मत्ती 12:45

अनलक शाब्दिक बाइबल

त्यसपछि त्यो गएर आफूभन्दा दुष्‍ट अरू सात आत्मालाई बटुल्छ अनि तिनीहरू सबै त्यहाँभित्र बस्‍न आउँछन् । अनि त्यस मानिसको पछिल्लो अवस्था पहिलेको भन्दा अझ खराब हुन्छ । यस दुष्‍ट पुस्ताको निम्ति ठिक यस्तै हुनेछ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • इब्रा 6:4-8 : 4 किनकि जसले एक चोटि ज्योति पाएर स्वर्गको वरदान चाखेका थिए, जो पवित्र आत्मामा सहभागी भएका थिए, तिनीहरूका लागि यो असम्भव कुरा हो । 5 र जसले परमेश्‍वरको असल वचन र आउने युगको शक्‍तिको स्वाद चाखेका थिए, तिनीहरूका लागि यो असम्भव कुरा हो । 6 तर जो पतित भएको छ, तिनीहरूलाई फेरि पश्‍चात्तापमा ल्याउन असम्भव छ । किनकि तिनीहरूले फेरि आफ्नै निम्ति परमेश्‍वरका पुत्रलाई क्रुसमा टाँग्दछन्, र उहाँलाई खुल्लमखुल्ला शर्ममा पार्दछन् । 7 किनकि जमिनले आफूमाथि बर्सिने जुन पानी पिउँछ, जसमा बारम्बार पानी पर्छ र त्यसले जमिनमा काम गर्नेहरूका लागि उपयुक्त अन्‍न उत्पादन गर्दछ, त्यस जमिनले परमेश्‍वरबाट आशिष् प्राप्‍त गर्दछ । 8 तर यदि त्यसले काँडा र सिउँडीहरू फलाउँछ भने, त्यो मूल्यहीन हुन्छ र यो श्रापको नजिक पुग्दछ, र अन्त्यमा त्यसलाई जलाइन्छ ।
  • इब्रा 10:26-31 : 26 किनकि यदि सत्यताको ज्ञान पाएर पनि हामी जानिबुझिकन पाप गरिरहन्छौँ भने, पापका लागि कुनै बलिदान बाँकी रहँदैन । 27 त्यसको सट्टामा, न्यायको डरलाग्दो प्रतीक्षा र परमेश्‍वरका शत्रुहरूलाई भस्म पार्ने क्रोधको डरलाग्दो आगो मात्र रहनेछ । 28 मोशाको व्यवस्थालाई उल्लङ्घन गर्ने जो कोही पनि दुई वा तिन जना साक्षीको गवाहीमा दयाविना नै मर्दछ । 29 परमेश्‍वरका पुत्रलाई खुट्टाले कुल्चने, परमेश्‍वरमा समर्पित गरिएको करारको रगतलाई अपवित्र तुल्याउने र अनुग्रहको आत्मालाई अपमान ठान्‍ने जो कोहीले झन् कति बढी सजाय पाउँछ होला । 30 किनकि यसो भन्‍नुहुनेलाई हामी जान्दछौँ, “बदला लिने काम मेरो हो; म बदला लिनेछु ।” र फेरि, “परमप्रभुले उहाँका मानिसहरूको न्याय गर्नुहुनेछ ।” 31 जीवित परमेश्‍वरको हातमा पर्नु डरलाग्दो कुरा हो ।
  • मर 5:9 : 9 उहाँले त्यसलाई सोध्‍नुभयो, “तेरो नाम के हो?” त्यसले उहाँलाई भन्यो, “मेरो नाम फौज हो, किनकि हामी धेरै छौँ ।”
  • लू 11:26 : 26 त्यसपछि, ऊ जानेछ र अन्य सातवटा भूतात्मालाई पनि बोलाउनेछ र तिनीहरूसँगै बस्‍नेछ र त्यो मानिसको अवस्था अझ खराब हुनेछ ।
  • लू 11:49-51 : 49 त्यसैकारणले गर्दा, परमेश्‍वरको विवेकले भन्दछ, “म तिमीहरूलाई अगमवक्‍ता र प्रेरितहरूकहाँ पठाउनेछु र तिमीहरूले तिनीहरूलाई सताउनेछन् र यीमध्ये कतिलाई मार्नेछन् । 50 तब यो पुस्ताको लागि संसारको सुरुदेखि अगमवक्‍ताहरूको रगतमा तिमीहरू जिम्मेवार छौ । 51 म तिमीहरूलाई भन्दछु, कि हाबिलको रगतदेखि वेदी र पवित्र स्थानमा मारिएका जकरियाको रगतसम्मको दोष लागि यो पुस्ता जिम्मेवार छ ।
