लूका 1:10

अनलक शाब्दिक बाइबल

जब तिनी धूप बाल्दै थिए, बाहिर त्यही समयमा मानिसको पुरै भिडले प्रार्थना गरिरहेको थियो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लैव्य 16:17 : 17 हारून महा-पवित्र स्थानमा प्रायश्‍चित्त गर्नको निम्ति प्रवेश गरेपछि त्यसले आफ्नो, आफ्नो परिवार र इस्राएलका सबै समुदायको निम्ति प्रायश्‍चित्त गर्न सकेर बाहिर नआएसम्म कोही पनि भेट हुने पालभित्र नपसोस् ।
  • प्रका 8:3 : 3 अर्को स्वर्गदूत आए र सुनको धुपौरो लिएर वेदीको छेउमा उभिए । सिंहासन अगाडि सबै विश्‍वासीका प्रार्थनासँग चढाउनका लागि ती स्वर्गदूतलाई धेरै धूप दिइयो ।
  • इब्रा 4:14 : 14 त्यसकारण, हामीसँग महान् प्रधान पुजारी हुनुहुन्छ जो स्वर्ग भएर जानुभएको छ । उहाँ परमेश्‍वरका पुत्र येशू हुनुहुन्छ । तसर्थ, हामी हाम्रो विश्‍वासलाई दृढतासाथ थामिराखौँ ।
  • इब्रा 9:24 : 24 किनकि ख्रीष्‍ट हातद्वारा बनाइएको महा-पवित्रस्थानमा प्रवेश गर्नुभएन, जुनचाहिँ सत्यताको एक नक्‍कल मात्र हो । बरु, उहाँ आफैँ स्वर्गमा प्रवेश गर्नुभयो, अनि हाम्रा निम्ति अहिले उहाँ परमेश्‍वरको सामु उपस्थित हुनुहुन्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लू 1:8-9
    2 पदहरू
    85%

    8एक दिन आफ्नो कुलको पालोअनुसार जकरिया पुजारी सेवा गर्न परमेश्‍वरको उपस्थितिमा थिए ।

    9त्यहाँको परम्पराअनुसार चिट्ठाद्वारा पुजारीहरू आफ्नो सेवा गर्ने पालोअनुसार परमप्रभुको मन्दिरभित्र धूप बाल्नलाई छानिन्थे । त्यसैले, उनको नाउँ पर्‍यो ।

  • 11ठिक त्यसै बेला परमप्रभुका एउटा दूत उनीकहाँ देखा परे र धूप बाल्ने वेदीको दाहिनेपट्टि उभिए ।

  • प्रका 8:3-5
    3 पदहरू
    73%

    3अर्को स्वर्गदूत आए र सुनको धुपौरो लिएर वेदीको छेउमा उभिए । सिंहासन अगाडि सबै विश्‍वासीका प्रार्थनासँग चढाउनका लागि ती स्वर्गदूतलाई धेरै धूप दिइयो ।

    4विश्‍वासीहरूका प्रार्थनासँगै धूपको धुवाँ स्वर्गदूतको हातबाट परमेश्‍वरको अगाडि पुग्यो ।

    5स्वर्गदूतले धुपौरो लिए र वेदीबाट आगो भरे । तब तिनले त्यसलाई पृथ्वीमा फ्याँकिदिए, अनि चट्याङ, गडगडाहट, बिजुलीका चमकहरू उत्पन भए र भूकम्प गयो ।

  • 11त्यहाँ इस्राएलका घरानाका सत्तरी जना धर्म-गुरुहरू थिए र शापानको छोरो याजन्‍याह तिनीहरूका माझमा खडा थिए । तिनीहरू मूर्तिहरूका सामु खडा थिए, र धूपको धूवाँ मास्‍तिर जाओस् भनेर हरेकले हातमा आ-आफ्‍ना धुपौरो लिएर खडा थिए ।

  • लू 1:21-23
    3 पदहरू
    69%

    21अनि जकरियाले लामो समयसम्म मन्दिरमा समय बिताइरहेकाले मानिसहरू अचम्म मान्दै पर्खिरहेका थिए ।

    22तर, जब तिनी बाहिर आए, तब उनी तिनीहरूसँग बोल्न सकेनन् र उनले मन्दिरभित्र एउटा दर्शन देखे भनी तिनीहरूले महसुस गरे । उनले तिनीहरूलाई इसारा मात्र गरे, तर बोल्न सकेनन् ।

    23जब तिनको सेवाको समय समाप्‍त भयो, तब तिनी आफ्नो घरमा फर्किए ।

  • 53तिनीहरू निरन्तर परमेश्‍वरलाई धन्यको भन्दै मन्दिरमा रहे ।

  • 1¶ अब पत्रुस र यूहन्‍ना प्रार्थना गर्ने समयको नवौँ घडीमा मन्दिरतिर जाँदै थिए ।

  • 68%

    30कर्नेलियसले भने, “चार दिनअगि यही घडीमा म मेरो घरमा दिउँसो तिन बजे प्रार्थना गरिरहँदा सेतो पोशाक लगाएका एक जना मानिस मेरो सामु खडा भए ।

