लूका 2:17

अनलक शाब्दिक बाइबल

तिनीहरूले यसलाई देखे पछि, बालकको बारेमा बताइएका सबै कुरा मानिसहरूलाई बताए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 16:9-9 : 9 यसकारण मेरो हृदय खुसी छ । मेरो महिमा आनन्‍दित छ । निश्‍चय नै म सुरक्षामा जिउनेछु । 10 किनकि तपाईंले मरो प्राणलाई चिहानमा त्यग्‍नुहुनेछैन । तपाईंले आफ्नो विश्‍वासयोग्यलाई खाडल देख्‍न दिनुहुन्‍न ।
  • भजन 66:16 : 16 हे सबै परमेश्‍वरको भय मान्‍नेहरू हो, आओ र सुन । र उहाँले मेरो प्राणको निम्ति के गर्नुभएको छ सो म बताउनेछु ।
  • भजन 71:17-18 : 17 हे परमेश्‍वर, तपाईंले मलाई मेरो युवावस्थादेखि नै सिकाउनुभएको छ । अहिले पनि म तपाईंको अचम्‍मका कामहरू घोषणा गर्नेछु । 18 वास्तवमा, हे परमेश्‍वर, म वृद्ध हुँदा र मेरो कपाल फुल्दा पनि मलाई नत्याग्‍नुहोस्, जसरी मैले तपाईंको सामर्थ्य अर्को पुस्तालाई, तपाईंको शक्ति आउनेवाला हरेकलाई घोषणा गरिरहेको छु ।
  • मल 3:16 : 16 अनि परमप्रभुको भय मान्‍नेहरू एक-आपसमा बोले । परमप्रभुले ध्यान दिनुभयो र सुन्‍नुभयो, र परमप्रभुको भय मान्‍ने र उहाँको नाउँलाई आदर गर्नेहरूका विषयमा उहाँकै सामु सम्झनाको पुस्तक लेखियो ।
  • लू 2:38 : 38 त्यही समयमा उनी त्यहाँ आइन् र परमेश्‍वरलाई धन्यवाद चढाउन थालिन् । यरूशलेमको उद्धार पर्खिरहेका हरेकलाई उनले बालकको बारेमा बताइन् ।
  • लू 8:39 : 39 “आफ्नो घर फर्क र परमेश्‍वरले तिम्रो निम्ति गर्नुभएका महान् कार्यहरूको स्मरण गर ।”
  • यूह 1:41-46 : 41 अन्‍द्रियासले आफ्ना भाइ सिमोनलाई भेट्टाएर भने, “हामीले मसीह (जसलाई ख्रीष्‍ट भनिन्छ) लाई भेट्टाएका छौँ ।” 42 उनले आफ्ना भाइलाई येशूकहाँ ल्‍याए । अनि येशूले उनलाई हेर्नुभयो र भन्‍नुभयो, “तिमी यूहन्‍नाका छोरा सिमोन हौ । तिमीलाई केफास (जसको अर्थ पत्रुस हो ) भनिनेछ । 43 अर्को दिन जब येशू गालीलतिर जान त्यस ठाउँलाई छोड्न चाहनुभयो, उहाँले फिलिपलाई भेट्‌नुभयो र उनलाई भन्‍नुभयो, “मलाई पछ्याऊ ।” 44 फिलिप बेथसेदाका थिए जुन अन्‍द्रियास र पत्रुसको सहर थियो । 45 फिलिपले नथानेललाई भेटे र उनलाई भने, “मोशाको व्‍यवस्‍थामा र अगमवक्‍ताहरूले लेखेका अर्थात् नासरतका योसेफका छोरो येशूलाई हामीले भेट्टाएका छौँ ।” 46 नथानेलले उनलाई भने, “के नासरतबाट कुनै असल कुरा आउन सक्‍छ र?” फिलिपले उनलाई भने, “आएर हेर!”
  • यूह 4:28-29 : 28 त्‍यसैले, ती स्‍त्रीले आफ्नो गाग्रो छोडेर सहरतिर गइन् र मानिसहरूलाई भनिन्, 29 “आओ, मैले गरेका सबै कुराहरू मलाई बताइदिनुहुने मानिसलाई हेर । उहाँ नै ख्रीष्‍ट हुन सक्छ, हुन सक्दैन त?”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लू 2:18-21
    4 पदहरू
    86%

