लूका 18:3

अनलक शाब्दिक बाइबल

त्यस सहरमा एक जना विधवा बस्थिन् र बारम्बार ती अधर्मी न्यायाधीशकहाँ आउँथिन् र भन्थिन्, ‘मलाई सहायता गर्नुहोस् र मेरो वादीको विरुद्ध मलाई न्याय दिलाउनुहोस् ।’

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 1:17 : 17 असल गर्न सिक । न्याय खोज, थिचोमिचोमा परेकाहरूलाई छुटाओ, अनाथलाई न्याय देओ र विधवाको रक्षा गर ।”
  • यशा 1:21-23 : 21 विश्‍वासयोग्‍य सहर कसरी वेश्या भएको छ! त्यो न्यायले पुर्ण थियो— त्यो धर्मिकताले भरिपुर्ण थियो, तर अहिले त्यो हत्याराहरूले भरिएको छ । 22 तिमीहरूका चाँदी अशुद्ध भएको छ, तिमीहरूका दाखमद्य पानी मिसाइएको छ । 23 तिमीहरूका शासकहरू विद्रोहीहरू र चोरका साथीहरू हुन् । हरेकले घुसलाई प्रेम गर्छ र उपहारको पछि भाग्‍छन् । तिनीहरूले अनाथहरू रक्षा गर्दैनन्, न त न्‍यायको लागि विधवाको बिन्ति नै तिनीहरूका सामु आउँछन् ।
  • यिर्मि 5:28 : 28 तिनीहरू मोटाएका छन् । तिनीहरू सकुसल चिल्ला भएका छन् । तिनीहरूले दुष्‍टताको सबै सीमा पार गरेका छन् । तिनीहरूले मानिसहरू वा अनाथहरूको भलाइको निम्ति बिन्ती गर्दैनन् । तिनीहरूले खाँचोमा परेकाहरूलाई न्याय नदिए तापनि तिनीहरूको उन्‍नति हुन्‍छ ।
  • लू 18:7-8 : 7 के परमेश्‍वरले पनि उहाँलाई दिनरात पुकारा गर्ने आफ्ना चुनिएका मानिसहरूको निम्ति न्याय गरिदिनुहुन्‍न र? के उहाँ तिनीहरूप्रति धैर्यवान् हुनुहुन्‍न र? 8 म तिमीहरूलाई भन्दछु, उहाँले तिनीहरूलाई तुरुन्तै न्याय दिलाउनुहुनेछ । तर जब मानिसका पुत्र आउनेछन्, के उनले पृथ्वीमा विश्‍वास भेट्टाउनेछन् र?”
  • रोमी 13:3-4 : 3 असल कामहरूका निम्ति होइन, तर दुष्‍ट कामहरूका निम्ति शासकहरूको डर मानिन्छ । के तिमी अधिकारीप्रति निर्भय हुने इच्छा गर्छौ? जे असल छ त्यही गर, र तिमीले तिनीहरूबाट प्रशंसा पाउनेछौ । 4 किनकि भलाइको निम्ति तिनी तिम्रो लागि परमेश्‍वरका सेवक हुन् । तर यदि तिमीले खराबी गर्‍यौ भने भयभीत होऊ; किनकि तिनले विनाकारण तरवार भिर्दैनन् । किनकि तिनी परमेश्‍वरका एक सेवक हुन् अर्थात् खराबी गर्नेमाथि बदला लिने व्यक्‍ति हुन् ।
  • व्यव 27:19 : 19 'परदेशी, टुहुरा वा विधवाले पाउनुपर्ने न्याय हरण गर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
