लूका 7:47

अनलक शाब्दिक बाइबल

यो घटनाको कारणले म तिमीलाई भन्दछु, कि जसका धेरै पाप थिए र बढी क्षमा गरिएको छ, तिनले धेरै प्रेम गरेकी छन् । तर जसलाई थोरै मात्र क्षमा गरिएको छ, उसले थोरै नै मात्र प्रेम गर्छ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ यूह 4:19 : 19 हामी प्रेम गर्दछौँ, किनभने परमेश्‍वरले हामीलाई पहिले प्रेम गर्नुभयो ।
  • यशा 1:18 : 18 परमप्रभु भन्‍नुहुन्छ, “अहिले आओ, हामी मिलेर छलफल गरौं । तिमीहरूका पापहरू बैजनी रङका भए तापनि, ती हिउँजस्‍तै सेता हुनेछन् । ती सिन्दुरे रङका भए तापनि ती ऊनजस्‍तै हुनेछन् ।
  • यशा 55:7 : 7 दुष्‍टले आफ्नो बाटो र पापको मानिसले आफ्ना विचारहरू त्यागोस् । ऊ परमप्रभुमा फर्कोस्, र उहाँले उसलाई दया गर्नुहुनेछ र हाम्रा परमेश्‍वरमा जसले उसलाई प्रशस्‍त गरी क्षमा गर्नुहुनेछ ।
  • यूह 21:15-17 : 15 तिनीहरूले खाजा खाइसकेपछि येशूले सिमोन पत्रुसलाई भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमीले मलाई यिनीहरूभन्दा पनि बढी प्रेम गर्छौ?” पत्रुसले उहाँलाई भने, “हो प्रभु, तपाईं जान्‍नुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा थुमाहरूलाई खुवाऊ ।” 16 उहाँले तिनलाई फेरि दोस्रो पटक भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुसले उहाँलाई जवाफ दिए, “हो प्रभु, तपाईं जानुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा भेडाहरूको हेरचाह गर ।” 17 उहाँले तिनलाई तेस्रो पटक भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुस निराश भए, किनकि येशूले तिनलाई “के तिमी मलाई प्रेम गर्छौ?” भनी तेस्रो पटक सोध्‍नुभएको थियो । तिनले उहाँलाई भने, “प्रभु, तपाईं सबै थोक जानुहुन्छ, कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा भेडाहरूलाई खुवाऊ ।”
  • १ कोरि 6:9-9 : 9 अधर्मीहरूले परमेश्‍वरको राज्यमा उत्तराधिकार पाउदैनन् भनेर के तिमीहरूलाई थाहा छैन? झुटको विश्‍वास नगर । अनैतिक यौन-सम्बन्धहरू मूर्तिपूजकहरू, व्यभिचारीहरू, पुरुषगामीहरू, समलिङ्गीहरू, 10 चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू, र ठगहरू कोही पनि परमेश्‍वरको राज्यको उत्तराधिकारी हुनेछैनन् । 11 अनि तिमीहरूमध्ये कोही यस्तै थियौ । तर तिमीहरू शुद्ध परिएका छौ, तर तिमीहरू परमेश्‍वरमा अर्पण गरिएका छौ, येशू ख्रीष्‍टको नाउँमा हाम्रा परमेश्‍वरको आत्माद्वारा तिमीहरू परमेश्‍वरमा धर्मी ठहराइएका छौ ।
