मरकुस 16:14

अनलक शाब्दिक बाइबल

[टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] पछि येशू एघार जनाकहाँ तिनीहरू टेबुलमा अडेस लगाएर बसिँरहँदा देखा पर्नुभयो अनि उहाँले तिनीहरूको अविश्‍वास र कठोर हृदयको निम्ति तिनीहरूलाई हप्काउनुभयो, किनकि उहाँ मृतकहरूबाट जीवित भई उठ्नुभएपछि तिनीहरूले उहाँलाई देख्‍नेहरूका कुरा विश्‍वास गरेनन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ कोरि 15:5 : 5 त्यसपछि उहाँ केफास र बाह्र जना चेलाकहाँ देखा पर्नुभयो ।
  • लू 24:36-43 : 36 जसरी तिनीहरूले ती कुराहरू भन्दै थिए, येशू आफैँ तिनीहरूका बिचमा उभिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस् ।” 37 तर तिनीहरू भयभीत भए र डरले भरिए, र हामीले एउटा आत्मा देख्यौँ भनी विचार गरे । 38 येशूले तिनीहरूलाई भन्‍नुभयो, “किन तिमीहरू दुःखित हुन्छौ? किन तिमीहरूका हृदयमा प्रश्‍न उठाउँछौ? 39 मेरा हात र खुट्टा हेर, त्यो म आफैँ हुँ । मलाई छोएर हेर । किनकि आत्माको मासु र हड्डी हुँदैन, जसरी तिमीले मेरो शरीरमा भएको देखेका छौ ।” 40 जब उहाँले यो भनी सक्‍नुभयो, उहाँले तिनीहरूलाई आफ्ना हातहरू र गोडा देखाउनुभयो । 41 तर तिनीहरू खुसीले पत्यार गर्न नसकी अचम्मित भइरहेकै बेला येशूले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूसँग केही खानेकुरा छ?” 42 तिनीहरूले उहाँलाई एउटा पकाएको माछा दिए । 43 येशूले त्यसलाई लिनुभयो, र तिनीहरूकै सामु खानुभयो ।
  • भजन 95:8-9 : 8 “मेरीबामा वा उजाडस्‍थानको मस्साहका दिनमा झैं आफ्नो हृदयलाई कठोर नपार, 9 जहाँ तिमीहरूका पुर्खाहरूले मेरा कामहरू देखे तापनि तिनीहरूले मलाई जाँचे र मेरो परीक्षा गरे । 10 किनकि चालिस वर्षसम्म म त्यो पुस्‍तासित रिसाएँ र भनें, ‘यी मानिसहरूका हृदयहरू भड्किएका छन् । तिनीहरूले मेरा मार्गहरू जानेका छैनन् ।' 11 यसकारण मैले आफ्‍नो रिसमा शपथ खाएँ, कि तिनीहरू मेरो विश्राम गर्ने ठाउँमा कहिल्यै प्रवेश गर्नेछैनन् ।
  • मत्त 11:20 : 20 तब येशूले ती सहरहरूलाई हकार्न थाल्नुभयो जहाँ उहाँका धेरैजसो शक्‍तिशाली कार्यहरू भएका थिए, किनकि तिनीहरूले पश्‍चात्ताप गरेका थिएनन् ।
  • मत्त 15:16-17 : 16 येशूले भन्‍नुभयो, “के तिमी अझै अबुझ छौ? 17 के तिमीलाई थाहा छैन, कि जुन कुरा मुखबाट भित्र पस्दछ त्यो पेटमा जान्छ र त्यो शौचालयमा बाहिर निस्कन्छ ।
  • मत्त 16:8-9 : 8 येशूले यो कुरा थाहा पाउनुभयो र भन्‍नुभयो, “अल्प-विश्‍वासीहरू हो, आपसमा किन कुरा गर्छौ र तिमीहरूले रोटी नल्याएका कारण मैले यस्तो भनेँ भनेर भन्दछौ? 9 पाँच हजार जनाको निम्ति पाँचवटा रोटी र तिमीहरूले कति टोकरी बटुलेको कुरा के तिमीहरूलाई अझै सम्झना छैन वा तिमीहरूले बुझेका छैनौ? 10 अथवा चार हजार जनाको निम्ति सातवटा रोटी र तिमीहरूले कति टोकरी उठायौ? 11 मैले ती रोटीहरूको विषयमा बोलिरहेको थिइनँ भन्‍ने कुरा तिमीहरू कसरी बुझ्दैनौ? ध्यान देओ र फरिसीहरू र सदुकीहरूको खमिरबाट सावधान रहो ।”
  • मत्त 17:20 : 20 येशूले उनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको कमजोर विश्‍वासको कारण । किनकि साँच्‍चै म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूसँग रायोको दाना जत्तिकै मात्र विश्‍वास छ भने पनि, यो पहाडलाई तिमीहरूले ‘यहाँबाट हटेर त्यहाँ जा’ भन्यौ भने पनि त्यो जानेछ र तिमीहरूका निम्ति कुनै पनि कुरा असम्भव हुनेछैन ।
