायकहाँ छिटो लानुहोस् र तिनीहरूका निम्ति प्रायश्‍चित्त गर्नुहोस्, किनभने परमप्रभुको क्रोध आइरहेको छ । विपत्ति सुरु भएको छ ।

    47यसैले हारूले मोशाले अह्राएबमोजिम गरे । तिनी समुदायको बिचमा दौडेर गए । विपत्ति मानिसहरूबिच फैलिन थालेको थियो, यसैले तिनले धूप राखे र मानिसहरूका निम्ति प्रायश्‍चित्त गरे ।

  • 10आफ्ना दाजुभाइहरूका बिचमा प्रधान पुजारी भएको मानिस जसको शिरमा अभिषेकको तेल खन्‍याइएको छ, र प्रधान पुजारीको विशेष पोशाक लगाउनको निम्ति अर्पण गरी पवित्र गरिएको छ, त्यसले आफ्नो केश खुला नछोडोस् वा आफ्ना लुगाहरू नच्यातोस् ।

  • 16त्यसपछि मोशाले पापबलिको बोकोको बारेमा सोधे, र त्यो जलाइएको रहेछ भनेर उनले थाहा पाए । यसैकारण हारूनका बाँकी रहेका छोराहरू एलाजार र ईतामारसँग उनी रिसाएर यसो भने,

  • लैव्य 10:1-5
    5 पदहरू
    77%

    1¶ हारूनका छोराहरू नादाब र अबीहू दुवैले हारूनको धुपौरो लिए र त्यसमा आगो र धूप राखे । अनि तिनीहरूले परमप्रभुले आज्ञा नगर्नुभएको आगो उहाँको सामु अर्पण गरे ।

    2यसैकारण परमप्रभुको सामुबाट आगो निस्‍कियो र तिनीहरूलाई भष्‍म गरिदियो, र तिनीहरू परमप्रभुको सामु मरे ।

    3अनि मोशाले हारूनलाई भने, “परमप्रभुले भन्‍नुभएको कुरा यही हो, ‘मेरो नजिक आउनेहरू सबैलाई म मेरो पवित्रता प्रकट गर्ने छु । म सबै मानिसहरूका सामु महिमित हुने छु ।’” हारूनले केही बोलेनन् ।

    4मोशाले हारूनका काका उज्‍जीएलका छोराहरू मीशाएल र एलसाफानलाई बोलाएर भने, “यहाँ आओ र पवित्र वासस्थानबाट आफ्ना भाइहरूलाई निकालेर छाउनीभन्दा बाहिर लैजाओ ।”

    5यसैकारण मोशाले आज्ञा गरेझैँ तिनीहरू पुजारीकै दौरा लगाएर नजिक आए र तिनीहरूलाई छाउनीबाट बाहिर लगे ।

  • गिन 20:28-29
    2 पदहरू
    77%

    28मोशाले हारूनको पुजारीको पोशाक फुकाले र त्यो तिनका छोरा एलाजारलाई लगाइदिए । पर्वतको चुचुरोमाथि हारून मरे । अनि मोशा र एलाजार तल ओर्ले ।

    29जब हारून मरेका सारा समुदायले देखे, तब सारा जाति हारूनको निम्ति तिस दिनसम्म रोए ।

  • 13मोशाले हारूनका छोराहरूलाई ल्याएर दौरा पहिराइदिए । परमप्रभुले उनलाई आज्ञा गर्नुभएअनुसार उनले तिनीहरूका कम्मरमा फिता लगाइदिए र तिनीहरूका शिरमा सुतीको कपडाको फेटा बेरिदिए ।

  • 17परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,

  • 26हारूनको पुजारीको पोशाक फुकाल् र त्यो एलाजारलाई लगाइदे । हारून मर्नुपर्छ र आफ्ना मानिसहरूसँग मिल्नुपर्छ ।”

  • गिन 16:36-37
    2 पदहरू
    75%

    36फेरि परमप्रभु मोशासँग बोल्नुभयो,

    37“पुजारी हारूनका छोरा एलाजारलाई भन् र त्यसले धुपौराहरूलाई आगोबाट निकालोस्, किनभने धुपौराहरू मेरा निम्ति अलग गरिएका छन् । त्यसले बलिरहेका आगोका फिलुङ्गाहरूलाई छरोस् ।

