मरकुस 14:49

अनलक शाब्दिक बाइबल

जब म तिमीहरूसँग दैनिक हुन्थेँ र मैले मन्दिरमा सिकाइरहेको थिएँ, तिमीहरूले मलाई गिरफ्तार गरेनौ । तर धर्मशास्‍त्र पुरा होस् भनेर यस्तो भयो ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 26:54 : 54 तर यस्तो हुनुपर्छ भनी धर्मशास्‍त्रले भनेको कसरी पुरा हुने थियो त?”
  • मत्त 26:56 : 56 तर यी सबै कुरा भए, ताकि अगमवक्‍ताहरूले लेखेका कुरा पुरा हुन सकून् ।” त्यसपछि सबै चेलाले उहाँलाई छोडे र भागे ।
  • मत्त 1:22 : 22 अगमवक्‍ताद्वारा परमप्रभुले बोल्नुभएको यस्तो भनाइ पुरा हुनलाई यी सबै भए,
  • मर 12:35 : 35 येशूले मन्दिरमा सिकाउँदै गर्नुहुँदा उहाँले जवाफ दिनुभयो र भन्‍नुभयो, “शास्‍त्रीहरूले ख्रीष्‍टलाई कसरी दाऊदका पुत्र भन्छन्?
  • लू 22:37 : 37 किनकि म तिमीहरूलाई भन्दछु, मेरो बारेमा जे लेखिएको छ त्यो पुरा हुनेछ, ‘र उसलाई दुष्‍टलाई जस्तै व्यवहार गरिनेछ । किनकि मेरो बारेमा जे अगमवाणी गरिएको छ त्यो पुरा भइरहेको छ ।”
  • लू 24:44-45 : 44 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जब म तिमीहरूसँग थिएँ, मैले तिमीहरूलाई भनेको थिएँ कि मोशाको व्यवस्था, अगमवक्‍ताहरूको पुस्तक र भजनसङ्ग्रहको पुस्तकमा लेखिएका सबै कुराहरू पुरा हुनैपर्छ ।” 45 तब तिनीहरूले धर्मशास्‍त्र बुझ्‍न सकून् भनेर उहाँले तिनीहरूको विवेक खोली दिनुभयो ।
  • यूह 8:2 : 2 बिहानै सबेरै उहाँ फेरि मन्दिरमा आउनुभयो, र सबै मानिसहरू आए; उहाँ बस्‍नुभयो, र तिनीहरूलाई सिकाउनुभयो ।
  • यूह 18:20 : 20 येशूले तिनलाई जवाफ दिनुभयो, “म संसारसँग खुल्लमखुल्ला बोलेको छु । मैले सधैँ मन्दिर र सभाघरहरूमा शिक्षा दिइरहेको थिएँ जहाँ सबै यहूदीहरूसँगै आउँछन् । मैले कुनै पनि कुरा गुप्‍तमा भनेको छैन ।
  • यूह 8:12 : 12 फेरि येशूले तिनीहरूलाई यसो भन्‍नुभयो, “म संसारको ज्योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिँड्‌डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ ।”
  • यूह 10:23 : 23 यो हिउँदको समय थियो र येशू मन्दिरमा सोलोमनको दलानमा हिँडिरहनुभएको थियो ।
  • यूह 7:28-30 : 28 त्यसपछि येशूले मन्दिरमा सिकाइरहनुहुँदा ठुलो सोरमा यसो भन्‍नुभयो, “तिमीहरूले मलाई र म कहाँबाट आएको भनी दुवै जान्दछौ । म आफ्नै तर्फबाट आएको होइन, तर जसले मलाई पठाउनुभयो उहाँ सत्य हुनुहुन्छ जसलाई तिमीहरू चिन्दैनौँ । 29 म उहाँलाई चिन्दछु, किनभने म उहाँबाट आएको हुँ र उहाँले मलाई पठाउनुभयो ।” 30 तिनीहरूले उहाँलाई पक्रन कोसिस गरिरहेका थिए, तर उहाँमाथि कसैले पनि हात हालेन, किनभने उहाँको समय अझ पनि आएको थिएन ।
  • यूह 7:37 : 37 चाडको अन्तिम महान् दिनमा येशू खडा हुनुभयो र ठुलो सोरमा भन्‍नुभयो, “यदि कोही तिर्खाएको छ भने त्यो मकहाँ आओस् र पिओस् ।
  • लू 24:25-27 : 25 येशूले तिनीहरूलाई भन्‍नुभयो, “हे मूर्ख मानिसहरू र विश्‍वास गर्न सुस्त हृदय भएकाहरू हो, ती सबै कुराहरू अगमवक्‍ताहरूले बोलेका थिएनन् र? 26 के ख्रीष्‍टले यी सबै कुराहरूमा दुःख कष्‍ट भोग्‍न र उसको महिमामा प्रवेश गर्न आवश्यक थिएन र?” 27 तब मोशादेखि लिएर सबै अगमवक्‍ताहरूद्वारा सबै धर्मशास्‍त्रमा येशूको विषयमा भनिएका कुराहरू उहाँले तिनीहरूलाई व्याख्या गरिदिनुभयो ।
  • लू 19:47-20:2 : 47 येशूले मन्दिरमा दिनहुँ शिक्षा सिकाउनुहुन्थ्यो । मुख्य पुजारीहरू, शास्‍त्रीहरू र धार्मिक अगुवाहरूले उहाँलाई मार्न चाहन्थे । 48 तर तिनीहरूले त्यसो गर्ने कुनै उपाय भेट्टाउन सकेनन्, किनभने मानिसहरूले उहाँको वचन ध्यानसित सुनिरहेका थिए । 1 ¶ येशूले मन्दिरमा मानिसहरूलाई शिक्षा दिइरहनुहुँदा र सुसमाचार प्रचार गरिरहनुहुँदा, अगुवाहरूसहित मुख्य पुजारीहरू र शास्‍त्रीहरू येशूकहाँ आए । 2 तिनीहरूले उहाँलाई भने, “हामीलाई बताऊ, कुन अधिकारद्वारा तिमी यी कामहरू गर्छौ? अथवा कसले तिमीलाई यो अधिकार दियो?”
