मत्ती 6:25

अनलक शाब्दिक बाइबल

त्यसैकारण, म तिमीहरूलाई भन्दछु, तिमीहरू आफ्ना जीवनको बारेमा के खाउँला वा के पिउँला भनेर वा आफ्नो शरीरको बारेमा के लगाउँला भनेर चिन्ता नगर । के जीवन भोजनभन्दा र शरीर वस्‍त्रभन्दा मूल्यवान् हुँदैन र?

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 6:31 : 31 त्यसैकारण, चिन्तित भएर यसरी नभन, ‘हामी के खाउँला?’ वा ‘हामी के पिउँला?’ वा ‘हामी के लगाउँला?’
  • फिलि 4:6 : 6 कुनै कुरामा चिन्तित नहोओ । बरु, हरेक कुरामा प्रार्थना र नम्र निवेदनद्वारा, र धन्यवादसाथ तिमीहरूका निवेदन परमेश्‍वरमा जाहेर होऊन् ।
  • १ पत्रु 5:7 : 7 तिम्रा सबै चिन्ता-फिक्री उहाँमा सुम्पिदेओ किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ ।
  • मत्त 6:34 : 34 त्यसैकारण, भोलिको निम्ति चिन्ता नगर, किनकि भोलिको चिन्ता त्यो आफैँले गर्नेछ । हरेक दिनको आफ्नै पर्याप्‍त चिन्ता रहेको छ ।
  • लू 12:22-31 : 22 येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनको विषयमा के खाऔँला वा के पहिरौँला भनी चिन्ता नगर । 23 जीवन खानेकुरा भन्दा र शरीर लगाउने कुराभन्दा अझ बढी उत्तम छ । 24 कागहरूलाई विचार गर, तिनीहरूले न त छर्छन् न त बटुल्दछन् । उनीहरूका भण्डारणहरू छैनन् अथवा भकारी पनि छैन, तर परमेश्‍वरले उनीहरूलाई खुवाउनुहुन्छ । तिमी चराहरूभन्दा धेरै मूल्यवान् छौ । 25 र के तिमीहरूमध्ये कसैले चिन्ता गरेर आफ्नो जीवनको आयुमा एकपल पनि थप्‍न सक्छौ र? 26 तिमीहरू सबैभन्दा सानो काम गर्न योग्यका छैनौ भने बाँकी कुराहरूको लागि किन चिन्तित हुन्छौ? 27 मैदानका लिली फुलहरूलाई विचार गर, तिनीहरू कसरी बढ्छन्? न त तिनीहरूले परिश्रम गर्छन्, न त मेहनत नै गर्छन, म तिमीहरूलाई भन्दछु, सोलोमन पनि आफ्ना सबै महिमामा यिनीहरूझैँ आभूषित थिएनन् । 28 यदि परमेश्‍वरले जमिनका घाँसलाई सुशोभित पार्नुहुन्छ जुन आज अस्तित्वमा छ, तर भोली आगोमा फालिनेछ भने, हे अल्प विश्‍वासी हो, त्यो भन्दाबढी तिमीहरूलाई कति धेरै सशोभित गर्नुहुनेछ । 29 के खाऔँला र के पिऔँला भनी नभौतारिओ र चिन्ता नगर । 30 संसार भरका सबै राष्‍ट्रहरूले यही कुराको खोजी गर्दछन् र तिम्रा पिताले तिम्रा सबै आवश्‍यकताहरू जान्‍नुहुन्छ । 31 तर उहाँको राज्यको खोजी गर, र यी सबै थोकहरू तिमीलाई थपिनेछन् ।
  • मत्त 6:27-28 : 27 अनि तिमीहरूमध्ये कसले चिन्ता गरेर आफ्नो आयुमा एक घडी पनि थप्‍न सक्छ र? 28 अनि तिमीहरू किन लगाउने लुगाको लागि चिन्ता गर्छौ? मैदानका लिली फुलहरूलाई हेर, ती कसरी उम्रन्छन् । तिनीहरूले न त काम गर्छन्, न कपडा नै बुन्छन् ।
