लैव्यव्यवस्था 20:2

अनलक शाब्दिक बाइबल

“इस्राएलका मानिसहरूलाई भन्, ‘इस्राएलका मानिसहरू, वा इस्राएलमा बसोबास गर्ने परदेशीहरूमध्ये कसैले आफ्ना छोराछोरी मोलोखलाई चढाउँछ भने, त्यो मारिनुपर्छ । त्यहाँका मानिसहरूले त्यसलाई ढुङ्गाले हानून् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • व्यव 21:21 : 21 तब सहरका सबै मानिसले त्यसलाई ढुङ्गाले हानेर मारून् । यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्‍टतालाई हटाउने छौ । सारा इस्राएली यो सुनेर डराउने छन् ।
  • लैव्य 18:21 : 21 आफ्ना छोराछोरीहरूलाई मोलोखको निम्ति बलि गर्नलाई तिनीहरूलाई आगोमा नहाल्नू, किनभने तिमीहरूले यसो गरेर आफ्ना परमेश्‍वरको नाउँलाई अपवित्र नबनाउनू । म परमप्रभु हुँ ।
  • लैव्य 20:27 : 27 मरेकाहरू वा आत्माहरूसँग बोल्‍ने पुरुष वा स्‍त्री मारिनुपर्छ । मानिसहरूले तिनीहरूलाई ढुङ्गाले हानून् । तिनीहरू दोषी छन् र मर्न योग्‍यका छन् ।’” 20:7 [१] धेरै वर्तमान संस्करणमा यस्तो छः... किनभने म, परमप्रभु तिमीहरूका परमेश्‍वर पवित्र छु ।
  • लैव्य 24:14 : 14 “परमेश्‍वरलाई सरापेको मानिसलाई छाउनीबाट बाहिर निकाल् । त्यसको कुरा सुनेका सबैले आफ्ना हात त्यसको टाउकोमाथि राखून्, र त्यसपछि जम्‍मै समुदायले त्यसलाई ढुङ्गाले हानून् ।
  • लैव्य 24:23 : 23 यसैकारण मोशाले इस्राएलका मानिसहरूलाई यी कुरा बताए, र ती मानिसहरूले परमप्रभुलाई सरापेको मानिसलाई छाउनीबाट बाहिर निकाले । तिनीहरूले त्यसलाई ढुङ्गाले हाने । इस्राएलका मानिसहरूले परमप्रभुले मोशालाई दिनुभएको आज्ञाको पालन गरे ।
  • गिन 15:35-36 : 35 परमप्रभु मोशासँग बोल्नुभयो, “त्यो मानिस निश्‍चय नै मर्नुपर्छ । सबै समुदायले त्यसलाई छाउनी बाहिर लगेर ढुङ्गाले हान्‍नुपर्छ ।” 36 यसैले सबै समुदायले त्यसलाई छाउनी बाहिर ल्याए र परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार ढुङ्गाले हानेर मारे ।
  • व्यव 12:31 : 31 तिमीहरूले त्यसरी परमप्रभु तिमीहरूका परमेश्‍वरको आराधना नगर्नू किनकि तिनीहरूले आफ्ना देवताहरूलाई परमप्रभुको दृष्‍टिमा घृणित हरेक कुरो र उहाँले घृणा गर्ने कुराहरू गरेका छन् । तिनीहरूले आफ्ना छोराछोरीहरू आफ्ना देवताहरूका निम्ति आगोमा होम दिन्छन् ।
  • व्यव 13:10-11 : 10 तिमीहरूले त्यसलाई ढुङ्गाले हानेर मार्नू किनकि त्यसले तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्‍वरबाट तर्काउन खोजेको छ जसले तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको घरबाट निकालेर ल्याउनुभयो । 11 सारा इस्राएली यो सुनेर डराउने छन्, र तिमीहरूका बिचमा कसैले पनि यस्तो दुष्‍टता गर्ने छैन ।
  • व्यव 17:5-7 : 5 यस्तो दुष्‍ट काम गर्ने त्यो पुरुष वा स्‍त्रीलाई तिमीहरूले सहरको प्रवेशद्वारमा ल्याएर हरेक पुरुष, स्‍त्री र तिमीहरूले ढुङ्गाले हानेर मार्नू । 6 दुई वा तिन जना साक्षीको आधारमा त्यसलाई मारिने छ । तर एक जना मात्र साक्षीको आधारमा त्यसलाई मारिनुहुँदैन । तिनीहरूलाई मार्न 7 ती साक्षीहरूले पहिले आ-आफ्ना हात उठाऊन् त्यसपछि अरू सबै मानिसले आ-आफ्ना हात उठाऊन् । यसरी तिमीहरूले आफ्ना बिचबाट दुष्‍टतालाई हटाउने छौ ।