  • लू 21:37-38 : 37 दिउँसोको समयमा उहाँले मन्दिरमा सिकाउनुहुन्थ्यो र साँझमा उहाँ बाहिर जानुहुन्थ्यो, र डाँडामा रात बिताउनुहुन्थ्यो जसलाई जैतून भनिन्छ । 38 सबै मानिसहरू उहाँका कुरा सुन्‍न बिहानै मन्दिरमा आउँथे ।
  • मत्त 21:23-27 : 23 जब येशू मन्दिरमा आउनुभएको थियो, उहाँले सिकाउँदै गर्नुहुँदा मुख्य पुजारीहरू र मानिसका अगुवाहरू उहाँकहाँ आएर भने, “तिमीले कुन अधिकारले यी कुराहरू गर्दछौ? र तिमीलाई यो अधिकार कसले दियो?” 24 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्‍नेछु । यदि तिमीहरूले मलाई त्यो बतायौ भने, मैले कुन अधिकारले यी कुराहरू गर्छु भन्‍ने कुरा म तिमीहरूलाई बताउनेछु । 25 यूहन्‍नाको बप्‍तिस्‍मा कहाँबाट आएको हो? स्वर्गबाट हो या मानिसहरूबाट?” तिनीहरूले एक आपसमा यस्तो भन्दै छलफल गरे, “यदि हामीले ‘स्वर्गबाट’ भन्यौँ भने, उसले हामीलाई ‘त्यसो भए, तिमीहरूले उनलाई किन विश्‍वास गरेनौ?’ भनेर भन्‍नेछन् । 26 तर यदि हामीले ‘मानिसबाट’ भन्यौँ भने, हामी भिडसँग डराउँदछौँ, किनकि तिनीहरू सबैले यूहन्‍नालाई एक अगमवक्‍ताको रूपमा हेर्दथे ।” 27 तब तिनीहरूले येशूलाई जवाफ दिएर भने, “हामीलाई थाहा छैन ।” उहाँले पनि तिनीहरूलाई भन्‍नुभयो “म पनि कुन अधिकारले यी कुराहरू गर्दछु भनेर तिमीहरूलाई भन्दिनँ ।
  • मर 11:15-18 : 15 उहाँहरू यरूशलेम आउनुभयो र उहाँ मन्दिरभित्र प्रवेश गर्नुभयो अनि उहाँले त्यहाँका किन्‍ने र बेच्‍नेहरूलाई बाहिर खेद्‍न थाल्‍नुभयो । उहाँले पैसा साट्नेहरूका टेबल र परेवा बेच्‍नेहरूको बस्‍ने मेचलाई पल्टाइदिनुभयो । 16 उहाँले कसैलाई पनि मन्दिर भएर बेच्‍न सकिने कुनै पनि थोक बोकेर लान दिनुभएन । 17 उहाँले तिनीहरूलाई सिकाउनुभयो र भन्‍नुभयो, “के यस्तो लेखिएको छैन, ‘मेरो घर सबै जातिका निम्ति प्रार्थनाको घर हुनेछ?’ तर तिमीहरूले यसलाई डाँकुहरूको ओढार बनाएका छौ ।” 18 उहाँले भन्‍नुभएको कुरा मुख्य पुजारीहरू र शास्‍त्रीहरूले सुने र उहाँलाई मार्ने उपाय खोजे । उहाँको शिक्षामा सम्पूर्ण भिड नै छक्‍क परेका हुनाले तिनीहरू डराए ।
  • मर 11:27 : 27 उहाँहरू फेरि यरूशलेममा आउनुभयो । जब येशू मन्दिरमा घुमिरहनुभएको थियो, मुख्य पुजारीहरू, शास्‍त्रीहरू र धर्म-गुरुहरू उहाँकहाँ आए ।
  • भजन 22:1-9 : 1 ¶ हे परमेश्‍वर, हे परमेश्‍वर, तपाईंले मलाई किन त्याग्‍नुभएको? तपाईं किन मलाई बचाउनबाट त्‍यति धेरै टाढा र मेरा वेदनाका शब्दहरूबाट टाढा हुनुहुन्छ? 2 हे मेरा परमेश्‍वर, दिनको समयमा म पुकारा गर्छु, तर तपाईंले जवाफ दिनुहुन्‍न र रातको समयमा पनि म शान्‍त छैन । 3 तापनि तपाईं पवित्र हुनुहुन्छ । इस्राएलको प्रशंसामा तपाईं राजाझैं विराजमान हुनुहुन्छ । 4 हाम्रा पुर्खाहरूले तपाईंलाई भरोसा गरे । तिनीहरूले तपाईंमा भरोसा गरे र तपाईंले तिनीहरूलाई बचाउनुभयो । 5 तिनीहरूले तपाईंमा पुकारा गरे र तिनीहरूलाई बचाइयो । तिनीहरूले तपाईंमा भरोसा गरे र निराश भएनन् । 6 म एउटा कीरा हुँ र मानिस होइन, मानिसहरूले अपमान गरेको र मानिसहरूद्वारा अवहेलित भएको छु । 7 मलाई देख्‍ने सबैले मलाई गिज्याउँछन् । तिनीहरूले मेरो खिसी गर्छन् । तिनीहरूले मलाई हरेर आफ्‍नो टाउको हल्लाउँछन् । 8 तिनीहरू भन्छन्, “त्यसले परमप्रभुमा भरोसा गर्छ । परमप्रभुले नै त्यसलाई बचाऊन्, किनकि त्यो उहाँमा नै खुसी हुन्‍छ ।” 9 तपाईंले मलाई गर्भबाट ल्याउनुभयो । मैले आमाको दूध खाँदा नै तपाईंले मलाई तपाईंमा भरोसा गर्ने बनाउनुभयो । 