मत्ती 10:8

अनलक शाब्दिक बाइबल

रोगीहरूलाई निको पार, मरेकाहरूलाई जीवित बनाओ, कुष्‍ठरोगीहरूलाई शुद्ध पार र भूतात्माहरूलाई धपाओ । तिमीहरूले सित्तैँमा पाएका छौ, सित्तैँमा देओ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रेरि 3:6 : 6 तर पत्रुसले भने “मसँग सुन र चाँदी छैन, तर जे मसँग छ त्यो मैले तिमीलाई दिनेछु । नासरतका येशू ख्रीष्‍टको नाउँमा हिँड ।”
  • प्रेरि 4:30 : 30 ताकि जब तपाईंले निको पार्नका लागि आफ्नो हात पसार्नुहुन्छ तपाईंका पवित्र सेवक येशूको नाउँद्वारा चिन्हहरू र आश्‍चर्यहरू होऊन् ।”
  • प्रेरि 5:12-15 : 12 प्रेरितहरूको हातद्वारा मानिसहरूका बिचमा धेरै चिह्न र आश्‍चर्यकर्महरू भइरहेका थिए । तिनीहरू सबै सोलोमनको दलानमा सँगै थिए । 13 तिनीहरूलाई मानिसहरूद्वारा उच्‍च सम्मान मिलेको भए तापनि कसैले पनि तिनीहरूसँगै सामेल हुन साहस गरेनन् । 14 अझ धेरै विश्‍वासीहरू अर्थात् असंख्य स्‍त्रीहरू र पुरुषहरू प्रभुमा थपिँदै थिए । 15 पत्रुस त्यहाँबाट भएर आउँदा तिनको छाया तिनीहरूमध्ये कोहीमाथि परोस् भनेर तिनीहरूले बिरामीहरूलाई गल्लीहरूमा बोकेर ल्याए र तिनीहरूलाई खाट र पलङहरूमा राखे ।
  • प्रेरि 20:33-35 : 33 मैले कुनै मानिसको सुन, चाँदी वा कपडाको लोभ गरिनँ । 34 तपाईंहरू आफैँ जान्‍नुहुन्छ कि यी हातहरूले मेरा आफ्नै र मसँग भएकाहरूका आवश्यकताहरू पुरा गरेका छन् । 35 सबै कुरामा मैले तपाईंहरूलाई कसरी काम गरेर कमजोरहरूको सहायता गर्नुपर्छ र प्रभु येशूका वचनहरूको सम्झना गर्नुपर्छ भन्‍ने उदाहरण दिएको छु, जसरी उहाँ आफैँले यी वचनहरू भन्‍नुभयो, ʻलिनुभन्दा दिनु अझ बढी आशिष्‌को कुरो हो ।ʼ”
  • प्रेरि 8:18-23 : 18 प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाईंदोरहेछ भनी जब सिमोनले देख्यो त्यसले तिनीहरूलाई रूपैयाँ-पैसा दिन लाग्यो । 19 त्यसले भन्यो, “मलाई पनि यो शक्ति दिनुहोस् ताकि मैले जो कसैमाथि हात राख्दा उसले पवित्र आत्मा पाउन सकोस् ।” 20 तर पत्रुसले भने, “तेरो रूपैयाँ-पैसा तैँसित नष्‍ट होस् किनकि तैँले परमेश्‍वरको वरदानलाई रूपैयाँ-पैसाले प्राप्‍त गर्न सकिँदोरहेछ भनी ठानिस् । 21 यस विषयमा तेरो कुनै हिस्सा वा भाग छैन किनकि तिम्रो हृदय परमेश्‍वरसित ठिक छैन । 22 त्यसकारण, तेरो दुष्‍टताको लागि पश्‍चात्ताप गरी प्रभुलाई प्रार्थना चढा, कतै उहाँले तँलाई क्षमा गरिदिनुहुन्छ कि । 23 किनभने म देख्दछु कि तँ तिक्ताको विष र पापको बन्धनमा छस् ।”
  • प्रेरि 4:9-9 : 9 यदि यो मानिसलाई कसरी ठिक पारियो भनी यो बिरामी मानिसलाई गरेको असल कामको बारेमा आज हामीलाई नै प्रश्‍न गरिदैँछ भने, 10 तपाईंहरू सबै र इस्राएलका सबै मानिसहरूलाई यो थाहा होस् कि, तपाईंहरूले क्रुसमा टाँग्‍नुभएका र परमेश्‍वरले मृत्युबाट जीवित पार्नुभएका नासरतका येशू ख्रीष्‍टको नाउँद्वारा नै भएको हो कि यो मानिस तपाईंहरूको बिचमा यहाँ स्वस्थ भएर उभिएको छ ।