  • व्यव 18:10 : 10 तिमीहरूका बिचमा आफ्नो छोरा या छोरीलाई आगोमा बलि गर्ने, शकून-अपशकून बताउने, जोखना हेर्ने, वा गिलासमा भएको चिन्हहरू पढ्ने वा टुनामुना गर्ने,
  • लैव्य 17:8 : 8 तैँले तिनीहरूलाई भन्‍नू, ‘इस्राएलको कुनै मानिस वा तिनीहरूका माझमा बसोबास गर्ने कोही परदेशी, जसले होमबलि वा कुनै बलिदान अर्पण गर्दछ,
  • लैव्य 17:13 : 13 इस्राएलको कुनै मानिस, वा तिनीहरूका माझमा बसोबास गर्ने कोही परदेशीले कुनै खान मिल्‍ने पशु वा पक्षीको शिकार गरी त्यसलाई मार्दछ भने, त्यो मानिसले त्यसको रगत निथारेर माटोले ढाकिदिओस् ।
  • लैव्य 17:15 : 15 कुनै मानिस जसले मरिसकेको वा जङ्गली जनावरले फहराएको पशु खान्छ, त्यो मानिस स्थानीय वा तिमीहरूका माझमा बसोबास गर्ने परदेशी जो भए तापनि, त्यसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र त्यो साँझसम्म अशुद्ध हुने छ । त्यसपछि त्यो शुद्ध हुने छ ।
  • २ राजा 17:17 : 17 तिनीहरूले आफ्ना छोराछोरीलाई आगोमा हिंड्‍न लगाए, तिनीहरूले जोखना हेर र टुनामुना गरे, तिनीहरूले परमप्रभुको दृष्‍टिमा जे खराब छ, त्यही गर्न आफैलाई बेचे, र तिनीहरूले उहाँलाई रिस उठाए ।
  • २ राजा 23:10 : 10 मोलोखलाई बलिको रूपमा कसैले आफ्ना छोरा वा छोरी आगोमा हिंड्‍न नलगाओस् भनेर योशियाहले बेन-हिन्‍नोमको बेँसीमा अवस्थित तोपेतलाई अपवित्र तुल्याए ।
  • २ इति 28:3 : 3 यसको साथै तिनले बेन-हिन्‍नोमको बेसीमा बलिदानहरू पनि चढाए र इस्राएलको सामुन्‍नेबाट परमप्रभुले देशबाट निकाल्‍नुभएको मानिसहरूका मूर्ति पुजाका घिनलाग्‍दा चालमा हिंडेर तिनले आफ्‍ना छोराछोरीलाई आगोबाट हिंड्न लगाए ।
  • २ इति 33:6 : 6 तिनले आफ्ना छोराहरूलाई बेन-हिन्‍नोमको बेसीमा आगोमा हिंड्न लगाए । तिनले टुनामुना गरे, जोखना हेरे, मन्त्रतन्त्र गरे र मृतहरूसँग कुरा गर्नेहरू र आत्माहरूसँग कुरा गर्नेहरूसित सल्लाह लिए । मनश्शेले परमप्रभुको दृष्‍टिमा धेरै दुष्‍ट काम गरे र तिनले उहाँलाई रिस उठाए ।
  • भजन 106:38 : 38 तिनीहरूले निर्दोष रगतको, अर्थात् आफ्‍ना छोराहरू र छोरीहरूका रगत बगाए, जुन तिनीहरूले कनानको मूर्तीहरूलाई बलि चढाएर रगतले देशलाई अशुद्ध पारे ।
  • यशा 57:5-6 : 5 तिमीहरूले फलाँटका रूखहरूमुनि र हरेक हरियो रूखमुनि सँगै सुतेर आफैलाई यौनको उत्तेजनामा पार्छौ, तिमीहरू जसले आफ्ना छोराछोरीलाई सुख्खा नदीहरूमा, चट्टानका धाँदामुनि बलि गर्छौ । 6 नदीको बेसीका चिल्ला थोकहरूमा तिमीहरूलाई दिइएका थोकहरू पनि पर्छन् । ती तिमीहरूले पुजा गर्ने वस्तुहरू हुन् । तिमीहरूले आफ्ना अर्घबलिहरू तिनीहरूमाथि खन्याउँछौ र अन्‍नबलिहरू चढाउँछौ । के यी कुराहरूमा म खुसी हुनू?
