लैव्यव्यवस्था 24:16
परमप्रभुको नाउँको निन्दा गर्ने मानिस मारियोस् । त्यो इस्राएलमा जन्मेको स्वदेशी वा परदेशी जो भए तापनि जम्मै समुदायले त्यसलाई ढुङ्गाले हानून् । परमप्रभुको नाउँको निन्दा गर्ने मानिस निश्चय नै मारियोस् ।
परमप्रभुको नाउँको निन्दा गर्ने मानिस मारियोस् । त्यो इस्राएलमा जन्मेको स्वदेशी वा परदेशी जो भए तापनि जम्मै समुदायले त्यसलाई ढुङ्गाले हानून् । परमप्रभुको नाउँको निन्दा गर्ने मानिस निश्चय नै मारियोस् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
17यदि कसैले कोही अर्को मानिसलाई हिर्काएर मार्यो भने, त्यो निश्चय नै मारियोस् ।
13त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो,
14“परमेश्वरलाई सरापेको मानिसलाई छाउनीबाट बाहिर निकाल् । त्यसको कुरा सुनेका सबैले आफ्ना हात त्यसको टाउकोमाथि राखून्, र त्यसपछि जम्मै समुदायले त्यसलाई ढुङ्गाले हानून् ।
15इस्राएलका मानिसहरूलाई तैँले यसरी सम्झाउनू, ‘आफ्ना परमेश्वरलाई सराप्नेले आफ्नो दोष आफै बोकोस् ।
35परमप्रभु मोशासँग बोल्नुभयो, “त्यो मानिस निश्चय नै मर्नुपर्छ । सबै समुदायले त्यसलाई छाउनी बाहिर लगेर ढुङ्गाले हान्नुपर्छ ।”
36यसैले सबै समुदायले त्यसलाई छाउनी बाहिर ल्याए र परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार ढुङ्गाले हानेर मारे ।
37फेरि परमप्रभुले मोशालाई भन्नुभयो,
9आफ्नी आमा वा आफ्नो बुबालाई सराप दिने सबै मारिनुपर्छ । त्यसले आफ्नो बुबा वा आफ्नी आमालाई सरापेको हुनाले त्यो दोषी हुन्छ र त्यो मर्न योग्यको हुन्छ ।
10अर्कै पुरुषको पत्नीसँग व्यभिचार गर्ने मानिस अर्थात् आफ्नो छिमेकीकी पत्नीसँग व्यभिचार गर्ने त्यो व्यभिचारी मानिस, र व्याभिचारिणी दुवैलाई मारिनुपर्छ ।
11आफ्नो बुबाकी पत्नीसँग सुत्ने मानिसले आफ्नो बुबाको नग्नतालाई प्रकट गर्दछ । त्यो छोरा र त्यसको बुबाकी पत्नी दुवै मारिनुपर्छ । तिनीहरूको रगत तिनीहरू आफैमाथि पर्ने छ ।
14कुनै मानिसले जानाजानी आफ्नो छिमेकीलाई आक्रमण गरी धूर्त योजनामुताबिक मार्यो भने त्यो परमेश्वरको वेदीमा भए तापनि त्यसलाई मार्नलाई लगियोस् ।
15आफ्नो बुबा वा आमालाई हिर्काउने जोसुकै पनि निश्चय नै मारिनैपर्छ ।
16जसले कुनै व्यक्तिलाई अपहरण गरी त्यसले उसलाई बेच्यो वा पक्रिँदा त्यसकै हातमा फेला पर्यो भने अपहरणकारीलाई मारिनैपर्छ ।
17आफ्नो बुबा वा आमालाई सराप्ने जोसुकै पनि निश्चय नै मारिनैपर्छ ।
14त्यसैले तिमीहरूले शबाथ मान्नू किनभने यो मेरो लागि अलग गरिएको तिमीहरूद्वारा मान्नुपर्ने पवित्र दिन हो । यसलाई अशुद्ध गर्ने कुनै पनि व्यक्ति निश्चय नै मारिनेछ । जसले शबाथमा काम गर्छ, त्यो व्यक्ति निश्चय नै आफ्नो जातिबाट बहिष्कृत हुनेछ ।
15छ दिनसम्म काम गर्नू, तर सातौँचाहिँ दिन परमप्रभुको सामु पूर्ण विश्रामको पवित्र शबाथ हुनेछ । शबाथ-दिनमा काम गर्ने जोसुकै पनि निश्चय मारिनेछ ।
23यसैकारण मोशाले इस्राएलका मानिसहरूलाई यी कुरा बताए, र ती मानिसहरूले परमप्रभुलाई सरापेको मानिसलाई छाउनीबाट बाहिर निकाले । तिनीहरूले त्यसलाई ढुङ्गाले हाने । इस्राएलका मानिसहरूले परमप्रभुले मोशालाई दिनुभएको आज्ञाको पालन गरे ।
