मरकुस 16:9

अनलक शाब्दिक बाइबल

[टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] हप्‍ताको पहिलो दिन सबेरै, उहाँ जीवित भई उठ्नुभएपछि उहाँ मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो जसबाट उहाँले सातवटा भूत निकाल्नुभएको थियो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मर 15:40 : 40 त्यहाँ टाढाबाटै हेर्ने स्‍त्रीहरू पनि थिए । तिनीहरूमध्ये मरियम मग्दलिनी, मरियम (सानो याकूब र योसेफकी आमा), र सलोमी थिए ।
  • लू 8:2 : 2 केही स्‍त्रीहरू जो दुष्‍टात्मा र रोगहरूबाट निको भएका थिए, तिनीहरू पनि उहाँहरूसँगै थिए । तिनीहरू मरियम जसलाई मग्दलनी भनिन्थ्यो, जसबाट सातवटा भूतात्मा निकालिएका थिए ।
  • यूह 20:14-19 : 14 जब तिनले यसो भनिन्, तिनी फर्किन्, अनि तिनले त्यहाँ येशू उभिरहनुभएको देखिन्, तर उहाँ येशू नै हुनुहुन्छ भनी तिनले चिनिनन् । 15 येशूले तिनलाई भन्‍नुभयो, “ए नारी! तिमी किन रोइरहेकी छ्यौ? तिमी कसलाई खोज्दै छ्यौ?” तिनले ती मानिस बगैँचाका माली हुन् भनी ठानिन्, र तिनले भनिन्, “महाशय, यदि तपाईंले उहाँलाई लानुभएको छ भने मलाई बताउनुहोस् तपाईंले उहाँलाई कहाँ राख्‍नुभएको छ, र म उहाँलाई लिएर जानेछु ।” 16 येशूले तिनलाई भन्‍नुभयो, “मरियम!” तिनी फर्किन्, र आरमेइक भाषामा उहाँलाई भनिन् “रब्बोनी” (जसको अर्थ हुन्छ, “गुरु” ) । 17 येशूले तिनलाई भन्‍नुभयो, “मलाई नछोऊ, किनभने म अझै पिताकहाँ गएको छैनँ, तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, कि म मेरा पिता र तिमीहरूका पिता अनि मेरा परमेश्‍वर र तिमीहरूका परमेश्‍वरकहाँ जानेछु ।” 18 मरियम मग्दलिनी चेलाहरूकहाँ आइन्, र तिनलाई उहाँले भन्‍नुभएका यी कुराहरू बताइन् र भनिन्, “मैले प्रभुलाई देखेँ ।” 19 हप्‍ताको पहिलो दिनको साँझपख यहूदीहरूको डरले चेलाहरू जहाँ बसेका थिए, त्यसका ढोकाहरू बन्द गरिएको हुँदा, येशू आउनुभयो र तिनीहरूका बिचमा उभिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति!”
  • प्रेरि 20:7 : 7 हप्‍ताको पहिलो दिन जब हामी रोटी भाँच्‍नलाई भेला भएका थियौँ, तब पावल विश्‍वासीहरूसँग बोल्न थाले । उनले त्यहाँबाट अर्को दिन हिँड्ने योजना गरेकाले उनी मध्यरातसम्मै बोलिरहे ।
  • १ कोरि 16:2 : 2 हप्‍ताको पहिलो दिन तिमीहरूको दक्षताअनुसार हरेकले केही जम्मा गरेर एक ठाउँमा भेला गर, ताकि म आउँदा भेटी उठाउन नपरोस् ।
  • प्रका 1:10 : 10 प्रभुको दिनमा म आत्मामा थिएँ । मैले मेरो पछाडि चर्को स्वरमा तुरहीको जस्तै एउटा आवाज सुने ।
  • लू 24:10 : 10 अब मरियम मग्दलिनी, योअन्‍ना, याकूबकी आमा मरियम र उनीहरूसँग अरू स्‍त्रीहरू पनि थिए र प्रेरितहरूलाई ती सबै कुराहरूको जानकारी गराए ।
  • यूह 20:12 : 12 तिनले सेतो पहिरनमा येशूको शरीर राखिएको शिरपट्टि एक र पाउपट्टि अर्को गरी दुई जना स्वर्गदूत बसिरहेका देखिन् ।
  • मर 15:47 : 47 मरियम मग्दलिनी र योसेफकी आमा मरियमले येशूलाई कहाँ गाडिएको थियो भन्‍ने देखेका थिए ।
  • मत्त 27:56 : 56 तिनीहरूमध्ये मरियम मग्दलिनी, याकूब र योसेफकी आमा मरियम, र जब्दियाका छोराहरूकी आमा थिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लू 8:1-2
    2 पदहरू
    82%

