रोमीहरू 14:1
¶ बहसहरूको बारेमा न्याय नगरीकनै विश्वासमा कमजोर हुनेलाई ग्रहण गर ।
¶ बहसहरूको बारेमा न्याय नगरीकनै विश्वासमा कमजोर हुनेलाई ग्रहण गर ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
2एक जनासँग कुनै पनि थोक खाने विश्वास हुन्छ, अर्को जो कमजोर छ, त्यसले सागसब्जी मात्र खान्छ ।
3सबै थोक खानेले सबै थोक नखानेलाई घृणा नगरोस् । अनि सबै थोक नखानेले सबै थोक खानेको न्याय नगरोस् । किनकि उसलाई परमेश्वरले ग्रहण गर्नुभएको छ ।
4अरूको नोकरको न्याय गर्ने तिमी को हौ? यो त्यसको मालिकको सामु नै खडा हुन्छ वा पतन हुन्छ । तर त्यसलाई खडा गराइनेछ, किनकि प्रभु त्यसलाई खडा गराउन सक्षम हुनुहुन्छ ।
5एक जनाले कुनै दिनलाई अर्कोभन्दा मूल्यको मान्छ । अर्कोले हरेक दिनलाई समान रूपमा लिन्छ । हेरक आ-आफ्नै मनमा विश्वस्त होस् ।
6जसले कुनै दिन पालन गर्छ, त्यसले प्रभुकै निम्ति पालन गर्छ, र जसले खान्छ, त्यसले प्रभुकै निम्ति खान्छ, किनकि त्यसले परमप्रभुलाई धन्यवाद दिन्छ । जसले खाँदैन, त्यसले प्रभुकै निम्ति खानबाट आफूलाई रोक्छ ।
13यसकारण, एक-अर्काको न्याय नगरौँ, तर बरु, यो अठोट गरौँ, कि हामी कसैले आफ्नो भाइको निम्ति ठेस लाग्ने थोक वा पासो राख्नेछैनौँ ।
14म यो जान्दछु र म प्रभु येशूमा विश्वास गर्दछु, कि कुनै पनि थोक आफैँ अशुद्ध हुँदैन । जसले कुनै थोकलाई अशुद्ध भनी ठान्छ, त्यसको निम्ति मात्र यो अशुद्ध हुनेछ ।
15यदि खानाले गर्दा तिम्रो भाइलाई चोट पुग्छ भने, तिमी प्रेममा चलिरहेका छैनौ । जसको निम्ति ख्रीष्ट मर्नुभयो त्यसलाई तिम्रो खानाले नष्ट नपार ।
16यसैले, तिम्रा असल कार्यहरूले तिनीहरूलाई गिल्ला गर्ने नतुल्याओस् ।
17किनकि परमेश्वरको राज्य खाने र पिउनेबारे होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्दबारे हो ।
18किनकि यसरी ख्रीष्टको सेवा गर्ने व्यक्ति परमेश्वरको निम्ति ग्रहणयोग्य र मानिसहरूद्वारा समर्थन गरिएको हुन्छ ।
19यसैले, शान्तिका कुराहरूका र एक-अर्कालाई निर्माण गर्ने कुराहरूका पाछि लागौँ ।
20खानाको कारणले परमेश्वरको कामलाई नष्ट नगर । वास्तवमा सबै थोक शुद्ध छन्, तर जसले खान्छ र त्यसलाई ठेस खान लगाउँछ, त्यसको निम्ति यो दुष्टता हो ।
21मासु नखानु, मद्यपान नगर्नु, र आफ्नो भाइलाई चोट पुर्याउने कुनै पनि कुरा नगर्नु असल हो ।
22तिमीसँग यी विशेष विश्वासहरू छन्, तिनीहरूलाई आफू र परमेश्वरको बिचमा नै राख । आफैँ मञ्जुर भएको कुरामा आफैँलाई दोषी नतुल्याउने मानिस धन्यको हो ।
23जसले शङ्का गरेर खान्छ, यो विश्वासबाट नभएको हुनाले त्यो दोषी ठहरिन्छ । अनि जे विश्वासबाट आएको होइन, त्यो पाप हो ।
1¶ अब हामी जो बलिया छौँ, हामीले दुर्बलहरूका कमजोरीलाई सहनुपर्छ, र आफैँलाई मात्र खुसी पार्नु हुँदैन ।
7तापनि यो ज्ञान सबैमा हुँदैन । कति जनाले पहिले मूर्तिपूजा गर्थे र तिनीहरूले यो खानेकुरा मूर्तिलाई नै चढाइएको मानेर खान्छन् । तिनीहरूको विवेक कमजोर भएको कारण भ्रष्ट भएको छ ।
8तर खानेकुराले हामीलाई परमेश्वरमा स्वीकारयोग्य बनाउँदैन । हामीले यो खाँदैमा बढी असल हुँदैनौँ र नखाँदैमा बढी खराब पनि हुँदैनौँ ।
9तर होसियार होओ । तिम्रो स्वतन्त्रता कमजोर विश्वास भएकाहरूलाई ठेसको कारण नबनोस् ।
10मानौँ, जो कोही ज्ञान भएको व्यक्तिले तिमीले मन्दिरमा बसेर खानेकुरा खाइरहेको देख्यो भने के उसको कमजोर विवेकले त्यो उसलाई मूर्तिलाई चढाइएको खानेकुरा खान आँट नदेला?
