लूका 12:6

अनलक शाब्दिक बाइबल

के पाँचवटा भङ्गेरा दुई सिक्‍कामा बेचिँदैनन् र? परमेश्‍वरको दृष्‍टिबाट एउटा पनि बिर्सेको हुँदैन ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 10:29 : 29 के सानो सिक्‍कामा दुईवटा भङ्गेरा बिक्दैनन् र? तापनि तिमीहरूका पिताको इच्छाविना तीमध्ये एउटा पनि भुइँमा खस्दैन ।
  • लू 12:24 : 24 कागहरूलाई विचार गर, तिनीहरूले न त छर्छन् न त बटुल्दछन् । उनीहरूका भण्डारणहरू छैनन् अथवा भकारी पनि छैन, तर परमेश्‍वरले उनीहरूलाई खुवाउनुहुन्छ । तिमी चराहरूभन्दा धेरै मूल्यवान् छौ ।
  • लू 12:27 : 27 मैदानका लिली फुलहरूलाई विचार गर, तिनीहरू कसरी बढ्छन्? न त तिनीहरूले परिश्रम गर्छन्, न त मेहनत नै गर्छन, म तिमीहरूलाई भन्दछु, सोलोमन पनि आफ्ना सबै महिमामा यिनीहरूझैँ आभूषित थिएनन् ।
  • भजन 50:10-11 : 10 किनकि वनका हरेक पशु मेरै हुन् र हजारौं पहाडका गाइवस्तु मेरै हुन् । 11 पर्वतहरूका सबै चरालाई म चिन्छु र मैदानका जङ्गली पशुहरू मेरै हुन् ।
  • भजन 113:5-6 : 5 परमप्रभु हाम्रा परमेश्‍वरझैं को छ र, जसको आफ्‍नो आसन उच्‍चमा छ, 6 जसले तल आकाश र पृथ्वीमा हे्र्नुहुन्छ?
  • भजन 145:15-16 : 15 सबैका आँखाहरूले तपाईंमा आसा गर्छन् । तिनीहरूका भोजन तपाईंले तिनीहरूलाई ठिक समयमा दिनुहुन्छ । 16 तपाईंले आफ्नो हात खोल्नुहुन्छ र सबै जीवित प्राणीका इच्छा तृप्‍त पार्नुहुन्छ ।
  • भजन 147:9 : 9 उहाँले पशुहरूलाई र कागहरूका बचेराहरूले पुकारा गर्दा तिनीहरूलाई भोजन दिनुहुन्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मत्त 10:28-31
    4 पदहरू
    86%

    28तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्दछन्, तर आत्मालाई मार्न सक्दैनन् । बरु, आत्मा र शरीर दुवैलाई नरकमा नष्‍ट गर्न सक्‍नुहुनेसँग डराओ ।

    29के सानो सिक्‍कामा दुईवटा भङ्गेरा बिक्दैनन् र? तापनि तिमीहरूका पिताको इच्छाविना तीमध्ये एउटा पनि भुइँमा खस्दैन ।

    30तर तिमीहरूका शिरका केशहरू पनि गन्ती भएका छन् ।

    31नडराओ । तिमीहरू धेरै भङ्गेराभन्दा बढी मूल्यवान् छौ ।

  • 7तर उहाँले तिम्रा कपालका सबै रौँको पनि गणना गर्नुभएको छ । उहाँसित नडराओ, किनकि तिमीहरू धेरै भङ्गेराहरूभन्दा पनि मूल्यवान् छौ ।

  • मत्त 6:24-32
    9 पदहरू
    77%

    24कसैले पनि दुई जना मालिकको सेवा गर्न सक्दैन, किनकि त्यसले कि त एउटालाई घृणा गर्छ र अर्कोलाई प्रेम गर्दछ, वा एउटाप्रति समर्पित हुन्छ र अर्कोको उपेक्षा गर्दछ । तिमीहरूले परमेश्‍वर र धन दुवैको सेवा गर्न सक्दैनौ ।

    25त्यसैकारण, म तिमीहरूलाई भन्दछु, तिमीहरू आफ्ना जीवनको बारेमा के खाउँला वा के पिउँला भनेर वा आफ्नो शरीरको बारेमा के लगाउँला भनेर चिन्ता नगर । के जीवन भोजनभन्दा र शरीर वस्‍त्रभन्दा मूल्यवान् हुँदैन र?

    26आकाशका चराहरूलाई हेर! तिनीहरूले न त छर्छन् वा कटनी गर्छन् वा भकारीमा बटुल्छन्, तरै पनि तिमीहरूका स्वर्गीय पिताले तिनीहरूलाई खुवाउनुहुन्छ । के तिमीहरू तीभन्दा धेरै बहुमूल्य छैनौ र?

    27अनि तिमीहरूमध्ये कसले चिन्ता गरेर आफ्नो आयुमा एक घडी पनि थप्‍न सक्छ र?