    1¶ यसपछि छिट्टै प्रभु येशू आफ्ना बाह्र जना चेलाका साथमा वरपरका सहरहरू र गाउँहरूमा प्रचार गर्दै र परमेश्‍वरको राज्यको सुसमाचार घोषणा गर्दै जानुभयो ।

    2केही स्‍त्रीहरू जो दुष्‍टात्मा र रोगहरूबाट निको भएका थिए, तिनीहरू पनि उहाँहरूसँगै थिए । तिनीहरू मरियम जसलाई मग्दलनी भनिन्थ्यो, जसबाट सातवटा भूतात्मा निकालिएका थिए ।

  • यूह 20:1-2
    2 पदहरू
    81%

    1¶ हप्‍ताको पहिले दिन सबेरै अँध्यारो छँदै मरियम मग्दलिनी चिहानमा आइन्, र तिनले चिहानबाट ढुङ्गा हटाइएको देखिन ।

    2यसकारण तिनी दौडिन्, अनि सिमोन पत्रुस र येशूले प्रेम गर्नुभएका अर्का चेलाकहाँ आइन्, र तिनले तिनीहरूलाई भनिन्, “तिनीहरूले हाम्रा प्रभुलाई चिहानबाट निकालेर लगेछन्, अनि तिनीहरूले कहाँ राखेका छन्, हामी जान्दैनौँ ।”

  • मर 16:10-12
    3 पदहरू
    79%

    10उनी गइन् र उनीसँग भएका सबैलाई बताइन् । त्यस बेला तिनीहरूले विलाप गर्दै रोइरहेका थिए ।

    11तिनीहरूले सुने कि उहाँ जीवित हुनुहन्छ र उनले उहाँलाई देखिन्, तर तिनीहरूले विश्‍वास गरेनन् ।

    12[टिपोटः पद ९ को टिप्पणी हेरौँ) त्यसपछि उहाँ दुई जना मानिससँगै अर्कै बाटोमा हिँडिरहनुभएको थियो ।

  • मर 16:1-3
    3 पदहरू
    79%

    1¶ जब शबाथ-दिन सकियो, मरियम मग्दलिनी र याकूबकी आमा मरियम र सलोमीले सुगन्धित मसला ल्याए, कि तिनीहरू आउन सकून् र येशूको शरीर अभिषेक गर्न सकून् ।

    2हप्‍ताको पहिलो दिन बिहान सबेरै घाम झुल्कँदा तिनीहरू चिहानमा गए ।

    3तिनीहरूले एक आपसमा भन्‍दै थिए, “चिहानको मुखबाट हाम्रो लागि ढुङ्गा कसले हटाइदिन्छ होला?”

  • मत्त 28:1-2
    2 पदहरू
    77%

    1¶ अब शबाथको समय सकिनै लाग्दा हप्‍ताको पहिलो दिनको झिसमिसेमा मरियम मग्दलिनी र मरियम नाउँ गरेकी अर्की स्‍त्री चिहान हेर्न आए ।

    2हेर, त्यहाँ विशाल भूकम्प गयो, किनकि परमप्रभुका एक स्वर्गदूत स्वर्गबाट तल ओर्ले; अनि ढुङ्गा हटाए, र त्यसमाथि बसे ।

  • यूह 20:18-19
    2 पदहरू
    75%

    18मरियम मग्दलिनी चेलाहरूकहाँ आइन्, र तिनलाई उहाँले भन्‍नुभएका यी कुराहरू बताइन् र भनिन्, “मैले प्रभुलाई देखेँ ।”

    19हप्‍ताको पहिलो दिनको साँझपख यहूदीहरूको डरले चेलाहरू जहाँ बसेका थिए, त्यसका ढोकाहरू बन्द गरिएको हुँदा, येशू आउनुभयो र तिनीहरूका बिचमा उभिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति!”

  • मर 16:5-8
    4 पदहरू
    75%

    5उनीहरू चिहानभित्र प्रवेश गरे र एक जना जवान मानिस सेतो पोशाक लगाएर दाहिनेपट्टि बसिरहेका देखे, र तिनीहरू छक्‍क परे ।

    6तिनले तिनीहरूलाई भने, “नडराओ ।” तिमीहरूले येशू नासरीलाई खोज्दै छौ जसलाई क्रुसमा टाँगिएको थियो । उहाँ जीवित भई उठ्नुभएको छ! उहाँ यहाँ हुनुहुन्‍न । तिनीहरूले उहाँलाई राखेको ठाउँलाई हेर ।