  • लैव्य 16:1-2
    2 पदहरू
    74%

    1¶ हारूनका दुई छोरा परमप्रभुको अगि गएका कारण तिनीहरूको मृत्‍यु भएपछि परमप्रभु मोशासँग बोल्‍नुभयो ।

    2परमप्रभुले मोशालाई भन्‍नुभयो, “तेरा दाजु हारूनलाई मनपरी समयमा सन्दूकमाथिको प्रायश्‍चित्त-आसनको अगि पर्दाभित्रको महा-पवित्र स्थानमा नआओस् भन् । त्यसले त्यस्तो गरे त्यो मर्ने छ, किनभने प्रायश्‍चित्त-आसनमाथि बादलमा म प्रकट हुने छु ।

  • गिन 3:4-5
    2 पदहरू
    74%

    4तर नादाब र अबीहूले सीनै पर्वतमा अस्वीकार्य आगो परमप्रभुलाई चढाउँदा तिनीहरू उहाँको सामु मरे । नादाब र अबीहूका कुनै छोराछोरी थिएन । यसैले एलाजार र ईतामारले तिनीहरूका बुबा हारूनसँग पुजारीको रूपमा सेवा गरे ।

    5परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 24यसैले मोशाले यी वचनहरू हारून, तिनका छोराहरू र इस्राएलका सारा मानिसहरूलाई सुनाए ।

  • 7मोशाले हारूनलाई भने, “परमप्रभुले आज्ञा गर्नुभएझैँ वेदीको नजिक आऊ र आफ्नो पापबलि र होमबलि अर्पण गर, र आफ्नै निम्ति र मानिसहरूका निम्ति प्रायश्‍चित्त गर, र मानिसहरूका निम्ति प्रायश्‍चित्तस्वरूप बलिदानलाई अर्पण गर ।”

  • 1¶ परमप्रभुले हारूनलाई भन्‍नुभयो, “तँ, तेरा छोराहरू र तेरा वंशकाहरू पवित्र स्थान विरुद्ध गरिने सबै पापका निम्ति जिम्मेवार हुनेछौ । तर पुजारीको पदमा कसैले गरेको सबै पापको निम्ति तँ र तेरा छोराहरू मात्र जिम्मेवार हुनेछौ ।

  • 40इस्राएलका मानिसहरूलाई याद दिलाउने कुरा हुनलाई तिनीहरूलाई पिटेर वेदी मोहर्ने बनाइयो, परमप्रभुको सामु धूप बाल्न ताकि हारूनका सन्तान बाहिर कोही पनि नआओस् र परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरू कोरह र तिनका समूहजस्ता नहोऊन् ।

  • 35हारूनले सेवा गर्दा त्यसले अलखा लगाओस् ताकि त्यो पवित्रस्थानमा परमप्रभुको सामु जाँदा र त्यहाँबाट आउँदा यसको आवाज सुनियोस् । त्यो नमरोस् भन्‍नाका लागि यसो गरिएको हो ।

  • 20परमप्रभु मोशा र हारूनसँग बोल्नुभयो,

  • 1¶ परमप्रभुले मोशालाई भन्‍नुभयो, “पुजारीहरू अर्थात् हारूनका छोराहरूलाई यसो भन्, ‘आफ्ना मानिसहरूका बिचमा मर्नेहरूका निम्ति तिमीहरूमध्ये कोहीले पनि आफूलाई अशुद्ध नबनाउनू,

  • 19तिनीहरूको सुरक्षा गर ताकि तिनीहरूले यसो गर्दा तिनीहरू नमरून् । तिनीहरू अति पवित्र स्थानको नजिक जाँदा

  • 6(इस्राएलीहरू बिरोथ-बने-याकानबाट हिँडेर मोसेरामा आए । त्यहाँ हारून मरे, र त्यहीँ गाडिए । तिनको ठाउँमा तिनका छोरा एलाजारले पुजारीको पद सम्हाले ।

