लूका 17:34

अनलक शाब्दिक बाइबल

म तिमीलाई भन्‍नेछु, रातको समयमा दुई जना एकै ठाउँमा सुत्‍नेछन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 24:40-41 : 40 तब खेतमा दुई जना हुनेछन्– एक जना लगिनेछ, र अर्को यहीँ छोडिनेछ । 41 दुई जना स्‍त्री जाँतो पिँधिरहेका हुनेछन्– एउटी लगिनेछ र अर्की त्यहीँ छोडिनेछ ।
  • यहे 9:4-6 : 4 परमप्रभुले तिनलाई भन्‍नुभयो, “सहरको बिचबाट— यरूशलेमको बिचबाट भएर जा र सहरमा गरिएका सबै घिनलाग्‍दा कामहरू देखेर शोक र विलाप गर्ने सबै मानिसहरूका निदारहरूमा एउटा चिन्‍ह लगा ।” 5 मैले सुनिरहँदा उहाँले अरूलाई भन्‍नुभयो, “उसको पछिपछि सहरभरि जाओ र मार । तिमीहरूका आँखामा दया आउन नदेओ, र नछोड, 6 वृद्ध मानिस, जवान मानिस, कन्‍या, साना बालकहरू र स्‍त्रीहरू । ती सबैलाई मार! तर निधारमा त्‍यो चिन्‍ह भएको कसैलाई पनि नछोओ । मेरो पवित्रस्‍थानदेखि नै सुरु गर ।” यसैले मन्‍दिरको सामु भएका धर्म-गुरुहरूदेखि नै तिनीहरूले सुरु गरे ।
  • मल 3:16-18 : 16 अनि परमप्रभुको भय मान्‍नेहरू एक-आपसमा बोले । परमप्रभुले ध्यान दिनुभयो र सुन्‍नुभयो, र परमप्रभुको भय मान्‍ने र उहाँको नाउँलाई आदर गर्नेहरूका विषयमा उहाँकै सामु सम्झनाको पुस्तक लेखियो । 17 “मैले काम गर्ने दिनमा, तिनीहरू मेरा हुनेछन्, मेरो आफ्नै धन-सम्पत्ति हुनेछन्,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । बुबाको सेवा गर्ने छोरोमाथि त्यो बुबाले दया देखाएझैँ, म तिनीहरूमाथि दया देखाउनेछु । 18 अनि फेरि एकपटक तिमीहरूले धर्मी र दुष्‍ट बिच भिन्‍नता गर्नेछौ, तिनीहरूबिच जसले परमेश्‍वरको आराधना गर्छन् र जसले उहाँको आराधना गर्दैनन् ।
  • मत्त 24:25 : 25 हेर, मैले यी अगाडि नै तिमीहरूलाई बताएको छु ।
  • भजन 26:9 : 9 मलाई पापीहरूसँगै वा मेरो जीवनलाई रक्‍तपिपासु मानिसहरूसँगै नबढार्नुहोस्,
  • भजन 28:3 : 3 अधर्म गर्ने दुष्‍टहरूसँगै मलाई टाढा नलानुहोस्, जसले आफ्‍ना छिमेकीहरूसँग शान्तिका कुरा गर्छन् तर आफ्‍ना हृदयहरूमा खराबी हुन्छ ।
  • यशा 42:9 : 9 हेर, पहिलेका कुरा बितेर गए, अब म नयाँ घटनाहरूका घोषणा गर्न लागेको छु । ती सुरु हुनअगि नै तिनका बारेमा म तिमीलाई भन्‍नेछु ।”
  • यिर्मि 45:5 : 5 तर के तँचाहिं आफ्नै निम्ति ठुला-ठुला कुराहरूको आशा गर्छस्? त्यसको आशा नगर् । किनकि हेर्, सारा मानव-जातिमाथि विपत्ति आउँदैछ, यो परमप्रभुको घोषणा हो— तर तँ जहाँ जानेछस्, त्यहाँ म तेरो जीवन तेरो लुटको रूपमा तँलाई नै दिनेछु' ।”
  • मर 13:23 : 23 सचेत रहो! मैले तिमीहरूलाई समय आउनुअगि नै यी सबै कुरा बताइदिएको छु ।
  • मर 14:29 : 29 पत्रुसले उहाँलाई भने, “सबै जना पछि हटे पनि म पछि हट्नेछैनँ ।”
  • लू 13:3 : 3 होइन, म तिमीहरूलाई भन्छु । तर यदि तिमीहरूले पनि पश्‍चात्ताप गरेनौ भने, तिमीहरू पनि यसरी नै नष्‍ट हुनेछौ ।
  • लू 13:5 : 5 म भन्छु, होइन । तर यदि तिमीहरूले पश्‍चात्ताप गरेनौ भने, तिमीहरू पनि यसरी नै नष्‍ट हुनेछौ ।
  • लू 13:24 : 24 “साँगुरो ढोका भएर पस्‍ने कोसिस गर, किनभने धेरैले प्रयास गर्नेछन्, तर पस्‍न सक्षम हुनेछैनन् ।
  • रोमी 11:4-7 : 4 तर परमेश्‍वरको जवाफले तिनलाई के भन्छ? “बाल देवतासामु आफ्ना घुँडा नटेकेका सात हजार मानिसलाई मेरो निम्ति साँचेर राखेको छु ।” 5 त्यसो भए, अनुग्रहको छनोटको कारण वर्तमान समयमा पनि बाँकी रहेकाहरू छन् । 6 तर यो अनुग्रहद्वारा हो भने यो कामद्वारा होइन । नत्रता अनुग्रह अनुग्रह नै हुने थिएन । (नोटः केही पुरानो प्रतिलिपिमा यस्तो छ, तर यदि यो कर्महरूद्वारा हो भने यो अनुग्रह हुँदै होइन; नत्र कर्म हुँदै हुँदैन ।) 7 त्यसो भए के त? इस्राएलले जे खोजिरहेको थियो, यसले पाएन, तर चुनिएकाहरूले त्यो पाए र बाँकी रहेकाहरूलाई चाहिँ कठोर बनाइयो ।
  • १ थेस 4:16-17 : 16 प्रभु आफै स्वर्गबाट ठुलो प्रशंसा, प्रधान स्वर्गदूतको आवाज र तुरहीको गर्जनसहित आउनुहुनेछ र ख्रीष्‍टमा मरेकाहरू पहिले बिउँतनेछन् । 17 तब हामी जो जीवित छौँ उठाई लगिएकाहरूसँग एकसाथ बादलमा प्रभुलाई भेट्नेछौँ र हामी सदासर्वदा प्रभुसँगै हुनेछौँ ।
  • २ पत्रु 2:9 : 9 त्यसैले, धर्मीहरूलाई परीक्षाबाट कसरी बचाउनुपर्छ र अधर्मीहरूलाई न्यायको दिनमा सजायको निम्ति कसरी तयारी राख्‍नुपर्छ भन्‍ने उहाँ जान्‍नुहुन्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लू 17:35-37
    3 पदहरू
    90%

