मरकुस 14:5
यो अत्तरलाई तिन सय चाँदीका सिक्काभन्दा बढीमा बेच्न सकिन्थ्यो र गरिबहरूलाई दिन सकिन्थ्यो ।” र तिनीहरूले तिनलाई गाली गर्दै थिए ।
यो अत्तरलाई तिन सय चाँदीका सिक्काभन्दा बढीमा बेच्न सकिन्थ्यो र गरिबहरूलाई दिन सकिन्थ्यो ।” र तिनीहरूले तिनलाई गाली गर्दै थिए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
6अनि जब येशू बेथानियामा सिमोन भन्ने एक जना कुष्ठरोगीको घरमा हुनुहुन्थ्यो,
7उहाँ एउटा टेबुलमा अडेस लगाएर बसिरहनुहुँदा अति बहुमूल्य अत्तरको सिङ्गमरमरको एउटा शीशी बोकेकी एउटी स्त्री उहाँकहाँ आई, र उसले त्यसलाई उहाँको शिरमा खन्याइदिई ।
8तर जब उहाँका चेलाहरूले यो देखे, तिनीहरू रिसाएर भने, “यसरी नोक्सानी गर्नुको कारण के हो?
9यसलाई ठुलो रकममा बेच्न सकिन्थ्यो, र गरिबलाई दिन सकिन्थ्यो ।”
10तर येशूले यो जानेर तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले यी स्त्रीलाई किन दुःख दिइरहेका छौ? किनकि यिनले मेरो निम्ति अति नै राम्रो काम गरेकी छन् ।
11गरिबहरू त तिमीहरूसँग सधैँ हुनेछन्, तर म तिमीहरूसँग सधैँ रहनेछैन ।
12किनकि जब यी स्त्रीले यो अत्तर मेरो शरीरमाथि खन्याइन्, यिनले मेरो दफनको निम्ति यो गरिन् ।
13साँच्चै म तिमीहरूलाई भन्दछु, यो सुसमाचार संसारको जुनसकै ठाउँमा प्रचार गरिँदा, यी स्त्रीले जे गरेकी छन्, तिनको सम्झनामा यो चर्चा गरिनेछ ।”
14त्यसपछि बाह्र जनामध्येको एक जसको नाउँ यहूदा इस्करियोत थियो, ऊ मुख्य पुजारीहरूकहाँ गयो,
15र भन्यो, “उहाँलाई तपाईंहरूकहाँ पक्राइदिनलाई तपाईंहरूले मलाई के दिन तयार हुनुहुन्छ?” तिनीहरूले उसको निम्ति तिसवटा चाँदीका सिक्का छुट्ट्याइदिए ।
2किनकि तिनीहरूले भनिरहेका थिए, “चाडको समयमा होइन, ताकि मानिसहरूमाझ दङ्गा उत्पन्न नहोस् ।”
3जब येशू बेथानियामा सिमोन कुष्ठरोगीको घरमा हुनुहुन्थ्यो, उहाँ टेबुलमा अडेस लागेर बसिरहनुहुँदा एक जना स्त्री अति मूल्यवान् तरल पदार्थ सिङ्गमरमरको शिशीमा लिएर येशूकहाँ आइन्, जुन शुद्ध जटामसी थियो । तिनले त्यो शिशीलाई फुटाइन् र उहाँको टाउकोमा खन्याइन्
4तर त्यहाँका कोही-कोही रिसाए । तिनीहरूले आपसमा कुरा गरे र भने, “के कारणको लागि यो खेर फालिँदै छ?
3तब मरियमले आधा लिटर जति शुद्ध जटामसीले बनेको बहुमूल्य अत्तर लिइन्, र येशूको पाउ अभिषेक गरिन्, अनि तिनको आफ्नो कपालले उहाँको पाउ पुछिन् । त्यो घर अत्तरको सुगन्धले भरियो ।
4उहाँका चेलाहरूमध्ये एक जना यहूदा स्करियोत जसले उहाँलाई विश्वासघात गर्ने थियो, त्यसले भन्यो,
5“यो अत्तर तिन सय चाँदीका सिक्कामा बेचेरे गरिबहरूलाई किन दिइएन?”