  • गलाती 5:6 : 6 ख्रीष्‍ट येशूमा न खतना न बेखतना कुनै मूल्यको हुन्छ । केवल प्रेमद्वारा काम गर्ने विश्‍वासको मात्र मूल्य हुन्छ ।
  • रोमी 5:20 : 20 तर व्‍यवस्‍था आयो ताकि अपराध बढोस् । तर जहाँ पाप बढ्‌यो, त्‍यहाँ अनुग्रह पनि झन् बढ्‌यो ।
  • लू 5:20-21 : 20 येशूले तिनीहरूको विश्‍वासलाई देख्‍नुभयो र भन्‍नुभयो, “हे मानिस, तिम्रो विश्‍वासको कारण तिम्रा पाप क्षमा भएका छन् ।” 21 शास्‍त्री र फारिसीहरूले प्रश्‍न गर्न थाले, “यो ईश्‍वर-निन्दा गर्ने को हो? परमेश्‍वरबाहेक कसले पापको क्षमा दिन सक्छ?”
  • १ यूह 5:3 : 3 किनकि उहाँका आज्ञाहरू पालन गर्नु नै परमेश्‍वरको निम्ति प्रेम हो । अनि उहाँका आज्ञाहरू बोझिला छैनन् ।
  • १ यूह 3:18 : 18 मेरा प्रिय बालकहरूल हो, हामी वचन र मुखले मात्र प्रेम नगरौँ, तर सत्यता र कामले प्रेम गरौँ ।
  • फिलि 1:9 : 9 र मैले यस्तो भन्दै प्रार्थना गरिरहेको छु, कि ज्ञान र सम्पूर्ण समझमा तिमीहरूको प्रेम झनझन प्रशस्त हुँदै जाओस् ।
  • १ तिमो 1:14 : 14 तर हाम्रो प्रभुको अनुग्रह ख्रीष्‍ट येशूमा भएको विश्‍वास र प्रेमको साथ हाम्रा परमप्रभुको अनुग्रह प्रशस्तमात्रामा आयो ।
  • १ यूह 1:7 : 7 तर उहाँ ज्योतिमा हुनुभएझैँ हामी ज्योतिमा हिँड्छौँ भने, हामी एक अर्कासँग सङ्‌गति गर्छौं, र उहाँका पुत्र येशू ख्रीष्‍टको रगतले हामीलाई हाम्रा सबै पापबाट शुद्ध पार्छ ।
  • लू 7:39 : 39 जब येशूलाई बोलाउने फरिसीले यो देख्यो, तब उसले आफूले विचार गर्दै भन्यो, “यदि यी मानिस एउटा अगमवक्‍ता भएको भए, तब उनले जान्‍ने थिए कि को र कस्ती प्रकारकी स्‍त्रीले उहाँलाई छोइरहेकी छे र त्यो एउटी पापी स्‍त्री हो भनेर ।”
  • लू 7:42-43 : 42 तिनीहरूसँग तिर्ने नभएकोले साहुले ती दुवै जनालाई माफ गरिदिए । त्यसकारण, तिनीहरूमध्ये कुनचाहिँले उनलाई बढी प्रेम गर्नेछ?” 43 सिमोनले उहाँलाई जवाफ दिए र भने, “म विचार गर्छु कि जसलाई उनले बढी माफ गरे । येशूले उसलाई भन्‍नुभयो तिमीले ठिकसित न्याय गर्‍यौ ।”
  • मीका 7:19 : 19 तपाईंले फेरि हामीमाथि दया देखाउनुहुनेछ । तपाईंले हाम्रा अपराधहरूलाई आफ्ना पाऊमुनि कुल्चनुहुनेछ । तपाईंले हाम्रा सबै पापहरूललाई समुद्रको गहिराइमा फ्याँकिदिनुहुनेछ ।
