लूका 17:14

अनलक शाब्दिक बाइबल

जब उहाँले तिनीहरूलाई देख्‍नुभयो र भन्‍नुभयो, “जाओ र आफैँलाई पुजारीकहाँ देखाओ । र तिनीहरू गए अनि निको भए ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लू 5:14 : 14 उहाँले यो कुरा कसैलाई नभन्‍नू भनी आज्ञा गर्नुभयो र भन्‍नुभयो, “आफ्नो बाटो लाग र मोशाको व्यवस्थाबमोजिम आफैँलाई पुजारीकहाँ देखाऊ । तिम्रो शुद्धताको लागि बलि चढाऊ र तिनीहरूलाई तिमी कसरी निको भयौ भनी गवाही देऊ ।”
  • मत्त 3:15 : 15 येशूले जवाफ दिँदै तिनलाई यसो भन्‍नुभयो, “अहिलेलाई यस्तै हुन देऊ, किनकि सबै धार्मिकता पुरा गर्नु हाम्रो निम्ति उपयुक्त छ ।” तब यूहन्‍नाले उहाँलाई बप्‍तिस्‍मा लिन दिए ।
  • यूह 11:10 : 10 तापनि त्यो राति हिँड्छ भने त्यसलाई ठेस लाग्छ, किनकि त्यसमा उज्यालो हुँदैन ।”
  • मत्त 8:3-4 : 3 येशूले आफ्नो हात पसार्नुभयो र उसलाई छुनुभयो, र भन्‍नुभयो, “म चाहन्‍छु । तिमी शुद्ध होऊ ।” तब तुरून्‍तै आफ्नो कुष्‍ठरोगबाट ऊ शुद्ध भयो । 4 येशूले उसलाई भन्‍नुभयो, “हेर, कुनै पनि मानिसलाई केही नभन्‍नू । आफ्नो बाटो लाग; आफैँलाई पुजारीकहाँ प्रकट गराऊ र तिनीहरूको अगि गवाही होस् भनेर मोशाले आज्ञा गरेअनुसार भेटी चढाऊ ।”
  • यूह 2:5 : 5 उहाँकी आमाले नोकरहरूलाई भनिन्, “उहाँले तिमीहरूलाई जे गर भन्‍नुहुन्छ, त्यही गर” ।
  • यूह 4:50-53 : 50 येशूले तिनलाई भन्‍नुभयो, “जाऊ, तिम्रो छोरा बाँच्‍छ ।” येशूले तिनलाई भन्‍नुभएको वचन तिनले विश्‍वास गरे, र तिनी आफ्नो बाटो लागे । 51 तिनी जाँदै गर्दा, तिनका छोरो जीवित भए भन्दै तिनका नोकरहरूले तिनलाई भेटे । 52 यसकारण, उसको सुधार कति बेलादेखि भएको थियो भनी तिनले तिनीहरूलाई सोधे । तिनीहरूले तिनलाई जवाफ दिए, “हिजो सातौँ घडीमा उसलाई ज्‍वरोले छोड्यो ।” 53 त्‍यसपछि यो येशूले “तिम्रो छोरा बाँच्‍छ” भन्‍नुभएको घडी थियो भन्‍ने ती बुबाले महसुस गरे । यसकारण तिनी र तिनका आफ्ना सम्‍पूर्ण घरानाले विश्‍वास गरे ।
  • यूह 9:7 : 7 उहाँले त्यसलाई भन्‍नुभयो, “जाऊ, सिलोआमको तलाउमा धोऊ (जसको अर्थ हुन्छ, ‘पठाइएको ।’) । त्यसैले त्यो गयो, धोयो र देख्‍ने भएर आयो ।
  • लैव्य 13:1-9 : 1 ¶ परमप्रभुले मोशा र हारूनलाई यसो भन्‍नुभयो, 2 “यदि कसैको शरीरको छाला सुनिएर फुल्‍यो वा त्यसमा खटिरा वा उज्‍ज्‍वल दाग आयो, र त्यो सङ्क्रमित भएर त्यसको शरीरमा छालाको रोग आयो भने, त्यसलाई प्रधान पुजारी अर्थात् हारून वा त्यसका पुजारी छोराहरूकहाँ ल्याइनुपर्छ । 3 त्यसपछि पुजारीले त्यसको शरीरमा आएको छालाको रोगको जाँच गर्ने छ । यदि रोग लागेको ठाउँको रौँ सेतो भएको छ, र त्यो रोग छालामा गहिरो भएको छ भने, त्यो सरुवा रोग हो । पुजारीले त्यसलाई हेरेपछि उसले त्यसलाई अशुद्ध भनेर घोषणा गर्ने छ । 4 यदि त्यसको छालामा भएको उज्‍ज्‍वल दाग सेतो छ, र त्यो छालामा गहिरो देखिँदैन, र त्यो रोग लागेको ठाउँको रौँ सेतो भएको छैन भने, रोग लागेको मानिसलाई पुजारीले सात दिनसम्‍म अलग्‍गै राखोस् । 5 सातौँ दिनमा पुजारीले त्यो रोग खराब भएको छ वा छैन र छालामा फैलिएको छ वा छैन भनेर जाँच्‍ने छ । यदि फैलिएको छैन भने पुजारीले त्यसलाई अझै सात दिनसम्‍म अलग्‍गै राखोस् । 