10 गर्भैदेखि मलाई तपाईंमा सुम्पिएको छ । म आफ्‍नो आमाको गर्भमा हुँदादेखि नै तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ 11 मबाट टाढा नहुनुहोस्, किनकि कष्‍ट नजिकै छ । मलाई सहायता गर्ने कोही पनि छैन । 12 धेरै साँढेहरूले मलाई घेर्छन् । बाशानका बलिया साँढेहरूले मलाई घेर्छन् । 13 गर्जने सिंहले आफ्नो शिकार च्यातेझैं, मेरो विरुद्धमा तिनीहरू आफ्‍ना मुख चौडा खोल्‍छन् । 14 पानीलाई झैं मलाई खन्याइँदैछ र सबै मेरा हाडहरूले ठाउँ छोडेका छन् । मेरो हृदय मैनझैं भएको छ । मेरो अन्तरकरणमा त्‍यो पग्लिन्छ । 15 माटोको भाँडोको खपटोझैं मेरो बल सुकेको छ । मेरो जिब्रो मेरो तालुमा टाँसिन्छ । तपाईंले मलाई मृत्युको धूलोमा सुताउनुभएको छ । 16 किनकि कुकुरहरूले मलाई घेरेका छन् । खराब गर्नेहरूको हुलले मलाई घेरा लगाएका छन् । तिनीहरूले मेरा हातहरू र खुट्टाहरू छेडेका छन् । 17 म आफ्‍ना सबै हाड गन्‍न सक्छु । तिनीहरू हेर्छन् र मलाई आँखा तर्छन् । 18 मेरो लुगा तिनीहरूले आपसमा बाँड्छन् । मेरो लुगाको निम्ति तिनीहरूले चिट्ठा हाल्छन् । 19 हे परमप्रभु, टाढा नहुनुहोस् । हे मेरो बल, मलाई सहायता गर्न चाँडो गर्नुहोस् । 20 मेरो प्राणलाई तरवरबाट र मेरो जीवनलाई जङ्गली कुकुरहरूका पञ्‍जाबाट बचाउनुहोस् । 21 मलाई सिंहको मुखबाट बचाउनुहोस् । जङ्गली साँढेहरूका सिङ्हरूबाट मलाई बचाउनुहोस् । 22 तपाईंको नाउँ म आफ्‍ना भाइहरूलाई घोषणा गर्नेछु । सभाको माझमा म तपाईंको प्रशंसा गर्नेछु । 23 तिमी जसले परमप्रभुको भय मान्‍छौ, उहाँको प्रशंसा गर । तिमी सबै याकूबका सन्तानहरू हो, उहाँको आदर गर । ए इस्राएलका सारा सन्तान हो, उहाँको भयमा खडा होओ । 24 कष्‍टमा परेका व्‍यक्‍तिको कष्‍टलाई उहाँले घृणा वा अवहेलना गर्नुभएको छैन । तिनीबाट परमप्रभुले आफ्नो मुहार लुकाउनुभएको छैन । जब कष्‍टमा परेको व्‍यक्‍तिले उहाँमा पुकारा गरे, तब उहाँले सुन्‍नुभयो । 25 तपाईंको कारणले म ठुलो सभामा प्रशंसा गाउनेछु । उहाँको भय मान्‍नेहरूका सामु म आफ्‍नो भाकल पुरा गर्नेछु । 26 थिचोमिचोमा परेकाहरूले खानेछन् र तृप्‍त हुनेछन् । परमप्रभुको खोजी गर्नेहरूले उहाँको प्रशंसा गर्नेछन् । तिमीहरूका हृदयहरू सदा जीवित रहून् । 27 पृथ्वीका सबै मानिसहरूले सम्झनेछन् र परमप्रभुतिर फर्कनेछन् । जातिहरूका सबै परिवार तपाईंको सामु घोप्‍टो पर्नेछन् । 28 किनकि राज्य परमप्रभुकै हो । उहाँ नै जातिहरूका शासक हुनुहुन्छ । 29 पृथ्वीका सबै समृद्ध मानिसहरूले भोज गर्नेछन् र आराधना गर्नेछन् । धूलोमा झरिरहेका सबैले उहाँको सामु दण्डवत गर्नेछन्, जसले तिनीहरूको आफ्नो जीवनको रक्षा गर्न सक्दैनन् । 30 आउने पुस्ताले उहाँको सेवा गर्नेछ । तिनीहरूले अर्को पुस्तालाई परमप्रभुको बारेमा भन्‍नेछन् । 31 तिनीहरू आउनेछन् र उहाँको धार्मिकताको बारेमा भन्‍नेछन् । उहाँले जे गर्नुभएको छ सो तिनीहरूले अझै नजन्‍मेका मानिसहरूलाई भन्‍नेछन् ।
  • यशा 53:1-9 : 1 ¶ हामीबाट तिनीहरूले सुनेका कुरा कसले विश्‍वास गरेको छ, र कसलाई परमप्रभुको बाहुली प्रकट गरिएको छ? 2 किनकि कलिलो बिरूवाजस्तै र सुख्‍खा जमिनबाट उम्रेको टुसाजस्तै ऊ परमप्रभुको सामु बढ्यो । उसमा हेर्नलायक आकर्षण वा ऐश्‍वर्य थिएन । हामीले उसलाई हेर्दा, हामीलाई आकर्षण गर्ने कुनै सुन्दरता थिएन । 3 मानिसहरूद्वारा उसलाई घृणा र तिरस्‍कार गरियो । दुखको मानिस र कष्‍टसँग परिचित । त्‍यस्‍तो जसबाट मानिसहरूले आफ्‍ना अनुहार लुकाउँछन्, उसलाई घृणा गरियो । अनि हामीले उसलाई तुच्‍छ ठान्यौं । 4 तर निश्‍चय नै उसले हाम्रा रोगहरू बोकेको र हाम्रा कष्‍टहरू उठाएको छ । तापनि हामीले उसलाई परमेश्‍वरद्वारा दण्ड दिइएको, परमेश्‍वरद्वारा हिर्काइएको र कष्‍टमा परेको ठान्यौं । 