मरकुस 7:30

अनलक शाब्दिक बाइबल

तिनी आफ्नो घर फर्केर गइन् र आफ्नी छोरी ओछ्यानमा पल्टिरहेकी पाइन्, र भूत निस्केर गएको थियो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यूह 4:50-52 : 50 येशूले तिनलाई भन्‍नुभयो, “जाऊ, तिम्रो छोरा बाँच्‍छ ।” येशूले तिनलाई भन्‍नुभएको वचन तिनले विश्‍वास गरे, र तिनी आफ्नो बाटो लागे । 51 तिनी जाँदै गर्दा, तिनका छोरो जीवित भए भन्दै तिनका नोकरहरूले तिनलाई भेटे । 52 यसकारण, उसको सुधार कति बेलादेखि भएको थियो भनी तिनले तिनीहरूलाई सोधे । तिनीहरूले तिनलाई जवाफ दिए, “हिजो सातौँ घडीमा उसलाई ज्‍वरोले छोड्यो ।”
  • १ यूह 3:8 : 8 जसले पाप गर्छ, त्यो शैतानको हो, किनभने शैतानले सुरुदेखि नै पाप गरेको छ । यसैकारण, परमेश्‍वरको पुत्र प्रकट हुनुभयो, ताकि उहाँले शैतानका कामहरू नष्‍ट गर्नुभएको होस् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 29उहाँले तिनलाई भन्‍नुभयो, “तिमीले यसो भनेकी हुनाले तिमी जानलाई स्वतन्‍त्र छौ । तिम्री छोरीबाट भूत निस्केर गएको छ ।”

  • मर 7:24-26
    3 पदहरू
    81%

    24उहाँ त्यहाँबाट उठ्नुभयो र त्यहाँबाट टुरोस र सीदोनको क्षेत्रतिर जानुभयो । उहाँ एउटा घरभित्र आउनुभयो र उहाँ त्यहाँ हुनुहुन्छ भनी कसैले थाहा नपाऊन् भन्‍ने उहाँ चाहनुहुन्थ्यो, तैपनि उहाँ लुक्‍न सक्‍नुभएन ।

    25तर तुरुन्तै एउटा स्‍त्रीले उहाँको बारेमा सुनिन् र त्यहाँ आईन् जसकी सानी छोरीलाई अशुद्ध आत्मा लागेको थियो । तिनी उहाँको पाउमा घोप्‍टो परिन् ।

    26ती स्‍त्री एक ग्रिक र सिरियाको फोनिकेमा जन्मेकी थिइन् । तिनले आफ्नी छोरीबाट भूत निकाली दिनलाई उहाँसँग बिन्ती गरिन् ।

  • 31उहाँ फेरि टुरोसको क्षेत्रबाट निस्केर सिदोन हुँदै डेकापोलिसको प्रदेश भएर गालील समुद्रतिर जानुभयो ।

  • मत्त 15:21-23
    3 पदहरू
    78%

    21त्यसपछि येशू त्यहाँबाट जानुभयो र टुरोस र सीदोन सहरहरूका क्षेत्रहरूतर्फ लाग्‍नुभयो ।

    22र हेर, एउटी कनानी स्‍त्री त्यस क्षेत्रबाट बाहिर आइन् । तिनी चिच्‍च्‍याएर कराइन् र भनिन्, “हे प्रभु, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्; मेरी छोरी दुष्‍टात्माद्वारा धेरै नै सताइएकी छन् ।”

    23तर येशूले एउटै पनि शब्द बोल्नुभएन । उहाँका चेलाहरू आए र उहाँलाई यसो भन्दै बिन्‍ती गरे, “तिनलाई यहाँबाट पठाइदिनुहोस्, किनकि तिनी हाम्रो पछि चिच्‍च्‍याइरहेकी छन् ।”

  • 18येशूले उसलाई हकार्नुभयो र भूतात्मा उसबाट बाहिर निस्क्यो । त्यो केटा त्यही घडीबाट निको भयो ।

  • 28त्यसपछि येशूले जवाफ दिनुभयो र तिनलाई भन्‍नुभयो, “स्‍त्री, तिम्रो विश्‍वास महान् छ । तिमीले इच्छा गरेअनुसार तिम्रो निम्ति गरियोस् ।” र त्यही घडी तिनकी छोरी निको भइन् ।

  • मर 5:34-35
    2 पदहरू
    75%

    34उहाँले तिनलाई भन्‍नुभयो, “हे छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ । शान्तिसाथ जाऊ र तिम्रो रोगबाट निको होऊ ।”

    35उहाँ बोल्दै गर्नुहुँदा सभाघरका अगुवाको घरबाट केही मानिसहरू यसो भन्दै आए, “तपाईंकी छोरी मरी । अब गुरुलाई किन दुःख दिने?”

