लूका 16:22

अनलक शाब्दिक बाइबल

यसपछि त्यो भिखारी मर्‍यो र स्वर्गदूतहरूले उसलाई उठाएर अब्राहामकहाँ लगे । त्यो धनी मानिस पनि मर्‍यो र गाडियो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यूह 13:23 : 23 उहाँका चेलाहरूमध्ये एक जना जसलाई येशूले प्रेम गर्नुहुन्थ्यो तिनी टेबलमा येशूको छातीमा अडेस लगेर ढल्किरहेका थिए ।
  • भजन 49:6-9 : 6 आफ्‍ना सम्पत्तिमा भरोसा गर्नेहरू र आफ्‍नो धेरै धन घमण्‍ड गर्नेहरूसँग म किन डराउने? 7 यो निश्‍चय हो कि कसैले आफ्नो भाइलाई बचाउन वा त्यसको निम्ति परमेश्‍वरलाई छुकाराको मोल तिर्न सक्दैन, 8 किनकि कसैको जीवनको छुटकारा मूल्य महङ्‍गो छ र हामीले तिर्नुपर्ने जति त कसैले तिर्न सक्दैन । 9 कोही पनि सदासर्वदा जीवित रहन सक्दैन, ताकि त्यसको शरीर सडेर नजाओस् । 10 किनकि त्यसले सडेको देख्‍नेछ । बुद्धिमान् मानिसहरू मर्छन् । मूर्ख र क्रूर त्‍यसरी नै नाश हुन्छन् र आफ्‍ना सम्पत्ति अरूलाई छोड्छन् । 11 आफ्‍ना परिवारहरू सधैंभरि निरन्तर रहन्‍छन्, र आफू बसोवास गरेका ठाउँहरू सबै पुस्तालाई हुन्‍छ भन्‍ने तिनीहरूका भित्री विचार हुन्‍छ । आफ्‍ना जमिनहरूलाई तिनीहरूले आफ्नै नाउँ दिन्‍छन्। 12 तर धन भए पनि मानिस सधैं बाँच्‍न सक्‍दैन । त्‍यो नष्‍ट हुने जङ्‍गली पशुजस्‍तै हो ।
  • भजन 49:16-19 : 16 कोही धनी हुँदा र त्यसको घरको गौरव बढ्दा नडरा । 17 किनकि जब त्यो मर्नेछ, तब त्यसले कुनै कुरा पनि लानेछैन । त्यसको गौरव त्यसको पछिपछि जानेछैन । 18 त्यो जीवित हुँदा नै त्‍यसले आफ्नो प्राणलाई धन्‍यको भन्‍यो र जब तिमीले आफ्नो निम्ति जीवन बताउँछौ, तब मानिसहरूले तिम्रो प्रशंसा गर्छन्— 19 त्यो आफ्नो पुर्खाहरूका पुस्तामा जानेछ र तिनीहरूले फेरि कहिल्यै त्‍योति देख्‍नेछैनन् ।
  • मर 8:36 : 36 मानिसले सारा संसार प्राप्‍त गरेर आफ्नै जीवन गुमायो भने उसलाई के लाभ हुन्छ र?
  • याक 1:11 : 11 किनकि प्रचण्ड तापसहित सूर्य उदाउँछ र घाँसलाई सुकाइदिन्‍छ । फुल झर्छ, र त्‍यसको सौन्‍दर्य नष्‍ट हुन्छ । त्यसै गरी, धनी मानिस आफ्नो यात्राको बिचमा नै बिलाएर जानेछ ।
  • प्रका 14:13 : 13 मैले स्वर्गबाट यसो भनेको एउटा सोर सुनेँ, “यो लेखः प्रभुमा मर्नेहरू धन्यका हुन् ।” “हो,” आत्मा भन्‍नुहुन्छ, “ताकि तिनीहरूले आफ्नो परिश्रमबाट विश्राम पाउन सकून्, किनकि तिनीहरूका कामले तिनीहरूलाई पछ्याउनेछन् ।”
  • १ पत्रु 2:24 : 24 हामी पापको भागीदार नबनौँ र धार्मिकताको खातिर जिऔँ भनेर उहाँले हाम्रा सबै पाप आफ्नो शरीरमा बोकी क्रुसमा चढ्नुभयो । उहाँका चोटले तिमीहरू निको भएका छौ ।
  • लू 12:20 : 20 तर परमेश्‍वरले त्यसलाई भन्‍नुभयो, ‘मूर्ख मानिस, आजको रात नै तेरो प्राण फिर्ता लिइयो भने, तैँले तयार गरेको ती सब चिजहरू कसको हुनेछ?’