  • मर 7:18 : 18 येशूले भन्‍नुभयो, “के तिमीहरूले अझ पनि बुझेका छैनौ? के तिमीहरू देख्‍दैनौ, कि बाहिरबाट मानिसभित्र पस्‍ने कुराले त्यसलाई अशुद्ध पार्न सक्दैन,
  • मर 8:17-18 : 17 येशू यसप्रति सजग हुनुहुन्थ्यो र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले रोटी नल्याएको विषयमा किन बहस गरिरहेका छौ? के तिमीहरू अझै महसुस गर्दैनौ? के तिमीहरू बुझ्दैनौ? तिमीहरूका हृदय यति बोधो भएका छन्? 18 तिमीहरूसँग आँखा छन्, के तिमीहरू देख्दैनौ? तिमीहरूसँग कान छन्, के तिमीहरू सुन्दैनौ? के तिमीहरूले सम्झदैनौ?
  • मर 16:11-13 : 11 तिनीहरूले सुने कि उहाँ जीवित हुनुहन्छ र उनले उहाँलाई देखिन्, तर तिनीहरूले विश्‍वास गरेनन् । 12 [टिपोटः पद ९ को टिप्पणी हेरौँ) त्यसपछि उहाँ दुई जना मानिससँगै अर्कै बाटोमा हिँडिरहनुभएको थियो । 13 तिनीहरू गएर अरू चेलाहरूलाई बताए, तर उनीहरूले तिनीहरूलाई विश्‍वास गरेनन् ।
  • लू 24:25 : 25 येशूले तिनीहरूलाई भन्‍नुभयो, “हे मूर्ख मानिसहरू र विश्‍वास गर्न सुस्त हृदय भएकाहरू हो, ती सबै कुराहरू अगमवक्‍ताहरूले बोलेका थिएनन् र?
  • यूह 20:19-20 : 19 हप्‍ताको पहिलो दिनको साँझपख यहूदीहरूको डरले चेलाहरू जहाँ बसेका थिए, त्यसका ढोकाहरू बन्द गरिएको हुँदा, येशू आउनुभयो र तिनीहरूका बिचमा उभिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति!” 20 जब उहाँले तिनीहरूलाई यो भन्‍नुभयो, उहाँले तिनीहरूलाई आफ्ना हात र कोखा देखाउनुभयो । चेलाहरूले प्रभुलाई देखेपछि तिनीहरू खुसी भए ।
  • यूह 20:27 : 27 त्यसपछि उहाँले थोमालाई भन्‍नुभयो, “तिम्रा औला यहाँ हाल, र मेरा हातहरू हेर अनि मेरो कोखामा तिम्रो हात हाल, अविश्‍वासी नहोऊ, तर विश्‍वास गर ।”
  • गिन 14:11 : 11 परमप्रभुले मोशालाई भन्‍नुभयो, “यी मानिसहरूले मलाई कहिलेसम्म तिरस्कार गर्ने? मैले तिनीहरूका माझ गरेका मेरो शक्‍तिका चिन्हहरूका बाबजुद पनि तिनीहरू कहिलेसम्म ममा भरोसा गर्न चुक्छन्?
  • इब्रा 3:7-8 : 7 त्यसकारण, जसरी पवित्र आत्मा भन्‍नुहुन्छ, “आज, यदि तिमीले उहाँको सोर सुन्यौ भने, 8 उजाड-स्थानमा परीक्षाको समयमा विद्रोह गरेजस्तै तिमीहरूका हृदयलाई कठोर नपार ।
  • इब्रा 3:15-19 : 15 यसको बारेमा यस्तो भनिएको थियो, “आज, यदि तिमीहरूले उहाँको सोर सुन्यौ भने, विद्रोहमा गरेजस्तै तिमीहरूले हृदय कठोर नपार ।” 16 ती को थिए जसले परमेश्‍वरको आवाज सुने र उहाँको विरोध गरे? के ती सबै मोशाले मिश्र देशबाट निकालेर ल्याएकाहरू नै होइनन् र? 17 जोसँग उहाँ चालिस वर्षसम्म रिसाउनुभएको होइन र? के ती पाप गर्नेहरूसित होइन जसका मृत शरीरहरू उजाड-स्थानमा छरिएका थिएनन् र? 18 तिनीहरू उहाँको विश्राममा पस्‍न पाउनेछैनन् भनी कोसँग उहाँले शपथ खानुभएको थियो, के ती उहाँका आज्ञा नमान्‍नेहरू होइनन् र? 19 र अविश्‍वासको कारणले नै तिनीहरू उहाँको विश्राममा पस्‍न नसकेको हामी देख्दछौ ।
  • प्रका 3:19 : 19 मैले प्रेम गर्ने प्रत्येकलाई म तालिम दिन्छु, र तिनीहरू कसरी जिउनुपर्छ सो म तिनीहरूलाई सिकाउँछु । त्यसकारण, पश्‍चात्ताप गर र इमानदार होऊ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मर 16:9-13
    5 पदहरू
    83%