    28अनि तिमीहरू किन लगाउने लुगाको लागि चिन्ता गर्छौ? मैदानका लिली फुलहरूलाई हेर, ती कसरी उम्रन्छन् । तिनीहरूले न त काम गर्छन्, न कपडा नै बुन्छन् ।

    29र पनि म तिमीहरूलाई भन्छु, सोलोमन पनि आफ्नो सम्पूर्ण गौरवमा यिनीहरूले जस्तै गरी आभुषित थिएनन् ।

    30यदि परमेश्‍वरले आज हुने र भोलि भट्टीमा फ्याँकिने मैदानका घाँसहरूलाई समेत पहिराउनुहुन्छ भने, तिमीहरूलाई त झन् कति बढी पहिराउनुहुनेछ, ए अल्प-विश्‍वासीहरू हो?

    31त्यसैकारण, चिन्तित भएर यसरी नभन, ‘हामी के खाउँला?’ वा ‘हामी के पिउँला?’ वा ‘हामी के लगाउँला?’

    32किनकि यी सबै कुरा त गैरयहूदीहरूले खोज्छन् र यी कुराहरू तिमीहरूलाई आवश्यक छ भन्‍ने कुरा तिमीहरूका स्वर्गीय पिताले जान्‍नुहुन्छ ।

  • लू 12:21-34
    14 पदहरू
    75%

    21यसरी नै कसैले आफ्नो धन सम्पत्तिको संचय गरेर आफ्नै लागि राख्दछन् र यो परमेश्‍वरकहाँ पुग्दैन ।”

    22येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनको विषयमा के खाऔँला वा के पहिरौँला भनी चिन्ता नगर ।

    23जीवन खानेकुरा भन्दा र शरीर लगाउने कुराभन्दा अझ बढी उत्तम छ ।

    24कागहरूलाई विचार गर, तिनीहरूले न त छर्छन् न त बटुल्दछन् । उनीहरूका भण्डारणहरू छैनन् अथवा भकारी पनि छैन, तर परमेश्‍वरले उनीहरूलाई खुवाउनुहुन्छ । तिमी चराहरूभन्दा धेरै मूल्यवान् छौ ।

    25र के तिमीहरूमध्ये कसैले चिन्ता गरेर आफ्नो जीवनको आयुमा एकपल पनि थप्‍न सक्छौ र?

    26तिमीहरू सबैभन्दा सानो काम गर्न योग्यका छैनौ भने बाँकी कुराहरूको लागि किन चिन्तित हुन्छौ?

    27मैदानका लिली फुलहरूलाई विचार गर, तिनीहरू कसरी बढ्छन्? न त तिनीहरूले परिश्रम गर्छन्, न त मेहनत नै गर्छन, म तिमीहरूलाई भन्दछु, सोलोमन पनि आफ्ना सबै महिमामा यिनीहरूझैँ आभूषित थिएनन् ।

    28यदि परमेश्‍वरले जमिनका घाँसलाई सुशोभित पार्नुहुन्छ जुन आज अस्तित्वमा छ, तर भोली आगोमा फालिनेछ भने, हे अल्प विश्‍वासी हो, त्यो भन्दाबढी तिमीहरूलाई कति धेरै सशोभित गर्नुहुनेछ ।

    29के खाऔँला र के पिऔँला भनी नभौतारिओ र चिन्ता नगर ।

    30संसार भरका सबै राष्‍ट्रहरूले यही कुराको खोजी गर्दछन् र तिम्रा पिताले तिम्रा सबै आवश्‍यकताहरू जान्‍नुहुन्छ ।

    31तर उहाँको राज्यको खोजी गर, र यी सबै थोकहरू तिमीलाई थपिनेछन् ।

    32सानो बगाल हो, नडराओ, किनकि तिम्रा पिताले तिमीलाई राज्य दिन अति खुसी हुनुहुन्छ ।

    33आफ्ना धन सम्पत्ति बेच र गरिबहरूलाई देओ । तिनलाई नखिइने थैलीभित्री राख; स्वर्गमा धन संचय गर, जहाँ चोरले चोर्न सक्दैन, र किराले हानि पुर्‍याउँदैन, न त खिया नै लाग्दछ ।

    34जहाँ तिम्रो धन छ, त्यहीँ नै तिम्रो मन पनि हुनेछ ।

  • लू 12:4-5
    2 पदहरू
    72%

    4मेरा मित्रहरू, म तिमीलाई भन्दछु कि शरीरलाई मार्नेहरूसँग नडराओ किनकि त्यसपछि तिनीहरूले केही गर्न सक्दैनन् ।

    5तर म तिमीहरूलाई कोसँग डराउने भनी चेताउनी दिन्छु । त्यो व्यक्‍तिसँग डराओ जससित मारेपछि नरकमा फालिदिने अधिकार छ । हो, म तिमीलाई भन्दछु, उहाँसँग डराओ ।

