लूका 12:48

अनलक शाब्दिक बाइबल

तर जसले थाहै नभईकन मुक्‍का पाउने योग्यको काम गर्दछ, उसलाई थोरै मात्र मुक्‍काहरू दिइनेछ । हरेक जसलाई धेरै दिइएको छ, उसबाट पनि चाहिए जति असुलिने छ, जसलाई तिनीहरूले धेरै जिम्मा दिइएको छ उसबाट धेरै नै फिर्ता मागिनेछ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लैव्य 5:17 : 17 परमप्रभुले नगर्नू भनी आज्ञा गर्नुभएको कुनै कुरा कसैले गर्दछ भने, त्यसबारे त्यो अजान भए तापनि, त्यो दोषी हुने छ र आफ्नो दोषको भार त्यसले आफैँ बोक्‍नुपर्छ ।
  • याक 3:1 : 1 ¶ मेरा भाइहरू हो, धेरै जना शिक्षक बन्‍नु हुँदैन । हामीले यो जान्‍नुपर्छ, कि हामीहरूको अझ धेरै कडा इन्साफ हुनेछ ।
  • १ तिमो 1:13 : 13 म पहिला ईश्‍वरनिन्दा गर्ने, सताउने र एउटा हिंस्रक मानिस थिएँ । तर ती मैले अन्‍जानमा र अविश्‍वासमा गरेको कारण मैले कृपा प्राप्‍त गरेँ ।
  • मत्त 25:14-29 : 14 किनकि यो परदेश जानै लागेको मानिसजस्‍तै हो । उसले आफ्ना नोकरहरूलाई बोलाए र तिनीहरूलाई आफ्नो सम्‍पत्तिको जिम्‍मा दिए । 15 उनले तिनीहरूमध्ये एक जनालाई पाँच सिक्‍का दिए; अर्कोलाई दुई सिक्‍का र फेरि अर्कोलाई उनले एक सिक्‍का दिए । प्रत्‍यकले आफ्नो क्षमताअनुसार ती रकमहरू लिए, अनि त्‍यो मानिस तुरुन्तै आफ्नो यात्रामा हिँड्यो । 16 पाँच सिक्‍का पाउने तुरुन्तै गयो र उसले त्यसलाई लगानी गर्‍यो, र त्‍यसबाट अर्को पाँच सिक्‍का कमायो । 17 त्यसै गरी, जसले दुई सिक्‍का पाएको थियो, उसले पनि त्‍यसबाट अर्का दुई सिक्‍का कमायो । 18 तर एउटा मात्र सिक्‍का पाएको नोकर गयो र उसले एउटा खाल्डो खन्यो, र आफ्नो मालिकको पैसा त्यहाँ लुकायो । 19 अब धेरै समयपछि ती नोकरहरूका मालिक फर्केर आए अनि तिनीहरूसँग हिसाब लिए । 20 पाँच सिक्‍का पाएको नोकर आयो र उसले अर्को पाँचवटा सिक्‍का ल्यायो । उसले भन्यो, ‘मालिक, तपाईंले मलाई पाँचवटा सिक्‍का दिनुभएको थियो, हेर्नुहोस्, मैले अर्का पाँचवटा सिक्‍का कमाएको छु ।’ 21 उसको मालिकले उसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासयोग्‍य नोकर! तिमी थोरै कुरामा विश्‍वासयोग्‍य भएका छौ । म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु । तिमी पनि आफ्नो मालिकको खुसीमा सामेल होऊ ।’ 22 दुईवटा सिक्‍का पाएको नोकर आयो र भन्यो, ‘मालिक तपाईंले मलाई दुईवटा सिक्‍का दिनुभएको थियो । हेर्नुहोस्‌, मैले अर्का दुईवटा सिक्‍का कमाएको छु ।’ 23 उसको मालिकले उसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासयोग्‍य नोकर! तिमी थोरै कुरामा विश्‍वासयोग्‍य भएका छौ । म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु । तिमी पनि आफ्ना मालिकको खुसीमा सामेल होऊ ।’ 24 त्यसपछि एउटा सिक्‍का पाएको नोकर आयो र भन्यो, ‘मलाई थाहा छ, कि तपाईं कडा स्‍वभावको मानिस हुनुहुन्‍छ । तपाईंले आफूले नरोपेको ठाउँबाट कटनी गर्नुहुन्छ र नछरेको ठाउँबाट फसल निकाल्नुहुन्छ । 25 मलाई डर थियो । त्‍यसकारण, म गएँ र तपाईंको सिक्‍कालाई जमिनमुनि लुकाइराखेँ । ‘हेर्नुहोस्, जे तपाईंको हो यसलाई लिनुहोस् ।’ 