मरकुस 14:51
एक जना जवान मानिस उहाँको पछि लाग्यो जसले सूतीको कपडा मात्र लगाएका थिए जसलाई तिनको कम्मरमा बेह्रिएको थियो; तिनीहरूले त्यसलाई पक्रे, तर
एक जना जवान मानिस उहाँको पछि लाग्यो जसले सूतीको कपडा मात्र लगाएका थिए जसलाई तिनको कम्मरमा बेह्रिएको थियो; तिनीहरूले त्यसलाई पक्रे, तर
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
52उसले त्यो सूतीको कपडा त्यहीँ नै छाडे र नाङ्गै भागे ।
53तिनीहरूले उहाँलाई प्रधान पुजारीकहाँ लगे । त्यहाँ तिनीसँग मुख्य पुजारीहरू, धर्म-गुरुहरू र शास्त्रीहरू भेला भएका थिए ।
50अनि येशूसँग भएका सबैले उहाँलाई छाडे र भागे ।
46त्यसपछि तिनीहरूले उहाँमाथि हात हाले र पक्रे ।
47तर त्यहाँ उभिनेहरूमध्ये एक जनाले आफ्नो तरवार थुते र मुख्य पुजारीका नोकरको कान काटिदिए ।
48येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू डाँकुको विरुद्धमा आएझैँ तरवार र भाला लिएर आउँछौ?
5उनीहरू चिहानभित्र प्रवेश गरे र एक जना जवान मानिस सेतो पोशाक लगाएर दाहिनेपट्टि बसिरहेका देखे, र तिनीहरू छक्क परे ।
31तिनीहरूले उहाँको गिल्ला गरिसकेपछि तिनीहरूले उहाँलाई पहिराइदिएको वस्त्र खोलिदिए र उहाँको आफ्नै लुगा लगाइदिए, र उहाँलाई क्रुसमा झुन्ड्याउन त्यहाँबाट लगे ।
59योसेफले शरीर लिए, र त्यसलाई सफा मलमलको कपडामा बेरे,
18साँचो साँचो म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ, तिमी आफैँ कपडा लगाउँथ्यौ र जहाँ जान चाहन्थ्यौ त्यतै जान्थ्यौ, तर जब तिमी वृद्ध हुन्छौ, तिमीले आफ्ना हात पसार्नेछौ र कसैले तिमीलाई कपडा लगाइदिनेछ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ तिमीलाई बोकेर लगिन्छ ।
19पत्रुसले कस्तो किसिमको मृत्युले परमेश्वरलाई महिमा दिन्छ भनी सङ्केत गर्न येशूले यसो भन्नुभयो । उहाँले यो बताउनुभएपछि पत्रुसलाई भन्नुभयो, “मलाई पछ्याऊ ।”
20पत्रुस फर्केर हेर्दा तिनले येशूले प्रेम गर्नुभएका चेला अर्थात् भोजमा येशूको छातीमा अडेस लगाएर बस्ने र उहाँलाई, “प्रभु, तपाईंलाई विश्वासघात गर्ने को हो?” भनी सोध्ने चेला उहाँहरूको पछिपछि आइरहेको देखे ।
46योसेफले मलमलको कपडा ल्याएका थिए । तिनले उहाँलाई क्रुसबाट तल झारे; उहाँलाई मलमलको कपडाले बेह्रे, अनि चट्टान काटेर बनाइएको चिहानमा उहाँलाई राखे । तब तिनले चिहानको मुखमा एउटा ढुङ्गालाई गुडाएर छोपे ।
55त्यति बेला येशूले भिडलाई भन्नुभयो, “के तिमीहरू तरवार र लाठाहरू लिएर चोरलाई झैँ मलाई पक्रन आएका छौ? म दिनहुँ मन्दिरमा सिकाउँदै बसेँ, अनि तिमीहरूले मलाई पक्रेनौ ।
56तर यी सबै कुरा भए, ताकि अगमवक्ताहरूले लेखेका कुरा पुरा हुन सकून् ।” त्यसपछि सबै चेलाले उहाँलाई छोडे र भागे ।
28तिनीहरूले उहाँको वस्त्र खोलिदिए र उनलाई लाल वस्त्र लगाइदिए ।
36सिमोन र तिनीसँग भएकाहरूले उहाँलाई खोजे ।
44तिनीहरूमध्ये कतिले उहाँलाई पक्रे, तर कसैले पनि उहाँमाथि हात हालेन ।
20जब तिनीहरूले उहाँको गिल्ला गरे, तिनीहरूले बैजनी रङको पोशाक फुकालिदिए र उहाँको आफ्नै पोशाक लगाइदिए र उहाँलाई क्रुसमा टाँग्न लिएर गए ।
12त्यसैले, सिपाहीहरूको समूह, कप्तान र यहूदी अधिकारीहरूले येशूलाई पक्रे र बाँधे ।
6जवान मानिसहरू अगाडि आए र उनलाई कपडाले बेह्रे र तिनीहरूले उनलाई बोकेर बाहिर लगे र गाडे ।
44मरेको मानिस बाहिर आयो, त्यसका हात र खुट्टाहरू कपडाले बाँधिएका थिए; त्यसको अनुहार कपडाले बेह्रिएको थियो । येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसलाई खोलिदेओ, र त्यसलाई जान देओ ।”
42उठ र जाऔँ । हेर, मलाई धोखा दिने नजिकै छ ।”
43उहाँ बोल्दै गर्नुहुँदा बाह्र जनामध्येको यहूदा आइपुग्यो अनि त्योसँग मुख्य पुजारीहरू, शास्त्रीहरू र धर्म-गुरुहरूबाट आएका तरवार र लाठा बोकेको एउटा ठुलो हुल थियो ।
