मरकुस 2:27

अनलक शाब्दिक बाइबल

येशूले भन्‍नुभयो, “शबाथ मानव-जातिको निम्ति बनाइएको थियो, मानव-जाति शबाथको निम्ति बनाइएको होइन ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • कलस्सी 2:16 : 16 यसैकारण, अब कसैले तिमीहरूलाई खानेकुरा वा पिउनेकुरा वा चाडको दिनको बारेमा वा औंसी वा शबाथ-दिनको विषयमा दोष लगाउन नदेओ ।
  • व्यव 5:14 : 14 तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको शबाथ हो । यस दिनमा तिमीहरूले, तिमीहरूका छोराछोरी वा तिमीहरूका कमारा-कमारी वा तिमीहरूका गोरु, वा तिमीहरूका गधा वा तिमीहरूका कुनै पनि गाईवस्तु वा तिमीहरूको सहरभित्र भएका परदेशीले कुनै काम नगरोस् । तिमीहरूका कमारा-कमारीले पनि तिमीहरूसँगै विश्राम गरून् ।
  • निर्ग 23:12 : 12 छ दिनसम्म आफ्नो काम गर, तर सातौँ दिनमा चाहिँ विश्राम गर । तिमीहरूका गोरु र गधाले पनि विश्राम पाउन सकून् भनेर यसो गर अनि तिमीहरूका कमारीको छोरो र परदेशीले पनि ताजा महसुस गर्न सकून् भनेर यस गर ।
  • लू 6:9 : 9 येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई सोध्छु, विश्रामको दिनमा कसैको असल गर्नु वा हानि गर्नु, जीवन बचाउनु वा नाश गर्नु कुन ठिक हो?”
  • यूह 7:23 : 23 मोशाको व्यवस्था भङ्ग नहोस् भनेर यदि एक जना मानिसले विश्रामको दिनमा खतना गर्न स्‍वीकार गर्छ भने तब मैले विश्रामको दिनमा एक जना मानिसलाई पूर्ण रूपमा स्वस्थ बनाएकोमा तिमीहरू मसँग किन रिसाउँछौ?”
  • नहे 9:13-14 : 13 तपाईं स्वर्गबाट सीनै पर्वतमा ओर्लनुभयो, र तिनीहरूसित बोल्नुभयो अनि तिनीहरूलाई धार्मिक नियमहरू, साँचो व्यवस्था र असल विधिविधानसाथै आज्ञाहरू दिनुभयो । 14 तपाईंले तिनीहरूलाई आफ्नो पवित्र शबाथ चिनाउनुभयो, अनि तपाईंका दास मोशाद्वारा तिनीहरूलाई आज्ञाहरू, विधिविधानहरू र व्यवस्था दिनुभयो ।
  • यशा 58:13 : 13 अब तिमीहरूले शबाथ-दिनमा यात्रा गर्नबाट आफ्नो पाउहरू फर्काउँछौ र मेरो पवित्र दिनमा तिमीहरूको आफ्नो खुसी गर्नबाट फर्कन्‍छौ । तिमीहरूले शबाथ-दिनलाई आनन्द भन्‍छौ र परमप्रभुको कुराहरूलाई पवित्र र आदरणिय भन्‍छौ । तिमीहरूका आफ्ना काम छोडेर, र तिमीहरूका आफ्नै खुसी गर्न छोडेर र तिमिहरूका आफ्‍नै शब्दहरू नबोलेर तिमीहरूले शबाथ-दिनलाई आदर गर्छौ भने ।
  • यहे 20:12 : 12 म परमप्रभु नै हुँ जसले तिनीहरूलाई पवित्र पार्छु भनी तिनीहरूले जानून्‌ भनेर तिनीहरू र मेरो बिचमा चिन्‍हको रूपमा मैले तिनीहरूलाई शबाथदिनहरू पनि दिएँ ।
  • यहे 20:20 : 20 मेरा शबाथहरूलाई पवित्र राख, ताकि मेरो र तिमीहरूका बिचमा ती एउटा चिन्‍ह हुनेछन्, ताकि म नै परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍नेछौ ।”
  • १ कोरि 3:21-22 : 21 त्यसैले, तिमीहरू मानिसहरूका निम्ति घमण्ड नगर! किनकि सबै कुरा तिमीहरूकै हुन्, 22 चाहे पावल वा अपोल्लोस वा केफास वा संसार वा जीवन वा मृत्यु वा वर्तमानका कुराहरू वा आउने कुराहरू सबै तिमीहरूकै हुन्,
  • २ कोरि 4:15 : 15 हरेक कुरा तिमीहरूको निम्ति हो ताकि जसरी धेरै मानिसहरूमा अनुग्रह फैलिएको छ, त्यसरी नै परमेश्‍वरको महिमाको लागि धन्यवाद दिने काम पनि वृद्धि होस् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 28यसकारण मानिसका पुत्र शबाथको पनि प्रभु हो ।”