  • यिर्मि 7:31 : 31 अनि बेन-हिन्‍नोमको बेँसीमा तिनीहरूले तोपेतका अग्ला ठाउँहरू बनाए । तिनीहरूले आफ्ना छोराछोरीलाई आगोमा जलाउन त्‍यो बनाए । यो कुरो मैले तिनीहरूलाई आज्ञा दिएको थिइनँ, न त मेरो मनमा नै पसेको थियो ।
  • यिर्मि 32:35 : 35 मोलोखको लागि आगोमा आफ्ना छोराछोरीलाई बलि गर्न तिनीहरूले बेन-हिन्‍नोमको बेँसीमा बाल देवताको लागि अग्ला वेदीहरू बनाए । त्‍यसो गर्न मैले तिनीहरूलाई कदापि आज्ञा दिइनँ । तिनीहरूले यस्‍ता घिनलाग्दो कुरा गर्नुपर्छ र यहूदालाई पाप गर्न लगाउनुपर्छ भनेर मेरो मनमा कदापि आएन ।’
  • यहे 16:20-21 : 20 अनि तैंले मेरो निम्‍ति जन्‍माएका तेरो छोराछोरीलाई तैंले लइस् र मूर्तिहरूका लागि खानेकुराको रूपमा तैंले तिनीहरूको बलि चढाइस्‌ । के तेरा वेश्‍यावृत्तिका कामहरू साना कुराहरू हुन्? 21 तैंले मेरा छोराछोरीलाई मूर्तिहरूका निम्‍ति मारिस् र तिनीहरूलाई आगोमा हिंड्न लगाइस् ।
  • यहे 20:26 : 26 तिनीहरूका उपहारहरूद्वारा मैले तिनीहरूलाई अशुद्ध घोषणा गरें— तिनीहरूले गर्भका हरेक जेठोको बलिदान चढाए र तिनीहरूलाई आगोमा हिंड्न लगाए—कि मैले तिनीहरूलाई त्रसित बनाउन सकूँ यसरी म परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् ।’
  • यहे 20:31 : 31 जब तिमीहरू आफ्‍ना उपहारहरू चढाउँछौ— जब तिमीहरू आफ्‍ना छोराहरूलाई आगोमा हिंड्न लगाउँछौ— तब आजको दिनसम्‍म पनि तिमीहरूले आफ्‍ना मूर्तिहरूको कारणले आफैलाई बिटुलो पार्छौ । यसैले ए इस्राएलको घराना, मसँग सोधपूछ गर्न मैले तिमीहरूलाई किन दिनु? जस्तो म जीवित छु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— तिमीहरूले मलाई सोधपूछ गर्न म दिनेछैनँ ।
  • यहे 23:37 : 37 किनकि तिनीहरूले व्‍यभिचार गरेका छन्, र तिनीहरूका हातहरूमा रगत छ । तिनीहरूले आफ्‍ना मूर्तिहरूसित व्‍यभिचार गरे, र तिनीहरूका मूर्तिहरूका प्रसादको रूपमा तिनीहरूले आफ्‍ना छोराहरूलाई आगोबाट हिंड्न पनि लगाएका छन् ।
  • यहे 23:39 : 39 किनभने तिनीहरूले आफ्‍ना छोराछोरीलाई आफ्‍ना मूर्तिहरूका निम्‍ति बलि चढाएका, अनि त्‍यसै दिन तिनीहरू मेरो पवित्रस्‍थानलाई अशुद्ध पार्न त्‍यसभित्र आए । यसैले हेर्, तिनीहरूले मेरो मन्‍दिरको बिचमा यसो गरेका छन् ।
  • प्रेरि 7:43 : 43 तिमीहरूले मोलोखको पवित्र वासस्थान र रेफन देवताको तारा र आफूले पूजा गर्न बनाएका मूर्तिहरूलाई स्वीकार गर्‍यौ । यसकारण म तिमीहरूलाई बेबिलोनभन्दा पर निर्वासनमा लैजानेछु ।”
  • प्रेरि 7:58-59 : 58 तिनीहरूले तिनलाई सहरबाहिर ल्याए र तिनीमाथि ढुङ्गा बर्साए । साक्षीहरूले शाऊल नाउँ गरेका जवान मानिसको खुट्टानेर आफ्ना बाहिरी वस्‍त्रहरू खोलेर राखे । 59 तिनीहरूले स्तिफनसमाथि ढुङ्गा बसाईरहँदा तिनले निरन्तर रूपमा प्रभुको पुकारा गरे र भने, “हे प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस् ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लैव्य 20:3-6
    4 पदहरू
    87%

