मत्ती 8:13
येशूले त्यस कप्तानलाई भन्नुभयो, “जाऊ । तिमीले विश्वास गरेजस्तै तिम्रो निम्ति गरियोस् ।” अनि त्यही घडी तिनको नोकर निको भयो ।
येशूले त्यस कप्तानलाई भन्नुभयो, “जाऊ । तिमीले विश्वास गरेजस्तै तिम्रो निम्ति गरियोस् ।” अनि त्यही घडी तिनको नोकर निको भयो ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
5जब येशू कर्फनहुममा प्रवेश गर्नुभएको थियो, एक जना कप्तान उहाँकहाँ आएर उहाँलाई सोधे,
6“हे प्रभु, मेरो एक जना नोकर पक्षाघातले ग्रसित भएर घरमा पल्टिरहेको छ र ऊ भयानक पीडामा छ ।”
7येशूले तिनलाई भन्नुभयो, “म आएर उसलाई निको पार्नेछु ।”
8कप्तानले जवाफ दिए र भने, “प्रभु, तपाईं मेरो घरको छानामुनि आउनको निम्ति म योग्यको छैनँ । तपाईंले केवल वचन मात्र बोलिदिनुहोस् र मेरो नोकर निको हुनेछ ।
9किनकि म पनि एउटा यस्तो मानिस हुँ जो अधिकारको मुनि राखिएको छु, र मेरो मुनि पनि सिपाहीहरू छन् । म एक जनालाई ‘जाऊ’ भन्छु र ऊ जान्छ, र अर्कोलाई ‘आऊ’ भन्छु र ऊ आउँछ, अनि मेरो नोकरलाई ‘त्यो गर’ भन्छु र उसले त्यो गर्छ ।”
10जब येशूले यो सुन्नुभयो, उहाँ छक्क पर्नुभयो र उहाँलाई पछ्याउनेहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, इस्राएलमा पनि मैले यस्तो विश्वास भएको कोही पाएको थिइनँ ।
6त्यसैले, येशू तिनीहरूसँगै सरासर बाटो लाग्नुभयो । तर उहाँ घरबाट धेरै टाढा नहुँदै कप्तानले साथीहरू पठाएर उहाँलाई यसो भन्न लगाए, “प्रभु तपाईंले आफैँलाई दुःख नदिनुहोस्, किनकि तपाईं मेरो घरभित्र प्रवेश गर्न योग्यको छैनँ ।
7यही कारणले मैले आफैँलाई तपाईंकहाँ आउने प्रर्याप्त योग्यको ठानिनँ, तर वचन बोली दिनुहोस् र मेरो दास निको हुनेछ ।
8किनकि म पनि एउटा अधिकार पाएको मानिस हुँ र मेरोमुनि सिपाहीहरू छन् । मैले एउटलाई जा भन्छु र त्यो जान्छ र अर्कोलाई आइज भन्छु र त्यो आउँछ र मेरो दासलाई ‘यसो गर भन्छु,‘ त्यसले त्यो गर्छ ।”
9जब येशूले त्यो सुन्नुभयो, उहाँ अचम्मित हुनुभयो र भिडतिर फर्केर उनलाई देखाउँदै भन्नुभयो, “म तिमीहरूलाई भन्दछु, कि इस्राएलमा पनि मैले कसैमा यस्तो विश्वास भेट्टाएको छैन ।”
10तब ती पठाइएका मानिसहरू घरमा फर्केर आए र दासलाई स्वस्थ अवस्थामा भेट्टाए ।
1¶ सुनिरहेका मानिसहरूलाई सबै कुरा भनेर सक्नुभएपछि येशू कफर्नहुममा प्रवेश गर्नुभयो ।
2एउटा कप्तानको दास जो उनका लागि अति नै महत्त्वपूर्ण थियो, ऊ साह्रै बिरामी भएर मर्नै आँटेको थियो ।
3तर उनले येशूको बारेमा सुनेको हुनाले कप्तानले यहूदीहरूका धर्म-गुरुहरूलाई येशूकहाँ गएर उहाँ आएर आफ्नो दासलाई मर्नदेखि बचाइ दिनुहोस् भनी पठायो ।