11मूर्तिहरूको वास्तविक प्रकृतिको बारेमा तिमीहरूको समझको कारणले गर्दा कमजोर भाइ नष्ट हुन्छ, जसको निम्ति ख्रीष्ट मर्नुभयो ।
12त्यसैले, जब तिमीले आफ्नो भाइको विरुद्धमा पाप गरेर उनीहरूको कमजोर विवेकलाई चोट पुर्याउँछौ, तिमीले ख्रीष्टको विरुद्धमा पाप गर्छौ ।
13त्यसकारण, यदि मैले खाएको खाना मेरो भाइलाई ठेसको कारण बन्छ भने, म फेरि कहिल्यै मासु खानेछैनँ, ताकि म मेरो भाइको पतनको कारण नबनूँ ।
7त्यसकारण, प्ररमेश्वरको प्रशंसाको निम्ति ख्रीष्टले तिमीहरूलाई ग्रहण गर्नुभए झैँ तिमीहरूले पनि एक-अर्कालाई ग्रहण गर ।
9विभिन्न प्रकारका र अनौठा शिक्षाहरूले तिमीहरूलाई टाढा नलैजाओस् । तर भोजनसम्बन्धी विधिद्वारा जिउनेहरूलाई यसले केही सहायता गर्दैन, किनकि अनुग्रहद्वारा निर्माण भएको ह्रदय असल हुन्छ ।
27तिमीहरूलाई विश्वास नगर्ने कुनै व्यक्तिले खानलाई निम्तो दिन्छ र तिमीहरू जान इच्छा गर्छौ भने तिमीहरूको अगाडि खानलाई राखिएको कुरा विवेकको खातिर पनि प्रश्न नसोधी खाओ ।
14भाइहरू हो, हामी तिमीहरूलाई गोलमाल गर्नेहरूलाई चेतावनी दिन, निरुत्साहित भएकाहरूलाई उत्साह दिन, कमजोरलाई समर्थन गर्न र सबैसँग धैर्यवान् हुनलाई उत्साह दिन्छौँ ।
29त्यसैले, सारा आनन्दसाथ प्रभुमा इपाफ्रोडिटसलाई स्वागत गर । तिनीजस्ता मानिसलाई आदर गर ।
14तर खँदिलो भोजन परिपक्वहरूका लागि हो । किनकि तिनीहरूको परिपक्वताको बुझाइको तालिमले तिनीहरू दुष्टबाट असल छुट्ट्याउन सक्ने भएका हुन्छन् ।
14यहूदीहरूका दन्त्य कथामा र सत्यताबाट तर्केर गएका मानिसहरूका आदेशहरूमा समय खेर नफाल ।
15उसलाई शत्रुलाई झैँ व्यवहार नगर तर आफ्नो भाइ सम्झेर सुझाव देओ ।
10प्रभुमा म तिमीहरूमा भरोसा गर्दछु, कि तिमीहरूले अर्को तरिकाले विचार गर्दैनौ । तिमीहरूलाई अलमलमा पार्ने जोसुकै भए तापनि त्यसले आफ्नो दण्ड पाउनेछ ।
8तिमीहरू जुन सहरमा जान्छौ, त्यहाँ तिनीहरूले स्वागत गरे भने तिमीहरूका अगि जे राखिएको छ खाओ,
14गनगन नगरी र तर्क वितर्कविना सबै कामहरू गर ।
3तिनीहरूले विवाह गर्न र खाना खान मनाही गर्नेछन् जून कुरा सत्यलाई जान्ने विश्वासीहरूको बीचमा धन्यवाद दिएर बाँडचुड गर्नलाई परमेश्वरले सृष्टि गर्नुभयो ।
4किनकि परमेश्वरले सृष्टि गर्नुभएको हरेक चिज असल छ । हामीले धन्यवाद दिएर लिएका कुनै कुराहरू इन्कार गरिनु हुन्न ।