26 तर उसको मालिकले जवाफ दिए र भने, ‘ए दुष्‍ट र अल्छी नोकर, मैले नरोपेको ठाउँबाट कटनी गर्छु र नछरेको ठाउँबाट फसल निकाल्छु भनेर तँलाई थाहा थियो । 27 त्यसकारण, तैँले मेरो पैसा साहुकहाँ दिनुपर्ने थियो, र म आउँदा मैले आफ्नो पैसा ब्‍याजसहित पाउने थिएँ । 28 त्‍यसकारण, त्योसँग भएको एक सिक्‍का लेओ र जुन नोकरसँग दस सिक्‍का छ त्‍यसलाई देओ । 29 किनकि जससँग छ त्‍यसलाई अझ धेरै दिइनेछ अर्थात् अझ प्रशस्त गरी दिइनेछ । तर जससँग छैन, त्‍यससँग भएको पनि त्यसबाट खोसिनेछ ।
  • लू 16:10-12 : 10 जो अत्यन्तै थोरैमा विश्‍वासयोग्य हुन्छ, त्यो धेरैमा पनि विश्‍वासयोग्य हुन्छ र जो अत्यन्तै थोरैमा अधर्मी हुन्छ, त्यो धेरैमा पनि अधर्मी हुन्छ । 11 त्यसकारण, तिमीहरू अधर्मी सम्पत्ति प्रयोग गर्ने कुरामा विश्‍वासयोग्य भएनौ भने, साँचो सम्पत्तिमा तिमीहरूलाई कसले भरोसा गर्ला र? 12 त्यस्तै अरू मानिसहरूको सम्पत्तिमा तिमीहरू विश्‍वासयोग्य भएनौ भने, तिमीहरूको आफ्नै सम्पत्ति तिमीहरूलाई कसले देला र?
  • यूह 15:22 : 22 यदि म आएको थिइनँ, र तिनीहरूसँग बोलेको थिइनँ भने त, उनीहरूमा पाप हुने थिएन, तर अब त तिनीहरूसित आफ्नो पापको लागि कुनै बहाना छैन ।
  • रोमी 2:12-16 : 12 किनकि जतिले व्यवस्थाविना पाप गरेका छन्, तिनीहरू व्यवस्थाविना नै नष्‍ट हुनेछन् र जतिले व्यवस्थाप्रति पाप गरेका छन्, तिनीहरू व्यवस्थाद्वारा नै न्याय गरिनेछन् । 13 किनकि परमेश्‍वरको सामु धर्मी ठहरिनेहरू व्यवस्था सुन्‍नेहरू होइनन्, तर व्यवस्था पालन गर्नेहरू नै धर्मी ठहरिनेछन् । 14 किनकि गैरयहूदीहरू जससँग व्यवस्था छैन, तिनीहरूले स्वभावद्वारा नै व्यवस्थाका कुराहरू गर्छन् । तिनीहरू आफ्ना निम्ति आफैँ नै व्यवस्था हुन्, यद्यपि तिनीहरूसँग व्यवस्था छैन । 15 यसैद्वारा व्यवस्थाले चाहेका कुराहरू तिनीहरूका हृदयमा लेखिएका छन् भन्‍ने देखाउँछ । तिनीहरूको विवेकले पनि तिनीहरूलाई गवाही दिन्छ र तिनीहरूका आफ्नै विचारले कि तिनीहरू आफैँलाई दोष दिन्छ कि प्रतिरक्षा गर्छ । 16 अनि परमेश्‍वरप्रति पनि यही कुरो लागु हुन्छ । त्यो मेरो सुसमाचारअनुसार येशू ख्रीष्‍टद्वारा परमेश्‍वरले सबै मानिसहरूको गोप्य कुराहरूको इन्साफ गर्नुहुने दिन हुनेछ ।
  • लू 16:2 : 2 तब ती धनी मानिसले उसलाई बोलाएर भने, ‘तिम्रो बारेमा म यो के सुन्दै छु? तिम्रो व्यवस्थापनको बारेमा हिसाब देऊ । अब उप्रान्त तिमी व्यवस्थापक रहन सक्दैनौ ।’
  • गिन 15:29-30 : 29 अजानमा पाप गर्ने स्वदेशी इस्राएली मानिस र तिमीहरू माझ बसोबास गरेको परदेशीको निम्ति एउटै नियम हुनुपर्छ । 30 तर अवज्ञामा कुनै पनि कुरा गर्ने व्यक्‍ति स्वदेशी भए पनि परदेशी भए पनि त्यसले मेरो ईश्‍वर-निन्दा गर्छ । त्यसलाई आफ्‍ना मानिसहरूबाट बहिष्कार गर्नुपर्छ ।
  • मत्त 13:12 : 12 किनकि जोसँग छ, उसलाई अझ धेरै दिइनेछ, अनि ऊसँग प्रशस्त हुनेछ । तर जोसँग छैन, ऊसँग भएको पनि उसबाट लिइनेछ ।
  • १ तिमो 6:20 : 20 तिमोथी, तिमीलाई दिइएको कुरा सुरक्षित राख । मूर्खतापूर्ण वातचित र विरोधाभाषपूर्ण वादविवाद जुन झुटो ज्ञान हो, तीबाट अलग बस ।
