लूका 24:31

अनलक शाब्दिक बाइबल

तब तिनीहरूका आँखा खुले, र तिनीहरूले उहाँलाई चिने, र उहाँ तिनीहरूका दृष्‍टिबाट हराउनुभयो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लू 24:16 : 16 तर तिनीहरूका आँखा उहाँलाई नचिन्‍ने बनाइएका थिए ।
  • यूह 8:59 : 59 तब तिनीहरूले उहाँलाई हान्‍नलाई ढुङ्गा टिपे, तर येशू आफैँ लुक्‍नुभयो, र मन्दिरबाट बाहिर जानुभयो ।
  • लू 4:30 : 30 तर उहाँ तिनीहरूका बिचबाट निस्केर आफ्नो बाटो लाग्‍नुभयो ।
  • यूह 20:13-16 : 13 तिनीहरूले तिनलाई भने, “हे नारी, तिमी किन रोइरहेकी छ्यौ?” तिनले तिनीहरूलाई भनिन्, “किनभने तिनीहरूले मेरा प्रभुलाई लगे, अनि मलाई थाहा छैन तिनीहरूले उहाँलाई कहाँ राखेका छन् ।” 14 जब तिनले यसो भनिन्, तिनी फर्किन्, अनि तिनले त्यहाँ येशू उभिरहनुभएको देखिन्, तर उहाँ येशू नै हुनुहुन्छ भनी तिनले चिनिनन् । 15 येशूले तिनलाई भन्‍नुभयो, “ए नारी! तिमी किन रोइरहेकी छ्यौ? तिमी कसलाई खोज्दै छ्यौ?” तिनले ती मानिस बगैँचाका माली हुन् भनी ठानिन्, र तिनले भनिन्, “महाशय, यदि तपाईंले उहाँलाई लानुभएको छ भने मलाई बताउनुहोस् तपाईंले उहाँलाई कहाँ राख्‍नुभएको छ, र म उहाँलाई लिएर जानेछु ।” 16 येशूले तिनलाई भन्‍नुभयो, “मरियम!” तिनी फर्किन्, र आरमेइक भाषामा उहाँलाई भनिन् “रब्बोनी” (जसको अर्थ हुन्छ, “गुरु” ) ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लू 24:11-19
    9 पदहरू
    85%

    11तर यो सन्‍देश प्रेरितहरूलाई बेकारको कुराजस्तो लग्यो, र तिनीहरूले स्‍त्रीहरूको कुरामा विश्‍वास गरेनन् ।

    12यथापि पत्रुस उठे, र चिहानतिर दौडेर गए र निहुरेर भित्र हेर्दा सूती कपडाको पट्टीलाई देखे । तब पत्रुस आश्‍चर्य चकित हुँदै के भएको होला भन्दै आफ्नो घर तर्फलागे ।

    13हेर, तिनीहरू दुई जना त्यही दिन इम्माउस नाउँ भएको गाउँतिर गइराखेका थिए, जुन यरूशलेमबाट साठी किलोमिटर टाढा थियो ।

    14जे भएको थियो, ती सबै कुराको विषयमा तिनीहरूले एक-अर्कामा छलफल गरे ।

    15तिनीहरू छलफल र एकसाथ प्रश्‍न गरिरहेका बेलामा येशू आफैँ तिनीहरूको नजिक आउनुभयो र तिनीहरूसँगै जानुभयो ।

    16तर तिनीहरूका आँखा उहाँलाई नचिन्‍ने बनाइएका थिए ।

    17येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू दुवै जना हिँड्दै गर्दा के को विषयमा कुरा गरिरेहेका थियौ?” उदास भएर तिनीहरू त्यहाँ उभिए ।

    18तिनीहरूमध्ये क्लेओपास नाउँ गरेका एक जनाले उहाँलाई जवाफ दिए, ”यी दिनहरूमा यरूशलेममा भएका कुराहरू थाहा नपाउने व्यक्‍ति के तपाईं मात्रै एक हुनुहुन्छ?”

    19येशूले तिनीहरूलाई भन्‍नुभयो, “के कुराहरू?” तिनीहरूले उहाँलाई जवाफ दिए, “येशू नासरीसँग सम्बन्धित कुराहरू, जो एक अगमवक्‍ता हुनुहुन्थ्यो, सबै मानिसहरू र परमेश्‍वरको अगाडि काम र वचनमा शक्‍तिशाली हुनुहुन्थ्यो ।

  • लू 24:27-30
    4 पदहरू
    83%

    27तब मोशादेखि लिएर सबै अगमवक्‍ताहरूद्वारा सबै धर्मशास्‍त्रमा येशूको विषयमा भनिएका कुराहरू उहाँले तिनीहरूलाई व्याख्या गरिदिनुभयो ।

