लूका 10:22

अनलक शाब्दिक बाइबल

सबै कुराहरू पिताबाट मलाई सुम्पिएको छ र पितालेबाहेक पुत्र को हो भनी कसैले जान्दैन र पुत्रले उहाँलाई प्रकट गर्ने इच्छा गरेकोले बाहेक पिता को हो भनी कसैले जान्दैन ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यूह 1:18 : 18 कसैले पनि परमेश्‍वरलाई कहिल्‍यै देखेको छैन । पिताको छातीमा अडेस लाग्‍नुहुने एक मात्र परमेश्‍वरले उहाँलाई चिनाउनुभएको छ ।
  • यूह 6:44-46 : 44 मलाई पठाउनुहुने पिताले नखिँचेसम्म कोही पनि मकहाँ आउन सक्दैन र त्यसलाई अन्तिम दिनमा म जीवित पार्नेछु । 45 अगमवक्‍ताहरूका पुस्तकहरूमा यस्तो लेखिएको छ, ‘सबैलाई परमेश्‍वरद्वारा सिकाइनेछ ।’ जसले सुनेका छन् र पिताबाट सिकेका छन्, सबै मकहाँ आउँछन् । 46 परमेश्‍वरबाट आएकाले बाहेक कसैले पनि परमेश्‍वरलाई देखेको छैन, उसैले पितालाई देखेको छ ।
  • यूह 10:15 : 15 पिताले मलाई चिन्‍नुहुन्छ र म पितालाई चिन्छु र मेरा भेडाहरूका लागि म मेरो ज्यान पनि दिन्छु ।
  • मत्त 11:27 : 27 मेरा पिताद्वारा सबै कुरा मलाई सुम्पिएको छ । अनि पिताबाहेक पुत्रलाई कसैले चिन्दैन, अनि पुत्र र पुत्रले प्रकट गराउन इच्छा गरेको व्यक्‍तिले बाहेक पितालाई कसैले चिन्दैन ।
  • मत्त 28:18 : 18 येशू उनीहरूकहाँ आउनुभयो र उनीहरूसँग बोल्नुभयो र भन्‍नुभयो, “स्वर्ग र पृथ्वीमा सबै अधिकार मलाई दिइएको छ ।
  • यूह 3:35 : 35 पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र उहाँले सबै कुरा उहाँको हातमा दिनुभएको छ ।
  • यूह 17:2 : 2 जसरी तपाईंले पुत्रलाई सारा शरीरमाथि अधिकार दिनुभयो, ताकि जसलाई तपाईंले तिनलाई दिनुभएको छ तिनीहरू सबैलाई अनन्त जीवन मिलोस् ।
  • २ कोरि 4:6 : 6 किनकि परमेश्‍वरले भन्‍नुभयो, “अन्धकारबाट ज्योति चम्कनेछ ।” येशू ख्रीष्‍टको उपस्थितिमा परमेश्‍वरको महिमाको ज्ञानको ज्योति दिन उहाँ हाम्रो हृदयमा चम्कनुभएको छ ।
  • यूह 17:26 : 26 मैले तपाईंको नाउँलाई तिनीहरूका बिचमा परिचित तुल्याएको छु र मैले यसलाई परिचित तुल्याउनेछु, ताकि जुन प्रेमले तपाईंले मलाई प्रेम गर्नुभयो, त्यो तिनीहरूमा रहोस् र म तिनीहरूमा रहनेछु ।
  • १ कोरि 15:24 : 24 त्यसपछि अन्त्य आउनेछ, जुन बेला ख्रीष्‍टले राज्यलाई परमेश्‍वर पिताको हातमा सुम्पिदिनुहुनेछ । त्यस बेला उहाँले सबै शासन, सारा अख्तियार र सबै सामर्थ्यलाई उन्मूलन गरिदिनुहुनेछ ।
  • एफिसी 1:21 : 21 उहाँले येशूलाई सबै शासन, सबै अधिकार, शक्ति, प्रभुत्त्वहरू र हरेक नामभन्दा माथि राख्‍नुभयो । यस युगको लागि मात्र होइन, तर आउने युगको लागि पनि उहाँले ख्रीष्‍टलाई राख्‍नुभएको छ ।
