लूका 24:23
जब तिनीहरूले उहाँको शरीरलाई भेट्टाएनन्, तब यसो भन्दै तिनीहरू आए, तिनीहरूले स्वर्गदूतहरूको दर्शन पनि देखे जसले उहाँ जीवित हुनुभएको थियो भने ।
जब तिनीहरूले उहाँको शरीरलाई भेट्टाएनन्, तब यसो भन्दै तिनीहरू आए, तिनीहरूले स्वर्गदूतहरूको दर्शन पनि देखे जसले उहाँ जीवित हुनुभएको थियो भने ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
24हामीसँग भएका केही मानिसहरू चिहानमा गए, र थाहा पाए कि स्त्रीहरूले भनेजस्तै भएको थियो । तर तिनीहरूले उहाँलाई देखेनन् ।”
22तरै पनि, बिहान सबेरै उहाँको चिहानमा गएर, हाम्रो समूहका केही स्त्रीहरूले हामीलाई आश्चर्य चकित पारेका छन्, ।
1¶ हप्ताको पहिलो दिन सबेरै आफूले तयार गरेको सुगन्धित मसला लिएर उनीहरू चिहानमा आए ।
2तिनीहरूले चिहानबाट ढुङ्गा हटाइएको भेट्टाए ।
3तिनीहरू भित्र पसे, तर प्रभु येशूको शरीरलाई भेट्टाएनन् ।
4जब तिनीहरू यस विषयमा अन्योलमा परिरहेका थिए, तुरुन्तै चम्किलोवस्त्र लगाएका दुई जना मानिस तिनीहरूको छेउमा उभिए ।
5ती स्त्रीहरू डरले भरिएर आफ्नो अनुहार भुइँतिर निहुराइरहेका थिए, तिनीहरूले स्त्रीहरूलाई भने, “किन तिमीहरूले जीवितलाई मृतकहरूका बिचमा खोज्छौ?”
6उहाँ यहाँ हुनुहुन्न, तर जीवित हुनुभएको छ! उहाँ गालीलमा हुनुहुँदा तिमीहरूलाई के भन्नुभएको थियो, सो सम्झ ।
4पहरेदारहरू डरले थरथर काँपे र मरेका मानिसहरूजस्तै भए ।
5स्वर्गदूतले ती स्त्रीहरूलाई सम्बोधन गरे र भने, “भयभीत नहोओ, किनकि मलाई थाहा छ, कि तिमीहरूले क्रुसमा टाँगिनुभएका येशूलाई खोज्दै छौ ।
6उहाँ यहाँ हुनुहुन्न, तर जस्तो उहाँले भन्नुभएको थियो, उहाँ जीवित भई उठ्नुभएको छ । आएर प्रभुलाई राखिएको ठाउँ हेर ।
7झट्टै जाओ र उहाँका चेलाहरूलाई भन, ‘उहाँ मृतकहरूबाट जीवित भई उठ्नुभएको छ । हेर, उहाँ तिमीहरूभन्दा अगि गालीलमा जाँदै हुनुहुन्छ । त्यहीँ नै तिमीहरूले उहाँलाई देख्नेछौ ।’ हेर, मैले तिमीहरूलाई बताइदिएको छु ।”
8ती स्त्रीहरू तुरुन्तै डर र आनन्दका साथ चिहानबाट निस्के, अनि उहाँका चेलाहरूलाई यो बताउनको निम्ति दौडे ।
3तिनीहरूले एक आपसमा भन्दै थिए, “चिहानको मुखबाट हाम्रो लागि ढुङ्गा कसले हटाइदिन्छ होला?”
