मरकुस 9:10

अनलक शाब्दिक बाइबल

त्यसैले, ती कुराहरू तिनीहरूले आफैँसँग राखे, तर तिनीहरूले “मृत्युबाट जीवित भई उठ्नु” को अर्थ के हो भनी तिनीहरूले आपसमा छलफल गरे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 37:11 : 11 उनका दाजुहरूले उनको ईर्ष्‍या गर्न लागे, तर उनका बुबाले यो विषयलाई आफ्नो मनमा नै राखे ।
  • मत्त 16:22 : 22 तब पत्रुसले उहाँलाई एकातिर लागे र यसो भन्दै हप्काए, “प्रभु, यो तपाईंबाट टाढा रहोस्; यस्तो तपाईंलाई कहिल्यै नहोस् ।”
  • मर 9:32 : 32 तर तिनीहरूले यो भनाइलाई बुझेनन् र उहाँलाई सोध्‍न तिनीहरू डराए ।
  • लू 2:50-51 : 50 तर उहाँले उनीहरूलाई के भन्‍नुभएको थियो भनी उनीहरूले बुझ्‍न सकेनन् । 51 त्यसपछि उहाँ तिनीहरूसँग आफ्नो घर नासरत फर्कनुभयो र आज्ञाकारी भई रहनुभयो । उहाँकी आमाले यी सबै कुरा मनमै राखिन् ।
  • लू 18:33-34 : 33 उनलाई दण्ड दिइसकेपछि तिनीहरूले उनलाई मार्नेछन् र तेस्रो दिनमा उनी मृत्युबाट जीवित भई उठ्नेछन् ।” 34 उनीहरूले यी कुनै पनि कुराहरू बुझेनन् र यो वचन उनीहरूबाट लुकाइएका थिए, यसकारण भनिएका कुनै पनि कुराहरू उनीहरूको समझमा आएन ।
  • लू 24:7-8 : 7 मानिसका पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु र क्रुसमा टाँगिनु, र तेस्रो दिनमा फेरि जीवित हुन आवश्यक छ ।” 8 तब ती स्‍त्रीहरूले उहाँका वचनलाई सम्झे ।
  • लू 24:25-27 : 25 येशूले तिनीहरूलाई भन्‍नुभयो, “हे मूर्ख मानिसहरू र विश्‍वास गर्न सुस्त हृदय भएकाहरू हो, ती सबै कुराहरू अगमवक्‍ताहरूले बोलेका थिएनन् र? 26 के ख्रीष्‍टले यी सबै कुराहरूमा दुःख कष्‍ट भोग्‍न र उसको महिमामा प्रवेश गर्न आवश्यक थिएन र?” 27 तब मोशादेखि लिएर सबै अगमवक्‍ताहरूद्वारा सबै धर्मशास्‍त्रमा येशूको विषयमा भनिएका कुराहरू उहाँले तिनीहरूलाई व्याख्या गरिदिनुभयो ।
  • यूह 2:19-22 : 19 येशूले जवाफ दिनुभयो, “यो मन्दिरलाई भत्काओ र तिन दिनमा म यसलाई खडा गर्नेछु ।” 20 तब यहूदी अधिकारीहरूले भने, “यो मन्दिर बनाउन छयालिस वर्ष लाग्यो र तिमीले यसलाई तिन दिनमा बनाउने?” 21 तर उहाँले आफ्नो शरीरको मन्दिरबारे बताइरहनुभएको थियो । 22 त्यसैले उहाँ मृत्युबाट जीवित भई उठ्नुहुँदा, उहाँले भन्‍नुभएको यो कुरा उहाँका चेलाहरूले सम्‍झे र तिनीहरूले धर्मशास्‍त्र र येशूले भन्‍नुभएको यो भनाइमाथि विश्‍वास गरे ।
  • यूह 12:16 : 16 उहाँका चेलाहरूले सुरुमा यी कुराहरू बुझेनन्, तर जब येशू महिमित हुनुभयो तब उहाँको विषयमा लेखिएका थिए र यी सबै कुराहरू तिनीहरूले उहाँकै निम्ति गरेका थिए भनी उनीहरूले सम्झे ।
  • यूह 12:33-34 : 33 कस्तो किसिमको मृत्यु मर्दै हुनुहुन्छ भन्‍ने सङ्केत गर्न उहाँले यो कुरा भन्‍नुभएको थियो । 34 भिडले उहाँलाई जवाफ दियो, “हामीले व्यवस्थाबाट सुनेका छौँ, कि ख्रीष्‍ट सधैँ रहनुहुनेछ । तपाईं कसरी भन्‍नुहुन्छ, ‘मानिसका पुत्र उचालिनुपर्छ?’ यो मानिसका पुत्र को हो?”
  • यूह 16:17-19 : 17 तब उहाँका चलाहरूमध्ये केहीले एक आपसमा भने “‘अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ ।’ र ‘किनकि म पिताकहाँ जाँदै छु’ भनेर उहाँले हामीलाई के भन्‍नुभएको हो?” 18 त्यसैले तिनीहरूले भने, “उहाँले ‘केही बेरमा’ भनेर के भन्‍नुभएको? उहाँले केको बारेमा बताउँदै हुनुहुन्छ? सो हामी जान्‍दैनौ ।” 19 तिनीहरूले येशूलाई सोध्‍न चाहेको उहाँले देख्‍नुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले एक आपसमा सोधेको कुरा यही हो कि जसको बारेमा मैले भनेँ ‘अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ’ ।”
  • यूह 16:29-30 : 29 उहाँका चेलाहरूले भने, “हेर्नुहोस्, अहिले तपाईं स्पष्‍ट रूपमा बोल्दै हुनुहुन्छ अनि तपाईंले आलङ्कारिक भाषा प्रयोग गरिरहनुभएको छैन । 30 अब हामी जान्दछौँ, कि तपाईं सबै थोक जन्‍नुहुन्छ, अनि कसैले तपाईंलाई प्रश्‍न सोध्‍नु आवश्यक छैन । त्यही कारणले हामी विश्‍वास गर्छौं, कि तपाईं परमेश्‍वरबाट आउनुभएको हो ।”
  • प्रेरि 17:18 : 18 तर त्यहाँ कतिजना एपिक्युरी र स्तोइकी दार्शनिकहरूसँग पनि उनको विवाद भयो । र केहीले यसो भने, “यो बकबकेले के भन्‍न खोज्दैछ?” अरूहरूले भने, “ऊ त विदेशी देवताहरूको प्रचारक जस्तो देखिन्छ ।” किनभने उनले येशू र उहाँको पुनरुत्थानको बारेमा प्रचार गर्दै थिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मर 9:8-9
    2 पदहरू
    84%