  • २ राजा 5:15-16 : 15 नामान र तिनको दल परमेश्‍वरका मानिसकहाँ फर्केर आए र तिनको सामु खडा भए । तिनले भने, “हेर्नुहोस्, सारा पृथ्वीमा इस्राएलमा बाहेक अन्त कतै परमेश्‍वर हुनुहुन्‍न रहेछ भनी अब मलाई थाहा भयो । त्यसकारण तपाईंको दासबाट उपहार ग्रहण गर्नुहोस् ।” 16 तर एलीशाले जावाफ दिए, “परमप्रभु जसको सामु म खडा हुन्‍छु, उहाँको नाउँमा शपथ खाएर भन्छु, म केही लिने छैनँ ।” नामानले एलीशालाई उपहार लिन बिन्ती गरे तर तिनले इन्कार गरे ।
  • २ राजा 5:20-27 : 20 तिनी अलि पर मात्र पुगेका थिए, परमेश्‍वरका मानिस एलीशाको सेवक गेहजीले आफ्नो मनमा भन्यो, “मेरा मालिकले यी अरामी नामानको हातबाट तिनले ल्याएका उपहारहरू ग्रहण नगरी तिनको बचत गर्नुभएको छ । परमप्रभुको नाउँमा शपथ खाएर म भन्छु, म तिनको पछि दौडेर जानेछु, र तिनीबाट केही लिनेछु ।” 21 त्यसैले गेहजी नामानको पछि गयो । जब नामानले तिनको पछि कोही दौडेर आएको देखे, तब आफ्नो रथबाट त्यसलाई भेट्न तिनी ओर्ले र भने, “के सबै कुरा ठिकै छ?” 22 गेहजीले भन्यो, “सबै ठिकै कुरा छ । मेरा मालिकले मलाई यसो भनेर पठाउनुभएको छ, 'हेर, एफ्राइमको पहाडी देशबाट अगमवक्ताहरूका छोराहरूमध्ये दुई जना युवा मकहाँ आएका छन् । कृपया, तिनीहरूलाई एक तोडा चाँदी र दुई जोर लुगा दिनुहोस् ।” 23 नामानले भने, “म तिमीलाई दुई तोडा चाँदी दिन अत्यन्तै खुसी छु ।” नामानले गेहजीलाई जिद्दी गरे र दुईवटा थैलामा दुई तोडा चाँदी र दुई जोर लुगा राखिदिए, अनि तिनले आफ्ना दुई जना सेवक दिए जसले ती थैलाहरू बोकेर गेहजीको अगि लागे । 24 जब गेहजी डाँडामा आइपुग्यो त्यसले तिनीहरूका हातबाट चाँदीका थैलाहरू लियो र ती घरमा लुकायो । त्यसले ती मानिसहरूलाई पठायो र उनीहरू गए । 25 जब गेहजी भित्र गयो र आफ्ना मालिकको अघि खडा भयो, तब एलीशाले भने, “ए गेहजी, तँ कहाँबाट आएको?” त्यसले जवाफ दियो, “तपाईंको दास कतै गएन ।” 26 एलीशाले गेहजीलाई भने, “ती मानिसले तँलाई भेट्न आफ्नो रथ घुमाउँदा के मेरो आत्मा तँसितै थिएन र? के यो रुपियाँ-पैसा र लत्ता कपडा, भद्राक्षका बोटहरू र दाखबारीहरू, भेडा-बाख्रा र गाई-गोरुहरू अनि कमारा-कमारीहरू ग्रहण गर्ने समय हो र? 27 त्यसैले नामानको कुष्ठरोग तँ र तेरा सन्तानमाथि सधैँभरि रहनेछ ।” त्यसैले गेहजी हिउँजस्तै सेतो कुष्ठरोगी बनेर तिनको उपस्थितिबाट बाहिर गयो ।
  • मत्त 10:1 : 1 ¶ येशूले आफ्ना बाह्र जना चेलालाई एकै ठाउँमा बोलाउनुभयो र तिनीहरूलाई अशुद्ध आत्माहरू धपाउने अधिकार दिनुभयो अनि हर प्रकारका रोग र बिमारीहरूलाई निको पार्ने अधिकार पनि दिनुभयो ।
  • मर 16:18 : 18 तिनीहरूले आफ्ना हातले सर्पहरू समाउनेछन् र यदि तिनीहरूले कुनै विषालु पदार्थ पिए पनि यसले तिनीहरूलाई कुनै हानि गर्नेछैन । तिनीहरूले बिरामीमाथि हात राख्‍नेछन् र तिनीहरू निको हुनेछन् ।
  • लू 10:9 : 9 र त्यहाँ भएका बिरामीहरूलाई निको पार । तिनीहरूलाई भन, “परमेश्‍वरको राज्य तिमीहरूको नजिक आएको छ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मत्त 10:6-7
    2 पदहरू
    81%