  • १ कोरि 7:32 : 32 तिमीहरू निस्फिक्री होओ भन्‍ने म चाहन्छु । अविवाहित पुरुषले प्रभुलाई कसरी खुसी पार्ने भनी उहाँका कुराहरूका बारेमा चिन्ता गर्दछ ।
  • भजन 55:22 : 22 आफ्‍ना बोझहरू परमप्रभुमा राख र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ । उहाँले धर्मी मानिसलाई कहिल्यै पनि डग्‍न दिनुहुन्‍न ।
  • लू 12:4-5 : 4 मेरा मित्रहरू, म तिमीलाई भन्दछु कि शरीरलाई मार्नेहरूसँग नडराओ किनकि त्यसपछि तिनीहरूले केही गर्न सक्दैनन् । 5 तर म तिमीहरूलाई कोसँग डराउने भनी चेताउनी दिन्छु । त्यो व्यक्‍तिसँग डराओ जससित मारेपछि नरकमा फालिदिने अधिकार छ । हो, म तिमीलाई भन्दछु, उहाँसँग डराओ ।
  • रोमी 8:32 : 32 जसले आफ्ना पुत्रलाई पनि बाँकी राख्‍नुभएन तर हामी सबैको तर्फबाट उहाँलाई सुम्पिदिनुभयो, कसरी उहाँले हामीलाई उहाँसँगै सबै थोक पनि सितैँमा दिनुहुन्‍न र?
  • मत्त 10:19 : 19 जब तिनीहरूले तिमीहरूलाई सुम्पिदिनेछन्, तब तिमीहरूले कसरी वा के बोल्ने भन्‍ने विषयमा चिन्ता नगर, किनकि तिमीहरूलाई बोल्नुपर्ने कुरा सोही घडी दिइनेछ ।
  • मत्त 13:22 : 22 काँडाघारीमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ, तर संसारको वास्ता र धनीहरूको कपटले वचनलाई निसासिदिन्छ, अनि ऊ निष्फल हुन्छ ।
  • मर 4:19 : 19 तर संसारको फिक्री, धन-सम्पत्तिको छल र अन्य कुराहरूको लालसा प्रवेश गर्छन् जसले वचनलाई निसासिदिन्छन् र यो फलदायी हुँदैन ।
  • मर 13:11 : 11 जब उनीहरूले तिमीहरूलाई गिरफ्तार गर्छन् र सुम्पन्छन्, तिमीहरूले के बोल्ने भनी चिन्ता नगर । किनभने त्यो समय तिमीहरूले के बोल्नुपर्ने हो, सो तिमीहरूलाई दिइनेछ; त्यस बेला बोल्ने तिमीहरू होइनौ, तर पवित्र आत्मा हुनुहुनेछ ।
  • लू 8:14 : 14 काँडाको झाडीमा परेको बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुनेका छन्, तर जीवन जिउने क्रममा, संसारका धन सम्पत्तिको फिक्री, सुख विलासका कारण निसासिएर परिपक्‍व फल फलाउन सक्दैनन् ।
  • लू 10:40-41 : 40 तर मार्था खाना पकाउने काममा अत्ति नै व्यस्त थिइन् । तिनी येशूकहाँ आइन्, र भनिन्, “प्रभु, मेरी बहिनीले पकाउने काममा मलाई एकलै छोडेकी तपाईंलाई थाहा छैन? त्यसकारण, मलाई सहायता गर्न तिनलाई भनिदिनुहोस् ।” 41 तर प्रभुले जवाफ दिनुभयो र तिनलाई भन्‍नुभयो, “मार्था, मार्था, तिमी धेरै कुराको बारेमा चिन्ता गर्दछ्यौ ।
