यूहन्ना 6:43

अनलक शाब्दिक बाइबल

येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू माझ गनगन गर्न छोड ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यूह 6:64 : 64 तैपनि तिमीहरूमध्ये कति जनाले विश्‍वास गर्दनौँ ।” किनकि क-कसले विश्‍वास गर्दैनथे र उहाँलाई धोका दिने को हो भन्‍ने येशूलाई सुरुदेखि नै थाहा थियो ।
  • इब्रा 4:13 : 13 सृष्‍टिको कुनै पनि थोक परमेश्‍वरको दृष्‍टिमा लुकेको छैन । बरु, उहाँको दृष्‍टिमा हरेक कुरा छर्लङ्गै छ जसलाई हामीले लेखा दिनुपर्छ ।
  • यूह 16:19 : 19 तिनीहरूले येशूलाई सोध्‍न चाहेको उहाँले देख्‍नुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले एक आपसमा सोधेको कुरा यही हो कि जसको बारेमा मैले भनेँ ‘अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ’ ।”
  • मत्त 16:8 : 8 येशूले यो कुरा थाहा पाउनुभयो र भन्‍नुभयो, “अल्प-विश्‍वासीहरू हो, आपसमा किन कुरा गर्छौ र तिमीहरूले रोटी नल्याएका कारण मैले यस्तो भनेँ भनेर भन्दछौ?
  • मर 9:33 : 33 अनि उहाँहरू कफर्नहुममा आइपुग्‍नुभयो । जब उहाँ घरमा हुनुहुन्थ्यो उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूले बाटोमा के छलफल गरिरहेका थियौ?”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यूह 6:41-42
    2 पदहरू
    80%

    41तब यहूदीहरूले उहाँको बारेमा गनगन गरे, किनकि उहाँले यसो भन्‍नुभएको थियो, “म स्वर्गबाट आएको रोटी हुँ ।”

    42तिनीहरूले भने, “के यिनी योसेफका पुत्र येशू होइनन्, जसका बुबा र आमालाई हामी चिन्छौँ? तब ‘म स्वर्गबाट आएको हुँ’ भनी अहिले यसले कसरी भन्‍न सक्छ?”

  • यूह 6:59-61
    3 पदहरू
    76%

    59तर येशूले यी कुराहरू कफर्नहुमको सभाघरमा सिकाइरहनुहुँदा भन्‍नुभयो ।

    60यो सुन्‍ने जति उहाँका धेरै चेलाहरूले भने, “यो एउटा कठिन शिक्षा हो, यसलाई कसले स्‍वीकार गर्न सक्छ?”

    61उहाँका चेलाहरू यसमा गनगन गरिरहेका थिए भन्‍ने कुरा येशूले थाहा पाउनुभएकोले तिनीहरूलाई भन्‍नुभयो, “के यसले तिमीहरूलाई अप्रसन्‍न तुल्याउँछ?”

  • 12त्यहाँ भिडहरूमा उहाँको बारेमा धेरै बहस भएको थियो । कसैले भने, “उनी असल मानिस हुन् ।” अरूहरूले भने, “होइन, यसले भिडहरूलाई बहकाउँछ ।”

  • यूह 6:52-53
    2 पदहरू
    71%

    52यहूदीहरू रिसाए र यसो भनेर वादविवाद गर्न थाले, “यो मानिसले कसरी हामीलाई उसको देह खान दिन सक्छ?”

    53तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँचो, साँचो, तिमीहरूले मानिसका पुत्रको देह नखाएसम्म र उसको रगत नपिएसम्म, तिमीहरू आफैँमा जीवन हुनेछैन ।

  • 27“मेरो आलोचना गर्ने यो दुष्‍ट समुदायलाई मैले कहिलेसम्म सहने? इस्राएलका मानिसहरूले मेरो विरुद्ध गरेका गनगन मैले सुनेको छु ।

  • निर्ग 16:7-9
    3 पदहरू
    71%

    7बिहान तिमीहरूले परमप्रभुको महिमा देख्‍नेछौ किनकि तिमीहरूले उहाँको विरुद्धमा गरेको गनगन उहाँले सुन्‍नुभएको छ । हाम्रो विरुद्धमा गनगन गर्ने तिमीहरूका लागि हामी को हौँ र?

