लूका 4:27

अनलक शाब्दिक बाइबल

अगमवक्‍ता एलीशाको समयमा इस्राएलमा धेरै कुष्‍ठरोगीहरू थिए, तर सिरियाली नामानबाहेक कोही पनि निको पारिएन ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ राजा 5:1-9 : 1 ¶ अरामका राजाका सेनापति नामान आफ्ना मालिकको दृष्‍टिमा महान् र इज्‍जतदार मानिस थिए किनकि तिनीद्वारा परमप्रभुले अरामलाई विजय दिनुभएको थियो । तिनी बलिया र साहसी मानिस पनि थिए, तर तिनी कुष्ठरोगी थिए । 2 अरामीहरू दलहरूमा मिलेर हमला गर्न गएका थिए, र तिनीहरूले इस्राएल देशबाट एउटी सानी केटीलाई ल्याएका थिए । त्यसले नामानकी पत्‍नीको सेवा गर्थी । 3 केटीले आफ्नी मालिक्‍नीलाई भनी, “मेरा मालिक सामरियामा भएका अगमवक्ताको साथमा भएको भए हुन्थ्यो! तब उहाँले मेरा मालिकलाई कुष्ठरोगबाट निको पार्नुहुन्थ्यो ।” 4 त्यसैले नामान भित्र प्रवेश गरे, र इस्राएल देशबाट ल्याइएकी त्‍यो केटीले के भनेकी थई त्‍यो राजालाई भने । 5 त्‍यसैले अरामका राजाले भने, “अब जाऊ, र म इस्राएलका राजालाई एउटा चिठी पठाउनेछु ।” नामान गए र तिन सय चालिस किलो चाँदी, सत्तरी किलो सुन र दस जोर लुगा तिनले आफूसितै लगे । 6 तिनले इस्राएलका राजाको निम्ति चिठी पनि लिएर गए जसमा लेखिएको थियो, “जब यो चिठी तपाईंकहाँ ल्याइन्छ मैले तपाईंकहाँ आफ्‍नो सेवकलाई पठाएको तपाईंले देख्‍नुहुनेछ, ताकि तपाईंले तिनको कुष्ठरोगबाट तिनलाई निको पारिदिनुहोस् ।” 7 जब इस्राएलका राजाले चिठी पढेका थिए, तब तिनले आफ्ना लुगा च्याते र भने, “आफैमा कुष्ठरोग भएको मानिसलाई मैले निको पारोस् भनी यो मानिसले इच्‍छा गर्नलाई मार्न र जिउँदो पार्न के म परमेश्‍वर हुँ र? उसले मसित झगडाको निहुँ खोजेको जस्‍तो पो लाग्‍दैछ ।” 8 त्‍यसैले इस्राएलका राजालले आफ्ना लुगा च्याते भनी जब परमेश्‍वरका मानिस एलीशाले सुने, तब तिनले राजालाई यसो भनी समाचार पठाए, “किन तपाईंले आफ्नो लुगा च्यात्‍नुभएको? अब ऊ मकहाँ आओस्, र इस्राएलमा अगमवक्ता रहेछन् भनी उसले थाहा पाउनेछ ।” 9 त्यसैले नामान आफ्ना घोडाहरू र रथहरू लिएर आए र एलीशाको घरको ढोकामा उभिए । 10 एलीशाले तिनीकहाँ यसो भनेर एक जना सन्देशवाहक पठाए, “जानुहोस् र यर्दनमा आफूलाई सातपल्ट डुबुल्की लगाउनुहोस् र तपाईंको देह पहिलेको जस्तै हुनेछ । तपाईं शुद्ध बन्‍नुहुनेछ ।” 11 तर नामान रिसाए र यसो भन्दै गए, “हेर, निश्‍चय नै तिनी मकहाँ बाहिर आउँनेछन् र खडा हुनेछन् अनि तिनले आफ्ना परमप्रभु परमेश्‍वरको नाउँ पुकार्नेछन् र मेरो कुष्ठरोगमाथि आफ्‍ना हात हल्‍लाउँनेछन् र मेरो कुष्‍टरोग निको पार्नेछन् भनी मैले सोचेको थिएँ । 12 के दमस्कसका अबाना र फारपर नदीहरू इस्राएलका सबै पानीभन्दा असल छैनन् र? के म तिनमा नुहाएर शुद्ध हुन सक्दिनँ र?” त्‍यसैले तिनी फर्के र क्रुद्ध हुँदै आफ्नो बाटो लागे । 