लैव्यव्यवस्था 24:21
जसले कुनै पशुलाई मार्छ त्यसले त्यसको भर्ना तिरोस्, र जसले अर्को मानिसलाई मार्छ त्यो मारियोस् ।
जसले कुनै पशुलाई मार्छ त्यसले त्यसको भर्ना तिरोस्, र जसले अर्को मानिसलाई मार्छ त्यो मारियोस् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
16परमप्रभुको नाउँको निन्दा गर्ने मानिस मारियोस् । त्यो इस्राएलमा जन्मेको स्वदेशी वा परदेशी जो भए तापनि जम्मै समुदायले त्यसलाई ढुङ्गाले हानून् । परमप्रभुको नाउँको निन्दा गर्ने मानिस निश्चय नै मारियोस् ।
17यदि कसैले कोही अर्को मानिसलाई हिर्काएर मार्यो भने, त्यो निश्चय नै मारियोस् ।
18यदि कसैले अर्काको पशुलाई हानेर मार्यो भने, त्यसले प्राणको साटो प्राण नै भर्ना दिओस् ।
19यदि कसैले आफ्नो छिमेकीलाई घाइते बनायो भने, त्यसले आफ्नो छिमेकीलाई जे गरेको थियो त्यसलाई पनि त्यही गरियोस्,
20चोटको साटो चोट, आँखाको साटो आँखा, दाँतको साटो दाँत । त्यसले अर्को मानिसलाई घाइते बनाएको कारण त्यसलाई पनि त्यस्तै गरियोस् ।
12कसैले कुनै मानिसलाई मर्ने गरी हिर्कायो भने त्यसलाई निश्चय नै मारिनैपर्छ ।
15कोही पुरुषले पशुसँग सहवास गरेमा त्यो मारिनैपर्छ, र तिमीहरूले त्यो पशुलाई पनि मार्नू ।
16कोही स्त्री पशुसँग सहवास गर्नलाई त्यसको नजिक गई भने, तिमीहरूले त्यस स्त्री र पशु दुवैलाई मार्नू । तिनीहरू निश्चय नै मारिनैपर्छ । तिनीहरू दोषी हुन्छन् र मर्न योग्यका हुन्छन् ।
1¶ कुनै मानिसले गोरु वा भेडा चोरेर त्यसलाई मार्यो वा बेच्यो भने त्यसले एउटा गोरुको सट्टा पाँचवटा गोरु र एउटा भेडाको सट्टा चारवटा भेडा देओस् ।
2घर फोर्दै गर्दा चोरलाई भेट्टाइयो र त्यसलाई प्रहार गर्दा त्यो मर्यो भने त्यसलाई हिर्काउने हत्याको दोषी हुनेछैन ।
28कुनै गोरुले पुरुष वा स्त्रीलाई सिङले हानेर मार्यो भने त्यसलाई ढुङ्गाले हानेर मारिनुपर्छ, र त्यसको मासु खाइनुहुँदैन ।
29तर गोरुको मालिकचाहिँ निर्दोष होस् । तर गोरुको विगतमा हान्ने बानी थियो र त्यसको मालिकलाई यसबारे चेताउनी दिँदा पनि उसले बाँधेर राखेको रहेनछ र गोरुले पुरुष वा महिलालाई मार्यो भने त्यसलाई ढुङ्गाले हानेर मारिनैपर्छ र त्यसको मालिकलाई पनि मारिनैपर्छ ।
30त्यसको जीवनको लागि कुनै मूल्य माग गरिएको छ भने मागेजति मालिकले दिनुपर्छ ।
19पशुसित सुत्ने जोसुकै पनि मारिनैपर्छ ।
23तर गम्भीर चोट लागेको रहेछ भने त्यस मानिसलाई प्राणको सट्टा प्राण
24आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात, खुट्टाको सट्टा खुट्टा
25डामको सट्टा डाम, चोटको सट्टा चोट र कुटाइको सट्टा कुटाइ मिलोस् ।
21तिमीहरूले दया नदेखाउनू । ज्यानको सट्टा ज्यान, आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात र गोडाको सट्टा गोडा हुने छ ।