49ती अधिकारीले उहाँलाई भने, “महाशय, मेरो छोरो मर्नुअगावै आउनुहोस् ।”
50येशूले तिनलाई भन्नुभयो, “जाऊ, तिम्रो छोरा बाँच्छ ।” येशूले तिनलाई भन्नुभएको वचन तिनले विश्वास गरे, र तिनी आफ्नो बाटो लागे ।
51तिनी जाँदै गर्दा, तिनका छोरो जीवित भए भन्दै तिनका नोकरहरूले तिनलाई भेटे ।
52यसकारण, उसको सुधार कति बेलादेखि भएको थियो भनी तिनले तिनीहरूलाई सोधे । तिनीहरूले तिनलाई जवाफ दिए, “हिजो सातौँ घडीमा उसलाई ज्वरोले छोड्यो ।”
53त्यसपछि यो येशूले “तिम्रो छोरा बाँच्छ” भन्नुभएको घडी थियो भन्ने ती बुबाले महसुस गरे । यसकारण तिनी र तिनका आफ्ना सम्पूर्ण घरानाले विश्वास गरे ।
28त्यसपछि येशूले जवाफ दिनुभयो र तिनलाई भन्नुभयो, “स्त्री, तिम्रो विश्वास महान् छ । तिमीले इच्छा गरेअनुसार तिम्रो निम्ति गरियोस् ।” र त्यही घडी तिनकी छोरी निको भइन् ।
19उहाँले त्यसलाई भन्नुभयो, “उठ र आफ्नो बाटो जाऊ, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ ।”
52येशूले त्यसलाई भन्नुभयो, “जाऊ! तिम्रो विश्वासले तिमीलाई निको पारेको छ ।” त्यो तुरुन्तै फेरि देख्न सक्यो र त्यो उहाँको पछिपछि गयो ।
22तर येशू पछाडि फर्कनुभयो र तिनलाई देख्नुभयो, र भन्नुभयो “छोरी, साहस गर । तिम्रो विश्वासले तिमीलाई निको पारेको छ ।” अनि ती स्त्री तुरुन्तै निको भइन् ।
47जब त्यस स्त्रीले आफूले गरेको कुरा लुकाउन नसक्ने देखिन्, तब काँप्दै येशूको चरणमा घोप्टो परिन्, तिनले येशूलाई छुनुको कारण र कसरी तुरुन्तै निको भइन् सबै मानिसहररूका सामु बताइन् ।
48त्यसपछि उहाँले तिनलाई भन्नुभयो, “छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ । शान्तिसँग जाऊ ।”
49जब उहाँ अझै बोल्दै हुनुहुन्थ्यो, सभाघरका अगुवाको घरबाट एक जना आएर भने, “तिम्री छोरी मरिसकिन् । गुरुलाई दुःख नदेऊ ।”
50तर जब येशूले त्यो सुन्नुभयो, उहाँले उसलाई जवाफ दिनुभयो, “नडराऊ, विश्वास मात्र गर र तिनी बचाइनेछिन् ।”
29त्यसपछि येशूले तिनीहरूका आँखा छोएर भन्नुभयो, “तिमीहरूले विश्वास गरेअनुसार तिमीहरूका निम्ति यो गरियोस् ।”
42येशूले भन्नुभयो, “तिमी देख्ने भइ जाऊ । तिम्रो विश्वासले तिमीलाई निको पारेको छ ।”
14जब येशू पत्रुसको घरमा आउनुभयो, उहाँले पत्रुसकी सासू ज्वरोले बिरामी भई थला परिरहेकी देख्नुभयो ।
15येशूले तिनको हातमा छुनुभयो, अनि ज्वरोले तिनलाई छोड्यो । त्यसपछि तिनी उठिन् र उहाँको सेवा गर्न थालिन् ।
16जब साँझ पर्यो, मानिसहरूले भूतात्मा लागेका धेरै मानिसहरूलाई येशूकहाँ ल्याए । उहाँले एउटै वचनबाट भूतात्माहरूलाई बाहिर निकाल्नुभयो र सबै बिरामीलाई निको पार्नुभयो ।
