लूका 8:34

अनलक शाब्दिक बाइबल

सुँगुर चराइरहेका मानिसहरूले जे भइरहेको थियो त्यो देखेपछि तिनीहरू भाग्दै सहर र वरपरका ठाउँहरूमा गए र त्यो कुरो बताए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 8:33 : 33 सुँगुरहरू चराइरहेका मानिसहरू त्यहाँबाट दौडेर गए । अनि जब तिनीहरू सहरमा गए, तिनीहरूले सबै कुरा बताइदिए, र विशेष गरी भूतात्मा लागेका मानिसहरूलाई के भएको थियो सो बताइदिए ।
  • मत्त 28:11 : 11 जब ती स्‍त्रीहरू जाँदै थिए, हेर, केही पहरेदारहरू सहरमा गए र मुख्य पुजारीहरूलाई त्यहाँ भएका सबै घटना बताइदिए ।
  • मर 5:14 : 14 अनि सुँगुरहरू चराइरहेका मानिसहरू दौडेर गए, र तिनीहरूले त्यहाँ घटेको घटनाबारे सहर र गाउँघरतिर बताए अनि के भएकोरहेछ भनी हेर्न धेरै मानिसहरू गए ।
  • प्रेरि 19:16-17 : 16 त्यो दुष्‍ट आत्मा लागेको मानिस तिनीहरूमाथि झम्ट्यो र तिनीहरूलाई लछारपछार गरेर पिट्यो । तब तिनीहरू त्यस घरबाट नाङ्गै र घाइते भएर भागे । 17 एफिससमा बस्‍ने यहूदी र ग्रीक सबै विश्‍वासीहरूलाई यो कुरा थाहा भयो । यसले गर्दा उनीहरूमा ठुलो भय उत्त्पन्‍न भयो अनि प्रभु येशूको नाउँको महिमा भयो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मर 5:10-18
    9 पदहरू
    92%

    10त्यसले उहाँलाई त्यस क्षेत्रबाट बाहिर नपठाउन बारम्बार बिन्ती गर्‍यो ।

    11त्यहाँ सुँगुरको एउटा ठुलो बथान डाँडामा चरिरहेको थियो,

    12अनि तिनीहरूले यसो भन्दै उहाँसँग बिन्ती गरे, “हामीलाई ती सुँगुरहरूभित्र पठाउनुहोस्; हामीलाई तिनीहरूमा पस्‍न दिनुहोस् ।”

    13उहाँले तिनीहरूलाई अनुमति दिनुभयो; अशुद्ध आत्माहरू निस्किए र सुँगुरहरूभित्र पसे, अनि तिनीहरू भिरालो पहाडतिर समुद्रभित्र हुर्रिए अनि लगभग दुई हजार सुँगुर समुद्रमा डुबे ।

    14अनि सुँगुरहरू चराइरहेका मानिसहरू दौडेर गए, र तिनीहरूले त्यहाँ घटेको घटनाबारे सहर र गाउँघरतिर बताए अनि के भएकोरहेछ भनी हेर्न धेरै मानिसहरू गए ।

    15तिनीहरू येशूकहाँ आए, र तिनीहरूले भूत लागेको मानिस जससँग फौज नै थियो, त्यसलाई लुगा लगाएर दिमाग ठिक भई बसिरहेको देखेर तिनीहरू डराए ।

    16भूत लागेको मानिसलाई के भएको थियो भनी देख्‍नेहरूले त्यसलाई र सुँगुरहरूको बारेमा के भएको थियो भनी तिनीहरूलाई बताए ।

    17अनि तिनीहरूले येशूलाई तिनीहरूको क्षेत्रबाट जान आग्रह गरे ।

    18जब येशू डुङ्‍गामा चढ्दै हुनुहुन्थ्यो त्यो भूत लागेको मानिसले त्यो पनि उहाँसँगै जान उहाँलाई बिन्ती गर्‍यो ।

  • मत्त 8:28-34
    7 पदहरू
    91%

    28जब येशू समुद्रको पारिपट्टि र गदरिनीहरूको देशमा आउनुभएको थियो, दुई जना भूतात्‍मा लागेका मानिसले उहाँलाई भेटे । तिनीहरू चिहानबाट निस्‍केर आइरहेका थिए र धेरै हिंसात्मक थिए । त्‍यसकारण, त्‍यो बाटो भएर कोही पनि यात्रु जान सक्दैन थियो ।

    29हेर, तिनीहरूले ठुलो स्‍वरले कराए र भने, “हे परमेश्‍वरका पुत्र, तपाईंसँग हाम्रो के सरोकार? के तोकिएको समयभन्दा पहिले नै तपाईं यहाँ हामीलाई दुःख दिन आउनुभएको हो?