5 तर हाम्रा विद्रोहपूर्ण कामहरूका कारणले उसलाई घोचिएको थियो । हाम्रा पापहरूका कारणले उसलाई पेलिएको थियो । हाम्रो शान्तिको निम्ति उसमाथि दण्ड पर्‍यो र उसका घाउहरूले हामी निको भएका छौं । 6 हामी सबै बह्रालिएका भेडाहरूजस्ता छौं । हामी प्रत्‍येक आ-आफ्नै मार्गतिर लागेका छौं र परमप्रभुले हामी सबैको अधर्म उसमाथि राख्‍नुभएको छ । 7 उसलाई अत्याचार गरियो । तापनि उसले आफूलाई होच्याउँदा, उसले आफ्नो मुख खोलेन । जसरी मार्नलाई लगिएको थुमा र ऊन कत्रनेहरूका सामु भेडा चुपचाप बस्‍छ, त्‍यसरी उसले आफ्नो मुख खोलेन । 8 जबर्जस्ती र इन्साफद्वारा उसलाई दोषी ठहर गरियो । त्यस पुस्ताबाट कसले उसको बारेमा विचार गर्‍यो र? तर उसलाई जीविहरूको देशबाट अलग गरियो । मेरा मानिसहरूले अपराधहरू गरेका कारणले उसलाई दण्‍ड दिइयो । 9 उसले कुनै हिंसा गरेका थिएन, न त उसको मुखमा कुनै छल नै थियो, तापनि अपराधीहरूसँगै तिनीहरूले उसको चिहान बनाए । उसको मृत्युमा एक जना धनी मानिस थियो । 10 तापनि उसलाई धुलो पार्ने र उसलाई बिरामी पार्ने परमप्रभुकै इच्छा थियो । जब उसले आफ्नो जीवनलाई पापको निम्ति बलिदान बनाउँछन्, उसले आफ्ना सन्तानहरू देख्‍नेछ, उसले आफ्‍नो समय बढाउनेछ र उसैद्वारा परमप्रभुको उद्देश्य पुरा हुनेछ । 11 उसको जीवनको कष्‍टपछि उसले ज्योति देख्‍नेछ र आफ्‍नो ज्ञानद्वारा सन्तुष्‍ट हुनेछ । मेरो धर्मिक सेवकले धेरै जनालाई निर्दोष ठहराउनेछ । उसले तिनीहरूको अधर्म बोक्‍नेछ । 12 यसकारण म भीडहरूका माझमा उसको भाग उसैलाई दिनेछु, उसले धेरै जनासित लूटको माल बाँड्नेछ, किनभने उसले आफूलाई मृत्युमा हाल्यो र अपराधीहरूसँगै गनियो । उसले धेरै जनाको पाप बोक्यो र अपराधीहरूका निम्ति मध्‍यस्‍थ-बिन्ती गर्‍यो ।
  • दानी 9:24-26 : 24 तिम्रा मानिसहरू र तिम्रो पवित्र सहरको दोषको अन्‍त्‍य गर्न र पापलाई अन्त्य गर्न, दुष्‍टताको निम्ति पश्‍चात्ताप गर्न, अनन्त धार्मिकता ल्याउन, दर्शन र अगमवाणीलाई पुरा गर्न, र अति पवित्र स्थानलाई शुद्ध पार्नलाई सत्तरी सातहरूको आदेश दिइएको छ । 25 यो जान र बुझ, कि यरूशलेमलाई पुनर्स्थापित र पुनर्निर्माण गर्ने आज्ञा दिएपछि, अभिषिक्त जनको (जो अगुवा हुनेछन्) आगमनसम्‍म त्यहाँ सात सातहरू र बैसठ्ठी सातहरू हुनेछन् । धेरै विपदका समयहरू हुने भए तापनि, सडकहरू र सुरुङहरूसहित यरूशलेमको पुनर्निर्माण हुनेछ । 26 बैसठ्ठी सातहरूपछि, अभिषिक्त जनलाई नाश पारिनेछ र तिनीसँग केही पनि हुनेछैन । आउनेवाला शासकका सेनाले सहर र पवित्र स्थानलाई नाश गर्नेछ । बाढीसँगै त्यसको अन्त्य आउनेछ, र अन्त्‍यसम्मै युद्ध हुनेछ । सर्वनाश पार्ने आज्ञा दिइएको छ ।
  • भजन 69:1-9 : 1 ¶ हे परमेश्‍वर, मलाई बचाउनुहोस् । किनकि पानीले मेरो जीवनलाई खतरामा पारेको छ । 2 म गहिरो दलदलमा डुबेको छु, जहाँ टेक्‍ने ठाउँ नै छैन । म गहिरो पानीमा आएको छु, जहाँ ममाथि बाढिहरू बग्‍छन् । 3 म आफ्‍नो चित्‍कारले थाकेको छु । मेरो घाँटी सुकेको छ । मेरो परमेश्‍वरमा आसा गर्दा मेरा आँखाहरू धमिला हुन्छन् । 4 विनाकारण मलाई घृणा गर्नेहरू मेरो शिरको कपालभन्दा धेरै छन् । मेरा शत्रुहरू बनेर गलत तर्कहरू गरी मलाई नाश गर्न खोज्‍नेहरू शक्तिशाली छन् । मैले जे चोरेको थिएन, सो मैले तिर्नुपर्छ । 5 हे परमेश्‍वर, तपाईंले मेरो मूर्खता जान्‍नुहुन्छ र मेरा पापहरू मबाट लुकेका छैनन् । 6 हे सर्वशक्तिमान् परमप्रभु, मेरो कारणले तपाईंमा आसा राख्‍नेहरू लज्‍जित नहोऊन् । हे इस्राएलको परमेश्‍वर, मेरो कारणले तपाईंलाई खोज्‍नेहरू अनादरमा नपरून् । 7 तपाईंको खातिर मैले हप्की सहेको छु । मेरो मुहार लाजले ढाकेको छ । 