  • भजन 73:18-20 : 18 निश्‍चय नै तपाईंले तिनीहरूलाई चिप्‍लो ठाउँहरूमा राख्‍नुहुन्‍छ । तपाईंले तिनीहरूलाई सर्वनाश लानुहुन्‍छ । 19 तिनीहरू कसरी क्षणभरमा नै उजाडस्‍थान बने! तिनीहरूको अन्‍त भयो र भयानक त्रासहरूले समाप्‍त पारिए । 20 कोही ब्युँझँदा, ती सपनामा भएजस्तो हुन्‍छन् । हे परमप्रभु, जब तपाई खडा हुनुहुन्छ, तब तपाईंले ती सपनाहरूका बारेमा केही विचार गर्नुहुन्‍न ।
  • भजन 91:11-12 : 11 किनकि उहाँले तिमीलाई सुरक्षा दिन, तिम्रा सबै मार्गमा तिम्रो रेखदेख गर्न आफ्ना स्वर्गदूतहरूलाई निर्देशन दिनुहुनेछ । 12 तिनीहरूले तिमीलाई आफ्‍ना हातले थाम्‍नेछन्, ताकि तिमीले आफ्‍ना खुट्टालाई ढुङ्गामा ठोकाउनेछैनौ ।
  • नीति 14:32 : 32 आफ्ना खराब कामहरूद्वारा दुष्‍ट मानिस तल खसालिन्छ, तर धर्मात्माले मृत्युमा समेत आश्रय पाउँछ ।
  • उप 8:10 : 10 यसरी दुष्‍टहरूलाई सार्वजनिक रूपमा गाडिएको मैले देखेँ । तिनीहरूलाई पवित्र स्थानबाट लगियो र गाडियो, अनि तिनीहरूले दुष्‍ट कामहरू गरेकै सहरका मानिसहरूले तिनीहरूको प्रशंसा गरे । यो पनि अर्थहीन छ ।
  • यशा 14:18 : 18 जातिहरूका सबै राजा, तीमध्‍ये सबै जना, हरेक व्‍यक्‍ति आ-आफ्ना चिहानमा आदरसाथ सुत्‍छन् ।
  • यशा 22:16 : 16 'तैंले यहाँ के गरिरहेको छस्, अनि आफ्नो निम्ति चिहान खोप्‍न, उच्‍च टाउँमा चिहान खन्‍न र चट्टानमा विश्राम गर्ने ठाउँ कुँद्‍न तँलाई कसले अनुमति दियो?”
  • यशा 57:1-2 : 1 ¶ धर्मी नष्‍ट हुन्छ तर यो कुरा कसैले विचार गर्दैन, र करारको विश्‍वस्‍ततका मानसहरूलाई टाढा भेला पारिन्‍छ, दुष्‍टबाट धर्मीलाई टाढा लगिन्छन्, तर कसैले बुझ्‍दैन । 2 ऊ शन्तिमा प्रवेश गर्छ । जो आफ्नो सोझोपनमा हिंड्छन् तिनीहरू आफ्ना ओछ्यानहरूमा आराम गर्छन् ।
  • मत्त 8:11 : 11 म तिमीहरूलाई भन्‍छु, धेरै जना पूर्व र पश्‍चिमबाट आउनेछन्, अनि तिनीहरू अब्राहाम, इसहाक र याकूबसँग स्‍वर्गीय राज्‍यको भोजमा बस्‍नेछन् ।
  • मत्त 13:38-43 : 38 बारीचाहिँ संसार हो; अनि असल बिउचाहिँ राज्यका पुत्रहरू हुन् । अनि सामाहरूचाहिँ दुष्‍टका छोराहरू हुन्, 39 र त्यो शत्रु जसले ती सामाहरू छरे, त्योचाहिँ दुष्‍ट हो । फसलको कटनी संसारको अन्त हो, र कटनी गर्नेहरूचाहिँ स्वर्गदूतहरू हुन् । 40 त्यसैले, जसरी सामाहरू बटुलिन्छन् र आगोमा जलाइन्छन्, यो संसारको अन्तमा यस्तै हुनेछ । 41 मानिसका पुत्रले आफ्ना स्वर्गदूतहरूलाई पठाउनेछन्, र तिनीहरूले उनको राज्यबाट पाप ल्याउने सबै थोक र पाप गर्ने सबै जनालाई बटुल्नेछन् । 42 तिनीहरूले तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ । 43 तब धर्मी मानिसहरू उनीहरूका पिताको राज्यमा सूर्यझैँ चम्कनेछन् । जससँग कान छ, उसले सुनोस् ।