    6यसको सट्टा, इस्राएलको घरानाको हराएको भेडाकहाँ जाओ ।

    7अनि जसै तिमीहरू जान्छौ, ‘स्वर्गको राज्य नजिकै आइसकेको छ’ भनी प्रचार गर ।

  • लू 10:8-10
    3 पदहरू
    79%

    8तिमीहरू जुन सहरमा जान्छौ, त्यहाँ तिनीहरूले स्वागत गरे भने तिमीहरूका अगि जे राखिएको छ खाओ,

    9र त्यहाँ भएका बिरामीहरूलाई निको पार । तिनीहरूलाई भन, “परमेश्‍वरको राज्य तिमीहरूको नजिक आएको छ ।”

    10तर तिमीहरू जुन सहरमा प्रवेश गर्छौ र तिनीहरूले तिमीहरूलाई स्वागत गरेनन् भने, त्यस सहरका सडकहरूमा गएर यसो भन,

  • लू 9:1-2
    2 पदहरू
    79%

    1¶ उहाँले बाह्र जनालाई एकैसाथ बोलाउनुभयो र तिनीहरूलाई सबै भूतहरू निकाल्ने र रोगहरू निको पार्ने अधिकार र शक्‍ति दिनुभयो ।

    2उहाँले तिनीहरूलाई परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्न र बिरामी निको पार्न पठाउनुभयो ।

  • 1¶ येशूले आफ्ना बाह्र जना चेलालाई एकै ठाउँमा बोलाउनुभयो र तिनीहरूलाई अशुद्ध आत्माहरू धपाउने अधिकार दिनुभयो अनि हर प्रकारका रोग र बिमारीहरूलाई निको पार्ने अधिकार पनि दिनुभयो ।

  • 9तिमीहरूका थैलीमा कुनै पनि सुन, चाँदी वा पित्तल नबोक ।

  • 15अनि भूतहरूलाई निकाल्ने अधिकार होस् ।

  • मत्त 11:4-5
    2 पदहरू
    76%

    4येशूले उत्तर दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले जे देखेका र सुनेका छौ, गएर यूहन्‍नालाई बताइदेओ ।