8 मेरा भाइहरूका निम्ति म बिरानो, मेरी आमाका सन्तानहरूका निम्ति विदेशी भएको छु । 9 किनको तपाईंको मन्‍दिरको जोशले मलाई खाएको छ र तपाईंलाई हप्काउनेहरूका हप्कीहरू ममाथि परेको छ । 10 जब म रोएँ र खाना खाइन, तब तिनीहरूले मेरो अपमान गरे । 11 जब मैले भाङ्ग्रालाई मेरो लुगा बनाए, तब म तिनीहरूको ठट्टाको पात्र बनें । 12 सहरको ढोकामा बस्‍नेहरूले मेरो बारेमा कुरा गर्छन् । म जड्याँहाहरूका गीत भएको छु । 13 तर हे परमप्रभु, मेरो प्रर्थना तपाईंमा नै छ, कुनै समयमा तपाईंले स्वीकार गर्नुहुनेछ । तपाईंको उद्धारको विश्‍वस्‍ततामा मलाई जवाफ दिनुहोस् । 14 मलाई दलदलबाट नकाल्नुहोस् र मलाई डुब्‍न नदिनुहोस् । मलाई घृणा गर्नेहरूबाट मलाई टाढा लानुहोस् र गहिरो पानीबाट मलाई बचाउनुहोस् । 15 बढीको पानीले मलाई व्याकुल पार्न नदिनुहोस्, न त सागरले मलाई निल्‍न दिनुहोस् । खाडलले ममाथि आफ्‍नो मुख बन्द नगरोस् । 16 हे परमप्रभु, मलाई जवाफ दिनुहोस्, किनकि तपाईंको करारको विश्‍वस्‍तता असल छ । मेरो निम्ति तपाईंका कृपाहरू धेरै भएको हुनाले, मतिर फर्कनुहोस् । 17 आफ्‍नो दासबाट आफ्नो मुहार नलुकाउनुहोस्, किनकि म संकष्‍टमा छु । मलाई चाँडै जवाफ दिनुहोस् । 18 मकहाँ आउनुहोस् र मलाई उद्धार गर्नुहोस् । मेरा शत्रुहरूका कारणले मोल तिरेर मेरो उद्धार गर्नुहोस् । 19 मेरो हप्‍की, मेरो लाज र मेरो अपमान तपाईंलाई थाहा छ । मेरा वैरीहरू सबै मेरै सामु छन् । 20 हप्कीले मेरो हृदय तोडिएको छ । म गह्रौं बोझले दबिएको छु । कोही दया गर्ने मानिस मैले खोजें, तर कोही थिएन । मैले सान्त्वना दिनेहरू खोजें, तर मैले कोही भेटिनँ । 21 खानलाई तिनीहरूले मलाई विष दिए । म तिर्खाउँदा तिनीहरूले पिउनलाई सिर्का दिए । 22 तिनीहरूको निम्ति राखिएको भोजन तिनीहरूको निम्ति पासो बनोस् । तिनीहरू सुरक्षित छन् भनी तिनीहरूले विचार गर्दा, त्‍यो नै पासो बनोस् । 23 तिनीहरूका आँखाहरू धमिला होऊन्, ताकि तिनीहरूले देख्‍न नसकून् । अनि तिनीहरूका कम्मर सधैं दुर्बल बनाउनुहोस् । 24 तिनीहरूमाथि आफ्‍नो क्रोध खन्याउनुहोस् र तपाईंको रिसको उग्रताले तिनीहरूलाई व्याकुल बनाओस् । 25 तिनीहरूको ठाउँ उजाड होस् । तिनीहरूको पालमा कोही नबसोस् । 26 किनकि तपाईंले प्रहार गर्नुभएको व्यक्‍तिलाई तिनीहरूले सताए । तपाईंले घाइते बनाउनुभएकाहरूका पीडा विवरण तिनीहरूले दोहोर्‍याए । 27 अधर्ममाथि अधर्म गरेको दोष तिनीहरूलाई लगाउनुहोस् । तिनीहरू तपाईंको धार्मिक विजयमा आउन नसकून् । 28 तिनीहरूलाई जीवनको पुस्तकबाट हटाइयोस् र धर्मीहरूसँगै नलेखियोस् । 29 तर म गरीब र दुःखी छु । हे परमेश्‍वर, तपाईंको उद्धारले मलाई उच्‍च स्थानमा बसालोस् । 30 गीत गाउँदै म परमश्‍वरको नाउँको प्रशंसा गर्नेछु र धन्यवादको साथ उहाँलाई उच्‍च पार्नेछु । 31 सिङ्हरू र खुरहरू भएका गोरु वा साँढेले भन्दा धेरै त्‍यसले परमप्रभु खुसी पार्नेछ । 32 नम्रहरूले यो देखेका छन् र खुसी भएका छन् । परमेश्‍वरको खोजी गर्नेहरूको हृदय जीवित रहोस् । 33 किनकि परमप्रभुले दरिद्रको पुकारा सुनुहुन्छ र आफ्‍ना कैदीहरूलाई घृणा गर्नुहुन्‍न । 34 स्वर्ग र पृथ्वी, समुद्र र त्‍यसमा हलचल गर्ने हरेक थोकले उहाँको प्रशंसा गरून् । 35 किनभने परमेश्‍वरले सियोनलाई बचाउनुहुनेछ र यहूदाका सहरहरू पुनःनिर्माण गर्नुहुनेछ । मानिसहरू त्यहाँ बसोवास गर्नेछन् र यसलाई सम्पत्तिको रूपमा लिनेछन् । 36 उहाँका सेवकहरूका सन्तानहरूले यसको उत्तराधिकार प्राप्‍त गर्नेछन् । अनि उहाँको नाउँलाई प्रेम गर्नेहरू त्यहाँ बस्‍नेछन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मत्त 26:54-57
    4 पदहरू
    86%

