१ तिमोथी 5:16

अनलक शाब्दिक बाइबल

यदि कोही विश्‍वासी स्‍त्रीसँग बिधवाहरू छन् भने तिनले तिनीहरूलाई सहायता गरून्, ताकि मण्डलीलाई बोझ नहोस्, ताकि यसले वास्तविक बिधुवाहरूको सहायता गर्न सकोस् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ तिमो 5:3-5 : 3 जो साँचो विधवाहरू हुन् तिनीहरूको आदर गर । 4 तर यदि कुनै विधवाको छोराछोरी वा नातिनातिनीहरू छन् भने तिनीहरूको घरानामा नै पहिला आदर देखाउन सिकून । तिनीहरूले आफ्ना आमाबाबुहरूको ऋण चुकाऊन्, किनभने यो चाहिँ परमेश्‍वरलाई खुसी तुल्‍याउने कुरा हो । 5 तर वास्तविक विधवा एक्लै छोडिन्‍छन् । तिनको आत्‍मा भरोसा परमेश्‍वरमा नै हुन्छ । तिेनी रातदिन बिन्ती र प्रार्थनामा रहन्‍छिन् ।
  • १ तिमो 5:8 : 8 तर यदि कसैले आफ्ना नातेदारहरू विशेषगरी आफ्नै घरानाहरूको लागि जुटाउदैन भने उसले विश्‍वासलाई इन्कार गरेको हुन्छ र एउटा विश्‍वास नगर्ने भन्दा पनि खराब हुन्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ तिमो 5:1-11
    11 पदहरू
    83%

    1¶ वृद्धमानिसलाई नहाप्काऊ । बरू आफ्नै बाबुलाई झैँ सम्‍झाऊ । जवानहरूलाई आफ्नै भाइझैँ सम्‍झाऊ ।

    2वृद्ध स्‍त्रीहरूलाई आमालाई झैँ र जवान स्‍त्रीहरूलाई सारा शुद्धतामा दिदीबहिनीलाई झैँ सम्‍झाऊ ।

    3जो साँचो विधवाहरू हुन् तिनीहरूको आदर गर ।

    4तर यदि कुनै विधवाको छोराछोरी वा नातिनातिनीहरू छन् भने तिनीहरूको घरानामा नै पहिला आदर देखाउन सिकून । तिनीहरूले आफ्ना आमाबाबुहरूको ऋण चुकाऊन्, किनभने यो चाहिँ परमेश्‍वरलाई खुसी तुल्‍याउने कुरा हो ।

    5तर वास्तविक विधवा एक्लै छोडिन्‍छन् । तिनको आत्‍मा भरोसा परमेश्‍वरमा नै हुन्छ । तिेनी रातदिन बिन्ती र प्रार्थनामा रहन्‍छिन् ।

    6तैपनि मोजमस्तीको लागि जिउने स्‍त्री जीउदै मरेकी जस्‍तै हुन्‍छिन ।

    7र यी कुराहरूको प्रचार गर ताकि तिनीहरू निन्दारहित होऊन् ।

    8तर यदि कसैले आफ्ना नातेदारहरू विशेषगरी आफ्नै घरानाहरूको लागि जुटाउदैन भने उसले विश्‍वासलाई इन्कार गरेको हुन्छ र एउटा विश्‍वास नगर्ने भन्दा पनि खराब हुन्छ ।

    9साठी वर्ष भन्दा कम उमेर नभएका एउटै पतिको पत्‍नी भएर बसेकी स्‍त्रीलाई मात्र विधवाको सूचीमा राख्‍नु ।

    10तिनी असल कामहरूले चिनिएको हुनुपर्छ चाहे तिनले छोराछोरीहरूको वास्ता गरेकी हुन् वा परदेशीहरूको सत्कार गरेकी हुन्, वा विश्‍वासीहरूका खुट्टा धोएकी हुन् वा जुनसुकै काममा समर्पित भएकी हुन् ।

    11तर जवान बिधवाहरुलाई सूचीमा लेख्‍न इन्कार गर । किनभने जब तिनीहरूलाई ख्रीष्‍ट विरूद्ध शारीरिक अभिलाषाको अघि हार खान्‍छन्, तिनीहरूले विवाह गर्ने इच्छा गर्छन् ।

  • १ तिमो 5:14-15
    2 पदहरू
    76%

    14यसकारण म चाहन्छु जवान स्‍त्रीहरूले हाम्रा विरोधीहरूलाई हामीले खराबी गरेकोमा दोष लगाउने मौका नदिनको लागि विवाह गरून्, बालबच्‍चा जन्माउन, घरवार चलाऊन् ।