  • फिलि 2:9-9 : 9 यसकारण, परमेश्‍वरले उहाँलाई अति उच्‍च पार्नुभयो । परमेश्‍वरले उहाँलाई सबै नाउँभन्दा उच्‍च नाउँ दिनुभयो । 10 उहाँले यसो गर्नुभयो, ताकि येशूको नाममा हरेक घुँडाहरू टेकिऊन्ः स्वर्ग, पृथ्वी र पृथ्वीमुनि भएका सबैका घुँडाहरू । 11 र उहाँले यो गर्नुभयो, ताकि परमेश्‍वर पिताको महिमाका लागि प्रत्येक जिब्रोले येशू ख्रीष्‍ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गरोस् ।
  • इब्रा 2:8 : 8 तपाईंले हरेक कुरा उहाँको अधीनमा राख्‍नुभएको छ ।” किनभने परमेश्‍वरले सबै कुरा मानव-जातिको अधीनतामा राख्‍नुभएको थियो । उहाँले कुनै पनि थोक मानिसबाट बाहिर रहन दिनुभएन । तर आज हामी कुनै पनि चिज मानिसको अधीनमा रहेको देख्दैनौँ ।
  • १ यूह 5:20 : 20 तर हामी जान्दछौँ, कि परमेश्‍वरका पुत्र आउनुभएको छ र हामीलाई समझशक्‍ति दिनुभएको छ, कि जो सत्य हुनुहुन्छ हामी उहाँलाई चिनौँ, र जो सत्य हुनुहुन्छ हामी उहाँमा र उहाँका पुत्र येशू ख्रीष्‍टमा पनि छौँ । उहाँ साँचो परमेश्‍वर र अनन्त जीवन हुनुहन्छ ।
  • २ यूह 1:9 : 9 जो अगाडि बढिरहन्छ र ख्रीष्‍टको शिक्षामा रहँदैन त्यससँग परमेश्‍वर हुनुहुन्‍न । जो शिक्षामा रहन्छ योसँग पिता र पुत्र दुवै हुनुहुन्छ ।
  • यूह 17:5 : 5 अब, हे पिता, संसार बनिनुभन्दा अगि नै मसँग तपाईंमा भएको महिमाले मलाई तपाईंसँगै महिमित पार्नुहोस् ।
  • यूह 17:10 : 10 सबै जो मेरा हुन्, ती तपाईंका हुन् र तपाईंका सबै मेरा हुन्; म तिनीहरूमा महिमित हुन्छु ।
  • यूह 13:3 : 3 येशूले जान्‍नुहुन्थ्यो, कि पिताले सबै थोक उहाँको हातमा दिनुभएको थियो, उहाँ पिताबाट नै आउनुभएको थियो र फेरि परमेश्‍वरकहाँ नै फर्केर जाँदै हुनुहुन्थ्यो ।
  • यूह 5:22-27 : 22 किनकि पिताले कसैको न्याय गर्नुहुन्‍न, तर उहाँले न्याय गर्ने सबै काम पुत्रलाई दिनुभएको छ । 23 त्यसैले, तिनीहरूले पितालाई आदर गरेझैँ, सबैले पुत्रलाई आदर गर्नेछन् । जसले पुत्रलाई आदर गर्दैन, त्यसले उहाँलाई पठाउनुहुने पितालाई पनि आदर गर्दैन । 24 साँचो, साँचो, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेलाई विश्‍वास गर्छ त्यससँग अनन्त जीवन हुन्छ र त्यो दोषी ठहराइनेछैन, तर त्यो मृत्युबाट जीवनमा सरेको छ । 25 साँचो, साँचो म तिमीहरूलाई भन्छु, समय आइरहेको छ र यो अहिले नै हो, जब मृतकहरूले परमेश्‍वरका पुत्रको सोर सुन्‍नेछन्, र ती सुन्‍नेहरू बाँच्‍नेछन् । 26 किनकि जसरी पिता आफैँसँग जीवन छ, त्यसरी नै उहाँले पुत्रलाई पनि दिनुभएको छ, ताकि ऊ आफैँसँग जीवन होस्, 27 र पिताले पुत्रलाई न्याय गर्ने अधिकार दिनुभएको छ । किनकि ऊ मानिसका पुत्र हो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मत्त 11:25-27
    3 पदहरू
    95%