    8अचानक जब तिनीहरूले आफ्नो वरिपरि हेरे, तिनीहरूले तिनीहरूसँग येशूबाहेक अरू कसैलाई पनि देखेनन् ।

    9उहाँहरू पहाडबाट तल ओर्लंदै गर्नुहुँदा मानिसका पुत्र मृत्युबाट जीवित भएर नउठेसम्‍म कसैलाई केही पनि नभन्‍नू भनी उहाँले तिनीहरूलाई आज्ञा गर्नुभयो ।

  • मत्त 17:9-10
    2 पदहरू
    80%

    9जब उहाँहरू पहाडबाट तल झर्दै हुनुहुन्थ्यो, येशूले उनीहरूलाई यसो भन्दै आज्ञा दिनुभयो, “मानिसका पुत्र मृतकहरूबाट जीवित भई नउठेसम्म यो दर्शनको विषयमा कसैलाई नबताउनू ।”

    10उहाँका चेलाहरूले उहाँलाई यसो भनेर सोधे, “त्यसो भए, एलिया पहिले आउनुपर्छ भनेर शास्‍त्रीहरू किन भन्छन् त?”

  • मर 9:30-34
    5 पदहरू
    79%

    30उहाँहरू त्यहाँबाट जानुभयो र गालील हुँदै जानुभयो । उहाँहरू कहाँ हुनुहुन्छ कसैलाई थाहा नहोस् भन्‍ने उहाँले चाहनुभयो,

    31किनभने उहाँले आफ्ना चेलाहरूलाई सिकाइरहनुभएको थियो । उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछ र तिनीहरूले उसलाई मार्नेछन् । जब उसलाई मारिनेछ त्यसको तिन दिनपछि ऊ फेरि जीवित भई उठ्नेछ ।”

    32तर तिनीहरूले यो भनाइलाई बुझेनन् र उहाँलाई सोध्‍न तिनीहरू डराए ।

    33अनि उहाँहरू कफर्नहुममा आइपुग्‍नुभयो । जब उहाँ घरमा हुनुहुन्थ्यो उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूले बाटोमा के छलफल गरिरहेका थियौ?”