  • 42त्यो केटो आउँदै थियो, भूतले उसलाई भुइँमा पछार्‍यो, र भयानक तवरले कमायो । तर येशूले अशुद्ध आत्मालाई हप्काउनुभयो र केटालाई निको पार्नुभयो र उसको बुबालाई फिर्ता दिनुभयो ।

  • लू 8:47-51
    5 पदहरू
    73%

    47जब त्यस स्‍त्रीले आफूले गरेको कुरा लुकाउन नसक्‍ने देखिन्, तब काँप्दै येशूको चरणमा घोप्‍टो परिन्, तिनले येशूलाई छुनुको कारण र कसरी तुरुन्तै निको भइन् सबै मानिसहररूका सामु बताइन् ।

    48त्यसपछि उहाँले तिनलाई भन्‍नुभयो, “छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ । शान्तिसँग जाऊ ।”

    49जब उहाँ अझै बोल्दै हुनुहुन्थ्यो, सभाघरका अगुवाको घरबाट एक जना आएर भने, “तिम्री छोरी मरिसकिन् । गुरुलाई दुःख नदेऊ ।”

    50तर जब येशूले त्यो सुन्‍नुभयो, उहाँले उसलाई जवाफ दिनुभयो, “नडराऊ, विश्‍वास मात्र गर र तिनी बचाइनेछिन् ।”

    51जब उहाँ घरमा आउनुभयो, तब पत्रुस, यूहन्‍ना र याकूब, केटीको बुबा र आमाबाहेक अरू कसैलाई पनि भित्र पस्‍ने अनुमति दिनुभएन ।

  • मर 1:31-32
    2 पदहरू
    73%

    31यसकारण, उहाँ आउनुभयो र तिनको हातमा समाएर तिनलाई उठाउनुभयो; जरोले तिनलाई छोडिहाल्यो, र तिनले उहाँहरूको सेवा गर्न थालिन् ।

    32त्यस साँझ घाम अस्ताएपछि तिनीहरूले भूत लागेका र बिरामी भएका सबैलाई उहाँकहाँ ल्याए ।

  • 2केही स्‍त्रीहरू जो दुष्‍टात्मा र रोगहरूबाट निको भएका थिए, तिनीहरू पनि उहाँहरूसँगै थिए । तिनीहरू मरियम जसलाई मग्दलनी भनिन्थ्यो, जसबाट सातवटा भूतात्मा निकालिएका थिए ।

  • मत्त 8:14-15
    2 पदहरू
    72%

    14जब येशू पत्रुसको घरमा आउनुभयो, उहाँले पत्रुसकी सासू ज्‍वरोले बिरामी भई थला परिरहेकी देख्‍नुभयो ।

    15येशूले तिनको हातमा छुनुभयो, अनि ज्‍वरोले तिनलाई छोड्‌यो । त्‍यसपछि तिनी उठिन् र उहाँको सेवा गर्न थालिन् ।

  • 22तर येशू पछाडि फर्कनुभयो र तिनलाई देख्‍नुभयो, र भन्‍नुभयो “छोरी, साहस गर । तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ ।” अनि ती स्‍त्री तुरुन्तै निको भइन् ।

  • 18जब येशूले तिनीहरूलाई यो कुरा भनिरहनुभएको थियो, हेर, एउटा अधिकारी आए र येशूलाई दण्डवत् गरे । तिनले भने, “मेरी छोरी भर्खरै मरेकी छन्, तर आएर तपाईंले तिनको शिरमाथि हात राखिदिनुहोस् र तिनी फेरि जीवित हुनेछिन् ।”

  • 23उनले यसो भन्दै बारम्बार बिन्ती गरे, “मेरी सानी छोरी मृत्युको मुखमा परेकी छे । म तपाईंलाई बिन्ती गर्छु, कि आउनुहोस् र उनीमाथि हात राखिदिनुहोस्, ताकि उनी ठिक हुन सकून् र बाँच्‍न सकून् ।”

  • लू 4:37-39
    3 पदहरू
    71%

    37उहाँको विषयमा भएका समाचारहरू वरिपरिका सबै क्षेत्रहरूमा चारैतिर फैलियो ।

    38त्यसपछि येशू सभाघरबाट निस्केर सिमोनको घरमा पस्‍नुभयो । सिमोनकी सासुलाई उच्‍च ज्वरोले सताएको थियो र उनीहरूले उनको पक्षमा उहाँसँग बिन्ती गरे ।

    39उहाँ उनको छेउमा उभिनुभयो र ज्वरोलाई हकार्नुभयो र ज्वरोले उनलाई छोड्यो । तुरुन्तै उनी उठिन् र उहाँहरूको सेवा गर्न थालिन् ।

  • 9[टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] हप्‍ताको पहिलो दिन सबेरै, उहाँ जीवित भई उठ्नुभएपछि उहाँ मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो जसबाट उहाँले सातवटा भूत निकाल्नुभएको थियो ।

  • 25जब भिडलाई बाहिर पठाइएको थियो, उहाँ कोठाभित्र जानुभयो र उहाँले तिनका हात समात्‍नुभयो, र ती युवती उठिन् ।

  • 40उहाँको कुरामा तिनीहरू हाँसे, तर उहाँले ती सबैलाई बाहिर निकाल्नुभयो, अनि उहाँले बालिकाका बाबु र आमा अनि उहाँसँग आएकाहरूलाई लिएर उहाँ ती बालिका भएको ठाउँमा आउनुभयो ।

  • 28जब येशू घरभित्र पस्‍नुभयो, चेलाहरूले उहाँलाई गुप्‍तमा सोधे, “हामीले यसलाई किन निकाल्न सकेनौँ?”

