मत्ती 10:26

अनलक शाब्दिक बाइबल

त्यसकारण, तिनीहरूसँग नडराओ, किनकि कुनै कुरा पनि ढाकिएको छैन जुन प्रकट हुनेछैन, र कुनै कुरा पनि लुकाइएको छैन जुन थाहा हुनेछैन ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मर 4:22 : 22 किनभने प्रकट नहुने गरी कुनै पनि कुरा लुकाइएको छैन, र खुलस्त नै नहुने कुनै पनि गुप्‍त कुरा छैन ।
  • लू 8:17 : 17 किनभने कुनै पनि कुरालाई प्रकट हुन नसक्‍ने गरी लुकाउन सकिँदैन, न त कुनै पनि गोप्य कुरा प्रकट नै हुन नसक्‍ने र ज्योतिमा आउन नसक्‍ने हुन्छ ।
  • १ कोरि 4:5 : 5 यसकारण समय आउनुभन्दा अगि वा येशू आउनुभन्दा अगि कुनै पनि कुराको बारेमा न्याय नगर । उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई ज्योतिमा ल्याउनुहुनेछ, र हृदयका उद्देश्‍यहरू प्रकट गर्नुहुनेछ । त्यसपछि हरेकले परमेश्‍वरबाट आफ्नो प्रशंसा पाउनेछ ।
  • मत्त 10:28 : 28 तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्दछन्, तर आत्मालाई मार्न सक्दैनन् । बरु, आत्मा र शरीर दुवैलाई नरकमा नष्‍ट गर्न सक्‍नुहुनेसँग डराओ ।
  • नीति 28:1 : 1 ¶ कसैले नलखेट्दा पनि दुष्‍ट मानिसहरू भाग्छन्, तर धर्मी मानिसहरू जवान सिंहझैँ निर्भीक हुन्छन् ।
  • नीति 29:25 : 25 मानिसको डर पासोजस्तै हो, तर परमप्रभुमाथि भरोसा गर्नेचाहिँ सुरक्षित हुने छ ।
  • यशा 41:10 : 10 नडरा, किनकि म तँसँग छु । चिन्तित नहो, किनकि म नै तेरो परमेश्‍वर हुँ । म तँलाई बलियो बनाउनेछु, र म तँलाई सहायता गर्नेछु, अनि आफ्‍नो धर्मी दाहिने हातले म तँलाई थाम्‍नेछु ।
  • यशा 41:14 : 14 नडरा, ए किरा याकूब र इस्राएलका मानिसहरू, तँलाई म सहायात गर्नेछु— यो परमप्रभु, तिमीहरूका उद्धारक, इस्राएलका परमपवित्रको घोषणा हो ।
  • यशा 43:1-2 : 1 ¶ तर अब ए याकूब तँलाई सृष्‍ट गर्नुहुने, अनि ए इस्राएल, तँलाई बनाउनुहुने परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः “नडरा, किनकि मैले तँलाई उद्धार गरेको छु । तेरो नाउँ काढेर मैले तँलाई बोलाएको छु, तँ मेरै होस् । 2 तँ पानीबाट भएर जाँदा, म तँसँग हुनेछु । अनि नदीहरूबाट भएर जाँदा तिनीहरूले तँलाई डुबाउनेछैनन् । तँ आगोबाट भएर हिंड्दा तँ जल्नेछैनस् र ज्वालाहरूले तँलाई भस्म पार्नेछैनन् ।
  • यशा 51:7-8 : 7 ठिक कुरा जान्‍ने, आफ्नो हृदयमा मेरो व्यवस्था राख्‍ने मानिसहरू, मेरो कुरा सुनः मानिसहरूका अपमानदेखि नडराओ, न तिनीहरूका दुराचारदेखि निराश होओ । 8 किन लुगा खाएझैं कीराले तिनीहरूलाई खानेछ र ऊन खाएझैं औंसाले तिनीहरूलाई खानेछ । तर मेरो धआर्मिकता सदासर्वदा रहनेछ र मेरो उद्धार सबै पुस्ताहरूमा रहनेछ ।”
  • यशा 51:12-13 : 12 “तिमीहरूलाई सान्त्वना दिने म नै हुँ । तिमीहरू मानिसहरूसित किन डराउँछौ, मानिसहरूका छोराहरू, जो मर्ने छन्, जसलाई घाँसजस्तै बनाइने छन्? 13 परमप्रभु आफ्‍ना सृष्‍टिकर्तालाई तिमीहरूले किन बिर्सेका छौ, जसले आकाशलाई फिंजाउनुभयो र पृथ्वीका जगहरू बसाल्नुभयो? अत्याचारीले तिमीहरूको नाश गर्ने निधो गर्दा, त्‍यसको कडा क्रोधको त्रासमा निरन्‍तर परेका छौ । अत्यचारीको क्रोध कहाँ छ?
