मत्ती 1:6
यिशै दाऊद राजाका पिता थिए । दाऊद उरियाहकी पत्नीद्वारा सोलोमनका पिता थिए ।
यिशै दाऊद राजाका पिता थिए । दाऊद उरियाहकी पत्नीद्वारा सोलोमनका पिता थिए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
21सल्मोन बोअजका बुबा बने, बोअज ओबेदको बुबा बने,
22ओबेद यिशैका बुबा बने र यिशै दाऊदको बुबा बने ।
7सोलोमन रहबामका पिता, रहबाम अबियाका पिता, अबिया आसाका पिता थिए ।
8आसा यहोशापातका पिता, यहोशापात यहोरामका पिता, र यहोराम उज्जियाहका पिता थिए ।
9उज्जियाह योतामका पिता, योताम आहाजका पिता, आहाज हिजकियाका पिता थिए ।
10हिजकिया मनश्शेका पिता, मनश्शे अमोनका पिता, अमोन योशियाहका पिता थिए ।
11बेबिलोनमा निर्वासनको समयमा योशियाह यकोनियास र तिनका दाजुभाइहरूका पिता भए ।
12र बेबिलोनमा निर्वासनपछि यकोनियास शालतिएलका पिता भए, शालतिएल यरुबाबेलका पूर्वज थिए ।
13यरुबाबेल अबिउदका पिता, अबिउद एल्याकीमका पिता, र एल्याकीम आजोरका पिता थिए ।
14आजोर सादोकका पिता, सादोक आखिमका पिता, र आखिम एलिउदका पिता थिए ।
15एलिउद एलाजारका पिता, एलाजार मत्तानका पिता, र मत्तान याकूबका पिता थिए ।
16याकूब तिनै मरियमका पति योसेफका पिता थिए, जसबाट येशू जन्मनुभयो, जसलाई ख्रीष्ट भनिन्छ ।
1¶ दाऊदका पुत्र अब्राहामका पुत्र येशू ख्रीष्टको वंशावलीको पुस्तक ।
2अब्राहाम इसहाकका पिता थिए, र इसहाक याकूबका पिता थिए, र याकूब यहूदा र तिनका दाजुभाइहरूका पिता थिए ।
3यहूदा तामारद्वारा फारेस र जाहेरका पिता थिए, फारेस हेस्रोनका पिता, र हेस्रोन आरामका पिता थिए ।
4आराम अम्मीनादाबका पिता, अम्मीनादाब नहशोनका पिता, र नहशोन सल्मोनका पिता थिए ।
5सल्मोन राहाबद्वारा बोअजका पिता, बोअज रूथद्वारा ओबेदका पिता, ओबेद यिशैका पिता थिए,
11नहशोन सल्मोनका पिता बने, र सल्मोन बोअजका पिता बने ।
12बोअज ओबेदका पिता बने, र ओबेद यिशैका पिता बने ।
13यिशैचाहिं जेठा एलीआब, माहिला अबीनादाब, साहिंला शिमेअ,
31मलेआका छोरा एल्याकीम, मिन्नाका छोरा मलेआ, मत्ताथाका छोरा मिन्ना, नातानका छोरा मत्ताथा, दाऊदका छोरा नातान,
32यिशैका छोरा दाऊद, ओबेदका छोरा यिशै, बोअजका छोरा ओबेद, सल्मोनका छोरा बोअज, नहशोनका छोरा सल्मोन,
33अम्मीनादाबका छोरा नहशोन, आरामका छोरा अम्मीनादाब, हेस्रोनका छोरा आराम, फारेसका छोरा हेस्रोन, यहूदाका छोरा फारेस,
34याकूबका छोरा यहूदा, इसहाकका छोरा याकूब, अब्राहामका छोरा इसहाक, तेरहका छोरा अब्राहाम, नाहोरका छोरा तेरह,
10सोलोमनका छोरा रहबाम थिए । रहबामका छोरा अबिया थिए । अबियाका छोरा आसा थिए । आसाका छोरा यहोशापात थिए ।
6उज्जी जरयाहका पिता भए, जरयाह मरायोतका पिता भए ।
7मरायोत अमर्याहका पिता भए, र अमर्याह अहीतूबका पिता भए ।
8अहीतूब सादोकका पिता भए, र सादोक अहीमासका पिता भए ।
9अहीमास अजर्याहका पिता भए, र अजर्याह योहानानका पिता भए ।
33नेर कीशका पिता थिए । कीश शाऊलका पिता थिए । शाऊल जोनाथन, मल्कीशूअ, अबीनादाब र एश्बालका पिता थिए ।
37जाबाद एपलालका पिता र एपलाल ओबेदका पिता बने ।
38ओबेद येहूका पिता र येहू अजर्याहका पिता बने ।
3त्यसैले दाऊदले मानिसहरू बोलाए र ती स्त्रीलाई चिन्नेहरूलाई सोधे । कसैले भन्यो, “के यिनी एलीआमकी छोरी बतशेबा र हित्ती उरियाहकी पत्नी होइनन् र?”