    5दृष्‍टिविहीनहरूले दृष्‍टि पाइरहेका छन्; लङ्गडा मानिसहरू हिँडिरहेका छन्; कुष्‍ठरोगीहरू शुद्ध पारिएका छन्; बहिरा मानिसहरूले फेरि सुनिरहेका छन्; मरेका मानिसहरूलाई फेरि जीवनमा फर्काइएको छ, अनि खाँचोमा परेका मानिसहरूलाई सुसमाचार सुनाइँदै छ ।

  • लू 7:21-22
    2 पदहरू
    74%

    21त्यस घडीमा उहाँले धेरै मानिसहरूलाई तिनीहरूका रोग, दुःखकष्‍ट र दुष्‍टात्माबाट निको पार्नुभयो र उहाँले धेरै दृष्‍टिविहीन मानिसहरूलाई देख्‍न सक्‍ने क्षमता दिनुभयो ।

    22येशूले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो, “तिमीहरू आफ्नो बाटो लागिसकेपछि तिमीहरूले जे सुनेका र देखेका छौ, सो यूहन्‍नालाई बताइदेओ । दृष्‍टिविहीनहरूले दृष्‍टि पाइराखेका छन्, लङ्गडाहरू हिँडिराखेका छन्, कुष्‍ठरोगीहरू शुद्ध भइराखेका छन्, कान नसुन्‍नेहरूले सुनिराखेका छन्, मृतकहरू जीवित भइराखेका छन् र आवश्यकतामा परेका मानिसहरूलाई सुसमाचार सुनाइएको छ ।

  • मत्त 8:16-17
    2 पदहरू
    73%

    16जब साँझ पर्‍यो, मानिसहरूले भूतात्‍मा लागेका धेरै मानिसहरूलाई येशूकहाँ ल्‍याए । उहाँले एउटै वचनबाट भूतात्‍माहरूलाई बाहिर निकाल्नुभयो र सबै बिरामीलाई निको पार्नुभयो ।

    17यसरी यशैया अगमवक्‍ताद्वारा भनिएको यस्तो वचन पुरा भयो, “उहाँ आफैँले नै हाम्रा बिमारीहरू लिनुभयो र हाम्रा रोगहरू वहन गर्नुभयो ।”

  • लू 9:4-6
    3 पदहरू
    73%

    4तिमीहरू जुन घरमा पस्छौ, त्यस ठाउँलाई नछोडेसम्म त्यहीँ बस ।

    5कसैले तिमीहरूलाई ग्रहण गर्दैन भने, जब तिमीहरू त्यस सहरलाई छोडछौ, तिनीहरूका विरुद्धमा साक्षीका लागि तिमीहरूका खुट्टाको धुलोसमेत टकटकाइदेओ ।”

    6तब तिनीहरू सुसमाचारको घोषणा गर्दै हिँडे र हरेक ठाउँका रोगी मानिसहरूलाई निको पार्दै गाउँहरूतिर गए ।

  • 35येशू सारा सहरमा र गाउँहरूमा जानुभयो । उहाँले राज्‍यको सुसमाचार प्रचार गर्दै र सबै किसिमका रोग र बिमारीहरूलाई निको पार्दै तिनीहरूका सभाघरहरूमा सिकाइरहनुभयो ।

  • 38अरूहरूलाई देऊ र तिमीहरूलाई पनि दिइनेछ । प्रशस्त परिमाणमा खाँदी-खाँदी, हल्लाई-हल्लाई पोखिने गरी, तिनीहरूले तिमीहरूका पोल्टामा खन्याउनेछन् । जुन नापले तिमीहरू नाप्‍तछौ, त्यहीँ नापले तिमीहरू पनि नापिनेछौ ।”

  • मर 6:12-13
    2 पदहरू
    72%

    12तिनीहरू त्यहाँबाट बाहिर गए र मानिसहरू आफ्नो पापबाट फर्केर आउनुपर्छ भनी घोषणा गरे ।

    13तिनीहरूले धेरै भूतहरू निकाले, धेरै बिरामीहरूलाई तेलले अभिषेक गरे र निको पारे ।

  • 8जब भिडले यो देख्यो, तिनीहरू छक्‍क परेर मानिसहरूलाई यस्तो अधिकार दिनुभएको परमेश्‍वरको प्रशंसा गरे ।