6 पुजारीले फेरि सातौँ दिनमा त्यो रोगमा केही सुधार भएको छ वा छैन र छालामा पर-परसम्‍म फैलिएको छ वा छैन भनेर त्यसको जाँच गर्ने छ । यदि फैलिएको छैन भने पुजारीले त्यसलाई शुद्ध घोषणा गर्ने छ । त्यो एउटा डाबर मात्र हो । त्यसले आफ्ना लुगाहरू धोओस्, अनि त्यो शुद्ध हुने छ । 7 तर त्यसले आफैलाई पुजारीकहाँ देखाइसकेपछि यदि त्यो डाबर छालामा फैलियो भने, त्यसले फेरि आफूलाई पुजारीकहाँ देखाओस् । 8 त्यो डाबर छालामा अझै परसम्‍म फैलिएको छ वा छैन भनेर पुजारीले जाँच गर्ने छ । यदि त्यो फैलिएको छ भने, पुजारीले त्यसलाई अशुद्ध घोषणा गर्ने छ । त्यो सरुवा रोग हो । 9 यदि कसैलाई सरुवा रोग लागेको छ भने, त्यसलाई पुजारीकहाँ लगिनुपर्छ । 10 पुजारीले छालामा कुनै भाग सेतो भएर फुलेको छ वा छैन, रौँ सेतो भएको छ वा छैन, वा फुलेको ठाउँमा कुनै आलो मासु पलाएको छ वा छैन भनेर त्यसको जाँच गर्ने छ । 11 यदि छ भने, त्यो धेरै पुरानो छालाको रोग हो, र पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो पहिले नै अशुद्ध भएको कारणले पुजारीले त्यसलाई अलग्‍गै राख्‍ने छैन । 12 यदि पुजारीले हेर्दा त्यसको रोग छालाभरि फैलिएर त्यसको शिरदेखि पाउसम्‍मै पुगेको रहेछ भने, 13 त्यो रोगले त्यसका सबै शरीर ढाकेको छ वा छैन भनेर उसले त्यसलाई जाँचोस् । यदि छ भने, त्यो रोग भएको मानिसलाई पुजारीले शुद्ध घोषणा गरोस् । यदि त्यो पुरै सेतो भएको छ भने, त्यो शुद्ध हुने छ । 14 तर यदि त्यसमा आलो मासु देखा पर्‍यो भने, त्यो अशुद्ध हुने छ । 15 पुजारीले त्यो आलो मासुलाई हेरेर त्यस मानिसलाई अशुद्ध घोषणा गरोस् किनभने आलो मासु अशुद्ध हो । त्यो एउटा सरुवा रोग हो । 16 तर आलो मासु फेरि सेतो भयो भने, त्यो मानिस पुजारीकहाँ जाओस् । 17 छाला सेतो भएको छ वा छैन भनेर पुजारीले त्यसको जाँच गर्ने छ । यदि छ भने पुजारीले त्यस मानिसलाई शुद्ध भनी घोषणा गर्ने छ । 18 यदि कसैको छालामा कुनै फोका आयो र त्यो निको भयो, 19 र त्यस फोकाको ठाउँमा सुनिएर त्यो सेतो भयो वा त्यहाँ रातो-सेतो उज्‍ज्‍वल दाग आयो भने, त्यो पुजारीलाई देखाइनुपर्छ । 20 त्यो छालामा गहिरो छ वा छैन र त्यसको रौँ सेतो भएको छ वा छैन भनेर पुजारीले त्यसको जाँच गर्ने छ । यदि त्यस्तो भएको छ भने पुजारीले त्यस मानिसलाई अशुद्ध घोषणा गरोस् । फोका भएको ठाउँमा नै त्यो आएको हो भने त्यो एउटा सरुवा रोग हो । 21 तर पुजारीले जाँच गर्दा त्यसमा कुनै सेतो रौँ छैन भने, र त्यो छालामा गहिरो छैन तर बिलाउँदै गएको छ भने, पुजारीले त्यस मानिसलाई सात दिनसम्‍म अलग्‍गै राखोस् । 22 यदि त्यो छालामा पर-पर फैलियो भने, पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो एउटा सरुवा रोग हो । 23 तर यदि त्यो सेतो दाग आफ्‍नै ठाउँमा रह्‍यो र त्यो फैलिएन भने, त्यो त्यस फोकाको दाग मात्र हो, र पुजारीले त्यस मानिसलाई शुद्ध घोषणा गरोस् । 24 यदि छालामा पोलेर घाउ भयो र त्यसको आलो मासुमा रातो-सेतो वा सेतो दाग भयो भने, 25 पुजारीले त्यस दागमा पलाएको रौँ सेतो भएको छ वा छैन, र त्यो छालामा गहिरो भएको छ वा छैन भनेर जाँच गर्ने छ । यदि त्यो पोलेको घाउ फुटेको छ भने, पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो एउटा सरुवा रोग हो । 