फिलिप्पीहरू 2:14

अनलक शाब्दिक बाइबल

गनगन नगरी र तर्क वितर्कविना सबै कामहरू गर ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ पत्रु 4:9 : 9 गनगन नगरी एक-अर्काको अतिथि सत्कार गर,
  • १ कोरि 10:10 : 10 तिनीहरूमध्ये धेरै जसोले गनगन गरेझैँ हामीले नगरौँ, जसले गर्दा तिनीहरू मृत्युको दूतद्वारा नष्‍ट भएका थिए ।
  • फिलि 2:3 : 3 स्वार्थ र रित्तो अहङ्कारमा केही नगर । बरु नम्रतामा आफूलाईभन्दा अरूहरूलाई उच्‍च ठान ।
  • याक 1:20 : 20 किनभने मानिसको रिसले परमेश्‍वरको धार्मिकताको काम गर्दैन ।
  • नीति 13:10 : 10 घमण्डले केवल द्वन्द्व निम्त्याउँछ, तर असल सल्लाह सुन्‍नेसित बुद्धि हुन्छ ।
  • मत्त 20:11 : 11 जब तिनीहरूले आफ्ना ज्यालाहरू प्राप्‍त गरे, तिनीहरूले त्यस जमिन मालिकको विरुद्धमा गनगन गरे ।
  • प्रेरि 15:2 : 2 जब पावल र बारनाबासको तिनीहरूसँग विरोध र विवाद भयो तब यस प्रश्‍नलाई लिएर पावल, बारनाबास र अरू केही मानिस यरूशलेममा प्रेरित र एल्डरहरूकहाँ जानुपर्छ भनी भाइहरूले निर्णय गरे ।
  • प्रेरि 15:7 : 7 धेरै छलफलपछि, पत्रुस उठे र तिनीहरूलाई भने, “भाइहरू, केही समय अगाडि परमेश्‍वरले तपाईंहरूको माझमा गर्नुभएको एउटा छनौट तपाईंहरूलाई थाहै छ कि मेरो मुखद्वारा गैरयहूदीहरूले सुसमाचारको वचन सुन्‍न सकून् र विश्‍वास गरून् ।
  • प्रेरि 15:39 : 39 तब त्यहाँ कडा असहमति उत्पन्‍न भयो । त्यसैकारण उनीहरू एकअर्काबाट छुट्टिए । अनि बारनाबासले मर्कूसलाई आफूसँगै लिएर साइप्रसतिर समुद्रयात्रा गरे ।
  • रोमी 12:18 : 18 सम्भव भए, तपाईंको हकमा भएसम्म सबैसँग शान्तिमा बस ।
  • रोमी 14:1 : 1 ¶ बहसहरूको बारेमा न्याय नगरीकनै विश्‍वासमा कमजोर हुनेलाई ग्रहण गर ।
  • रोमी 16:17 : 17 अब भाइ हो, जसले विभाजन र बाधा खडा गर्छन् तिनीहरूको बारेमा विचार गर्न म तिमीहरूलाई आग्रह गर्छु । तिनीहरू तिमीहरूले सिकेका शिक्षाभन्दा बाहिर गइरहेका छन् । तिनीहरूदेखि टाढा बस ।
  • १ कोरि 1:10-12 : 10 अब भाइहरू हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँद्वारा म तिमीहरूलाई आग्रह गर्छु, कि तिमीहरू सबै सहमत होओ र तिमीहरूका माझमा फाटो नहोस् । म आग्रह गर्छु कि तिमीहरू एकै मनको र एउटै उद्देश्यका साथ एकजुट होओ । 11 किनकि तिमीहरूका माझमा गुटबन्दी छ भन्‍ने कुरा क्लोएका मानिसहरूले मलाई बताएका छन् । 12 मेरो भनाइको अर्थ यही हो कि तिमीहरूमध्ये कसैले “म पावलको हुँ”, कसैले “म अपोल्लोसको हुँ”, कसैले “म केफासको हुँ” र कसैले “म ख्रीष्‍टको हुँ” भन्छौ ।