  • 23येशूले गालीलका सभाघरहरूमा सिकाउँदै, परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूका बिचमा हर प्रकारका रोग र बिमारीहरूलाई निको पार्दै गालीलका सबै ठाउँमा जानुभयो ।

  • 11तर भिडले यो सुन्यो र उहाँलाई पछ्यायो र उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो, र परमेश्‍वरको राज्यको बारेमा तिनीहरूलाई बताउनुभयो र जसलाई निको हुन आवश्यक थियो, तिनीहरूलाई निको पार्नुभयो ।

  • 39उहाँ तिनीहरूको सभाघरमा प्रचार गर्दै र भूतहरू निकाल्दै सारा गालीलभरि जानुभयो ।

  • 34उहाँले विभिन्‍न प्रकारका रोगी र बिमारीहरूलाई निको पार्नुभयो र धेरै भूत निकाल्नुभयो, तर उहाँले भूतहरूलाई बोल्न दिनुभएन, किनकि तिनीहरूले उहाँलाई चिन्थे ।

  • 41तिमीभित्र जे छ, त्यो कुरा गरिबलाई देओ र त्यो कुरा तिम्रो निम्ति सबै शुद्ध हुनेछन् ।

  • मर 16:17-18
    2 पदहरू
    70%

    17[टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] जसले विश्‍वास गर्नेछन् तिनीहरूसँग यी चिन्हहरू हुनेछन्ः तिनीहरूले मेरो नाउँमा भूतहरू धपाउनेछन् । तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन् ।

    18तिनीहरूले आफ्ना हातले सर्पहरू समाउनेछन् र यदि तिनीहरूले कुनै विषालु पदार्थ पिए पनि यसले तिनीहरूलाई कुनै हानि गर्नेछैन । तिनीहरूले बिरामीमाथि हात राख्‍नेछन् र तिनीहरू निको हुनेछन् ।

  • 7उहाँले बाह्र जनालाई बोलाउनुभयो, र अशुद्ध आत्माहरूमाथि अधिकार दिनुभयो र दुई-दुई जना गरी तिनीहरूलाई पठाउनुभयो ।

  • 35सबै कुरामा मैले तपाईंहरूलाई कसरी काम गरेर कमजोरहरूको सहायता गर्नुपर्छ र प्रभु येशूका वचनहरूको सम्झना गर्नुपर्छ भन्‍ने उदाहरण दिएको छु, जसरी उहाँ आफैँले यी वचनहरू भन्‍नुभयो, ʻलिनुभन्दा दिनु अझ बढी आशिष्‌को कुरो हो ।ʼ”

  • 19हेर, मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुका सबै शक्‍तिमाथि कुल्चने अधिकार दिएको छु र कुनै कुराले तिमीहरूलाई हानि पुर्‍याउनेछैन ।

  • मत्त 8:3-4
    2 पदहरू
    70%

    3येशूले आफ्नो हात पसार्नुभयो र उसलाई छुनुभयो, र भन्‍नुभयो, “म चाहन्‍छु । तिमी शुद्ध होऊ ।” तब तुरून्‍तै आफ्नो कुष्‍ठरोगबाट ऊ शुद्ध भयो ।

    4येशूले उसलाई भन्‍नुभयो, “हेर, कुनै पनि मानिसलाई केही नभन्‍नू । आफ्नो बाटो लाग; आफैँलाई पुजारीकहाँ प्रकट गराऊ र तिनीहरूको अगि गवाही होस् भनेर मोशाले आज्ञा गरेअनुसार भेटी चढाऊ ।”

  • 40साँझपख सूर्य अस्ताउने बेलामा धेरै प्रकारका रोग लागेका बिरामीहरूलाई येशूकहाँ ल्याइयो । उहाँले तिनीहरू सबैमाथि आफ्नो हात राख्‍नुभयो र सबैलाई निको पार्नुभयो ।