  • तीत 1:3 : 3 ठिक समयमा, हाम्रा मुक्‍तिदाता परमेश्‍वरको आदेशअनुसार मलाई प्रचार गर्न सुम्पिएको सन्देशद्वारा उहाँले आफ्नो वचन प्रस्ट पार्नुभयो ।
  • उत्प 39:8-9 : 8 उनले इन्कार गरेर आफ्ना मालिककी पत्‍नीलाई यसो भने, “हेर्नुहोस्, मेरा मालिकले यस घरमा म के गर्छु भन्‍ने कुराप्रति कुनै चिन्ता गर्नुहुन्‍न, र उहाँका सबै कुरा उहाँले मेरै जिम्मामा दिनुभएको छ । 9 मभन्दा ठुलो यस घरमा कोही छैन । उहाँले तपाईंबाहेक सबै कुरा मलाई दिनुभएको छ, किनभने तपाईं उहाँकी पत्‍नी हुनुहुन्छ । यसैकारण मैले कसरी यस्तो दुष्‍ट काम गरी परमेश्‍वरको विरुद्ध पाप गर्न सक्छु?” 10 तिनले योसेफसँग दिनहुँ कुरा गरिन्, तर उनी तिनीसँग सुत्‍न वा तिनको नजिक जान इन्कार गरे । 11 एक दिन उनी आफ्ना काम गर्न घरभित्र प्रवेश गरे । घरभित्र कोही पनि मानिस थिएन । 12 तिनले उनको लुगा समातिन् र भनिन्, “मसँग सुत ।” उनले आफ्ना लुगा तिनकै हातमा छोडेर बाहिर भागे । 13 जब योसेफ आफ्ना लुगा छोडेर बाहिर भागेका तिनले देखिन्, 14 तिनले आफ्ना घरका मानिसहरूलाई बोलाएर भनिन्, “हेर, पोतीफरले हाम्रो बेइज्‍जत गर्न एउटा हिब्रूलाई ल्याउनुभएको छ । त्यो मकहाँ सुत्‍न भनेर आयो, अनि म चिच्याएँ । 15 जब त्यसले म चिच्‍याएकी सुन्यो, त्यसले आफ्ना लुगा मकहाँ छोडेर बाहिर भाग्यो ।” 16 तिनको मालिक घर नआउन्जेलसम्म तिनले त्यो लुगा आफ्नै साथमा राखिन् । 17 तिनले उनलाई यसरी वर्णन गरिन्, “तपाईंले हाम्रो निम्ति ल्याउनुभएको त्यो हिब्रू नोकर मेरो बेइज्‍जत गर्न मकहाँ आयो । 18 जब म चिच्‍याएँ, त्यसले आफ्ना लुगा मकहाँ छोडेर बाहिर भाग्यो ।” 19 आफ्नो नोकरले आफ्नी पत्‍नीलाई गरेको व्यवहार आफ्नी पत्‍नीबाट सुनेपछि तिनी रिसले चुर भए । 20 योसेफका मालिकले उनलाई झ्यालखानामा राखे जहाँ राजाका कैदीहरू राखिन्थे । उनी त्यही झ्यालखानामा थिए । 21 तर परमप्रभु योसेफसँग हुनुहुन्थ्यो र आफ्ना करारप्रति उहाँ भरोसायोग्य रहनुभयो । झ्यालखानाका हाकिमको नजरमा उहाँले उनलाई कृपादृष्‍टि दिनुभयो । 22 झ्यालखानाका हाकिमले झ्यालखानाका सबै कैदीहरू योसेफको जिम्मामा दिए । तिनीहरूले गर्ने काममाथि योसेफकै निगरानी हुन्थ्यो । 23 उनको जिम्मामा भएका कुनै कुरामा त्यस झ्यालखानाका हाकिम चिन्तित हुँदैन थिए, किनभने परमप्रभु उनीसँग हुनुहुन्थ्यो । उनले जे गर्थे, परमप्रभुले समृद्धि प्रदान गर्नुहुन्थ्यो ।
  • १ कोरि 9:17-18 : 17 किनकि यदि मैले आफूखुसी यसो गरेको छु भने मैले इनाम पाउँछु । तर यो आफूखुसी होइन भने मलाई सुम्पिएको जिम्मेवारी अझ पनि मसँग बाँकी नै छ । 18 त्यसो भए मेरो इनाम के हो? यही हो कि जब म प्रचार गर्छु, सित्तैँमा सुसमाचार प्रचार गरूँ र सुसमाचरमा मेरो हकको पूर्ण प्रयोग नगरूँ ।
  • १ तिमो 1:11 : 11 यो मलाई सुम्पिएको धन्य परमेश्‍वरको महिमित सुसमाचार अनुसार छ ।
  • प्रेरि 17:30 : 30 यसकारण परमेश्‍वरले पहिलेको अज्ञानताको समयलाई ध्यान दिनुभएन, तर अहिले परमेश्‍वरले सबै ठाउँका सारा मानिसहरूलाई आफ्नो पापको पश्‍चात्ताप गर्ने आज्ञा गर्नुहुन्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लू 12:42-47
    6 पदहरू
    86%