13 तब नामानका सेवकहरू नजिक आए, र तिनलाई भने, “हे मेरा पिता, अगमवक्ताले तपाईंलाई कुनै कठिन कुरो गर्न लगाएको भए के तपाईंले त्‍यो गर्नुहुने थिएन र? त्‍यसको बदलामा 'आफैलाई डुबुल्की लगाउन र शुद्ध हुन' भन्दा झन् किन नगर्ने त?” 14 तब तिनी तल गए र परमेश्‍वरका मानिसको सल्‍लाह मानेर यर्दमा आफैलाई सात पल्ट डुबुल्की लगाए । तिनको देह बच्‍चाको झैँ पहिलेजस्तै भयो र तिनी निको भए । 15 नामान र तिनको दल परमेश्‍वरका मानिसकहाँ फर्केर आए र तिनको सामु खडा भए । तिनले भने, “हेर्नुहोस्, सारा पृथ्वीमा इस्राएलमा बाहेक अन्त कतै परमेश्‍वर हुनुहुन्‍न रहेछ भनी अब मलाई थाहा भयो । त्यसकारण तपाईंको दासबाट उपहार ग्रहण गर्नुहोस् ।” 16 तर एलीशाले जावाफ दिए, “परमप्रभु जसको सामु म खडा हुन्‍छु, उहाँको नाउँमा शपथ खाएर भन्छु, म केही लिने छैनँ ।” नामानले एलीशालाई उपहार लिन बिन्ती गरे तर तिनले इन्कार गरे । 17 त्यसैले नामानले भने, “तपाईं लिनुहुन्‍न भने तपाईंका दासलाई दुईवटा खच्‍चरले बोक्‍न सक्‍ने माटो लान दिनुहोस् । किनकि अबदेखि तपाईंका दासले परमप्रभुबाहेक अन्य कुनै ईश्‍वरलाई न त होमबलि न बलिदान चढाउनेछ । 18 यो एउटा कुरामा परमप्रभुले तपाईंको दासलाई क्षमा गरून्, त्‍यो हो, जब मेरा राजा रिम्मोनको मन्दिरमा पुजा गर्न जान्‍छन् अनि मेरो हातमा भर पर्छन्, अनि रिम्मोनको मन्दिरमा म पनि निहुरिन्छु, तब यस विषयमा परमप्रभुले हजुरको दासलाई क्षमा गरून् ।” 19 एलीशाले तिनलाई भने, “शान्तिसित जाऊ ।” यसरी नामान फर्केर गए । 20 तिनी अलि पर मात्र पुगेका थिए, परमेश्‍वरका मानिस एलीशाको सेवक गेहजीले आफ्नो मनमा भन्यो, “मेरा मालिकले यी अरामी नामानको हातबाट तिनले ल्याएका उपहारहरू ग्रहण नगरी तिनको बचत गर्नुभएको छ । परमप्रभुको नाउँमा शपथ खाएर म भन्छु, म तिनको पछि दौडेर जानेछु, र तिनीबाट केही लिनेछु ।” 21 त्यसैले गेहजी नामानको पछि गयो । जब नामानले तिनको पछि कोही दौडेर आएको देखे, तब आफ्नो रथबाट त्यसलाई भेट्न तिनी ओर्ले र भने, “के सबै कुरा ठिकै छ?” 22 गेहजीले भन्यो, “सबै ठिकै कुरा छ । मेरा मालिकले मलाई यसो भनेर पठाउनुभएको छ, 'हेर, एफ्राइमको पहाडी देशबाट अगमवक्ताहरूका छोराहरूमध्ये दुई जना युवा मकहाँ आएका छन् । कृपया, तिनीहरूलाई एक तोडा चाँदी र दुई जोर लुगा दिनुहोस् ।” 23 नामानले भने, “म तिमीलाई दुई तोडा चाँदी दिन अत्यन्तै खुसी छु ।” नामानले गेहजीलाई जिद्दी गरे र दुईवटा थैलामा दुई तोडा चाँदी र दुई जोर लुगा राखिदिए, अनि तिनले आफ्ना दुई जना सेवक दिए जसले ती थैलाहरू बोकेर गेहजीको अगि लागे । 24 जब गेहजी डाँडामा आइपुग्यो त्यसले तिनीहरूका हातबाट चाँदीका थैलाहरू लियो र ती घरमा लुकायो । त्यसले ती मानिसहरूलाई पठायो र उनीहरू गए । 