लूका 7:50
तब येशूले स्त्रीलाई भन्नुभयो, “तिम्रो विश्वासले तिमीलाई बचाएको छ, शान्तिसँग जाऊ ।”
तब येशूले स्त्रीलाई भन्नुभयो, “तिम्रो विश्वासले तिमीलाई बचाएको छ, शान्तिसँग जाऊ ।”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
46तर येशूले भन्नुभयो, “कसैले मलाई छोयो, किनभने शक्ति मबाट बाहिर गइरहेको मैले थाहा पाएँ ।”
47जब त्यस स्त्रीले आफूले गरेको कुरा लुकाउन नसक्ने देखिन्, तब काँप्दै येशूको चरणमा घोप्टो परिन्, तिनले येशूलाई छुनुको कारण र कसरी तुरुन्तै निको भइन् सबै मानिसहररूका सामु बताइन् ।
48त्यसपछि उहाँले तिनलाई भन्नुभयो, “छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ । शान्तिसँग जाऊ ।”
49जब उहाँ अझै बोल्दै हुनुहुन्थ्यो, सभाघरका अगुवाको घरबाट एक जना आएर भने, “तिम्री छोरी मरिसकिन् । गुरुलाई दुःख नदेऊ ।”
50तर जब येशूले त्यो सुन्नुभयो, उहाँले उसलाई जवाफ दिनुभयो, “नडराऊ, विश्वास मात्र गर र तिनी बचाइनेछिन् ।”
32तर येशूले यो कसले गरेको थियो भनी देख्न वरिपरि हेर्नुभयो ।
33ती स्त्रीले आफूलाई के भएको थियो भन्ने कुरा थाहा पाइन्, अनि तिनी डरले कामिन् । तिनी उहाँको सामु घोप्टो परिन् र सबै सत्यता उहाँलाई बताइन् ।
34उहाँले तिनलाई भन्नुभयो, “हे छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ । शान्तिसाथ जाऊ र तिम्रो रोगबाट निको होऊ ।”
47यो घटनाको कारणले म तिमीलाई भन्दछु, कि जसका धेरै पाप थिए र बढी क्षमा गरिएको छ, तिनले धेरै प्रेम गरेकी छन् । तर जसलाई थोरै मात्र क्षमा गरिएको छ, उसले थोरै नै मात्र प्रेम गर्छ ।”
48तब उहाँले तिनलाई भन्नुभयो, “तिम्रा पापहरू क्षमा भएका छन् ।”
49त्यहाँ एकसाथ बसिरहेकाहरूले एक-अर्कामा भन्न थाले, ‘पाप क्षमा गर्ने यी को हुन् र?‘
42येशूले भन्नुभयो, “तिमी देख्ने भइ जाऊ । तिम्रो विश्वासले तिमीलाई निको पारेको छ ।”
43तुरुन्तै उसले देख्न सक्यो र परमेश्वरको महिमा गर्दै उहाँलाई पछ्यायो । यो देखेर सबै मानिसहरूले परमेश्वरको प्रशंसा गरे ।
19उहाँले त्यसलाई भन्नुभयो, “उठ र आफ्नो बाटो जाऊ, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ ।”
21किनकि तिनले आफैँलाई यसो भनेकी थिइन्, “मैले उहाँको वस्त्र मात्र छोएँ भने पनि, म निको पारिनेछु ।”
22तर येशू पछाडि फर्कनुभयो र तिनलाई देख्नुभयो, र भन्नुभयो “छोरी, साहस गर । तिम्रो विश्वासले तिमीलाई निको पारेको छ ।” अनि ती स्त्री तुरुन्तै निको भइन् ।
20येशूले तिनीहरूको विश्वासलाई देख्नुभयो र भन्नुभयो, “हे मानिस, तिम्रो विश्वासको कारण तिम्रा पाप क्षमा भएका छन् ।”
28त्यसपछि येशूले जवाफ दिनुभयो र तिनलाई भन्नुभयो, “स्त्री, तिम्रो विश्वास महान् छ । तिमीले इच्छा गरेअनुसार तिम्रो निम्ति गरियोस् ।” र त्यही घडी तिनकी छोरी निको भइन् ।
10येशू खडा हुनुभयो र त्यसलाई भन्नुभयो, “हे नारी, तिमीलाई दोष लगाउनेहरू कहाँ छन्? के कसैले तिमीलाई दण्ड दिएन?”