    7तर जाओ, पत्रुस र उहाँका चेलाहरूलाई भनिदेओ, कि उहाँ तिमीहरूभन्दा अगि गालीलमा जाँदै हुनुहुन्छ । उहाँले भन्‍नुभएजस्तै तिमीहरूले उहाँलाई त्यहाँ देख्‍नेछौ ।

    8तिनीहरू बाहिर निस्के र चिहानबाट दौडेर गए; तिनीहरू कामिरहेका थिए र छक्‍क परे । तिनीहरूले कसैलाई केही पनि भनेनन्, किनकि तिनीहरू डराएका थिए ।

  • 1¶ हप्‍ताको पहिलो दिन सबेरै आफूले तयार गरेको सुगन्धित मसला लिएर उनीहरू चिहानमा आए ।

  • मत्त 28:6-8
    3 पदहरू
    72%

    6उहाँ यहाँ हुनुहुन्‍न, तर जस्तो उहाँले भन्‍नुभएको थियो, उहाँ जीवित भई उठ्नुभएको छ । आएर प्रभुलाई राखिएको ठाउँ हेर ।

    7झट्टै जाओ र उहाँका चेलाहरूलाई भन, ‘उहाँ मृतकहरूबाट जीवित भई उठ्नुभएको छ । हेर, उहाँ तिमीहरूभन्दा अगि गालीलमा जाँदै हुनुहुन्छ । त्यहीँ नै तिमीहरूले उहाँलाई देख्‍नेछौ ।’ हेर, मैले तिमीहरूलाई बताइदिएको छु ।”

    8ती स्‍त्रीहरू तुरुन्तै डर र आनन्दका साथ चिहानबाट निस्के, अनि उहाँका चेलाहरूलाई यो बताउनको निम्ति दौडे ।

  • 30तिनी आफ्नो घर फर्केर गइन् र आफ्नी छोरी ओछ्यानमा पल्टिरहेकी पाइन्, र भूत निस्केर गएको थियो ।

  • 34उहाँले विभिन्‍न प्रकारका रोगी र बिमारीहरूलाई निको पार्नुभयो र धेरै भूत निकाल्नुभयो, तर उहाँले भूतहरूलाई बोल्न दिनुभएन, किनकि तिनीहरूले उहाँलाई चिन्थे ।

  • 54तर उहाँले केटीलाई हातमा लिएर यसो भनेर बोलाउनुभयो, “नानी उठ ।”

  • लू 24:9-10
    2 पदहरू
    71%

    9र चिहानबाट फर्के, र ती सबै कुराहरू एघार जना र अरू सबैलाई बताइदिए ।

    10अब मरियम मग्दलिनी, योअन्‍ना, याकूबकी आमा मरियम र उनीहरूसँग अरू स्‍त्रीहरू पनि थिए र प्रेरितहरूलाई ती सबै कुराहरूको जानकारी गराए ।

  • मर 1:31-32
    2 पदहरू
    71%

    31यसकारण, उहाँ आउनुभयो र तिनको हातमा समाएर तिनलाई उठाउनुभयो; जरोले तिनलाई छोडिहाल्यो, र तिनले उहाँहरूको सेवा गर्न थालिन् ।

    32त्यस साँझ घाम अस्ताएपछि तिनीहरूले भूत लागेका र बिरामी भएका सबैलाई उहाँकहाँ ल्याए ।

  • 11तर मरियमचाहिँ रुँदै चिहानबाहिर उभिएरहेकी थिइन्; तिनले रुँदै निहुरिएर चिहानभित्र हेरिन् ।

  • 28जब येशू समुद्रको पारिपट्टि र गदरिनीहरूको देशमा आउनुभएको थियो, दुई जना भूतात्‍मा लागेका मानिसले उहाँलाई भेटे । तिनीहरू चिहानबाट निस्‍केर आइरहेका थिए र धेरै हिंसात्मक थिए । त्‍यसकारण, त्‍यो बाटो भएर कोही पनि यात्रु जान सक्दैन थियो ।

  • 61मरियम मग्दिलिनी र अर्की मरियम पनि त्यही चिहानको अर्कोपट्टि बसिरहेका थिए ।

  • 47मरियम मग्दलिनी र योसेफकी आमा मरियमले येशूलाई कहाँ गाडिएको थियो भन्‍ने देखेका थिए ।

  • 53उहाँको पुनरुत्थानपछि तिनीहरू चिहानबाट बाहिर निस्के; पवित्र सहरमा प्रवेश गरे, र धेरैका माझमा देखा परे ।

