यूहन्ना 21:18

अनलक शाब्दिक बाइबल

साँचो साँचो म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ, तिमी आफैँ कपडा लगाउँथ्यौ र जहाँ जान चाहन्थ्यौ त्यतै जान्थ्यौ, तर जब तिमी वृद्ध हुन्छौ, तिमीले आफ्ना हात पसार्नेछौ र कसैले तिमीलाई कपडा लगाइदिनेछ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ तिमीलाई बोकेर लगिन्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यूह 13:36 : 36 सिमोन पत्रुसले उहाँलाई भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ?” येशूले जवाफ दिनुभयो, “म जहाँ जाँदै छु, तिमी अहिले पछ्याउन सक्दैनौ, तर तिमीले पछि पछ्याउनेछौ ।”
  • प्रेरि 12:3-4 : 3 त्यसपछि यस कुराले यहूदीहरूलाई प्रसन्‍न पारेको देखेपछि, उनी पत्रुसलाई पनि पक्रन अगि बढे । यो अखमिरी रोटीको चाडको समय थियो । 4 उनलाई पक्रेपछि, तिनले झ्यालखानामा हाले र उनलाई सुरक्षा गर्न चारवटा सैनिक दललाई खटाए । निस्तार चाडपछि उनलाई मनिसहरूका बिचमा ल्याउने तिनले विचार गरिरहेका थिए ।
  • प्रेरि 21:11 : 11 तिनी हामीकहाँ आए, र पावलको पेटी लिए । त्यो पेटीले उनले आफ्ना हात र खुट्टा बाँधे, र भने, “पवित्र आत्मा यसो भन्‍नुहुन्छ, ʻयरूशलेमका यहूदीहरूले यस पटुकाको मालिकलाई यसरी नै बाँध्‍नेछन्, र तिनीहरूले उसलाई अन्यजातिहरूका हातमा सुम्पिदिनेछन्ʼ ।”
  • २ कोरि 5:4 : 4 किनकि जबसम्म हामी यस पालमा छौँ, बोझले भरिएर हामी आर्तनाद गर्छौं । हामी निर्वस्‍त्र हुन चाहँदैनौँ । तर जे मरणशील छ, त्यो जीवनमा समावेश होस् भनेर हामी वस्‍त्र पहिरन चाहन्छौँ ।
  • यूह 12:27-28 : 27 अहिले मेरो प्राण दुःखित भएको छः म के भनूँ? हे पिता, मलाई यो घडीबाट बचाउनुहोस्? तर यही कारणको निम्ति म यो घडीमा आएँ । 28 हे पिता, तपाईंको नाउँ महिमित पार्नुहोस् ।” तब स्वर्गबाट एउटा आवाज आयो, र भन्‍यो, “मैले यिनलाई महिमित पारेको छु र म फेरि महिमित पार्नेछु ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यूह 21:19-23
    5 पदहरू
    80%

    19पत्रुसले कस्तो किसिमको मृत्युले परमेश्‍वरलाई महिमा दिन्छ भनी सङ्केत गर्न येशूले यसो भन्‍नुभयो । उहाँले यो बताउनुभएपछि पत्रुसलाई भन्‍नुभयो, “मलाई पछ्याऊ ।”

    20पत्रुस फर्केर हेर्दा तिनले येशूले प्रेम गर्नुभएका चेला अर्थात् भोजमा येशूको छातीमा अडेस लगाएर बस्‍ने र उहाँलाई, “प्रभु, तपाईंलाई विश्‍वासघात गर्ने को हो?” भनी सोध्‍ने चेला उहाँहरूको पछिपछि आइरहेको देखे ।

    21पत्रुसले तिनलाई देखे, र येशूलाई भने, “प्रभु, यी मानिसले चाहिँ के गर्नेछन्?”