9बरु, त्यसलाई निश्चय नै मारिदिनू । त्यसलाई मार्नेमा तेरो हात पहिलो होस् र त्यसपछि अरूहरू तम्सून् ।
10तिमीहरूले त्यसलाई ढुङ्गाले हानेर मार्नू किनकि त्यसले तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरबाट तर्काउन खोजेको छ जसले तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको घरबाट निकालेर ल्याउनुभयो ।
11सारा इस्राएली यो सुनेर डराउने छन्, र तिमीहरूका बिचमा कसैले पनि यस्तो दुष्टता गर्ने छैन ।
12कसैले कुनै मानिसलाई मर्ने गरी हिर्कायो भने त्यसलाई निश्चय नै मारिनैपर्छ ।
30तर अवज्ञामा कुनै पनि कुरा गर्ने व्यक्ति स्वदेशी भए पनि परदेशी भए पनि त्यसले मेरो ईश्वर-निन्दा गर्छ । त्यसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गर्नुपर्छ ।
31किनभने त्यसले मेरो वचनलाई घृणा गरेको छ, त्यो व्यक्तिलाई पूर्ण रूपमा बिलकुलै बहिष्कार गर्नुपर्छ ।
5यस्तो दुष्ट काम गर्ने त्यो पुरुष वा स्त्रीलाई तिमीहरूले सहरको प्रवेशद्वारमा ल्याएर हरेक पुरुष, स्त्री र तिमीहरूले ढुङ्गाले हानेर मार्नू ।
6दुई वा तिन जना साक्षीको आधारमा त्यसलाई मारिने छ । तर एक जना मात्र साक्षीको आधारमा त्यसलाई मारिनुहुँदैन । तिनीहरूलाई मार्न
7ती साक्षीहरूले पहिले आ-आफ्ना हात उठाऊन् त्यसपछि अरू सबै मानिसले आ-आफ्ना हात उठाऊन् । यसरी तिमीहरूले आफ्ना बिचबाट दुष्टतालाई हटाउने छौ ।
2“इस्राएलका मानिसहरूलाई भन्, ‘इस्राएलका मानिसहरू, वा इस्राएलमा बसोबास गर्ने परदेशीहरूमध्ये कसैले आफ्ना छोराछोरी मोलोखलाई चढाउँछ भने, त्यो मारिनुपर्छ । त्यहाँका मानिसहरूले त्यसलाई ढुङ्गाले हानून् ।
27मरेकाहरू वा आत्माहरूसँग बोल्ने पुरुष वा स्त्री मारिनुपर्छ । मानिसहरूले तिनीहरूलाई ढुङ्गाले हानून् । तिनीहरू दोषी छन् र मर्न योग्यका छन् ।’” 20:7 [१] धेरै वर्तमान संस्करणमा यस्तो छः... किनभने म, परमप्रभु तिमीहरूका परमेश्वर पवित्र छु ।
16तर यदि दोष लगाइएको मानिसले पीडितलाई फलामको हतियारले प्रहार गरेको छ भने, र यदि त्यसले आक्रमण गरेको व्यक्ति मर्यो भने, दोष लगाइएको व्यक्ति हत्यारा नै हो । त्यसलाई मार्नुपर्छ ।
17यदि दोष लगाइएको मानिसले कसैलाई आफ्नो हातमा भएको ढुङ्गाले कसैलाई मर्ने गरी प्रहार गरेको छ भने, र यदि त्यो व्यक्ति मर्यो भने, त्यो दोष लगाइएको व्यक्ति हत्यारा नै हो । त्यसलाई मार्नुपर्छ ।
18यदि दोष लगाइएको व्यक्तिले कसैलाई काठको हतियारले प्रहार गरेको छ भने, र यदि त्यो व्यक्ति मर्यो भने, दोष लगाइएको व्यक्ति हत्यारा नै हो । त्यसलाई मार्नुपर्छ ।
2छ दिनसम्म काम गर्न सकिन्छ, तर सातौँचाहिँ दिन तिमीहरूका लागि पवित्र दिन हो । यो परमप्रभुको निम्ति पूर्ण विश्राम गर्ने शबाथ-दिन हो । त्यस दिन जसले काम गर्छ, त्यो मारियोस् ।
13कोही पुरुष स्त्रीसँग झैँ गरी अर्को पुरुषसँग सुत्यो भने, तिनीहरू दुवैले घृणास्पद काम गरेका छन् । तिनीहरू मारिनैपर्छ । तिनीहरू दोषी हुन्छन् र तिनीहरू मर्न योग्यका हुन्छन् ।
