मरकुस 4:15

अनलक शाब्दिक बाइबल

वचन छर्दा बाटोतिर परेका केही बिउ यी नै हुन् । जब तिनीहरूले वचन सुन्छन्, र तुरुन्तै शैतान आउँछ र तिनीहरूमा छरिएका वचन खोसेर लैजान्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ पत्रु 5:8 : 8 सचेत र जागा रहो । तिमीहरूको शत्रु दियाबलस कसैलाई भेटेर निल्नको निम्ति गर्जने सिंहझैँ खोजिरहेको छ ।
  • प्रका 20:2-3 : 2 उनले अजिङ्गर अर्थात् त्यो प्राचीन सर्पलाई पक्रे, जो दुष्‍ट वा शैतान हो । उनले त्यसलाई एक हजार वर्षका निम्ति बाँधे । 3 उनले त्यसलाई अगाद खाँदमा फालिदिए र यसलाई बन्द गरे र त्यसमाथि मोहोर लगाइदिए । एक हजार वर्ष पुरा नभएसम्म त्यसले जाति-जातिहरूलाई छल गर्न नपाओस् भनी यसो गरिएको थियो । त्यसपछि त्यसलाई केही समयका निम्ति स्वतन्‍त्र गरिनुपर्छ ।
  • प्रका 20:7 : 7 जब एक हजार वर्षको अन्त्य हुन्छ, तब शैतानलाई त्यसको कैदबाट छोडिनेछ ।
  • प्रका 20:10 : 10 तिनीहरूलाई छल गर्ने त्यस दुष्‍टलाई गन्धकको जलिरहेको कुण्डमा फालियो, जहाँ पशु र झुटा अगमवक्‍ता फ्याँकिएका थिए । तिनीहरूले दिनरात सदाकाल यातना भोग्‍नेछन् ।
  • प्रका 12:9 : 9 त्यो ठुलो अजिङ्गर अर्थात् प्राचीन सर्प जसलाई दुष्‍ट वा शैतान भनिन्थ्यो, जसले सारा संसारलाई छल गर्छ, त्यसलाई पृथ्वीमा फ्याँकियो र त्यसका दूतहरूलाई पनि त्यससँगै पृथ्वीमा फ्याँकियो ।
  • उत्प 19:14 : 14 लोत बाहिर गए, र तिनले आफ्ना छोरीहरूलाई विवाह गर्न प्रतिज्ञा गरेका जुवाइँहरूसँग यसो भने, “छिट्टै, यस ठाउँबाट निस्किहाल, किनभने परमप्रभुले यस सहरलाई नष्‍ट पार्न लाग्‍नुभएको छ ।” तर तिनका जुवाइँहरूलाई तिनले ठट्टा गरेझैँ लाग्यो ।
  • अय्यू 1:6-9 : 6 तब एक दिन परमेश्‍वरका छोराहरू परमप्रभुको सामु उपस्थित हुन आए । शैतान पनि तिनीहरूसँगै आयो । 7 परमप्रभुले शैतानलाई सोध्‍नुभयो, “तँ कहाँबाट आइस्?” शैतानले परमप्रभुलाई जवाफ दियो र भन्‍यो, “पृथ्वीमा घुमेर, त्‍यसमा यता र उता गएर आएको हुँ ।” 8 परमप्रभुले त्यसलाई भन्‍नुभयो, “के तैंले मेरो दास अय्यूबलाई विचार गरेको छस्? किनकि पृथ्वीमा त्योजस्तो दोषरहित र सोझो मानिस कोही छैन जो परमेश्‍वरको भय मान्छ र खराबीबाट अलग बस्छ ।” 9 तब शैतानले परमप्रभुलाई जवाफ दियो र भन्यो, “के अय्यूबले विनाकारण परमेश्‍वरको भय मान्छन् र? 10 के तिनी, तिनको घर र तिनीसित भएका सबै थोकको चारैतिर हरेक कुनाबाट बार लगाएर तपाईंले सुरक्षा दिनुभएको छैन र? तपाईंले तिनका हातका कामहरूलाई आशिष् दिनुभएको छ, र तिनका गाईवस्तुहरू देशभरि भएका छन् । 11 तर अब आफ्नो हात पसार्नुहोस् र तिनीसित भएका सबै थोकलाई छुनुहोस्, र हेर्नुहोस् कतै तिनले तपाईंको मुखैमा तपाईंलाई सराप्‍ने त छैनन् ।” 12 परमप्रभुले शैतानलाई भन्‍नुभयो, “हेर्, त्‍योसित भएका सबै थोक तेरै हातमा छ । त्‍यसलाई मात्र तेरो हातले नछो ।” तब परमप्रभुको उपस्थितिबाट शैतान तुरुन्‍तै गयो ।