    34तर सबै चुपचाप भए । किनभने तिनीहरूले “कोचाहिँ सबैभन्दा ठुलो हो” भनी बहस गरिरहेका थिए ।

  • 9त्यसबेलासम्म पनि उहाँ मृतकहरूबाट जीवित भई उठ्नुपर्छ भनी तिनीहरूले अझै पनि धर्मशास्‍त्र बुझेनन् ।

  • लू 9:45-46
    2 पदहरू
    76%

    45तर तिनीहरूले यस भनाइलाई बुझेनन् र यो तिनीहरूबाट लुकाइएको थियो । त्यसैले, तिनीहरूले यसलाई बुझ्‍न सकेनन् । तिनीहरूले त्यस भनाइबारे उहाँलाई सोध्‍न डराए ।

    46तब तिनीहरूबिच सबैभन्दा ठुलो को हुने हो भनी विवाद चल्यो ।

  • मर 16:2-3
    2 पदहरू
    75%

    2हप्‍ताको पहिलो दिन बिहान सबेरै घाम झुल्कँदा तिनीहरू चिहानमा गए ।

    3तिनीहरूले एक आपसमा भन्‍दै थिए, “चिहानको मुखबाट हाम्रो लागि ढुङ्गा कसले हटाइदिन्छ होला?”

  • लू 9:36-37
    2 पदहरू
    75%

    36जब त्यो आवाज बन्द भयो, येशू एकलै हुनुभयो । तिनीहरू चुप भए र ती दिनमा जुन कुरा तिनीहरूले देखेका थिए, कसैलाई पनि भनेनन् ।

    37तिनीहरू पहाडबाट तल ओर्लेर आएको भोलिपल्ट मानिसहरूको ठुलो भिडले उहाँलाई भेट्यो ।

  • 11तिनीहरूले उहाँलाई सोधे “शास्‍त्रीहरूले किन एलिया नै पहिला आउनुपर्छ भनेका त?”

  • लू 24:7-8
    2 पदहरू
    75%

    7मानिसका पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु र क्रुसमा टाँगिनु, र तेस्रो दिनमा फेरि जीवित हुन आवश्यक छ ।”

    8तब ती स्‍त्रीहरूले उहाँका वचनलाई सम्झे ।

  • 34उनीहरूले यी कुनै पनि कुराहरू बुझेनन् र यो वचन उनीहरूबाट लुकाइएका थिए, यसकारण भनिएका कुनै पनि कुराहरू उनीहरूको समझमा आएन ।

  • 30येशूले उहाँको विषयमा कसैलाई पनि नभन्‍नू भनी तिनीहरूलाई चेतावनी दिनुभयो ।

  • 5ती स्‍त्रीहरू डरले भरिएर आफ्नो अनुहार भुइँतिर निहुराइरहेका थिए, तिनीहरूले स्‍त्रीहरूलाई भने, “किन तिमीहरूले जीवितलाई मृतकहरूका बिचमा खोज्छौ?”

  • 16उहाँले आफ्ना चेलाहरूलाई सोध्‍नुभयो, “तिमीहरूले तिनीहरूसँग के बहस गरिरहेका छौ?”

  • 22त्यसैले उहाँ मृत्युबाट जीवित भई उठ्नुहुँदा, उहाँले भन्‍नुभएको यो कुरा उहाँका चेलाहरूले सम्‍झे र तिनीहरूले धर्मशास्‍त्र र येशूले भन्‍नुभएको यो भनाइमाथि विश्‍वास गरे ।

  • 21तर तिनीहरूलाई चेताउनी दिँदै येशूले तिनीहरूलाई यो कसैलाई पनि नभन्‍नू भनी शिक्षा दिनुभयो ।

  • 9त्यसपछि उहाँका चेलाहरूले उहाँलाई यो दृष्‍टान्तको अर्थ के हुन सक्छ भनी सोधे ।

  • 23र तिनीहरूले उनलाई मार्नेछन् र उनी तेस्रो दिनमा उठाइनेछन् ।” चेलाहरू औधी दुःखित भए ।

  • 5उनीहरूले आपसमा भने, “यदि हामीले स्वर्गबाट भन्यौँ भने उसले यसो भन्ला ‘त्यसो भए तिमीहरूले उनलाई किन विश्‍वास गरेनौ?’

  • 8तिनीहरू बाहिर निस्के र चिहानबाट दौडेर गए; तिनीहरू कामिरहेका थिए र छक्‍क परे । तिनीहरूले कसैलाई केही पनि भनेनन्, किनकि तिनीहरू डराएका थिए ।

  • 14जब उहाँ चेलाहरूकहाँ आउनुभयो, उहाँले तिनीहरूका वरिपरि ठुलो भिड देख्‍नुभयो, र शास्‍त्रीहरूले तिनीहरूसँग बहस गरिरहेका थिए ।

  • 19तिनीहरूले जवाफ दिँदै भने, “बप्‍तिस्मा-दिने यहून्‍ना, तर अरूले भन्छन् एलिया र अरूहरूले फेरि उदाएका पुरानो समयका एक जना अगमवक्‍ता हुन् भनी भन्दछन् ।”