  • मत्त 10:37 : 37 जसले मलाई भन्दा आफ्नो बुबा वा आमालाई प्रेम गर्छ, त्यो मेरो निम्ति योग्यको हुँदैन । र जसले आफ्नो छोरा वा छोरीलाई मलाई भन्दा बढी प्रेम गर्छ, ऊ मेरो निम्ति योग्यको हुँदैन ।
  • प्रेरि 5:31 : 31 परमेश्‍वरले इस्राएललाई पश्‍चात्ताप गर्न र पापको क्षमा प्रदान गर्न उहाँलाई राजकुमार र मुक्तिदाता हुनलाई आफ्नो दाहिने हाततर्फ उचाल्नु भयो ।
  • २ कोरि 5:14 : 14 किनकि ख्रीष्‍टको प्रेमले हामीलाई बाध्य पार्छ र हामीलाई यो निश्‍चय छ कि सबैको निम्ति एक जना मर्नुभएको हुनाले सबै मरेका छन् ।
  • एफिसी 6:24 : 24 कहिल्यै अन्त नहुने प्रेमद्वारा हाम्रा प्रभु येशू ख्रीष्‍टलाई प्रेम गर्नेहरू सबैमाथि अनुग्रह रहोस् ।
  • निर्ग 34:6-7 : 6 परमप्रभु तिनको सामु भएर जानुभयो र घोषणा गर्नुभयो, “परमप्रभु, परमप्रभु, परमेश्‍वर करुणामय र अनुग्रही, रिस गर्नमा ढिलो अनि करारको विश्‍वसनीयतामा प्रचुर र भरोसायोग्य हुनुहुन्छ । 7 उहाँले हजारौँ पुस्तासम्म आफ्नो करार राख्‍नुहुन्छ, अधर्म, अपराध र पापको क्षमा दिनुहुन्छ । तर उहाँले दोषीलाई कुनै किसिमले छाड्नुहुनेछैन । उहाँले पिता-पुर्खाहरूका दण्ड तिनीहरूका छोराछोरीहरू र नातिनातिनाहरू अनि तेस्रो र चौथो पुस्तासम्म दिनुहुन्छ ।”
  • यहे 16:63 : 63 यी कुराहरूका कारणले, तैंले सबै कुरा सम्‍झनेछस्, र लज्‍जित हुनेछस्, यसरी आफ्‍नो लाजको कारण तैंले आफ्‍नो मुख फेरि कहिल्‍यै खोल्‍नेछैनस् । त्‍यति बेला तैंले गरेका सबै कुरालाई मैले क्षमा गरेको हुन्‍छु — यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
  • यहे 36:29-32 : 29 किनकि म तिमीहरूलाई सबै अशुद्धताबाट बचाउनेछु । म अन्‍नलाई आज्ञा गर्नेछु र त्‍यसलाई बढाउनेछु । तिमीहरूमा म अनिकाल पेरि कहिलै ल्याउनेछैनँ । 30 रूखको फल र भूमिको उब्जनी म बढाउनेछु ताकि तिमीहरूले जातिहरूका बिचमा फेरि कहिल्यै अनिकालको लाज सहनेछैनौ । 31 त्यसपछि आफ्ना दुष्‍ट चालहरू र आफ्‍ना कामहरू जो असल थिएनन् सो तिमीहरूले याद गर्नेछौ, र तिमीहरूका आफ्ना पापहरू र आफ्ना घिनलाग्दा कामहरूका कारणले तिमीहरूले आफ्‍ना अनुहारहरूमा घृणा प्रदर्शन गर्नेछौ । 32 यो परमप्रभु परमेश्‍वरको घोषणा हो, यो तिमीहरूलाई थाहा होस् कि यो मैले तिमीहरूका निम्ति गरेको होइन । यसैले, ए इस्राएलको घराना, आफ्ना चालहरूका कारणले लज्‍जित र अपमानित होओ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लू 7:48-50
    3 पदहरू
    89%