6त्यसले यो कुरा गरिबहरूको वास्ता गरेर भनेको थिएन, तर त्यो चोर भएकोले भनेको हो । त्यससँग पैसाको थैलो हुन्थ्यो र यसमा राखिएकोबाट चोर्ने गर्थ्यो ।
7येशूले भन्नुभयो, “तिनीसँग मेरो दफनको दिनको लागि जे छ, त्यो राख्न देऊ ।
8गरिबहरू त तिमीहरूसँग सधैँ हुनेछन्, तर म तिमीहरूसँग सधैँ हुनेछैनँ ।”
6तर येशूले भन्नुभयो, “तिनलाई छोडिदेओ । तिमीहरूले तिनलाई किन दुःख दिइरहेका छौ? तिनले मेरो निम्ति सुन्दर काम गरेकी छन् ।
7गरिबहरू तिमीहरूसँग सधैँ हुन्छन्, र तिमीहरू जहिले चाहन्छौ तिनीहरूको निम्ति गर्न सक्छौ, तर म त तिमीहरूसित सधैँ हुनेछैन ।
8तिनले जे गर्न सक्थिन् त्यही गरिन्ः तिनले मेरो शरीरलाई दफनको निम्ति अभिषेल गरेकी छन् ।
9साँच्चै, म तिमीहरूलाई भन्दछु, सारा संसारभरि जहाँ-जहाँ सुसमाचार प्रचार गरिन्छ, त्यहाँ यी स्त्रीले गरेकी काम तिनको सम्झनामा बताइनेछ ।
2यिनी तिनै मरियम थिइन् जसले प्रभुलाई मूर्रले अभिषेक गरिन् र उहाँका खुट्टा आफ्नो कपालले पुछेकी थिइन्, जसका भाइ लाजरस बिरामी थिए ।
11जब तिनीहरूले आफ्ना ज्यालाहरू प्राप्त गरे, तिनीहरूले त्यस जमिन मालिकको विरुद्धमा गनगन गरे ।
37हेर, त्यस सहरमा एउटी स्त्री थिइन् जो पापी थिइन्, तिनले पत्ता लगाइन् कि उहाँ फरिसीको घरमा बस्नुभएको छ र तिनले सिङ्गमरमरको बोतलमा अत्तर ल्याइन् ।
38तिनी उहाँका पाउको नजिक पछाडिपट्टि उभिइन् र रोइन् । तब तिनले उहाँको पाउ आफ्ना आँसुले भिजाउन थालिन् र टाउकाको कपालले उहाँका पाउ पुछिन्, उहाँका पाउमा म्वाइ खाइन् र पाउमा अत्तर घसिन् ।
39जब येशूलाई बोलाउने फरिसीले यो देख्यो, तब उसले आफूले विचार गर्दै भन्यो, “यदि यी मानिस एउटा अगमवक्ता भएको भए, तब उनले जान्ने थिए कि को र कस्ती प्रकारकी स्त्रीले उहाँलाई छोइरहेकी छे र त्यो एउटी पापी स्त्री हो भनेर ।”
29केहीले यहूदासँग पैसाको थैलो भएको हुनाले येशूले त्यसलाई, “चाडको निम्ति हामीलाई आवश्यक पर्ने सामानहरू किन” वा त्यसले गरिबहरूलाई दिनुपर्छ भन्नुभएको होला भन्ने सोचे ।
41त्यसपछि येशू मन्दिर परिसरको भेटी चढाउने बाकसको सामुन्ने बस्नुभयो । मानिसहरूले भेटी हालिरहँदा उहाँले हेरिरहनुभएको थियो । धेरै धनी मानिसले ठुलो रकम हाले ।
42त्यसपछि त्यहाँ एक जना गरिब विधवा आइन् र दुई सिक्का हालिन् ।
43उहाँले आफ्ना चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, यी गरिब विधवाले भेटीको बाकसमा भेटी दिनेहरूमध्ये सबैभन्दा धेरै हालेकी छन् ।