  • १ कोरि 3:3-5 : 3 किनभने तिमीहरू अझै सांसारिक नै छौ । यदि तिमीहरूका माझमा डाह र झगडा छँदै छ भने के तिमीहरू सांसारिक तवरले जिइरहेका छैनौ र? वा के तिमीहरू मानवीय मापदण्डअनुसार जिइरहेका छैनौ र? 4 किनकि जब एक जनाले “म पावललाई पछ्याउँछु” भन्छ र अर्कोले “म अपोल्लोसलाई पछ्याउँछु” भन्छ भने के तिमीहरू सांसारिक तरिकाले जिइरहेका हुँदैनौ र? 5 त्यसो भए अपोल्लोस को हो? अनि पावल को हो? सबै परमेश्‍वरका सेवकहरू हुन्, जसले परमेश्‍वरले दिनुभएका कामहरूअनुसार गरे र त्यही माध्यमद्वारा तिमीहरूले विश्‍वास गर्‍यौ ।
  • मर 9:33-34 : 33 अनि उहाँहरू कफर्नहुममा आइपुग्‍नुभयो । जब उहाँ घरमा हुनुहुन्थ्यो उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूले बाटोमा के छलफल गरिरहेका थियौ?” 34 तर सबै चुपचाप भए । किनभने तिनीहरूले “कोचाहिँ सबैभन्दा ठुलो हो” भनी बहस गरिरहेका थिए ।
  • मर 14:5 : 5 यो अत्तरलाई तिन सय चाँदीका सिक्‍काभन्दा बढीमा बेच्‍न सकिन्थ्यो र गरिबहरूलाई दिन सकिन्थ्यो ।” र तिनीहरूले तिनलाई गाली गर्दै थिए ।
  • प्रेरि 6:1 : 1 ¶ ती दिनमा जब चेलाहरूको सङ्ख्या गुणात्मक रूपमा बढ्दै गयो ग्रिक भाषा बोल्ने यहूदीहरूले हिब्रूहरूको विरुद्धमा गनगन गर्न थाले किनकि तिनीहरूका विधवाहरूलाई दैनिक खाद्य वितरणमा वेवास्ता गरिँदै थियो ।
  • नीति 15:17-18 : 17 घृणा भएको ठाउँमा पुष्‍टाइएको बाछो खानुभन्दा बरु प्रेम भएको ठाउँमा सागसब्जी खानु उत्तम हो । 18 रिसाएको मानिसले तर्क-वितर्क गर्छ, तर रिसाउनमा धिमा व्यक्तिले झगडालाई शान्त पार्छ ।
  • निर्ग 16:7-8 : 7 बिहान तिमीहरूले परमप्रभुको महिमा देख्‍नेछौ किनकि तिमीहरूले उहाँको विरुद्धमा गरेको गनगन उहाँले सुन्‍नुभएको छ । हाम्रो विरुद्धमा गनगन गर्ने तिमीहरूका लागि हामी को हौँ र? 8 मोशाले यसो पनि भने, “तिमीहरूले उहाँको विरुद्धमा गरेको गनगन उहाँले सुन्‍नुभएकोले उहाँले तिमीहरूलाई साँझमा मासु र बिहान रोटी अघाउञ्‍जेल दिनुहुँदा तिमीहरूले यो जान्‍नेछौ । हारून र म को हौँ र? तिमीहरूको गनगन हाम्रा विरुद्धमा नभई परमप्रभुको विरुद्धमा हो ।”
  • गिन 14:27 : 27 “मेरो आलोचना गर्ने यो दुष्‍ट समुदायलाई मैले कहिलेसम्म सहने? इस्राएलका मानिसहरूले मेरो विरुद्ध गरेका गनगन मैले सुनेको छु ।
  • भजन 106:25 : 25 तर आफ्‍ना पालहरूमा गनगन गरे र पमरप्रभुको आज्ञा पालन गरेनन् ।
  • याक 3:14-4:1 : 14 तर यदि तिमीहरूको हृदयमा तितो ईर्ष्‍या र अभिलाषा छ भने, सत्यको विरुद्धमा शेखी नगर र झुटो नबोल । 15 यो माथिबाट तल आउने विवेक होइन । बरु, यो त सांसारिक, अनात्मिक र शैतानिक हो । 16 किनकि जहाँ ईर्ष्‍या र अभिलाषा हुन्छ, त्यहाँ भ्रम र हरेक किसिमको दुष्‍ट काम हुन्छ । 17 तर स्वर्गबाट आउने विवेकचाहिँ सर्वप्रथम शुद्ध हुन्छ, त्यसपछि शान्तिप्रिय, कोमल, प्रतिक्रियाशील, कृपा र असल फलले पूर्ण, कमजोर नबनाउने र निष्कपट हुन्छ । 18 अनि धार्मिकताको फलचाहिँ शान्ति कायम गर्नेहरूका माझमा शान्तिमा छरिएको छ । 1 ¶ तिमीहरूका माझमा झगडा र विवाद कहाँबाट आउँछ? के त्यो तिमीहरूका सदस्यहरूका बिचमा सङ्घर्ष ल्याउने तिमीहरूका अभिलाषाहरूबाट आउँदैन र?