    18गोठालाहरूद्वारा भनिएका कुरा सुन्‍नेहरू जति सबै जना आश्‍चर्य चकित भए ।

    19तर मरियमले सुनेका सबै कुराहरूको बारेमा सोच्दै गरिन् र उनले आफ्नो मनमै राखिन् ।

    20तिनीहरूलाई भनेअनुसार सुनेका र देखेका हरेक कुराका निम्ति परमेश्‍वरलाई महिमा दिँदै र प्रशंसा गर्दै फर्के ।

    21जब आठौँ दिन भयो, तब बालकको खतना गर्ने समय भयो । तिनीहरूले उहाँको नाउँ येशू राखे, जुन नाउँ स्वर्गदूतद्वारा उहाँ गर्भधारण हुनुभन्दा अगि दिइएको थियो ।

  • लू 2:6-16
    11 पदहरू
    86%

    6तिनीहरू त्यहीँ छँदा मरियमको बालक जन्माउने समय आयो ।

    7उनले आफ्नो पहिलो छोरा जन्माइन्, र कपडाले बेह्रिन् अनि जनावरहरूले खाने ठाउँमा राखिन् । किनभने तिनीहरूका निम्ति धर्मशालामा कुनै ठाउँ थिएन ।

    8त्यस इलाकाको चौरमा राती आ-आफ्ना भेडाका रखवाली गर्दै गोठालाहरू बसिरहेका थिए ।

    9एक्‍कासि, तिनीहरूकहाँ परमप्रभुका एउटा दूत देखा परे, र तिनीहरूका वरिपरि परमप्रभुको महिमा चम्किरहेको थियो, र तिनीहरू साह्रै भयभीत भए ।

    10तब स्वर्गदूतले तिनीहरूलाई भने, “नडराऊ, किनभने आज म तिमीहरूलाई बडो आनन्दको सुसमाचार घोषणा गर्छु, जसले सबै मानिसहरूलाई ठुलो आनन्द दिनेछ ।

    11आज तिमीहरूका निम्ति दाऊदको सहरमा एउटा मुक्‍तिदाताको जन्म भएको छ । उहाँ ख्रीष्‍ट प्रभु हुनुहुन्छ ।

    12तिमीहरूलाई चिह्नचाहिँ यो दिइएको छ, कि तिमीहरूले बालकलाई कपडाले बेह्रेरेर जनावरहरूलाई खुवाउने डुँडमा सुताइरहेको भेट्टाउनेछौ ।”

    13एक्‍कासि ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा ठुलो दल देखा पर्‍यो र तिनीहरूले यसो भन्‍दै परमेश्‍वरको प्रंशसा गरे ।

    14“सर्वोच्‍चमा परमेश्‍वरलाई महिमा र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्‍न हुनुहुन्छ, तिनीहरूलाई शान्ति ।”

    15जब परमप्रभुका स्वर्गदूतहरू स्वर्ग फर्के, तब गोठालाहरूले एक-अर्कालाई भने, “परमप्रभुबाट हामीलाई प्रकट गरिएको र घटेको यस घटनालाई बताउन बेथलेहेममा जाऊँ र हेरौँ ।”

    16तब तिनीहरू हतार-हतार गर्दै त्यहाँ गए, अनि योसेफ र मरियमलाई भेटे । तिनीहरूले बालकलाई दाना खुवाउने डुँडमा सुताइरहेको देखे ।

  • मत्त 2:7-15
    9 पदहरू
    81%

    7त्यसपछि ठिक कुन समयमा तारा देखा परेको थियो भनी सोध्‍न हेरोदले गुप्‍त रूपमा ती ज्ञानी मानिसहरूलाई बोलाए ।

    8उनले तिनीहरूलाई यसो भन्दै बेथलेहेम पठाए, “जाओ र राम्रोसँग त्यस बालकलाई खोज । जब उनलाई भेट्टाउनेछौ, मलाई खबर गर ताकि म पनि गएर उनलाई दण्डवत् गर्न सकूँ ।”