    9[टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] हप्‍ताको पहिलो दिन सबेरै, उहाँ जीवित भई उठ्नुभएपछि उहाँ मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो जसबाट उहाँले सातवटा भूत निकाल्नुभएको थियो ।

    10उनी गइन् र उनीसँग भएका सबैलाई बताइन् । त्यस बेला तिनीहरूले विलाप गर्दै रोइरहेका थिए ।

    11तिनीहरूले सुने कि उहाँ जीवित हुनुहन्छ र उनले उहाँलाई देखिन्, तर तिनीहरूले विश्‍वास गरेनन् ।

    12[टिपोटः पद ९ को टिप्पणी हेरौँ) त्यसपछि उहाँ दुई जना मानिससँगै अर्कै बाटोमा हिँडिरहनुभएको थियो ।

    13तिनीहरू गएर अरू चेलाहरूलाई बताए, तर उनीहरूले तिनीहरूलाई विश्‍वास गरेनन् ।

  • 3उहाँको कष्‍टभोगपछि उहाँले धेरै विश्‍वसनीय प्रमाणसहित आफैँलाई तिनीहरूकहाँ जीवित प्रस्तुत गर्नुभयो । उहाँ चालिस दिनसम्म उनीहरूकहाँ देखा पर्नुभयो र परमेश्‍वरको राज्यको बारेमा बताउनु भयो ।

  • लू 24:33-41
    9 पदहरू
    76%

    33त्यसै घडी तिनीहरू उठे, र यरूशलेममा फर्के । तिनीहरूले एघार जना एक आपसमा र उनीहरूसँग भएकाहरू पनि जम्मा भइराखेको भेट्टाए,

    34तिनीहरूले भने, “प्रभु जीवित हुनुभएको रहेछ, र सिमोनकहाँ देखा पर्नुभएको रहेछ ।”

    35त्यसकारण, बाटोमा जे भएको थियो, ती कुराहरू तिनीहरूले बताए र कसरी येशूले रोटी भाँच्‍ने बेलामा तिनीहरूलाई आफूलाई प्रकट गर्नुभयो, सो पनि बताए ।

    36जसरी तिनीहरूले ती कुराहरू भन्दै थिए, येशू आफैँ तिनीहरूका बिचमा उभिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस् ।”

    37तर तिनीहरू भयभीत भए र डरले भरिए, र हामीले एउटा आत्मा देख्यौँ भनी विचार गरे ।

    38येशूले तिनीहरूलाई भन्‍नुभयो, “किन तिमीहरू दुःखित हुन्छौ? किन तिमीहरूका हृदयमा प्रश्‍न उठाउँछौ?

    39मेरा हात र खुट्टा हेर, त्यो म आफैँ हुँ । मलाई छोएर हेर । किनकि आत्माको मासु र हड्डी हुँदैन, जसरी तिमीले मेरो शरीरमा भएको देखेका छौ ।”

    40जब उहाँले यो भनी सक्‍नुभयो, उहाँले तिनीहरूलाई आफ्ना हातहरू र गोडा देखाउनुभयो ।

    41तर तिनीहरू खुसीले पत्यार गर्न नसकी अचम्मित भइरहेकै बेला येशूले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूसँग केही खानेकुरा छ?”