  • याक 5:9 : 9 भाइहरू हो, तिमीहरूको इन्साफ नहोस् भनेर एक अर्काको विरुद्धमा गनगन नगर । हेर, न्यायकर्ता ढोकैमा उभिरहनुभएको छ ।
  • १ पत्रु 3:11 : 11 ऊ खराब कुराहरूबाट फर्की जे असल छ त्यही गरोस् । उसले शान्तिको खोजी गरोस् र त्यसैमा लागिरहोस् ।
  • यहू 1:16 : 16 यिनीहरू असन्तोषीहरू, गनगन गर्नेहरू हुन् जसले आफ्ना दुष्‍ट अभिलाषाहरूलाई पछ्याउँछन् । यिनीहरू ठुला-ठुला शेखी गर्नेहरू हुन् जसले आफ्नै फाइदाको निम्ति अरूहरूको चापलुसी गर्दछन् ।
  • १ थेस 5:13 : 13 हामीले तिनीहरूलाई तिनीहरूको कामको खातिर प्रेममा उच्‍च आदरको सम्झनलाई पनि आग्रह गर्छौं । तिमीहरू आपसमा शान्तिमा रहो ।
  • १ थेस 5:15 : 15 हेर, कसैले खराबीको बदला खराबी नगरोस्, तर सदैव एक अर्कामा र सबैलाई असल गर्न प्रयत्‍न गर ।
  • १ तिमो 6:3-5 : 3 मानौँ की कसैले फरक तरिकाले शिक्षा दिन्‍छ र वचन हाम्रो विश्‍वासयोग्य शिक्षा, अर्थात हाम्रो प्रभु येशू ख्रीष्‍टको वचनलाई स्‍वीकार गर्दैन । मानौँ कि तिमीलेहरूले भक्तितर्फ डोर्‍याउने शिक्षालाई स्‍वीकार गर्दैनन् । 4 त्‍यो व्‍याक्ति घमण्डी हो र केही पनि जान्दैन, बरु ऊ विवादहरू र शब्दहरूको बरेमा गरिने तर्कहरूले झगडा गर्छ,जेलिएको हुन्छ । ती शब्दहरूले डाह, कलह, बदनामी, खराब शंकाहरू र, 5 भ्रष्‍ट वुद्धि भएका मानिसहरूले बीचमा वादविवाद उत्‍पन्‍न गराउँछन् । तिनीहरू सत्यताबाट टाढा जान्‍छन् । तिनीहरू भक्तिलाई धनी हुने बाटो सम्‍झन्‍छन ।
  • इब्रा 12:14 : 14 हरेकसित शान्‍तिमा बस्‍ने प्रयत्‍न गर, र पवित्रताविना कसैले पनि परमप्रभुलाई देख्‍न सक्दैन ।
  • २ कोरि 12:20 : 20 किनकि म तिमीहरूकहाँ आउँदा तिमीहरूलाई मैले चाहेजस्तै पाउँदिनँ कि भनेर म डराउँछु । मलाई तिमीहरूले चाहेजस्तै नपाऔला भनेर म डराउँछु । त्यहाँ वादविवाद, ईर्ष्या, रिसहरू पोख्‍ने काम, व्यक्‍तिगत स्वार्थ, कुरा काट्ने, घमण्ड र गडबडी होला भनेर म डराउँछु ।
  • गलाती 5:15 : 15 तर यदि तिमीहरूले एक अर्कालाई टोक्‍ने र निल्ने गर्छौ भने, ध्यान देओ, तिमीहरू आफैँ एक अर्काबाट नष्‍ट हुन नपरोस् ।
  • गलाती 5:26 : 26 हामी अहङ्कारी नबनौँ; एक अर्कालाई रिस नउठाऔँ; वा एक अर्काको ईर्ष्या नगरौँ ।
  • एफिसी 4:31-32 : 31 सबै किसिमका तीतोपना, क्रोध, रिस, झगडा र अपमान सहित सम्पूर्ण दुष्‍टता तिमीहरूले त्याग्‍नुपर्छ । 32 एकअर्का प्रति दयालु होओ । कृपालु मनका होओ । जसरी ख्रीष्‍टमा परमेश्‍वरले तिमीहरूलाई क्षमा दिनुभयो त्यसरी नै तिमीहरूले पनि एकअर्कालाई क्षमा देओ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • फिलि 2:15-16
    2 पदहरू
    76%