26 तर पुजारीले त्यो जाँच गर्दा त्यस दाग भएको ठाउँमा कुनै सेतो रौँ नभएको, र त्यो छालामा नफैलिएको तर बिलाउँदै गएको पायो भने, पुजारीले त्यसलाई सात दिनसम्‍म अलग्‍गै राखोस् । 27 सातौँ दिनमा पुजारीले त्यसको जाँच गरोस् । यदि त्यो छालामा पर-परसम्‍म फैलिएको छ भने पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो एउटा सरुवा रोग हो । 28 तर यदि त्यो दाग आफ्‍नै ठाउँमा रह्‍यो र छालामा त्यो फैलिएको छैन र बिलाउँदै गएको छ भने, त्यो पोलेको घाउ फुलेको मात्र हो, र पुजारीले त्यसलाई शुद्ध घोषणा गरोस्, किनभने त्यो पोलेको घाउको दाग मात्र हो । 29 यदि कुनै पुरुष वा स्‍त्रीको टाउको वा चिउँडोमा सरुवा रोग लागेको छ भने, 30 पुजारीले त्यो रोग छालामा गहिरो भएको छ वा छैन, र त्यसमा कुनै पहेँलो, मसिनो रौँ छ वा छैन भनेर त्यस रोगको जाँच गर्ने छ । यदि त्यहाँ छ भने, पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो टाउको वा चिउँडोको चिलाउने सरुवा रोग हो । 31 पुजारीले त्यो चिलाउने रोगको जाँच गर्दा त्यो छालामा गहिरो नभएको, र त्यसमा कालो रौँ नपलाएको देख्‍यो भने, पुजारीले त्यो चिलाउने रोग लागेको मानिसलाई सात दिनसम्‍म अलग्‍गै राख्‍ने छ । 32 सातौँ दिनमा पुजारीले त्यो रोग फैलिएको छ वा छैन भनेर जाँच गर्ने छ । यदि त्यहाँ पहेँलो रौँ छैन, र त्यो रोग छालाभन्‍दा गहिरो छैन भने, 33 त्यो रोग लागेको ठाउँलाई छोडेर त्यसको रौँ खौरियोस्, र त्यो चिलाउने रोग लागेको मानिसलाई पुजारीले अर्को सात दिनसम्‍म अलग्‍गै राखोस् । 34 सातौँ दिनमा पुजारीले त्यो रोग छालामा फैलिन रोकिएको छ वा छैन भनेर जाँच गर्ने छ । यदि त्यो छालाभन्दा गहिरो भएको छैन भने पुजारीले त्यसलाई शुद्ध घोषणा गरोस् । त्यो मानिसले आफ्ना लुगाहरू धुने छ, अनि त्यो शुद्ध हुने छ । 35 तर पुजारीले त्यसलाई शुद्ध घोषणा गरिसकेपछि त्यो चिलाउने रोग छालामा पर-परसम्‍म फैलियो भने, 36 पुजारीले फेरि त्यसको जाँच गर्नुपर्छ । यदि त्यो रोग छालामा फैलिएको छ भने, पुजारीले पहेँलो रौँ छ वा छैन भनेर हेर्नुपर्दैन । त्यो मानिस अशुद्ध हुन्छ । 37 तर यदि त्यो चिलाउने रोग फैलिन रोकिएको र त्यस ठाउँमा कालो रौँ पलाएको पुजारीले देख्‍यो भने, त्यो रोग निको भएको हो । त्यो मानिस शुद्ध हुन्छ, र पुजारीले त्यसलाई शुद्ध घोषणा गरोस् । 38 यदि कुनै पुरुष वा स्‍त्रीको शरीरमा सेता दागहरू छन् भने, 39 पुजारीले ती दागहरू फिक्‍का सेता छन् वा छैनन् भनेर त्यस मानिसको जाँच गरोस्, जुन छालामा निस्‍केका डाबर मात्र हुन् । त्यो मानिस शुद्ध छ । 40 यदि कुनै मानिसको केश झरेको छ, र त्यो तालु खुइले भएको छ भने पनि त्यो शुद्ध रहने छ । 41 यदि त्यसको शिरको अगिल्‍लो भागको केश झरेको छ, र यदि त्यसको निधार खुइलेको छ भने, त्यो शुद्ध रहने छ । 42 तर यदि त्यसको खुइलेको शिर वा निधारमा रातो-सेतो खटिरा आएको छ भने, त्यो फुटेर निस्‍केको सरुवा रोग हो । 43 त्यसपछि पुजारीले त्यस मानिसको खुइलेको शिर वा निधारको सुनिएर फुलेको ठाउँलाई छालाको सरुवा रोगझैँ छ कि छैन भनेर जाँच गर्ने छ । 