    15किनभने कोही त अघि नै शैतानको पछि लागिसकेका छन् ।

  • 17असल तरिकाले प्रशासन चलाउने एल्डरहरू दोब्बर आदरकायोग्य ठानिऊन् ।

  • 27हाम्रा परमेश्‍वर र पिताको सामु पवित्र र निष्कलङ्क धर्म यही होः अनाथ र विधवाहरूको कष्‍टमा तिनीहरूलाई सहायता गर्नु, अनि आफैँलाई संसारबाट दोषरहित राख्‍नु ।

  • तीत 2:3-5
    3 पदहरू
    71%

    3त्यसैगरी वृद्धा स्‍त्रीहरू कुरौटे होइन, सदैव आफैँलाई आदरणीय प्रस्तुत गर्नुपर्छ । तिनीहरूले मद्य पिइरहनु हुदैन ।

    4तजवान स्‍त्रीहरूलाई तिनीहरूको सोचमा सन्तुलित हुन आह्वान गर्न, तिनीहरूका आफ्ना पतिहरू र बालबालिकाहरूलाई प्रेम गर्न उत्साह दिन, समझदार हुन,

    5शुद्ध, असल गृहिणी र तिनीहरूका पतिहरूका आज्ञा पालन गर्न तिनीहरूले जे असल छ त्यही सिकाउनुपर्छ, ताकि परमेश्‍वरको वचनको निन्दा नगरियोस् ।

  • 16गरिब मानिसहरूलाई मैले तिनीहरूको इच्छा वञ्चित गरेको छु भने, अर्थात् विधवाका आँखालाई मैले आँसुले धमिल्याएको छु भने,

  • 6एल्डर दोषरहित, एकै पत्‍नीका पति, दुष्‍ट वा अनुशासनहीनहरूको सूचीमा नपर्ने विश्‍वासयोग्य छोराछोरीहरू भएको हुनुपर्छ ।

  • 15विचार गर, कि कोही भाइ वा बहिनीको पहिरन राम्रो छैन र उसको निम्ति दैनिक भोजनको अभाव छ ।

  • १ तिमो 3:11-12
    2 पदहरू
    70%

    11त्‍यसैगरी स्‍त्रीहरू पनि प्रतिष्‍ठित होऊन्, निन्‍दा नगर्ने, न्रम र सबै कुरामा विश्‍वासयोग्‍य हुनुपर्दछ ।

    12डिकनहरू एउटा पत्‍नीको पति र आफ्नो छोराछोरीहरू र घरलाई राम्रोसँग व्‍यवस्‍थापान गर्ने हुनुपर्दछ ।

  • लू 21:2-3
    2 पदहरू
    69%

    2उहाँले एक जना गरिब विधवाले दुई पैसा भेटी हालेको हेर्नुभयो ।

    3यसैले, उहाँले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिनीहरू सबैले भन्दा यस विधवाले बढी दिई ।

  • 5सँगसँगै बसेका दाजुभाइमध्ये कुनै छोरो नजन्माई एउटाको मृत्यु भयो भने मरेको मानिसकी पत्‍नीलाई परिवारभन्दा बाहिर विवाहको लागि नदिइयोस् । बरु, मर्नेको दाजु वा भाइले त्यसलाई आफ्नी पत्‍नी तुल्याओस्, र मृत लोग्‍नेको दाजु वा भाइले आफ्नो कर्तव्य पुरा गरोस् ।

  • 2ताकि तिमीहरूले तिनलाई प्रभुमा ग्रहण गर । यो विश्‍वसीहरूलाई सुहाउँदो प्रकारले गर अनि तिनलाई जे कुरामा तिमीहरूको खाँचो पर्छ, तिनलाई सहायता गर । किनकि तिनी आफैँ नै धेरैको साथै मेरो आफ्नै पनि सहयोगी भएकी छन् ।

  • ३ यूह 1:5-6
    2 पदहरू
    69%

    5प्रिय, भाइहरू र परदेशीहरूको निम्ति काम गर्दा तिमी विश्‍वासयोग्यताको अभ्यास गर्छौ,

    6जसले मण्डलीको सामु तिम्रो प्रेमको गवाही दिन्छन् । तिमीहरूले तिनीहरूलाई तिनीहरूका यात्रामा परमेश्‍वरको योग्य हुने तरिकाले पठाउन असल गर्छौ,

  • १ पत्रु 5:1-2
    2 पदहरू
    69%

    1¶ सङ्गी-एल्डर र ख्रीष्‍टका कष्‍ट अनि प्रकट हुने महिमामा सहभागी भएको व्यक्‍तिको हैसियतले म तिमीहरूका माझमा भएका एल्डरहरूलाई आग्रह गर्दछु ।

    2त्यसकारण, म एल्डरहरूलाई आग्रह गर्दछु, तिमीहरूका माझमा भएका परमेश्‍वरको बगालको हेरचाह गर, करले होइन तर तिमीहरूका आफ्नै र परमेश्‍वरको इच्छाअनुसार । बेइमानीपूर्वक कमाइने पैसाको लागि होइन, तर स्वेच्छाले ।