    22येशूले तिनलाई भन्‍नुभयो, “यदि म नआउञ्‍जेसम्म तिनी रहेको चाहेँ भने पनि तिमीलाई के भयो त? मलाई पछ्याऊ ।”

    23त्यसैले, ती चेला मर्नेछैनन् भन्‍ने यो भनाइ भाइहरूमाझ फैलियो । तरै पनि येशूले पत्रुसलाई अर्का चेला मर्दैनन् भन्‍नुभएन, तर “यदि म नआउञ्‍जेसम्म तिनी रहेको चाहेँ भने पनि तिमीलाई के भयो त?” भन्‍नुभएको थियो ।

  • यूह 13:36-38
    3 पदहरू
    74%

    36सिमोन पत्रुसले उहाँलाई भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ?” येशूले जवाफ दिनुभयो, “म जहाँ जाँदै छु, तिमी अहिले पछ्याउन सक्दैनौ, तर तिमीले पछि पछ्याउनेछौ ।”

    37पत्रुसले उहाँलाई भने, “प्रभु, मैले तपाईंलाई अहिले नै किन पछ्याउन सक्दिनँ? म तपाईंको लागि मेरो ज्यान पनि दिनेछु ।”

    38येशूले जवाफ दिनुभयो, “के तिमीले मेरो निम्ति आफ्नो ज्यान नै दिनेछौ त? साँचो, साँचो म तिमीलाई भन्दछु, कि तिमीले मलाई तिन पल्ट इन्कार गरेपछि मात्र भाले बास्‍नेछ ।”

  • यूह 21:15-17
    3 पदहरू
    72%

    15तिनीहरूले खाजा खाइसकेपछि येशूले सिमोन पत्रुसलाई भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमीले मलाई यिनीहरूभन्दा पनि बढी प्रेम गर्छौ?” पत्रुसले उहाँलाई भने, “हो प्रभु, तपाईं जान्‍नुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा थुमाहरूलाई खुवाऊ ।”

    16उहाँले तिनलाई फेरि दोस्रो पटक भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुसले उहाँलाई जवाफ दिए, “हो प्रभु, तपाईं जानुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा भेडाहरूको हेरचाह गर ।”

    17उहाँले तिनलाई तेस्रो पटक भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुस निराश भए, किनकि येशूले तिनलाई “के तिमी मलाई प्रेम गर्छौ?” भनी तेस्रो पटक सोध्‍नुभएको थियो । तिनले उहाँलाई भने, “प्रभु, तपाईं सबै थोक जानुहुन्छ, कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा भेडाहरूलाई खुवाऊ ।”

  • 51एक जना जवान मानिस उहाँको पछि लाग्यो जसले सूतीको कपडा मात्र लगाएका थिए जसलाई तिनको कम्मरमा बेह्रिएको थियो; तिनीहरूले त्यसलाई पक्रे, तर

  • लू 22:32-35
    4 पदहरू
    71%

    32तर मैले तिम्रो निम्ति प्रार्थना गरेको छु, ताकि तिम्रो विश्‍वास नचुकोस् । तिमी फेरि फर्केपछि तिम्रा भाइहरूलाई बलियो बनाओ ।

    33पत्रुसले उहाँलाई भने, “प्रभु, म तपाईंसँग जेल र मृत्युसम्म जानको निम्ति तयार छु ।”

    34येशूले जवाफ दिनुभयो, “पत्रुस, म तिमीलाई भन्छु, तिमीले मलाई चिन्दिनँ भनेर तिन पटक इन्कार नगरेसम्म, यो दिन भाले बास्‍नेछैन ।”

    35तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “जब मैले तिमीहरूलाई पैसाको थैलो, खानेकुरा, वा जुत्ताहरूविना पठाउँदा, के तिमीहरूलाई केही कुराको खाँचो पर्‍यो र?” र तिनीहरूले जवाफ दिए, “खाँचो परेन ।”

  • यूह 13:5-9
    5 पदहरू
    70%

    5त्यसपछि उहाँले बाटामा पानी हाल्नुभयो र चेलाहरूका गोडा धुन थाल्नुभयो, अनि उहाँको कम्मरमा बेर्नुभएको तौलियाले तिनीहरूका गोडा पुछ्नुभयो ।

    6उहाँ सिमोन पत्रुसकहाँ आउनुभयो, र पत्रुसले उहाँलाई भने, “प्रभु, के तपाईं मेरा गोडा धुँदै हुनुहुन्छ?”

