लूका 12:4

अनलक शाब्दिक बाइबल

मेरा मित्रहरू, म तिमीलाई भन्दछु कि शरीरलाई मार्नेहरूसँग नडराओ किनकि त्यसपछि तिनीहरूले केही गर्न सक्दैनन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 1:8 : 8 तिनीहरूदेखि नडरा, किनकि तेरो उद्धार गर्न म तँसित छु, यो परमप्रभुको घोषणा हो ।”
  • १ पत्रु 3:14 : 14 तर यदि तिमीहरू धार्मिकताको लागि सताइन्‍छौ भने तिमी आशिषित् हुनेछौ । तिनीहरू डराउने कुरादेखि तिमीहरू नडराओ । हतास नहोओ ।
  • प्रका 2:10 : 10 तिमीले भोग्‍नै लागेको कष्‍टको बारेमा नडराऊ । हेर! शैतानले तिमीहरूमध्ये केहीलाई जाँच्‍नको लागि झ्यालखानामा हाल्न आँटेको छ र दस दिनका निम्ति तिमीले कष्‍ट भोग्‍नेछौ । मृत्युसम्मै विश्‍वासयोग्य होऊ र म तिमीलाई जीवनको मुकुट दिनेछु ।
  • श्रेष्ठ 5:1 : 1 ¶ प्रेमी प्रेमिकासित बोल्दैः हे मेरी बहिनी, मेरी दुलही, म मेरो बगैँचामा आएको छु । आफ्नो सुगन्धित मसालासँगै मैले मेरो मूर्र जम्मा गरेको छु । मैले आफ्नो महसँगै महको चाका खाएको छु । मैले आफ्नो दूधसँगै मेरो दाखमद्य पिएको छु । मित्रहरू प्रेमी र प्रेमिकासित बोल्दैः हे मित्रहरू हो, खाओ । पिओ र प्रेमले मात । प्रेमिका आफैसित बोल्दैः
  • श्रेष्ठ 5:16 : 16 उहाँका गोडाहरू निखुर सुनका अड्याइएका सिङ्गमरमरका खम्बाहरूजस्ता छन् । उहाँको आकार लेबनानजस्तै, उत्तम देवदारुजस्तै छ । उहाँको मुख ज्यादै मिठो छ । उहाँ पूर्ण रूपमा मायालु हुनुहुन्छ । हे यरूशलेमका छोरीहरू हो, उहाँ नै मेरा प्रेमी हुनुहुन्छ, र मेरा मित्र हुनुहुन्छ ।
  • यशा 41:8 : 8 तर तँ इस्राएल, मेरो सेवक, याकूब, जसलाई मैले चुनेको छु, मेरो मित्र अब्राहमको सन्तान,
  • यशा 51:7-9 : 7 ठिक कुरा जान्‍ने, आफ्नो हृदयमा मेरो व्यवस्था राख्‍ने मानिसहरू, मेरो कुरा सुनः मानिसहरूका अपमानदेखि नडराओ, न तिनीहरूका दुराचारदेखि निराश होओ । 8 किन लुगा खाएझैं कीराले तिनीहरूलाई खानेछ र ऊन खाएझैं औंसाले तिनीहरूलाई खानेछ । तर मेरो धआर्मिकता सदासर्वदा रहनेछ र मेरो उद्धार सबै पुस्ताहरूमा रहनेछ ।” 9 ए परमप्रभुका बाहुली हो, जाग, जाग, आफूमा सामर्थ्य धारण गर । पुराना दिनहरू र प्राचीन समयका पुस्ताहरूमा झैं जगा होओ । राहाबलाई कुल्चने तपाईं नै हुनुहुन्‍न र, जसले राक्षसलाई छेड्यो? 10 के तपाईंले समुद्रलाई अर्थात् गहिरो पानीलाई सुकाउनु भएन, र समुद्रको गहिराइलाई उद्धार गरिएकाहरूको निम्ति बाटो बनाउनु भएन र? 11 परमप्रभुले मोल तिरेर छुटाउनुभएकाहरू फर्किनेछन् र आफ्‍ना शिरहरूमा सदाको निम्ति आनन्द र खुसीको सोर लिएर सियोनमा आउनेछन् । अनि खुसी र आनन्दले तिनीहरूलाई उछिन्‍नेछ, र कष्‍ट र शोक भाग्‍नेछन् । 12 “तिमीहरूलाई सान्त्वना दिने म नै हुँ । तिमीहरू मानिसहरूसित किन डराउँछौ, मानिसहरूका छोराहरू, जो मर्ने छन्, जसलाई घाँसजस्तै बनाइने छन्? 13 परमप्रभु आफ्‍ना सृष्‍टिकर्तालाई तिमीहरूले किन बिर्सेका छौ, जसले आकाशलाई फिंजाउनुभयो र पृथ्वीका जगहरू बसाल्नुभयो? अत्याचारीले तिमीहरूको नाश गर्ने निधो गर्दा, त्‍यसको कडा क्रोधको त्रासमा निरन्‍तर परेका छौ । अत्यचारीको क्रोध कहाँ छ?
