मरकुस 9:23
येशूले तिनलाई भन्नुभयो, “‘यदि तपाईंले गर्न सक्नुहुन्छ भने’? विश्वास गर्नेको निम्ति सबै कुरा सम्भव छ ।”
येशूले तिनलाई भन्नुभयो, “‘यदि तपाईंले गर्न सक्नुहुन्छ भने’? विश्वास गर्नेको निम्ति सबै कुरा सम्भव छ ।”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
24तुरुन्तै त्यस बालकको बुबा चिच्च्याए र भने, “म विश्वास गर्छु! मेरो अविश्वासमा सहायता गर्नुहोस् ।”
25जब येशूले भिड दौडदै उहाँहरूतिर आइरहेको देख्नुभयो, उहाँले त्यो अशुद्ध आत्मालाई हप्काउनुभयो र भन्नुभयो, “तँ गुँगा र बहिरो आत्मा, म आज्ञा गर्छु यसबाट निस्किजा र कहिल्यै पनि यसमा प्रवेश नगर ।”
21येशूले त्यसको बुबालाई सोध्नुभयो, “यस्तो भएको कति भयो?” बुबाले भने, “बाल्यकालदेखि नै हो ।
22यसले उसलाई प्रायः आगो वा पानीमा फ्याँकेको छ र उसलाई मार्न खोज्थ्यो । यदि तपाईंले कुनै कुरा गर्न सक्नुहुन्छ भने हामीमाथि दया देखाउनुहोस् र सहायता गर्नुहोस् ।”
26येशूले तिनीहरूलाई हेर्नुभयो र भन्नुभयो, “मानिसहरूका निम्ति त यो असम्भव छ, तर परमेश्वरको निम्ति सबै कुरा सम्भव छन् ।”
26तिनीहरू अति चकित भए र एक-आपसमा भन्न लागे, “त्यसो हो भने, कसले उद्धार पाउन सक्छ त?”
27येशूले तिनीहरूलाई हेर्नुभयो र भन्नुभयो, “मानिसहरूका लागि यो असम्भव हुन्छ, तर परमेश्वरको लागि होइन । परमेश्वरको निम्ति सबै कुरा सम्भव छ ।”
19त्यसपछि चेलाहरू गुप्तमा येशूकहाँ आए र भने, “हामीले किन त्यसलाई बाहिर निकाल्न सकेनौँ?”
20येशूले उनीहरूलाई भन्नुभयो, “तिमीहरूको कमजोर विश्वासको कारण । किनकि साँच्चै म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूसँग रायोको दाना जत्तिकै मात्र विश्वास छ भने पनि, यो पहाडलाई तिमीहरूले ‘यहाँबाट हटेर त्यहाँ जा’ भन्यौ भने पनि त्यो जानेछ र तिमीहरूका निम्ति कुनै पनि कुरा असम्भव हुनेछैन ।
21तर यस्तो किसिमको भूतात्माचाहिँ प्रार्थना र उपवासविना बाहिर निस्कँदैन ।”
27येशूले जवाफ दिनुभयो, “मानिसको निम्ति जुन कुरा असम्भव छ, त्यो परमेश्वरमा सम्भव छ ।”
22“परमेश्वरमा विश्वास गर” भनेर येशूले उत्तर दिनुभयो ।
23साँचो साँचो म भन्दछु, जसले यो पहाडलाई, ‘उठ् र समुद्रमा झर्’ भन्छ, अनि त्यसले आफ्नो हृदयमा कुनै शङ्का गर्दैन, तर त्यसले मागेको कुरा हुन्छ भनी विश्वास गर्छ, परमेश्वरले त्यही नै गर्नुहुनेछ ।
24त्यसकारण म तिमीहरूलाई भन्दछुः तिमीहरूले जुन कुराको निम्ति प्रार्थना गर्छौ र माग्छौ, यो तिमीहरूले पाएका छौ र तिमीहरूको हुनेछ भनी विश्वास गर ।
28जब येशू घरभित्र आउनुभयो, ती दृष्टिविहीनहरू उहाँकहाँ आए । येशूले तिनीहरूलाई भन्नुभयो, “म यो गर्न सक्छु भनी के तिमीहरू विश्वास गर्छौ?” तिनीहरूले उहाँलाई भने “ज्यू, प्रभु ।”
29त्यसपछि येशूले तिनीहरूका आँखा छोएर भन्नुभयो, “तिमीहरूले विश्वास गरेअनुसार तिमीहरूका निम्ति यो गरियोस् ।”
21येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूमा विश्वास छ र शङ्का गरेनौ भने यस अन्जीरको बोटलाई जे गरिएको थियो त्यो मात्र होइन, तर तिमीहरूले यस पहाडलाई, ‘यहाँबाट उखेलिएर समुद्रमा जा’ भन्यौ भने पनि त्यसै हुनेछ ।
22तिमीहरूले विश्वास गरेर जेसुकै कुरा प्रार्थनामा माग्छौ, त्यो तिमीहरूले पाउनेछौ ।”
41“मैले तिम्रो निम्ति के गरेको तिमी चाहन्छौ?” उसले भन्यो, “प्रभु, म देख्न चाहन्छु ।”
42येशूले भन्नुभयो, “तिमी देख्ने भइ जाऊ । तिम्रो विश्वासले तिमीलाई निको पारेको छ ।”
35तिनीहरूले त्यसलाई सभाघरबाट बाहिर निकालिदिए भन्ने येशूले सुन्नुभयो । उहाँले त्यसलाई भेटाउनुभयो र भन्नुभयो, “के तिमी मानिसका पुत्रमा विश्वास गर्छौ?”
36त्यसले जवाफ दियो, र भन्यो, “प्रभु, उहाँ को हुनुहुन्छ, कि मैले विश्वास गर्न सकौँ?”
37येशूले त्यसलाई भन्नुभयो, “तिमीले उसलाई देखेका छौ, तिमीसँग बोल्दै गर्ने उही हो ।”
38त्यो मानिसले भन्यो, “प्रभु, म विश्वास गर्छु” तब त्यसले उहाँको आराधना गर्यो ।
48तब येशूले तिनलाई भन्नुभयो, “चिह्नहरू र आश्चर्यकर्महरू नदेखेसम्म तिमीहरूले विश्वास गर्नेछैनौ ।”
49ती अधिकारीले उहाँलाई भने, “महाशय, मेरो छोरो मर्नुअगावै आउनुहोस् ।”
50येशूले तिनलाई भन्नुभयो, “जाऊ, तिम्रो छोरा बाँच्छ ।” येशूले तिनलाई भन्नुभएको वचन तिनले विश्वास गरे, र तिनी आफ्नो बाटो लागे ।
13येशूले त्यस कप्तानलाई भन्नुभयो, “जाऊ । तिमीले विश्वास गरेजस्तै तिम्रो निम्ति गरियोस् ।” अनि त्यही घडी तिनको नोकर निको भयो ।
27तर येशूले त्यस केटालाई हातले समातेर उठाउनुभयो, र त्यो केटा उभियो ।
28जब येशू घरभित्र पस्नुभयो, चेलाहरूले उहाँलाई गुप्तमा सोधे, “हामीले यसलाई किन निकाल्न सकेनौँ?”
29उहाँले तिनीहरूलाई भन्नुभयो, “यस्तो किसिमको कुरालाई प्रार्थनाले बाहेक निकाल्न सकिँदैन ।”
37त्यसैले, ती इथियोपियालीले रथ रोक्न आज्ञा दिए अनि फिलिप र नपुंसक दुवै जना पानी भएको ठाउँमा गए र फिलिपले तिनलाई बप्तिस्मा दिए ।
19उहाँले त्यसलाई भन्नुभयो, “उठ र आफ्नो बाटो जाऊ, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ ।”
36तर जब येशूले तिनीहरूले भनेको कुरा सुन्नुभयो, उहाँले सभाघरका अगुवालाई भन्नुभयो, “नडराऊ । विश्वास मात्र गर ।”
36उहाँले भन्नुभयो, “हे अब्बा, पिता तपाईंमा सबै थोक सम्भव छ । यो कचौरा मबाट हटाउनुहोस् । तर मेरो इच्छा होइन, तपाईंको इच्छा पुरा होस् ।”
6प्रभुले भन्नुभयो “यदि तिमीसँग रायोको बिउजत्रो विश्वास छ भने नेभाराको रुखलाई ‘यहाँबाट उखेलिएर समुद्रमा जा’ भन्यौ भने त्यसले तिम्रो आज्ञा मान्नेछ ।
40येशूले तिनलाई भन्नुभयो, “के मैले तिमीलाई भनिनँ, कि यदि तिमीले विश्वास गर्यौ भने तिमीले परमेश्वरको महिमा देख्नेछौ?”