    7येशूले जवाफ दिनुभयो, र तिनलाई भन्‍नुभयो, “म के गरिरहको छु, तिमी अहिले यसलाई बुझ्दैनौ, तर तिमीले यो पछि बुझ्‍नेछौ ।”

    8पत्रुसले उहाँलाई भने, “तपाईंले मेरा गोडा कहिल्यै पनि धुनुहुनेछैन ।” येशूले तिनलाई जवाफ दिनुभयो, “यदि मैले तिमीलाई धोइनँ भने तिम्रो मसित केही हिस्सा हुनेछैन ।”

    9सिमोन पत्रुसले उहाँलाई भने, “प्रभु, मेरा गोडा मात्र होइन, मेरा शिर र हातहरू पनि धोइदिनुहोस् ।”

  • यूह 21:6-7
    2 पदहरू
    70%

    6उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको जाल डुङ्गाको दाहिनेपट्टि हान, अनि तिमीहरूले केही भेट्टाउनेछौ ।” त्यसैले, तिनीहरूले आफ्नो जाल हाने, तर माछाहरू अति धेरै भएकोले तिनीहरूले त्यो तान्‍न सकेनन् ।

    7तब येशूले प्रेम गर्नुभएका चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु हुनुहुन्छ ।” जब सिमोन पत्रुसले उहाँ प्रभु हुनुहुन्छ भन्‍ने सुने, तिनले तिनको बाहिरी वस्‍त्र बाँधे (किनकि तिनले त्यो फुकालेका थिए), र समुद्रमा आफैँ हाम्फाले ।

  • 33साना बालकहरू हो, म तिमीहरूसँग अझ केही समयसम्म हुनेछु । मैले यहूदीहरूलाई भनेझैँ, अहिले म तिमीहरूलाई यो पनि भन्छु, तिमीहरूले मलाई खोज्‍नेछौ, ‘जहाँ म गइरहेको छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ ।’

  • मर 14:28-30
    3 पदहरू
    69%

    28तर म जीवित भई उठेपछि म तिमीहरूभन्दा अगि गालीलमा जानेछु ।”

    29पत्रुसले उहाँलाई भने, “सबै जना पछि हटे पनि म पछि हट्नेछैनँ ।”

    30येशूले तिनलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीलाई भन्दछु, कि यस रात भाले दुई पल्ट बास्‍नुअगि तिमीले मलाई तिन पल्ट इन्कार गर्नेछौ ।”

  • 21त्यसैले, उहाँले फेरि तिनीहरूलाई भन्‍नुभयो, “म जाँदै छु; तिमीहरूले मलाई खोज्‍नेछौ । र तिमीहरूको पापमा मर्नेछौ । जहाँ म जाँदै छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ ।”

  • 21ती शासकले भने, “यी सब कुराहरू त मैले आफ्नो जवान अवस्थादेखि नै पालन गरिरहेको छु ।”

  • 34येशूले उनलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्दछु, आज राती भाले बास्‍नुभन्दा अगि तिमीले मलाई तिन पल्ट इन्कार गर्नेछौ ।”

  • 57जब उहाँहरू बाटोमा जाँदै हुनुहुन्थ्यो, तब कसैले उहाँलाई भन्यो, “तपाईं जहाँ जानुहुन्छ म तपाईंलाई पछ्यानेछु ।”

  • 11तिनी हामीकहाँ आए, र पावलको पेटी लिए । त्यो पेटीले उनले आफ्ना हात र खुट्टा बाँधे, र भने, “पवित्र आत्मा यसो भन्‍नुहुन्छ, ʻयरूशलेमका यहूदीहरूले यस पटुकाको मालिकलाई यसरी नै बाँध्‍नेछन्, र तिनीहरूले उसलाई अन्यजातिहरूका हातमा सुम्पिदिनेछन्ʼ ।”

  • 34तपाईंहरू आफैँ जान्‍नुहुन्छ कि यी हातहरूले मेरा आफ्नै र मसँग भएकाहरूका आवश्यकताहरू पुरा गरेका छन् ।

  • 24यसकारण सिमोन पत्रुसले यो चेलालाई इसारा गरेर भने, “उहाँले हामीमध्ये कसको बारेमा भन्दै हुनुहुन्छ, हामीलाई भन ।”

  • 51येशूले भन्‍नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्‍दछु, “तिमीहरूले स्‍वर्ग उघ्रिएको, अनि परमेश्‍वरका स्‍वर्गदूतहरू मानिसका पुत्रमाथि ओर्लिरहेका र उक्‍लिरहेका देख्‍नेछौ ।”