  • यिर्मि 1:8 : 8 तिनीहरूदेखि नडरा, किनकि तेरो उद्धार गर्न म तँसित छु, यो परमप्रभुको घोषणा हो ।”
  • यिर्मि 1:17-18 : 17 आफूलाई तयार पार! खडा हो, र मैले तँलाई जे आज्ञा गर्छु, त्यो तिनीहरूलाई भन् । तिनीहरूको सामु नडरा, अन्‍यथा तिनीहरूका सामु म तँलाई नै डरमा पार्नेछु । 18 हेर, सारा देश अर्थात् यहूदाका राजाहरू, यसका अधिकारीहरू, पुजारीहरू र देशका मानिसको विरुद्धमा आज मैले तँलाई एउटा किल्लाबन्दी गरिएको सहर, फलामे खम्बा र काँसाको पर्खाल बनाएको छु ।
  • यहे 2:6 : 6 ए मानिसको छोरो, तँचाहिं तिनीहरूदेखि अथवा तिनीहरूका कुरादेखि नडरा । तँ सिउँडी र काँढा भए, अथवा तँ बिच्‍छीहरूका बिचमा बसे तापनि तँ नडरा । तिनीहरूका वचनहरूदेखि नडरा वा तिनीहरूका अनुहारहरूदेखि भयभीत नहो, किनकि तिनीहरू विद्रोही घराना हुन्‌ ।
  • १ पत्रु 3:14 : 14 तर यदि तिमीहरू धार्मिकताको लागि सताइन्‍छौ भने तिमी आशिषित् हुनेछौ । तिनीहरू डराउने कुरादेखि तिमीहरू नडराओ । हतास नहोओ ।
  • लू 12:2-9 : 2 तर कुनै पनि कुराहरू यसरी गुप्‍त छैनन् जुन प्रकट हुनै सक्दैनन् र कुनै पनि कुराहरू लुकेका छैनन् जुन कुरा थाहा नहोस् । 3 यसकारण, तिमीले जे कुराहरू अन्धकारमा भनेका छौ, त्यो ज्योतिमा सुनिनेछ र जे कुरा तिमीले भित्री कोठामा कानमा भनेका छौ, त्यो घरको धुरीबाट घोषणा गरिनेछ । 4 मेरा मित्रहरू, म तिमीलाई भन्दछु कि शरीरलाई मार्नेहरूसँग नडराओ किनकि त्यसपछि तिनीहरूले केही गर्न सक्दैनन् । 5 तर म तिमीहरूलाई कोसँग डराउने भनी चेताउनी दिन्छु । त्यो व्यक्‍तिसँग डराओ जससित मारेपछि नरकमा फालिदिने अधिकार छ । हो, म तिमीलाई भन्दछु, उहाँसँग डराओ । 6 के पाँचवटा भङ्गेरा दुई सिक्‍कामा बेचिँदैनन् र? परमेश्‍वरको दृष्‍टिबाट एउटा पनि बिर्सेको हुँदैन । 7 तर उहाँले तिम्रा कपालका सबै रौँको पनि गणना गर्नुभएको छ । उहाँसित नडराओ, किनकि तिमीहरू धेरै भङ्गेराहरूभन्दा पनि मूल्यवान् छौ । 8 म तिमीलाई भन्दछु, कि हरेक जसले मानिसहरूका अगि मलाई स्वीकार गर्दछ, परमप्रभुका दूतहरूका अगि मानिसका पुत्रले पनि उसलाई स्वीकार गर्नेछन् । 9 तर जसले मलाई मानिसहरूका सामु इन्कार गर्दछ, परमप्रभु परमेश्‍वरका दूतहरूले उसलाई पनि इन्कार गर्नेछन् ।
  • लू 24:47 : 47 र उहाँको नाउँमा यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई पश्‍चात्ताप र पाप क्षमाको बारेमा प्रचार गर्नुपर्छ ।
  • प्रेरि 1:8 : 8 तर जब पवित्र आत्मा तिमीहरूमाथि आउनुहुन्छ, तिमीहरूले शक्ति प्राप्‍त गर्नेछौ, अनि तिमीहरू यरूशलेममा र सारा यहूदियामा र सामरिया र पृथ्वीको अन्तिम छेउसम्मै मेरा साक्षीहरू हुनेछौ ।”
  • प्रेरि 4:13 : 13 जब तिनीहरूले पत्रुस र यूहन्‍नाको साहस देखे र महसुस गरे कि उनीहरू साधारण र आशिक्षित मानिसहरू थिए, तब पत्रुस र यूहन्‍ना येशूसँगै रहने गर्दथे भन्‍ने कुरा थाहा पाएर तिनीहरू छक्‍क परे ।
  • प्रेरि 4:19 : 19 तर पत्रुस र यूहन्‍नाले उनीहरूलाई जवाफ दिए र भने, “परमेश्‍वरको नजरमा उहाँको भन्दा बढी तपाईंहरूको आज्ञापालन गर्नु उचित हो कि होइन, तपाईंहरू नै न्याय गर्नुहोस् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लू 12:2-5
    4 पदहरू
    88%