  • लू 6:1-7
    7 पदहरू
    81%

    1¶ अब विश्रामको दिनमा यस्तो भयो कि येशू चेलाहरूसँग अन्‍नको खेतको बाटो भएर जाँदै गर्नुहुँदा तिनीहरूले हातले अन्‍नका बाला टिप्दै र तिनीहरूका हातमा माडिरहेका र अन्‍न खाइरहेका थिए ।

    2तर केही फरिसीहरूले भने, “किन तिमीहरूले विश्रामको दिनमा व्यवस्थाअनुसार गर्न नहुने काम गरिरहेका छौ?”

    3येशूले तिनीहरूलाई जवाफ दिँदै भन्‍नुभयो, “दाऊद र तिनीसँग भएका मानिसहरू भोकाएका बेला दाऊदले के गरे भनी तिमीहरूले पढेका छैनौ?

    4तिनी परमेश्‍वरको भवनभित्र पसेर पूजारीहरूले बाहेक अरूले खान निषेध गरिएको परमेश्‍वरको उपस्थितिको रोटीबाट आफूले केही खाए र केही आफूसँग भएका मानिसहरूलाई पनि दिए ।”

    5तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसका पुत्र विश्राम दिनको पनि प्रभु हो ।”

    6अर्को विश्राममा यसो भयो कि उहाँ सभाघरमा जानुभयो र त्यहाँ भएका मानिसहरूलाई सिकाउनुभयो । त्यहाँ दाहिने हात सुकेको एक जना मानिस थियो ।

    7उहाँले विश्रामको दिनमा कसैलाई निको पार्नुहुन्छ कि हुन्‍न भनेर शास्‍त्रीहरू र फरिसीहरूले नजिकबाट उहाँलाई नियाली राखेका थिए ताकि तिनीहरूले उहाँलाई केही गल्ती गरेको कारण दोष भेट्टाउन सकियोस् ।

  • मत्त 12:7-12
    6 पदहरू
    81%

    7‘म कृपा चाहन्छु र बलिदान होइन’ भन्‍ने कुराको अर्थ यदि तिमीहरूले बुझेका भए तिमीहरूले निर्दोषको निन्दा गर्ने थिएनौ ।

    8किनभने मानिसका पुत्र शबाथका प्रभु हुन् ।”

    9त्यसपछि येशू त्यहाँबाट अलग्गिनुभयो र तिनीहरूका सभाघरहरूमा जानुभयो ।

    10हेर, त्यहाँ एक जना हात सुकेको व्यक्‍ति थियो । येशूलाई पापको दोष लगाउन फरिसीहरूले उहाँलाई सोधे, “के शबाथमा निको पार्नु उचित छ?”

    11येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूका बिचमा यस्तो व्यक्‍ति होला जोसँग एउटा मात्र भेडा छ, र यदि शबाथमा त्यो भेडा गहिरो खाल्डोमा खस्यो भने, उसले त्यसलाई समातेर बाहिर ननिकाल्ला?

    12त्यसो भए, एउटा मानिसको मूल्य त्यो भेडाभन्दा कति बढी छ! त्यसैले, शबाथमा असल गर्नु न्यायसङ्गत छ ।”

  • मर 2:23-26
    4 पदहरू
    75%

    23शबाथ-दिन येशू अन्‍नको खेतबाट भएर जानुभयो र उहाँका चेलाहरूले अन्‍नका बाला टिप्‍न थाले ।

    24अनि फरिसीहरूले उहाँलाई भने, “हेर्नुहोस्, तिनीहरूले शबाथ-दिनमा किन अनुचित कुरा गरिरहेका छन्?”

    25उहाँले तिनीहरूलाई भन्‍नुभयो, “दाऊद र तिनीसँग भएका मानिसहरू खाँचोमा परेका र भोकाएका बेला तिनीहरूले के गरे भन्‍ने के तिमीहरूले कहिल्यै पढेका छैनौ?”

    26अबियाथार प्रधान पुजारी हुँदा तिनी कसरी परमेश्‍वरको भवनभित्र गए र उपस्थितिको रोटी खाए, जुन पुजारीबाहेक अरू कसैले खानु हुँदैनथ्यो, अनि केही तिनीसँग हुनेहरूलाई पनि दिए?