  • यूह 20:15-16
    2 पदहरू
    69%

    15येशूले तिनलाई भन्‍नुभयो, “ए नारी! तिमी किन रोइरहेकी छ्यौ? तिमी कसलाई खोज्दै छ्यौ?” तिनले ती मानिस बगैँचाका माली हुन् भनी ठानिन्, र तिनले भनिन्, “महाशय, यदि तपाईंले उहाँलाई लानुभएको छ भने मलाई बताउनुहोस् तपाईंले उहाँलाई कहाँ राख्‍नुभएको छ, र म उहाँलाई लिएर जानेछु ।”

    16येशूले तिनलाई भन्‍नुभयो, “मरियम!” तिनी फर्किन्, र आरमेइक भाषामा उहाँलाई भनिन् “रब्बोनी” (जसको अर्थ हुन्छ, “गुरु” ) ।

  • 2जब येशू डुङ्गाबाट ओर्लंदै हुनुहुन्थ्यो, अशुद्ध आत्मा लागेको एक जना मानिस चिहानबाट उहाँकहाँ आयो ।

  • मत्त 8:15-16
    2 पदहरू
    69%

    15येशूले तिनको हातमा छुनुभयो, अनि ज्‍वरोले तिनलाई छोड्‌यो । त्‍यसपछि तिनी उठिन् र उहाँको सेवा गर्न थालिन् ।

    16जब साँझ पर्‍यो, मानिसहरूले भूतात्‍मा लागेका धेरै मानिसहरूलाई येशूकहाँ ल्‍याए । उहाँले एउटै वचनबाट भूतात्‍माहरूलाई बाहिर निकाल्नुभयो र सबै बिरामीलाई निको पार्नुभयो ।

  • 39उहाँ तिनीहरूको सभाघरमा प्रचार गर्दै र भूतहरू निकाल्दै सारा गालीलभरि जानुभयो ।

  • 7अनि येशू आउनुभयो र उनीहरूलाई छुनुभयो र भन्‍नुभयो, “उठ र नडराओ ।”

  • 25जब भिडलाई बाहिर पठाइएको थियो, उहाँ कोठाभित्र जानुभयो र उहाँले तिनका हात समात्‍नुभयो, र ती युवती उठिन् ।

  • 6उहाँ यहाँ हुनुहुन्‍न, तर जीवित हुनुभएको छ! उहाँ गालीलमा हुनुहुँदा तिमीहरूलाई के भन्‍नुभएको थियो, सो सम्झ ।

  • 14[टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] पछि येशू एघार जनाकहाँ तिनीहरू टेबुलमा अडेस लगाएर बसिँरहँदा देखा पर्नुभयो अनि उहाँले तिनीहरूको अविश्‍वास र कठोर हृदयको निम्ति तिनीहरूलाई हप्काउनुभयो, किनकि उहाँ मृतकहरूबाट जीवित भई उठ्नुभएपछि तिनीहरूले उहाँलाई देख्‍नेहरूका कुरा विश्‍वास गरेनन् ।

  • लू 8:35-36
    2 पदहरू
    69%

    35त्यसकारण, मानिसहरू जसले यसबारे सुने, के भएको थियो सो हेर्नलाई तिनीहरू येशूकहाँ आए र त्यस मानिस जसबाट दुष्‍ट आत्माहरू निस्केर गएका थिए, त्यसलाई कपडा लगाएर राम्रो अवस्थामा येशूको चरणमा बसिरहेको भेट्टाए र तिनीहरू डराए ।

    36तब जुन घटना घटेको ती मानिसहरूले देखेका थिए अर्थात् कसरी दुष्‍ट आत्माहरूद्वारा नियन्‍त्रित मानिस बचाइको थियो, सो तिनीहरूले अरूहरूलाई भने ।

  • लू 8:26-27
    2 पदहरू
    68%

    26उहाँहरू गेरासेनसको इलाकामा आइपुग्‍नुभयो, जुन गालीलको पारीपट्टि पर्छ ।

    27जब प्रभु डुङ्गाबाट पाखामा उत्रनुभयो, एउटा सहरबाट आएको एक जना मानिसले उहाँलाई भेट्यो र त्यस मानिसमा दुष्‍टात्माहरू थिए । किनभने लामो समयदेखि त्यस मानिसले कपडाहरू लगाएको थिएन र घरमा बस्दैनथ्यो, बरु चिहानहरूमा नै बस्दथियो ।

  • 27तर येशूले त्यस केटालाई हातले समातेर उठाउनुभयो, र त्यो केटा उभियो ।

  • 15तिनीहरू येशूकहाँ आए, र तिनीहरूले भूत लागेको मानिस जससँग फौज नै थियो, त्यसलाई लुगा लगाएर दिमाग ठिक भई बसिरहेको देखेर तिनीहरू डराए ।