25 जब गेहजी भित्र गयो र आफ्ना मालिकको अघि खडा भयो, तब एलीशाले भने, “ए गेहजी, तँ कहाँबाट आएको?” त्यसले जवाफ दियो, “तपाईंको दास कतै गएन ।” 26 एलीशाले गेहजीलाई भने, “ती मानिसले तँलाई भेट्न आफ्नो रथ घुमाउँदा के मेरो आत्मा तँसितै थिएन र? के यो रुपियाँ-पैसा र लत्ता कपडा, भद्राक्षका बोटहरू र दाखबारीहरू, भेडा-बाख्रा र गाई-गोरुहरू अनि कमारा-कमारीहरू ग्रहण गर्ने समय हो र? 27 त्यसैले नामानको कुष्ठरोग तँ र तेरा सन्तानमाथि सधैँभरि रहनेछ ।” त्यसैले गेहजी हिउँजस्तै सेतो कुष्ठरोगी बनेर तिनको उपस्थितिबाट बाहिर गयो ।
  • अय्यू 21:22 : 22 परमेश्‍वरले त उच्‍चमा हुनेहरूको पनि न्याय गर्नुहुन्‍छ, तब के कसैले उहाँलाई ज्ञान सिकाउन सक्छ र?
  • अय्यू 33:13 : 13 उहाँको विरुद्धमा तपाईं किन सङ्घर्ष गर्नुहुन्छ? उहाँले त आफ्ना कुनै पनि कामको लेखा दिनुपर्दैन ।
  • अय्यू 36:23 : 23 उहाँको चालको विषयमा कसले उहाँलाई कदापि निर्देशन दिएको छ र? कसले उहाँलाई कदापि यसो भन्‍न सक्छ र, 'तपाईंले अधर्मको काम गर्नुभएको छ?'
  • दानी 4:35 : 35 सम्‍पूर्ण पृथ्वीका मानिसहरूलाई उहाँले अगि निम्‍न स्‍तरका गनिन्छन् । स्वर्गका सेनाहरू र पृथ्वीका मानिसहरूका बिचमा उहाँले आफूलाई ठिक लागेअनुसार गर्नुहुन्छ । कसैले पनि उहाँलाई रोक्‍न वा उहाँलाई चुनौती दिन सक्दैन । कसैले पनि उहाँलाई यसो भन्‍न सक्दैन, ‘तपाईंले किन यसो गर्नुभयो’?”
  • मत्त 12:4 : 4 कसरी उनी परमेश्‍वरको भवनमा पसेर उहाँको उपस्थितिको रोटी खाए, जुन उनी र उनीसँग भएकाहरूका निम्ति खानु अनुचित थियो तर त्यो पुजारीहरूका लागि मात्रै उचित थियो?
  • यूह 17:12 : 12 म तिनीहरूसँग हुँदा मैले तिनीहरूलाई तपाईंको नाउँमा सुरक्षा दिएँ, जसलाई तपाईंले मलाई दिनुभएको छ । मैले तिनीहरूलाई सुरक्षा दिएँ, र विनाशको पुत्रबाहेक तिनीहरूमध्ये कोही पनि नष्‍ट भएन, ताकि धर्मशास्‍त्र पुरा होस् ।
  • १ राजा 19:19-21 : 19 त्यसैले एलिया त्यहाँबाट प्रस्थान गरे, र तिनले शाफातका छोरा एलीशालाई फेला पारे । तिनले बाह्र हल गोरुले खेत जोतिरहेका थिए । त्यस बेला तिनले बाह्रौँ हललाई जोतिरहेका थिए । एलिया एलीशाकहाँ आए, र तिनलाई आफ्नो खास्टो ओढाइदिए । 20 त्यसपछि एलीशाले ती गोरुहरू छाडेर एलियाको पछि लागे । तिनले भने, “मलाई मेरा पिता र मेरी आमालाई चुम्बन गर्न दिनुहोस्, र त्यसपछि म तपाईंको पछि लाग्ने छु ।” तब एलियाले भने, “फर्केर जाऊ, तर मैले तिमीलाई भनेको कुराको बारेमा सोचविचार गर ।” 21 त्यसैले एलीशा एलियाबाट गए, र एक हल गोरु लिए । तिनले हलोका काठहरू जलाएर मासु पकाए । तिनले त्यो मानिसहरूलाई दिए, र तिनले पनि खाए । तब तिनी उठेर एलियाको पछि लागे, र तिनको सेवा गरे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ राजा 5:1-7
    7 पदहरू
    81%