51येशूले त्यसलाई जवाफ दिनुभयो र भन्नुभयो, “मैले तिम्रो निम्ति के गरेको चाहन्छौ?” त्यो दृष्टिविहीन मानिसले भन्यो, “रब्बी, म मेरो दृष्टि प्राप्त गर्न चाहन्छु ।”
52येशूले त्यसलाई भन्नुभयो, “जाऊ! तिम्रो विश्वासले तिमीलाई निको पारेको छ ।” त्यो तुरुन्तै फेरि देख्न सक्यो र त्यो उहाँको पछिपछि गयो ।
42त्यो केटो आउँदै थियो, भूतले उसलाई भुइँमा पछार्यो, र भयानक तवरले कमायो । तर येशूले अशुद्ध आत्मालाई हप्काउनुभयो र केटालाई निको पार्नुभयो र उसको बुबालाई फिर्ता दिनुभयो ।
43तिनीहरू परमेश्वरको महानतामा चकित भए । तर सबै जना उहाँले गर्नुभएका यी सबै कुराहरूप्रति चकित भइरहँदा, उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो,
40मैले ऊबाट यसलाई निकाल्न भनेर तपाईंका चेलाहरूसँग बिन्ती गरेँ, तर तिनीहरूले सकेनन् ।”
2हेर, एक जना कुष्ठरोगी उहाँको नजिक आयो र उहाँको अगि घोप्टो पर्यो, र भन्यो, “हे प्रभु, तपाईंले इच्छा गर्नुभयो भने, मलाई शुद्ध पार्न सक्नुहुन्छ ।”
50तर जब येशूले त्यो सुन्नुभयो, उहाँले उसलाई जवाफ दिनुभयो, “नडराऊ, विश्वास मात्र गर र तिनी बचाइनेछिन् ।”
40एक जना कुष्ठरोगी उहाँकहाँ आयो । त्यसले उहाँलाई बिन्ती गरिरहेको थियो; त्यसले घुँडा टेक्यो र उहाँलाई भन्यो, “यदि तपाईंले चाहनुभयो भने, तपाईंले मलाई शुद्ध गर्न सक्नुहुन्छ ।”
41येशू दयाले भरिनुभयो र आफ्नो हात फैलाएर त्यसलाई छुनुभयो, अनि भन्नुभयो, “म चाहन्छु । तिमी शुद्ध होइजाऊ ।”
22तर येशू पछाडि फर्कनुभयो र तिनलाई देख्नुभयो, र भन्नुभयो “छोरी, साहस गर । तिम्रो विश्वासले तिमीलाई निको पारेको छ ।” अनि ती स्त्री तुरुन्तै निको भइन् ।
20येशूले तिनीहरूको विश्वासलाई देख्नुभयो र भन्नुभयो, “हे मानिस, तिम्रो विश्वासको कारण तिम्रा पाप क्षमा भएका छन् ।”
33यदि यो मानिस परमेश्वरबाट आएको होइन भने उहाँले केही पनि गर्न सक्नुहुन्नथ्यो ।”
21येशूले उसलाई भन्नुभयो, “यदि तिमी सिद्ध हुने इच्छा गर्छौ भने, जाऊ, र तिमीसँग जे-जति छ त्यो बेच, र ती गरिबहरूलाई देऊ र तिमीले स्वर्गमा धन प्राप्त गर्नेछौ । त्यसपछि आएर मलाई पछ्याऊ ।”