  • यूह 21:12-14
    3 पदहरू
    74%

    12येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, र खाजा खाओ ।” कुनै पनि चेलाले “तपाईं को हुनुहुन्छ?” भनी उहाँलाई सोध्‍ने साहस गरेन ।

    13येशू आउनुभयो र रोटी लिनुभयो, र तिनीहरूलाई दिनुभयो र माछा पनि दिनुभयो ।

    14मृत्युबाट जीवित हुनुभएपछि येशूले आफूलाई चेलाहरूकहाँ प्रकट गर्नुभएको यो तेस्रो पटक थियो ।

  • 11तर यो सन्‍देश प्रेरितहरूलाई बेकारको कुराजस्तो लग्यो, र तिनीहरूले स्‍त्रीहरूको कुरामा विश्‍वास गरेनन् ।

  • 5त्यसपछि उहाँ केफास र बाह्र जना चेलाकहाँ देखा पर्नुभयो ।

  • 72%

    40परमेश्‍वरले उहाँलाई तेस्रो दिनमा बिउँताउनुभयो र प्रकट गराउनुभयो,

    41सबैकहाँ होइन तर परमेश्‍वरले पहिले नै छान्‍नुभएका साक्षीहरूकहाँ । हामी नै ती साक्षीहरू हौँ जसले उहाँ मृतकहरूबाट बौरी उठ्नुभएपछि उहाँसँगै खायौँ र पियौँ ।

  • मत्त 28:16-17
    2 पदहरू
    72%

    16तर एघार जना चेला गालीलको त्यस डाँडामा गए जहाँ येशूले जानू भनी तिनीहरूलाई निर्देशन दिनुभएको थियो ।

    17जब उनीहरूले उहाँलाई देखे, उनीहरूले उहाँलाई दण्डवत् गरे, तर कतिले चाहिँ शङ्का गरे ।

  • 15उहाँले तिनीहरूलाई भन्‍नुभयो, “सारा संसारमा जाओ, र समग्र सृष्‍टिलाई सुसमाचार प्रचार गर ।

  • 7त्यसपछि उहाँ याकूब र बाँकी रहेका सबै प्रेरितहरूका माझमा देखा पर्नुभयो ।

  • यूह 20:19-20
    2 पदहरू
    72%

    19हप्‍ताको पहिलो दिनको साँझपख यहूदीहरूको डरले चेलाहरू जहाँ बसेका थिए, त्यसका ढोकाहरू बन्द गरिएको हुँदा, येशू आउनुभयो र तिनीहरूका बिचमा उभिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति!”

    20जब उहाँले तिनीहरूलाई यो भन्‍नुभयो, उहाँले तिनीहरूलाई आफ्ना हात र कोखा देखाउनुभयो । चेलाहरूले प्रभुलाई देखेपछि तिनीहरू खुसी भए ।

  • लू 24:30-31
    2 पदहरू
    71%

    30जब उहाँ तिनीहरूसँग खान बस्‍नुभयो, तब उहाँले रोटी लिनुभयो, आशिष्‌‌ माग्‍नुभयो र यसलाई भाँचेर तिनीहरूलाई दिनुभयो ।

    31तब तिनीहरूका आँखा खुले, र तिनीहरूले उहाँलाई चिने, र उहाँ तिनीहरूका दृष्‍टिबाट हराउनुभयो ।

  • मर 16:6-7
    2 पदहरू
    71%

    6तिनले तिनीहरूलाई भने, “नडराओ ।” तिमीहरूले येशू नासरीलाई खोज्दै छौ जसलाई क्रुसमा टाँगिएको थियो । उहाँ जीवित भई उठ्नुभएको छ! उहाँ यहाँ हुनुहुन्‍न । तिनीहरूले उहाँलाई राखेको ठाउँलाई हेर ।

    7तर जाओ, पत्रुस र उहाँका चेलाहरूलाई भनिदेओ, कि उहाँ तिमीहरूभन्दा अगि गालीलमा जाँदै हुनुहुन्छ । उहाँले भन्‍नुभएजस्तै तिमीहरूले उहाँलाई त्यहाँ देख्‍नेछौ ।

  • 31गालीलदेखि यरूशलेमसम्म उहाँसँगै आएका मानिसहरूकहाँ उहाँ धेरै दिनसम्म देखापर्नु भयो । अहिले यिनीहरू नै मानिसहरूका लागि उहाँका साक्षी भएका छन् ।