  • यशा 53:1 : 1 ¶ हामीबाट तिनीहरूले सुनेका कुरा कसले विश्‍वास गरेको छ, र कसलाई परमप्रभुको बाहुली प्रकट गरिएको छ?
  • जक 3:1 : 1 ¶ त्यसपछि परमप्रभुले मलाई प्रधान पुजारी यहोशू परमप्रभुको स्वर्गदूतको अगि उभिएका देखाउनुभयो र शैतान तिनलाई पापको दोष लगाउनको निम्ति तिनको दाहिने हात तिर उभिरहेको थियो ।
  • मत्त 4:10 : 10 त्यसपछि येशूले त्यसलाई भन्‍नुभयो, “शैतान, यहाँबाट गइहाल्! किनकि यसो लेखिएको छ, ‘तैँले परमप्रभु आफ्ना परमेश्‍वरको मात्र आराधना गर्नेछस्, र तैँले उहाँको मात्र सेवा गर्नेछस्’ ।”
  • मत्त 13:19 : 19 जब कसैले राज्यको वचन सुन्छ तर त्यसलाई बुझ्दैन, तब दुष्‍ट आउँछ र उसको हृदयमा जे छरिएको थियो, त्यो खोसेर लैजान्छ । योचाहिँ त्यो बिउ हो जुन बाटोको छेउमा छरिएको थियो ।
  • मत्त 22:5 : 5 तर तिनीहरूले केही वास्ता नै गरेनन्, र एउटा आफ्नो खेतबारी, र अर्को आफ्नो व्यवसायतिर लाग्यो ।
  • मर 4:4 : 4 त्यसले बिउ छर्दा केही बिउ बाटोमा परे र चराहरू आएर ती बिउहरू खाइदिए ।
  • लू 8:12 : 12 बाटोको किनारमा परेका बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुन्छन्, तर दुष्‍ट आउँछ र तिनीहरूको हृदयमा भएका वचन खोसेर लैजान्छ ताकि तिनीहरूले विश्‍वास नगरून् र नबाँचून् ।
  • लू 14:18-19 : 18 तिनीहरू सबैले फरक-फरक किसिमको बहाना बनाउन थाले । पहिलोले भन्यो, ‘मैले भर्खर खेत किनेको छु र मैले गएर त्यो हेर्नुपर्छ । कृपया मलाई माफ गर्नुहोस् ।’ 19 र अर्कोले भन्यो, ‘मैले पाँच हल गोरु किनेको छु र मैले तिनीहरूलाई जोत्‍नुपर्छ । कृपया मलाई माफ गर्नुहोस् ।’
  • प्रेरि 5:3 : 3 तर पत्रुसले भने, “हननिया, पवित्र आत्मालाई झुट बोल्न र त्यस जमिनको मूल्यको केही अंश राख्‍नलाई तिम्रो हृदयलाई शैतानले किन भर्‍यो?
  • प्रेरि 17:18-20 : 18 तर त्यहाँ कतिजना एपिक्युरी र स्तोइकी दार्शनिकहरूसँग पनि उनको विवाद भयो । र केहीले यसो भने, “यो बकबकेले के भन्‍न खोज्दैछ?” अरूहरूले भने, “ऊ त विदेशी देवताहरूको प्रचारक जस्तो देखिन्छ ।” किनभने उनले येशू र उहाँको पुनरुत्थानको बारेमा प्रचार गर्दै थिए । 19 तिनीहरूले पावललाई अरिओपागसमा ल्याए, र उनलाई सोधे, “के हामी तपाईंले बताइरहनुभएको नयाँ शिक्षाको बारेमा जान्‍न सक्छौँ? 20 किनभने तपाईंले केही अनौठा कुराहरू हाम्रो कानमा ल्याउँदै हुनुहुन्छ । त्यसकारण हामी यी कुराहरूको अर्थ के हो भनी जान्‍न चाहन्छौँ ।”