    1¶ अरामका राजाका सेनापति नामान आफ्ना मालिकको दृष्‍टिमा महान् र इज्‍जतदार मानिस थिए किनकि तिनीद्वारा परमप्रभुले अरामलाई विजय दिनुभएको थियो । तिनी बलिया र साहसी मानिस पनि थिए, तर तिनी कुष्ठरोगी थिए ।

    2अरामीहरू दलहरूमा मिलेर हमला गर्न गएका थिए, र तिनीहरूले इस्राएल देशबाट एउटी सानी केटीलाई ल्याएका थिए । त्यसले नामानकी पत्‍नीको सेवा गर्थी ।

    3केटीले आफ्नी मालिक्‍नीलाई भनी, “मेरा मालिक सामरियामा भएका अगमवक्ताको साथमा भएको भए हुन्थ्यो! तब उहाँले मेरा मालिकलाई कुष्ठरोगबाट निको पार्नुहुन्थ्यो ।”

    4त्यसैले नामान भित्र प्रवेश गरे, र इस्राएल देशबाट ल्याइएकी त्‍यो केटीले के भनेकी थई त्‍यो राजालाई भने ।

    5त्‍यसैले अरामका राजाले भने, “अब जाऊ, र म इस्राएलका राजालाई एउटा चिठी पठाउनेछु ।” नामान गए र तिन सय चालिस किलो चाँदी, सत्तरी किलो सुन र दस जोर लुगा तिनले आफूसितै लगे ।

    6तिनले इस्राएलका राजाको निम्ति चिठी पनि लिएर गए जसमा लेखिएको थियो, “जब यो चिठी तपाईंकहाँ ल्याइन्छ मैले तपाईंकहाँ आफ्‍नो सेवकलाई पठाएको तपाईंले देख्‍नुहुनेछ, ताकि तपाईंले तिनको कुष्ठरोगबाट तिनलाई निको पारिदिनुहोस् ।”

    7जब इस्राएलका राजाले चिठी पढेका थिए, तब तिनले आफ्ना लुगा च्याते र भने, “आफैमा कुष्ठरोग भएको मानिसलाई मैले निको पारोस् भनी यो मानिसले इच्‍छा गर्नलाई मार्न र जिउँदो पार्न के म परमेश्‍वर हुँ र? उसले मसित झगडाको निहुँ खोजेको जस्‍तो पो लाग्‍दैछ ।”

  • २ राजा 5:9-21
    13 पदहरू
    79%

    9त्यसैले नामान आफ्ना घोडाहरू र रथहरू लिएर आए र एलीशाको घरको ढोकामा उभिए ।

    10एलीशाले तिनीकहाँ यसो भनेर एक जना सन्देशवाहक पठाए, “जानुहोस् र यर्दनमा आफूलाई सातपल्ट डुबुल्की लगाउनुहोस् र तपाईंको देह पहिलेको जस्तै हुनेछ । तपाईं शुद्ध बन्‍नुहुनेछ ।”

    11तर नामान रिसाए र यसो भन्दै गए, “हेर, निश्‍चय नै तिनी मकहाँ बाहिर आउँनेछन् र खडा हुनेछन् अनि तिनले आफ्ना परमप्रभु परमेश्‍वरको नाउँ पुकार्नेछन् र मेरो कुष्ठरोगमाथि आफ्‍ना हात हल्‍लाउँनेछन् र मेरो कुष्‍टरोग निको पार्नेछन् भनी मैले सोचेको थिएँ ।