  • 19यसैकारण परमप्रभु मोशासँग यसो भनेर फेरि बोल्‍नुभयो,

  • 23त्यसपछि हारून फर्केर भेट हुने पालमा जाओस् र महा-पवित्र स्थानमा जानुअगि त्यसले लगाएका सूतीका लुगाहरू फुकालोस्, र ती लुगाहरूलाई त्यहीँ नै छोडोस् ।

  • 15जब हारून र तिनका छोराहरूले पवित्र स्थान र यसका सबै सामानलाई ढाकी सक्छन् अनि छाउनी अगाडि बढ्छ त्यसपछि कहातका सन्तानहरू पवित्र स्थान बोक्‍न आउनुपर्छ । यदि तिनीहरूले पवित्र सामानहरू छोए भने तिनीहरू मारिऊन् । भेट हुने पालका सामानहरू बोक्‍ने काम कहातका सन्तानहरूको हो ।

  • 5अनि मोशा र हारून इस्राएलका मानिसहरूका समुदायका सबै भेलाको सामु घोप्टो परे ।

  • 1¶ परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 11हारूनले मोशालाई भने, “हे मेरा मालिक, बिन्ती छ यो पाप हाम्रो विरुद्ध नलिनुहोस् । हामीले मूर्खतापूर्वक बोलेका छौँ र हामीले पाप गरेका छौँ ।

  • 10पुजारीले आफ्ना सूतीका पोशाकहरू र भित्री वस्‍त्रहरू पहिरिने छ । होमबलि पूर्ण रूपमा आगोमा जलिसकेपछि त्यसबाट निस्केको खरानी त्यसले लिने छ, र त्यस खरानीलाई वेदीको छेउमा राख्‍ने छ ।

  • 21तब मोशाले हारूनलाई भने, “यी मानिसहरूले तपाईंलाई के गरे जसले गर्दा तपाईंले तिनीहरूमाथि यति ठुलो पाप ल्याउनुभयो?”

  • 8अनि परमप्रभु यसो भनेर मोशासँग बोल्‍नुभयो,

  • लैव्य 8:30-31
    2 पदहरू
    71%

    30मोशाले वेदीमा भएको केही अभिषेक गर्ने तेल र रगत लिए, अनि हारून, तिनका वस्‍त्र, तिनका छोराहरू र तिनीसँगै तिनका छोराहरूका वस्‍त्रमा छर्किदिए । यसरी उनले हारून र तिनका वस्‍त्र, र तिनका छोराहरू र तिनीहरूका वस्‍त्र सबै परमप्रभुको निम्ति अलग गरे ।

    31यसैकारण मोशाले हारून र तिनका छोराहरूलाई भने, “भेट हुने पालको प्रवेशद्वारमा मासुलाई उमाल्नू, र मैले ‘हारून र तिनका छोराहरूले खाऊन्’ भनेर आज्ञा गरेझैँ अभिषेकको डालोमा भएको रोटीसहित त्यसलाई त्यहीँ खाओ ।

  • 24परमप्रभुले तिनलाई भन्‍नुभयो, “जा, तँ आफै पर्वतबाट तल ओर्लेर जा, तँसँगै हारूलाई मकहाँ लिएर आइज । तर मकहाँ आउन पुजारीहरू र मानिसहरूले सिमाना ननाघून् नत्रता मैले तिनीहरूलाई प्रहार गर्नेछु ।”

  • 10परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 17परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 11परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 49हारून र तिनका सन्‍तानहरूले वेदीमा होमबलिहरू, अनि महापवित्र स्थानमा हुने सबै कार्यको निम्ति धूप वेदीमा भेटीहरू चढाए । यी भेटीहरू इस्राएलका पापका लागि प्रायश्‍चित गर्नलाई परमेश्‍वरका दास मोशाका आज्ञाअनुसार यी सबै भेटीहरू चढाइए ।

  • 1¶ आठौँ दिनमा मोशाले हारून, तिनका छोराहरू र इस्राएलका धर्म-गुरुहरूलाई बोलाए ।

  • 12मोशाले हारून र तिनका बाँकी छोराहरू एलाजार र ईतामारलाई भने, “परमप्रभुको सामु आगोद्वारा गरिएको बलिदानबाट बाँकी अन्‍नबलि लिएर वेदीको छेउमा खमिर नराखी खाओ, किनभने यो अति पवित्र छ ।