34खाडल खन्नेले हर्जाना तिर्नुपर्छ । त्यसले मृत पशुको मालिकलाई रुपियाँ तिर्नपर्छ र त्यो मरेको पशु त्यसको हुनेछ ।
35एउटा मान्छेको गोरुले अर्को मान्छेको गोरुलाई चोट पुर्याएर त्यो मर्यो भने त्यसले जिउँदो गोरुलाई बेची तिनीहरूले त्यसको मूल्य बाँडफाँड गर्नुपर्छ र तिनीहरूले मरेको गोरुलाई पनि बाँडफाँड गर्नुपर्छ ।
36तर त्यस गोरुको विगतमा पनि हान्ने बानी रहेछ र त्यसको मालिकले त्यसलाई बाँधेर राखेको रहेनछ भनी थाहा हुन आयो उसले गोरुको सट्टा गोरु तिर्नुपर्छ अनि मरेको पशु त्यसको मालिकको हुनेछ ।
21वा यदि त्यसले घृणा गरेको व्यक्तिलाई आफ्नै हातले प्रहार गर्छ अनि त्यो आक्रमणमा परेको व्यक्ति मर्छ भने, त्यसलाई प्रहार गरेको दोष लगाइएको व्यक्तिलाई मार्नुपर्छ । त्यो हत्यारा हो । रगतको बदला लिने व्यक्तिले त्यसलाई भेट्दा मार्न सक्छ ।
14कुनै मानिसले जानाजानी आफ्नो छिमेकीलाई आक्रमण गरी धूर्त योजनामुताबिक मार्यो भने त्यो परमेश्वरको वेदीमा भए तापनि त्यसलाई मार्नलाई लगियोस् ।
15आफ्नो बुबा वा आमालाई हिर्काउने जोसुकै पनि निश्चय नै मारिनैपर्छ ।
16जसले कुनै व्यक्तिलाई अपहरण गरी त्यसले उसलाई बेच्यो वा पक्रिँदा त्यसकै हातमा फेला पर्यो भने अपहरणकारीलाई मारिनैपर्छ ।
17आफ्नो बुबा वा आमालाई सराप्ने जोसुकै पनि निश्चय नै मारिनैपर्छ ।
5तर तिमीहरूको प्राण दिने रगतको साटो म लेखा लिनेछु । हरेक पशुबाट म प्राणको साटो लिनेछु । आफ्नो भाइको हत्या गर्ने हरेक मानिसको हातबाट म त्यस मानिसको प्राणको साटो लिनेछु ।
6जसले मानिसको रगत बगाउँछ मानिसद्वारा नै त्यसको रगत बगाइनेछ, किनकि परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभयो ।
16तर यदि दोष लगाइएको मानिसले पीडितलाई फलामको हतियारले प्रहार गरेको छ भने, र यदि त्यसले आक्रमण गरेको व्यक्ति मर्यो भने, दोष लगाइएको व्यक्ति हत्यारा नै हो । त्यसलाई मार्नुपर्छ ।
17यदि दोष लगाइएको मानिसले कसैलाई आफ्नो हातमा भएको ढुङ्गाले कसैलाई मर्ने गरी प्रहार गरेको छ भने, र यदि त्यो व्यक्ति मर्यो भने, त्यो दोष लगाइएको व्यक्ति हत्यारा नै हो । त्यसलाई मार्नुपर्छ ।
18यदि दोष लगाइएको व्यक्तिले कसैलाई काठको हतियारले प्रहार गरेको छ भने, र यदि त्यो व्यक्ति मर्यो भने, दोष लगाइएको व्यक्ति हत्यारा नै हो । त्यसलाई मार्नुपर्छ ।
19रगतको बदला लिने व्यक्तिले हत्यारालाई मार्न सक्छ । त्यसले त्यसलाई भेट्दा, रगतको बदला लिने व्यक्तिले त्यसलाई मार्नुपर्छ ।
3‘यदि इस्राएलको कुनै मानिसले बलिदानको निम्ति भनेर छाउनीभित्र वा बाहिर साँढे, भेडाको बच्चा वा बोका मार्दछ,
30कुनै मानिसलाई मार्ने हत्यारालाई साक्षीहरूले दिएको प्रमाणअनुसार मार्नुपर्छ । तर एक जना मात्र साक्षीको प्रमाणमा कुनै पनि व्यक्तिलाई मार्नु हुदैन ।