    25त्यस बेला येशूले भन्‍नुभयो, “पिता, म तपाईंको प्रशंसा गर्दछु । हे स्वर्ग र पृथ्वीका मालिक, किनभने तपाईंले यी कुराहरू बुद्धिमानी र समझदारहरूबाट लुकाउनुभयो, र ती अनपढलाई प्रकट गराउनुभयो जो साना बालकहरूजस्ता छन् ।

    26हो, पिता, किनकि तपाईंको दृष्‍टिमा यही नै मनपर्दो थियो ।

    27मेरा पिताद्वारा सबै कुरा मलाई सुम्पिएको छ । अनि पिताबाहेक पुत्रलाई कसैले चिन्दैन, अनि पुत्र र पुत्रले प्रकट गराउन इच्छा गरेको व्यक्‍तिले बाहेक पितालाई कसैले चिन्दैन ।

  • 21त्यही समय उहाँ पवित्र आत्मामा आनन्दित हुनुभयो, “हे पिता, पृथ्वी र स्वर्गका प्रभु, म तपाईंको प्रशंसा गर्छु, किनभने तपाईंले यी कुराहरू बुद्धिमान् र समझदारहरूबाट लुकाउनुभयो र साना बालकहरूजस्ता अन्जानहरूलाई प्रकट गर्नुभयो । हे पिता, किनभने यो नै तपाईंको दृष्‍टिमा असल थियो ।”

  • 35पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र उहाँले सबै कुरा उहाँको हातमा दिनुभएको छ ।

  • यूह 5:19-23
    5 पदहरू
    76%

    19येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो, पिताले गरिरहनुभएको देख्‍नु बाहेक पुत्र आफैँले केही गर्न सक्दैन, किनकि पिताले जे गरिरहनुभएको छ पुत्रले पनि त्यही कुराहरू गर्छ ।

    20किनभने पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र उहाँ आफूले गर्नुहुने सबै कुरा पुत्रलाई देखाउनुहुन्छ अनि उहाँले उनलाई यी कुराहरूभन्दा पनि ठुला कुराहरू देखाउनुहुनेछ, ताकि तिमीहरू अचम्मित हुन सक ।

    21किनकि पिताले जसरी मृतकलाई जीवित पार्नुहुन्छ, र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई चाहन्छ त्यसलाई जीवन दिन्छ ।

    22किनकि पिताले कसैको न्याय गर्नुहुन्‍न, तर उहाँले न्याय गर्ने सबै काम पुत्रलाई दिनुभएको छ ।

    23त्यसैले, तिनीहरूले पितालाई आदर गरेझैँ, सबैले पुत्रलाई आदर गर्नेछन् । जसले पुत्रलाई आदर गर्दैन, त्यसले उहाँलाई पठाउनुहुने पितालाई पनि आदर गर्दैन ।

  • 15पितासँग भएका सबै थोक मेरा हुन् । यसकारण उहाँले जे मेरो हो त्यहीबाट लिनुहुन्छ, र उहाँले यो तिमीहरूलाई बताउनुहुनेछ भनी मैले भनेको हुँ ।

  • 32तर त्यस दिन र घडीको विषयमा पितालाई बाहेक कसैलाई पनि थाहा छैन, न स्वर्गदूतहरूलाई, न त पुत्रलाई ।

  • 25हे धर्मी पिता, यो संसारले तपाईंलाई चिनेन, तर म तपाईंलाई चिन्दछु; र तपाईंले मलाई पठाउनुभयो भनी यिनीहरू जान्दछन् ।

  • 23चेलाहरूतिर फर्केर उहाँले गुप्‍त रूपले भन्‍नुभयो, “तिमीहरूले देखेका कुरा देख्‍नेहरू धन्यका हुन् ।

  • यूह 6:45-46
    2 पदहरू
    74%

    45अगमवक्‍ताहरूका पुस्तकहरूमा यस्तो लेखिएको छ, ‘सबैलाई परमेश्‍वरद्वारा सिकाइनेछ ।’ जसले सुनेका छन् र पिताबाट सिकेका छन्, सबै मकहाँ आउँछन् ।

    46परमेश्‍वरबाट आएकाले बाहेक कसैले पनि परमेश्‍वरलाई देखेको छैन, उसैले पितालाई देखेको छ ।

  • यूह 8:27-28
    2 पदहरू
    74%

    27उहाँले पिताको बारेमा कुरा गर्दै हुनुहुन्छ भनी तिनीहरूले बुझेनन् ।

    28येशूले भन्‍नुभयो, “तिमीहरूले मानिसका पुत्रलाई माथि उचालेपछि म उही हुँ र म आफैँ केही पनि गर्दिनँ भन्‍ने तिमीहरूले जान्‍नेछौ । जसरी पिताले मलाई यी कुराहरू सिकाउनुभयो, त्यसरी नै म यी कुराहरू बोल्छु ।