  • १ कोरि 14:34-35
    2 पदहरू
    69%

    34स्‍त्रीहरू मण्डलीहरूमा चुपचाप रहून् । किनकि तिनीहरूलाई बोल्नका लागि अनुमति दिइएको छैन । बरु, तिनीहरू व्यवस्थाले भनेअनुसार समर्पित हुनुपर्छ ।

    35यदि तिनीहरूले केही सिक्‍ने चाहना गर्छन् भने तिनीहरूले आफ्ना घरमा तिनीहरूका पतिहरूलाई सोधून् । किनकि स्‍त्रीहरू मण्डलीमा बोल्नु शर्मको कुरो हो ।

  • 9तर विधवा र पतिसँग छुटिएकाको निम्ति, त्यसले आफैलाई बाँधेकी सबै कुरा त्यो विरुद्ध रहिरहने छ ।

  • 8अविवाहित र विधवाहरूलाई म भन्दछु कि तिनीहरू मजस्तै अविवाहित रहन्छन् भने यो तिनीहरूका लागि असल हुन्छ ।

  • 1¶ ती दिनमा जब चेलाहरूको सङ्ख्या गुणात्मक रूपमा बढ्दै गयो ग्रिक भाषा बोल्ने यहूदीहरूले हिब्रूहरूको विरुद्धमा गनगन गर्न थाले किनकि तिनीहरूका विधवाहरूलाई दैनिक खाद्य वितरणमा वेवास्ता गरिँदै थियो ।

  • 25तर म तिमीहरूलाई सत्य भन्दछु, तिन वर्ष छ महिनासम्म स्वर्गको ढोका बन्द गरी वृष्‍टि रोकिँदा र सारा भूमीमा ठुलो अनिकाल पर्दा एलियाको समयमा इस्राएलमा धेरै विधवाहरू थिए ।

  • 10त्यसकारण, हामीले मौका पाउन साथ, सबैको निम्ति भलाइ गरौँ । विशेष गरी विश्‍वासको परिवारको निम्ति हामीले भलाइ गरौँ ।

  • १ कोरि 7:11-12
    2 पदहरू
    68%

    11तर यदि तिनी आफ्‍नो पतिबाट अलग हुन्छिन भने, तिनी विवाह नगरी बसून् कि त उनीसँग मिलाप गर्नुपर्दछ । अनी “पतिले आफ्नी पत्‍नीसँग सम्बन्ध विच्‍छेद गर्नुहुदैन ।”

    12तर बाँकीलाई म भन्दछु (मैले होइन तर प्रभुले भन्‍नुहुन्छ) कि यदि कुनै भाइसँग अविश्‍वासी पत्‍नी छ र तिनी ऊसँग बस्‍नलाई सन्तुष्‍ट छिन् भने उसले तिनीसँग सम्बन्ध विच्छेद नगरोस् ।

  • 18तिनीहरूलाई असल काम गर्न, तिनीहरू असल काममा धनी हुन, उदार हुन र बाडचुड गर्ने इच्छा गर्न भन ।

  • 2तसर्थ, बिशपचाहिँ दोषरहित होस् । र एउटा पत्‍नीको पति, संयमी, समझदार, व्‍यवस्‍थित, अथिति सत्कार गर्ने, सिकाउन सक्‍ने,

  • 1¶ अब हामी जो बलिया छौँ, हामीले दुर्बलहरूका कमजोरीलाई सहनुपर्छ, र आफैँलाई मात्र खुसी पार्नु हुँदैन ।

  • 22विधवा वा अनाथलाई दुर्व्यवहार नगर्नू ।

  • 9तपाईंले विधवाहरूलाई रित्तो हात पठाउनुभएको छ । अनाथहरूका पाखुरा भाँचिएका छन् ।

  • 43उहाँले आफ्ना चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्दछु, यी गरिब विधवाले भेटीको बाकसमा भेटी दिनेहरूमध्ये सबैभन्दा धेरै हालेकी छन् ।

  • 3हामी अनाथ, पितृहीन भएका छौँ, र हाम्रा आमाहरू विधवाजस्ता छन् ।

  • 13किनकि यो काम तिमीहरूलाई भार होस् र अरूलाई हलुका होस् भनेर होइन । बरु, निष्पक्षता हुनुपर्छ ।

  • 35म तिमीहरूको आफ्नै भलाइका निम्ति भन्‍दछु, तिमीहरूलाई प्रतिबन्ध लगाउन होइन । जे ठिक छ म त्यही भन्दछु ताकि तिमीहरू बाधाबिना एक चित्तका भई भक्तिका साथ प्रभुमा लागिरहन सक ।

  • 16त्यस्ता मानिसहरू र हामीलाई काममा सहायता गर्ने अनि हामीसँग परिश्रम गर्नेहरूको अधीनमा रहो ।