    3त्यसले आफ्नो बालक मोलोखलाई दिएर मेरो पवित्र ठाउँ र पवित्र नाउँ अशुद्ध बनाएको हुनाले म त्यसको विरुद्ध खडा हुने छु र त्यसका मानिसहरूका बिचबाट त्यसलाई बहिष्कार गर्ने छु ।

    4यदि त्यो मानिसले आफ्ना छोराछोरीमध्ये कोही मोलोखलाई चढाउँदा त्यस भूमिका मानिसहरूले आफ्ना आँखा बन्द गरे, र त्यसलाई मृत्युदण्ड दिएनन् भने,

    5त्यस मानिस र त्यसको वंशको विरुद्ध म आफै खडा हुने छु, र त्यसलाई र मोलोखसँग वेश्‍यागमन गर्ने सबैलाई बहिष्‍कृत गर्ने छु ।

    6मरेकाहरू वा आत्माहरूसँग बोलेर आफैलाई वेश्‍यासरह तुल्‍याउनेहरूलाई पछ्‍याउने मानिसको विरुद्ध म खडा हुने छु र त्यसका मानिसहरूका बिचबाट त्यसलाई बहिष्‍कार गर्ने छु ।

  • 1¶ परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 21आफ्ना छोराछोरीहरूलाई मोलोखको निम्ति बलि गर्नलाई तिनीहरूलाई आगोमा नहाल्नू, किनभने तिमीहरूले यसो गरेर आफ्ना परमेश्‍वरको नाउँलाई अपवित्र नबनाउनू । म परमप्रभु हुँ ।

  • 27मरेकाहरू वा आत्माहरूसँग बोल्‍ने पुरुष वा स्‍त्री मारिनुपर्छ । मानिसहरूले तिनीहरूलाई ढुङ्गाले हानून् । तिनीहरू दोषी छन् र मर्न योग्‍यका छन् ।’” 20:7 [१] धेरै वर्तमान संस्करणमा यस्तो छः... किनभने म, परमप्रभु तिमीहरूका परमेश्‍वर पवित्र छु ।