  • 8येशूले त्यसलाई भन्‍नुभयो, “उठ, आफ्नो चकटी लेऊ, र हिँड ।”

  • 24त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “यदि कसैले मलाई पछ्याउने इच्छा गर्छ भने, उसले आफैँलाई इन्कार गर्नुपर्छ; आफ्नो क्रुस उठाउनुपर्छ र मलाई पछ्याउनुपर्छ ।

  • 20म तिमीहरूलाई साँचो साँचो भन्दछु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ, तर संसार खुसी हुनेछ; तिमीहरू निराशाले भरिनेछौ, तर तिमीहरूको निराशा आनन्दमा बद्‌लिनेछ ।

  • 6जब येशूले त्यसलाई त्यहाँ पल्टिरहेको देख्‍नुभयो र उहाँले त्यो मानिस त्यहाँ धेरै समयदेखि रहेको थियो भनी महसुस गर्नुभयो, तब उहाँले त्यसलाई भन्‍नुभयो, “के तिमी स्वस्थ हुन चाहन्छौ?”

  • 19र उहाँको ठट्टा गर्न, उहाँलाई कोर्रा लगाउन, र क्रुसमा झुण्ड्याउनको लागि तिनीहरूले उनलाई गैरयहूदीहरूका हातमा सुम्पनेछन् । तर उनी तेस्रो दिनमा उठाइनेछन् ।”

  • 21येशूले त्यसलाई हेर्नुभयो र प्रेम गर्नुभयो । उहाँले त्यसलाई भन्‍नुभयो, “तिमीमा एउटा कुराको कमी छ । तिमीले आफूसँग भएका सबै थोक बेच्‍नुपर्छ र ती गरिबहरूलाई दिनुपर्छ, अनि स्वर्गमा तिम्रो धन हुनेछ । त्यसपछि आऊ र मेरो पछि लाग ।”

  • मत्त 19:20-21
    2 पदहरू
    67%

    20त्यो जवान मानिसले उहाँलाई भन्यो, “यी सबै कुरा त मैले पालना गरेकै छु । मैले अझै के गर्न आवश्यक छ?”

    21येशूले उसलाई भन्‍नुभयो, “यदि तिमी सिद्ध हुने इच्छा गर्छौ भने, जाऊ, र तिमीसँग जे-जति छ त्यो बेच, र ती गरिबहरूलाई देऊ र तिमीले स्वर्गमा धन प्राप्‍त गर्नेछौ । त्यसपछि आएर मलाई पछ्याऊ ।”

  • 22तब पत्रुसले उहाँलाई एकातिर लागे र यसो भन्दै हप्काए, “प्रभु, यो तपाईंबाट टाढा रहोस्; यस्तो तपाईंलाई कहिल्यै नहोस् ।”

  • 21जब येशूले यो भन्‍नुभयो, उहाँ आत्मामा विचलित हुनुभयो, उहाँले गवाही दिनुभयो, र भन्‍नुभयो, “साँ‍चो, साँचो म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमध्ये एक जनाले मलाई विश्‍वासघात गर्नेछ ।”

  • 8स्वर्गदूतले तिनलाई भने, “तिमी आफैँले कपडाहरू र चप्पलहरू लगाऊ ।” पत्रुसले त्यसै गरे । स्वर्गदूतले तिनलाई भने, “आफ्ना बाहिरी वस्‍त्रहरू लगाऊ र मलाई पछ्याऊ ।’’

  • 62त्यसो भए यदि तिमीहरूले मानिसका पुत्रलाई पहिला भएकैतिर गइरहेका देखौ भने नि?

  • 28येशूले भन्‍नुभयो, “तिमीहरूले मानिसका पुत्रलाई माथि उचालेपछि म उही हुँ र म आफैँ केही पनि गर्दिनँ भन्‍ने तिमीहरूले जान्‍नेछौ । जसरी पिताले मलाई यी कुराहरू सिकाउनुभयो, त्यसरी नै म यी कुराहरू बोल्छु ।

  • 62तर येशूले उसलाई भन्‍नुभयो, “हलोमा आफ्नो हात राखेर पछाडि हेर्ने कोही पनि परमेश्‍वरको राज्यको योग्य हुँदैन ।”

  • 32तर म उठाइएपछि म तिमीहरूभन्दा अगि गालीलमा जानेछु ।”