  • मत्त 18:10 : 10 होसियार रहो, यी सानाहरूमध्ये कसैलाई पनि घृणा नगर । किनकि म तिमीहरूलाई भन्दछु, स्वर्गमा तिनीहरूका दूतहरूले सधैँ मेरा पिताको मुहार हेर्दछन् जो स्वर्गमा हुनुहुन्छ ।
  • मत्त 24:31 : 31 उहाँले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठुलो आवाजका साथ पठाउनुहुनेछ, अनि तिनीहरूले उहाँका चुनिएकाहरूलाई आकाशको एउटा छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट भेला गराउनेछन् ।
  • यूह 21:20 : 20 पत्रुस फर्केर हेर्दा तिनले येशूले प्रेम गर्नुभएका चेला अर्थात् भोजमा येशूको छातीमा अडेस लगाएर बस्‍ने र उहाँलाई, “प्रभु, तपाईंलाई विश्‍वासघात गर्ने को हो?” भनी सोध्‍ने चेला उहाँहरूको पछिपछि आइरहेको देखे ।
  • इब्रा 1:14 : 14 के सबै स्वर्गदूतहरू मुक्‍ति पाउनेहरूको वास्ता र सेवा गर्न पठाइएका आत्माहरू होइनन् र?
  • इब्रा 2:14 : 14 त्यसकारण, पहिले नै परमेश्‍वरका छोराछोरीहरू मासु र रगतको एक भाग भएका हुनाले येशूले पनि त्यही कुराहरू तिनीहरूसँग बाँड्नुभयो । त्यसैले, येशूले मृत्यु सहेर मृत्युको शक्ति भएकोलाई अर्थात् शैतानलाई नष्‍ट पार्नुभयो ।
  • २ राजा 9:34-35 : 34 जब येहू दरबारभित्र पसे, तब तिनले खानपान गरे । तब तिनले भने, “अब त्‍यो श्रापित स्‍त्रीलाई हेर र त्‍यसलाई गाडिदेओ, किनकि त्‍यो राजाकी छोरी थिई ।” 35 तिनलाई गाड्न तिनीहरू गए तर तिनीहरूले तिनको खप्पर, खुट्टा र हत्केलाबाहेक केही भेट्टाएनन् ।
  • अय्यू 3:13-19 : 13 किनकि अहिले म चुप लागेर बसिरहेको हुन्‍थें । म सुतेको हुन्‍थें, र विश्राममा हुन्‍थें, 14 पृथ्वीका राजाहरू र सल्लाहकारहरूका साथमा, जसले आफ्नै लागि चिहानहरू बनाए, जुन अहिले ध्‍वस्‍त छन् । 15 अर्थात् ती राजकुमारहरूसित म सुतिरहेको हुन्‍थें, जससित कुनै बेला सुन थियो, जसले आफ्ना घरहरूलाई चाँदीले भरेका थिए । 16 अर्थात् सायद म तुहेर जन्‍मने थिएँ, कदापि उज्‍यालो नदेख्‍ने शिशुहरूझैं हुन्‍थें । 17 त्यहाँ दुष्‍टको अत्‍याचार सकिन्‍छ । त्यहाँ थाकितहरूले विश्राममा लिन्छन् । 18 त्यहाँ कैदीहरू सँगसँगै चैनमा हुन्छन् । तिनीहरूले कमाराको नाइकेको सोर सुन्‍नुपर्दैन । 19 त्यहाँ साना र ठुला दुवै थरिका मानिसहरू छन् । नोकर आफ्नो मालिकबाट स्‍वतन्‍त्र हुन्छ ।
  • अय्यू 21:13 : 13 तिनीहरूले आफ्नो समय समृद्धिमा बिताउँछन्, र तिनीहरू शान्‍त बएर तल चिहानमा जान्छन् ।
  • अय्यू 21:30-32 : 30 कि दुष्‍ट मानिस विपत्तिको दिनमा जोगिन्छ, र क्रोधको दिनमा उसलाई कतै सारेर जोगाइन्‍छ? 31 दुष्‍ट मानिसको सामु उसको मार्गलाई कसले दोषी ठहराउँछ र? उसको गरेको कामको बदला कसले लिन सक्‍छ र? 32 तापनि उसलाई चिहानमा लगिनेछ । मानिसहरूले उसको चिहानको रेखदेख गर्नेछन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लू 16:23-30
    8 पदहरू
    87%