    42प्रभुले भन्‍नुभयो, “विश्‍वासयोग्य र बुद्धिमान् व्यवस्थापकलाई मालिकले आफूमुनिका सेवकहरूलाई उनीहरूको भागको खाना ठिक समयमा खाना दिन्छन् ।

    43धन्य हो त्यो सेवक, जसले आफ्नो मालिक फर्कंदा यी कार्यहरू गरिरहेको भेट्टाउनेछ ।

    44म साँचो भन्दछु, कि उसले सबै सम्पत्तिको हक उसलाई दिनेछ ।

    45तर यदि सेवकले आफ्नो हृदयमा यसो भन्दछ भने, मेरो मालिक फर्की आउन ढिलो गर्नुहुनेछ भनी स्‍त्री तथा पुरुष सेवकहरूलाई दुर्व्यवहार गरी कुटपिट गर्दछ अनि खाँदै, पिउँदै दाखमद्यले मातिन्छ ।

    46त्यस सेवकले नचिताएको बेलामा मालिक फर्की आउनेछ, जुन घडी उसलाई थाहै हुनेछैन । आफ्नो मालिकले उसलाई भेटेर टुक्रा-टुक्रा गरी काट्नेछ र अविश्‍वासीहरूका लागि तयार पारेको ठाउँमा उसको नियुक्‍ति हुनेछ ।