3यरूशलेममा दाऊदले अझै अरू पत्नीहरू ल्याए, र तिनी धेरै जना छोराहरू र छोरीहरूका बाबु भए ।
12दाऊदचाहिं यहूदाका बेथलेहेमको एप्रातीका छोरा थिए जसको नाम यिशै थियो । तिनका आठ भाइ छोरा थिए । शाऊलको समयमा यिशै बृद्ध मानिस, मानिसहरू माझ धेरै वृद्ध थिए ।
39नेर कीशका पिता थिए । कीश शाऊलका पिता थिए । शाऊल जोनाथन, मल्कीशूअ, अबीनादाब र एश्बालका पिता थिए ।
5ती स्त्री गर्भवती भइन् र उनले दाऊदलाई खबर पठाइन् र भनिन् । उनले भनिन्, “म गर्भवती भएछु ।”
6त्यसपछि दाऊदले यआबलाई यसो भनेर खबर पठाए, “हित्ती उरियाहलाई मकहाँ पठाऊ ।” त्यसैले योआबले उरियाहलाई दाऊदकहाँ पठाए ।
17छिमेकका महिलाहरूले तिनलाई यसो भने, “नाओमीको एउटा छोरा भयो । तिनहरूले त्यसको नाउँ ओबेद राखे । तिनी यिशैको बुबा भए, जो दाऊदको बुबा भए ।
11तब नातानले सोलोमनकी आमा बतशेबालाई यसो भन्दै सोधे, “हाम्रा मालिक दाऊदलाई थाहै नदिई हग्गीतका छोरा अदोनियाह राजा भएका छन् भन्ने कुरा के तपाईंले सुन्नुभएको छैन?”
24दाऊदले आफ्नी पत्नी बतशेबालाई सान्त्वना दिए र उनकहाँ गए र उनीसँग सुते । पछि उनले एउटा छोरा जन्माइन् र त्यो बालककको नाउँ सोलोमन राखियो । परमप्रभुले त्यसलाई प्रेम गर्नुभयो
11अजर्याह अमर्याहका पिता भए, र अमर्याह अहीतूबका पिता भए ।
13दाऊदले हेब्रोन छोडे र यरूशलेममा आए, त्यसपछि तिनले यरूशलेममा अरू धेरै उपपत्नीहरू र पत्नीहरू ल्याए र तिनका अरू धेरै छोराहरू र छोरीहरू जन्मे ।
13शल्लूम हिल्कियाहका पिता भए, र हिल्कियाह अजर्याहका पिता भए ।
14अजर्याह सरायाहका पिता भए, र सरायाह यहोसादाकका पिता भए ।
18रहबामले आफ्नो निम्ति एउटी पत्नी ल्याएः तिनी महलत थिइन् । तिनका बुबा दाऊदका छोरा यरीमोत थिए र आमाचाहिं यिशैका छोरा एलीआबकी छोरी अबीहेल थिइन् ।
5शम्मूअ, शोबाब, नातान र सोलोमन चार जना अम्मीएलकी छोरी बतशेबाबाट येरूशलेममा जन्मेका थिए ।
2साहिंला अब्शालोम, जसकी आमा गशूरका राजा तल्मैकी छोरी माका थिइन्, काहिंला अदोनियाह, जो हग्गीतका छोरा थिए ।
26माथका छोरा नग्गै, मत्ताथियासका छोरा, माथ मत्ताथियासका छोरा, सेमैनका छोरा मत्ताथियास, योसेखका छोरा सेमैन, योदाका छोरा योसेख थिए,
42आहाज यादाहका पिता थिए । यादाह आलेमेत, अज्मावेत र जिम्रीका पिता थिए । जिम्री मोसका पिता थिए ।