  • लू 19:41-44 : 41 जब येशू सहरको नजिक पुग्‍नुभयो, उहाँ त्यसलाई देखेर यसो भन्दै रुनुभयो, 42 “यदि तैँले यो दिनको बारेमा थाहा पाएको भए, तँलाई शान्ति दिने कुरालाई जानेको भए! तर अहिले यी कुराहरू तेरो नजरबाट लुकाइएका छन् । 43 किनकि तेरो लागि यस्ता दिनहरू आउनेछन्, जब तेरा शत्रुहरूले तेरो विरुद्धमा वरिपरि पर्खाल निर्माण गर्नेछन् र तँलाई घेर्नेछन् र चारैतिरबाट आक्रमण गर्नेछन् । 44 तिनीहरूले तँलाई र तेरा सन्तानलाई आक्रमण गरेर लडाउनेछन्; तिनीहरूले एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोड्नेछैनन्, किनभने परमेश्‍वरले तँलाई बचाउनका लागि गर्नुभएका प्रयत्‍नलाई तैँले बुझिनस् ।
  • यूह 15:22-24 : 22 यदि म आएको थिइनँ, र तिनीहरूसँग बोलेको थिइनँ भने त, उनीहरूमा पाप हुने थिएन, तर अब त तिनीहरूसित आफ्नो पापको लागि कुनै बहाना छैन । 23 जसले मलाई घृणा गर्छ, त्यसले मेरा पितालाई पनि घृणा गर्छ । 24 यदि मैले तिनीहरू माझ कसैले नगरेका कामहरू गरेको थिइनँ भने तिनीहरूमा कुनै पाप हुने थिएन, तर अहिले तिनीहरूले म र मेरा पिता दुवैलाई देखेका छन्, र घृणा गरेका छन् ।
  • मत्त 12:24 : 24 तर जब फरिसीहरूले यस आश्‍चर्यकर्मको बारेमा सुने, तिनीहरूले भने, “यो मानिसले अरू केही होइन, तर भूतात्माहरूको राजकुमार बालजिबुलद्वारा भूतहरू निकाल्दछ ।”
  • मत्त 21:38-44 : 38 तर जब दाखबारीमा काम गर्नेहरूले मालिकका छोरालाई देखे, तिनीहरूले एक आपसमा भने, ‘यो त उत्तराधिकारी हो । आओ, हामी यसलाई मारौँ र यसको उत्तराधिकार लिऔँ ।’ 39 यसैले, तिनीहरूले उसलाई पक्रे, दाखबारीबाट बाहिर फ्याँकिदिए, र उसलाई मारे । 40 जब त्यस दाखबारीका मालिक आउँछन्, तिनले ती दाखबारीमा काम गर्नेहरूलाई के गर्लान्?” 41 तिनीहरूले उहाँलाई भने, “उनले ती दुष्‍ट मानिसहरूलाई सबैभन्दा भयानक तरिकाले नाश गर्नेछन् र त्यो दाखबारी ती मानिसहरूलाई ठेक्‍कामा दिनेछन्, जसले फल पाकिसकेपछि त्यसको निम्ति मोल तिर्दछन् ।” 42 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले कहिल्यै धर्मशास्‍त्रमा पढेनौ, ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्ध गरे त्यहीचाहिँ कुनाको शिर ढुङ्गो बन्यो । यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्‍टिमा यो आश्‍चर्यपूर्ण छ? ’ 43 यसकारण, म तिमीहरूलाई भन्दछु, परमेश्‍वरको राज्य तिमीहरूबाट टाढा लगिनेछ र एउटा यस्तो जातिलाई दिइनेछ जसले आफ्नो फल फलाउनेछ । 44 जो यस ढुङ्गामा खस्दछ, त्यो टुक्रा-टुक्रा पारिनेछ । तर जसमाथि यो खस्दछ, त्यो कुल्चिनेछ ।”
  • मत्त 23:15 : 15 धिक्‍कार तिमी शास्‍त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू! किनकि एक जनालाई आफ्नो मतमा ल्याउनलाई तिमीहरू समुद्र र जमिन चहार्दछौ । जब त्यो तिमीहरूको मतमा आउँछ, त्यसलाई आफूभन्दा दोब्बर नरकको पुत्र बनाउँछौ ।
  • मत्त 23:24 : 24 ए अन्धा अगुवाहरू हो, तिमीहरू जो भुसुनालाई चाल्दछौ, तर उँटलाई चाहिँ निल्दछौ!