  • २ शमू 14:5-9 : 5 राजाले उनलाई भने, “के खराबी भयो?” उनले जवाफ दिइन्, “सत्य कुराचहिं म एउटी विधवा हुँ र मेरा पति मरिसकेका छन् । 6 म तपाईंको दासीका दुई जना छोरा थिए र तिनीहरू खेतमा एक-आपसमा झगडा गरे र तिनीहरूलाई छुट्टाउने त्‍यहाव कोही पनि थिएन । एउटाले अर्कोलाई प्रहार गर्‍यो र त्यसलाई मार्‍यो । 7 सारा कुल नै तपाईंको दासीको विरुद्धमा उठेका छन् र तिनीहरू भन्छन्, 'आफ्नो भाइलाई प्रहार गर्ने मानिसलाई हाम्रो हातमा सुम्प, ताकि त्यसले मारेको आफ्नो भाइको जीवनको निम्ति मूल्य चुकाउन हामी त्यसलाई मार्न सकौँ ।' यसरी तिनीहरूले उत्तराधिकार पनि नष्‍ट पार्ने छन् । यसरी मैले छोडेको बलिरहेको भुङ्‍ग्रोलाई तिनीहरूले निभाउने छन् र तिनीहरूले मेरो पतिको निम्ति पृथ्वीको सहतमा न नाम न त सन्तान नै छोड्ने छन् । 8 राजाले ती स्‍त्रीलाई भने, “आफ्नो घर जाऊ र तिम्रो निम्ति केही कुरा गर्न म आदेश दिने छु ।” 9 तकोकी महिलाले राजालाई जवाफ दिइन्, “हे मेरो मालिक महाराजा, सारा दोष म र मेरो पिताको घरानामाथि परोस् । महाराजा र उहाँको सिंहासन दोषरहित होस् । 10 राजाले जवाफ दिए, “कसैले तिमीलाई कुनै कुरा भन्यो भने त्यसलाई मकहाँ लेऊ र त्यसले तिमीलाई फेरि छुने छैन ।” 11 उनले भनिन्, “महाराजाले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई सम्झनुभएको होस्, ताकि रगतको बदला लिनेले अब उसो नाश गर्ने छैन ताकि तिनीहरूले मेरो छोरालाई नाश गर्ने छैनन् । राजाले जवाफ दिए, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, तिम्रो छोराको शिरको एउटा कपाल पनि भुईंमा खस्‍ने छैन । 12 अनि ती स्‍त्रीले भनिन्, “कृपया आफ्नो दासीलाई महाराजासँग अरू एउटा कुरा गर्न दिनुहोस् ।” तिनले भने, “भन ।” 13 त्यसैले ती स्‍त्रीले भनिन्, “तपाईंले परमश्‍वरका मानिसहरूका विरुद्धमा किन यस्तो कुरा गर्नुभएको छ? राजाले यसो भन्‍नुहुँदा उहाँ कुनै दोषी व्यक्‍तिजस्तै हुनुहुन्छ, किनभने राजाले आफ्नो निर्वासित छोरालाई फिर्ता ल्याउनुभएको छैन । 14 किनकि हामी सबै नै मर्नुपर्छ र हामी जमिनमा पोखिएको पानीजस्तै छौं, जसलाई फेरि जम्‍मा पार्न सकिंदैन । तर परमेश्‍वरल जीवन लिनुहुने छैन । बरु, उहाँले धपाइएकाहरूलाई पुनर्स्थापना गर्ने कुनै उपाय खोज्नुहुन्छ । 15 अब यो देखेर म मेरो मालिक राजासँग यो कुरा गर्न आएको छु, किनभने मानिसहरूले मलाई भयभीत तुल्याएका छन् । तपाईंको दासीले मनमनै भनिन्, 'म अब महाराजासित कुरा गर्ने छु । सायद महाराजाले आफ्नो दासीको बन्ती पुरा गरिदिनुहुने छ । 