    35तिनीहरूमध्ये एक जना लगिनेछ, र अर्को छोडिनेछ ।

    36(खेतमा दुई जना हुनेछन् तिनीहरूमध्ये एक जना लगिनेछ र अर्को छोडिनेछ । )

    37तिनीहरूले उहाँलाई सोधे, “कहाँ प्रभु?” र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू जम्मा हुनेछन् ।”

  • मत्त 24:39-44
    6 पदहरू
    86%

    39अनि प्रलय आएर तिनीहरू सबैलाई नलगुन्जेलसम्म तिनीहरूलाई केही पनि थाहा थिएन । मानिसका पुत्रको आगमन पनि त्यस्तै हुनेछ ।

    40तब खेतमा दुई जना हुनेछन्– एक जना लगिनेछ, र अर्को यहीँ छोडिनेछ ।

    41दुई जना स्‍त्री जाँतो पिँधिरहेका हुनेछन्– एउटी लगिनेछ र अर्की त्यहीँ छोडिनेछ ।

    42त्यसकारण, तिमीहरू जागा रहो, किनकि तिमीहरूका प्रभु कुन दिन आउनुहुनेछ भन्‍ने कुरा तिमीहरूलाई थाहा छैन ।

    43तर यो जान, कि रातको कुन समयमा चोर आउँदै छ भन्‍ने कुरा घरको धनीलाई थाहा भएको भए, ऊ जागा बस्‍ने थियो र चोरलाई उसको घर फोर्न दिने थिएन ।

    44त्यसकारण, तिमीहरू पनि तयार हुनुपर्छ, किनकि मानिसका पुत्र तिमीहरूले आशा नगरेको बेलामा आउनुहुनेछ ।

  • लू 17:30-33
    4 पदहरू
    76%

    30अब मानिसका पुत्रको समयमा पनि यस्तै कुराहरू हुनेछन् ।

    31त्यस दिनमा घरको माथिल्लो तल्‍लाबाट आफ्ना असल चिज लिनको लागि तल नआओ । र कोही खेतमा छ भने, नफर्क ।