  • प्रेरि 17:32 : 32 जब एथेन्सका मानिसहरूले मृत्त व्यक्तिको पुनरुत्थानको बारेमा सुने, कसै-कसैले पावललाई गिज्याए तर अरूहरूले यसो भने, “हामी यो विषयमा तपाईंबाट फेरि सुन्‍नेछौँ ।”
  • प्रेरि 18:14-17 : 14 तर जब पावलले बोल्नै लागेका थिए, गालियोले यहूदीहरूलाई भने, “तिमी यहूदीहरू; यदि यो कुनै गल्ति वा अपराधको विषय भएको भए यस विषयमा तिमीहरूसँग बोल्नु तर्कपूर्ण नै हुने थियो । 15 तर यी शब्दहरू र नाउँहरू त तिमीहरूका आफ्नै व्यवस्थासँग सम्बन्धित विषयमा भएकाले तिमीहरू आफैँ मिलाऊ । यी विषयहरूमा म न्याय गर्न चाहन्‍नँ ।” 16 तब गालियोले तिनीहरूलाई न्याय आसन छोडेर जाने आदेश दिए । 17 तर तिनीहरू सबैले सभाघरका शासक सोस्थेनसलाई समातेर न्याय आसनको अगाडि नै पिटे । तर गालियोले तिनीहरूले गरेका कुराको वास्तै गरेनन् ।
  • प्रेरि 25:19-20 : 19 यसको सट्टामा, तिनीहरूको आफ्नै धर्म सम्बन्धी र मरेको कोही येशूको बारे तिनीहरूको विवाद थियो जसलाई पावलले जीवित छन् भनी दावी गर्थ्यो । 20 म यो कुरामा कसरी अनुसन्धान गर्ने भनी अन्योलमा परेँ, र यी कुराहरूको बारेमा इन्साफ गरिनको निम्ति ऊ यरूशलेम जान्छ कि भनी मैले उसलाई सोधेँ ।
  • प्रेरि 26:31-32 : 31 तिनीहरू सभा भवनबाट बाहिरिँदा, तिनीहरूले एक अर्कामा कुराकानी गरे, र भने, “यी मानिसले मृत्यु वा कैदमा पर्न लायक कुनै कुरो गरेका छैनन् ।” 32 अग्रिपासले फेस्तसलाई भने, “यदि तिनले कैसरकहाँ अपील नगरेको भए यी मानिसलाई छाड्न सकिन्थ्यो ।”
  • २ कोरि 2:11 : 11 यसैले, शैतानले हामीलाई छक्याउने छैन । किनकि हामी त्यसका योजनाहरूको विषयमा अजान छैनौँ ।
  • २ कोरि 4:3-4 : 3 यदि हाम्रो सुसमाचार घुम्टोले ढाकिएको छ भने, त्यो विनाश भइरहेकाहरूका निम्ति मात्र ढाकिएको छ । 4 तिनीहरूको विषयमा भन्‍ने हो भने, यस संसारको देवले तिनीहरूको अविश्‍वासी मनहरू अन्धो तुल्याइदिएको छ । फलस्वरूप, तिनीहरू ख्रीष्‍टको महिमाको सुसमाचारको प्रकाश देख्‍न सक्दैनन्, जो परमेश्‍वरको स्वरूप हुनुहुन्छ ।
  • २ थेस 2:9 : 9 शैतानका सबै शक्‍तिशाली काम, चिन्हहरू र झुटा आश्‍चर्यकर्महरूको कारण पापको मानिसको आगमन हुनेछ ।
  • इब्रा 2:1 : 1 ¶ त्यसकारण, हामीले जे सुनेका छौँ त्यसमा हामीले सबैभन्दा बढी ध्यान दिनुपर्छ । त्यसैले, यसबाट बहकिएर हामी टाढा जानुहुँदैन ।
  • इब्रा 12:16 : 16 होसियार रहो । कोही पनि एक छाक खानाको लागि आफ्‍नो जन्‍माधिकार बेच्‍ने एसावजस्‍तो अधर्मी नहोस् वा यौन अनैतिक नहोस् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लू 8:11-15
    5 पदहरू
    88%