    54तर यस्तो हुनुपर्छ भनी धर्मशास्‍त्रले भनेको कसरी पुरा हुने थियो त?”

    55त्यति बेला येशूले भिडलाई भन्‍नुभयो, “के तिमीहरू तरवार र लाठाहरू लिएर चोरलाई झैँ मलाई पक्रन आएका छौ? म दिनहुँ मन्दिरमा सिकाउँदै बसेँ, अनि तिमीहरूले मलाई पक्रेनौ ।

    56तर यी सबै कुरा भए, ताकि अगमवक्‍ताहरूले लेखेका कुरा पुरा हुन सकून् ।” त्यसपछि सबै चेलाले उहाँलाई छोडे र भागे ।

    57जसले येशूलाई पक्रेका थिए तिनीहरूले उहाँलाई प्रधान पुजारी कैयाफाकहाँ लगे, जहाँ शास्‍त्रीहरू र एल्डरहरू एकसाथ भेला भएका थिए ।

  • 48येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू डाँकुको विरुद्धमा आएझैँ तरवार र भाला लिएर आउँछौ?

  • लू 22:52-54
    3 पदहरू
    81%

    52येशूले उहाँ विरुद्ध आउने मुख्य पुजारीहरू, मन्दिरको कप्‍तान र अगुवाहरूलाई भन्‍नुभयो, “के तिमीहरू एउटा लुटेराको विरुद्धमा जस्तै तरवारहरू र लाठीहरू लिएर आउँछौ?

    53जब म तिमीहरूसँगै मन्दिरमा दिनहुँ हुँदा, तिमीहरूले ममाथि हात हालेनौँ । तर यो तिमीहरूको समय र अन्धकारको अधिकारको समय हो ।”

    54तिनीहरूले उहाँलाई गिरफ्तार गरेर प्रधान पुजारीको घरभित्र ल्याए । तर पत्रुसले टाढैबाट उहाँलाई पछ्याए ।

  • लू 19:45-47
    3 पदहरू
    78%

    45येशू मन्दिरभित्र छिर्नुभयो र त्यहाँ व्यापार गरिरहेका मानिसहरूलाई यसो भन्दै खेद्नुभयो,

    46“यसो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले त यसलाई डाँकुहरूको अड्डा बनाएका छौ ।”