    2तर कुनै पनि कुराहरू यसरी गुप्‍त छैनन् जुन प्रकट हुनै सक्दैनन् र कुनै पनि कुराहरू लुकेका छैनन् जुन कुरा थाहा नहोस् ।

    3यसकारण, तिमीले जे कुराहरू अन्धकारमा भनेका छौ, त्यो ज्योतिमा सुनिनेछ र जे कुरा तिमीले भित्री कोठामा कानमा भनेका छौ, त्यो घरको धुरीबाट घोषणा गरिनेछ ।

    4मेरा मित्रहरू, म तिमीलाई भन्दछु कि शरीरलाई मार्नेहरूसँग नडराओ किनकि त्यसपछि तिनीहरूले केही गर्न सक्दैनन् ।

    5तर म तिमीहरूलाई कोसँग डराउने भनी चेताउनी दिन्छु । त्यो व्यक्‍तिसँग डराओ जससित मारेपछि नरकमा फालिदिने अधिकार छ । हो, म तिमीलाई भन्दछु, उहाँसँग डराओ ।

  • मत्त 10:27-28
    2 पदहरू
    84%

    27जे म तिमीहरूलाई अँध्यारोमा भन्दछु, त्यो उज्यालोमा भनिदेओ र जे तिमीहरूले आफ्नो कानमा मधुर रूपमा सुन्छौ, त्यो घरको धुरीबाट घोषणा गर ।

    28तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्दछन्, तर आत्मालाई मार्न सक्दैनन् । बरु, आत्मा र शरीर दुवैलाई नरकमा नष्‍ट गर्न सक्‍नुहुनेसँग डराओ ।

  • लू 8:16-17
    2 पदहरू
    83%

    16अनि बत्ती बालेर कसैले पनि भाँडाले छोप्दैन अथवा खाटमुनि राख्दैन, बरु यसलाई उसले सामदानमा राख्छ, ताकि भित्र पस्‍ने सबैले उज्यालो देखून् ।

    17किनभने कुनै पनि कुरालाई प्रकट हुन नसक्‍ने गरी लुकाउन सकिँदैन, न त कुनै पनि गोप्य कुरा प्रकट नै हुन नसक्‍ने र ज्योतिमा आउन नसक्‍ने हुन्छ ।

  • मर 4:21-22
    2 पदहरू
    81%

    21येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले बत्तीलाई पाथीमुनि अथवा खाटमुनि राख्‍न घरभित्र ल्याउँछौ? तिमीहरूले यसलाई ल्याउँछौ र सामदानमाथि राख्छौ ।

    22किनभने प्रकट नहुने गरी कुनै पनि कुरा लुकाइएको छैन, र खुलस्त नै नहुने कुनै पनि गुप्‍त कुरा छैन ।

  • मत्त 10:24-25
    2 पदहरू
    75%

    24चेला आफ्नो गुरुभन्दा श्रेष्‍ठ हुँदैन, न त नोकर आफ्नो मालिकभन्दा ठुलो हुन्छ ।

    25चेला आफ्नो गुरु र नोकर आफ्नो मालिकजस्तो हुनु नै उसको निम्ति पर्याप्‍त हुन्छ । यदि तिनीहरूले घरका मालिकलाई नै बालजिबुल भनेका छन् भने, तिनीहरूले उनका घरानालाई झन् कति बढी बदनाम गर्लान्!