  • लू 12:8-9 : 8 म तिमीलाई भन्दछु, कि हरेक जसले मानिसहरूका अगि मलाई स्वीकार गर्दछ, परमप्रभुका दूतहरूका अगि मानिसका पुत्रले पनि उसलाई स्वीकार गर्नेछन् । 9 तर जसले मलाई मानिसहरूका सामु इन्कार गर्दछ, परमप्रभु परमेश्‍वरका दूतहरूले उसलाई पनि इन्कार गर्नेछन् ।
  • लू 12:11 : 11 जब तिनीहरूले तिमीहरूलाई सभाघरको शासक र अधिकारीहरूको अगि ल्याउनेछन, कसरी प्रतिकार गर्ने र के बोल्ने भन्‍ने विषयमा चिन्तित नहोओ ।
  • २ तिमो 2:4 : 4 सेनामा भर्ना भएको कुनै पनि जवान आफ्नो जीवनको अन्य काममा लाग्दैन, ताकि उसले आफ्नो हाकिमलाई खुसी पार्न सकोस् ।
  • इब्रा 13:5-6 : 5 तिमीहरूका चालचलनलाई रुपियाँ-पैसाको प्रेमबाट अलग राख । तिमीहरूसँग भएका थोकहरूमा सन्‍तुष्‍ट होओ । किनकि परमेश्‍वर आफैँले यसो भन्‍नुभएको छ, “म तिमीहरूलाई कहिल्यै छोड्नेछैनँ, न त म तिमीहरूलाई त्याग्‍नेछु ।” 6 हामी सन्तुष्‍ट होऔँ । त्यसकारण, हामी साहससाथ भन्‍न सक्छौँ, “परमप्रभु मेरा सहायक हुनुहुन्छ म डराउनेछैनँ । मानिसले मलाई के गर्न सक्छ र?”
  • मत्त 5:22-28 : 22 तर म तिमीहरूलाई भन्दछु, आफ्नो भाइसँग रिसाउने जो कोही इन्साफको जोखिममा पर्नेछ । र जो कसैले आफ्नो भाइलाई ‘तँ काम नलाग्‍ने मानिस!’ भनेर भन्छ भने, त्यो न्यायालयमा उभ्याइने जोखिममा पर्नेछ । र जो कसैले ‘तँ मूर्ख!’ भन्दछ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ । 23 त्यसकारण, यदि तिमीले वेदीमा आफ्नो भेटी चढाउँदै गर्दा तिम्रो भाइसँग तिम्रो विरुद्धमा केही कुरा छ भन्‍ने कुरा तिमीलाई याद आयो भने, 24 तिम्रो भेटी त्यही वेदीको अगाडि छोड र आफ्नो बाटो लाग । पहिले आफ्नो भाइसँग मिलाप गर, र तब आऊ र आफ्नो भेटी चढाऊ । 25 तिमीलाई दोष लगाउनेसँग अदालतको बाटोमा तिनीसँगै जाँदै गर्दा नै छिट्टै मिलाप गर, नत्रता तिमीलाई दोष लगाउनेले तिमीलाई न्यायकर्ताको हातमा सुम्पिदेला, र न्यायकर्ताले अधिकारीको हातमा सुम्पिदेलान्, र तिमीलाई झ्यालखानामा फ्याँकिदेलान् । 26 साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिमीहरूको ऋणको एक-एक पैसा चुक्ता नगरुन्जेलसम्म तिमीहरू त्यहाँबाट कहिल्यै बाहिर आउनेछैनौ । 27 तिमीहरूले यसरी भनिएको सुनेका छौ, ‘व्यभिचार नगर ।’ 28 तर म तिमीहरूलाई भन्दछु, कि यदि कसैले एउटी स्‍त्रीलाई अभिलाषाको दृष्‍टिले हेर्दछ भने, त्यसले आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लू 12:21-34
    14 पदहरू
    93%