    8मोशाले यसो पनि भने, “तिमीहरूले उहाँको विरुद्धमा गरेको गनगन उहाँले सुन्‍नुभएकोले उहाँले तिमीहरूलाई साँझमा मासु र बिहान रोटी अघाउञ्‍जेल दिनुहुँदा तिमीहरूले यो जान्‍नेछौ । हारून र म को हौँ र? तिमीहरूको गनगन हाम्रा विरुद्धमा नभई परमप्रभुको विरुद्धमा हो ।”

    9मोशाले हारूनलाई भने, “इस्राएलका सारा समुदायलाई भन्‍नुहोस्, 'परमप्रभुको नजिक आओ किनकि उहाँले तिमीहरूको गनगन सुन्‍नुभएको छ' ।”

  • 14गनगन नगरी र तर्क वितर्कविना सबै कामहरू गर ।

  • 9भाइहरू हो, तिमीहरूको इन्साफ नहोस् भनेर एक अर्काको विरुद्धमा गनगन नगर । हेर, न्यायकर्ता ढोकैमा उभिरहनुभएको छ ।

  • यूह 6:25-26
    2 पदहरू
    70%

    25तिनीहरूले उहाँलाई त्यस समुद्रको पारिपट्टि भेटेपछि उहाँलाई भने “रब्बी, तपाईं यहाँ कहिले आउनुभयो?”

    26येशूले तिनीहरूलाई यसो भनेर जवाफ दिनुभयो, “साँचो, साँचो, तिमीहरूले चिह्न‍हरू देखेको कारणले तिमीहरूले मलाई खोजेका होइनौ, तर तिमीहरूले केही रोटी खाएर अघाएकाले गर्दा हो ।

  • 24त्यसकारण मानिसहरूले “हामीले के पिउने?” भनी मोशालाई गनगन गरे ।

  • 36यिनले ‘तिमीहरूले मलाई खोज्‍नेछौ, तर तिमीहरूले मलाई भेट्टाउनेछैनौ, म जहाँ जान्छु तिमीहरू त्यहाँ आउन सक्‍नेछैनौ’ भनेको वचन के हो?”

  • 36तर वास्तवमा तिमीहरूले मलाई देखेका छौ भनी मैले तिमीहरूलाई भनेँ र पनि तिमीहरू विश्‍वास गर्दैनौ ।

  • 2उजाड-स्थानमा इस्राएलीहरूका सारा समुदायले मोशा र हारूनको विरुद्धमा गनगन गरे ।

  • यूह 16:18-19
    2 पदहरू
    69%

    18त्यसैले तिनीहरूले भने, “उहाँले ‘केही बेरमा’ भनेर के भन्‍नुभएको? उहाँले केको बारेमा बताउँदै हुनुहुन्छ? सो हामी जान्‍दैनौ ।”

    19तिनीहरूले येशूलाई सोध्‍न चाहेको उहाँले देख्‍नुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले एक आपसमा सोधेको कुरा यही हो कि जसको बारेमा मैले भनेँ ‘अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ’ ।”

  • 30तर फरिसीहरू र तिनीहरूका शास्‍त्रीहरूले उहाँका चेलाहरूसँग यसरी गुनासो गरिरहेका थिए, “तिमीहरू किन कर उठाउनेहरू र अरू पापीहरूसँग बसेर खान्‍छौँ?”

  • 16चेलाहरूले एक आपसमा बहस गरे, “हामीसँग रोटी नभएकोले हो ।”

  • 46तब तिनीहरूबिच सबैभन्दा ठुलो को हुने हो भनी विवाद चल्यो ।

  • 32तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो स्वर्गबाट तिमीहरूलाई रोटी दिने मोशा थिएनन्, तर स्वर्गबाट तिमीहरूलाई साँचो रोटी दिइरहनुहुने मेरा पिता हुनुहुन्छ ।

  • 16येशूले भन्‍नुभयो, “के तिमी अझै अबुझ छौ?