  • लैव्य 24:16-17
    2 पदहरू
    75%

    16परमप्रभुको नाउँको निन्दा गर्ने मानिस मारियोस् । त्यो इस्राएलमा जन्मेको स्वदेशी वा परदेशी जो भए तापनि जम्मै समुदायले त्यसलाई ढुङ्गाले हानून् । परमप्रभुको नाउँको निन्दा गर्ने मानिस निश्‍चय नै मारियोस् ।

    17यदि कसैले कोही अर्को मानिसलाई हिर्काएर मार्‍यो भने, त्यो निश्‍चय नै मारियोस् ।

  • 5यस्तो दुष्‍ट काम गर्ने त्यो पुरुष वा स्‍त्रीलाई तिमीहरूले सहरको प्रवेशद्वारमा ल्याएर हरेक पुरुष, स्‍त्री र तिमीहरूले ढुङ्गाले हानेर मार्नू ।

  • 10मोलोखलाई बलिको रूपमा कसैले आफ्ना छोरा वा छोरी आगोमा हिंड्‍न नलगाओस् भनेर योशियाहले बेन-हिन्‍नोमको बेँसीमा अवस्थित तोपेतलाई अपवित्र तुल्याए ।

  • व्यव 13:9-11
    3 पदहरू
    74%

    9बरु, त्यसलाई निश्‍चय नै मारिदिनू । त्यसलाई मार्नेमा तेरो हात पहिलो होस् र त्यसपछि अरूहरू तम्सून् ।

    10तिमीहरूले त्यसलाई ढुङ्गाले हानेर मार्नू किनकि त्यसले तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्‍वरबाट तर्काउन खोजेको छ जसले तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको घरबाट निकालेर ल्याउनुभयो ।

    11सारा इस्राएली यो सुनेर डराउने छन्, र तिमीहरूका बिचमा कसैले पनि यस्तो दुष्‍टता गर्ने छैन ।

  • गिन 15:35-37
    3 पदहरू
    74%

    35परमप्रभु मोशासँग बोल्नुभयो, “त्यो मानिस निश्‍चय नै मर्नुपर्छ । सबै समुदायले त्यसलाई छाउनी बाहिर लगेर ढुङ्गाले हान्‍नुपर्छ ।”

    36यसैले सबै समुदायले त्यसलाई छाउनी बाहिर ल्याए र परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार ढुङ्गाले हानेर मारे ।

    37फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • लैव्य 20:13-16
    4 पदहरू
    74%

    13कोही पुरुष स्‍त्रीसँग झैँ गरी अर्को पुरुषसँग सुत्‍यो भने, तिनीहरू दुवैले घृणास्पद काम गरेका छन् । तिनीहरू मारिनैपर्छ । तिनीहरू दोषी हुन्छन् र तिनीहरू मर्न योग्‍यका हुन्छन् ।

    14कोही पुरुषले कुनै स्‍त्री र त्यसकी आमा दुवैलाई विवाह गर्‍यो भने, यो दुष्‍टता हो । त्यो पुरुष र ती दुवै स्‍त्री जलाइनुपर्छ ताकि तिमीहरूका बिचमा कुनै दुष्‍टता नहोस् ।

    15कोही पुरुषले पशुसँग सहवास गरेमा त्यो मारिनैपर्छ, र तिमीहरूले त्यो पशुलाई पनि मार्नू ।

    16कोही स्‍त्री पशुसँग सहवास गर्नलाई त्यसको नजिक गई भने, तिमीहरूले त्यस स्‍त्री र पशु दुवैलाई मार्नू । तिनीहरू निश्‍चय नै मारिनैपर्छ । तिनीहरू दोषी हुन्छन् र मर्न योग्‍यका हुन्छन् ।