    21यसरी नै कसैले आफ्नो धन सम्पत्तिको संचय गरेर आफ्नै लागि राख्दछन् र यो परमेश्‍वरकहाँ पुग्दैन ।”

    22येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनको विषयमा के खाऔँला वा के पहिरौँला भनी चिन्ता नगर ।

    23जीवन खानेकुरा भन्दा र शरीर लगाउने कुराभन्दा अझ बढी उत्तम छ ।

    24कागहरूलाई विचार गर, तिनीहरूले न त छर्छन् न त बटुल्दछन् । उनीहरूका भण्डारणहरू छैनन् अथवा भकारी पनि छैन, तर परमेश्‍वरले उनीहरूलाई खुवाउनुहुन्छ । तिमी चराहरूभन्दा धेरै मूल्यवान् छौ ।

    25र के तिमीहरूमध्ये कसैले चिन्ता गरेर आफ्नो जीवनको आयुमा एकपल पनि थप्‍न सक्छौ र?

    26तिमीहरू सबैभन्दा सानो काम गर्न योग्यका छैनौ भने बाँकी कुराहरूको लागि किन चिन्तित हुन्छौ?

    27मैदानका लिली फुलहरूलाई विचार गर, तिनीहरू कसरी बढ्छन्? न त तिनीहरूले परिश्रम गर्छन्, न त मेहनत नै गर्छन, म तिमीहरूलाई भन्दछु, सोलोमन पनि आफ्ना सबै महिमामा यिनीहरूझैँ आभूषित थिएनन् ।

    28यदि परमेश्‍वरले जमिनका घाँसलाई सुशोभित पार्नुहुन्छ जुन आज अस्तित्वमा छ, तर भोली आगोमा फालिनेछ भने, हे अल्प विश्‍वासी हो, त्यो भन्दाबढी तिमीहरूलाई कति धेरै सशोभित गर्नुहुनेछ ।

    29के खाऔँला र के पिऔँला भनी नभौतारिओ र चिन्ता नगर ।

    30संसार भरका सबै राष्‍ट्रहरूले यही कुराको खोजी गर्दछन् र तिम्रा पिताले तिम्रा सबै आवश्‍यकताहरू जान्‍नुहुन्छ ।

    31तर उहाँको राज्यको खोजी गर, र यी सबै थोकहरू तिमीलाई थपिनेछन् ।

    32सानो बगाल हो, नडराओ, किनकि तिम्रा पिताले तिमीलाई राज्य दिन अति खुसी हुनुहुन्छ ।

    33आफ्ना धन सम्पत्ति बेच र गरिबहरूलाई देओ । तिनलाई नखिइने थैलीभित्री राख; स्वर्गमा धन संचय गर, जहाँ चोरले चोर्न सक्दैन, र किराले हानि पुर्‍याउँदैन, न त खिया नै लाग्दछ ।

    34जहाँ तिम्रो धन छ, त्यहीँ नै तिम्रो मन पनि हुनेछ ।

  • मत्त 6:26-34
    9 पदहरू
    91%

    26आकाशका चराहरूलाई हेर! तिनीहरूले न त छर्छन् वा कटनी गर्छन् वा भकारीमा बटुल्छन्, तरै पनि तिमीहरूका स्वर्गीय पिताले तिनीहरूलाई खुवाउनुहुन्छ । के तिमीहरू तीभन्दा धेरै बहुमूल्य छैनौ र?

    27अनि तिमीहरूमध्ये कसले चिन्ता गरेर आफ्नो आयुमा एक घडी पनि थप्‍न सक्छ र?

    28अनि तिमीहरू किन लगाउने लुगाको लागि चिन्ता गर्छौ? मैदानका लिली फुलहरूलाई हेर, ती कसरी उम्रन्छन् । तिनीहरूले न त काम गर्छन्, न कपडा नै बुन्छन् ।

    29र पनि म तिमीहरूलाई भन्छु, सोलोमन पनि आफ्नो सम्पूर्ण गौरवमा यिनीहरूले जस्तै गरी आभुषित थिएनन् ।

    30यदि परमेश्‍वरले आज हुने र भोलि भट्टीमा फ्याँकिने मैदानका घाँसहरूलाई समेत पहिराउनुहुन्छ भने, तिमीहरूलाई त झन् कति बढी पहिराउनुहुनेछ, ए अल्प-विश्‍वासीहरू हो?