    23र नरकमा कष्‍ट भोगिरहेको बेला, उसले आफ्ना आँखा उठाएर हेर्‍यो र टाढामा अब्राहामलाई र तिनको छातीमा आड लागेको लाजरसलाई देख्यो ।

    24अनि उसले कराएर भन्यो, ‘पिता अब्राहाम, ममाथि कृपा गर्नुहोस् र लाजरसलाई पठाइदिनुहोस् । उसको औँलाले पानीको थोपा चुहाई देओस् र मेरो जिब्रो शितल हुनेछ किनभने म यस ज्वालाको पीडामा छु ।’

    25तर अब्राहामले भने, ‘बाबु आफ्नो जीवनकालमा तिमीले असल कुराहरू पायौ र त्यसै गरी लाजरसले खराब कुराहरू पायो भन्‍ने कुरा याद राख । तर अहिले ऊ यहाँ आराममा छ र तिमी पीडामा छौ ।

    26र यी सबै बाहेक तिम्रो र हाम्रो बिचमा र मानिसहरू यताबाट उता र उताबाट यता आउन नसकून् भनेर ठुलो खाडल राखिएको छ ।’

    27धनी मानिसले भन्यो, ‘म बिन्ती गर्छु पिता अब्राहाम, उसलाई मेरा पिताको घरमा पठाइदिनुहोस् ।

    28किनकि मेरा पाँच जना भाइ छन् । उसले तिनीहरूलाई चेताउनी दिओस् र तिनीहरू यस डरलाग्दो ठाउँमा आउनु नपरोस् ।’

    29तर अब्राहामले भने, ‘तिनीहरूसँग मोशा र अगमवक्‍ताहरू छन् । तिनीहरूले उनीहरूका कुरा सुनून् ।’

    30धनी मानिसले उत्तर दियो, ‘होइन पिता अब्राहाम, मरेकाहरूबाट कोही तिनीहरूकहाँ गयो भने, तिनीहरूले पश्‍चात्ताप गर्ने थिए ।’

  • लू 16:19-21
    3 पदहरू
    83%

    19अब कोही एक जना धनी मानिस थियो र उसले सधैँ मसिनो मलमल र वैजनी वस्‍त्र पहिरन्थ्यो र आफ्नो प्रशस्त धन सम्पत्तिमा हरेक दिन आनन्द गर्दथ्यो ।

    20लाजरस नाम गरेको, घावैघाउ भएको कोही एक जना मानिसलाई ल्याएर उसको ढोकामा राखिदिन्थे ।

    21उसले त्यस धनी मानिसको टेबलबाट झरेका टुक्राटाक्रीले आफ्नो पेट भर्ने इच्छा गर्थ्‍यो र त्यसबाहेक, कुकुरहरू आएर उसका घाउहरू चाट्ने गर्थे ।

  • 19ऊ धनी भएर ओछ्यानमा पल्टन्छ, तर उसले त्यसो गरिरहने छैन । उसले आफ्ना आँखा खोल्‍छ, अनि हरेक कुरा सिद्धिएको हुनेछ ।

  • 16तब येशूले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो, “धनी मानिसको भूमिले प्रशस्त उब्जनी दियो,

  • 1¶ येशूले आफ्ना चेलाहरूलाई यसो पनि भन्‍नुभयो, “कोही एक जना धनी मानिसको एउटा व्यवस्थापक थियो र त्यस व्यवस्थापकले तिनको धन फजुल खर्च गरिरहेको छ भनी तिनलाई सुनाइदिए ।