44 यदि त्यो त्यस्तै छ भने, त्यसलाई सरुवा रोग लागेको छ, र त्यो अशुद्ध हुने छ । त्यसको शिरमा रोग भएको कारण पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । 45 सरुवा रोग लागेको मानिसले झुत्रो लुगा लगाओस्, त्यसले आफ्ना कपाल खुला छोडोस्, र आफ्नो अनुहारलाई नाकसम्‍म ढाकेर त्यसले सोर निकालेर ‘अशुद्ध, अशुद्ध’ भनोस् । 46 त्यसमा त्यो सरुवा रोग भइन्जेलसम्‍म त्यो अशुद्ध रहने छ । फैलिन सक्‍ने रोगद्वारा त्यो अशुद्ध भएको कारण, त्यो एक्‍लै बस्‍नुपर्छ । त्यो छाउनीभन्दा बाहिर बस्‍नुपर्छ ।
  • लैव्य 14:1-9 : 1 ¶ परमप्रभु मोशासँग यसरी बोल्‍नुभयो, 2 “रोग लागेको मानिसको शुद्धिकरणको दिनको निम्ति विधि यी नै हुन् । त्यसलाई पुजारीकहाँ लगिनुपर्छ । 3 छालाको सरुवा रोग निको भएको छ वा छैन भनेर हेरेर त्यस मानिसलाई जाँच्‍नको निम्ति पुजारी छाउनीभन्दा बाहिर जाने छ । 4 त्यसपछि कोही शुद्ध हुनको निम्ति दुई जीवित, शुद्ध चराहरू, देवदारुको काठ, सिन्दुरे रङ्गको धागो, र हिसप ल्याउनू भनी पुजारीले आज्ञा गर्ने छ । 5 पुजारीले माटोको भाँडामा भएको ताजा पानीमाथि दुई चराहरूमध्ये एउटालाई मार्नू भनी आज्ञा गर्ने छ । 6 पुजारीले त्यसपछि जीवित चरा र देवदारुको काठ, र सिन्दुरे रङ्गको धागो र हिसप लिने छ, र यी सबैलाई ताजा पानीमाथि मारिएको चराको रगतमा चोप्‍ने छ । 7 त्यसपछि पुजारीले यस पानीलाई रोगबाट शुद्धिकरण गरिनुपर्ने मानिसमाथि सात पटक छर्कने छ, र त्यसलाई शुद्ध घोषणा गर्ने छ । त्यसपछि पुजारीले जीवित चरालाई भने खुला ठाउँमा छोडिदिने छ । 8 शुद्धिकरण भइरहेको मानिसले आफ्‍ना लुगाहरू धुने छ, आफ्‍नो सबै कपाल खौरने छ, र पानीले नुहाउने छ, र त्यो शुद्ध हुने छ । त्यसपछि त्यो छाउनीभित्र आओस्, तर त्यो सात दिनसम्‍म आफ्नो पालभन्दा बाहिरै बसोस् । 9 सातौँ दिनमा त्यसले आफ्नो शिरको कपाल, र आफ्‍नो दाह्री र आँखीभुइँ खौरोस् । त्यसले आफ्‍नो सबै कपाल खौरोस्, र आफ्‍ना लुगाहरू धोओस् र पानीले नुहाओस्, अनि त्यो शुद्ध हुने छ । 10 आठौँ दिनमा त्यसले दुईवटा निष्‍खोट भेडाका पाठा, एउटा निष्‍खोट एक वर्षे भेडाको पाठी, र अन्‍नबलिको निम्ति तेलसँग मुछिएको डेढ पाथी मसिनो पिठो, र आधा माना तेल ल्याओस् । 11 शुद्ध गर्ने पुजारीले शुद्ध गरिनुपर्ने मानिसलाई ती सर-सामानहरूसँगै परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा खडा गराओस् । 12 पुजारीले दुईवटा भेडाका पाठामध्ये एउटा लिने छ र आधा माना तेलसँगै दोषबलि अर्पण गर्ने छ, र परमप्रभुको अगि डोलाइने बलिको रूपमा उसले त्यो डोलाउने छ । 13 उसले त्यो भेडाको पाठोलाई पवित्रस्थानमा पापबलिहरू र होमबलिहरू मारिने ठाउँमा मारोस्, किनभने पापबलि र दोषबलि पुजारीको भागको हो, कारण त्यो अति पवित्र हो । 14 पुजारीले दोषबलिको केही रगत लिने छ र शुद्ध गरिनुपर्ने मानिसको दाहिने कानको टुप्‍पोमा, दाहिने हातको बुढी औँलामा, र दाहिने खुट्‍टाको बुढी औँलामा लगाउने छ । 15 पुजारीले मानाबाट तेल लिएर आफ्नै देब्रे हातको हत्‍केलामा खन्‍याउने छ र 16 र आफ्नो देब्रे हातमा भएको तेलमा आफ्नो दाहिने औँला चोपेर परमप्रभुको अगि केही तेल सात पल्‍ट छर्कने छ । 