  • 21तब सहरका सबै मानिसले त्यसलाई ढुङ्गाले हानेर मारून् । यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्‍टतालाई हटाउने छौ । सारा इस्राएली यो सुनेर डराउने छन् ।

  • लैव्य 20:9-11
    3 पदहरू
    73%

    9आफ्नी आमा वा आफ्नो बुबालाई सराप दिने सबै मारिनुपर्छ । त्यसले आफ्नो बुबा वा आफ्नी आमालाई सरापेको हुनाले त्यो दोषी हुन्छ र त्यो मर्न योग्‍यको हुन्छ ।

    10अर्कै पुरुषको पत्‍नीसँग व्यभिचार गर्ने मानिस अर्थात् आफ्नो छिमेकीकी पत्‍नीसँग व्यभिचार गर्ने त्यो व्यभिचारी मानिस, र व्याभिचारिणी दुवैलाई मारिनुपर्छ ।

    11आफ्नो बुबाकी पत्‍नीसँग सुत्‍ने मानिसले आफ्नो बुबाको नग्‍नतालाई प्रकट गर्दछ । त्यो छोरा र त्यसको बुबाकी पत्‍नी दुवै मारिनुपर्छ । तिनीहरूको रगत तिनीहरू आफैमाथि पर्ने छ ।

  • 23यसैकारण मोशाले इस्राएलका मानिसहरूलाई यी कुरा बताए, र ती मानिसहरूले परमप्रभुलाई सरापेको मानिसलाई छाउनीबाट बाहिर निकाले । तिनीहरूले त्यसलाई ढुङ्गाले हाने । इस्राएलका मानिसहरूले परमप्रभुले मोशालाई दिनुभएको आज्ञाको पालन गरे ।

  • निर्ग 21:15-17
    3 पदहरू
    72%

    15आफ्नो बुबा वा आमालाई हिर्काउने जोसुकै पनि निश्‍चय नै मारिनैपर्छ ।

    16जसले कुनै व्यक्तिलाई अपहरण गरी त्यसले उसलाई बेच्यो वा पक्रिँदा त्यसकै हातमा फेला पर्‍यो भने अपहरणकारीलाई मारिनैपर्छ ।

    17आफ्नो बुबा वा आमालाई सराप्‍ने जोसुकै पनि निश्‍चय नै मारिनैपर्छ ।

  • 8तैँले तिनीहरूलाई भन्‍नू, ‘इस्राएलको कुनै मानिस वा तिनीहरूका माझमा बसोबास गर्ने कोही परदेशी, जसले होमबलि वा कुनै बलिदान अर्पण गर्दछ,

  • 3यसको साथै तिनले बेन-हिन्‍नोमको बेसीमा बलिदानहरू पनि चढाए र इस्राएलको सामुन्‍नेबाट परमप्रभुले देशबाट निकाल्‍नुभएको मानिसहरूका मूर्ति पुजाका घिनलाग्‍दा चालमा हिंडेर तिनले आफ्‍ना छोराछोरीलाई आगोबाट हिंड्न लगाए ।

  • 14त्यसैले तिमीहरूले शबाथ मान्‍नू किनभने यो मेरो लागि अलग गरिएको तिमीहरूद्वारा मान्‍नुपर्ने पवित्र दिन हो । यसलाई अशुद्ध गर्ने कुनै पनि व्यक्ति निश्‍चय नै मारिनेछ । जसले शबाथमा काम गर्छ, त्यो व्यक्ति निश्‍चय नै आफ्नो जातिबाट बहिष्कृत हुनेछ ।

  • निर्ग 22:19-20
    2 पदहरू
    71%

    19पशुसित सुत्‍ने जोसुकै पनि मारिनैपर्छ ।

    20परमप्रभुबाहेक अन्य कुनै देवी-देवतालाई बलिदान चढाउनेलाई पूर्ण रूपमा नष्‍ट गरिनुपर्छ ।