  • 22सबै कुराहरू पिताबाट मलाई सुम्पिएको छ र पितालेबाहेक पुत्र को हो भनी कसैले जान्दैन र पुत्रले उहाँलाई प्रकट गर्ने इच्छा गरेकोले बाहेक पिता को हो भनी कसैले जान्दैन ।”

  • मत्त 13:34-35
    2 पदहरू
    70%

    34येशूले यी सबै कुरा भिडलाई दृष्‍टान्तहरूमा भन्‍नुभयो । अनि दृष्‍टान्तहरूमा बाहेक उहाँले तिनीहरूलाई केही पनि भन्‍नुभएन ।

    35योचाहिँ अगमवक्‍ताहरूले जे भनेका थिए, ती कुरा सत्य ठहरिऊन् भनेर हुन आयो, जब उहाँले भन्‍नुभयो, “म मेरो मुख दृष्‍टान्तहरूमा खोल्नेछु । म यस संसारको सुरुदेखि लुकाइएका कुराहरूलाई प्रकट गर्नेछु ।”

  • 19जब तिनीहरूले तिमीहरूलाई सुम्पिदिनेछन्, तब तिमीहरूले कसरी वा के बोल्ने भन्‍ने विषयमा चिन्ता नगर, किनकि तिमीहरूलाई बोल्नुपर्ने कुरा सोही घडी दिइनेछ ।

  • 21किनकि अब तपाईं मित्रहरू त मेरा लागि केही होइन । तपाईंहरू मेरो डरलाग्दो अवस्था देख्‍नुहुन्‍छ र डराउनुहुन्‍छ ।

  • मत्त 13:10-11
    2 पदहरू
    69%

    10चेलाहरू आएर येशूलाई भने, “तपाईं भिडहरूसँग किन दृष्‍टान्तहरूमा बोल्नुहुन्छ?”

    11येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई स्वर्गको राज्यका रहस्यहरू बुझ्‍ने मौका दिइएको छ, तर तिनीहरूलाई यो दिइएको छैन ।

  • एफिसी 5:12-13
    2 पदहरू
    69%

    12किनकि तिनीहरूद्वारा गोप्यमा गरिएका कार्यहरू वर्णन गर्न पनि लाजमर्दो छ ।

    13सबै थोक जब ज्योतिमा आउँछन्, तब ती प्रकट हुन्छन्,

  • 10येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई परमेश्‍वरका राज्यका रहस्यका कुराहरू बुझ्‍ने अवसर दिइएको छ, तर बाँकी मानिसहरूलाई दृष्‍टान्तमा सिकाइने छ । त्यसकारण ‘वास्तवमा तिनीहरूले हेरेर पनि देख्‍नेछैनन्, सुनेर पनि बुझ्‍नेछैनन् ।’

  • 45तर तिनीहरूले यस भनाइलाई बुझेनन् र यो तिनीहरूबाट लुकाइएको थियो । त्यसैले, तिनीहरूले यसलाई बुझ्‍न सकेनन् । तिनीहरूले त्यस भनाइबारे उहाँलाई सोध्‍न डराए ।

  • 11जब तिनीहरूले तिमीहरूलाई सभाघरको शासक र अधिकारीहरूको अगि ल्याउनेछन, कसरी प्रतिकार गर्ने र के बोल्ने भन्‍ने विषयमा चिन्तित नहोओ ।

  • 27मेरा पिताद्वारा सबै कुरा मलाई सुम्पिएको छ । अनि पिताबाहेक पुत्रलाई कसैले चिन्दैन, अनि पुत्र र पुत्रले प्रकट गराउन इच्छा गरेको व्यक्‍तिले बाहेक पितालाई कसैले चिन्दैन ।

  • 4यदि उसले आफैँलाई खुला रूपमा चिनाउन चाहन्छ भने कसैले पनि कुनै कुरा गुप्‍तमा गर्दैन । यदि तपाईंले यी कुराहरू गर्नहुन्छ भने आफूलाई संसारमा देखाउनुहोस् ।”

  • 16उहाँको बारेमा अरूहरूलाई नभन्‍नू भनी उहाँले तिनीहरूलाई आदेश दिनुभयो,

  • 12उहाँलाई नचिनाउन उहाँले तिनीहरूलाई कडा आज्ञा दिनुभयो ।

  • 11उहाँले तिनीहरूलाई भन्‍नुभयो, तिमीहरूलाई परमेश्‍वरको राज्यको रहस्य दिइएको छ । तर बाहिरकाहरूलाई हरेक कुरा दृष्‍टान्तहरूमा दिइएको छ ।