  • मर 12:41-43
    3 पदहरू
    69%

    41त्यसपछि येशू मन्दिर परिसरको भेटी चढाउने बाकसको सामुन्‍ने बस्‍नुभयो । मानिसहरूले भेटी हालिरहँदा उहाँले हेरिरहनुभएको थियो । धेरै धनी मानिसले ठुलो रकम हाले ।

    42त्यसपछि त्यहाँ एक जना गरिब विधवा आइन् र दुई सिक्‍का हालिन् ।

    43उहाँले आफ्ना चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्दछु, यी गरिब विधवाले भेटीको बाकसमा भेटी दिनेहरूमध्ये सबैभन्दा धेरै हालेकी छन् ।

  • 14त्यसरी नै, यी सानाहरूमध्ये एउटै पनि नाश होस् भनी स्वर्गमा हुनुहुने तिमीहरूका पिताले इच्छा गर्नुहुन्‍न ।

  • 18तर तिमीहरूको शिरको एउटै कपाल पनि नष्‍ट हुनेछैन ।

  • 2उहाँले एक जना गरिब विधवाले दुई पैसा भेटी हालेको हेर्नुभयो ।

  • 10होसियार रहो, यी सानाहरूमध्ये कसैलाई पनि घृणा नगर । किनकि म तिमीहरूलाई भन्दछु, स्वर्गमा तिनीहरूका दूतहरूले सधैँ मेरा पिताको मुहार हेर्दछन् जो स्वर्गमा हुनुहुन्छ ।

  • 8त्यसैकारण, तिनीहरू जस्ता नहोओ, किनकि तिमीहरूले माग्‍नुभन्दा अगि नै तिमीहरूलाई के कुराको खाँचो छ भनी तिमीहरूका पिता जान्‍नुहुन्छ ।

  • 12तिमीहरू के विचार गर्छौ? यदि कुनै मानिससँग एक सयवटा भेडा छन्, अनि तीमध्ये एउटा हरायो भने, के उसले ती उनान्सयलाई डाँडाको एक छेउमा छोडेर त्यस हराएकोलाई खोज्‍न हिँड्दैन र?

  • 46जब उसले धेरै मूल्य भएको एउटा मोती भेट्टायो, ऊ गयो र उसँग भएका सबै थोक बेच्यो र त्यो किन्यो ।

  • 4“तिमीहरूमध्ये कुनचाहिँ होला, यदि उसका सयवटा भेडा छन् र त्यसमध्ये एउटा हराएमा, उनान्‍सयवटा भेडालाई उजाड-स्थानमा छोडेर हराएको एउटा भेडालाई नभेट्टाउन्जेल खोज्दैन?

  • 5“यो अत्तर तिन सय चाँदीका सिक्‍कामा बेचेरे गरिबहरूलाई किन दिइएन?”

  • 34त्यसैकारण, भोलिको निम्ति चिन्ता नगर, किनकि भोलिको चिन्ता त्यो आफैँले गर्नेछ । हरेक दिनको आफ्नै पर्याप्‍त चिन्ता रहेको छ ।

  • 19पृथ्वीमा आफ्नो निम्ति धन सम्‍पत्ति नथुपार, जहाँ किरा र खियाले त्यसलाई नष्‍ट गर्छन्, र जहाँ चोरहरूले घर फोरेर चोर्छन् ।

  • 3हे सर्वशक्तिमान् परमप्रभु, मेरो राजा, र मेरो परमेश्‍वर, भँगेराले आफ्नो गुँड, अनि गौंथलीले तपाईंको वेदीहरूको नजिकै त्यसका बचेराहरू राख्‍न आफ्नो गुँड भेट्टाएको छ ।

  • 17हे परमेश्‍वर, तपाईंका विचारहरू मेरो निम्‍ति कति बहुमूल्य छन्! तिनका सङ्ख्‍या कति धेरै छन्!

  • 6जे कुरा पवित्र छ त्यो कुकुरहरूलाई नदेऊ, र आफ्ना मोतीहरू सुङ्गुरहरूको अगाडि नफाल । नत्रता तिनीहरूले त्यसलाई खुट्टाले कुल्चेलान्, र फर्केर तिमीहरूलाई आक्रमण गर्लान् ।

  • 37तर उहाँले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै उनीहरूलाई केही खानेकुरा देओ ।” तिनीहरूले उहाँलाई भने, “के हामी दुई सय दिनारी वराबरको रोटी किन्‍न जाऊँ र उनीहरूलाई खान दिऊँ?”

  • 9“यहाँ एक जना केटोसँग जौका पाँचवटा रोटी र दुईवटा माछा छन्, तर यत्ति धेरैका बिचमा यी कति नै हुन्छन् र?”

  • 7फिलिपले उहाँलाई जवाफ दिए, “दुई सय चाँदीका सिक्‍काको रोटी पनि हरेकलाई थोरै-थोरै दिनलाई पर्याप्‍त हुँदैन ।”