17 पुजारीले आफ्नो हातमा बाँकी रहेको तेललाई शुद्ध गरिनुपर्ने मानिसको दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला, र दाहिने खुट्‍टाको बुढी औँलामा लगाउने छ । 18 अनि पुजारीले आफ्नो हातमा बाँकी रहेको तेलचाहिँ शुद्ध गरिनुपर्ने मानिसको शिरमा खन्याउने छ, र पुजारीले परमप्रभुको अगि त्यो मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ । 19 अनि पुजारीले पापबलिलाई अर्पण गर्ने छ र आफ्नो अशुद्धताको कारण शुद्ध गरिनुपर्ने मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ, र पछि उसले होमबलिलाई मार्ने छ । 20 त्यसपछि पुजारीले होमबलि र अन्‍नबलिलाई वेदीमा अर्पण गर्ने छ । पुजारीले त्यस मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ, अनि त्यो शुद्ध हुने छ । 21 तर यदि त्यो मानिस गरिब छ, र यी बलिदानहरू ल्याउने त्यसको औकात छैन भने, त्यसले एउटा भेडाको पाठोलाई डोलाइनको निम्ति दोषबलिको रूपमा आफ्नै निम्ति प्रायश्‍चित्त गर्नलाई ल्याओस्, र अन्‍नबलिको निम्ति तेलमा मुछिएको आधा पाथी मसिनो पिठो, र आधा माना तेल, 22 र आफूले ल्याउन सक्‍ने जति दुईवटा ढुकुर वा परेवाका दुई बचेरा ल्याओस् । एउटा चराचाहिँ पापबलि हुने छ र अर्कोचाहिँ होमबलि हुने छ । 23 आठौँ दिनमा त्यसले यी सबै आफ्नो शुद्धिकरणको निम्ति पुजारीकहाँ परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा ल्याओस् । 24 पुजारीले बलिदानको निम्ति भेडाको बच्‍चा लिने छ, र त्यससँगै उसले आधा माना जैतूनको तेल लिने छ, र उसले ती माथि उठाएर परमप्रभुको अगि अर्पण गर्ने छ । 25 उसले दोषबलिको निम्ति भेडाको बच्‍चालाई मार्ने छ, र दोषबलिको केही रगत लिएर शुद्ध गरिनुपर्ने मानिसको दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला, र दाहिने खुट्‍टाको बुढी औँलामा लगाउने छ । 26 त्यसपछि पुजारीले केही तेल आफ्नो देब्रे हातको हत्‍केलामा खन्‍याउने छ, 27 र उसले आफ्नो दाहिने हातको औँलाले आफ्नो देब्रे हातमा भएको तेलबाट केही परमप्रभुको अगि सात पटकसम्‍म छर्कने छ । 28 त्यसपछि पुजारीले आफ्नो हातमा भएको तेलबाट केही लिएर दोषबलिको रगत जहाँ-जहाँ लगाएको थियो अर्थात् शुद्ध गरिनुपर्ने मानिसको दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला, र दाहिने खुट्‍टाको बुढी औँलामा लगाउने छ । 29 परमप्रभुको अगि शुद्ध गरिनुपर्ने मानिसको निम्ति प्रायश्‍चित्त गर्नलाई उसले आफ्नो हातमा भएको बाँकी तेल त्यस मानिसको शिरमा लगाइदिने छ । 30 उसले ढुकुरहरूमध्ये वा परेवाका बचेराहरूमध्ये एउटालाई आफ्नो क्षमताअनुसार अर्पण गरोस्- 31 अन्‍नबलिसँगै उसले एउटाचाहिँ पापबलि र अर्को होमबलिको निम्ति अर्पण गरोस् । 32 छालामा सरुवा रोग भएको मानिस जसले आफ्नो शुद्धिकरणको निम्ति आवश्‍यक बलि ल्याउन सक्‍दैन, त्यसको निम्ति विधि यी नै हुन् ।”
  • २ राजा 5:14 : 14 तब तिनी तल गए र परमेश्‍वरका मानिसको सल्‍लाह मानेर यर्दमा आफैलाई सात पल्ट डुबुल्की लगाए । तिनको देह बच्‍चाको झैँ पहिलेजस्तै भयो र तिनी निको भए ।
  • यशा 65:24 : 24 तिनीहरूले पुकार्नअगि म जवाफ दिनेछु । अनि तिनीहरू बोल्दै गर्दा नै मैले सुन्‍नेछु ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लू 17:15-19
    5 पदहरू
    84%