    12के दमस्कसका अबाना र फारपर नदीहरू इस्राएलका सबै पानीभन्दा असल छैनन् र? के म तिनमा नुहाएर शुद्ध हुन सक्दिनँ र?” त्‍यसैले तिनी फर्के र क्रुद्ध हुँदै आफ्नो बाटो लागे ।

    13तब नामानका सेवकहरू नजिक आए, र तिनलाई भने, “हे मेरा पिता, अगमवक्ताले तपाईंलाई कुनै कठिन कुरो गर्न लगाएको भए के तपाईंले त्‍यो गर्नुहुने थिएन र? त्‍यसको बदलामा 'आफैलाई डुबुल्की लगाउन र शुद्ध हुन' भन्दा झन् किन नगर्ने त?”

    14तब तिनी तल गए र परमेश्‍वरका मानिसको सल्‍लाह मानेर यर्दमा आफैलाई सात पल्ट डुबुल्की लगाए । तिनको देह बच्‍चाको झैँ पहिलेजस्तै भयो र तिनी निको भए ।

    15नामान र तिनको दल परमेश्‍वरका मानिसकहाँ फर्केर आए र तिनको सामु खडा भए । तिनले भने, “हेर्नुहोस्, सारा पृथ्वीमा इस्राएलमा बाहेक अन्त कतै परमेश्‍वर हुनुहुन्‍न रहेछ भनी अब मलाई थाहा भयो । त्यसकारण तपाईंको दासबाट उपहार ग्रहण गर्नुहोस् ।”

    16तर एलीशाले जावाफ दिए, “परमप्रभु जसको सामु म खडा हुन्‍छु, उहाँको नाउँमा शपथ खाएर भन्छु, म केही लिने छैनँ ।” नामानले एलीशालाई उपहार लिन बिन्ती गरे तर तिनले इन्कार गरे ।

    17त्यसैले नामानले भने, “तपाईं लिनुहुन्‍न भने तपाईंका दासलाई दुईवटा खच्‍चरले बोक्‍न सक्‍ने माटो लान दिनुहोस् । किनकि अबदेखि तपाईंका दासले परमप्रभुबाहेक अन्य कुनै ईश्‍वरलाई न त होमबलि न बलिदान चढाउनेछ ।

    18यो एउटा कुरामा परमप्रभुले तपाईंको दासलाई क्षमा गरून्, त्‍यो हो, जब मेरा राजा रिम्मोनको मन्दिरमा पुजा गर्न जान्‍छन् अनि मेरो हातमा भर पर्छन्, अनि रिम्मोनको मन्दिरमा म पनि निहुरिन्छु, तब यस विषयमा परमप्रभुले हजुरको दासलाई क्षमा गरून् ।”

    19एलीशाले तिनलाई भने, “शान्तिसित जाऊ ।” यसरी नामान फर्केर गए ।

    20तिनी अलि पर मात्र पुगेका थिए, परमेश्‍वरका मानिस एलीशाको सेवक गेहजीले आफ्नो मनमा भन्यो, “मेरा मालिकले यी अरामी नामानको हातबाट तिनले ल्याएका उपहारहरू ग्रहण नगरी तिनको बचत गर्नुभएको छ । परमप्रभुको नाउँमा शपथ खाएर म भन्छु, म तिनको पछि दौडेर जानेछु, र तिनीबाट केही लिनेछु ।”

    21त्यसैले गेहजी नामानको पछि गयो । जब नामानले तिनको पछि कोही दौडेर आएको देखे, तब आफ्नो रथबाट त्यसलाई भेट्न तिनी ओर्ले र भने, “के सबै कुरा ठिकै छ?”