    47येशूले मन्दिरमा दिनहुँ शिक्षा सिकाउनुहुन्थ्यो । मुख्य पुजारीहरू, शास्‍त्रीहरू र धार्मिक अगुवाहरूले उहाँलाई मार्न चाहन्थे ।

  • 50अनि येशूसँग भएका सबैले उहाँलाई छाडे र भागे ।

  • 20उहाँले मन्दिरमा सिकाउनुहुँदा यी वचनहरू ढुकुटीमा भन्‍नुभयो र कसैले उहाँलाई पक्रेन, किनभने उहाँको समय अझै आएको थिएन ।

  • 53तिनीहरूले उहाँलाई प्रधान पुजारीकहाँ लगे । त्यहाँ तिनीसँग मुख्य पुजारीहरू, धर्म-गुरुहरू र शास्‍त्रीहरू भेला भएका थिए ।

  • 46त्यसपछि तिनीहरूले उहाँमाथि हात हाले र पक्रे ।

  • 1¶ येशूले मन्दिरमा मानिसहरूलाई शिक्षा दिइरहनुहुँदा र सुसमाचार प्रचार गरिरहनुहुँदा, अगुवाहरूसहित मुख्य पुजारीहरू र शास्‍त्रीहरू येशूकहाँ आए ।

  • 66बिहान हुनेबितिकै, मुख्य पुजारीहरू र शास्‍त्रीहरू दुवै मानिसहरूका धर्म-गुरुहरू सँगै भेला भए । तिनीहरूले उहाँलाई परिषद्‍मा लगे र

  • 12र जब तिनीहरूले मलाई मन्दिरमा भेट्टाए, मैले कसैसँग विवाद गरिनँ, र मैले सभाघरहरू वा सहरहरूमा भिडलाई उक्साइनँ ।

  • 37दिउँसोको समयमा उहाँले मन्दिरमा सिकाउनुहुन्थ्यो र साँझमा उहाँ बाहिर जानुहुन्थ्यो, र डाँडामा रात बिताउनुहुन्थ्यो जसलाई जैतून भनिन्छ ।

  • 42त्यसपछि हरेक दिन मन्दिर र घर-घरमा, तिनीहरूले निरन्तर येशूलाई नै ख्रीष्‍टको रूपमा सिकाइरहेका र प्रचार गरिरहेका थिए ।

  • 37किनकि म तिमीहरूलाई भन्दछु, मेरो बारेमा जे लेखिएको छ त्यो पुरा हुनेछ, ‘र उसलाई दुष्‍टलाई जस्तै व्यवहार गरिनेछ । किनकि मेरो बारेमा जे अगमवाणी गरिएको छ त्यो पुरा भइरहेको छ ।”

  • 1¶ बिहान सबेरै मुख्य पुजारीहरूसँगै धर्म-गुरुहरू, शास्‍त्रीहरू र सम्पूर्ण यहूदी परिषद्‍सँगै भेला भए । अनि तिनीहरूले येशूलाई बाँधे र लिएर गए । तिनीहरूले उहाँलाई पिलातसकहाँ सुम्पिदिए ।

  • 44उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जब म तिमीहरूसँग थिएँ, मैले तिमीहरूलाई भनेको थिएँ कि मोशाको व्यवस्था, अगमवक्‍ताहरूको पुस्तक र भजनसङ्ग्रहको पुस्तकमा लेखिएका सबै कुराहरू पुरा हुनैपर्छ ।”

  • मर 14:42-44
    3 पदहरू
    71%

    42उठ र जाऔँ । हेर, मलाई धोखा दिने नजिकै छ ।”

    43उहाँ बोल्दै गर्नुहुँदा बाह्र जनामध्येको यहूदा आइपुग्यो अनि त्योसँग मुख्य पुजारीहरू, शास्‍त्रीहरू र धर्म-गुरुहरूबाट आएका तरवार र लाठा बोकेको एउटा ठुलो हुल थियो ।

    44अब, उहाँलाई विश्‍वासघात गर्नेले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो, “जसलाई मैले चुम्बन गर्छु, ऊ त्‍यही हो । उसलाई समात र सुरक्षा घेरामा लैजाओ ।”

  • मर 15:28-29
    2 पदहरू
    71%

    28[टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा २८ पदलाई हटाइएको छ (लूका २२:३ लाई हेर्नुहोस्) पद २८] अनि “उहाँ अधर्मीहरूसँग गनिनुभयो” भन्‍ने धर्मशास्‍त्रको वचन पुरा भयो ।

    29त्यहाँबाट जानेहरूले आफ्नो टाउको हल्लाउँदै उहाँको अपमान गरे, “आहा! तिमीले त मन्दिरलाई नष्‍ट गरेर तिन दिनभित्र नै निर्माण गर्थ्यौ त,

  • 27येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू सबै मेरो कारणले पछि हट्नेछौ, किनकि यसरी लेखिएको छ, ‘म गोठालोलाई हिर्काउनेछु र भेडाहरू छरपष्‍ट हुनेछन् ।’ [टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा “मेरो कारणले” भन्‍ने पदावली छैन ।]

  • 49उहाँले उनीहरूलाई भन्‍नुभयो, “तपाईंहरूले मलाई किन खोजिरहनुभएको? म मेरा पिताको घरमा हुनुपर्छ भनेर के तपाईंहरूलाई थाहा छैन?”