    15यस्तो प्रकारले व्यवहार गर, ताकि तिमीहरू कुनै कलङ्कविना परमेश्‍वरका निर्दोष र इमानदार छोराछोरी हुन सक । यस्तो प्रकारले व्यवहार गर, ताकि तिमीहरू धूर्त र बरालिएका पुस्ताकाबिच यस संसारमा ज्योतिझैँ चम्कन सक ।

    16जीवनको वचनलाई बलियो गरी पक्र ताकि ख्रीष्‍टको दिनमा मसँग महिमा गर्ने कारण होस् । किनभने त्यस दिन म व्यर्थमा दौडिनँ र मेरो परिश्रम व्यर्थको भएन भन्‍ने म जान्‍नेछु ।

  • फिलि 2:2-4
    3 पदहरू
    73%

    2तिमीहरू एउटै मनका भएर, एउटै प्रेम धारण गरेर, आत्मामा एक भएर, र एउटै उद्देश्य राखेर मेरो आनन्दलाई पुरा गर ।

    3स्वार्थ र रित्तो अहङ्कारमा केही नगर । बरु नम्रतामा आफूलाईभन्दा अरूहरूलाई उच्‍च ठान ।

    4आफ्ना आवश्यकताहरूमा मात्र ध्यान नदेओ, तर अरूहरूका आवश्यकताहरूमा पनि ध्यान लगाओ ।

  • 16यिनीहरू असन्तोषीहरू, गनगन गर्नेहरू हुन् जसले आफ्ना दुष्‍ट अभिलाषाहरूलाई पछ्याउँछन् । यिनीहरू ठुला-ठुला शेखी गर्नेहरू हुन् जसले आफ्नै फाइदाको निम्ति अरूहरूको चापलुसी गर्दछन् ।

  • 13किनकि परमेश्‍वरको प्रसन्‍नताको निम्ति तिमीहरूलाई दुवै इच्छा र काम गर्न लगाउनलाई तिमीहरूमा काम गर्नुहुने उहाँ नै हुनुहुन्छ ।

  • फिलि 1:10-11
    2 पदहरू
    71%

    10म यसको निम्ति प्रार्थना गर्छु, ताकि जे असल छ ती कुराहरू तिमीहरूले पारख गरेर छान्‍न सक । म यसको निम्ति प्रार्थना गर्छु, ताकि तिमीहरू ख्रीष्‍टको दिनमा इमानदार र दोषरहित रहन सक ।

    11यो यसको निम्ति पनि हो, ताकि परमेश्‍वरको महिमा र प्रशंसाको निम्ति, येशू ख्रीष्‍टद्वारा आउने धार्मिकताको फलद्वारा तिमीहरू भरिन सक ।

  • 43येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू माझ गनगन गर्न छोड ।”

  • 16यसैले, तिम्रा असल कार्यहरूले तिनीहरूलाई गिल्ला गर्ने नतुल्याओस् ।

  • २ कोरि 6:3-4
    2 पदहरू
    70%

    3हामी कसैको अगाडि ठेस लाग्‍ने कुराहरू राख्दैनौँ, कारण हामी हाम्रो सेवामा बेइमानी गर्न चाहन्‍नौँ ।

    4बरु, हामी आफैँलाई परमेश्‍वरका सेवकहरू हौँ भनी हाम्रो कामबाट प्रमाणित गर्छौं । हामी धैर्य धारणमा, कष्‍टमा, विपत्तिमा, कठिनाइमा,

  • 31सबै किसिमका तीतोपना, क्रोध, रिस, झगडा र अपमान सहित सम्पूर्ण दुष्‍टता तिमीहरूले त्याग्‍नुपर्छ ।