    9तिनीहरूले राजाले भनेका कुरा सुनेपछि तिनीहरू आफ्नो बाटो लागे अनि तिनीहरूले पूर्वमा देखेका तारा तिनीहरूका अगि-अगि गए, र सानो बालक भएको ठाउँमा आइपुग्दा त्यो तारा त्यही ठाउँमाथि रोकियो ।

    10जब तिनीहरूले त्यो तारा देखे, तिनीहरू हर्षले अति आनन्दित भए ।

    11तिनीहरू घरभित्र पसे र सानो बालकलाई उहाँकी आमा मरियमको साथमा देखे । तिनीहरूले दण्डवत् गरे र उहाँको आराधना गरे । तिनीहरूले आफ्ना बहुमूल्य कुराहरू निकाले र उहाँलाई सुन, सुगन्धित धूप र मूर्रका उपहारहरू चढाए ।

    12परमेश्‍वरले तिनीहरूलाई हेरोदकहाँ फर्की नजानू भनी सपनामा चेतावनी दिनुभयो । त्यसैले, तिनीहरू अर्कै बाटो भएर आ-आफ्नै देशमा गए ।

    13तिनीहरू गइसकेपछि परमप्रभुका एउटा दूत योसेफकहाँ सपनामा देखा परे र भने, “उठ, सानो बालक र उहाँकी आमालाई लिएर मिश्र देशमा भागेर जाऊ । मैले नभनेसम्म त्यहीँ बस, किनकि हेरोदले सानो बालकलाई मार्न उहाँलाई खोज्नेछ ।”

    14त्यो रात योसेफ उठे र सानो बालक र उहाँकी आमालाई लिए अनि मिश्रदेशतर्फ प्रस्थान गरे ।

    15हेरोदको मृत्यु नभएसम्म उनी त्यहीँ बसे । अगमवक्‍ताद्वारा परमप्रभुले भन्‍नुभएको कुरा यसरी पुरा भयो, “मैले आफ्ना पुत्रलाई मिश्रदेशबाट बोलाएको छु ।”

  • लू 2:32-33
    2 पदहरू
    78%

    32तपाईंका जन इस्राएलीहरूका महिमा र अन्यजातिहरूलाई प्रकाश दिने ज्योति हुनुहुन्छ ।”

    33बालकका बुबाआमा बालकका विषयमा भनिएका कुरामा अचम्मित भए ।

  • मत्त 2:1-2
    2 पदहरू
    76%

    1¶ यहूदियाको बेथलेहेममा राजा हेरोदको समयमा येशूको जन्म भएपछि पूर्वबाट ज्ञानी मानिसहरू यरूशलेममा आएर यसो भन्‍न लागे,

    2“यहूदीहरूका राजा भई जन्मनुभएका उहाँ कहाँ हुनुहुन्छ? हामीले उहाँको तारा पूर्वमा देख्यौँ र उहाँलाई दण्डवत् गर्न आएका छौँ ।”

  • मत्त 2:4-5
    2 पदहरू
    75%

    4हेरोदले सबै मुख्य पुजारी र मानिसहरूका शास्‍त्रीहरूलाई भेला गराए, र उनले तिनीहरूलाई सोधे, “जन्मने भनिएका ख्रीष्‍ट कहाँ छन्?”

    5तिनीहरूले उनलाई भने, “यहूदियाको बेथलेहेममा किनकि अगमवक्‍ताद्वारा यस्तै लेखिएको थियो,

  • मत्त 1:22-23
    2 पदहरू
    75%

    22अगमवक्‍ताद्वारा परमप्रभुले बोल्नुभएको यस्तो भनाइ पुरा हुनलाई यी सबै भए,

    23“हेर, कन्या गर्भवती हुनेछिन् र एक जना पुत्र जन्माउनेछिन्, र तिनीहरूले उहाँको नाउँ इम्मानुएल राख्‍नेछन्”, जसको अर्थ हुन्छ, “परमेश्‍वर हामीसँग ।”