    47त्यस सेवकलाई आफ्नो मालिकले यस्तै गर्नेछन भन्‍ने थाहा हुँदाहुँदै पनि आफैँलाई तयार नगरी वा आफ्नो इच्छाअनुसार गरेको कारण उसलाई धेरै मुक्‍का हानिनेछ ।

  • 12किनकि जोसँग छ, उसलाई अझ धेरै दिइनेछ, अनि ऊसँग प्रशस्त हुनेछ । तर जोसँग छैन, ऊसँग भएको पनि उसबाट लिइनेछ ।

  • मत्त 25:26-30
    5 पदहरू
    74%

    26तर उसको मालिकले जवाफ दिए र भने, ‘ए दुष्‍ट र अल्छी नोकर, मैले नरोपेको ठाउँबाट कटनी गर्छु र नछरेको ठाउँबाट फसल निकाल्छु भनेर तँलाई थाहा थियो ।

    27त्यसकारण, तैँले मेरो पैसा साहुकहाँ दिनुपर्ने थियो, र म आउँदा मैले आफ्नो पैसा ब्‍याजसहित पाउने थिएँ ।

    28त्‍यसकारण, त्योसँग भएको एक सिक्‍का लेओ र जुन नोकरसँग दस सिक्‍का छ त्‍यसलाई देओ ।

    29किनकि जससँग छ त्‍यसलाई अझ धेरै दिइनेछ अर्थात् अझ प्रशस्त गरी दिइनेछ । तर जससँग छैन, त्‍यससँग भएको पनि त्यसबाट खोसिनेछ ।

    30त्यो बेकम्मा नोकरलाई बाहिरी अन्‍धकारमा फालिदेओ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’

  • 26‘म तिमीलाई भन्दछु, जससँग छ त्यसलाई अझ धेरै दिइने छ, तर जोसँग छैन, त्यससँग भएको पनि खोसिनेछ ।

  • मर 4:24-25
    2 पदहरू
    74%

    24उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले जे सुन्छौ, किनभने त्यसमा ध्यान देओ, किनभने जुन नापले तिमीहरू नाप्‍छौ, त्यही नापले तिमीहरूलाई पनि नापिनेछ (मापन गरिनेछ), र यो तिमीहरूलाई थपिनेछ ।

    25किनभने जोसँग छ, त्यसलाई अझ बढ्ता गरी दिइनेछ र जोसँग छैन, त्यससँग भएको पनि खोसिनेछ ।”

  • 22ती भलादमी मानिसले त्यसलाई भने, ‘तँ दुष्‍ट नोकर, म तँलाई तेरो आफ्नै वचनले न्याय गर्नेछु । जहाँ राखेको छैन त्यहाँबाट लिन खोज्‍ने र जहाँ छरेको छैन त्यहाँबाट कटनी गर्न खोज्‍ने म कठोर मानिस हुँ भनी तँलाई थाहा थियो ।

  • 18त्यसैकारण, तिमीहरू कसरी सुन्छौ, त्यसमा होसियार होओ, किनभने जससँग छ त्यसलाई धेरै दिइनेछ, जससँग छैन उसले आफूसँग जे छ भनी सोचेको छ त्योसमेत उसबाट खोसिनेछ ।”

  • 34त्यसका मालिक रिसाए र त्यसले तिर्नुपर्ने सबै ऋण चुक्ता नगरेसम्म त्यसलाई सताउनेहरूका हातमा सुम्पिदिए ।

  • लू 16:10-12
    3 पदहरू
    70%

    10जो अत्यन्तै थोरैमा विश्‍वासयोग्य हुन्छ, त्यो धेरैमा पनि विश्‍वासयोग्य हुन्छ र जो अत्यन्तै थोरैमा अधर्मी हुन्छ, त्यो धेरैमा पनि अधर्मी हुन्छ ।

    11त्यसकारण, तिमीहरू अधर्मी सम्पत्ति प्रयोग गर्ने कुरामा विश्‍वासयोग्य भएनौ भने, साँचो सम्पत्तिमा तिमीहरूलाई कसले भरोसा गर्ला र?