16 सायद महाराजाले मेरो बिन्‍ती सुन्‍नुहुने छ र परमेश्‍वरले हामीलाई दिनुभएको उत्तराधिकारबाट म र मेरो छोरोलाई नष्‍ट पार्ने मानिसहरूको हातबाट मुक्‍त गर्नुहुने छ ।' 17 त्यसपछि तपाईंकी दासीले प्रार्थना गरिन्, 'हे परमप्रभु, मेरो मालिक महाराजाका वचनले मलाई मुक्‍त गर्नुभएको होस्, किनकि मेरो मालिक असल र खराब छुट्याउनला परमश्‍वरको स्वर्गदूतजस्तै हुनुहुन्छ ।' परमप्रभु तपाईंको परमेश्‍वर तपाईंसँग हुनुभएको होस् ।” 18 अनि राजाले जवाफ दिए र ती स्‍त्रीलाई भने, “मैले तिमीलाई सोध्‍ने कुनै पनि कुरा मबाट नलुकाऊ ।” ती स्‍त्रीले जवाफ दिइन्, “हे मेरा मालिक महाराजा भन्‍नहोस् ।” 19 राजाले भने, “के यी सबै कुराको पछाडी योआबको हात छैन र?” ती स्‍त्रीले जवाफ दिइन्, “जस्तो तपाईं मेरो मालिक महाराजा जीवित हुनुहुन्छ, मेरो मालिक महाराजाले भन्‍नुभएको कुराबाट कोही पनि दाया वा बाँया लाग्‍न सक्दैन । तपाईंकी दासीले बोलेको यी कुराहरू भन्‍न मलाई आज्ञा गर्ने र बताउने तपाईंको दास योआब नै थिए । 20 तपाईंको दास योआबले जे भइरहेको छ त्यसको प्रवाहलाई परिवर्तन गर्न यसो गरेका हुन् । मेरो मालिक परमेश्‍वरको स्वर्गदूतजस्तै बुद्धिमान हुनुहुन्छ र मुलुकमा भइरहेका हरेक कुरा जान्‍नुहुन्छ ।” 21 राजाले योआबलाई भने, “हेर, म यो गर्ने छु । तब जाऊ र त्‍यो जवान अब्शालोमलाई फर्काएर ल्‍याऊ ।” 22 त्यसैले योआबले राजाप्रति आदर र कृतज्ञता प्रकट गर्न भुईंमा घोप्‍टो परे । योआबले भने, “राजाले आफ्नो दासको बिन्ती पुरा गर्नुभएकोमा मैले मेरा मालिक महाराजा तपाईंको दृष्‍टिमा निगाह पाएको छु भनी मैले आज थाहा पायो ।” 23 त्यसैले योआब उठे, गशूरमा गए र अब्शालोमलाई यरूशलेममा फिर्ता ल्याए । 24 राजाले भने, “ऊ आफ्नै गरमा फर्कोस्, तर उसले मेरो मुख हेर्न नआओस् ।” त्यसैले अब्शालोम आफ्नै घरमा गए तर राजाको मुख देखेनन् ।
  • अय्यू 22:9 : 9 तपाईंले विधवाहरूलाई रित्तो हात पठाउनुभएको छ । अनाथहरूका पाखुरा भाँचिएका छन् ।
  • अय्यू 29:13 : 13 मर्न लागेको मानिसले मलाई आशिष् दिन्थ्यो । विधवाको हृदय आनन्दले गाउने मैले बनाइदिन्थेँ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लू 18:4-8
    5 पदहरू
    86%