  • 11जब उनीहरूले तिमीहरूलाई गिरफ्तार गर्छन् र सुम्पन्छन्, तिमीहरूले के बोल्ने भनी चिन्ता नगर । किनभने त्यो समय तिमीहरूले के बोल्नुपर्ने हो, सो तिमीहरूलाई दिइनेछ; त्यस बेला बोल्ने तिमीहरू होइनौ, तर पवित्र आत्मा हुनुहुनेछ ।

  • मत्त 10:31-32
    2 पदहरू
    68%

    31नडराओ । तिमीहरू धेरै भङ्गेराभन्दा बढी मूल्यवान् छौ ।

    32यसकारण, जसले मलाई मानिसहरूका सामुन्‍ने ग्रहण गर्दछ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामु ग्रहण गर्नेछु ।

  • 10त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “नडराओ । जाओ मेरा भाइहरूलाई गालीलमा जानू भनेर भनिदेओ । त्यहाँ तिनीहरूले मलाई भेट्नेछन् ।”

  • 26त्यसकारण, यदि तिनीहरूले तिमीहरूलाई ‘हेर, उहाँ उजाड-स्थानमा हुनुहुन्छ’ भनेर भन्छन् भने, उजाड-स्थानतिर नजाओ । वा ‘हेर, उहाँ भित्री कोठाहरूमा हुनुहुन्छ’ भनेर भन्छन् भने, त्यसलाई विश्‍वास नगर ।

  • 13सृष्‍टिको कुनै पनि थोक परमेश्‍वरको दृष्‍टिमा लुकेको छैन । बरु, उहाँको दृष्‍टिमा हरेक कुरा छर्लङ्गै छ जसलाई हामीले लेखा दिनुपर्छ ।

  • 16मानिसहरूका बिचमा तिमीहरूको ज्योति यसरी चम्कियोस्, कि तिनीहरूले तिमीहरूका असल कामहरूलाई देखून् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको प्रशंसा गरून् ।

  • 26अनि हेर, यिनी खुलमखुला बोल्छन् र तिनीहरू यिनलाई केही पनि भन्दैनन् । वास्तवमा शासकहरूले यिनी नै ख्रीष्‍ट हुन् भन्‍ने जान्‍न सक्दैनन्, जान्‍न सक्छन् त?

  • 15घरको छतमा हुनेहरू तल नओर्लून् वा उसले घरभित्रबाट केही पनि ननिकालोस्,

  • 25मलाई डर थियो । त्‍यसकारण, म गएँ र तपाईंको सिक्‍कालाई जमिनमुनि लुकाइराखेँ । ‘हेर्नुहोस्, जे तपाईंको हो यसलाई लिनुहोस् ।’

  • 30येशूले उहाँको विषयमा कसैलाई पनि नभन्‍नू भनी तिनीहरूलाई चेतावनी दिनुभयो ।

  • 43तब धर्मी मानिसहरू उनीहरूका पिताको राज्यमा सूर्यझैँ चम्कनेछन् । जससँग कान छ, उसले सुनोस् ।

  • 14तिमीहरू यस संसारका ज्योति हौ । डाँडामाथि बसालिएको सहर कहिल्यै पनि लुक्‍न सक्दैन ।

  • 13त्‍यसकारण, जागा रहो, किनकि त्‍यो दिन वा घडी तिमीहरूलाई थाहा छैन ।

  • 33कसैले बत्ती बालेर टोकरीले छोपेर राख्दैन, तर त्यसलाई सामदानमा राख्दछ, ताकि त्यो भएर जाने हरेकलाई उज्‍जालो होस् ।

  • 4ताकि तिमीहरूको दान गुप्‍तमा होस् । त्यसपछि गुप्‍तमा देख्‍नुहुने पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ ।

  • 17मानिसहरूदेखि होसियार बस! तिनीहरूले तिमीहरूलाई परिषद्हरूमा सुम्पिदिनेछन् र तिनीहरूले आफ्ना सभाघरहरूमा तिमीहरूलाई कोर्रा लगाउनेछन् ।

  • 32सानो बगाल हो, नडराओ, किनकि तिम्रा पिताले तिमीलाई राज्य दिन अति खुसी हुनुहुन्छ ।

  • 40जागा रहो, किनभने तिमीहरूलाई मानिसका पुत्र कुन घडीमा आउँछ भन्‍ने कुरा थाहा छैन ।”

  • 30अब मानिसका पुत्रको समयमा पनि यस्तै कुराहरू हुनेछन् ।

  • 14परमप्रभुको मित्रता उहाँलाई आदर गर्नेहरूका निम्ति हो, र उहाँले तिनीहरूलाई उहाँको करार प्रकट गर्नुहुनेछ ।