  • 14त्यसपछि येशू तिनीहरूको अगाडि आउनुभयो र उहाँले ठुलो भिड देख्‍नुभयो । उहाँ तिनीहरूप्रति दयाले भरिनुभयो र तिनीहरूका बिचमा भएका बिमारीहरूलाई निको पार्नुभयो ।

  • 40जसले तिमीहरूलाई स्वागत गर्दछ, उसले मलाई स्वागत गर्दछ र जसले मलाई स्वागत गर्दछ, उसले मलाई पठाउनुहुनेलाई पनि स्वागत गर्दछ ।

  • 18“परमप्रभुका आत्मा ममाथि छ, किनभने उहाँले मलाई गरिबहरूलाई सुसमाचार सुनाउनको निम्ति अभिषेक गर्नुभएको छ । उहाँले कैदीहरूलाई छुटकाराको घोषणा गर्न मलाई पठाउनुभएको छ र दृष्‍टिविहीनहरूलाई दृष्‍टि दिन, अन्यायमा परेकाहरूलाई स्वतन्‍त्रता प्रदान गर्न,

  • 14जसले तिमीहरूलाई ग्रहण गर्दैन वा तिमीहरूका वचन सुन्दैन, तिमीहरू त्यस सहर वा गाउँबाट निस्केर जाँदा, तिमीहरूका खुट्टाबाट धुलो टकटक्याइदेओ ।

  • 30ठुलो भिड उहाँकहाँ आयो । उनीहरूले आफ्ना साथमा लङ्गडा, दृष्‍टिविहीन, गुँगा, र लुला मानिसहरू, र बिरामी भएका धेरैलाई ल्याए । उनीहरूले येशूको चरणमा तिनीहरूलाई अर्पण गरे र उहाँले तिनीहरूलाई निको पार्नुभयो ।

  • 39“आफ्नो घर फर्क र परमेश्‍वरले तिम्रो निम्ति गर्नुभएका महान् कार्यहरूको स्मरण गर ।”

  • 38ती घटनाहरू नासरतका येशूको बारेमा हुन् जसलाई परमेश्‍वरले पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभएको थियो । उहाँले असल कामहरू गर्नुभयो र शैतानद्वारा पीडितहरूलाई निको पार्दै जानुभयो किनकि परमेश्‍वर उहाँसित हुनुहुन्थ्यो ।

  • 6तर मानिसका पुत्रलाई पृथ्‍वीमा पाप क्षमा गर्ने अधिकार छ भन्‍ने कुरा तिमीहरूले जान्‍न सक ।” उहाँले त्यस पक्षाघातीलाई भन्‍नुभयो, “उठ, आफ्नो ओछ्यान उठाऊ र आफ्नो घर जाऊ ।”

  • 30तिमीसँग माग्‍ने सबैलाई देऊ । यदि कसैले तिम्रो केही कुरा लगेमा त्यससँग फिर्ता नमाग ।

  • 28तर यदि म परमेश्‍वरको आत्माद्वारा भूतात्माहरू निकाल्छु भने, परमेश्‍वरको राज्य तिमीहरूमा आएको छ ।

  • 60तर उहाँले उसलाई भन्‍नुभयो, “मृतकहरूलाई नै तिनीहरूको मृत शरीर गाड्न देऊ, तर तिमी जाऊ र जताततै परमेश्‍वरको राज्यको घोषणा गर ।”

  • 1¶ यसपछि छिट्टै प्रभु येशू आफ्ना बाह्र जना चेलाका साथमा वरपरका सहरहरू र गाउँहरूमा प्रचार गर्दै र परमेश्‍वरको राज्यको सुसमाचार घोषणा गर्दै जानुभयो ।

  • 7माग, र त्यो तिमीहरूलाई दिइनेछ । खोज, र तिमीहरूले भेट्टाउनेछौ । ढकढक्याऊ, र तिमीहरूका निम्ति उघारिनेछ ।