31साथै हत्याराको दोषीको निम्ति तिमीहरूले कुनै किसिको छुटकाराको मूल्य स्वीकार गर्नुहुँदैन । त्यसलाई अवश्य नै मार्नुपर्छ ।
4चोरिएको पशु अर्थात् चाहे त्यो गोरु होस् वा गधा होस् वा भेडा होस्, त्योसँगै जिउँदै पाइयो भने त्यसले दुई गुणा फिर्ता दिनुपर्छ ।
5कुनै मानिसले खेत वा दाखबारीमा आफ्ना गाईवस्तु चराउँदा त्यसले बाँधेन र पशु अर्को मानिसको खेतमा चर्न पुग्यो भने त्यसले आफ्नो सबैभन्दा असल खेत वा दाखबारीबाट नोक्सानी तिर्नुपर्छ ।
10कुनै मानिसले आफ्नो छिमेकीलाई गधा, गोरु, भेडा वा कुनै पशु राख्नलाई दिँदा त्यो मर्यो वा त्यसलाई चोट लाग्यो वा कसैले नदेखीकन त्यसलाई भगाइयो भने
10अर्कै पुरुषको पत्नीसँग व्यभिचार गर्ने मानिस अर्थात् आफ्नो छिमेकीकी पत्नीसँग व्यभिचार गर्ने त्यो व्यभिचारी मानिस, र व्याभिचारिणी दुवैलाई मारिनुपर्छ ।
12त्यसको सहरका धर्म-गुरुहरूले मान्छे पठाई त्यसलाई त्यहाँबाट ल्याउनुपर्छ र जिम्मेवार नातेदारको हातमा सुम्पनुपर्छ अनि त्यसको रगतको बदला लिइयोस् ।
14कुनै मानिसले आफ्नो छिमेकीबाट पशु पैँचो लिँदा मालिकको उपस्थितिविना त्यसलाई चोट लाग्यो वा त्यो मर्यो भने अर्को मानिसले क्षतिपूर्ति दिनैपर्छ ।
22परदेशी र स्वदेशमै जन्मिएको इस्राएली दुवैका निम्ति नियम एउटै होस्, किनभने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ’ ।”
7इस्राएलीहरूका बिचबाट कसैले आफ्ना दाजुभाइमध्ये एउटालाई अपहरण गरी त्यसलाई नोकरसरह व्यवहार गरी बेचिदिएको छ भने त्यो अपहरणकारी मारिनैपर्छ । यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्टतालाई हटाउने छौ ।
13कोही पुरुष स्त्रीसँग झैँ गरी अर्को पुरुषसँग सुत्यो भने, तिनीहरू दुवैले घृणास्पद काम गरेका छन् । तिनीहरू मारिनैपर्छ । तिनीहरू दोषी हुन्छन् र तिनीहरू मर्न योग्यका हुन्छन् ।
14त्यसैले तिमीहरूले शबाथ मान्नू किनभने यो मेरो लागि अलग गरिएको तिमीहरूद्वारा मान्नुपर्ने पवित्र दिन हो । यसलाई अशुद्ध गर्ने कुनै पनि व्यक्ति निश्चय नै मारिनेछ । जसले शबाथमा काम गर्छ, त्यो व्यक्ति निश्चय नै आफ्नो जातिबाट बहिष्कृत हुनेछ ।
12तर त्यसबाट यो चोरी भएको हो भने त्यसले यसको लागि मालिकलाई क्षतिपूर्ति तिर्नुपर्छ ।
21प्राचीन समयमा तिनीहरूलाई यसो भनिएको तिमीहरूले सुनेका छौ, ‘हत्या नगर’ र ‘हत्या गर्नेचाहिँ इन्साफको जोखिममा पर्नेछ ।’
9बरु, त्यसलाई निश्चय नै मारिदिनू । त्यसलाई मार्नेमा तेरो हात पहिलो होस् र त्यसपछि अरूहरू तम्सून् ।
20कुनै मानिसले आफ्नो कमारा वा कमारीलाई लट्ठीले हिर्काउँदा मुक्का लागेर मर्यो भने त्यस मानिसलाई निश्चय नै दण्ड दिइनुपर्छ ।
24त्यस अवस्थामा समुदायले दोष लगाइएको व्यक्ति र रगतको बदला लिनेबिच यी नियमहरूको आधारमा न्याय गर्नुपर्छ ।