  • 29तिमीहरूमध्ये जो कोहीले यस्ता घृणास्पद कामहरू गर्दछन् भने, तिनीहरू आफ्ना मानिसहरूबाट बहिष्‍कृत हुने छन् ।

  • 12तैँले मानिसहरूका लागि पर्वतको वरिपरि सिमाना लगाउनू । तिनीहरूलाई भन्‍नू, 'तिमीहरू पर्वतमा उक्लेर नजाओ वा यसको सिमानालाई नछोओ । जसले पर्वतलाई छुन्छ त्यो निश्‍चय नै मारिनेछ ।'

  • लैव्य 24:13-14
    2 पदहरू
    70%

    13त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो,

    14“परमेश्‍वरलाई सरापेको मानिसलाई छाउनीबाट बाहिर निकाल् । त्यसको कुरा सुनेका सबैले आफ्ना हात त्यसको टाउकोमाथि राखून्, र त्यसपछि जम्‍मै समुदायले त्यसलाई ढुङ्गाले हानून् ।

  • 2छ दिनसम्म काम गर्न सकिन्छ, तर सातौँचाहिँ दिन तिमीहरूका लागि पवित्र दिन हो । यो परमप्रभुको निम्ति पूर्ण विश्राम गर्ने शबाथ-दिन हो । त्यस दिन जसले काम गर्छ, त्यो मारियोस् ।

  • 35मोलोखको लागि आगोमा आफ्ना छोराछोरीलाई बलि गर्न तिनीहरूले बेन-हिन्‍नोमको बेँसीमा बाल देवताको लागि अग्ला वेदीहरू बनाए । त्‍यसो गर्न मैले तिनीहरूलाई कदापि आज्ञा दिइनँ । तिनीहरूले यस्‍ता घिनलाग्दो कुरा गर्नुपर्छ र यहूदालाई पाप गर्न लगाउनुपर्छ भनेर मेरो मनमा कदापि आएन ।’

  • 31तिमीहरूले त्यसरी परमप्रभु तिमीहरूका परमेश्‍वरको आराधना नगर्नू किनकि तिनीहरूले आफ्ना देवताहरूलाई परमप्रभुको दृष्‍टिमा घृणित हरेक कुरो र उहाँले घृणा गर्ने कुराहरू गरेका छन् । तिनीहरूले आफ्ना छोराछोरीहरू आफ्ना देवताहरूका निम्ति आगोमा होम दिन्छन् ।

  • 38मोशा, हारून र तिनका छोराहरूले पवित्र वासस्थानको पूर्वतिर अर्थात् घाम झुल्कनेतिर छाउनी लगाउनुर्छ । तिनीहरू पवित्र स्थानको कर्तव्यहरू र इस्राएलका मानिसहरूका कर्तव्यहरू पुरा गर्न उत्तरदायी छन् । यसको नजिक आउने अन्य कुनै पनि व्यक्‍ति मारियोस् ।

  • 12परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु सेवा गर्न खडा हुने पुजारी वा न्यायकर्ताको कुरा अहङ्कारी भएर नसुन्‍ने व्यक्ति मारिने छ । तिमीहरूले इस्राएलबाट दुष्‍टता हटाओ ।

  • 17यदि दोष लगाइएको मानिसले कसैलाई आफ्नो हातमा भएको ढुङ्गाले कसैलाई मर्ने गरी प्रहार गरेको छ भने, र यदि त्यो व्यक्‍ति मर्‍यो भने, त्यो दोष लगाइएको व्यक्‍ति हत्यारा नै हो । त्यसलाई मार्नुपर्छ ।

  • 17परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 16परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 33जसले यस्तो अत्तर बनाउँछ वा जसले अरू कसैको शरीरमा यसलाई लगाइदिन्छ त्यो व्यक्ति तिमीहरूको जातिबाट बहिष्कृत हुनेछ ।”