    48तब उहाँले तिनलाई भन्‍नुभयो, “तिम्रा पापहरू क्षमा भएका छन् ।”

    49त्यहाँ एकसाथ बसिरहेकाहरूले एक-अर्कामा भन्‍न थाले, ‘पाप क्षमा गर्ने यी को हुन् र?‘

    50तब येशूले स्‍त्रीलाई भन्‍नुभयो, “तिम्रो विश्‍वासले तिमीलाई बचाएको छ, शान्तिसँग जाऊ ।”

  • लू 7:37-46
    10 पदहरू
    82%

    37हेर, त्यस सहरमा एउटी स्‍त्री थिइन् जो पापी थिइन्, तिनले पत्ता लगाइन् कि उहाँ फरिसीको घरमा बस्‍नुभएको छ र तिनले सिङ्गमरमरको बोतलमा अत्तर ल्याइन् ।

    38तिनी उहाँका पाउको नजिक पछाडिपट्टि उभिइन् र रोइन् । तब तिनले उहाँको पाउ आफ्ना आँसुले भिजाउन थालिन् र टाउकाको कपालले उहाँका पाउ पुछिन्, उहाँका पाउमा म्वाइ खाइन् र पाउमा अत्तर घसिन् ।

    39जब येशूलाई बोलाउने फरिसीले यो देख्यो, तब उसले आफूले विचार गर्दै भन्यो, “यदि यी मानिस एउटा अगमवक्‍ता भएको भए, तब उनले जान्‍ने थिए कि को र कस्ती प्रकारकी स्‍त्रीले उहाँलाई छोइरहेकी छे र त्यो एउटी पापी स्‍त्री हो भनेर ।”

    40येशूले जवाफ दिएर उसलाई भन्‍नुभयो, “सिमोन मैले तिमीलाई केही भन्‍नु छ ।” उसले भन्यो, “गुरुज्यू, भन्‍नुहोस् ।”

    41येशूले भन्‍नुभयो, “दुई जना मानिसले एक जना साहुबाट ऋण लिएका थिए । एउटाले पाँच सय दिनार ऋण, र अर्कोले पचास दिनार ऋण लिएको रहेछ ।

    42तिनीहरूसँग तिर्ने नभएकोले साहुले ती दुवै जनालाई माफ गरिदिए । त्यसकारण, तिनीहरूमध्ये कुनचाहिँले उनलाई बढी प्रेम गर्नेछ?”

    43सिमोनले उहाँलाई जवाफ दिए र भने, “म विचार गर्छु कि जसलाई उनले बढी माफ गरे । येशूले उसलाई भन्‍नुभयो तिमीले ठिकसित न्याय गर्‍यौ ।”

    44येशू स्‍त्रीतिर फर्केर सिमोनलाई भन्‍नुभयो, “तिमी यो स्‍त्रीलाई देख्दछौ । म तिम्रो घरभित्र प्रवेश गरेँ । तिमीले मेरो पाउ धुनलाई पानीसम्म दिएनौँ, तर तिनले त आफ्नो आँसुले मेरा पाउ भिजाइन्, र कपालले मेरा पाउ पुछिन् ।

    45तिमीले मलाई म्वाइँ खाएनौ, तर तिनले म यहाँभित्र पसेको समयदेखि मेरा पाउमा म्वाइँ खान छोडेकी छैनन् ।

    46तिमीले मेरो शिर तेलले अभिषेक गरेनौ, तर तिनले मेरा पाउमा अत्तर घसिन् ।

  • यूह 8:10-11
    2 पदहरू
    70%

    10येशू खडा हुनुभयो र त्यसलाई भन्‍नुभयो, “हे नारी, तिमीलाई दोष लगाउनेहरू कहाँ छन्? के कसैले तिमीलाई दण्‍ड दिएन?”

    11त्यसले भनी, “कसैले दिएन, प्रभु” येशूले भन्‍नुभयो, “न त म पनि तिमीलाई दण्ड दिन्छु । जाऊ, र कुनै पाप नगर ।” ]

  • मर 14:8-9
    2 पदहरू
    70%

    8तिनले जे गर्न सक्थिन् त्‍यही गरिन्ः तिनले मेरो शरीरलाई दफनको निम्ति अभिषेल गरेकी छन् ।

    9साँच्‍चै, म तिमीहरूलाई भन्दछु, सारा संसारभरि जहाँ-जहाँ सुसमाचार प्रचार गरिन्छ, त्यहाँ यी स्‍त्रीले गरेकी काम तिनको सम्झनामा बताइनेछ ।

  • 7उनले भने, “ती धन्य हुन्, जसका अधर्महरू क्षमा भएका छन् र जसका पापहरू ढाकिएका छन् ।”

  • 20येशूले तिनीहरूको विश्‍वासलाई देख्‍नुभयो र भन्‍नुभयो, “हे मानिस, तिम्रो विश्‍वासको कारण तिम्रा पाप क्षमा भएका छन् ।”