    4लामो समयसम्म उनले ती विधवालाई सहायता गर्ने इच्छा गरेनन्, तर केही समयपछि उनले मनमनै भने, ‘मैले परमेश्‍वरको भय मान्दिनँ र मानिसहरूको पनि आदर गर्दिनँ,

    5तर यस विधवाले मलाई सताउँछे । त्यसैले, मकहाँ बारम्बार आएर यसले मलाई नसताओस् भनेर, म उसलाई न्याय दिलाउनेछु’ ।”

    6तब प्रभुले भन्‍नुभयो, “ती अन्यायी न्यायाधीशले के भन्छन्, सुन ।

    7के परमेश्‍वरले पनि उहाँलाई दिनरात पुकारा गर्ने आफ्ना चुनिएका मानिसहरूको निम्ति न्याय गरिदिनुहुन्‍न र? के उहाँ तिनीहरूप्रति धैर्यवान् हुनुहुन्‍न र?

    8म तिमीहरूलाई भन्दछु, उहाँले तिनीहरूलाई तुरुन्तै न्याय दिलाउनुहुनेछ । तर जब मानिसका पुत्र आउनेछन्, के उनले पृथ्वीमा विश्‍वास भेट्टाउनेछन् र?”

  • लू 18:1-2
    2 पदहरू
    84%

    1¶ तब तिनीहरूले कसरी सधैँ प्रार्थना गर्नुपर्छ र निरुत्साह हुनुहुँदैन भन्‍ने सम्बन्धमा उहाँले तिनीहरूसँग दृष्‍टान्तमा बोल्नुभयो ।

    2उहाँले भन्‍नुभयो, “कुनै एउटा सहरमा एक जना न्यायाधीश बस्दथे, जसले परमेश्‍वरको भय मान्दैनथे र मानिसहरूको पनि आदर गर्दैनथे ।

  • लू 21:2-3
    2 पदहरू
    69%

    2उहाँले एक जना गरिब विधवाले दुई पैसा भेटी हालेको हेर्नुभयो ।

    3यसैले, उहाँले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिनीहरू सबैले भन्दा यस विधवाले बढी दिई ।

  • 58तिमी आफ्नो विरोधीसँग प्रशासककहाँ जाँदा, बाटोमा नै आफ्नो मुद्दा मिलाऊ ताकि उसले तिमीलाई न्यायमा नडोर्‍याओस् र हाकिमकहाँ नसुम्पोस्, नत्रता हाकिमले तिमीलाई झ्यालखानामा हाल्नेछ ।

  • 5तर वास्तविक विधवा एक्लै छोडिन्‍छन् । तिनको आत्‍मा भरोसा परमेश्‍वरमा नै हुन्छ । तिेनी रातदिन बिन्ती र प्रार्थनामा रहन्‍छिन् ।

  • मर 12:42-43
    2 पदहरू
    68%

    42त्यसपछि त्यहाँ एक जना गरिब विधवा आइन् र दुई सिक्‍का हालिन् ।

    43उहाँले आफ्ना चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्दछु, यी गरिब विधवाले भेटीको बाकसमा भेटी दिनेहरूमध्ये सबैभन्दा धेरै हालेकी छन् ।

  • 2तिनीहरूले खाँचोमा परेकाहरूलाई न्यायबाट वञ्‍चित गर्छन्, मेरा मानिसका गरिबहरूलाई तिनीहरूका अधिकारहरू लूट्छन्, विधवालाई लूट्छन् र अनाथहरूलाई आफ्नो शिकार बनाउँछन् ।

  • 9आवाज उठा, र जे ठिक छ त्यसको नापअनुसार न्याय गर्, अनि गरिब र खाँचोमा परेकाहरूको अधिकारको निम्ति बोल् ।

  • 12जब उहाँ सहरको मूल ढोकानजिक पुग्‍नुभयो, त्यहाँ एउटा मृत मानिसलाई बोकेर ल्याइएको थियो । त्यो उसकी आमाको एक मात्र छोरो थियो । तिनी एउटी विधवा थिइन् र सहरबाट आएको एउटा भिड तिनीसँगै थियो ।

  • लू 11:5-8
    4 पदहरू
    67%

    5येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिम्रो यस्तो मित्र होला जसले मध्य-रातमा गएर तिमीलाई भन्‍नेछ ‘हे मित्र, मलाई तिनवटा रोटी सापट दिनुहोस् ।

    6मेरा एउटा मित्र घुम्दै गर्दा मकहाँ आइपुग्‍नुभयो र उहाँलाई दिनका लागि मसित केही पनि छैन ।’

    7त्यसपछि भित्रबाट यस्तो उत्तर आउन सक्छ, ‘मलाई दिक्‍क नबनाउनुहोस् । ढोका पहिले नै लगाइसकिएको छ, मेरा नानीहरू मसँगै ओछ्यानमा सुतिराखेका छन् । त्यसैले, म उठेर तपाईंलाई रोटी दिन सक्दिनँ ।’

    8म तिमीलाई भन्दछु, कि उसले उठेर तिमीलाई रोटी नदिए तापनि तिमी उनको मित्र भएकोले गर्दा र लगातार मागिरहेको कारणले ऊ उठ्नेछ र तिमीलाई आवश्यक पर्ने रोटीहरू दिनेछ ।