  • यिर्मि 1:17 : 17 आफूलाई तयार पार! खडा हो, र मैले तँलाई जे आज्ञा गर्छु, त्यो तिनीहरूलाई भन् । तिनीहरूको सामु नडरा, अन्‍यथा तिनीहरूका सामु म तँलाई नै डरमा पार्नेछु ।
  • यिर्मि 26:14-15 : 14 मेरो आफ्‍नै बारेमा, मलाई हेर्नुहोस्, म आफै तपाईंहरूकै हातमा छु । तपाईंहरूको दृष्‍टिमा जे ठिक र उचित लाग्छ, मलाई त्यही गर्नुहोस् । 15 तर तपाईंहरूले निश्‍चय नै जान्‍नुपर्छ, कि तपाईंहरूले मलाई मार्नुभयो भने, तब तपाईंहरूले निर्दोष रगतको दोष आफैमा, यो सहरमा र यहाँका बासिन्‍दाहरूमा ल्‍याउँदै हुनुहुन्‍छ, र किनकि तपाईंहरूले सुन्‍ने गरी यी वचन घोषणा गर्न साँच्‍चै नै परमप्रभुले मलाई तपाईंहरूकहाँ पठाउनुभएको हो ।”
  • यहे 2:6 : 6 ए मानिसको छोरो, तँचाहिं तिनीहरूदेखि अथवा तिनीहरूका कुरादेखि नडरा । तँ सिउँडी र काँढा भए, अथवा तँ बिच्‍छीहरूका बिचमा बसे तापनि तँ नडरा । तिनीहरूका वचनहरूदेखि नडरा वा तिनीहरूका अनुहारहरूदेखि भयभीत नहो, किनकि तिनीहरू विद्रोही घराना हुन्‌ ।
  • दानी 3:16-17 : 16 शद्रक, मेशक, र अबेद्‍नगोले राजालाई जवाफ दिए, “हे नबूकदनेसर, हामीले हजुरलाई यस बारेमा जवाफ दिनु आवश्यक छैन । 17 त्यहाँ कुनै जवाफ छ भने, त्यो यही हो, कि हामीले सेवा गर्ने परमेश्‍वरले हामीलाई दन्किरहेको आगोको भट्टीबाट सुरक्षित राख्‍न सक्‍नुहुन्छ, र उहाँले नै हामीलाई हजुर महाराजाको हातबाट बचाउनुहुनेछ ।
  • मत्त 10:28 : 28 तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्दछन्, तर आत्मालाई मार्न सक्दैनन् । बरु, आत्मा र शरीर दुवैलाई नरकमा नष्‍ट गर्न सक्‍नुहुनेसँग डराओ ।
  • यूह 15:14-15 : 14 यदि तिमीहरूले मैले आज्ञा गरेका कुराहरू गर्छौ भने तिमीहरू मेरा मित्रहरू हौ । 15 म तिमीहरूलाई नोकरहरू भन्‍दिनँ, किनकि त्यसका मालिकले के गरिरहेछ सो नोकरले जान्दैन । मैले तिमीहरूलाई मित्र भनेको छु, किनकि मैले मेरा पिताबाट सुनेका सबै कुरा तिमीहरूलाई प्रष्‍ट पारेको छु ।
  • प्रेरि 4:13 : 13 जब तिनीहरूले पत्रुस र यूहन्‍नाको साहस देखे र महसुस गरे कि उनीहरू साधारण र आशिक्षित मानिसहरू थिए, तब पत्रुस र यूहन्‍ना येशूसँगै रहने गर्दथे भन्‍ने कुरा थाहा पाएर तिनीहरू छक्‍क परे ।
  • प्रेरि 20:24 : 24 तर म आफ्नो जीवनलाई कुनै मूल्यको ठान्दिनँ, ताकि परमेश्‍वरको अनुग्रहको सुसमाचारको गवाही बन्‍नको निम्ति मेरो दौड र प्रभु येशूबाट मलाई प्राप्‍त भएको सेवा-कार्य पुरा गर्न सकूँ ।
  • फिलि 1:28 : 28 र तिमीहरूका शत्रुहरूले गरेका कुनै कुराहरूबाट भयभीत नहोओ । यो तिनीहरूका निम्ति तिनीहरूको विनाशको चिह्न हो । तर तिमीहरूका निम्ति यो तिमीहरूको मुक्‍तिको चिह्न हो, र यो परमेश्‍वरबाट आएको हो ।
  • याक 2:23 : 23 धर्मशास्‍त्रको यस्तो भन्‍ने वचन पुरा भयो, “अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे, र त्यो उनको निम्ति धार्मिकता गनियो ।” र उनि परमेश्‍वरको मित्र कहलिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 5तर म तिमीहरूलाई कोसँग डराउने भनी चेताउनी दिन्छु । त्यो व्यक्‍तिसँग डराओ जससित मारेपछि नरकमा फालिदिने अधिकार छ । हो, म तिमीलाई भन्दछु, उहाँसँग डराओ ।