17यसरी यशैया अगमवक्ताद्वारा भनिएको यस्तो वचन पुरा भयो, “उहाँ आफैँले नै हाम्रा बिमारीहरू लिनुभयो र हाम्रा रोगहरू वहन गर्नुभयो ।”
34उहाँले तिनलाई भन्नुभयो, “हे छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ । शान्तिसाथ जाऊ र तिम्रो रोगबाट निको होऊ ।”
2हेर, एक जना कुष्ठरोगी उहाँको नजिक आयो र उहाँको अगि घोप्टो पर्यो, र भन्यो, “हे प्रभु, तपाईंले इच्छा गर्नुभयो भने, मलाई शुद्ध पार्न सक्नुहुन्छ ।”
3येशूले आफ्नो हात पसार्नुभयो र उसलाई छुनुभयो, र भन्नुभयो, “म चाहन्छु । तिमी शुद्ध होऊ ।” तब तुरून्तै आफ्नो कुष्ठरोगबाट ऊ शुद्ध भयो ।
39“आफ्नो घर फर्क र परमेश्वरले तिम्रो निम्ति गर्नुभएका महान् कार्यहरूको स्मरण गर ।”
36तर जब येशूले तिनीहरूले भनेको कुरा सुन्नुभयो, उहाँले सभाघरका अगुवालाई भन्नुभयो, “नडराऊ । विश्वास मात्र गर ।”
50तब येशूले स्त्रीलाई भन्नुभयो, “तिम्रो विश्वासले तिमीलाई बचाएको छ, शान्तिसँग जाऊ ।”
47जब येशू यहूदियाबाट गालील आउनुभएको तिनले सुने, तिनी येशूकहाँ गए र उहाँ आएर तिनका मर्न लागेका छोरालाई निको पारिदिनुहोस् भनी उहाँलाई बिन्ती गरे ।
42तुरुन्तै कुष्ठ रोगले त्यसलाई छोड्यो र त्यो शुद्ध भयो ।
21त्यस घडीमा उहाँले धेरै मानिसहरूलाई तिनीहरूका रोग, दुःखकष्ट र दुष्टात्माबाट निको पार्नुभयो र उहाँले धेरै दृष्टिविहीन मानिसहरूलाई देख्न सक्ने क्षमता दिनुभयो ।
23येशूले तिनलाई भन्नुभयो, “‘यदि तपाईंले गर्न सक्नुहुन्छ भने’? विश्वास गर्नेको निम्ति सबै कुरा सम्भव छ ।”
11“म तिमीलाई भन्दछु, उठ र आफ्नो ओछ्यान बोक र तिम्रो घर जाऊ ।”
8जब भिडले यो देख्यो, तिनीहरू छक्क परेर मानिसहरूलाई यस्तो अधिकार दिनुभएको परमेश्वरको प्रशंसा गरे ।
13येशूले हात पसारेर छुनुभयो र भन्नुभयो, “म चाहन्छु कि तिमी शुद्ध होऊ ।” अनि तत्कालै कुष्ठरोगले उसलाई छोड्यो ।
18जब येशूले तिनीहरूलाई यो कुरा भनिरहनुभएको थियो, हेर, एउटा अधिकारी आए र येशूलाई दण्डवत् गरे । तिनले भने, “मेरी छोरी भर्खरै मरेकी छन्, तर आएर तपाईंले तिनको शिरमाथि हात राखिदिनुहोस् र तिनी फेरि जीवित हुनेछिन् ।”
7तर तिमीहरूमध्ये को होला जसको नोकरले जोत्दै वा भेडा चराउँदै गर्दा उसले तिमीलाई भन्नेछ, तत्कालै आउनुहोस् र खाना खानलाई बसौँ ।”
19तर येशूले त्यसलाई आफूसँग आउन अनुमति दिनुभएन । उहाँले भन्नुभयो, “तिम्रो जाति र तिम्रो घरमा जाऊ, र प्रभुले तिम्रो निम्ति के गर्नुभयो र कस्तो अनुग्रह गर्नुभयो, सो उनीहरूलाई भन ।”
18येशूले उसलाई हकार्नुभयो र भूतात्मा उसबाट बाहिर निस्क्यो । त्यो केटा त्यही घडीबाट निको भयो ।