  • 40तर सबै कामहरू उचित तरिकाले र व्यवस्थित रूपमा गर ।

  • 14तिमीले जे गर्छौ, सबै प्रेममा गर ।

  • 19यसैले, शान्तिका कुराहरूका र एक-अर्कालाई निर्माण गर्ने कुराहरूका पाछि लागौँ ।

  • २ तिमो 2:14-15
    2 पदहरू
    70%

    14तिनीहरूलाई यी कुराहरूको निरन्तर सम्झना दिलाऊ । शब्दहरूमा तर्क-वितर्क नगर भनी तिनीहरूलाई परमेश्‍वरको अगाडि चेतावनी देओ, किनभने तिनीहरूले केही फाइदा गर्दैनन् र यी कुराहरू सुन्‍नेहरूलाई नोक्सान मात्र पुग्‍छ ।

    15सत्यको वचनलाई होसियारीसाथ प्रयोग गर्ने शर्माउन नपर्ने कामदारजस्तै परमेश्‍वरको उपस्थितिमा स्वीकारयोग्य हुन भरमग्दुर प्रयत्‍न गर ।

  • तीत 2:7-10
    4 पदहरू
    70%

    7सबै कुरामा आफैलाई असल कामहरूको एउटा नमुनाको रूपमा प्रस्तुत गर, तिमीले सिकाउँदा शुद्धता, प्रतिष्‍ठा र निन्दा गर्न नसक्‍ने बोली-वचन देखाऊ ।

    8सच्याउनु नै नपर्ने शब्दहरू बोल, तर यदि उनले तिम्रो विरोध गर्न प्रयास गरे भने हामी बारे भन्‍ने कुनै पनि खराब कुरा नभएकोले त्यसले कसैमाथि शर्म ल्याओस् ।

    9दासहरूले हरेक कुरामा तिनीहरूका मालिकहरूका आज्ञा पालन गरून् । तिनीहरूले उनीहरूलाई खुसी पार्न प्रयास गर्नुपर्छ, र तिनीहरूसँग विवाद नगरून्,

    10र कुनै पनि थोक नचोरून्, तर तिनीहरूले असल विश्‍वास प्रकट गरून्, ताकि तिनीहरूले हाम्रा मुक्‍तिदाता परमेश्‍वरबारेको हाम्रो शिक्षालाई हरतरहले आकर्षक बनाऊन् ।

  • 24परमेश्‍वरका सेवकहरूले झगडा गर्नुहुँदैन, तर तिनीहरू सबैका लागि दयालु, सिकाउन सक्‍ने र धैर्यवान् हुनुपर्दछ ।

  • 2कसैको निन्दा गर्न, तर्कवितर्कबाट अलग रहन, अरू मानिसहरूलाई आ-आफ्ना मार्गमा चल्न दिन र सबै मानिसहरूप्रति नम्रता देखाउन याद दिलाऊ ।

  • 12यसो गर ताकि विश्‍वासभन्दा बाहिर भएकाहरूका खातिर तिमीहरू ठिक प्रकारले जिउन सक कि तिमीहरूलाई कुनै कुराको अभाव नहोस् ।

  • 10तिनीहरूमध्ये धेरै जसोले गनगन गरेझैँ हामीले नगरौँ, जसले गर्दा तिनीहरू मृत्युको दूतद्वारा नष्‍ट भएका थिए ।

  • 17अनि जे तिमीहरूले वचन वा काममा गर्छौ, ती सबै प्रभु येशूको नाउँमा गर । परमेश्‍वर पितालाई उहाँद्वारा धन्यवाद देओ ।

  • 68%

    15किनकि परमेश्‍वरको इच्छा यही हो कि असल काम गरेर तिमीहरूले मूर्ख मानिसहरूका अज्ञानतालाई चुप लगाउनुपर्छ ।

    16स्वतन्त्र मानिसहरूझैँ तिमीहरूको स्वतन्‍त्रता दुष्‍टतालाई ढाक्‍नको निम्ति प्रयोग नगर, तर परमेश्‍वरका दासहरूजस्तै बन ।