  • मत्त 12:1-5
    5 पदहरू
    72%

    1¶ त्यति बेला शबाथको दिनमा येशू अन्‍नका खेतहरू हुँदै जानुभयो । उहाँका चेलाहरू भोकाए र तिनीहरूले अन्‍न टिप्दै खान लागे ।

    2तर जब फरिसीहरूले त्यो देखे, उनीहरूले येशूलाई भने, “हेर्नुहोस्, जे शबाथमा गर्न अनुचित छ तपाईंका चेलाहरूले त्यही गर्छन् ।”

    3तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “के दाऊदले उनीसँग भएका मानिसहरूले भोकाएको बेलामा के गरे भन्‍ने कुरा तिमीहरूले कहिल्यै पढेका छैनौ?

    4कसरी उनी परमेश्‍वरको भवनमा पसेर उहाँको उपस्थितिको रोटी खाए, जुन उनी र उनीसँग भएकाहरूका निम्ति खानु अनुचित थियो तर त्यो पुजारीहरूका लागि मात्रै उचित थियो?

    5र शबाथमा पुजारीहरूले त्यस दिनलाई अपवित्र गर्छन्, तरै पनि उनीहरू दोषरहित हुन्छन् भन्‍ने कुरा के तिमीहरूले व्यवस्थामा पढेका छैनौ र?

  • 9येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई सोध्छु, विश्रामको दिनमा कसैको असल गर्नु वा हानि गर्नु, जीवन बचाउनु वा नाश गर्नु कुन ठिक हो?”

  • 3येशूले यहूदी व्यवस्थाका पण्डितहरू र फरिसीहरूलाई सोध्‍नुभयो, “विश्राम दिनमा निको पार्नु उचित छ वा छैन?

  • यूह 5:9-10
    2 पदहरू
    72%

    9त्यो मानिस तुरुन्तै निको भयो र त्यसले आफ्नो ओछ्यान उठायो, र हिँड्यो । अब त्यो विश्रामको दिन थियो ।

    10त्यसैले, यहूदीहरूले त्यो निको भएको मानिसलाई भने, “यो विश्रामको दिन हो, र तिमीलाई तिम्रो चकटी बोकेर हिँड्ने अनुमति छैन ।”

  • 4तब उहाँले मानिसहरूलाई भन्‍नुभयो, “शबाथ-दिनमा असल गर्नु वा हानि गर्नु के उचित हुन्छ; जीवन बचाउनु वा मार्नु के उचित हुन्छ?” तर उनीहरू चुप लागे ।

  • लू 13:14-16
    3 पदहरू
    71%

    14तर सभाघरका शासकहरू क्रूद्ध भए, किनभने येशूले विश्रामको दिनमा निको पार्नुभएको थियो । त्यसैले, शासकले जवाफ दिएर भिडलाई भने, “काम गर्नको निम्ति छ दिन छन् । यसैले, विश्रामको दिन होइन, अरू दिनमा आओ र निको होओ ।”

    15प्रभुले जवाफ दिएर भन्‍नुभयो, “पाखण्डीहरू हो! के तिमीहरू हरेकले विश्रामको दिनमा तिमीहरूका गधा वा गाईलाई फुकाएर पानी खुवाउन लाँदैनौ र?

    16त्यसैले, यी अब्राहामकी छोरी जसलाई अठार वर्षदेखि शैतानले बन्धनमा पारेको छ, के तिनको बन्धन विश्रामको दिनमा नै फुकाल्नु पर्दैन र?”

  • यूह 7:22-23
    2 पदहरू
    71%

    22मोशाले तिमीहरूलाई खतनाको रीति दिए (यो मोशाबाट आएको होइन, तर पुर्खाहरूबाट आएको हो) अनि तिमीहरूले मानिसलाई विश्रामको दिनमा खतना गर्दछौ ।

    23मोशाको व्यवस्था भङ्ग नहोस् भनेर यदि एक जना मानिसले विश्रामको दिनमा खतना गर्न स्‍वीकार गर्छ भने तब मैले विश्रामको दिनमा एक जना मानिसलाई पूर्ण रूपमा स्वस्थ बनाएकोमा तिमीहरू मसँग किन रिसाउँछौ?”