11त्यसले भनी, “कसैले दिएन, प्रभु” येशूले भन्नुभयो, “न त म पनि तिमीलाई दण्ड दिन्छु । जाऊ, र कुनै पाप नगर ।” ]
29उहाँले तिनलाई भन्नुभयो, “तिमीले यसो भनेकी हुनाले तिमी जानलाई स्वतन्त्र छौ । तिम्री छोरीबाट भूत निस्केर गएको छ ।”
30तिनी आफ्नो घर फर्केर गइन् र आफ्नी छोरी ओछ्यानमा पल्टिरहेकी पाइन्, र भूत निस्केर गएको थियो ।
50येशूले तिनलाई भन्नुभयो, “जाऊ, तिम्रो छोरा बाँच्छ ।” येशूले तिनलाई भन्नुभएको वचन तिनले विश्वास गरे, र तिनी आफ्नो बाटो लागे ।
5तिनीहरूको विश्वास देखेर येशूले पक्षाघाती मानिसलाई भन्नुभयो, “छोरो, तिम्रा पापहरू क्षमा भएका छन् ।”
52येशूले त्यसलाई भन्नुभयो, “जाऊ! तिम्रो विश्वासले तिमीलाई निको पारेको छ ।” त्यो तुरुन्तै फेरि देख्न सक्यो र त्यो उहाँको पछिपछि गयो ।
12जब येशूले तिनलाई देख्नुभयो, उहाँले तिनलाई बोलाउनुभयो र भन्नुभयो, “तिम्रो दुर्बलताबाट छुटकारा पाऊ ।”
13उहाँले तिनीमाथि हात राख्नुभयो र तिनी तत्कालै सोझो भएर उभिन् र परमेश्वरको महिमा गरिन् ।
43सिमोनले उहाँलाई जवाफ दिए र भने, “म विचार गर्छु कि जसलाई उनले बढी माफ गरे । येशूले उसलाई भन्नुभयो तिमीले ठिकसित न्याय गर्यौ ।”
44येशू स्त्रीतिर फर्केर सिमोनलाई भन्नुभयो, “तिमी यो स्त्रीलाई देख्दछौ । म तिम्रो घरभित्र प्रवेश गरेँ । तिमीले मेरो पाउ धुनलाई पानीसम्म दिएनौँ, तर तिनले त आफ्नो आँसुले मेरा पाउ भिजाइन्, र कपालले मेरा पाउ पुछिन् ।
13येशूले त्यस कप्तानलाई भन्नुभयो, “जाऊ । तिमीले विश्वास गरेजस्तै तिम्रो निम्ति गरियोस् ।” अनि त्यही घडी तिनको नोकर निको भयो ।
27तर तिनले येशूको बारेमा सुनेकी थिइन् । त्यसैले, उहाँ भिडमा हिँडिरहनुभएको बेला तिनी उहाँको पछाडि आइन्, अनि तिनले उहाँको खास्टो छोइन् ।
28किनकि तिनले भनिन्, “यदि मैले उहाँको खास्टो छोएँ भने म निको हुनेछु ।”
29जब तिनले उहाँलाई छोइन्, रगत बग्न रोकियो, अनि तिनले आफू आफ्नो कष्टबाट निको भएकी महसुस गरिन् ।
30येशूले आफूबाट शक्ति निस्केर गएको तुरुन्तै थाहा पाउनुभयो । अनि उहाँ भिडतिर फर्केर भन्नुभयो, “कसले मेरो लुगा छोयो?”