  • 43तिमीहरू मेरा वचनहरू किन बुझ्दैनौ? किनभने तिमीहरू मेरो वचन सुन्‍न सक्दैनौ ।

  • 41तर अर्को बिहान इस्राएलका सबै मानिसको समुदायले मोशा र हारून विरुद्ध गनगन गरे । तिनीहरूले भने, “तिमीहरूले परमप्रभुका मानिसहरूलाई मारेका छौ ।”

  • 7चेलाहरूले एक आपसमा कुरा गर्दै यसो भन्‍न थाले, “हामीले रोटी नल्याएको कारण उहाँले यसो भन्दै हुनुहुन्छ ।”

  • 25तर आफ्‍ना पालहरूमा गनगन गरे र पमरप्रभुको आज्ञा पालन गरेनन् ।

  • 10तिनीहरूमध्ये धेरै जसोले गनगन गरेझैँ हामीले नगरौँ, जसले गर्दा तिनीहरू मृत्युको दूतद्वारा नष्‍ट भएका थिए ।

  • 11जब तिनीहरूले आफ्ना ज्यालाहरू प्राप्‍त गरे, तिनीहरूले त्यस जमिन मालिकको विरुद्धमा गनगन गरे ।

  • 65उहाँले भन्‍नुभयो, “यही कारणले पिताले उसलाई नदिएसम्म कोही पनि मकहाँ आउन सक्दैन भनी मैले तिमीहरूलाई भनेँ ।”

  • 1¶ त्यसपछि येशू भिडहरू र आफ्ना चेलाहरूसँग बोल्नुभयो ।

  • 16यिनीहरू असन्तोषीहरू, गनगन गर्नेहरू हुन् जसले आफ्ना दुष्‍ट अभिलाषाहरूलाई पछ्याउँछन् । यिनीहरू ठुला-ठुला शेखी गर्नेहरू हुन् जसले आफ्नै फाइदाको निम्ति अरूहरूको चापलुसी गर्दछन् ।

  • 33अनि उहाँहरू कफर्नहुममा आइपुग्‍नुभयो । जब उहाँ घरमा हुनुहुन्थ्यो उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूले बाटोमा के छलफल गरिरहेका थियौ?”

  • 46तिमीहरू मलाई किन “प्रभु, प्रभु” भन्दछौ, जब कि मैले भनेका कुराहरूचाहिँ तिमीहरूले पालना गर्दैनौ?

  • 21उहाँले भन्‍नुभयो, “के तिमीहरू अझै पनि बुझ्दैनौ?”

  • 3मानिसहरू तिर्खाएका थिए । त्यसैले तिनीहरूले मोशाको विरुद्धमा गनगन गरे । तिनीहरूले भने, “तपाईंले हामीलाई मिश्रबाट किन निकालेर ल्याउनुभएको? हामी, हाम्रा छोराछोरी र हाम्रा गाईवस्तुलाई तिर्खाले मार्नलाई?”

  • 7यसकारण तिनीहरूले यसो भनेर उत्तर दिए, “त्यो कहाँबाट भयो भनी हामीलाई थाहा छैन ।”

  • 33त्‍यसकारण, चेलाहरूले एक आपसमा भने, “उहाँलाई कुनै खानेकुरा कसैले ल्‍याएको छैन, ल्‍याएको छ र?”

  • 39तर येशूले भन्‍नुभयो, “त्यसलाई नरोक, किनकि कसैले पनि मेरो नाउँमा शक्‍तिशाली काम गरेर तत्कालै मेरो बारेमा कुनै खराब कुरा भन्‍न सक्दैन ।

  • 16येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “मैले दिएको शिक्षा मेरो होइन, तर उहाँको हो जसले मलाई पठाउनुभयो ।

  • 1¶ इन्साफ नगर, र तिमीहरूको पनि इन्साफ हुनेछैन ।

  • 28तब तिनीहरूले उहाँलाई भने, “परमेश्‍वरका कामहरू गर्न हामीले के गर्नुपर्छ?”

  • 23येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू तलका हौ, म माथिको हुँ । तिमीहरू यस संसारका हौ, म यस संसारको होइनँ ।

  • 40र तिमीहरू जीवन पाउन मकहाँ आउन तत्पर छैनौ ।

  • 1¶ तिमीहरू पछि नहट भनेर मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ।

  • 50यो नै स्वर्गबाट आएको रोटी हो, ताकि एक व्यक्‍तिले यसको केही भाग खाओस्, र त्यो नमरोस् ।