    11अब दृष्‍टान्तको अर्थ यही होः बिउ परमेश्‍वरको वचन हो ।

    12बाटोको किनारमा परेका बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुन्छन्, तर दुष्‍ट आउँछ र तिनीहरूको हृदयमा भएका वचन खोसेर लैजान्छ ताकि तिनीहरूले विश्‍वास नगरून् र नबाँचून् ।

    13त्यसपछि ढुङ्गेनी जमिनमा परेको बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुन्छन्, खुसीसाथ ग्रहण गर्छन्, तर तिनीहरूको गहिराइ नभएकोले केवल एक क्षणका लागि मात्र विश्‍वास गर्छन् र जाँचको समयमा तिनीहरू पतन भएर जान्छन् ।

    14काँडाको झाडीमा परेको बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुनेका छन्, तर जीवन जिउने क्रममा, संसारका धन सम्पत्तिको फिक्री, सुख विलासका कारण निसासिएर परिपक्‍व फल फलाउन सक्दैनन् ।

    15तर असल जमिनमा परेका बिउ ती मानिसहरूजस्तउ हुन्, जसले इमानदार र असल हृदयसाथ वचन सुनेर यसलाई सुरक्षितसाथ पक्री राख्छन् र धैर्यसाथ फल फलाउँछन् ।

  • मर 4:16-20
    5 पदहरू
    85%

    16ढुङ्गेनी जमिनमा छरिएका केही बिउचाहिँ यी नै हुन्, जब तिनीहरूले वचन सुन्छन्, तिनीहरूले यसलाई तुरुन्तै आनन्दसाथ ग्रहण गर्छन् ।

    17तिनीहरूको आफ्‍नो कुनै जरा हुँदैन, तर केही समयसम्म मात्र टिक्छन् । वचनको कारणले सङ्कष्‍ट वा सतावट आउँदा तिनीहरूले तुरुन्तै ठेस खान्छन् ।

    18अरूहरूचाहिँ ती हुन्, जो काँढाका झाङहरूका माझमा छरिएका छन् । तिनीहरूले वचन सुन्छन्,

    19तर संसारको फिक्री, धन-सम्पत्तिको छल र अन्य कुराहरूको लालसा प्रवेश गर्छन् जसले वचनलाई निसासिदिन्छन् र यो फलदायी हुँदैन ।

    20असल जमिनमा छरिएका बिउहरूचाहिँ ती नै हुन् । तिनीहरूले वचन सुन्छन्; यसलाई ग्रहण गर्छन् अनि केहीले तिस गुणा, केहीले साठी गुणा र केहीले सय गुणा फल फलाउँछन् ।”

  • मत्त 13:18-29
    12 पदहरू
    84%

    18तब बिउ छर्नेको दृष्‍टान्त सुन ।

    19जब कसैले राज्यको वचन सुन्छ तर त्यसलाई बुझ्दैन, तब दुष्‍ट आउँछ र उसको हृदयमा जे छरिएको थियो, त्यो खोसेर लैजान्छ । योचाहिँ त्यो बिउ हो जुन बाटोको छेउमा छरिएको थियो ।