  • 3जो साँचो विधवाहरू हुन् तिनीहरूको आदर गर ।

  • 5राजाले उनलाई भने, “के खराबी भयो?” उनले जवाफ दिइन्, “सत्य कुराचहिं म एउटी विधवा हुँ र मेरा पति मरिसकेका छन् ।

  • 1¶ येशूले आफ्ना चेलाहरूलाई यसो पनि भन्‍नुभयो, “कोही एक जना धनी मानिसको एउटा व्यवस्थापक थियो र त्यस व्यवस्थापकले तिनको धन फजुल खर्च गरिरहेको छ भनी तिनलाई सुनाइदिए ।

  • 19'परदेशी, टुहुरा वा विधवाले पाउनुपर्ने न्याय हरण गर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'

  • 16सायद महाराजाले मेरो बिन्‍ती सुन्‍नुहुने छ र परमेश्‍वरले हामीलाई दिनुभएको उत्तराधिकारबाट म र मेरो छोरोलाई नष्‍ट पार्ने मानिसहरूको हातबाट मुक्‍त गर्नुहुने छ ।'

  • 17परदेशी वा अनाथले पाउने न्याय हरण गर्न दमन नगर । विधवाको ओढ्ने धरौटीको रूपमा नराख ।

  • 8परमप्रभुको वचन तिनीकहाँ आयो,

  • 25तर म तिमीहरूलाई सत्य भन्दछु, तिन वर्ष छ महिनासम्म स्वर्गको ढोका बन्द गरी वृष्‍टि रोकिँदा र सारा भूमीमा ठुलो अनिकाल पर्दा एलियाको समयमा इस्राएलमा धेरै विधवाहरू थिए ।

  • 5“अनि न्यायको निम्ति म तिमीहरूको नजिक आउनेछु । टुनामुना गर्नेहरू, व्यभिचारीहरू, झुटा साक्षी दिनेहरू, ज्यालादारीमा काम गर्ने श्रमिक, विधवा र टुहुरा-टुहुरीलाई दमन गर्नेहरू, परदेशीहरूलाई सहायता नगर्नेहरू, र मलाई आदर नगर्नेहरूका विरुद्ध म नै साक्षी हुनेछु,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।

  • 66%

    19हे परमप्रभु, मेरो कुरा ध्यानसित सुन्‍नुहोस्, र मेरा शत्रुहरूका आवाज सुन्‍नुहोस् ।

    20म तिनीहरूका लागि असल भएको हुनाले के साँच्‍चै तिनीहरूबाट आउने विपत्ति मेरो इनाम हुनेछ? किनकि तिनीहरूले मेरो लागि एउटा खाडल खनेका छन् । तिनीहरूबाट तपाईंको क्रोध हटाउन तिनीहरूको कल्याणको पक्षमा म कसरी तपाईंको सामु खडा भएको थिएँ भनी सम्झनुहोस् ।

    21त्यसकारण तिनीहरूका सन्तानलाई अनिकालमा पर्न दिनुहोस्, र तिनीहरूलाई तरवार खेलाउनेहरूका हातमा सुम्पिनुहोस् । यसरी तिनीहरूका स्‍त्रीहरू शोकमा परून् र विधना होऊन्, अनि तिनीहरूका पुरुषहरू मारिऊन्, र तिनीहरूका युवाहरू युद्धमा तरवारले मारिऊन् ।

  • 13दोष लगाउनलाई परमप्रभु खडा हुनुहुन्छ । मानिसहरूलाई दोष लगाउन उहाँ खडा हुनुहुन्छ ।

  • 25तिमीलाई दोष लगाउनेसँग अदालतको बाटोमा तिनीसँगै जाँदै गर्दा नै छिट्टै मिलाप गर, नत्रता तिमीलाई दोष लगाउनेले तिमीलाई न्यायकर्ताको हातमा सुम्पिदेला, र न्यायकर्ताले अधिकारीको हातमा सुम्पिदेलान्, र तिमीलाई झ्यालखानामा फ्याँकिदेलान् ।

  • 16यदि कोही विश्‍वासी स्‍त्रीसँग बिधवाहरू छन् भने तिनले तिनीहरूलाई सहायता गरून्, ताकि मण्डलीलाई बोझ नहोस्, ताकि यसले वास्तविक बिधुवाहरूको सहायता गर्न सकोस् ।