42तिनीहरूले ती स्त्रीलाई भने, “तिमीले भनेकी कारणले हामी विश्वास गर्दैनौँ, किनकि हामी आफैँले सुनेका छौँ र हामी जान्दछौँ, कि उहाँ नै संसारका उद्धारकर्ता हुनुहुन्छ ।”
39“मैले गरेका सबै कुरा उहाँले मलाई भन्नुभयो” भनी स्त्रीले दिएको गवाहीले गर्दा त्यस सहरमा बसोबास गर्ने धेरै सामरीहरूले उहाँमा विश्वास गरे ।
5कुन कुराचाहिँ भन्न सजिलो छ, ‘तिम्रा पाप क्षमा भएका छन् भन्न कि उठ र हिँड भन्न?’
6तर मानिसका पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भन्ने कुरा तिमीहरूले जान्न सक ।” उहाँले त्यस पक्षाघातीलाई भन्नुभयो, “उठ, आफ्नो ओछ्यान उठाऊ र आफ्नो घर जाऊ ।”
7त्यसपछि त्यो मानिस उठ्यो र आफ्नो घरतर्फ गयो ।
39जब येशूलाई बोलाउने फरिसीले यो देख्यो, तब उसले आफूले विचार गर्दै भन्यो, “यदि यी मानिस एउटा अगमवक्ता भएको भए, तब उनले जान्ने थिए कि को र कस्ती प्रकारकी स्त्रीले उहाँलाई छोइरहेकी छे र त्यो एउटी पापी स्त्री हो भनेर ।”
40येशूले जवाफ दिएर उसलाई भन्नुभयो, “सिमोन मैले तिमीलाई केही भन्नु छ ।” उसले भन्यो, “गुरुज्यू, भन्नुहोस् ।”
37ती शिक्षकले भने, “जसले त्यसलाई दया देखायो ।” येशूले तिनलाई भन्नुभयो, “जाऊ र तिमीले पनि त्यसै गर ।”
25तर तुरुन्तै एउटा स्त्रीले उहाँको बारेमा सुनिन् र त्यहाँ आईन् जसकी सानी छोरीलाई अशुद्ध आत्मा लागेको थियो । तिनी उहाँको पाउमा घोप्टो परिन् ।
39“आफ्नो घर फर्क र परमेश्वरले तिम्रो निम्ति गर्नुभएका महान् कार्यहरूको स्मरण गर ।”
2हेर, तिनीहरूले उहाँकहाँ ओछ्यानमा सुतिरहेको एउटा पक्षाघातीलाई ल्याए । तिनीहरूको विश्वास देखेर येशूले त्यो पक्षाघात भएको व्यक्तिलाई भन्नुभयो, “छोरा आनन्दित होऊ । तिम्रा पाप क्षमा भएका छन् ।”
23कुन कुरा सजिलो छ ‘तिम्रा पाप क्षमा भए भन्नु वा उठेर हिँड् भन्नु?‘
19तर येशूले त्यसलाई आफूसँग आउन अनुमति दिनुभएन । उहाँले भन्नुभयो, “तिम्रो जाति र तिम्रो घरमा जाऊ, र प्रभुले तिम्रो निम्ति के गर्नुभयो र कस्तो अनुग्रह गर्नुभयो, सो उनीहरूलाई भन ।”
6तर येशूले भन्नुभयो, “तिनलाई छोडिदेओ । तिमीहरूले तिनलाई किन दुःख दिइरहेका छौ? तिनले मेरो निम्ति सुन्दर काम गरेकी छन् ।
27तिनले उहाँलाई भनिन्, “हो प्रभु, म विश्वास गर्छु, तपाईं नै संसारमा आइरहनुभएका परमेश्वरका पुत्र अर्थात् ख्रीष्ट हुनुहुन्छ ।”
11“म तिमीलाई भन्दछु, उठ र आफ्नो ओछ्यान बोक र तिम्रो घर जाऊ ।”