  • मत्त 23:32-39 : 32 तिमीहरूले आफ्ना पुर्खाहरूको कामलाई पनि पुरा गर्छौ । 33 ए सर्पहरू हो, साँपका सन्तानहरू, तिमीहरू नरकको दण्डबाट कसरी उम्कनेछौ? 34 त्यसकारण, हेर, म तिमीहरूकहाँ अगमवक्‍ताहरू, बुद्धिमान् मानिसहरू र शास्‍त्रीहरू पठाउँछु । तिनीहरूमध्ये कति जनालाई तिमीहरूले मार्नेछौ र क्रुसमा टाँग्‍नेछौ । अनि तिनीहरूमध्ये केहीलाई तिमीहरूले आफ्ना सभाघरहरूमा कोर्रा लगाउनेछौ र सहर हुँदो धपाउनेछौ । 35 यसको परिणाम यस्तो हुनेछ, कि पृथ्वीमा बगाइएका सबै धर्मी जनको रगत तिमीहरूमाथि आइपर्नेछ– धर्मी हाबिलको रगतदेखि लिएर बेरेक्याहका छोरा जकरियाको रगतसम्म, जसलाई तिमीहरूले पवित्र-स्थान र वेदीको माझमा हत्या गर्‍यौ । 36 साँच्‍चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा यसै पुस्तामाथि आइपर्नेछन् । 37 ए यरूशलेम, ए यरूशलेम, तँ जसले अगमवक्‍ताहरूलाई मार्छस् र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्छस्! कति पटक मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरेँ, जसरी एउटा कुखुरीले आफ्ना चल्लाहरूलाई त्यसको पखेटामुनि बटुल्छ, तर तैँले इच्छा गरिनस् । 38 हेर, तिमीहरूका घर तिमीहरूका सामु उजाड पारिएका छन् । 39 किनकि म तिमीहरूलाई भन्दछु, ‘परमप्रभुको नाउँमा आउने धन्यका हुन्’ भनी तिमीहरूले नभनेसम्म, अबदेखि तिमीहरूले मलाई देख्‍नेछैनौ ।”
  • मर 16:9 : 9 [टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] हप्‍ताको पहिलो दिन सबेरै, उहाँ जीवित भई उठ्नुभएपछि उहाँ मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो जसबाट उहाँले सातवटा भूत निकाल्नुभएको थियो ।
  • एफिसी 6:12 : 12 किनकि हाम्रो लडाइ शरीर र रगतको विरूद्धमा होइन । तर, यो त शासकहरू र आत्मिक अधिकारीहरू र अन्धकारको राज्यको शासकहरू र स्वर्गीय स्थानहरूमा भएका दुष्‍टात्माहरूको विरूद्धमा हो ।
  • १ थेस 2:15-16 : 15 जसले प्रभु येशू र अगमवक्‍ताहरूलाई मारे र हामीलाई पनि धपाए, जसले परमेश्‍वरलाई खुसी पार्दैनन, तर सबै मानिसहरूप्रति शत्रुता राख्छन् । 16 तिनीहरू सदैव तिनीहरूका पापहरूबाट भरिन हामीहरूलाई गैरयहूदीहरूले उद्धार पाऊन् भनेर बोल्न दिँदैनन् । तिनीहरूमाथि क्रोध चरम रूपमा आएको छ ।
  • इब्रा 10:39 : 39 तर हामी नाश हुनेहरूमध्येका होइनौँ, जो विनाशतिर फर्कन्छ । बरु, ती मध्येका हौँ जसले हाम्रो आत्मालाई बचाइराख्‍ने विश्‍वास छ ।
  • २ पत्रु 2:14-22 : 14 तिनीहरूका आँखा व्यभिचारले भरिएका हुन्छन्; तिनीहरू पाप गरेर कहिल्यै अघाउँदैनन् । तिनीहरूले अस्थिर मनलाई नराम्रो काममा लोभ्याउँछन्; तिनीहरूका मनले लोभमा तालिम पाएका हुन्छन् र तिनीहरू श्रापित सन्तान हुन् । 15 तिनीहरूले सही मार्गलाई त्यागेका छन् । तिनीहरू बरालिएर अधार्मिक कामको ज्याला लिन मन पराउने बोअरको छोरा बालामको पछि लाग्छन् । 16 तर त्यसले आफ्नै अपराधको निम्ति हप्की पायो । एउटा नबोल्ने गधाले मानिसको आवाजमा बोलेर अगमवक्ताको पागलपनलाई रोकिदियो । 