4जब तिनीहरूले माथि हेरे र उनीहरूले ढुङ्गा हटाइसकेको देखे, किनभने ढुङ्गा धेरै ठुलो थियो ।
5उनीहरू चिहानभित्र प्रवेश गरे र एक जना जवान मानिस सेतो पोशाक लगाएर दाहिनेपट्टि बसिरहेका देखे, र तिनीहरू छक्क परे ।
6तिनले तिनीहरूलाई भने, “नडराओ ।” तिमीहरूले येशू नासरीलाई खोज्दै छौ जसलाई क्रुसमा टाँगिएको थियो । उहाँ जीवित भई उठ्नुभएको छ! उहाँ यहाँ हुनुहुन्न । तिनीहरूले उहाँलाई राखेको ठाउँलाई हेर ।
7तर जाओ, पत्रुस र उहाँका चेलाहरूलाई भनिदेओ, कि उहाँ तिमीहरूभन्दा अगि गालीलमा जाँदै हुनुहुन्छ । उहाँले भन्नुभएजस्तै तिमीहरूले उहाँलाई त्यहाँ देख्नेछौ ।
8तिनीहरू बाहिर निस्के र चिहानबाट दौडेर गए; तिनीहरू कामिरहेका थिए र छक्क परे । तिनीहरूले कसैलाई केही पनि भनेनन्, किनकि तिनीहरू डराएका थिए ।
33त्यसै घडी तिनीहरू उठे, र यरूशलेममा फर्के । तिनीहरूले एघार जना एक आपसमा र उनीहरूसँग भएकाहरू पनि जम्मा भइराखेको भेट्टाए,
34तिनीहरूले भने, “प्रभु जीवित हुनुभएको रहेछ, र सिमोनकहाँ देखा पर्नुभएको रहेछ ।”
35त्यसकारण, बाटोमा जे भएको थियो, ती कुराहरू तिनीहरूले बताए र कसरी येशूले रोटी भाँच्ने बेलामा तिनीहरूलाई आफूलाई प्रकट गर्नुभयो, सो पनि बताए ।
36जसरी तिनीहरूले ती कुराहरू भन्दै थिए, येशू आफैँ तिनीहरूका बिचमा उभिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति होस् ।”
37तर तिनीहरू भयभीत भए र डरले भरिए, र हामीले एउटा आत्मा देख्यौँ भनी विचार गरे ।
10उनी गइन् र उनीसँग भएका सबैलाई बताइन् । त्यस बेला तिनीहरूले विलाप गर्दै रोइरहेका थिए ।
11तिनीहरूले सुने कि उहाँ जीवित हुनुहन्छ र उनले उहाँलाई देखिन्, तर तिनीहरूले विश्वास गरेनन् ।
12[टिपोटः पद ९ को टिप्पणी हेरौँ) त्यसपछि उहाँ दुई जना मानिससँगै अर्कै बाटोमा हिँडिरहनुभएको थियो ।
13तिनीहरू गएर अरू चेलाहरूलाई बताए, तर उनीहरूले तिनीहरूलाई विश्वास गरेनन् ।
8तब ती स्त्रीहरूले उहाँका वचनलाई सम्झे ।
9र चिहानबाट फर्के, र ती सबै कुराहरू एघार जना र अरू सबैलाई बताइदिए ।
11तर यो सन्देश प्रेरितहरूलाई बेकारको कुराजस्तो लग्यो, र तिनीहरूले स्त्रीहरूको कुरामा विश्वास गरेनन् ।
12यथापि पत्रुस उठे, र चिहानतिर दौडेर गए र निहुरेर भित्र हेर्दा सूती कपडाको पट्टीलाई देखे । तब पत्रुस आश्चर्य चकित हुँदै के भएको होला भन्दै आफ्नो घर तर्फलागे ।
55गालीलदेखि पछ्याउँदै आएका स्त्रीहरूले पनि चिहानमा उहाँको शरीर कसरी राखिएको थियो, त्यसलाई हेरे ।