  • मत्त 10:26-28
    3 पदहरू
    83%

    26त्यसकारण, तिनीहरूसँग नडराओ, किनकि कुनै कुरा पनि ढाकिएको छैन जुन प्रकट हुनेछैन, र कुनै कुरा पनि लुकाइएको छैन जुन थाहा हुनेछैन ।

    27जे म तिमीहरूलाई अँध्यारोमा भन्दछु, त्यो उज्यालोमा भनिदेओ र जे तिमीहरूले आफ्नो कानमा मधुर रूपमा सुन्छौ, त्यो घरको धुरीबाट घोषणा गर ।

    28तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्दछन्, तर आत्मालाई मार्न सक्दैनन् । बरु, आत्मा र शरीर दुवैलाई नरकमा नष्‍ट गर्न सक्‍नुहुनेसँग डराओ ।

  • लू 12:22-23
    2 पदहरू
    73%

    22येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनको विषयमा के खाऔँला वा के पहिरौँला भनी चिन्ता नगर ।

    23जीवन खानेकुरा भन्दा र शरीर लगाउने कुराभन्दा अझ बढी उत्तम छ ।

  • 3यसकारण, तिमीले जे कुराहरू अन्धकारमा भनेका छौ, त्यो ज्योतिमा सुनिनेछ र जे कुरा तिमीले भित्री कोठामा कानमा भनेका छौ, त्यो घरको धुरीबाट घोषणा गरिनेछ ।

  • लू 12:11-12
    2 पदहरू
    72%

    11जब तिनीहरूले तिमीहरूलाई सभाघरको शासक र अधिकारीहरूको अगि ल्याउनेछन, कसरी प्रतिकार गर्ने र के बोल्ने भन्‍ने विषयमा चिन्तित नहोओ ।

    12पवित्र आत्माले तिमीहरूलाई त्यही घडी के भन्‍नुपर्ने हो भनी सिकाउनुहुनेछ ।

  • यूह 15:12-15
    4 पदहरू
    72%

    12यो मेरो आज्ञा हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरेँ तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर ।

    13आफ्नो मित्रको लागि आफ्नो ज्यानै दिनुभन्दा अर्को कुनै महान् प्रेम छैन ।

    14यदि तिमीहरूले मैले आज्ञा गरेका कुराहरू गर्छौ भने तिमीहरू मेरा मित्रहरू हौ ।

    15म तिमीहरूलाई नोकरहरू भन्‍दिनँ, किनकि त्यसका मालिकले के गरिरहेछ सो नोकरले जान्दैन । मैले तिमीहरूलाई मित्र भनेको छु, किनकि मैले मेरा पिताबाट सुनेका सबै कुरा तिमीहरूलाई प्रष्‍ट पारेको छु ।

  • 21प्राचीन समयमा तिनीहरूलाई यसो भनिएको तिमीहरूले सुनेका छौ, ‘हत्या नगर’ र ‘हत्या गर्नेचाहिँ इन्साफको जोखिममा पर्नेछ ।’

  • 25त्यसैकारण, म तिमीहरूलाई भन्दछु, तिमीहरू आफ्ना जीवनको बारेमा के खाउँला वा के पिउँला भनेर वा आफ्नो शरीरको बारेमा के लगाउँला भनेर चिन्ता नगर । के जीवन भोजनभन्दा र शरीर वस्‍त्रभन्दा मूल्यवान् हुँदैन र?