17 यी मानिसहरू मूलविनाको पानीजस्ता छन् । तिनीहरू आँधीले उडाई लैजाने बादलजस्ता छन् । तिनीहरूको निम्ति घोर अन्धकार साँचिएको छ । 18 तिनीहरू खोक्रो अहङ्कारसाथ बोल्छन् । तिनीहरू शारीरिक वासनाद्वारा मानिसहरूलाई प्रलोभनमा पार्छन् । खराबी गर्नेहरूदेखि भाग्‍न खोज्‍नेहरूलाई तिनीहरू प्रलोभनमा पार्छन् । 19 उनीहरूले तिनीहरूलाई छुटकारा दिने प्रतिज्ञा गर्छन्, तर तिनीहरू आफैँ भ्रष्‍टताका दास हुन् । किनकि मान्छेलाई जुन कुराले जित्छ, ऊ त्यसैको दास बन्छ । 20 यदि कसैले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टलाई चिनेर यस संसारका दूषित गराउने कुराबाट उम्किसकेपछि पनि फेरि त्यहीँ फर्कन्छ भने त्यसको अवस्था पहिलेको भन्दा खराब हुन्छ । 21 धार्मिकताको मार्गलाई जानेर तिनीहरूलाई दिइएको पवित्र आज्ञाहरूबाट फर्कनुभन्दा त तिनीहरूले धार्मिकताको मार्ग नै नजानेको भए असल हुने थियो । 22 तिनीहरूका निम्ति यो उखान सत्य छः “कुकुर आफ्नै बान्तामा फर्किन्छ । नुहाइदिएको सुँगुर हिलैमा फर्किन्छ ।”
  • १ यूह 5:16-17 : 16 यदि कसैले त्यसको भाइले मृत्युमा नपुर्‍याउने पाप गरिरहेको देख्छ भने त्यसले प्रार्थना गर्नुपर्छ, र मृत्युमा नपुर्‍याउने पाप गर्ने त्यसलाई परमेश्‍वरले क्षमा दिनुहुनेछ । मृत्युमा पुर्‍याउने पाप छ । त्यसले त्यसबारे बिन्ती चढाउनुपर्छ भनी म भन्दिनँ । 17 सबै अधार्मिकता पाप हो, तर मृत्युमा नपुर्‍याउने पाप पनि छ ।
  • यहू 1:10-13 : 10 तर यी मानिसहरूले आफूले नबुझ्ने कुराहरूको विरुद्धमा निन्दा गर्दछन् । र यिनीहरूले बुझ्ने कुराहरू जुन विवेकहीन पशुहरूले स्वाभाविक रूपमा जान्‍दछन् यी कुराहरूले नै यिनीहरूलाई नष्‍ट गरेका छन् । 11 धिक्‍कार तिनीहरूलाई! किनकि तिनीहरू कयिनको मार्गमा हिँडेका छन्, र लाभको निम्ति बालामले गरेको भुलमा सामेल भएका छन् । तिनीहरू कोरहको विद्रोहमा नष्‍ट भएका छन् । 12 तिमीहरूका प्रेम भोजहरूमा लुकेका कलङ्कहरू यिनीहरू नै हुन् । तिनीहरू केवल आफ्नै निम्ति मात्र निर्लज्‍ज रूपमा भोज खान्छन् । तिनीहरू पानी नभएका बादलहरू हुन्, जसलाई हुरीले उडाएर लैजान्छन् । तिनीहरू शरद ऋतुका निष्फल रुखहरू हुन्, जो दुई पटक मरिसकेका छन्, र जराहरूसितै उखेलिएका छन् । 13 तिनीहरू समुद्रका भयङ्कर छालहरू हुन्, जसले आफ्ना निर्लज्‍जताको फिँज निकाल्दछन् । तिनीहरू बत्तिएका ताराहरू हुन्, जसको निम्ति अनन्त अँध्यारोको घोर अन्धकार साँचेर राखिएको छ ।
  • रोमी 11:8-9 : 8 जस्तो लेखिएको छ, “परमेश्‍वरले तिनीहरूलाई बोधो आत्मा दिनुभएको छ, ताकि आजको दिनसम्म पनि तिनीहरूका आँखा छन् र पनि तिनीहरूले देख्‍न नसकून् अनि कान छन् र पनि तिनीहरूले सुन्‍न नसकून् ।” 9 अनि दाऊद भन्छन्, “तिनीहरूका भोजनको टेबल तिनीहरूका निम्ति पासो, जाल, बाधा र तिनीहरूका विरुद्धमा प्रतिशोध बनोस् । 10 तिनीहरूका आँखा अँध्यारो होस्, ताकि तिनीहरूले नदेखून् । तिनीहरूका ढाड सधैँ कुप्रो होस् ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लू 11:24-26
    3 पदहरू
    92%