  • निर्ग 20:10-11
    2 पदहरू
    71%

    10तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको शबाथ हो । यस दिनमा तिमीहरूले, तिमीहरूका छोराछोरी वा तिमीहरूका कमारा-कमारी वा तिमीहरूका गाईवस्तु वा तिमीहरूको द्वारभित्र भएका परदेशीले कुनै काम नगरोस् ।

    11किनकि छ दिनमा परमप्रभुले स्वर्ग र पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो अनि सातौँ दिनमा चाहिँ उहाँले विश्राम लिनुभयो । त्यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष् दिनुभयो र यसलाई पवित्र तुल्याउनुभयो ।

  • 5उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमध्ये कसले आफ्नो छोरा अथवा गोरुलाई विश्राम दिनको दिन इनारमा खसेको देख्दा तुरुन्तै बाहिर निकाल्दैन र?”

  • 10यस बेला येशू विश्रामको समयमा एउटा सभाघरमा सिकाउँदै हुनुहुन्थ्यो ।

  • 29परमप्रभुले तिमीहरूलाई शबाथ दिनुभएको छ । त्यसैले छैटौँ दिनमा उहाँले तिमीहरूलाई दुई दिनको लागि रोटी दिँदै हुनुहुन्छ । हरेक आ-आफ्नै ठाउँमा बस्‍नू । सातौँ दिनमा कोही पनि आफ्नो ठाउँबाट बाहिर नजानू ।”

  • 2उहाँले त्यसलाई शबाथको दिनमा निको पार्नुहुन्छ, कि भनेर केही मानिसहरूले चेवा गरे, ताकि तिनीहरूले उहाँलाई दोष लगाउन सकून् ।

  • 18यसले गर्दा यहूदीहरूले उहाँलाई झनै मार्न खोजे, किनकि उहाँले विश्राम दिन मात्र तोड्नुभएन, तर आफैँलाई परमेश्‍वर समान तुल्याएर परमेश्‍वरलाई पिता भन्‍नुभयो ।

  • 17शबाथ सधैँ म परमप्रभु र इस्राएलीहरूका बिचमा एउटा चिन्ह हुनेछ किनकि छ दिनमा परमप्रभुले स्वर्ग र पृथ्वी बनाउनुभयो अनि सातौँ दिनमा चाहिँ उहाँले कामबाट विश्राम लिनुभयो ।”

  • 14येशूले माटो मुछेर त्यसको आँखामा खोल्नुभएको दिन विश्रामको दिन थियो ।

  • उत्प 2:2-3
    2 पदहरू
    68%

    2सातौँ दिनसम्ममा परमेश्‍वरले आफूले गर्नुभएको कामलाई पुरा गर्नुभयो ।यसैकारण उहाँले सातौँ दिनमा सबै कामबाट विश्राम लिनुभयो ।

    3परमेश्‍वरले सातौँ दिनलाई आशिष्‍्‍ दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो, किनभने आफ्नो सृष्‍टिमा गर्नुभएका सबै कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो ।

  • 1¶ एउटा विश्राम दिनमा जब उहाँ फरिसीहरूका एक जना अगुवाको घरमा रोटी खान जानुभयो, तिनीहरूले उहाँलाई नजिकबाट हेरिराखेका थिए ।

  • 4येशूले उत्तर दिनुभयो र भन्‍नुभयो, “के तिमीहरूले पढेका छैनौ, कि जसले तिनीहरूलाई बनाउनुभयो, उहाँले सुरुदेखि नै तिनीहरूलाई पुरुष र स्‍त्री गरी बनाउनुभयो?”

  • 8मेरो लागि शबाथ अलग गर्नुपर्छ भनी याद राख्‍नू ।

  • 13अब तिमीहरूले शबाथ-दिनमा यात्रा गर्नबाट आफ्नो पाउहरू फर्काउँछौ र मेरो पवित्र दिनमा तिमीहरूको आफ्नो खुसी गर्नबाट फर्कन्‍छौ । तिमीहरूले शबाथ-दिनलाई आनन्द भन्‍छौ र परमप्रभुको कुराहरूलाई पवित्र र आदरणिय भन्‍छौ । तिमीहरूका आफ्ना काम छोडेर, र तिमीहरूका आफ्नै खुसी गर्न छोडेर र तिमिहरूका आफ्‍नै शब्दहरू नबोलेर तिमीहरूले शबाथ-दिनलाई आदर गर्छौ भने ।

  • 2त्‍यसो गर्ने र त्‍यसलाई दह्रोसित समात्‍ने मानिस धन्यको हो । उसले शबाथ-दिनलाई अपवित्र नपारी त्‍यसको पालन गर्छ र कुनै खराबी गर्नबाट आफ्नो हातलाई अलग राख्छ ।

  • 16अब यी कुराहरूका कारणले यहूदीहरूले येशूलाई सताए, किनकि उहाँले यी कुराहरू विश्रामको दिनमा गर्नुभएको थियो ।