  • 27त्यसैले नामानको कुष्ठरोग तँ र तेरा सन्तानमाथि सधैँभरि रहनेछ ।” त्यसैले गेहजी हिउँजस्तै सेतो कुष्ठरोगी बनेर तिनको उपस्थितिबाट बाहिर गयो ।

  • लू 4:25-26
    2 पदहरू
    76%

    25तर म तिमीहरूलाई सत्य भन्दछु, तिन वर्ष छ महिनासम्म स्वर्गको ढोका बन्द गरी वृष्‍टि रोकिँदा र सारा भूमीमा ठुलो अनिकाल पर्दा एलियाको समयमा इस्राएलमा धेरै विधवाहरू थिए ।

    26तर एलियालाई अन्य कुनै व्यक्‍ति र स्थानहरूमा नपठाई सिदोन नगरमा भएकी सारपतकी विधवाकहाँ पठाइयो ।

  • 12एउटा गाउँमा पुगेपछि, उहाँले दस जना कुष्‍ठरोग लागेका मानिसलाई भेट्नुभयो । तिनीहरू उहाँभन्दा टाढा उभिए ।

  • मर 1:40-42
    3 पदहरू
    73%

    40एक जना कुष्‍ठरोगी उहाँकहाँ आयो । त्यसले उहाँलाई बिन्ती गरिरहेको थियो; त्यसले घुँडा टेक्‍यो र उहाँलाई भन्यो, “यदि तपाईंले चाहनुभयो भने, तपाईंले मलाई शुद्ध गर्न सक्‍नुहुन्छ ।”

    41येशू दयाले भरिनुभयो र आफ्नो हात फैलाएर त्यसलाई छुनुभयो, अनि भन्‍नुभयो, “म चाहन्छु । तिमी शुद्ध होइजाऊ ।”

    42तुरुन्तै कुष्‍ठ रोगले त्यसलाई छोड्‍यो र त्यो शुद्ध भयो ।

  • लू 5:12-13
    2 पदहरू
    71%

    12जब उहाँ सहरहरूमध्ये एउटा सहरमा जाँदै गर्नुहुँदा उहाँले कुष्‍ठरोगीलाई देख्‍नुभयो । जब कुष्‍ठरोगीले येशूलाई देख्यो, उसले घोप्‍टो परेर दण्डवत् गर्‍यो र भन्यो, “हे प्रभु, तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्‍नुहुन्छ ।”

    13येशूले हात पसारेर छुनुभयो र भन्‍नुभयो, “म चाहन्छु कि तिमी शुद्ध होऊ ।” अनि तत्कालै कुष्‍ठरोगले उसलाई छोड्यो ।

  • 7एलीशा दमस्कसमा आए जहाँ अरामका राजा बेन-हदद बिरामी थिए । राजालाई भनियो, “परमेश्‍वरका मानिस यहाँ आएका छन् ।”

  • लू 17:14-18
    5 पदहरू
    70%

    14जब उहाँले तिनीहरूलाई देख्‍नुभयो र भन्‍नुभयो, “जाओ र आफैँलाई पुजारीकहाँ देखाओ । र तिनीहरू गए अनि निको भए ।”

    15जब तीमध्ये एक जनाले आफू निको भएको महसुस गर्‍यो, ऊ चर्को स्वरले परमेश्‍वरको महिमा गर्दै फर्कियो ।”

    16उसले येशूको चरणमा पर्दै, उहाँलाई धन्यवाद चढायो । ऊ एउटा सामरी थियो ।

    17येशूले उत्तर दिँदै भन्‍नुभयो, “के त्यहाँ दस जना निको भएका होइनन्? अरू नौ जना कहाँ गए?

    18के यो परदेशीबाहेक निको भएकाहरू फर्केर परमेश्‍वरलाई महिमा दिनुपर्ने होइन र?

  • 3मूल ढोकाको ठिक बाहिर कुष्ठरोग लागेका चार जना मानिस थिए । तिनीहरूले एक-अर्कालाई भने, “हामी नमरेसम्म हामी यहाँ किन बसिरहने?