  • २ शमू 12:2-4
    3 पदहरू
    69%

    2धनी मानिसको ठुलो संख्यामा भेडाबाख्रा र गाईवस्तु थिए,

    3तर त्यो गरीब मानिससित भेडको एउटा पाठीबाहेक केही पनि थिएन, जसलाई त्‍यसले किनेर ल्‍याएको, र खुवाएर हुर्काएको थियो । त्‍यो उसँग र उसका छोराछोरीसँगै हुर्क्‍यो । यो पाठीले उसँगै खान्थ्यो, उसैको कचौराबाट पिउँथ्यो, र उसकै काखमा सुत्थ्यो र उसको छोरीजस्तै थियो ।

    4एक दिन त्यो धनी मानिसको घरमा एक जना पाहुना आए, तर तिनलाई खाना दिन त्यो धनी मानिसले आफ्नो भेडाबाख्रा र गाईवस्तु एउटा पशु लिन पनि इच्छुक भएन । बरु, त्यसले त्यो गरीब मानिसको भेडाको पाठी लियो र त्यो आफ्‍नो पाहुनाको निम्ति पकाइदियो ।”

  • लू 18:22-26
    5 पदहरू
    69%

    22जब येशूले यो सुन्‍नुभयो, उहाँले तिनलाई भन्‍नुभयो, “तिमीमा अझै एउटा कुराको कमी छ । तिमीले आफ्नो सारा सम्पत्ति बेच्‍नुपर्छ र गरिबहरूलाई दिनुपर्छ अनि तिम्रो धन स्वर्गमा हुनेछ । त्यसपछि आऊ र मेरोपछि लाग ।”

    23तर जब धनी मानिसले यो कुरा सुने, तिनी अति नै दुःखित भए, कारण तिनी धेरै धनी थिए ।

    24तब येशूले तिनलाई हेरेर अति दुःखित हुँदै भन्‍नुभयो, “धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्न कति गाह्रो छ!

    25धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्नुभन्दा बरु उँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ!”

    26त्यो सुन्‍नेहरूले यसो भने, “त्यसो भए को बचाइनेछ त?”

  • यूह 11:43-44
    2 पदहरू
    68%

    43उहाँले यी कुराहरू भन्‍नुभएपछि उहाँले ठुलो सोरमा भन्‍नुभयो, “लाजरस, बाहिर आऊ!”

    44मरेको मानिस बाहिर आयो, त्यसका हात र खुट्टाहरू कपडाले बाँधिएका थिए; त्यसको अनुहार कपडाले बेह्रिएको थियो । येशूले तिनीहरूलाई भन्‍नुभयो, “त्यसलाई खोलिदेओ, र त्यसलाई जान देओ ।”

  • मत्त 19:22-24
    3 पदहरू
    68%

    22तर जब त्यस जवान मानिसले येशूले भन्‍नुभएको कुरा सुन्यो, ऊ साह्रै दुःखित भएर गइहाल्यो, किनभने ऊ धेरै सम्‍पत्ति भएको मानिस थियो ।

    23येशूले उहाँका चेलाहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्न धेरै कठिन हुन्छ ।

    24म फेरि तिमीहरूलाई भन्दछु, “धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नु भन्दा त उँटलाई सियोको नाथ्रीबाट प्रवेश गर्न सजिलो हुन्छ ।”

  • लू 12:20-21
    2 पदहरू
    68%

    20तर परमेश्‍वरले त्यसलाई भन्‍नुभयो, ‘मूर्ख मानिस, आजको रात नै तेरो प्राण फिर्ता लिइयो भने, तैँले तयार गरेको ती सब चिजहरू कसको हुनेछ?’