    24जब अशुद्ध आत्मा मानिसबाट निस्केर गयो, यो पानी नभएको ठाउँ भएर गयो र यसले आरामको लागि ठाउँ खोजेको छ । त्यसले कुनै ठाउँ पनि बस्‍नका लागि पाएन र त्यसले भन्यो, म जहाँबाट आएको हुँ म त्यहीँ फर्कीजानेछु ।

    25फर्की सकेपछि, त्यसले आफ्नो घर सफासँग व्यवस्थित पारेर राखिएको देख्यो ।

    26त्यसपछि, ऊ जानेछ र अन्य सातवटा भूतात्मालाई पनि बोलाउनेछ र तिनीहरूसँगै बस्‍नेछ र त्यो मानिसको अवस्था अझ खराब हुनेछ ।

  • मत्त 12:41-44
    4 पदहरू
    82%

    41निनवेका मानिसहरू न्यायको दिनमा यस पुस्तासँग खडा हुनेछन् र यस जातिको निन्दा गर्नेछन् । किनकि योनाको सन्देश सुनेर तिनीहरूले पश्‍चात्ताप गरेका थिए, र हेर, योनाभन्दा अझै महान् कोही यहाँ छन् ।

    42दक्षिणकी रानी यस पुस्ताका मानिसहरूसँग न्यायको दिनमा उठ्नेछिन् र यसको निन्दा गर्नेछिन् । तिनी पृथ्वीका कुनाबाट सोलोमनका ज्ञानका कुराहरू सुन्‍न आइन्, तर हेर, सोलोमनभन्दा महान् कोही यहाँ छन् ।

    43जब कुनै अशुद्ध आत्माले मानिसलाई छोड्छ, त्यो पानी नभएको ठाउँ हुँदै जान्छ र त्यसले आराम खोज्छ, तर त्यसले त्यो भेट्टाउँदैन ।

    44अनि त्यसले भन्छ, ‘म मेरो घरमा फर्कनेछु जहाँबाट म आएँ ।’ फर्किएपछि त्यसले आफ्नो घर सफा गरिएको र मिलाएर राखिएको भेट्टाउँछ ।

  • मत्त 12:29-31
    3 पदहरू
    72%

    29र कुनै मानिसले एक बलियो व्यक्‍तिलाई पहिले नबाँधेसम्म उसको घरमा छिरेर उसका सामानहरू कसरी चोर्न सक्छ? त्यस बलियो व्यक्‍तिलाई बाँधेपछि उसको घरका सामानहरू त्यसले चोर्छ ।

    30जो मसित छैन ऊ मेरो विरुद्धमा हुन्छ, अनि जसले मसित बटुल्दैन उसले छरपष्‍ट पार्छ ।

    31त्यसैले म भन्दछु, मानिसले गरेको हरेक पाप र ईश्‍वर-निन्दा क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा गरिएको निन्दा क्षमा हुनेछैन ।

  • 27तर कसैले पनि पहिले बलियो मानिसलाई नबाँधीकन त्यसको घरमा पस्‍न र त्यसका सम्पत्ति चोर्न सक्दैन, त्यसपछि त्यसले त्यसको घर लुट्नेछ ।

  • 28जब येशू समुद्रको पारिपट्टि र गदरिनीहरूको देशमा आउनुभएको थियो, दुई जना भूतात्‍मा लागेका मानिसले उहाँलाई भेटे । तिनीहरू चिहानबाट निस्‍केर आइरहेका थिए र धेरै हिंसात्मक थिए । त्‍यसकारण, त्‍यो बाटो भएर कोही पनि यात्रु जान सक्दैन थियो ।