  • 8जब कुष्‍टरोग लागेका मानिसहरू छाउनीको बाहिरी भागमा आइपुगे, तब तिनीहरू एउटा पालभित्र पसे र खानपान गरे अनि चाँदी, सुन र लुगाहरू उठाए र गएर ती लुकाए । तिनीहरू फर्केर आए र अर्को पालभित्र पसे र त्यहाँबाट पनि लुटका माल लगे र लुकाए ।

  • मत्त 8:2-3
    2 पदहरू
    68%

    2हेर, एक जना कुष्‍ठरोगी उहाँको नजिक आयो र उहाँको अगि घोप्‍टो पर्‍यो, र भन्यो, “हे प्रभु, तपाईंले इच्‍छा गर्नुभयो भने, मलाई शुद्ध पार्न सक्‍नुहुन्‍छ ।”

    3येशूले आफ्नो हात पसार्नुभयो र उसलाई छुनुभयो, र भन्‍नुभयो, “म चाहन्‍छु । तिमी शुद्ध होऊ ।” तब तुरून्‍तै आफ्नो कुष्‍ठरोगबाट ऊ शुद्ध भयो ।

  • २ राजा 6:11-12
    2 पदहरू
    67%

    11यी चेताउनीहरूका बारेमा अरामका राजा क्रोधित तुल्याइए, र तिनले आफ्ना सेवकहरूलाई बोलाए र तिनीहरूलाई भने, “हाम्रा माझमा भएकाहरूमध्ये कसले इस्राएका राजालाई समर्थन गर्छ त्‍यो तिमीहरू मलाई भन्दैनौँ?”

    12त्यसैले तिनका एक जना सेवकले भने, “हे मेरा मालिक राजा, हामीले गर्दैनौँ किनकि इस्राएलमा भएका एलीशा अगमवक्ताले तपाईंले आफ्नो सुत्‍ने कोठामा बोल्नुभएका कुरासमेत इस्राएलका राजालाई भनिदिन्छन् ।”

  • 30अरामका राजाले आफ्‍ना रथहरूका फौज पतिलाई यस्तो आज्ञा दिएका थिए, “साना वा ठुला फौजलाई आक्रमण नगर्नू । बरू, इस्राएलका राजालाई मात्र आक्रमण गर्नू ।”

  • 7त्यसपछि पुजारीले यस पानीलाई रोगबाट शुद्धिकरण गरिनुपर्ने मानिसमाथि सात पटक छर्कने छ, र त्यसलाई शुद्ध घोषणा गर्ने छ । त्यसपछि पुजारीले जीवित चरालाई भने खुला ठाउँमा छोडिदिने छ ।

  • २ राजा 5:23-24
    2 पदहरू
    67%

    23नामानले भने, “म तिमीलाई दुई तोडा चाँदी दिन अत्यन्तै खुसी छु ।” नामानले गेहजीलाई जिद्दी गरे र दुईवटा थैलामा दुई तोडा चाँदी र दुई जोर लुगा राखिदिए, अनि तिनले आफ्ना दुई जना सेवक दिए जसले ती थैलाहरू बोकेर गेहजीको अगि लागे ।

    24जब गेहजी डाँडामा आइपुग्यो त्यसले तिनीहरूका हातबाट चाँदीका थैलाहरू लियो र ती घरमा लुकायो । त्यसले ती मानिसहरूलाई पठायो र उनीहरू गए ।

  • 5त्यसैले अरामी छाउनीभित्र जानलाई तिनीहरू साँझपख उठे । जब तिनीहरू छाउनीको बाहिरी भागमा आइपुगे, त्यहाँ कोही पनि थिएन ।

  • 22त्यसैले एलीशाले बोलेको वचनद्वारा आजको दिनसम्म पानी शुद्ध छ ।

  • 3छालाको सरुवा रोग निको भएको छ वा छैन भनेर हेरेर त्यस मानिसलाई जाँच्‍नको निम्ति पुजारी छाउनीभन्दा बाहिर जाने छ ।

  • 5त्यसैले परमप्रभुले इस्राएललाई एउटा उद्धारक दिनुभयो, अनि तिनीहरू अरामीहरूका हातबाट उम्के, र इस्राएलीहरू पहिलेजस्तै आ-आफ्ना घरमा बस्‍न लागे ।

  • 11तर यहोशापातले भने, “के यहाँ परमप्रभुका कुनै अगमवक्ता छैनन् जसद्वारा हामी परमप्रभुसँग सल्‍लाह लिन सक्छौँ?” इस्राएलका राजाका सेवकमध्‍ये एक जना जवाफ दियो र भन्‍यो, “शाफातका छोरा एलीशा यहीँ छन् जसले एलियाका हातमा पानी हाल्‍थे ।”