    12त्यस्तै अरू मानिसहरूको सम्पत्तिमा तिमीहरू विश्‍वासयोग्य भएनौ भने, तिमीहरूको आफ्नै सम्पत्ति तिमीहरूलाई कसले देला र?

  • 49म पृथ्वीमा आगो वर्षाउन आएको हुँ र म जे चाहन्छु त्यो भइसकेको छ ।

  • मत्त 25:23-24
    2 पदहरू
    70%

    23उसको मालिकले उसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासयोग्‍य नोकर! तिमी थोरै कुरामा विश्‍वासयोग्‍य भएका छौ । म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु । तिमी पनि आफ्ना मालिकको खुसीमा सामेल होऊ ।’

    24त्यसपछि एउटा सिक्‍का पाएको नोकर आयो र भन्यो, ‘मलाई थाहा छ, कि तपाईं कडा स्‍वभावको मानिस हुनुहुन्‍छ । तपाईंले आफूले नरोपेको ठाउँबाट कटनी गर्नुहुन्छ र नछरेको ठाउँबाट फसल निकाल्नुहुन्छ ।

  • 24ती भलादमी मानिसले त्यहाँ उभिएका मानिसहरूलाई भने, ‘योसँग भएको सिक्‍का खोसेर जससँग दस सिक्‍का छ, त्यसलाई देओ ।’

  • 12“हामीलाई यस विषयमा केही थाहा थिएन,” भनी तैँले भनिस् भने के हृदयको जाँच गर्नुहुनेले तैँले भनिरहेको कुरालाई बुझ्नुहुन्‍न र? तेरो जीवनको रखवाली गर्नुहुनेलाई के यो कुरा थाहा छैन र? के परमेश्‍वरले हरेकलाई त्यसको प्रतिफलअनुसार दिनुहुन्‍न र?

  • 47साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि मालिकले उसित भएका सबै कुराको जिम्मा उसलाई दिनेछ ।

  • 45अनि उनले तिनीहरूलाई जवाफ दिनेछन् र भन्‍नेछन्, ‘साँच्‍चै म तिमीहरूलाई भन्दछु, यिनीहरूमध्ये सानोभन्‍दा सानोलाई तिमीहरूले जे गरेनौ, त्‍यो तिमीहरूले मेरो निम्ति गरेनौ ।’

  • 3न्यायकर्ताले त्यसलाई चालिस कोर्रा लगाउन सक्छ, तर त्यसभन्दा बढीचाहिँ होइन । किनकि त्यसभन्दा बढी कोर्रा लगाए तिमीहरूको इस्राएली भाइ तिमीहरूको दृष्‍टिमा अपमानित हुने छ ।

  • 17त्यसकारण, जसले भलाइ गर्न जानेर पनि भलाइ गर्दैन भने त्यो त्यसको निम्ति पाप हुन्छ ।

  • 6परमेश्‍वरले हरेकलाई त्यसको आफ्ना कर्महरूको नापअनुसार दिनुहुनेछः

  • मत्त 24:49-51
    3 पदहरू
    69%

    49अनि उसले आफ्ना सहकर्मी नोकरहरूलाई पिट्न थाल्छ, र मतवालाहरूसँग खान्छ र पिउँछ भने,

    50त्यस नोकरले आशा नगरेको दिनमा र त्यसलाई थाहा नभएको घडीमा त्यस नोकरको मालिक आउनेछ ।

    51त्यसको मालिकले त्यसलाई दुई टुक्रा पारी काट्नेछ र त्यसको दशा ती पाखण्डीहरूको जस्तै हुनेछ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।

  • लू 17:8-10
    3 पदहरू
    69%

    8मेरो लागि खानको लागि खानेकुरा तयार पार, र कम्मरमा पटुका कस र मैले नसकुन्जेल मेरो सेवा गर भनेन भने, के तिमीले त्यसपछि केही कुरा खाने र पिउने गर्दछौ र?