    15जब तीमध्ये एक जनाले आफू निको भएको महसुस गर्‍यो, ऊ चर्को स्वरले परमेश्‍वरको महिमा गर्दै फर्कियो ।”

    16उसले येशूको चरणमा पर्दै, उहाँलाई धन्यवाद चढायो । ऊ एउटा सामरी थियो ।

    17येशूले उत्तर दिँदै भन्‍नुभयो, “के त्यहाँ दस जना निको भएका होइनन्? अरू नौ जना कहाँ गए?

    18के यो परदेशीबाहेक निको भएकाहरू फर्केर परमेश्‍वरलाई महिमा दिनुपर्ने होइन र?

    19उहाँले त्यसलाई भन्‍नुभयो, “उठ र आफ्नो बाटो जाऊ, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ ।”

  • लू 17:11-13
    3 पदहरू
    83%

    11यो भन्दै गर्दा तिनीहरू यरूशलेमको यात्रा गर्दै थिए । त्यस बेला उहाँ सामरिया र गालील हुँदै यात्रा गर्नुभयो ।

    12एउटा गाउँमा पुगेपछि, उहाँले दस जना कुष्‍ठरोग लागेका मानिसलाई भेट्नुभयो । तिनीहरू उहाँभन्दा टाढा उभिए ।

    13र तिनीहरूले चर्को स्वरले भने, “येशू गुरुज्यू, हामीमाथि दया गर्नुहोस् ।”

  • लू 5:12-15
    4 पदहरू
    82%

    12जब उहाँ सहरहरूमध्ये एउटा सहरमा जाँदै गर्नुहुँदा उहाँले कुष्‍ठरोगीलाई देख्‍नुभयो । जब कुष्‍ठरोगीले येशूलाई देख्यो, उसले घोप्‍टो परेर दण्डवत् गर्‍यो र भन्यो, “हे प्रभु, तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्‍नुहुन्छ ।”

    13येशूले हात पसारेर छुनुभयो र भन्‍नुभयो, “म चाहन्छु कि तिमी शुद्ध होऊ ।” अनि तत्कालै कुष्‍ठरोगले उसलाई छोड्यो ।

    14उहाँले यो कुरा कसैलाई नभन्‍नू भनी आज्ञा गर्नुभयो र भन्‍नुभयो, “आफ्नो बाटो लाग र मोशाको व्यवस्थाबमोजिम आफैँलाई पुजारीकहाँ देखाऊ । तिम्रो शुद्धताको लागि बलि चढाऊ र तिनीहरूलाई तिमी कसरी निको भयौ भनी गवाही देऊ ।”

    15तर यो कुरा चारैतिर फैलियो र भिडहरू त्यो कसरी निको भयो भनी सिकाएको सुन्‍न र आ-आफ्नो रोगबाट निको हुन आए ।

  • मर 1:40-45
    6 पदहरू
    81%

    40एक जना कुष्‍ठरोगी उहाँकहाँ आयो । त्यसले उहाँलाई बिन्ती गरिरहेको थियो; त्यसले घुँडा टेक्‍यो र उहाँलाई भन्यो, “यदि तपाईंले चाहनुभयो भने, तपाईंले मलाई शुद्ध गर्न सक्‍नुहुन्छ ।”

    41येशू दयाले भरिनुभयो र आफ्नो हात फैलाएर त्यसलाई छुनुभयो, अनि भन्‍नुभयो, “म चाहन्छु । तिमी शुद्ध होइजाऊ ।”

    42तुरुन्तै कुष्‍ठ रोगले त्यसलाई छोड्‍यो र त्यो शुद्ध भयो ।

    43येशूले त्यसलाई कडाइका साथ चेतावनी दिनुभयो र त्यसलाई पठाउनुभयो ।

    44उहाँले त्यसलाई भन्‍नुभयो, “कसैलाई केही नभन, तर जाऊ र पुजारीकहाँ आफैँलाई देखाऊ र मोशाले आज्ञा गरेबमोजिम तिनीहरूलाई गवाहीको रूपमा तिम्रो शुद्धिकरणको निम्ति बलि चढाऊ ।”