    30त्‍यहाँ नजिकै धेरै सुँगुरहरूको एउटा बथान चरिरहेको थियो ।

    31ती भूतात्‍माहरूले उहाँलाई बिन्‍ती गरिरहे र भने, “यदि तपाईंले हामीलाई बाहिर निकाल्‍नुहुन्‍छ भने, हामीलाई सुँगुरहरूको बथानमा पठाइदिनुहोस्‌ ।”

    32येशूले तिनीहरूलाई भन्‍नुभयो, “जा!” ती भूतात्माहरू बाहिर निस्के र सुँगुरहरूभित्र पसे । अनि हेर, सबै सुँगुर त्यो भिरालो पहाडको तल दौडे र समुद्रमा खसे अनि तिनीहरू पानीमा डुबेर मरे ।

    33सुँगुरहरू चराइरहेका मानिसहरू त्यहाँबाट दौडेर गए । अनि जब तिनीहरू सहरमा गए, तिनीहरूले सबै कुरा बताइदिए, र विशेष गरी भूतात्मा लागेका मानिसहरूलाई के भएको थियो सो बताइदिए ।

    34हेर, पुरै सहर येशूलाई भेट्न आयो । जब तिनीहरूले उहाँलाई देखे, तिनीहरूले उहाँलाई तिनीहरूको इलाका छोडेर त्‍यहाँबाट जान अनुरोध गरे ।

  • लू 8:26-33
    8 पदहरू
    85%

    26उहाँहरू गेरासेनसको इलाकामा आइपुग्‍नुभयो, जुन गालीलको पारीपट्टि पर्छ ।

    27जब प्रभु डुङ्गाबाट पाखामा उत्रनुभयो, एउटा सहरबाट आएको एक जना मानिसले उहाँलाई भेट्यो र त्यस मानिसमा दुष्‍टात्माहरू थिए । किनभने लामो समयदेखि त्यस मानिसले कपडाहरू लगाएको थिएन र घरमा बस्दैनथ्यो, बरु चिहानहरूमा नै बस्दथियो ।

    28जब उसले येशूलाई देख्यो, ऊ चिच्‍च्‍यायो, उहाँको सामु लड्यो र उसले उच्‍च स्वरमा भन्यो, “सर्वोच्‍च परमेश्‍वरका पुत्र येशू, तपाईंसँग मेरो के सरोकार? म बिन्ती गर्छु कि मलाई नसताउनुहोस् ।”

    29किनभने येशूले त्यो मानिसबाट अशुद्ध आत्मालाई निस्केर आउने आज्ञा गर्दै हुनुहुन्थ्यो, किनकि धेरै पटक यसले उसलाई पक्रेर राखेको थियो । ऊ साङ्ग्ला र नेलले बाँधिएर पहरामा राखिएको भए तापनि उसले ती छिनालिहाल्थ्यो र दुष्‍ट आत्माद्वारा मरुभूमितिर डोर्‍याइन्थ्यो ।

    30त्यसपछि येशूले त्यसलाई सोध्‍नुभयो, “तेरो नाउँ के हो?” र त्यसले भन्यो, “फौज ।” किनभने धेरै दुष्‍ट आत्माहरू त्यसभित्र पसेका थिए ।

    31तिनीहरूलाई अगाध खाँदमा नपठाउनुहोस् भनी तिनीहरूले उहाँलाई निरन्तर बिन्ती गरे ।

    32अब त्‍यहाँ नजिकै डाँडामा सुँगुरको एक बथान चरिरहेको थियो र दुष्‍ट आत्माहरूले उहाँलाई सुँगुरको बथानमा पठाइदिन भनी बिन्ती गरे । उहाँले तिनीहरूलाई त्यसो गर्ने आज्ञा दिनुभयो ।

    33त्यसैले, त्यस मानिसबाट दुष्‍ट आत्माहरू निस्की सुँगुरको बथानमा पसे, र त्यो बथान भिरालोबाट हुर्रिंदै गएर समुद्रमा डुबेर मरे ।

  • लू 8:35-39
    5 पदहरू
    82%

    35त्यसकारण, मानिसहरू जसले यसबारे सुने, के भएको थियो सो हेर्नलाई तिनीहरू येशूकहाँ आए र त्यस मानिस जसबाट दुष्‍ट आत्माहरू निस्केर गएका थिए, त्यसलाई कपडा लगाएर राम्रो अवस्थामा येशूको चरणमा बसिरहेको भेट्टाए र तिनीहरू डराए ।

    36तब जुन घटना घटेको ती मानिसहरूले देखेका थिए अर्थात् कसरी दुष्‍ट आत्माहरूद्वारा नियन्‍त्रित मानिस बचाइको थियो, सो तिनीहरूले अरूहरूलाई भने ।

    37गेरासेन र वरपरका सबै मानिसहरूले येशूलाई तिनीहरूबाट जान आग्रह गरे, किनभने तिनीहरू साह्रै डराएका थिए ।

    38तर दुष्‍ट आत्माहरू निस्केर गएको मानिसले येशूसँगै जानलाई उहाँलाई बिन्ती गर्‍यो, तर येशूले यसो भन्दै उसलाई पठाउनुभयो,