    21यसरी नै कसैले आफ्नो धन सम्पत्तिको संचय गरेर आफ्नै लागि राख्दछन् र यो परमेश्‍वरकहाँ पुग्दैन ।”

  • 8अब्राहाम पुरा जीवन जिएर बुढ़ेसकालमा मरे, र आफ्‍ना मरेका पिता-पुर्खाहरूसँग मिल्‍न गए ।

  • 15येशूसँगै टेबुलमा बस्दा तिनीहरूमध्ये एक जना जसले यी कुराहरू सुन्यो, जब उसले उहाँलाई भन्यो, “त्यो धन्यको हो जसले परमेश्‍वरको राज्यमा रोटी खानेछ ।”

  • 1¶ येशूले माथि हेर्नुहुँदा धनी मानिसहरूलाई दानपत्रमा तिनीहरूका भेटीहरू हालेको देख्‍नुभयो ।

  • 25धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नुभन्दा त ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो हुन्छ ।”

  • 46यिनीहरू अनन्‍तको दण्‍डमा जानेछन् तर धर्मीहरूचाहिँ अनन्‍त जीवनमा प्रवेश गर्नेछन् ।”

  • 16उनलाई कसैले केही पनि खानेकुरा नदिएका कारण सुँगुरहरूले खाने दानाले उनले आफ्‍नो पेट भर्न चाहन्थे ।

  • 14त्यसपछि येशूले तिनीहरूलाई स्पष्‍ट रूपमा भन्‍नुभयो, “लाजरस मरेको छ ।

  • 1¶ लाजरस नाम गरेका मानिस बिरामी थिए । तिनी तिनकी दिदीहरू मरियम र मार्थाको गाउँ बेथानियाका थिए ।

  • 21त्यो सेवक फर्केर आएर आफ्ना मालिकलाई ती कुराहरू सुनाइदियो, तब त्यस घरका मालिक रिसाए र सेवकलाई भने, ‘छिटो बाहिर गल्ली र सहरका खुल्ला मैदानमा जाऊ र गरिब, लुला, लङ्गडा, दृष्‍टिविहीनहरूलाई यहाँ ल्याऊ ।’

  • 30येशूले जवाफ दिँदै भन्‍नुभयो, एक जना मानिस यरूशलेमबाट यरीहोतिर जाँदै थियो । ऊ लुटेराहरूको हातमा पर्‍यो, जसले उसका सम्पत्तिहरू लुटे र उसलाई पिटे, अनि उसलाई अर्ध-मृत अवस्थामा छोडे ।

  • 24तर धिक्‍कार तिमीहरू जो धनी छौ! तिमीहरूले आफ्ना सान्त्वना पाइसकेका छौ ।

  • 16आफ्नो धन-सम्पत्ति बढाउन गरिब मानिसहरूमाथि थिचोमिचो गर्ने वा धनी मानिसहरूलाई दिने व्यक्ति दरिद्रतामा पुग्‍ने छ ।

  • मर 10:22-23
    2 पदहरू
    66%

    22तर यो भनाइको कारण त्यो निरुत्साहित भयो; त्यो धेरै दुःखित भएर त्यहाँबाट गयो, किनभने त्यससँग धेरै धन सम्पत्ति थियो ।

    23येशूले वरिपरि हेर्नुभयो र आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “धनी मानिसहरूलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्न अति कठिन छ!”

  • 35येशू यरीहो नजिक आउनुहुँदा, एक जना दृष्‍टिविहीन मानिस बाटोको छेउमा बसी भिख मागिरहेको थियो ।

  • 37यसरी राजा आहाब मरे, र तिनलाई सामरियामा लगी त्यहीँ नै गाडियो ।

  • 32तापनि उसलाई चिहानमा लगिनेछ । मानिसहरूले उसको चिहानको रेखदेख गर्नेछन् ।

  • 9म तिमीहरूलाई भन्दछु, अधर्मी धनले तिमीहरूले अफ्ना लागि मित्र बनाओ, र यो धन सकिएपछि तिनीहरूले तिमीहरूलाई अनन्त वासस्थानमा स्वागत गरून् ।

  • 1¶ अब आओ, तिमीहरू जो धनी छौ, तिमीहरूमा आउन लागेका कष्‍टहरूको कारण रोओ र विलाप गर ।

  • 30तिनले लाशलाई आफ्नै चिहानमा राखे, र तिनीहरूले यसो भन्दै तिनको निम्ति शोक गरे, “धिक्कार, मेरा भाइ!”

  • 10मुख्य पुजारीहरूले सँगसँगै षड्‍यन्‍त्र रचे, ताकि तिनीहरूले लाजरसलाई पनि मार्न सकेको होस् ।