  • 19तिनीहरूले उहाँलाई भने, “तिम्रा पिता कहाँ छन्?” येशूले जवाफ दिनुभयो, “तिमीहरूले न मलाई न त मेरा पितालाई चिन्छौ, तिमीहरूले मलाई चिनेका थियौ भने तिमीहरूले मेरा पितालाई पनि चिनेका हुन्थ्यौ ।”

  • यूह 10:29-30
    2 पदहरू
    73%

    29तिनीहरू मलाई दिनुहुने मेरा पिता अरूहरू सबैभन्‍दा महान् हुनुहुन्‍छ, र कोही पनि तिनीहरूलाई मेरा पिताको हातबाट खोसेर लैजान सक्षम छैन ।

    30म र पिता एक हौँ ।”

  • 23पुत्रलाई इन्‍कार गर्ने कोहीसँग पनि पिता हुनुहुन्‍न; पुत्रलाई स्वीकार गर्नेसँग पिता पनि हुनुहुन्छ ।

  • 65उहाँले भन्‍नुभयो, “यही कारणले पिताले उसलाई नदिएसम्म कोही पनि मकहाँ आउन सक्दैन भनी मैले तिमीहरूलाई भनेँ ।”

  • 25मैले तिमीहरूलाई यी कुराहरू आलङ्कारिक भाषामा भनेको छु, तर मैले आलङ्कारिक भाषा नबोली तिमीहरूलाई पिताको बारेमा स्पष्‍ट रूपमा बताउने समय आउँदै छ ।

  • यूह 14:9-11
    3 पदहरू
    72%

    9येशूले तिनलाई भन्‍नुभयो, “म तिमीहरूसँग यति लामो समयसम्म रहेको छु, र पनि फिलिप, अझै तिमी मलाई चिन्दैनौ? जसले मलाई देखेको छ त्यसले पितालाई देखेको छ । तिमीहरू कसरी ‘हामीलाई पिता देखाउनुहोस्’ भन्‍न सक्‍छौ?”

    10म पितामा छु र पिता ममा हुनुहुन्छ भनी के तिमीहरू विश्‍वास गर्दैनौ? मैले तिमीहरूलाई बोलेका वचनहरू, म आफ्नै अधिकारले बोल्दिनँ । योचाहिँ ममा रहनुहुने पिता नै हुनुहुछ जसले आफ्नो काम गरिरहनुभएको छ ।

    11म पितामा छु, र पिता ममा हुनुहुन्छ भन्‍ने विश्‍वास गर; नत्र कामहरूकै खातिर पनि विश्‍वास गर ।

  • 7अब तपाईंले मलाई दिनुभएका सबै थोक तपाईंबाट नै आउँदछन् भनी तिनीहरू जान्दछन्,

  • 18कसैले पनि परमेश्‍वरलाई कहिल्‍यै देखेको छैन । पिताको छातीमा अडेस लाग्‍नुहुने एक मात्र परमेश्‍वरले उहाँलाई चिनाउनुभएको छ ।

  • 11उहाँले तिनीहरूलाई भन्‍नुभयो, तिमीहरूलाई परमेश्‍वरको राज्यको रहस्य दिइएको छ । तर बाहिरकाहरूलाई हरेक कुरा दृष्‍टान्तहरूमा दिइएको छ ।

  • 7यदि तिमीहरूले मलाई चिनेका भए, तिमीहरूले मेरा पितालाई पनि चिन्‍ने थियौ । अबदेखि उसो तिमीहरूले उहाँलाई चिनेका छौ र उहाँलाई देखेका छौ ।”

  • 36तर त्यस दिन र घडीको विषयमा कसैलाई पनि थाहा छैन, न त स्वर्गका स्वर्गदूतहरूलाई, न पुत्रलाई, तर पितालाई मात्र थाहा छ ।

  • 10सबै जो मेरा हुन्, ती तपाईंका हुन् र तपाईंका सबै मेरा हुन्; म तिनीहरूमा महिमित हुन्छु ।

  • यूह 14:20-21
    2 पदहरू
    71%

    20त्यस दिन तिमीहरूले म पितामा छु, अनि तिमीहरू ममा छौ र म तिमीहरूमा छु भनी जान्‍नेछौ ।