    39“आफ्नो घर फर्क र परमेश्‍वरले तिम्रो निम्ति गर्नुभएका महान् कार्यहरूको स्मरण गर ।”

  • मत्त 9:31-32
    2 पदहरू
    75%

    31तर ती दुई जना मानिस बाहिर निस्के र यो खबर त्यो क्षेत्रभरि नै फैलाए ।

    32जब ती दुई जना मानिस जाँदै थिए, हेर, एक जना भूतात्मा लागेको बोल्न नसक्‍ने व्यक्‍तिलाई येशूकहाँ ल्याइयो ।

  • 20त्यसकारण, त्यो मानिस गयो र डेकापोलिसमा येशूले त्यसको निम्ति गर्नुभएका महान् कुराहरू बताउन थाल्यो, अनि तिनीहरू सबै छक्‍क परे ।

  • मर 5:1-2
    2 पदहरू
    73%

    1¶ उहाँहरू समुद्रको पारिपट्टि गदरिनीहरूको क्षेत्रमा आउनुभयो ।

    2जब येशू डुङ्गाबाट ओर्लंदै हुनुहुन्थ्यो, अशुद्ध आत्मा लागेको एक जना मानिस चिहानबाट उहाँकहाँ आयो ।

  • मत्त 14:34-35
    2 पदहरू
    72%

    34जब उहाँहरूले समुद्र पार गर्नुभयो, उहाँहरू गनेसरेतको भूमिमा आइपुग्‍नुभयो ।

    35जब त्यस ठाउँका मानिसहरूले येशूलाई चिने, तिनीहरूले वरपरका सबै क्षेत्रमा त्यो समाचार फैलाए र तिनीहरूले बिरामी भएकाहरू सबैलाई उहाँकहाँ ल्याए ।

  • 8जब भिडले यो देख्यो, तिनीहरू छक्‍क परेर मानिसहरूलाई यस्तो अधिकार दिनुभएको परमेश्‍वरको प्रशंसा गरे ।

  • 33तर तिनीहरूले उहाँहरू गइरहेको देखे अनि उहाँहरूलाई चिने र तिनीहरू सबै नगरबाट दौडेर उहाँहरूभन्दा अगि नै त्यस ठाउँमा पुगे ।

  • 20तिनीहरूले त्यस केटोलाई उहाँकहाँ ल्याए । जब दुष्‍ट आत्माले येशूलाई देख्यो, त्यो आत्माले त्यस केटोलाई जोरले काम्‍न लगायो । त्यो केटो भुइँमा लड्‍यो र मुखमा फिँज काढ्यो ।

  • 11जब ती स्‍त्रीहरू जाँदै थिए, हेर, केही पहरेदारहरू सहरमा गए र मुख्य पुजारीहरूलाई त्यहाँ भएका सबै घटना बताइदिए ।

  • 30तिनीहरू सहरबाट उहाँकहाँ आए ।

  • मर 1:32-34
    3 पदहरू
    70%

    32त्यस साँझ घाम अस्ताएपछि तिनीहरूले भूत लागेका र बिरामी भएका सबैलाई उहाँकहाँ ल्याए ।

    33सारा सहर नै त्यो घरको ढोकामा भेला भए ।

    34उहाँले विभिन्‍न प्रकारका रोगी र बिमारीहरूलाई निको पार्नुभयो र धेरै भूत निकाल्नुभयो, तर उहाँले भूतहरूलाई बोल्न दिनुभएन, किनकि तिनीहरूले उहाँलाई चिन्थे ।

  • 15उनी त्यस देशको एक जना नागरिककहाँ गए र काम खोजे, ती नागरिकले उनलाई सुँगुरहरू चराउन पठाए ।

  • 6यो कुरा थाहापाएपछि तिनीहरू लुकोनिया, लुस्‍त्रा, र डर्बी सहरहरू र वरिपरिका क्षेत्रतिर भागेर गए

  • 18जब येशूले भिडलाई आफ्नो वरिपरि देख्‍नुभयो, उहाँले गालील समुद्रको अर्कोपट्टि जानको निम्ति निर्देशन दिनुभयो ।

  • 4त्यसलाई धेरै पटक साङ्लाहरूले बाँधेको र ठिँगुरो लगाएर राखोएको थियो । त्यसले साङ्लाहरूलाई चुँडाल्थ्यो, र त्यसको ठिँगुरोलाई तोडिदिन्थ्यो । त्यसलाई वशमा राख्‍ने सामर्थ्य कसैमा थिएन ।

  • 17तिनीहरूले यसलाई देखे पछि, बालकको बारेमा बताइएका सबै कुरा मानिसहरूलाई बताए ।

  • 26सबै जना अचम्मित भए र परमेश्‍वरलाई महिमा दिए । तिनीहरू डरले भरिएर भने, “आज हामीले असाधारण काम देखेका छौँ ।