  • 5अझै पनि उनले अर्कोलाई पठाए र त्यसलाई तिनीहरूले मारे । तिनीहरूले अरू धेरैलाई पनि त्यस्तै व्‍यवहार गरे, कसैलाई कुटे र अरूलाई मारे ।

  • मत्त 5:43-44
    2 पदहरू
    70%

    43तिमीहरूले यसो भनिएको सुनेका छौ, ‘आफ्नो छिमेकीलाई तिमीहरूले प्रेम गर र शत्रुलाई घृणा गर ।’

    44तर म तिमीहरूलाई भन्दछु, तिम्रा शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर, “तिमीहरूलाई सराप्‍नेहरूलाई आशिष् देओ, र तिमीहरूलाई घृणा गर्नेहरूका निम्ति असल काम गर”

  • 16तर तिमीहरूलाई तिमीहरूका आमा बुबा र दाजुभाइहरू, नातेदारहरू र साथीभाइहरूले सुम्पिदिनेछन् र तिमीहरूमध्ये केही मृत्युका लागि सुम्पिनेछौ ।

  • 12यही कारणले, हामीमा मृत्युले काम गर्दछ, तर जीवनले तिमीहरूमा ।

  • 27तर म तिमीहरूलाई भन्दछु जसले सुनिरहेका छौ, तिम्रा शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई घृणा गर्नेहरूको भलाइ गर ।

  • 70%

    13तिमीहरूले असल गर्ने चाहना गर्दा तिमीहरूलाई कसले खराबी गर्छ?

    14तर यदि तिमीहरू धार्मिकताको लागि सताइन्‍छौ भने तिमी आशिषित् हुनेछौ । तिनीहरू डराउने कुरादेखि तिमीहरू नडराओ । हतास नहोओ ।

  • 32सानो बगाल हो, नडराओ, किनकि तिम्रा पिताले तिमीलाई राज्य दिन अति खुसी हुनुहुन्छ ।

  • मर 13:11-12
    2 पदहरू
    69%

    11जब उनीहरूले तिमीहरूलाई गिरफ्तार गर्छन् र सुम्पन्छन्, तिमीहरूले के बोल्ने भनी चिन्ता नगर । किनभने त्यो समय तिमीहरूले के बोल्नुपर्ने हो, सो तिमीहरूलाई दिइनेछ; त्यस बेला बोल्ने तिमीहरू होइनौ, तर पवित्र आत्मा हुनुहुनेछ ।

    12दाजुले भाइलाई र बुबाले आफ्नो छोरोलाई मृत्यको लागि सुम्पिनेछन् । छोराछोरीहरू आफ्ना बुबा-आमाको विरुद्धमा खडा हुनेछन् र तिनीहरूलाई मृत्युमा पुर्‍याउनेछन् ।

  • यूह 16:1-2
    2 पदहरू
    69%

    1¶ तिमीहरू पछि नहट भनेर मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ।

    2तिनीहरूले तिमीहरूलाई सभाघरबाट बाहिर निकाल्नेछन् । तर यस्तो समय आउँदै छ कि तिमीहरूलाई मार्ने हरेकले तिनीहरूले परमेश्‍वरको सेवा गरिरहेका छन् भनी ठान्‍नेछन् ।

  • 25जसले आफ्नो जीवनलाई प्रेम गर्छ त्यसले त्यो गुमाउनेछ, तर जसले यस संसारमा आफ्नो जीवनलाई घृणा गर्छ त्यसले यो अनन्त जीवनको लागि जोगाइराख्‍नेछ ।

  • 7तर उहाँले तिम्रा कपालका सबै रौँको पनि गणना गर्नुभएको छ । उहाँसित नडराओ, किनकि तिमीहरू धेरै भङ्गेराहरूभन्दा पनि मूल्यवान् छौ ।