21तब सहरका सबै मानिसले त्यसलाई ढुङ्गाले हानेर मारून् । यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्टतालाई हटाउने छौ । सारा इस्राएली यो सुनेर डराउने छन् ।
22कुनै मानिसले मृत्यु योग्यको पाप गरेको छ र त्यसलाई मृत्युदण्ड दिँदा त्यसलाई रुखमा झुण्ड्यायौ भने
21जसले कुनै पशुलाई मार्छ त्यसले त्यसको भर्ना तिरोस्, र जसले अर्को मानिसलाई मार्छ त्यो मारियोस् ।
12परमप्रभु तिमीहरूका परमेश्वरको सामु सेवा गर्न खडा हुने पुजारी वा न्यायकर्ताको कुरा अहङ्कारी भएर नसुन्ने व्यक्ति मारिने छ । तिमीहरूले इस्राएलबाट दुष्टता हटाओ ।
12तैँले मानिसहरूका लागि पर्वतको वरिपरि सिमाना लगाउनू । तिनीहरूलाई भन्नू, 'तिमीहरू पर्वतमा उक्लेर नजाओ वा यसको सिमानालाई नछोओ । जसले पर्वतलाई छुन्छ त्यो निश्चय नै मारिनेछ ।'
13यस्तो व्यक्तिलाई कसैको हातले छुनुहुँदैन । बरु, उसलाई निश्चय नै ढुङ्गाले वा काँडले हानेर मारिनुपर्छ । चाहे त्यो मानिस होस् वा पशु त्यसलाई मारिनैपर्छ । जब तुरही लामो समयसम्म बज्छ तिनीहरू पर्वतको फेदीमा आउनुपर्छ ।”
13अनि परमप्रभु इस्राएलका परमेश्वरलाई नखोज्ने जोसुकैलाई मारिनुपर्छ भन्ने कुरामा तिनीहरूले सहमती गरेः चाहे त्यो व्यक्ति सानो होस् वा ठूलो होस्, चाहे पुरुष होस् वा स्त्री होस् ।
4किनकि परमेश्वरले भन्नुभयो, ‘आफ्नी आमा र आफ्नो बुबालाई आदर गर’ र ‘जसले आफ्नो बुबा वा आमाको बारेमा खराब कुरा बोल्दछ, त्यो निश्चय नै मर्नेछ ।’
30कुनै मानिसलाई मार्ने हत्यारालाई साक्षीहरूले दिएको प्रमाणअनुसार मार्नुपर्छ । तर एक जना मात्र साक्षीको प्रमाणमा कुनै पनि व्यक्तिलाई मार्नु हुदैन ।
19पशुसित सुत्ने जोसुकै पनि मारिनैपर्छ ।
20तर मेरो नाउँमा अहङ्कारी भएर मैले आज्ञा नगरेको वचन बोल्ने वा अन्य देवताहरूको नाउँमा बोल्ने अगमवक्ता मारिनैपर्छ ।'
7परमप्रभु तिमीहरूका परमेश्वरको नाउँ व्यर्थमा नलिनू किनकि मेरो नाउँ व्यर्थमा लिने जोसुकैलाई पनि म निरपराध छोड्नेछैनँ ।
13परमप्रभुको पवित्र वासस्थान नजिक आउने हरेक मर्ने छ । के हामी पनि मर्नुपर्छ?”
5त्यस अगमवक्ता वा स्वप्न-दर्शीलाई मृत्युदण्ड दिनू किनकि त्यसले तिमीहरूलाई मिश्र देशबाट ल्याउनुहुने र दासत्वको घरबाट छुटकारा दिनुहुने परमप्रभु तिमीहरूका परमेश्वरको विरुद्धमा बोलेको छ । त्यस अगमवक्ताले परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई हिँड्न लगाउनुभएको मार्गबाट तिमीहरूलाई तर्काउन चाहन्छ । त्यसैले तिमीहरूका बिचबाट दुष्टतालाई मिल्काइदेओ ।
20परमप्रभुले त्यसलाई क्षमा दिनुहुने छैन, बरु परमप्रभुको क्रोध र उहाँको डाह त्यो मानिसको विरुद्धमा दन्कने छ अनि यस पुस्तकमा लेखिएका सबै श्राप त्यसमाथि आउने छन् । यसरी परमप्रभुले आकाशमुनिबाट त्यसको नाउँ मेटिदिनुहुने छ ।
7इस्राएलीहरूका बिचबाट कसैले आफ्ना दाजुभाइमध्ये एउटालाई अपहरण गरी त्यसलाई नोकरसरह व्यवहार गरी बेचिदिएको छ भने त्यो अपहरणकारी मारिनैपर्छ । यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्टतालाई हटाउने छौ ।
64तपाईंहरूले ईश्वर-निन्दा सुन्नुभएकै छ । तपाईंहरूको के निर्णय छ?” अनि तिनीहरू सबैले मृत्युको योग्य भएकालाई झैँ दोष लगाए ।