    31त्यसैकारण, चिन्तित भएर यसरी नभन, ‘हामी के खाउँला?’ वा ‘हामी के पिउँला?’ वा ‘हामी के लगाउँला?’

    32किनकि यी सबै कुरा त गैरयहूदीहरूले खोज्छन् र यी कुराहरू तिमीहरूलाई आवश्यक छ भन्‍ने कुरा तिमीहरूका स्वर्गीय पिताले जान्‍नुहुन्छ ।

    33तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर अनि यी सबै थोक तिमीहरूलाई दिइनेछ ।

    34त्यसैकारण, भोलिको निम्ति चिन्ता नगर, किनकि भोलिको चिन्ता त्यो आफैँले गर्नेछ । हरेक दिनको आफ्नै पर्याप्‍त चिन्ता रहेको छ ।

  • 15र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हेर आफैँलाई लोभी इच्छाहरूबाट अलग राख, किनभने कसैको पनि जीवन उसको प्रशस्त धन सम्पत्तिको कारणले गर्दा जीवन प्रशस्ततामा रहन सक्दैन ।”

  • 27नष्‍ट हुने खानाको निम्ति काम नगर, तर मानिसका पुत्रले तिमीहरूलाई दिने अनन्त जीवनसम्म रहने खानाको निम्ति काम गर, किनकि परमेश्‍वर पिताले आफ्नो मोहोर उहाँमा लगाउनुभएको छ ।”

  • 24कसैले पनि दुई जना मालिकको सेवा गर्न सक्दैन, किनकि त्यसले कि त एउटालाई घृणा गर्छ र अर्कोलाई प्रेम गर्दछ, वा एउटाप्रति समर्पित हुन्छ र अर्कोको उपेक्षा गर्दछ । तिमीहरूले परमेश्‍वर र धन दुवैको सेवा गर्न सक्दैनौ ।

  • मत्त 6:19-21
    3 पदहरू
    74%

    19पृथ्वीमा आफ्नो निम्ति धन सम्‍पत्ति नथुपार, जहाँ किरा र खियाले त्यसलाई नष्‍ट गर्छन्, र जहाँ चोरहरूले घर फोरेर चोर्छन् ।

    20बरु, आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार, जहाँ न त खिया वा किराले नष्‍ट गर्दछ, न त चोरले चोरेर लैजान्छ ।

    21किनकि जहाँ तिमीहरूको धन सम्पत्ति हुन्छ, त्यहाँ तिमीहरूको मन पनि हुनेछ ।

  • 8बरू हामीसँग भएको खानेकुरा र कपडाहरूमा सन्तुष्‍ट होऔँ ।

  • 8त्यसैकारण, तिनीहरू जस्ता नहोओ, किनकि तिमीहरूले माग्‍नुभन्दा अगि नै तिमीहरूलाई के कुराको खाँचो छ भनी तिमीहरूका पिता जान्‍नुहुन्छ ।

  • 31नडराओ । तिमीहरू धेरै भङ्गेराभन्दा बढी मूल्यवान् छौ ।

  • मत्त 10:28-29
    2 पदहरू
    72%

    28तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्दछन्, तर आत्मालाई मार्न सक्दैनन् । बरु, आत्मा र शरीर दुवैलाई नरकमा नष्‍ट गर्न सक्‍नुहुनेसँग डराओ ।

    29के सानो सिक्‍कामा दुईवटा भङ्गेरा बिक्दैनन् र? तापनि तिमीहरूका पिताको इच्छाविना तीमध्ये एउटा पनि भुइँमा खस्दैन ।

  • मत्त 16:25-26
    2 पदहरू
    72%

    25किनकि जसले आफ्नो प्राण बचाउन खोज्छ उसले त्यो गुमाउनेछ र जसले मेरो खातिर आफ्नो जीवन गुमाउँछ त्यसले त्यो प्राप्‍त गर्नेछ ।

    26किनकि एउटा मानिसले सारा जगत् प्राप्‍त गरेर आफ्नो जीवनचाहिँ गुमायो भने उसलाई के लाभ हुन्छ र? एउटा मानिसले आफ्नो जीवनको बदलामा के दिन सक्छ?