  • यूह 20:24-27
    4 पदहरू
    71%

    24येशू आउनुहुँदा बाह्र जना चेलामध्ये दिदुमस भनिने थोमाचाहिँ तिनीहरूसँग थिएनन् ।

    25पछि अरू चेलाहरूले “हामीले प्रभुलाई देख्यौँ” भनी तिनलाई बताए । तिनले तिनीहरूलाई भने, “मैले उहाँका हातका काँटीहरूका डोबहरू नदेखेसम्म र मेरो औँला त्यहाँ नहालेसम्म, र उहाँको कोखमा मेरो हात नहालेसम्म म विश्‍वास गर्नेछैनँ ।”

    26आठ दिनपछि उहाँका चेलाहरू फेरि कोठाभित्र थिए, र थोमा पनि तिनीहरूसँगै थिए । ढोकाहरू बन्द गरिएको अवस्थामा नै येशू तिनीहरूकहाँ आउनुभयो र तिनीहरूका बिचमा उभिनुभयो, र भन्‍नुभयो, “तिमीहरूलाई शान्ति!”

    27त्यसपछि उहाँले थोमालाई भन्‍नुभयो, “तिम्रा औला यहाँ हाल, र मेरा हातहरू हेर अनि मेरो कोखामा तिम्रो हात हाल, अविश्‍वासी नहोऊ, तर विश्‍वास गर ।”

  • 28तर म जीवित भई उठेपछि म तिमीहरूभन्दा अगि गालीलमा जानेछु ।”

  • 16तर तिनीहरूका आँखा उहाँलाई नचिन्‍ने बनाइएका थिए ।

  • 7झट्टै जाओ र उहाँका चेलाहरूलाई भन, ‘उहाँ मृतकहरूबाट जीवित भई उठ्नुभएको छ । हेर, उहाँ तिमीहरूभन्दा अगि गालीलमा जाँदै हुनुहुन्छ । त्यहीँ नै तिमीहरूले उहाँलाई देख्‍नेछौ ।’ हेर, मैले तिमीहरूलाई बताइदिएको छु ।”

  • 19[टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] प्रभु तिनीहरूसँग बोलिसक्‍नुभएपछि उहाँ स्वर्गमा उचालिलगिनुभयो र परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नुभयो ।

  • 9र चिहानबाट फर्के, र ती सबै कुराहरू एघार जना र अरू सबैलाई बताइदिए ।

  • 9त्यसबेलासम्म पनि उहाँ मृतकहरूबाट जीवित भई उठ्नुपर्छ भनी तिनीहरूले अझै पनि धर्मशास्‍त्र बुझेनन् ।

  • 22त्यसैले उहाँ मृत्युबाट जीवित भई उठ्नुहुँदा, उहाँले भन्‍नुभएको यो कुरा उहाँका चेलाहरूले सम्‍झे र तिनीहरूले धर्मशास्‍त्र र येशूले भन्‍नुभएको यो भनाइमाथि विश्‍वास गरे ।

  • 6उहाँ यहाँ हुनुहुन्‍न, तर जीवित हुनुभएको छ! उहाँ गालीलमा हुनुहुँदा तिमीहरूलाई के भन्‍नुभएको थियो, सो सम्झ ।

  • 25येशूले तिनीहरूलाई भन्‍नुभयो, “हे मूर्ख मानिसहरू र विश्‍वास गर्न सुस्त हृदय भएकाहरू हो, ती सबै कुराहरू अगमवक्‍ताहरूले बोलेका थिएनन् र?

  • 1¶ यी कुराहरूपछि येशू आफैँ फेरि तिबेरियास समुद्रमा चेलाहरूकहाँ देखा पर्नुभयो, उहाँ यसरी देखा पर्नुभयो ।

  • 10त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “नडराओ । जाओ मेरा भाइहरूलाई गालीलमा जानू भनेर भनिदेओ । त्यहाँ तिनीहरूले मलाई भेट्नेछन् ।”

  • 29येशूले तिनलाई भन्‍नुभयो, “तिमीले मलाई देखेको कारणले विश्‍वास गरेका छौ । धन्य हुन् तिनीहरू जसले देखेका छैनन् र पनि विश्‍वास गरेका छन् ।”

  • 32तर म उठाइएपछि म तिमीहरूभन्दा अगि गालीलमा जानेछु ।”