    21जोसँग मेरा आज्ञाहरू छन् र तिनलाई पालन गर्छन्, मलाई प्रेम गर्ने त्यही हो, अनि जसले मलाई प्रेम गर्छ त्यसलाई मेरा पिताद्वारा प्रेम गरिनेछ, र म त्यसलाई प्रेम गर्नेछु र म आफैँ त्यसकहाँ देखा पर्छु ।”

  • 26त्यसकारण, तिनीहरूसँग नडराओ, किनकि कुनै कुरा पनि ढाकिएको छैन जुन प्रकट हुनेछैन, र कुनै कुरा पनि लुकाइएको छैन जुन थाहा हुनेछैन ।

  • 10येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई परमेश्‍वरका राज्यका रहस्यका कुराहरू बुझ्‍ने अवसर दिइएको छ, तर बाँकी मानिसहरूलाई दृष्‍टान्तमा सिकाइने छ । त्यसकारण ‘वास्तवमा तिनीहरूले हेरेर पनि देख्‍नेछैनन्, सुनेर पनि बुझ्‍नेछैनन् ।’

  • 26किनकि जसरी पिता आफैँसँग जीवन छ, त्यसरी नै उहाँले पुत्रलाई पनि दिनुभएको छ, ताकि ऊ आफैँसँग जीवन होस्,

  • 11येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई स्वर्गको राज्यका रहस्यहरू बुझ्‍ने मौका दिइएको छ, तर तिनीहरूलाई यो दिइएको छैन ।

  • 3येशूले जान्‍नुहुन्थ्यो, कि पिताले सबै थोक उहाँको हातमा दिनुभएको थियो, उहाँ पिताबाट नै आउनुभएको थियो र फेरि परमेश्‍वरकहाँ नै फर्केर जाँदै हुनुहुन्थ्यो ।

  • 32यसकारण, जसले मलाई मानिसहरूका सामुन्‍ने ग्रहण गर्दछ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामु ग्रहण गर्नेछु ।

  • 10परमेश्‍वरले पवित्र आत्माद्वारा हामीलाई यी कुराहरू प्रकट गर्नुभएको छ । किनकि आत्माले हरेक कुराको खोजी गर्नुहुन्छ, उहाँले परमेश्‍वरका गहिरा कुराहरूको पनि खोजी गर्नुहुन्छ ।

  • 36के तिमीहरू पिताले अलग गर्नुभएको, र संसारमा पठाउनुभएको जनलाई मैले, ‘म परमेश्‍वरको पुत्र हुँ’ भनेकोले ‘तैँले ईश्‍वर-निन्दा गरिरहेको छस्’ भन्छौ?

  • 17येशूले उत्तर दिनुभयो र उनलाई भन्‍नुभयो, “योनाका छोरा सिमोन तिमी धन्यका हौ, किनकि शरीर र रगतले यो कुरा तिमीलाई प्रकट गरेको होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो ।

  • 15पिताले मलाई चिन्‍नुहुन्छ र म पितालाई चिन्छु र मेरा भेडाहरूका लागि म मेरो ज्यान पनि दिन्छु ।

  • 49किनकि म मेरो आफ्नै तर्फबाट बोलिनँ, तर मलाई पठाउनुहुने पिता नै हुनुहुन्छ, जसले मैले के बोल्ने र के भन्‍ने विषयमा आज्ञा दिनुभएको छ ।

  • 1¶ येशूले यी कुराहरू भनिसक्‍नुभएपछि स्वर्गतिर आफ्ना आँखा उचालेर भन्‍नुभयो, “पिता, समय आएको छ; आफ्ना पुत्रलाई महिमित पार्नुहोस्, ताकि पुत्रले तपाईंलाई महिमित पारोस्,

  • 20किनकि बोल्ने तिमीहरू होइनौ, तर तिमीहरूमा बोल्नुहुने तिमीहरूका पिताका आत्मा हुनुहुन्छ ।

  • 18यो मबाट कसैले खोसेर लान सक्दैन, तर यो म आफैँ अर्पण गर्छु । यसलाई अर्पण गर्ने अधिकार मसँग छ, र यसलाई फेरि लिने अधिकार मसँग छ । यो आज्ञा मैले मेरा पिताबाट पाएको छु ।”

  • 17उहाँले परमेश्‍वर पिताबाट आदर र महिमा प्राप्‍त गर्नुभयो, जब वैभवपूर्ण महिमाबाट यो स्वर आएको थियोः “यिनी मेरा प्रिय पुत्र हुन्, जोसित म धेरै खुसी छु ।”