  • लू 8:37-39
    3 पदहरू
    70%

    37गेरासेन र वरपरका सबै मानिसहरूले येशूलाई तिनीहरूबाट जान आग्रह गरे, किनभने तिनीहरू साह्रै डराएका थिए ।

    38तर दुष्‍ट आत्माहरू निस्केर गएको मानिसले येशूसँगै जानलाई उहाँलाई बिन्ती गर्‍यो, तर येशूले यसो भन्दै उसलाई पठाउनुभयो,

    39“आफ्नो घर फर्क र परमेश्‍वरले तिम्रो निम्ति गर्नुभएका महान् कार्यहरूको स्मरण गर ।”

  • 18त्यसले धेरै दिनसम्म त्यसो गरिरही । तर त्यसबाट धेरै झिजो मानेर पावलले पछाडितिर फर्केर त्यो आत्मालाई भने, “येशू ख्रीष्‍टको नाउँमा म तँलाई यसबाट निस्केर जाने आज्ञा दिन्छु ।” र त्यो तुरुन्तै निस्केर गयो ।

  • 26अनि अशुद्ध आत्माले त्यसलाई पछार्‍यो, र त्यो अशुद्ध आत्मा ठुलो स्वरमा चिच्‍च्याउँदै त्यसबाट निस्कियो ।

  • 35त्यसकारण, मानिसहरू जसले यसबारे सुने, के भएको थियो सो हेर्नलाई तिनीहरू येशूकहाँ आए र त्यस मानिस जसबाट दुष्‍ट आत्माहरू निस्केर गएका थिए, त्यसलाई कपडा लगाएर राम्रो अवस्थामा येशूको चरणमा बसिरहेको भेट्टाए र तिनीहरू डराए ।

  • 18जब येशू डुङ्‍गामा चढ्दै हुनुहुन्थ्यो त्यो भूत लागेको मानिसले त्यो पनि उहाँसँगै जान उहाँलाई बिन्ती गर्‍यो ।

  • लू 8:54-55
    2 पदहरू
    70%

    54तर उहाँले केटीलाई हातमा लिएर यसो भनेर बोलाउनुभयो, “नानी उठ ।”

    55तिनको आत्मा फर्क्यो, र तिनी तुरुन्तै उठिन् । उहाँले तिनलाई केही खान दिनका लागि आज्ञा दिनुभयो ।

  • 42किनभने उनको एउटै मात्र बाह्र वर्षकी छोरी मर्नै लागेकी थिइन् । तर उहाँ जाँदै गर्नुहुँदा मानिसहरूको भिडले उहाँलाई घचेटिरहेको थियो ।

  • मत्त 8:33-34
    2 पदहरू
    69%

    33सुँगुरहरू चराइरहेका मानिसहरू त्यहाँबाट दौडेर गए । अनि जब तिनीहरू सहरमा गए, तिनीहरूले सबै कुरा बताइदिए, र विशेष गरी भूतात्मा लागेका मानिसहरूलाई के भएको थियो सो बताइदिए ।

    34हेर, पुरै सहर येशूलाई भेट्न आयो । जब तिनीहरूले उहाँलाई देखे, तिनीहरूले उहाँलाई तिनीहरूको इलाका छोडेर त्‍यहाँबाट जान अनुरोध गरे ।

  • 13उहाँले तिनीमाथि हात राख्‍नुभयो र तिनी तत्कालै सोझो भएर उभिन् र परमेश्‍वरको महिमा गरिन् ।

  • 25जब येशूले भिड दौडदै उहाँहरूतिर आइरहेको देख्‍नुभयो, उहाँले त्यो अशुद्ध आत्मालाई हप्काउनुभयो र भन्‍नुभयो, “तँ गुँगा र बहिरो आत्मा, म आज्ञा गर्छु यसबाट निस्किजा र कहिल्यै पनि यसमा प्रवेश नगर ।”

  • 35येशूले दुष्‍टात्मालाई हकार्नुभयो र भन्‍नुभयो, “चुप लाग् र त्यसबाट बाहिर निस्किजा ।” त्यसले तिनीहरूका बिचमा उसलाई लडायो र कुनै पनि हानि नोक्सानी नगरीकन उसबाट निस्केर गयो ।

  • 44अनि त्यसले भन्छ, ‘म मेरो घरमा फर्कनेछु जहाँबाट म आएँ ।’ फर्किएपछि त्यसले आफ्नो घर सफा गरिएको र मिलाएर राखिएको भेट्टाउँछ ।

  • 25फर्की सकेपछि, त्यसले आफ्नो घर सफासँग व्यवस्थित पारेर राखिएको देख्यो ।