    28तिनीहरू जुन गाउँतिर गइरहेका थिए, तिनीहरू त्यसको नजिकै पुग्‍न लाग्दा येशूले अझै टाढा जानेजस्तै गरी व्यवहार गर्नुभयो ।

    29तर तिनीहरूले उहाँलाई यसो भन्दै कर गरे, “हामीसँगै बस्‍नुहोस् किनकि साँझ परिसक्यो र लगभग दिन बितिसक्यो ।” त्यसैले, येशू तिनीहरूसँगै बस्‍न जानुभयो ।

    30जब उहाँ तिनीहरूसँग खान बस्‍नुभयो, तब उहाँले रोटी लिनुभयो, आशिष्‌‌ माग्‍नुभयो र यसलाई भाँचेर तिनीहरूलाई दिनुभयो ।

  • लू 24:32-41
    10 पदहरू
    83%

    32तिनीहरूले एक अर्कोलाई भने, बाटोमा उहाँ हामीसँग बोल्नुँहुदा उहाँले हामीलाई धर्मशास्‍त्र खोलिदिनुहुँदा के हाम्रा हृदयभित्र जलन भइराखेको थिएन र?”

    33त्यसै घडी तिनीहरू उठे, र यरूशलेममा फर्के । तिनीहरूले एघार जना एक आपसमा र उनीहरूसँग भएकाहरू पनि जम्मा भइराखेको भेट्टाए,

    34तिनीहरूले भने, “प्रभु जीवित हुनुभएको रहेछ, र सिमोनकहाँ देखा पर्नुभएको रहेछ ।”

    35त्यसकारण, बाटोमा जे भएको थियो, ती कुराहरू तिनीहरूले बताए र कसरी येशूले रोटी भाँच्‍ने बेलामा तिनीहरूलाई आफूलाई प्रकट गर्नुभयो, सो पनि बताए ।

    36जसरी तिनीहरूले ती कुराहरू भन्दै थिए, येशू आफैँ तिनीहरूका बिचमा उभिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस् ।”

    37तर तिनीहरू भयभीत भए र डरले भरिए, र हामीले एउटा आत्मा देख्यौँ भनी विचार गरे ।

    38येशूले तिनीहरूलाई भन्‍नुभयो, “किन तिमीहरू दुःखित हुन्छौ? किन तिमीहरूका हृदयमा प्रश्‍न उठाउँछौ?

    39मेरा हात र खुट्टा हेर, त्यो म आफैँ हुँ । मलाई छोएर हेर । किनकि आत्माको मासु र हड्डी हुँदैन, जसरी तिमीले मेरो शरीरमा भएको देखेका छौ ।”

    40जब उहाँले यो भनी सक्‍नुभयो, उहाँले तिनीहरूलाई आफ्ना हातहरू र गोडा देखाउनुभयो ।

    41तर तिनीहरू खुसीले पत्यार गर्न नसकी अचम्मित भइरहेकै बेला येशूले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूसँग केही खानेकुरा छ?”

  • 45तब तिनीहरूले धर्मशास्‍त्र बुझ्‍न सकून् भनेर उहाँले तिनीहरूको विवेक खोली दिनुभयो ।

  • लू 24:50-52
    3 पदहरू
    76%

    50त्यसपछि तिनीहरू बेथानी नपुगेसम्म उहाँले तिनीहरूलाई अगुवाइ गर्नुभयो । उहाँले आफ्ना हातहरू उचालेर तिनीहरूलाई आशिष्‌‌ दिनुभयो ।

    51त्यसपछि, जब उहाँले तिनीहरूलाई आशिष्‌‌ दिँदै हुनुहुन्थ्यो, उहाँ तिनीहरूलाई छोडेर स्वर्गतिर उचालिनुभयो ।

    52त्यसैले, तिनीहरूले उहाँको आराधना गरे, र बडो आनन्दसाथ यरूशलेम फर्के ।

  • 12[टिपोटः पद ९ को टिप्पणी हेरौँ) त्यसपछि उहाँ दुई जना मानिससँगै अर्कै बाटोमा हिँडिरहनुभएको थियो ।

  • लू 24:3-5
    3 पदहरू
    74%

    3तिनीहरू भित्र पसे, तर प्रभु येशूको शरीरलाई भेट्टाएनन् ।

    4जब तिनीहरू यस विषयमा अन्योलमा परिरहेका थिए, तुरुन्तै चम्किलोवस्‍त्र लगाएका दुई जना मानिस तिनीहरूको छेउमा उभिए ।

    5ती स्‍त्रीहरू डरले भरिएर आफ्नो अनुहार भुइँतिर निहुराइरहेका थिए, तिनीहरूले स्‍त्रीहरूलाई भने, “किन तिमीहरूले जीवितलाई मृतकहरूका बिचमा खोज्छौ?”