  • 30तर परमेश्‍वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो ।

  • 32उहाँहरू यरूशलेम जाने बाटोमा जाँदै हुनुहुन्थ्यो, र येशू तिनीहरूका अगि-अगि जाँदै हुनुहुन्थ्यो । चेलाहरू छक्‍क परिरहेका थिए र तिनीहरूलाई पछ्यानेहरूचाहिँ डराएका थिए । अनि येशूले फेरि ती बाह्र जनालाई अलग्गै लानुभयो र आब चाँडै उहाँलाई के हुने थियो, सो बताउन थाल्नुभयो ।

  • 63तिनीहरूले भने, “हजुर, हामीलाई सम्झना छ, कि त्यो ठगाहा जिउँदो हुँदा त्यसले भनेको थियो, ‘तिन दिनपछि म फेरि उठ्नेछु ।’

  • मर 9:1-2
    2 पदहरू
    71%

    1¶ उहाँले तिनीहरूलाई भन्‍नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, यहाँ खडा हुनेहरूमा तिमीहरूमध्ये केहीले परमेश्‍वरको राज्य शक्‍तिसित आएको देख्‍नुअगि मृत्यु चाख्‍नेछैनन् ।

    2६ दिनपछि येशूले पत्रुस, याकूब र यूहन्‍नालाई आफ्नो साथमा लिएर एउटा अग्लो पहाडमा जानुभयो । त्यसपछि तिनीहरूको सामु उहाँको रूप परिवर्तन भयो ।

  • 4त्यसपछि एलिया र मोशा उहाँहरूकहाँ देखा परे । तिनीहरूले येशूसँग कुरा गरिरहेका थिए ।

  • 31तिनीहरू एक-आपसमा छलफल र बहस गरे र भने, “यदि हामीले ‘स्वर्गबाट’ भन्यौँ भने उहाँले भन्‍नुहुनेछ, ‘त्यसो भए, किन उनलाई विश्‍वास गर्दैनौ?’

  • 6(तिनले के भन्‍ने भनी जानेनन्, किनभने तिनीहरू त्रसित भएका थिए ।)

  • 13अहिले येशूले तिनको मृत्युको बारेमा बोल्नुभएको थियो, तर उहाँ आरामको निद्राको बारेमा बोलिरहनुभएको छ भन्‍ने तिनीहरूले सोचे ।

  • लू 24:16-17
    2 पदहरू
    71%

    16तर तिनीहरूका आँखा उहाँलाई नचिन्‍ने बनाइएका थिए ।

    17येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू दुवै जना हिँड्दै गर्दा के को विषयमा कुरा गरिरेहेका थियौ?” उदास भएर तिनीहरू त्यहाँ उभिए ।

  • 12तिनीहरू सबै जना चकित र जिल्ल परेर तिनीहरूले एकअर्कालाई भने, “यसको तात्पर्य के हो?”

  • 26मानिसहरूको सामुन्‍ने उहाँले बोल्नुभएका कुरामा शास्‍त्री र मुख्य पुजारीहरूले उहाँलाई फसाउन सकेनन् । उहाँको जवाफमा उनीहरू छक्‍क परे र केही पनि भन्‍न सकेनन् ।

  • लू 9:32-33
    2 पदहरू
    70%

    32अब पत्रुस र तिनीसँग भएकाहरू निन्द्राले लट्ठ भएका थिए । तर जब तिनीहरू पूर्ण रूपले ब्युँझे, तिनीहरूले उहाँसँगै उभिरहेका दुई जना मानिस र उहाँको महिमालाई देखे ।

    33तिनीहरू येशूबाट टाढा जाँदै गर्दा, पत्रुसले उहाँलाई भने, “गुरुज्यू, हामी यहाँ तिन वटा टहरा बनाऔँ, यो हाम्रो लागि असल छ । एउटा तपाईंको लागि, अर्को मोशाको लागि र एउटा एलियाको लागि ।” उहाँले केको बारेमा भन्दै हुनुहुन्थ्यो भन्‍ने कुरा उनले बुझेनन् ।

  • 14जे भएको थियो, ती सबै कुराको विषयमा तिनीहरूले एक-अर्कामा छलफल गरे ।

  • 23र तिनीहरूमध्ये कसले यो गर्ला भनी तिनीहरूबिच आफैँमा प्रश्‍न गर्न लागे ।

  • 30हेर, त्यहाँ दुई जना मानिस उहाँसँग कुरा गरिरहेका थिए! तिनीहरू मोशा र एलिया थिए,

  • 30अनि तिनीहरूका आँखा खोलिए । त्यसपछि येशूले तिनीहरूलाई कडासाथ आज्ञा गर्नुभयो र भन्‍नुभयो, “ख्याल गर, कि यो कुराबारे कसैलाई पनि थाहा नहोस् ।”