    20ढुङ्गेनी माटोमा छरिएको चाहिँ त्यो हो जसले वचन सुन्छ र तुरुन्तै खुसीसाथ त्यसलाई ग्रहण गर्छ ।

    21तर ऊ आफैँमा जरा हुँदैन र केही बेरसम्म मात्र टिकिरहन्छ । तर जब वचनको कारण सतावट वा कष्‍ट आउँछ, उसले तुरुन्तै ठेस खान्छ ।

    22काँडाघारीमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ, तर संसारको वास्ता र धनीहरूको कपटले वचनलाई निसासिदिन्छ, अनि ऊ निष्फल हुन्छ ।

    23असल माटोमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ र त्यसलाई बुझ्छ । त्यसले नै साँचो रूपमा फल फलाउँछ र केहीले सय गुणा, केहीले साठी गुणा, र केहीले तिस गुणा फल फलाउँछ ।”

    24येशूले तिनीहरूलाई अर्को दृष्‍टान्त प्रस्तुत गर्नुभयो । उहाँले भन्‍नुभयो, “स्वर्गको राज्य यस्तो मानिसजस्तो हो जसले आफ्नो जमिनमा असल बिउ छर्‍यो ।

    25तर जब मानिसहरू सुते, उसको शत्रु आयो, र गहुँ बारीमा सामा पनि छारिदिएर गयो ।

    26जब बोट देखा पर्‍यो र तिनीहरूले अन्‍न फलाउन थाले, तब सामाहरू पनि देखा परे ।

    27त्यस जग्गाका मालिकका दासहरू आए र तिनलाई भने, ‘हजूर, के तपाईंको बारीमा असल बिउ मात्र छर्नुभएको थिएन र? अहिले यिनमा सामाहरू कसरी आए?’

    28तिनले उनीहरूलाई भने, ‘यो एउटा शत्रुले गरेको हो ।’ ती दासहरूले तिनलाई भने, ‘के हामी गएर त्यसलाई उखालेको तपाईं चाहनुहुन्छ?’

    29त्यस जमिनका मालिकले भने, ‘होइन, जब तिमीहरूले सामाहरूलाई उखेल्छौ, तिमीहरूले तीसँगै गहुँलाई पनि उखेलौला ।

  • मत्त 13:3-8
    6 पदहरू
    83%

    3तब येशूले दृष्‍टान्तहरूमा उनीहरूलाई धेरै कुरा भन्‍नुभयो । उहाँले यसो भन्‍नुभयो, “हेर, एक जना बिउ छर्ने मान्छे बिउ छर्न निस्क्यो ।

    4जसै उनले छरे, केही बिउहरू बाटोको छेउमा परे, अनि चराहरू आएर ती बिउलाई निलिदिए ।

    5अरू बिउहरूचाहिँ ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन । ती तुरुन्तै उम्रे, किनकि त्यहाँ माटो गहिरो थिएन ।

    6तर जब चर्को घाम लाग्यो, ती डढे किनकि तिनका जरा थिएनन्, अनि ती सुकिहाले ।

    7अरू बिउहरू काँडाघारी माझमा परे । ती काँडाका बोटहरू बढेर आए र तिनलाई निसासिदिए ।

    8अरू बिउहरू असल माटोमा परे र केहीले सय गुणा, केहीले साठी गुणा र केहीले तिस गुणा अन्‍न उब्जाए ।

  • मर 4:3-9
    7 पदहरू
    82%

    3“सुन, बिउ छर्ने बिउ छर्न निस्क्यो ।

    4त्यसले बिउ छर्दा केही बिउ बाटोमा परे र चराहरू आएर ती बिउहरू खाइदिए ।

    5अरू बिउहरूचाहिँ त्यति माटो नभएको ढुङ्गेनी जमिनमा परे । तिनीहरू तुरुन्तै उम्रिए, किनभने त्यहाँ माटो गहिरो थिएन ।