  • 59तब तिनीहरूले उहाँलाई हान्‍नलाई ढुङ्गा टिपे, तर येशू आफैँ लुक्‍नुभयो, र मन्दिरबाट बाहिर जानुभयो ।

  • 30तर उहाँ तिनीहरूका बिचबाट निस्केर आफ्नो बाटो लाग्‍नुभयो ।

  • 27यरूशलेममा बस्‍नेहरू र तिनीहरूका शासकहरूले उहाँलाई वास्तमै चिनेनन्, न त हरेक शबाथमा पढिने अगमवक्‍ताहरूको आवजलाई नै बुझे । त्यसकारण तिनीहरूले यसरी येशूलाई मृत्यु दण्डको आज्ञा दिएर अगमवक्‍ताको भविष्यवाणीलाई पुरा गरे ।

  • 44तिनीहरूमध्ये कतिले उहाँलाई पक्रे, तर कसैले पनि उहाँमाथि हात हालेन ।

  • 1¶ यो निस्तार र अखमरी रोटीको चाडभन्दा दुई दिनअगि थियो । मुख्य पुजारीहरू र शास्‍त्रीहरूले येशूलाई कसरी गुप्‍त रूपमा गिरफ्‍तार गर्ने र मार्ने भनी विचार गरिरहेका थिए ।

  • 17उहाँले तिनीहरूलाई सिकाउनुभयो र भन्‍नुभयो, “के यस्तो लेखिएको छैन, ‘मेरो घर सबै जातिका निम्ति प्रार्थनाको घर हुनेछ?’ तर तिमीहरूले यसलाई डाँकुहरूको ओढार बनाएका छौ ।”

  • 4के भइरहेको थियो भनी सबै थोक जान्‍नुहुने येशू अगाडि आउनुभयो र भन्‍नुभयो, “तिमीहरू कसलाई खोजिरहेका छौ?”

  • 39तिनीहरूले उहाँलाई फेरि पनि पक्रने प्रयास गरे, तर उहाँ तिनीहरूका हातबाट फुत्कनुभयो ।

  • 33आज, भोलि र पर्सि मैले निरन्तरता दिनु आवश्यक छ, किनभने यरूशलेमबाट टाढामा एउटा अगमवक्‍ताहरूलाई मार्नु ग्रहणयोग्य हुँदैन ।

  • 2बिहानै सबेरै उहाँ फेरि मन्दिरमा आउनुभयो, र सबै मानिसहरू आए; उहाँ बस्‍नुभयो, र तिनीहरूलाई सिकाउनुभयो ।

  • 47जब उहाँ बोलिरहनुभएको थियो, बाह्रमध्ये एक जना अर्थात् यहूदा आए । मुख्य पुजारीहरू र मानिसहरूका एल्डरहरूको एउटा ठुलो भिड ऊसँगै आयो । तिनीहरू लाठीहरू र तरवारहरू बोकेर आए ।

  • 7मानिसका पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु र क्रुसमा टाँगिनु, र तेस्रो दिनमा फेरि जीवित हुन आवश्यक छ ।”

  • 58“यसले यसो भनेको हामीले सुन्यौँ, ‘हातद्वारा बनाइएका यो मन्दिर मैले नष्‍ट गर्नेछु, र तिन दिनमा हातविना नै बनाइएको अर्को मन्दिर मैले बनाउनेछु ।’”

  • 9यो “तपाईंले मलाई दिनुभएकाहरूमध्‍ये, मैले कसैलाई पनि गुमाइनँ” भनी उहाँले भन्‍नुभएको वचन पुरा हुनको निम्ति थियो ।

  • 61र भने, “यो मानिसले यसो भन्यो, ‘मैले परमेश्‍वरको मन्दिरलाई भत्काएर यसलाई तिन दिनमा पुनर्निर्माण गर्न सक्छु’ ।”

  • 27उहाँहरू फेरि यरूशलेममा आउनुभयो । जब येशू मन्दिरमा घुमिरहनुभएको थियो, मुख्य पुजारीहरू, शास्‍त्रीहरू र धर्म-गुरुहरू उहाँकहाँ आए ।

  • 23परमेश्‍वरको अठोट गरिएको योजना र पूर्वज्ञानले गर्दा, उहाँ सुम्पिइनुभयो, र तपाईं अधर्मी मानिसहरूको हातद्वारा क्रुसमा टाँगिनुभयो र मारिनुभयो ।

  • 9आफूलाई सचेत राख । तिनीहरूले तिमीहरूलाई परिषद्‌हरूको हातमा सुम्पिनेछन्, र सभाघरहरूमा तिमीहरू पिटिनेछौ । मेरा साक्षीको रूपमा तिमीहरू शासक र राजा दुवैका सामु मेरा खातिर खडा हुनेछौ ।

  • 22निश्‍चय नै मानिसका पुत्रले धेरै कुरामा दुख सहनु, बुढापाकाहरू, मुख्य पुजारीहरू र शास्‍त्रीहरूबाट तिरष्कृत हुनु छ र तिनी मारिनेछन् र तेस्रो दिनमा जीवनमा फर्की आउनेछन् ।

  • 42येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले कहिल्यै धर्मशास्‍त्रमा पढेनौ, ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्ध गरे त्यहीचाहिँ कुनाको शिर ढुङ्गो बन्यो । यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्‍टिमा यो आश्‍चर्यपूर्ण छ? ’