    45तर त्यो व्‍यक्‍ति गयो र सबैलाई भन्‍न थाल्यो अनि कुरा यति धेरै फैलियो, कि येशू कुनै पनि सहरमा खुलमखुला जान सक्‍नुभएन । यसकारण, उहाँ एकान्त ठाउँहरूमा बस्‍नुभयो, र मानिसहरू उहाँकहाँ आए ।

  • मत्त 8:2-4
    3 पदहरू
    79%

    2हेर, एक जना कुष्‍ठरोगी उहाँको नजिक आयो र उहाँको अगि घोप्‍टो पर्‍यो, र भन्यो, “हे प्रभु, तपाईंले इच्‍छा गर्नुभयो भने, मलाई शुद्ध पार्न सक्‍नुहुन्‍छ ।”

    3येशूले आफ्नो हात पसार्नुभयो र उसलाई छुनुभयो, र भन्‍नुभयो, “म चाहन्‍छु । तिमी शुद्ध होऊ ।” तब तुरून्‍तै आफ्नो कुष्‍ठरोगबाट ऊ शुद्ध भयो ।

    4येशूले उसलाई भन्‍नुभयो, “हेर, कुनै पनि मानिसलाई केही नभन्‍नू । आफ्नो बाटो लाग; आफैँलाई पुजारीकहाँ प्रकट गराऊ र तिनीहरूको अगि गवाही होस् भनेर मोशाले आज्ञा गरेअनुसार भेटी चढाऊ ।”

  • लैव्य 14:2-3
    2 पदहरू
    78%

    2“रोग लागेको मानिसको शुद्धिकरणको दिनको निम्ति विधि यी नै हुन् । त्यसलाई पुजारीकहाँ लगिनुपर्छ ।

    3छालाको सरुवा रोग निको भएको छ वा छैन भनेर हेरेर त्यस मानिसलाई जाँच्‍नको निम्ति पुजारी छाउनीभन्दा बाहिर जाने छ ।

  • लैव्य 13:7-9
    3 पदहरू
    77%

    7तर त्यसले आफैलाई पुजारीकहाँ देखाइसकेपछि यदि त्यो डाबर छालामा फैलियो भने, त्यसले फेरि आफूलाई पुजारीकहाँ देखाओस् ।

    8त्यो डाबर छालामा अझै परसम्‍म फैलिएको छ वा छैन भनेर पुजारीले जाँच गर्ने छ । यदि त्यो फैलिएको छ भने, पुजारीले त्यसलाई अशुद्ध घोषणा गर्ने छ । त्यो सरुवा रोग हो ।

    9यदि कसैलाई सरुवा रोग लागेको छ भने, त्यसलाई पुजारीकहाँ लगिनुपर्छ ।

  • लैव्य 14:7-8
    2 पदहरू
    75%

    7त्यसपछि पुजारीले यस पानीलाई रोगबाट शुद्धिकरण गरिनुपर्ने मानिसमाथि सात पटक छर्कने छ, र त्यसलाई शुद्ध घोषणा गर्ने छ । त्यसपछि पुजारीले जीवित चरालाई भने खुला ठाउँमा छोडिदिने छ ।

    8शुद्धिकरण भइरहेको मानिसले आफ्‍ना लुगाहरू धुने छ, आफ्‍नो सबै कपाल खौरने छ, र पानीले नुहाउने छ, र त्यो शुद्ध हुने छ । त्यसपछि त्यो छाउनीभित्र आओस्, तर त्यो सात दिनसम्‍म आफ्नो पालभन्दा बाहिरै बसोस् ।

  • 57ती कुन बेला अशुद्ध छन् र कुन बेला शुद्ध छन् भनेर निर्धारण गर्नका निम्ति विधि यी नै हुन् । छालाका सरुवा रोगहरू र ढुसीको निम्ति विधि यी नै हुन् ।”

  • 17छाला सेतो भएको छ वा छैन भनेर पुजारीले त्यसको जाँच गर्ने छ । यदि छ भने पुजारीले त्यस मानिसलाई शुद्ध भनी घोषणा गर्ने छ ।

  • 43तुरुन्तै उसले देख्‍न सक्यो र परमेश्‍वरको महिमा गर्दै उहाँलाई पछ्यायो । यो देखेर सबै मानिसहरूले परमेश्‍वरको प्रशंसा गरे ।

  • लू 7:21-22
    2 पदहरू
    73%

    21त्यस घडीमा उहाँले धेरै मानिसहरूलाई तिनीहरूका रोग, दुःखकष्‍ट र दुष्‍टात्माबाट निको पार्नुभयो र उहाँले धेरै दृष्‍टिविहीन मानिसहरूलाई देख्‍न सक्‍ने क्षमता दिनुभयो ।