12तिनले सेतो पहिरनमा येशूको शरीर राखिएको शिरपट्टि एक र पाउपट्टि अर्को गरी दुई जना स्वर्गदूत बसिरहेका देखिन् ।
13तिनीहरूले तिनलाई भने, “हे नारी, तिमी किन रोइरहेकी छ्यौ?” तिनले तिनीहरूलाई भनिन्, “किनभने तिनीहरूले मेरा प्रभुलाई लगे, अनि मलाई थाहा छैन तिनीहरूले उहाँलाई कहाँ राखेका छन् ।”
11जब ती स्त्रीहरू जाँदै थिए, हेर, केही पहरेदारहरू सहरमा गए र मुख्य पुजारीहरूलाई त्यहाँ भएका सबै घटना बताइदिए ।
30तर परमेश्वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो ।
31गालीलदेखि यरूशलेमसम्म उहाँसँगै आएका मानिसहरूकहाँ उहाँ धेरै दिनसम्म देखापर्नु भयो । अहिले यिनीहरू नै मानिसहरूका लागि उहाँका साक्षी भएका छन् ।
2हेर, त्यहाँ विशाल भूकम्प गयो, किनकि परमप्रभुका एक स्वर्गदूत स्वर्गबाट तल ओर्ले; अनि ढुङ्गा हटाए, र त्यसमाथि बसे ।
3उहाँको कष्टभोगपछि उहाँले धेरै विश्वसनीय प्रमाणसहित आफैँलाई तिनीहरूकहाँ जीवित प्रस्तुत गर्नुभयो । उहाँ चालिस दिनसम्म उनीहरूकहाँ देखा पर्नुभयो र परमेश्वरको राज्यको बारेमा बताउनु भयो ।
13र तिनीहरूलाई भने, “तिमीहरूले अरूहरूलाई यस्तो भन, ‘हामी सुतिरहेका बेला येशूका चेलाहरू आए र उनको मृत शरीरलाई चोरेर लगे ।’
53उहाँको पुनरुत्थानपछि तिनीहरू चिहानबाट बाहिर निस्के; पवित्र सहरमा प्रवेश गरे, र धेरैका माझमा देखा परे ।
31तब तिनीहरूका आँखा खुले, र तिनीहरूले उहाँलाई चिने, र उहाँ तिनीहरूका दृष्टिबाट हराउनुभयो ।
2यसकारण तिनी दौडिन्, अनि सिमोन पत्रुस र येशूले प्रेम गर्नुभएका अर्का चेलाकहाँ आइन्, र तिनले तिनीहरूलाई भनिन्, “तिनीहरूले हाम्रा प्रभुलाई चिहानबाट निकालेर लगेछन्, अनि तिनीहरूले कहाँ राखेका छन्, हामी जान्दैनौँ ।”
40जब उहाँले यो भनी सक्नुभयो, उहाँले तिनीहरूलाई आफ्ना हातहरू र गोडा देखाउनुभयो ।
19येशूले तिनीहरूलाई भन्नुभयो, “के कुराहरू?” तिनीहरूले उहाँलाई जवाफ दिए, “येशू नासरीसँग सम्बन्धित कुराहरू, जो एक अगमवक्ता हुनुहुन्थ्यो, सबै मानिसहरू र परमेश्वरको अगाडि काम र वचनमा शक्तिशाली हुनुहुन्थ्यो ।
12अनि उनका चेलाहरू आई उनको शवलाई लगेर गाडे । त्यसपछि तिनीहरू गए, र येशूलाई बताइदिए ।
22त्यसैले उहाँ मृत्युबाट जीवित भई उठ्नुहुँदा, उहाँले भन्नुभएको यो कुरा उहाँका चेलाहरूले सम्झे र तिनीहरूले धर्मशास्त्र र येशूले भन्नुभएको यो भनाइमाथि विश्वास गरे ।
29त्यो सुनेर यूहन्नाका चेलाहरू आए, र उनको लासलाई चिहानमा राखे ।
5त्यसपछि उहाँ केफास र बाह्र जना चेलाकहाँ देखा पर्नुभयो ।