16यसैकारण, अब कसैले तिमीहरूलाई खानेकुरा वा पिउनेकुरा वा चाडको दिनको बारेमा वा औंसी वा शबाथ-दिनको विषयमा दोष लगाउन नदेओ ।
10तर तिमीहरू किन आफ्नो भाइको न्याय गर्छौ? अनि तिमी किन आफ्नो भाइलाई तुच्छ ठान्छौ? किनकि हामी सबै परमेश्वरको न्याय आसनको सामु खडा हुनेछौँ ।
14तिनीहरूलाई यी कुराहरूको निरन्तर सम्झना दिलाऊ । शब्दहरूमा तर्क-वितर्क नगर भनी तिनीहरूलाई परमेश्वरको अगाडि चेतावनी देओ, किनभने तिनीहरूले केही फाइदा गर्दैनन् र यी कुराहरू सुन्नेहरूलाई नोक्सान मात्र पुग्छ ।
17त्यसैले, यदि मलाई सहकर्मी मानेर स्वीकार गर्छौ भने उसलाई पनि मलाई जस्तै गरी स्वीकार गर ।
8त्यसकारण यस्ताहरूलाई हामीले स्वागत गर्नुपर्छ, ताकि हामी सत्यताको लागि सहकर्मीहरू बन्न सकौँ ।
6अब भाइहरू हो, तिमीहरूका खातिर मैले र अपोल्लोसले यी सिद्धान्तहरू प्रयोग गर्यौँ, ताकि तिमीहरूले “जे लेखिएको छ, त्योभन्दा बाहिर नजाऊ” भन्ने भनाइको अर्थ बुझ्न सकौला । तिमीहरू एउटाको पक्षमा लागेर अर्काको विरुद्धमा नलाग भनेर यो भएको हो ।
17किनकि तिमीले त निश्चय नै प्रशस्त मात्रामा धन्यवाद दिन्छौ, तर त्यसले अर्को व्यक्तिको वृद्धि गर्दैन ।
17अब भाइ हो, जसले विभाजन र बाधा खडा गर्छन् तिनीहरूको बारेमा विचार गर्न म तिमीहरूलाई आग्रह गर्छु । तिनीहरू तिमीहरूले सिकेका शिक्षाभन्दा बाहिर गइरहेका छन् । तिनीहरूदेखि टाढा बस ।
1¶ भाइहरू हो, यदि कुनै मानिसले पाप गरेको फेला परेमा, तिमीहरूमध्येका आत्मिक व्यक्तिहरूले चाहिँ नम्रताको आत्मामा त्यस व्यक्तिलाई पुनर्स्थापित गर्नुपर्छ । तिमीहरू आफैँ परीक्षामा नपर्नको निम्ति आफ्नो ख्याल गर ।
14मेरो शारीरिक अवस्थाले तिमीहरूलाई परीक्षा ल्याए तापनि तिमीहरूले मेरो उपेक्षा गरेनौ वा मलाई इन्कार गरेनौ । त्यसको सट्टामा, तिमीहरूले म नै ख्रीष्ट येशू भएझैँ गरी मलाई परमेश्वरका स्वर्गदूतको रूपमा स्वीकार गर्यौ ।
25तिमीहरूले बजारमा जे बेचिन्छ त्यसलाई विवेकका खातिर कुनै प्रश्न नगरी खान सक्छौ ।
24परमेश्वरका सेवकहरूले झगडा गर्नुहुँदैन, तर तिनीहरू सबैका लागि दयालु, सिकाउन सक्ने र धैर्यवान् हुनुपर्दछ ।
29तपाईंहरू मूर्तिहरूलाई चढाइएका बलिदानका कुराहरू, रगत, घाँटी अठ्याएर मारेको थोकहरू र यौन अनैतिकताबाट अलग रहनुहोस् । यदि तपाईंहरूले आफैँलाई यी कुराहरूबाट अलग राख्नुभयो भने तपाईंहरूलाई भलो हुनेछ । बिदा ।”