    22येशूले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो, “तिमीहरू आफ्नो बाटो लागिसकेपछि तिमीहरूले जे सुनेका र देखेका छौ, सो यूहन्‍नालाई बताइदेओ । दृष्‍टिविहीनहरूले दृष्‍टि पाइराखेका छन्, लङ्गडाहरू हिँडिराखेका छन्, कुष्‍ठरोगीहरू शुद्ध भइराखेका छन्, कान नसुन्‍नेहरूले सुनिराखेका छन्, मृतकहरू जीवित भइराखेका छन् र आवश्यकतामा परेका मानिसहरूलाई सुसमाचार सुनाइएको छ ।

  • 4तर तिनीहरू मौन रहे । त्यसैले, येशूले त्यसलाई समातेर निको पार्नुभयो र उसलाई पठाइदिनुभयो ।

  • 11शुद्ध गर्ने पुजारीले शुद्ध गरिनुपर्ने मानिसलाई ती सर-सामानहरूसँगै परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा खडा गराओस् ।

  • 35जब त्यस ठाउँका मानिसहरूले येशूलाई चिने, तिनीहरूले वरपरका सबै क्षेत्रमा त्यो समाचार फैलाए र तिनीहरूले बिरामी भएकाहरू सबैलाई उहाँकहाँ ल्याए ।

  • 14त्यसपछि येशू तिनीहरूको अगाडि आउनुभयो र उहाँले ठुलो भिड देख्‍नुभयो । उहाँ तिनीहरूप्रति दयाले भरिनुभयो र तिनीहरूका बिचमा भएका बिमारीहरूलाई निको पार्नुभयो ।

  • 13त्यस्तो रोग लागेको मानिस रोगबाट शुद्ध भएपछि आफ्नो शुद्धताको निम्ति त्यसले सात दिन गनोस्; त्यसपछि त्यसले आफ्ना लुगा धोओस् र आफ्नो शरीर बगिरहेको पानीले नुहाओस् । त्यसपछि त्यो शुद्ध हुने छ ।

  • 31गुँगा मानिसहरू बोलेका, लुलाहरू निको पारिएका, लङ्गडाहरू हिँडेका, र दृष्‍टिविहीनहरूले देखेका जब भिडले देख्यो तब तिनीहरू अचम्मित भए । तिनीहरूले इस्राएलको परमेश्‍वरलाई धन्यवाद दिए ।

  • 27सातौँ दिनमा पुजारीले त्यसको जाँच गरोस् । यदि त्यो छालामा पर-परसम्‍म फैलिएको छ भने पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो एउटा सरुवा रोग हो ।

  • 8जब भिडले यो देख्यो, तिनीहरू छक्‍क परेर मानिसहरूलाई यस्तो अधिकार दिनुभएको परमेश्‍वरको प्रशंसा गरे ।

  • 52येशूले त्यसलाई भन्‍नुभयो, “जाऊ! तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ ।” त्यो तुरुन्तै फेरि देख्‍न सक्यो र त्यो उहाँको पछिपछि गयो ।

  • 4येशूले उत्तर दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले जे देखेका र सुनेका छौ, गएर यूहन्‍नालाई बताइदेओ ।

  • 13त्यो रोगले त्यसका सबै शरीर ढाकेको छ वा छैन भनेर उसले त्यसलाई जाँचोस् । यदि छ भने, त्यो रोग भएको मानिसलाई पुजारीले शुद्ध घोषणा गरोस् । यदि त्यो पुरै सेतो भएको छ भने, त्यो शुद्ध हुने छ ।

  • 11तर भिडले यो सुन्यो र उहाँलाई पछ्यायो र उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो, र परमेश्‍वरको राज्यको बारेमा तिनीहरूलाई बताउनुभयो र जसलाई निको हुन आवश्यक थियो, तिनीहरूलाई निको पार्नुभयो ।

  • 15त्यो मानिस गयो र त्यसलाई स्वस्थ बनाउने येशू हुनुहुँदोरहेछ भनी त्यसले यहूदीहरूलाई बतायो ।

  • 15जब तिनीहरूले उहाँलाई देखे, सबै भिड छक्‍क परे र सबै उहाँलाई अभिवादन गर्न दौडेर गए ।

  • 11यदि छ भने, त्यो धेरै पुरानो छालाको रोग हो, र पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो पहिले नै अशुद्ध भएको कारणले पुजारीले त्यसलाई अलग्‍गै राख्‍ने छैन ।

  • 18तिनीहरू उहाँका वचन सुन्‍न र आ-आफ्ना रोगहरूबाट निको हुनलाई आएका थिए । अशुद्ध आत्माले सताइएका मानिसहरू पनि निको भए ।

  • 10तब ती पठाइएका मानिसहरू घरमा फर्केर आए र दासलाई स्वस्थ अवस्थामा भेट्टाए ।