    32लोतकी पत्‍नीलाई सम्झ ।

    33जसले आफ्नो प्राण बचाउन खोज्ला उसले त्यो गुमाउनेछ, तर जसले गुमाउला, उसको बचाइनेछ ।

  • मत्त 24:17-19
    3 पदहरू
    71%

    17जो घरको छानामाथि छ, ऊ घरबाट कुनै सामान लिन तल नझरोस् ।

    18र जो खेतमा छ, ऊ आफ्नो खास्टो लिन नफर्कोस् ।

    19तर ती दिनमा हाय तिनीहरूलाई जो गर्भवती छन् र जसले शिशुहरूलाई दूध चुसाउँछन्!

  • मर 13:33-37
    5 पदहरू
    70%

    33सचेत रहो! होसियार होओ, किनभने यो कुन समयमा हुन्छ भनी तिमीहरू जान्दैनौ । (टिपोटः केही प्राचीन प्रामाणिक लेखहरूले यसलाई यसरी उल्लेख गर्छन्‌: होसियार रहो, जागा रहो र प्रार्थना गर किनकि...)

    34यो यात्रामा गएका एक जना मानिसजस्तो होः उसले आफ्नो घर छोड्छ र उसका नोकरहरू हरेकलाई आ-आफ्‍नो कामसहित उसको घरको जिम्मा दिन्छ । अनि उसले पहरेदारलाई जागा रहन आज्ञा दिन्छ ।

    35त्यसकारण, जागा रहो! किनकि घरको मालिक साँझ वा मध्यरात वा भाले बास्दा वा बिहान कुन समयमा आउँछन् भनी तिमीहरू जान्दैनौ ।

    36यदि उनी अचानक आइपुगे भने, उनले तिनीहरूलाई सुतिरहेको नभेट्टाऊन् ।

    37जे म तिमीहरूलाई भन्छु, त्यो म सबैलाई भन्छु, जागा रहो!”

  • मर 13:15-17
    3 पदहरू
    69%

    15घरको छतमा हुनेहरू तल नओर्लून् वा उसले घरभित्रबाट केही पनि ननिकालोस्,

    16र खेतमा हुनेहरू आफ्नो खास्टो लिन नआऊन् ।

    17तर हाय, ती दिनमा बालक भएकाहरू र दूध खुवाउने आमाहरू!

  • लू 12:39-40
    2 पदहरू
    68%

    39तर पनि यो जानी राख, कि यदि घरको मालिकलाई चोर कुन बेला आउँछ भन्‍ने थाहा भएको भए उसले आफ्नो घर फोर्नबाट बचाउने थियो ।

    40जागा रहो, किनभने तिमीहरूलाई मानिसका पुत्र कुन घडीमा आउँछ भन्‍ने कुरा थाहा छैन ।”

  • 15परमेश्‍वरको वचनद्वारा हामी तिमीलाई यसो भन्छौँ कि हामी जो जीवित छौँ र प्रभुको आगमनसम्म बाँचिरहन्छौँ, हामीले कुनै हालतमा पनि मरिगएकाहरूलाई उछिन्‍नेछैनौँ ।

  • 29येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, जसले परमेश्‍वरको राज्यको खातिर घर, श्रीमती वा दाजुभाइ, आमाबुबा वा छोराछोरीलाई त्याग्दछन्,

  • 15“हेर, म एउटा चोरजस्तै गरेर आउनेछु; धन्य हो त्यो मानिस जो जागा रहन्छ, जसले आफ्ना वस्‍त्रहरू राख्तछ, ताकि ऊ नाङ्गै बाहिर जान नपरोस् र तिनीहरूले उसको लाजमर्दो अवस्था देख्‍न नपरोस् ।”

  • लू 12:35-37
    3 पदहरू
    67%

    35तिम्रो लामो पोसाक कम्मरको पेटीसम्म होस् र तिम्रा बत्तीहरू बलिरहून् ।

    36आफ्नो मालिक विवाहको भोजबाट फर्केर आउने प्रतीक्षामा रहेका मानिसहरूझैँ होओ । जब मालिक आउँछ र ढोका ढकढकाउँदछ, तिनीहरूले तुरुन्तै ढोका खोल्नेछन् ।

    37धन्य हुन् ती सेवकहरू, जो आफ्नो मालिक फर्केर आउँदा उसले जागा रहेको भेट्टाउनेछ । म तिमीहरूलाई साँचो भन्दछु, कि उसले आफ्नो लामो वस्‍त्रलाई पेटीले कसेर भित्री भागमा सुरक्षित राखी खानामा बसाल्दछ र आएर उनीहरूको सेवा गर्नेछ ।