  • लू 24:23-25
    3 पदहरू
    74%

    23जब तिनीहरूले उहाँको शरीरलाई भेट्टाएनन्, तब यसो भन्दै तिनीहरू आए, तिनीहरूले स्वर्गदूतहरूको दर्शन पनि देखे जसले उहाँ जीवित हुनुभएको थियो भने ।

    24हामीसँग भएका केही मानिसहरू चिहानमा गए, र थाहा पाए कि स्‍त्रीहरूले भनेजस्तै भएको थियो । तर तिनीहरूले उहाँलाई देखेनन् ।”

    25येशूले तिनीहरूलाई भन्‍नुभयो, “हे मूर्ख मानिसहरू र विश्‍वास गर्न सुस्त हृदय भएकाहरू हो, ती सबै कुराहरू अगमवक्‍ताहरूले बोलेका थिएनन् र?

  • प्रेरि 1:9-10
    2 पदहरू
    73%

    9येशूले यी कुराहरू भनिसक्‍नुभएपछि, तिनीहरूले माथि हेरिरहँदा उहाँलाई माथि उठाइयो, र बादलले उहाँलाई तिनीहरूका आँखाबाट छेक्यो ।

    10उहाँ जाँदै गर्नुहुँदा तिनीहरूले स्वर्गतिर उत्कटतापूर्वक हेरिररहेका बेला सेतो वस्‍त्र पहिरेका दुई जना मानिस अचानक तिनीहरूका छेउमा खडा भए ।

  • 30अनि तिनीहरूका आँखा खोलिए । त्यसपछि येशूले तिनीहरूलाई कडासाथ आज्ञा गर्नुभयो र भन्‍नुभयो, “ख्याल गर, कि यो कुराबारे कसैलाई पनि थाहा नहोस् ।”

  • 43येशूले त्यसलाई लिनुभयो, र तिनीहरूकै सामु खानुभयो ।

  • 33तिनीहरूले उहाँलाई भने, “प्रभु, हाम्रा आँखा खोलिऊन् ।”

  • 8अचानक जब तिनीहरूले आफ्नो वरिपरि हेरे, तिनीहरूले तिनीहरूसँग येशूबाहेक अरू कसैलाई पनि देखेनन् ।

  • 8तब ती स्‍त्रीहरूले उहाँका वचनलाई सम्झे ।

  • 14[टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] पछि येशू एघार जनाकहाँ तिनीहरू टेबुलमा अडेस लगाएर बसिँरहँदा देखा पर्नुभयो अनि उहाँले तिनीहरूको अविश्‍वास र कठोर हृदयको निम्ति तिनीहरूलाई हप्काउनुभयो, किनकि उहाँ मृतकहरूबाट जीवित भई उठ्नुभएपछि तिनीहरूले उहाँलाई देख्‍नेहरूका कुरा विश्‍वास गरेनन् ।

  • 20जब उहाँले तिनीहरूलाई यो भन्‍नुभयो, उहाँले तिनीहरूलाई आफ्ना हात र कोखा देखाउनुभयो । चेलाहरूले प्रभुलाई देखेपछि तिनीहरू खुसी भए ।

  • 8त्यसपछि उनीहरूले माथि हेरे, तर येशूलाई बाहेक अरू कसैलाई देखेनन् ।

  • 32अब पत्रुस र तिनीसँग भएकाहरू निन्द्राले लट्ठ भएका थिए । तर जब तिनीहरू पूर्ण रूपले ब्युँझे, तिनीहरूले उहाँसँगै उभिरहेका दुई जना मानिस र उहाँको महिमालाई देखे ।

  • 31गालीलदेखि यरूशलेमसम्म उहाँसँगै आएका मानिसहरूकहाँ उहाँ धेरै दिनसम्म देखापर्नु भयो । अहिले यिनीहरू नै मानिसहरूका लागि उहाँका साक्षी भएका छन् ।

  • 9त्यसबेलासम्म पनि उहाँ मृतकहरूबाट जीवित भई उठ्नुपर्छ भनी तिनीहरूले अझै पनि धर्मशास्‍त्र बुझेनन् ।

  • 54जब उहाँहरू डुङ्गाबाट ओर्लनुभयो, तिनीहरूले उहाँलाई तुरुन्तै चिने ।

  • 23चेलाहरूतिर फर्केर उहाँले गुप्‍त रूपले भन्‍नुभयो, “तिमीहरूले देखेका कुरा देख्‍नेहरू धन्यका हुन् ।

  • 34उनीहरूले यी कुनै पनि कुराहरू बुझेनन् र यो वचन उनीहरूबाट लुकाइएका थिए, यसकारण भनिएका कुनै पनि कुराहरू उनीहरूको समझमा आएन ।