44अब, उहाँलाई विश्वासघात गर्नेले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो, “जसलाई मैले चुम्बन गर्छु, ऊ त्यही हो । उसलाई समात र सुरक्षा घेरामा लैजाओ ।”
37उहाँले पत्रुस, याकूब अनि याकूबका भाइ यूहन्नालाई बाहेक अरू कसैलाई पनि उहाँसँग जान अनुमति दिनुभएन ।
50त्यसले आफ्नो खास्टो एकातिर फाल्यो, र उफ्रेर येशूकहाँ आयो ।
3तर तिनीहरूले त्यसलाई समातेर पिटे र केही पनि नदिईकन पठाइदिए ।
54तिनीहरूले उहाँलाई गिरफ्तार गरेर प्रधान पुजारीको घरभित्र ल्याए । तर पत्रुसले टाढैबाट उहाँलाई पछ्याए ।
69तर नोकर्नीले उनलाई त्यहाँ देखी र ती उभिएकाहरूलाई फेरि भन्न थाली, “यो मान्छे पनि तिनीहरूमध्येकै एक जना हो ।”
71जब उनी ढोकातिर बाहिर गए, अर्की दासीले उनलाई देखी र त्यहाँ भएकाहरूलाई भनी, “यो व्यक्ति पनि नासरतको येशूसँग थियो ।”
26तिनीहरूले उहाँलाई टाढा लजाँदै गर्दा गाउँबाट आउँदै गरेको कुरेनीका सिमोनलाई समातेर येशूलाई पछ्याउदै उहाँको क्रुस बोक्न लगाए ।
24तिनीहरूले उहाँलाई क्रुसमा टाँगे र प्रत्येक सिपाहीले उहाँको पोशाकको कुनचाहिँ टुक्रा लिने भनी एक-आपसमा चिट्ठा हाले र भाग लगाए ।
40त्यसैले, तिनीहरूले येशूको शरीरलाई लगे र दफनको निम्ति यहूदीहरूको चलनअनुसार मसलासहित सुती कपडाले बेह्रे ।
7तब येशूले प्रेम गर्नुभएका चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु हुनुहुन्छ ।” जब सिमोन पत्रुसले उहाँ प्रभु हुनुहुन्छ भन्ने सुने, तिनले तिनको बाहिरी वस्त्र बाँधे (किनकि तिनले त्यो फुकालेका थिए), र समुद्रमा आफैँ हाम्फाले ।
12अनि उनका चेलाहरू आई उनको शवलाई लगेर गाडे । त्यसपछि तिनीहरू गए, र येशूलाई बताइदिए ।
38यी कुराहरूपछि अरिमाथियाका योसेफ येशूका चेला भएका हुनाले (तर यहूदीहरूको डरले तिनी गुप्तमा मात्र चेला थिए) तिनले येशूको शरीरलाई लान पाऊँ भनी पिलातससँग अनुरोध गरे । पिलातसले तिनलाई अनुमति दिए । त्यसकारण योसेफ आए, र उहाँको शरीर लगे ।
32उहाँहरू यरूशलेम जाने बाटोमा जाँदै हुनुहुन्थ्यो, र येशू तिनीहरूका अगि-अगि जाँदै हुनुहुन्थ्यो । चेलाहरू छक्क परिरहेका थिए र तिनीहरूलाई पछ्यानेहरूचाहिँ डराएका थिए । अनि येशूले फेरि ती बाह्र जनालाई अलग्गै लानुभयो र आब चाँडै उहाँलाई के हुने थियो, सो बताउन थाल्नुभयो ।
6सिमोन पत्रुस तिनीपछि आइपुगे र चिहानभित्र गए । तिनले त्यहाँ सुतीका कपडाहरू पडिरहेका देखे,
35तिनीहरूले त्यसलाई येशूकहाँ ल्याए र तिनीहरूले त्यस बछेडामाथि आफ्ना कपडाहरू राखे र त्यसमाथि येशूलाई बसाले ।
36उहाँ जाँदै गर्नुहुँदा, तिनीहरूले बाटोमा कपडा ओछ्याए ।
57जब उहाँहरू बाटोमा जाँदै हुनुहुन्थ्यो, तब कसैले उहाँलाई भन्यो, “तपाईं जहाँ जानुहुन्छ म तपाईंलाई पछ्यानेछु ।”
12यथापि पत्रुस उठे, र चिहानतिर दौडेर गए र निहुरेर भित्र हेर्दा सूती कपडाको पट्टीलाई देखे । तब पत्रुस आश्चर्य चकित हुँदै के भएको होला भन्दै आफ्नो घर तर्फलागे ।
24त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यदि कसैले मलाई पछ्याउने इच्छा गर्छ भने, उसले आफैँलाई इन्कार गर्नुपर्छ; आफ्नो क्रुस उठाउनुपर्छ र मलाई पछ्याउनुपर्छ ।
16र खेतमा हुनेहरू आफ्नो खास्टो लिन नआऊन् ।
28त्यसैले, लेवीले सब थोक छाडेर उठे अनि उहाँलाई पछ्याए ।
39तिनीहरूले उहाँलाई फेरि पनि पक्रने प्रयास गरे, तर उहाँ तिनीहरूका हातबाट फुत्कनुभयो ।
29जसै तिनीहरू यरीहोबाट बाहिर गए, एउटा ठुलो भिड उहाँको पछि लाग्यो ।
18जब म चिच्याएँ, त्यसले आफ्ना लुगा मकहाँ छोडेर बाहिर भाग्यो ।”
4उहाँ बेलुकीको खाना खाएर उठ्नुभयो र उहाँको बाहिरी वस्त्र फुकाल्नुभयो । त्यसपछि उहाँले एउटा तौलिया लिनुभयो, र आफ्नो कम्मरमा बेर्नुभयो ।