    31तिनले भने, ‘हे कर्नेलियस, परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ र तिमीले गरीबहरूलाई दिएको दानको सम्झना गर्नुभएको छ ।

  • लैव्य 16:12-13
    2 पदहरू
    68%

    12हारूनले वेदीबाट आगोका फिलिङ्गाहरूले भरिएको एउटा धुपौरो र आफ्ना हातमा मसिनो गरी पिसिएको सुगन्धित धुप लिएर पर्दाभित्र परमप्रभुको सामु ल्याओस् ।

    13त्यहाँ त्यसले परमप्रभुको सामु भएको आगोमा धुप राखोस् ताकि करारको सन्दुकमाथिको प्रायश्‍चित्त-आसनलाई त्यस धुपबाट निस्‍केको बादलले ढाकोस् । त्यो नमरोस् भनेर त्यसले यो गरोस् ।

  • 18यसैले हरेकले आ-आफ्ना धुपौरा लिए, यसमा आगो राखे, यसमा धूप राखे र मोशा र हारूनसँगै भेट हुने पालको प्रवेश-द्वारमा खडा भए ।

  • 27एक दिन तिनी मन्दिरमा पवित्र आत्माको अगुवाइमा आए । व्यवस्थाले जे माग गरेको थियो, त्यो पुरा गर्न आमाबुबाद्वारा बालक येशूलाई मन्दिरमा ल्याइयो ।

  • निर्ग 40:26-27
    2 पदहरू
    67%

    26तिनले भेट हुने पालभित्र पर्दाको सामुन्‍ने सुनको धूपको वेदी राखे ।

    27परमप्रभुले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले यसमाथि सुगन्धित धूप बाले ।

  • 38सबै मानिसहरू उहाँका कुरा सुन्‍न बिहानै मन्दिरमा आउँथे ।

  • 27तब पुजारीहरू र लेवीहरू खडा भए र मानिसहरूलाई आशीर्वाद दिए । तिनीहरूको आवाज सुनियो, र तिनीहरूका प्रार्थना स्वर्गमा परमेश्‍वरको बस्‍नुहुने पवित्र वासस्‍थानसम्‍मै पुग्‍यो ।

  • लू 1:5-6
    2 पदहरू
    66%

    5यहूदाका राजा हेरोदको समयमा, त्यहाँ जकरिया नाउँ गरेका एक जना पुजारी थिए जो अबियाको कुलका थिए । उनकी पत्‍नी हारुन कुलकी छोरी थिइन् जसको नाउँ एलीशिबा थियो ।

    6परमेश्‍वरको दृष्‍टिमा तिनीहरू दुवै धर्मी थिए । तिनीहरूले परमेश्‍वरका सबै आज्ञाहरू पालना गर्दथे र निर्दोष जीवन जिउँथे ।

  • 2मेरो प्रार्थना तपाईंको सामु सुगन्धित धूपझैं होस् । मेरा उचालिएका हातहरू साँझको बलिदान झैं होऊन् ।

  • प्रेरि 10:2-4
    3 पदहरू
    66%

    2तिनी ईश्‍वरभक्त मानिस थिए । तिनी र तिनका सारा घरानाले परमेश्‍वरको आराधना गर्थे । तिनले यहूदीहरूलाई धेरै रूपैयाँ-पैसा सहयोग गरे र तिनले सधैँ परमेश्‍वरलाई प्रार्थना चढाइरहन्थे ।

    3दिउँसो तिन बजेतिर तिनले दर्शनमा परमेश्‍वरका एक स्वर्गदूत आफूतिर आइरहेको देखे । स्वर्गदूतले भने, “ए कर्नेलियस ”

    4कर्नेलियसले एकटक लगाएर स्वर्गदूतलाई हेरे र भयभीत हुँदै भने, “हजुर, भन्‍नुहोस् ।” स्वर्तदूतले तिनलाई भने, “तिम्रा प्रार्थना र तिमीले गरिबहरूलाई दिएका दान सम्झनायोग्य बलिको रूपमा परमेश्‍वरको उपस्थितिमा पुगेका छन् ।

  • दानी 9:20-21
    2 पदहरू
    66%

    20जब म बोलिरहेको, प्रार्थना गरिरहेको र आफू अनि आफ्‍ना मानिस इस्राएलका पाप स्‍विकार गरिरहेको थिएँ, र परमेश्‍वरको पवित्र पर्वत निम्‍ति परमप्रभु मेरा परमेश्‍वरको सामु मेरा बिन्‍तीहरू राख्दै थिएँ—

    21मैले प्रार्थना गरिरहँदा, मैले दर्शनमा पहिला देखेको मानिस, गाब्रिएल साँझको बलिदानको समयमा तिव्र वेगले उडेर तल मकाहाँ आए ।