  • 17तब हामी जो जीवित छौँ उठाई लगिएकाहरूसँग एकसाथ बादलमा प्रभुलाई भेट्नेछौँ र हामी सदासर्वदा प्रभुसँगै हुनेछौँ ।

  • 10जब तिनीहरू तेल किन्‍न बाहिर गए, दुलहा आइपुगे अनि जति जना तयार थिए तिनीहरू विवाहको भोजमा उनीसँगै गए, अनि ढोका बन्‍द गरियो ।

  • 20किनकि तन्केर सुत्‍नलाई ओछ्यान छोटो छ र आफूलाई ढाक्‍न कम्बल सानो छ ।”

  • 6तर मध्‍यरातमा एउटा आवाज आयो, ‘हेर, दुलहा! बाहिर जाऊ अनि उनलाई भेट ।’

  • 2किनकि तिमीहरू आफैले राम्ररी जान्दछौ कि प्रभुको आगमनको समय राती आउने चोरको जस्तै हुनेछ ।

  • 1¶ तब स्‍वर्गको राज्‍य ती दस कन्‍याजस्‍तै हुनेछ जसले आ-आफ्ना बत्तीहरू लिएर दुलहालाई भेट्‌न गए ।

  • लू 21:35-36
    2 पदहरू
    66%

    35यसरी नै सारा पृथ्वी भरि जिउने हरेकमाथि त्यो पासोझैँ आइपर्नेछ ।

    36तर हर समय सतर्क रहो, र हुन आउने सम्पूर्ण कुराहरूबाट उम्कनलाई बलियो हुन सक र मानिसका पुत्रका अगाडि खडा हुनलाई प्रार्थना गर्दै रहो ।”

  • 4तर भाइहरू हो, त्यो दिन तिमीहरूमाथि चोरझैँ आइपर्नलाई तिमीहरू अन्धकारमा छैनौ ।

  • 46त्यस सेवकले नचिताएको बेलामा मालिक फर्की आउनेछ, जुन घडी उसलाई थाहै हुनेछैन । आफ्नो मालिकले उसलाई भेटेर टुक्रा-टुक्रा गरी काट्नेछ र अविश्‍वासीहरूका लागि तयार पारेको ठाउँमा उसको नियुक्‍ति हुनेछ ।

  • 11दुई जना सँगसँगै सुते भने न्यानो हुन्छ, तर एक जना मात्र त कसरी न्यानो हुने?

  • 25एक पटक घरको मालिक उठेर ढोका थुनेपछि, तिमीहरू बाहिर उभिएर ढोका ढक्ढक्याउँदै यसो भन्‍नेछौ, ‘प्रभु, हामीलाई भित्र आउन दिनुहोस् ।’ अनि उहाँले जवाफ दिएर तिमीहरूलाई भन्‍नुहुनेछ, ‘म तिमीहरूलाई चिन्दिनँ अर्थात् तिमी कहाँबाट आएको?’

  • 45त्यसपछि येशू चेलाहरूकहाँ आउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू अझै पनि सुतिरहेका छौ र आराम गरिरहेका छौ? हेर, त्यो घडी आइसकेको छ, र मानिसका पुत्रलाई पापीहरूको हातमा धोकासाथ सुम्पिँदै छ ।

  • 24आकाशमा एउटा कुनामा बिजुली चम्कदा अर्को कुनामा देखिएजस्तै मानिसका पुत्रको आगमनको दिनमा त्यस्तै हुनेछ ।

  • 25तर जब मानिसहरू सुते, उसको शत्रु आयो, र गहुँ बारीमा सामा पनि छारिदिएर गयो ।

  • 29येशूले भन्‍नुभयो, “साँचो साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो र सुसमाचारको खातिर आफ्नो घर वा दाजुभाइहरू वा दिदी बहिनीहरू वा आमा वा बुबा वा छोरा-छोरीहरू वा जग्गा जमिन त्याग्छ,

  • 30तिम्रो मगनी भएकी केटीलाई अर्को पुरुषले लगेर बलत्कार गर्ने छ । तिमीहरूले घर बनाउने छौ, तर त्यसमा बस्‍न पाउने छैनौ ।

  • 51त्यसको मालिकले त्यसलाई दुई टुक्रा पारी काट्नेछ र त्यसको दशा ती पाखण्डीहरूको जस्तै हुनेछ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।