  • 39परमप्रभुको व्यवस्थाले बताएबमोजिम जब तिनीहरूले सबै काम सिद्धयाए, उनीहरू आफ्नै सहर गालीलको नासरतमा फर्के ।

  • लू 1:65-66
    2 पदहरू
    74%

    65तिनीहरूका वरिपरि बस्‍नेहरूको बिचमा भय उत्पन्‍न भयो र त्यहाँ भएका कुराहरू यहूदाको पहाडी मुलुकभरि नै फैलियो ।

    66त्यसपछि यी कुरा सुन्‍ने सबैले आफ्नो हृदयमा राख्‍दै भने, “त्यसो भए, अब यो बालक कस्तो हुनेछ?” किनकि परमप्रभुको हात त्यस बालकसँग थियो ।

  • लू 2:27-28
    2 पदहरू
    73%

    27एक दिन तिनी मन्दिरमा पवित्र आत्माको अगुवाइमा आए । व्यवस्थाले जे माग गरेको थियो, त्यो पुरा गर्न आमाबुबाद्वारा बालक येशूलाई मन्दिरमा ल्याइयो ।

    28त्यसपछि शिमियोनले बालक येशूलाई काखमा लिएर परमेश्‍वरको प्रशंसा गर्दै भने,

  • 5जब तिनीहरूले यो देखे, तब तिनीहरू चकित भए । तिनीहरू भयभित भए र तिनीहरू हतार गरेर गए ।

  • लू 2:43-44
    2 पदहरू
    72%

    43चाडका पुरा दिनहरू त्यहाँ बिताएपछि तिनीहरू आफ्ना घर फर्किन थाले, तर बालक येशू यरूशलेममा नै रहनुभयो जुन कुरा उहाँका बुबाआमालाई थाहा थिएन ।

    44तर तिनीहरूले बालक येशू यात्रीहरूकै दलमा हुनुहुन्छ भनी विचार गरे र एक दिनको यात्रा गरी सिद्धायाए । त्यसपछि उनीहरूले उहाँलाई नातेदार र साथीहरूको बिचमा खोज्‍न थाले ।

  • 17यसरी यर्मिया अगमवक्‍ताद्वारा जे भनिएको थियो, त्यो पुरा भयो,

  • 32पठाइएकाहरू गए र तिनीहरूले येशूले भन्‍नुभएजस्तै बछेडो पाए ।

  • 48जब उनीहरूले उहाँलाई देखे, तब अचम्मित भए । उहाँकी आमा मरियमले उहाँलाई भनिन् “छोरा, किन तिमीले हामीसँग यस्तो व्यवहार गर्‍यौ? सुन! तिम्रा बुबा र मैले कति चिन्तित हुँदै तिमीलाई खोजिरहेका थियौँ ।”

  • मत्त 2:19-21
    3 पदहरू
    70%

    19जब हेरोद मरे, हेर, परमप्रभुका एक जना दूत मिश्रमा योसेफकहाँ सपनामा देखा परे अनि उनलाई भने,

    20“उठ, अनि बालक र उहाँकी आमालाई लिएर इस्राएल देशमा जाऊ, किनकि जसले बालकलाई मार्न चाहेका थिए, तिनीहरू मरिसकेका छन् ।”

    21योसेफ उठे, अनि बालक र उहाँकी आमालाई लिएर इस्राएल देशमा आए ।

  • 18येशू ख्रीष्‍टको जन्म यस प्रकारले भयो । उहाँकी आमा मरियमको योसेफसँग विवाहको निम्ति मगनी भएको थियो, तर उनीहरूको सहवास हुनुभन्दा अगाडि तिनी पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा हुन आयो ।

  • 50तर उहाँले उनीहरूलाई के भन्‍नुभएको थियो भनी उनीहरूले बुझ्‍न सकेनन् ।

  • 34सुँगुर चराइरहेका मानिसहरूले जे भइरहेको थियो त्यो देखेपछि तिनीहरू भाग्दै सहर र वरपरका ठाउँहरूमा गए र त्यो कुरो बताए ।

  • 31तर ती दुई जना मानिस बाहिर निस्के र यो खबर त्यो क्षेत्रभरि नै फैलाए ।