    9उसले आफ्नो नोकरलाई स्याबासी दिनेछैन किनकि हामीले केही आज्ञा नगरी के उसले हाम्रो निम्ति गर्नेछ?

    10तिमीले अर्‍हाएको कुरा मात्र गर्दछौ भने तिमीले यसो पो भन्‍नुपर्ने हो, “हामी अयोग्य नोकरहरू हौँ, हामीले गर्नुपर्ने मात्र गरेका छौँ ।”

  • 6त्यो व्यक्‍तिलाई बहुमतद्वारा दिइएको सजाय पर्याप्‍त छ ।

  • मत्त 18:23-24
    2 पदहरू
    68%

    23यसैकारण, स्वर्गको राज्यलाई एउटा यस्तो राजासँग तुलना गर्न सकिन्छ, जसले आफ्ना नोकरहरूसित आफ्नो हिसाब मिलाउन चाहे ।

    24जब तिनले हिसाब लिन थाले, एउटा नोकर तिनको अगाडि ल्याइयो जसले तिनलाई दस हजार सुनका सिक्‍का तिर्नुपर्ने थियो ।

  • 18तर एउटा मात्र सिक्‍का पाएको नोकर गयो र उसले एउटा खाल्डो खन्यो, र आफ्नो मालिकको पैसा त्यहाँ लुकायो ।

  • 20तर परमेश्‍वरले त्यसलाई भन्‍नुभयो, ‘मूर्ख मानिस, आजको रात नै तेरो प्राण फिर्ता लिइयो भने, तैँले तयार गरेको ती सब चिजहरू कसको हुनेछ?’

  • 17ती भलादमी मानिसले त्यसलाई भने, ‘स्याबास, असल नोकर । तिमी धेरै सानो कुरामा विश्‍वासयोग्य भयौ, त्यसकारण तिमीले दसवटा सहर अधिकार गर्नेछौ ।’

  • 47यो घटनाको कारणले म तिमीलाई भन्दछु, कि जसका धेरै पाप थिए र बढी क्षमा गरिएको छ, तिनले धेरै प्रेम गरेकी छन् । तर जसलाई थोरै मात्र क्षमा गरिएको छ, उसले थोरै नै मात्र प्रेम गर्छ ।”

  • 38अरूहरूलाई देऊ र तिमीहरूलाई पनि दिइनेछ । प्रशस्त परिमाणमा खाँदी-खाँदी, हल्लाई-हल्लाई पोखिने गरी, तिनीहरूले तिमीहरूका पोल्टामा खन्याउनेछन् । जुन नापले तिमीहरू नाप्‍तछौ, त्यहीँ नापले तिमीहरू पनि नापिनेछौ ।”

  • 2तर कुनै पनि कुराहरू यसरी गुप्‍त छैनन् जुन प्रकट हुनै सक्दैनन् र कुनै पनि कुराहरू लुकेका छैनन् जुन कुरा थाहा नहोस् ।

  • 21उसको मालिकले उसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासयोग्‍य नोकर! तिमी थोरै कुरामा विश्‍वासयोग्‍य भएका छौ । म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु । तिमी पनि आफ्नो मालिकको खुसीमा सामेल होऊ ।’

  • 8तिमीहरूले यो जान, कि मानिसले गर्ने सबै असल कामको निम्ति उसले परमप्रभुबाट इनाम पाउनेछ, चाहे त्यो मानिस दास होस् वा मुक्त होस् ।

  • 2किनकि जुन इन्साफले तिमीहरूले इन्साफ गर्छौ, त्यही इन्साफले तिमीहरूको पनि इन्साफ हुनेछ । जुन नापले तिमीहरूले नाप्छौ, त्यही नापले तिमीहरू पनि नापिनेछौ ।

  • 15तब राज्य प्राप्‍त गरी फर्केर आएपछि उनले सिक्‍का पाएका नोकरहरूलाई बोलाए र तिनीहरूले व्यापारबाट कति आर्जन गरे भनेर जान्‍ने इच्छा गरे ।