  • लू 1:74-75
    2 पदहरू
    66%

    74उहाँले हामीलाई हाम्रा शत्रुहरूका हातबाट मुक्‍त गर्न र उहाँको सम्मुख हाम्रो सारा जीवनभर

    75पवित्रता र धार्मिकतामा उहाँको सेवा गर्नलाई योग्यको बनाउने शपथ खानुभयो ।

  • लू 1:66-67
    2 पदहरू
    66%

    66त्यसपछि यी कुरा सुन्‍ने सबैले आफ्नो हृदयमा राख्‍दै भने, “त्यसो भए, अब यो बालक कस्तो हुनेछ?” किनकि परमप्रभुको हात त्यस बालकसँग थियो ।

    67उनका पिता जकरिया पवित्र आत्माले भरिए र यसो भन्दै अगमवाणी गरे,

  • 18जब मैले यो गरेँ, एसियाका केही यहूदीहरूले मलाई शुद्धिकरणको समारोहमा मन्दिरमा भेट्टाए, जहाँ कुनै भिडभाड वा होहल्ला थिएन ।

  • 6प्रधान पूजाहारी हन्‍नास, कैयाफा, यूहन्‍ना, अलेक्जेन्डर र प्रधान पूजाहारीका अरू सबै आफन्तहरू त्यहाँ थिए ।

  • 5एज्रा सारा मानिसभन्दा माथि उभिएकाले तिनले सबैले देख्‍ने गरी पुस्तक खोले, र तिनले पुस्तक खोल्दा सारा मानिस खडा भए ।

  • 13तर स्वर्गदूतले उनलाई भने, “जकरिया नडराऊ, किनकि तिम्रो प्रार्थनाको सुनाइ भएको छ । तिम्री पत्‍नी एलीशिबाले तिम्रो लागि एउटा छोरा जन्माउनेछिन् र तिमीले उनको नाउँ यूहन्‍ना राख्‍नेछौ ।

  • निर्ग 30:7-8
    2 पदहरू
    65%

    7हारूनले हरेक बिहान सुगन्धित धूप बाल्नू । त्यसले दियाहरूको रेखदेख गर्दा यसलाई बाल्नू,

    8र पुस्ता-पुस्तासम्म परमप्रभुको सामु नियमित रूपमा धूप बलिरहोस् भनेर हारूनले हरेक साँझमा दियाहरू बाल्नू ।

  • 2हन्‍नास र कैयाफा प्रधान पुजारी भएको समयमा, जकरियाका छोरा यूहन्‍नाकहाँ उजाड-स्थानमा परमेश्‍वरको वचन आयो ।

  • 18तिनीहरूले उज्‍जियाहको विरोध गरे र तिनलाई भने, “ए उज्‍जियाह, परमप्रभुको निम्‍ति धूप बाल्‍ने काम तपाईंको होइन, तर हारूनको वंशका पुजारीहरूको हो, जसलाई धूप बाल्‍नलाई अभिषेक गरिएको छ । पवित्रस्‍थानबाट बाहिर जानुहोस्, किनकि तपाईंले विश्‍वासघात गर्नुभएको छ र परमप्रभु परमेश्‍वरबाट तपाईंले केही कदर पाउनुहुनेछैन ।”

  • 21यूहन्‍नाले मानिसहरूलाई बप्‍तिस्‍मा दिँदै गर्दा, येशूलाई पनि बप्‍तिस्‍मा दिइयो । जब उहाँले प्रार्थना गर्दै हुनुहुन्‍थ्‍यो, तब स्वर्ग खुल्यो ।

  • 35उहाँ बिहान सबेरै अँध्यारो हुँदा नै उठ्नुभयो; र उहाँ एकान्त ठाउँमा जानुभयो, र त्यहाँ प्रार्थना गर्नुभयो ।

  • 17म यरूशलेम फर्केपछि मैले मन्दिरमा प्रार्थना गरिरहँदा, म अर्धचेत अवस्थामा पुगेँ ।

  • 27टेबुल र यसका सबै भाँडाकुँडा, सामदान र यसका सामान, धूपको वेदी,

  • 16अनि उनले इस्राएलका धेरै मानिसहरूलाई परमप्रभु तिनीहरूका परमेश्‍वरतर्फ फर्काउनेछन् ।

  • 8परमेश्‍वरको महिमा र उहाँको शक्‍तिले मन्दिर धुवाँले भरिएको थियो । ती सात स्वर्गदूतका सातवटा विपत्ति पुरा नहुञ्‍जेलसम्म कोही पनि त्यसभित्र पस्‍न सकेन ।

  • 7तिनीहरूले दलानका ढोकाहरू पनि बन्‍द गरिदिए र बत्तीहरू निभाए । तिनीहरूले इस्राएलका परमेश्‍वरको पवित्रस्‍थानमा धूप बाल्‍न र होमबलि चढाउन छोडिदिए ।

  • 11अनि यी एकसाथ मिलेर षड्यन्त्र गरेका मानिसहरूले दानिएलले परमेश्‍वरसँग बिन्ती गरेका र उहाँसँग मदत मागेका देखे ।