44किनभने सबैले आ-आफ्ना प्रशस्तताबाट दिए । तर यी विधवाले आफ्नो गरिबीबाट तिनी जिउनुपर्ने सबै पैसा हालिन् ।”
44येशू स्त्रीतिर फर्केर सिमोनलाई भन्नुभयो, “तिमी यो स्त्रीलाई देख्दछौ । म तिम्रो घरभित्र प्रवेश गरेँ । तिमीले मेरो पाउ धुनलाई पानीसम्म दिएनौँ, तर तिनले त आफ्नो आँसुले मेरा पाउ भिजाइन्, र कपालले मेरा पाउ पुछिन् ।
45तिमीले मलाई म्वाइँ खाएनौ, तर तिनले म यहाँभित्र पसेको समयदेखि मेरा पाउमा म्वाइँ खान छोडेकी छैनन् ।
46तिमीले मेरो शिर तेलले अभिषेक गरेनौ, तर तिनले मेरा पाउमा अत्तर घसिन् ।
1¶ येशूले माथि हेर्नुहुँदा धनी मानिसहरूलाई दानपत्रमा तिनीहरूका भेटीहरू हालेको देख्नुभयो ।
2उहाँले एक जना गरिब विधवाले दुई पैसा भेटी हालेको हेर्नुभयो ।
3यसैले, उहाँले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, तिनीहरू सबैले भन्दा यस विधवाले बढी दिई ।
4यिनीहरू सबैले प्रशस्तताबाट भेटीहरू दिए । तर यस विधवाले आफू गरिब भएर पनि, ऊ बाँच्नका लागि जे-जति थियो सबै दिई ।”
5अब कसैले मन्दिरको बारेमा भने, “दानहरू र सुन्दर-सुन्दर ढुङ्गाहरूले सजाइएको हेर्नुहोस् ।” उहाँले भन्नुभयो,
11जब मुख्य पुजारीहरूले यो सुने, तिनीहरू खुसी भए र त्यसलाई पैसा दिने वाचा गरे । उसले येशूलाई तिनीहरूका हातमा सुम्पनलाई अवसर हेर्न थाल्यो ।
9यसरी यर्मिया अगमवक्ताले भनेका वचन पुरा भयो, “इस्राएलका मानिसहरूले उहाँको निम्ति तोकेका मूल्य अर्थात् चाँदीका तिसवटा सिक्का तिनीहरूले लिए,
14अब सम्पत्तिका प्रेमी फरिसीहरूले यी सबै कुरा सुने र तिनीहरूले उहाँको गिल्ला गरे ।
5तिनीहरू खुसी भए र उसलाई पैसा दिन सहमत भए ।
40तर मार्था खाना पकाउने काममा अत्ति नै व्यस्त थिइन् । तिनी येशूकहाँ आइन्, र भनिन्, “प्रभु, मेरी बहिनीले पकाउने काममा मलाई एकलै छोडेकी तपाईंलाई थाहा छैन? त्यसकारण, मलाई सहायता गर्न तिनलाई भनिदिनुहोस् ।”
31त्यसैले, तिनीसँग घरमा भएका र तिनलाई सान्त्वना दिइरहेका यहूदीहरूले जब मरियम झट्टै उठेर बाहिर गइरहेकी देखे, तिनीहरूले तिनी चिहानमा रुन गइरहेकी छन् भन्ने सोची तिनीहरू पनि तिनको पछि लागे ।
13अनि परमप्रभुले मलाई भन्नुभयो, “तिनीहरूले तेरो मुल्य तय गरेको उत्कृष्ट मोलमा त्यो चाँदी भण्डारमा जम्मा गर्!” यसैकारण मैले ती तिस टुक्रा चाँदी लिएर परमप्रभुको भवनमा भण्डारमा जम्मा गरेँ ।
46जब उसले धेरै मूल्य भएको एउटा मोती भेट्टायो, ऊ गयो र उसँग भएका सबै थोक बेच्यो र त्यो किन्यो ।
43येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरू माझ गनगन गर्न छोड ।”