  • 9गनगन नगरी एक-अर्काको अतिथि सत्कार गर,

  • 14तिमीहरूलाई सताउनेहरूलाई आशिष्‌‌ देओ; श्राप नदेओ ।

  • 21उहाँको इच्‍छा पुरा गर्न तिमीहरू हरेकलाई सुसज्जित पारून् । परमेश्‍वरको दृष्‍टिमा जे कुरा ग्रहणयोग्य छ ख्रीष्‍ट येशूद्वारा त्यही गर । उहाँलाई नै सधैँभरि महिमा भइरहोस् । आमेन ।

  • 1¶ त्यसकारण सबै दुष्‍ट्याइँ, छल, पाखण्डीपन, डाहा र बदख्वाइँलाई टाढै राख ।

  • 31त्यसकारण, तिमीहरूले जे खान्छौ वा पिउँछौ, वा तिमीहरू जे गर्छौ, सबै परमेश्‍वरको महिमाको निम्ति गर ।

  • 14हरेकसित शान्‍तिमा बस्‍ने प्रयत्‍न गर, र पवित्रताविना कसैले पनि परमप्रभुलाई देख्‍न सक्दैन ।

  • 11सबै सहनशीलता र धैर्यमा, उहाँको महिमाको शक्‍तिले प्रत्येक दक्षतामा तिमीहरू बलिया होओ भनी हामी प्रार्थना गर्छौं ।

  • 10अब भाइहरू हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँद्वारा म तिमीहरूलाई आग्रह गर्छु, कि तिमीहरू सबै सहमत होओ र तिमीहरूका माझमा फाटो नहोस् । म आग्रह गर्छु कि तिमीहरू एकै मनको र एउटै उद्देश्यका साथ एकजुट होओ ।

  • 6कुनै कुरामा चिन्तित नहोओ । बरु, हरेक कुरामा प्रार्थना र नम्र निवेदनद्वारा, र धन्यवादसाथ तिमीहरूका निवेदन परमेश्‍वरमा जाहेर होऊन् ।

  • 9भाइहरू हो, तिमीहरूको इन्साफ नहोस् भनेर एक अर्काको विरुद्धमा गनगन नगर । हेर, न्यायकर्ता ढोकैमा उभिरहनुभएको छ ।

  • 14यस आज्ञालाई हाम्रा प्रभु येशू ख्रीष्‍ट देखा नपरुन्जेल सिद्ध र दोषरहित राख ।

  • 4तिमीहरू यी कुरामा तिनीहरूसँग सहमत नभएको कारण तिनीहरू अचम्म मान्छन् । त्यसैले, तिनीहरूले तिमीहरूको बारेमा खराब कुरा गर्छन् ।

  • 14तर म तिम्रो अनुमतिविना केही गर्न चाहन्‍नँ, किनभने म तिमीलाई मेरो निम्ति केही असल काम गर्न जबरजस्ती गर्दिनँ, तर तिमी आफैँले राजीखुसीले गरेको म चाहन्छु ।

  • 12हामी आफ्नै हातले कडा परिश्रम गर्दछौँ । मानिसहरूले गिल्ला गर्दा हामी तिनीहरूलाई आशिष्‌‌ दिन्छौँ । सतावटमा पर्दा हामी सहन्छौँ ।

  • 4त्‍यो व्‍याक्ति घमण्डी हो र केही पनि जान्दैन, बरु ऊ विवादहरू र शब्दहरूको बरेमा गरिने तर्कहरूले झगडा गर्छ,जेलिएको हुन्छ । ती शब्दहरूले डाह, कलह, बदनामी, खराब शंकाहरू र,

  • 2ज्यादै विनम्रता र कोमलता र धैर्यतामा जिओ । एकले अर्कालाई प्रेममा स्वीकार गर ।

  • 2यस संसारको ढाँचाअनुसार नचल, तर आफ्‍नो मनलाई नयाँ बनाई पूर्ण रूपमा परिवर्तित होओ । परमेश्‍वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो भनी जान्‍न यसो गर ।

  • 16एक अर्काप्रति एउटै मनका होओ । अभिमानी तरिकाले नसोच, तर नम्रहरूलाई स्वीकार गर । आफ्नै विचारमा बुद्धिमान्‌ नहोओ ।

  • 1¶ बहसहरूको बारेमा न्याय नगरीकनै विश्‍वासमा कमजोर हुनेलाई ग्रहण गर ।

  • 10परमप्रभुलाई खुशी तुल्याउने कुराहरू पत्ता लगाऊ ।