  • 4यदि उसले तिम्रो विरुद्धमा दिनमा सात पटकसम्म पाप गर्दछ भने र सातै पटक तिमीकहाँ फर्की आएर, ‘म पश्‍चात्ताप गर्छु’ भन्यो भने तिमीले उसलाई क्षमा गर्नुपर्छ ।

  • 6तर येशूले भन्‍नुभयो, “तिनलाई छोडिदेओ । तिमीहरूले तिनलाई किन दुःख दिइरहेका छौ? तिनले मेरो निम्ति सुन्दर काम गरेकी छन् ।

  • मत्त 26:12-13
    2 पदहरू
    69%

    12किनकि जब यी स्‍त्रीले यो अत्तर मेरो शरीरमाथि खन्याइन्, यिनले मेरो दफनको निम्ति यो गरिन् ।

    13साँच्‍चै म तिमीहरूलाई भन्दछु, यो सुसमाचार संसारको जुनसकै ठाउँमा प्रचार गरिँदा, यी स्‍त्रीले जे गरेकी छन्, तिनको सम्झनामा यो चर्चा गरिनेछ ।”

  • मत्त 26:9-10
    2 पदहरू
    69%

    9यसलाई ठुलो रकममा बेच्न सकिन्थ्यो, र गरिबलाई दिन सकिन्थ्यो ।”

    10तर येशूले यो जानेर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले यी स्‍त्रीलाई किन दुःख दिइरहेका छौ? किनकि यिनले मेरो निम्ति अति नै राम्रो काम गरेकी छन् ।

  • 23तिमीहरूले जसका पापहरू क्षमा गर्छौ ती तिनीहरूका निम्ति क्षमा गरिन्छन्; जसका पापहरू तिमीहरू कायम राख्‍छौ, ती कायम राखिन्छन् ।”

  • 2यिनी तिनै मरियम थिइन् जसले प्रभुलाई मूर्रले अभिषेक गरिन् र उहाँका खुट्टा आफ्नो कपालले पुछेकी थिइन्, जसका भाइ लाजरस बिरामी थिए ।

  • 27त्यसैले, त्यस नोकरका मालिक दयाले भरिएको कारण तिनले त्यसलाई छोडिदिएर ऋणमुक्त गरिदिए ।

  • 48तर जसले थाहै नभईकन मुक्‍का पाउने योग्यको काम गर्दछ, उसलाई थोरै मात्र मुक्‍काहरू दिइनेछ । हरेक जसलाई धेरै दिइएको छ, उसबाट पनि चाहिए जति असुलिने छ, जसलाई तिनीहरूले धेरै जिम्मा दिइएको छ उसबाट धेरै नै फिर्ता मागिनेछ ।

  • 28म तिमीहरूलाई साँचो साँचो भन्दछु, कि मानिसहरूका सन्तानहरूका सबै पाप क्षमा गरिनेछन्, तिनीहरूले गरेका सबै ईश्‍वर-निन्दा पनि क्षमा गरिनेछन्,

  • 7उहाँ एउटा टेबुलमा अडेस लगाएर बसिरहनुहुँदा अति बहुमूल्य अत्तरको सिङ्गमरमरको एउटा शीशी बोकेकी एउटी स्‍त्री उहाँकहाँ आई, र उसले त्यसलाई उहाँको शिरमा खन्याइदिई ।

  • 7येशूले भन्‍नुभयो, “तिनीसँग मेरो दफनको दिनको लागि जे छ, त्यो राख्‍न देऊ ।

  • 5तिनीहरूको विश्‍वास देखेर येशूले पक्षाघाती मानिसलाई भन्‍नुभयो, “छोरो, तिम्रा पापहरू क्षमा भएका छन् ।”

  • 31त्यसैले म भन्दछु, मानिसले गरेको हरेक पाप र ईश्‍वर-निन्दा क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा गरिएको निन्दा क्षमा हुनेछैन ।

  • 32त्यसपछि त्यस नोकरका मालिकले त्यसलाई बोलाए र भने, ‘तँ दुष्‍ट नोकर, तैँले मलाई बिन्ती गरेको हुनाले मैले तेरा सबै ऋण तँलाई माफ गरिदिएँ ।