  • 24यसकारण सर्वशक्तिमान् परमप्रभु, इस्राएलका शक्तिशाली परमपवित्रको घोषणा यो हो, “तिनीहरूलाई धिक्‍कार! आफ्‍ना विरोधीहरूसँग बदला म लिनेछु र आफ्‍ना शत्रुहरूसँग म टो फेर्नेछु ।

  • 16गरिब मानिसहरूलाई मैले तिनीहरूको इच्छा वञ्चित गरेको छु भने, अर्थात् विधवाका आँखालाई मैले आँसुले धमिल्याएको छु भने,

  • 1¶ मानिसहरूका बिचमा झैझगडा भयो र तिनीहरू अदालतमा गए भने न्यायकर्ताहरूले तिनीहरूको न्याय गरून् अनि धर्मीलाई छाडिदिएर दुष्‍टलाई दोषी ठहराऊन् ।

  • 3त्यसैले अब ए यरूशलेमका बासिन्दाहरू र यहूदाका मानिस हो, म र मेरो दाखबारीको बिचमा न्याय गर ।

  • 21मानिसले आफ्नो छिमेकीलाई गरेझैं, स्वर्गमा हुनुभएको त्यो साक्षीलाई यस मानिसको पक्षमा परमेश्‍वरसित बहस गरिदिन म बिन्‍ती गर्छु ।

  • 10तब मेरी पत्‍नीले अर्कैको लागि अन्‍न पिसोस्, र अरू मानिसहरू त्यसमाथि घोप्‍टो परून् ।

  • 1¶ अगमवक्ताका छोराहरूमध्ये एउटाकी पत्‍नी एलीशाकहाँ रुँदै आएर यसो भनिन्, “मेरा पति तपाईंका दास मर्नुभयो, र तपाईंका दास परमप्रभुदेखि डराउनुहुन्थ्यो भनी तपाईंलाई थाहा छ । अब मेरा दुई छोरालाई कमारा बनाउन लैजानलाई ऋणदाता आएका छन् ।”

  • 3सात वर्षको अन्त्यमा ती स्‍त्री पलिश्तीहरूको देशबाट फर्किन्, अनि आफ्नो घर र जमिन फिर्ता पाउन राजाकहाँ विन्‍ति चढाउन गइन् ।

  • 6मुद्दा मामिलामा गरिबहरूको न्याय हरण नगर ।

  • 3परमप्रभु यसो भन्‍नुहुन्छः न्याय र धार्मिकता कायम राख, अनि लुटिएको कुनै व्यक्तिलाई थिचोमिचो गर्नेको हातबाट छुटकारा देओ । तिमीहरूको देशमा भएका कुनै पनि विदेशी वा अनाथ वा विधवालाई दुर्व्यवहार नगर । यस ठाउँमा हिंसा नगर वा निर्दोष रगत नबगाओ ।

  • 11उनी पानी लिन जाँदै गर्दा तिनले उनलाई भने, “तपाईंको हातमा रोटीको टुक्रा पनि ल्याइदिनुहोस् ।”

  • 36यी लुटेराहरूको हातमा पर्नेको छिमेकी यी तिनजनामध्ये कुनचाहिँ हो जस्तो तिमीलाई लाग्छ?”

  • 40तिनीहरूले विधवाहरूको घर खान्छन् र मानिसहरूले देखून् भनी लामो प्रार्थना गर्छन् । यी मानिसहरूले अझ ठुलो दण्ड पाउनेछन् ।”

  • 21बच्‍चा नजन्माएकी बाँझी स्‍त्रीलाई दुष्‍टले निलिहाल्‍छ । उसले विधवाको निम्‍ति कुनै असल कुरा गर्दैन ।

  • 12त्यसको सहरका धर्म-गुरुहरूले मान्छे पठाई त्यसलाई त्यहाँबाट ल्याउनुपर्छ र जिम्मेवार नातेदारको हातमा सुम्पनुपर्छ अनि त्यसको रगतको बदला लिइयोस् ।