  • 2जे रोटी होइन त्यसको लागि किन चाँदी तौलन्छौ र जे कुराले सन्तुष्‍टि दिंदैन त्यसको निम्ति तिमिहरू किन परिश्रम गर्छौ? मेरो कुरा ध्यानसित सुन र जे असल छ सो खाओ, अनि मोटोपनमा आफूलाई खुसी पार ।

  • 14भोलि के हुनेछ, र तिम्रो जीवन कस्तो हुनेछ भन्‍ने कुरा कसलाई थाहा छ? किनकि तिमीहरू त तुवाँलो हौ जुन केही समय देखा पर्छ र त्यसपछि हराइहाल्छ ।

  • 3उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले यात्राका निम्ति केही नलैजाओ न त लौरो, न त थैली, न त रोटी, न त पैसा, न त दुईवटा दौरा लैजाओ ।

  • 9तर उहाँले चप्पल लगाउन र दुई ओटा दौरा नलगाउनलाई निर्देशन दिनुभयो ।

  • मत्त 10:9-10
    2 पदहरू
    70%

    9तिमीहरूका थैलीमा कुनै पनि सुन, चाँदी वा पित्तल नबोक ।

    10तिमीहरूका यात्राको निम्ति झोला वा फाल्तु दौरा वा जुत्ता वा लौरो नबोक, किनकि खेतालाले आफ्नो भोजन पाउनुपर्छ ।

  • 25जसले आफ्नो जीवनलाई प्रेम गर्छ त्यसले त्यो गुमाउनेछ, तर जसले यस संसारमा आफ्नो जीवनलाई घृणा गर्छ त्यसले यो अनन्त जीवनको लागि जोगाइराख्‍नेछ ।

  • 34तर तिमीहरू आफैँ होसियार रहो । त्यसकारण तिमीहरूको हृदय विलास, मतवालापान र जीवनको चिन्ताले नभरियोस् । नत्रभने, त्यो दिन तिमीहरूमाथि अचानक आइपर्ला ।

  • लू 12:6-7
    2 पदहरू
    70%

    6के पाँचवटा भङ्गेरा दुई सिक्‍कामा बेचिँदैनन् र? परमेश्‍वरको दृष्‍टिबाट एउटा पनि बिर्सेको हुँदैन ।

    7तर उहाँले तिम्रा कपालका सबै रौँको पनि गणना गर्नुभएको छ । उहाँसित नडराओ, किनकि तिमीहरू धेरै भङ्गेराहरूभन्दा पनि मूल्यवान् छौ ।

  • 13कुनै पनि सेवकले दुई जना मालिकको सेवा गर्न सक्दैन, किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कोलाई प्रेम गर्नेछ अथवा एउटाप्रति भक्‍ति देखाउनेछ र अर्कोलाई तुच्छ ठान्‍नेछ । तिमीहरूले परमेश्‍वर र धनको सेवा गर्न सक्दैनौ ।”

  • 4मेरा मित्रहरू, म तिमीलाई भन्दछु कि शरीरलाई मार्नेहरूसँग नडराओ किनकि त्यसपछि तिनीहरूले केही गर्न सक्दैनन् ।

  • 1¶ तिमीहरूले आफ्ना धार्मिक कार्यहरूलाई मानिसहरूको सामुन्‍ने तिनीहरूले देखून् भनेर नगर्न सावधान रहो, नत्रता स्वर्गमा हुनुहुने पिताबाट तिमीहरूले कुनै इनाम पाउनेछैनौ ।

  • 19म मेरो प्राणलाई भन्‍नेछु, ‘हे प्राण, तेरो लागि प्रशस्तै असल चिजहरू धेरै वर्षको लागि भण्डारण गरिएको छ । आराम गर, खा, पी र आनन्दित हो ।’