  • 37कसैको न्याय नगर र तिम्रो न्याय गरिनेछैन । दोष नलगाऊ र तिमी दोषी ठहरिनेछैनौ; अरूलाई क्षमा देऊ र तिमीलाई पनि क्षमा गरिनेछ ।

  • 47जब त्यस स्‍त्रीले आफूले गरेको कुरा लुकाउन नसक्‍ने देखिन्, तब काँप्दै येशूको चरणमा घोप्‍टो परिन्, तिनले येशूलाई छुनुको कारण र कसरी तुरुन्तै निको भइन् सबै मानिसहररूका सामु बताइन् ।

  • 5कुन कुराचाहिँ भन्‍न सजिलो छ, ‘तिम्रा पाप क्षमा भएका छन् भन्‍न कि उठ र हिँड भन्‍न?’

  • 3तब मरियमले आधा लिटर जति शुद्ध जटामसीले बनेको बहुमूल्य अत्तर लिइन्, र येशूको पाउ अभिषेक गरिन्, अनि तिनको आफ्नो कपालले उहाँको पाउ पुछिन् । त्यो घर अत्तरको सुगन्धले भरियो ।

  • 10यदि तिमीहरूले कसैलाई क्षमा दियौ भने, म पनि त्यस व्यक्‍तिलाई क्षमा दिनेछु । यदि मैले केही क्षमा दिएको छु भने, यो येशूको उपस्थितिमा तिमीहरूका निम्ति हो ।

  • 32तिमीलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छौ भने के लाभ भयो र? किनकि पापीहरूले पनि तिनीहरूलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छन् ।

  • 23कुन कुरा सजिलो छ ‘तिम्रा पाप क्षमा भए भन्‍नु वा उठेर हिँड् भन्‍नु?‘

  • मत्त 18:21-22
    2 पदहरू
    66%

    21अनि पत्रुस आए र येशूलाई भने, “प्रभु, मेरो भाइले मेरो विरुद्धमा कति पटक पाप गर्‍यो भने मैले उसलाई क्षमा गरूँ? के सात पल्टसम्म?”

    22येशूले उनलाई भन्‍नुभयो, “म तिमीलाई सात पटक भनेर भन्दिनँ, तर सत्तरी गुणा सात पल्टसम्म ।

  • 39“मैले गरेका सबै कुरा उहाँले मलाई भन्‍नुभयो” भनी स्‍त्रीले दिएको गवाहीले गर्दा त्‍यस सहरमा बसोबास गर्ने धेरै सामरीहरूले उहाँमा विश्‍वास गरे ।

  • 14किनकि यदि तिमीहरूले मानिसहरूका पापलाई क्षमा गर्‍यौ भने, तिमीहरूका स्वर्गीय पिताले पनि तिमीहरूलाई क्षमा दिनुहुनेछ ।

  • 1¶ त्यो व्‍यक्‍ति धन्यको हो जसको अपराध क्षमा भएको छ, जसको पाप ढाकिएको छ ।

  • 3जब येशू बेथानियामा सिमोन कुष्‍ठरोगीको घरमा हुनुहुन्थ्यो, उहाँ टेबुलमा अडेस लागेर बसिरहनुहुँदा एक जना स्‍त्री अति मूल्यवान् तरल पदार्थ सिङ्गमरमरको शिशीमा लिएर येशूकहाँ आइन्, जुन शुद्ध जटामसी थियो । तिनले त्यो शिशीलाई फुटाइन् र उहाँको टाउकोमा खन्याइन्

  • 10जो अत्यन्तै थोरैमा विश्‍वासयोग्य हुन्छ, त्यो धेरैमा पनि विश्‍वासयोग्य हुन्छ र जो अत्यन्तै थोरैमा अधर्मी हुन्छ, त्यो धेरैमा पनि अधर्मी हुन्छ ।

  • 9पक्षाघाती मानिसलाई के भन्‍न सजिलो हुन्छ, ‘तिम्रा पापहरू क्षमा भयो’ भन्‍नु कि ‘उठ र आफ्नो ओछ्यान बोक र हिँड’ भन्‍नु?”