  • 27तर, मैले तिनीहरूमाथि शासन गरेको नचाहने मेरा यी शत्रुहरूलाई यहाँ ल्याओ र मेरो अगाडि मार’ ।”

  • 12आनन्दित होओ र निकै खुसी होओ, किनकि स्वर्गमा तिमीहरूका इनाम ठुलो हुनेछ । किनभने यसरी नै तिमीहरूभन्दा अगिका अगमवक्‍ताहरूलाई मानिसहरूले सताएका थिए ।

  • 20मैले तिमीहरूलाई भनेको वचन याद राख, ‘नोकर त्यसको मालिकभन्दा महान् हुँदैन ।’ यदि तिनीहरूले मलाई सताएका छन् भने, तिनीहरूले तिमीहरूलाई पनि सताउनेछन् । यदि तिनीहरूले मेरो वचन पालन गरेका थिए भने तिनीहरूले तिमीहरूको पनि पालन गर्नेछन् ।”

  • 10त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “नडराओ । जाओ मेरा भाइहरूलाई गालीलमा जानू भनेर भनिदेओ । त्यहाँ तिनीहरूले मलाई भेट्नेछन् ।”

  • 8तिनीहरूले उसलाई पक्रे; उसलाई मारे र उसलाई दाखबारी बाहिर फालिदिए ।

  • 40उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन डराएको? के तिमीहरूसँग अझै विश्‍वास छैन?”

  • 9म तिमीहरूलाई भन्दछु, अधर्मी धनले तिमीहरूले अफ्ना लागि मित्र बनाओ, र यो धन सकिएपछि तिनीहरूले तिमीहरूलाई अनन्त वासस्थानमा स्वागत गरून् ।

  • 14तिमीहरूलाई सताउनेहरूलाई आशिष्‌‌ देओ; श्राप नदेओ ।

  • 6हामी सन्तुष्‍ट होऔँ । त्यसकारण, हामी साहससाथ भन्‍न सक्छौँ, “परमप्रभु मेरा सहायक हुनुहुन्छ म डराउनेछैनँ । मानिसले मलाई के गर्न सक्छ र?”

  • 18तर तिमीहरूको शिरको एउटै कपाल पनि नष्‍ट हुनेछैन ।

  • 31नडराओ । तिमीहरू धेरै भङ्गेराभन्दा बढी मूल्यवान् छौ ।

  • 27म तिमीहरूसँग शान्ति छोड्छु; म तिमीहरूलाई मेरो शान्ति दिन्छु । संसारले जसरी दिन्छ त्यसरी म यो तिमीहरूलाई दिन्‍नँ । तिमीहरूको हृदय विचलित नहोस्, र भयभीत नहोस् ।

  • 4पहरेदारहरू डरले थरथर काँपे र मरेका मानिसहरूजस्तै भए ।

  • 21किनकि अब तपाईं मित्रहरू त मेरा लागि केही होइन । तपाईंहरू मेरो डरलाग्दो अवस्था देख्‍नुहुन्‍छ र डराउनुहुन्‍छ ।

  • 9आफूलाई सचेत राख । तिनीहरूले तिमीहरूलाई परिषद्‌हरूको हातमा सुम्पिनेछन्, र सभाघरहरूमा तिमीहरू पिटिनेछौ । मेरा साक्षीको रूपमा तिमीहरू शासक र राजा दुवैका सामु मेरा खातिर खडा हुनेछौ ।

  • 19हेर, मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुका सबै शक्‍तिमाथि कुल्चने अधिकार दिएको छु र कुनै कुराले तिमीहरूलाई हानि पुर्‍याउनेछैन ।

  • 52त्यसपछि येशूले उसलाई भन्‍नुभयो, “आफ्नो तरवारलाई त्यसको स्थानमा राख, किनकि ज-जसले तरवार उठाउँछन् तिनीहरू तरवारद्वारा नै नष्‍ट पारिनेछन् ।

  • 31त्यसैले म भन्दछु, मानिसले गरेको हरेक पाप र ईश्‍वर-निन्दा क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा गरिएको निन्दा क्षमा हुनेछैन ।

  • 27जसले आफ्नो क्रुस बोकेर मेरो पछि लाग्दैन, ऊ मेरो चेला हुन सक्दैन ।

  • 7अनि येशू आउनुभयो र उनीहरूलाई छुनुभयो र भन्‍नुभयो, “उठ र नडराओ ।”