    6तर जब घाम लाग्यो, तिनीहरू ओइलाए, अनि तिनीहरूको जरा नभएकोले र ती सुकिहाले ।

    7अरू बिउहरू काँढाका झाङहरूमा परे । काँढाका झाङहरू बढे, र ती निसासिए, अनि तिनीहरूले कुनै फल फलाएनन् ।

    8अरू बिउहरू असल जमिनमा परे, र यो बढ्दै र हुर्कंदै गर्दा फल फलाए, केहीले तिस गुणा, साठी गुणा र सय गुणाभन्दा बढी फल फलाए ।”

    9अनि उहाँले भन्‍नुभयो, “जसको सुन्‍ने कान छ, त्यसले सुनोस् ।”

  • 14बिउ छर्नेले वचन छर्छ ।

  • लू 8:5-8
    4 पदहरू
    80%

    5“एउटा बिउ छर्ने केही बिउहरू छर्नलाई निस्क्यो । उसले छर्दा केही बिउहरू बाटोमा परे र ती बिउहरू खुट्टाले कुल्चिए, र आकाशका चराहरूले ती खाए ।

    6अरू बिउ ढुङ्गेनी जमिनमा परे र चाँडै ती बोटको रूपमा बढे र सुकिहाले, किनकि त्यो जमिन ओबानो थियो ।

    7अझै अरू बिउहरू काँढाँका बिरुवाहरूमा परे, र बिउहरू सँगसँगै बिरुवाहरू पनि बढे र बिउहरूलाई काँढे झाडीले निसासिदियो ।

    8तर केही बिउहरू असल जमिनमा परे र सय गुणा फल फलाए ।” येशूले यी कुराहरू भनिसक्‍नुभएपछि उहाँले बोलाउनुभयो, जससँग सुन्‍ने कानहरू छन् त्यसले सुनोस् ।

  • मत्त 13:37-39
    3 पदहरू
    72%

    37येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “जसले बारीमा असल बिउ छरे उनीचाहिँ मानिसका पुत्र हुन् ।

    38बारीचाहिँ संसार हो; अनि असल बिउचाहिँ राज्यका पुत्रहरू हुन् । अनि सामाहरूचाहिँ दुष्‍टका छोराहरू हुन्,

    39र त्यो शत्रु जसले ती सामाहरू छरे, त्योचाहिँ दुष्‍ट हो । फसलको कटनी संसारको अन्त हो, र कटनी गर्नेहरूचाहिँ स्वर्गदूतहरू हुन् ।

  • 29जब अन्‍न पाक्छ, तुरुन्तै उसले त्यसलाई हँसियाले काट्छ, किनभने कटनीको समय आएको छ ।”

  • 18त्यसैकारण, तिमीहरू कसरी सुन्छौ, त्यसमा होसियार होओ, किनभने जससँग छ त्यसलाई धेरै दिइनेछ, जससँग छैन उसले आफूसँग जे छ भनी सोचेको छ त्योसमेत उसबाट खोसिनेछ ।”

  • मर 4:25-26
    2 पदहरू
    68%

    25किनभने जोसँग छ, त्यसलाई अझ बढ्ता गरी दिइनेछ र जोसँग छैन, त्यससँग भएको पनि खोसिनेछ ।”

    26येशूले भन्‍नुभयो, “परमेश्‍वरको राज्य जमिनमा बिउ छर्ने मानिसजस्तो हो ।

  • 31यो रायोको (तोरीको) बिउजस्तो हो । यसलाई छर्दा पृथ्वीका बिउहरूमध्ये यो सबैभन्दा सानो हुन्छ ।

  • 33यस्ता धेरै दृष्‍टान्तद्वारा तिनीहरूले बुझ्‍न सक्‍नेसम्म उहाँले तिनीहरूलाई वचन सुनाउनुभयो ।

  • 13येशूले उत्तर दिनुभयो र भन्‍नुभयो, “हरेक बिरुवा जुन स्वर्गमा हुनुहुने मेरा पिताले रोप्‍नुभएको छैन, त्यो उखेलिनेछ ।