  • 23त्यस बेला सभाघरमा एक जना अशुद्ध आत्मा भएको मानिस थियो । त्यो चिच्‍च्यायो र

  • मर 5:2-4
    3 पदहरू
    70%

    2जब येशू डुङ्गाबाट ओर्लंदै हुनुहुन्थ्यो, अशुद्ध आत्मा लागेको एक जना मानिस चिहानबाट उहाँकहाँ आयो ।

    3त्यो मानिस चिहानमा बस्थ्‍यो । कसैले पनि त्यसलाई रोक्‍न सकेको थिएन; त्यसलाई साङ्लाले बाँधेर राख्‍न पनि सकेको थिएन ।

    4त्यसलाई धेरै पटक साङ्लाहरूले बाँधेको र ठिँगुरो लगाएर राखोएको थियो । त्यसले साङ्लाहरूलाई चुँडाल्थ्यो, र त्यसको ठिँगुरोलाई तोडिदिन्थ्यो । त्यसलाई वशमा राख्‍ने सामर्थ्य कसैमा थिएन ।

  • 27जब प्रभु डुङ्गाबाट पाखामा उत्रनुभयो, एउटा सहरबाट आएको एक जना मानिसले उहाँलाई भेट्यो र त्यस मानिसमा दुष्‍टात्माहरू थिए । किनभने लामो समयदेखि त्यस मानिसले कपडाहरू लगाएको थिएन र घरमा बस्दैनथ्यो, बरु चिहानहरूमा नै बस्दथियो ।

  • 23यी सबै खराबी भित्रबाट नै आउँछन्, र यिनीहरूले नै मानिसलाई अशुद्ध पार्छन् ।”

  • लू 8:32-33
    2 पदहरू
    70%

    32अब त्‍यहाँ नजिकै डाँडामा सुँगुरको एक बथान चरिरहेको थियो र दुष्‍ट आत्माहरूले उहाँलाई सुँगुरको बथानमा पठाइदिन भनी बिन्ती गरे । उहाँले तिनीहरूलाई त्यसो गर्ने आज्ञा दिनुभयो ।

    33त्यसैले, त्यस मानिसबाट दुष्‍ट आत्माहरू निस्की सुँगुरको बथानमा पसे, र त्यो बथान भिरालोबाट हुर्रिंदै गएर समुद्रमा डुबेर मरे ।

  • मत्त 12:24-27
    4 पदहरू
    70%

    24तर जब फरिसीहरूले यस आश्‍चर्यकर्मको बारेमा सुने, तिनीहरूले भने, “यो मानिसले अरू केही होइन, तर भूतात्माहरूको राजकुमार बालजिबुलद्वारा भूतहरू निकाल्दछ ।”

    25तर येशूले तिनीहरूको विचार जान्‍नुभयो र तिनीहरूलाई भन्‍नुभयो, “आफैँमा विभाजित भएको हरेक राज्यलाई उजाड पारिनेछ, अनि आफैँमा विभाजित भएको हरेक सहर वा घराना टिक्‍नेछैन ।”

    26यदि शैतानले नै शैतानलाई निकाल्दछ भने, त्यो आफैँमा विभाजित हुन्छ । त्यसको राज्य कसरी टिक्ला?

    27अनि म बालजिबुलद्वारा भूतात्माहरू निकाल्छु भने, तिमीहरूलाई पछ्याउनेहरूले कोद्वारा तिनीहरूलाई निकाल्छन् त? यसकारण, तिनीहरू तिमीहरूका न्यायाधीश हुनेछन् ।

  • मर 5:12-13
    2 पदहरू
    70%

    12अनि तिनीहरूले यसो भन्दै उहाँसँग बिन्ती गरे, “हामीलाई ती सुँगुरहरूभित्र पठाउनुहोस्; हामीलाई तिनीहरूमा पस्‍न दिनुहोस् ।”

    13उहाँले तिनीहरूलाई अनुमति दिनुभयो; अशुद्ध आत्माहरू निस्किए र सुँगुरहरूभित्र पसे, अनि तिनीहरू भिरालो पहाडतिर समुद्रभित्र हुर्रिए अनि लगभग दुई हजार सुँगुर समुद्रमा डुबे ।

  • मर 5:8-9
    2 पदहरू
    69%

    8किनभने येशूले त्यसलाई भनिरहनुभएको थियो, “तँ अशुद्ध आत्मा, त्यो मानिसबाट बाहिर निस्किआइज ।”

    9उहाँले त्यसलाई सोध्‍नुभयो, “तेरो नाम के हो?” त्यसले उहाँलाई भन्यो, “मेरो नाम फौज हो, किनकि हामी धेरै छौँ ।”

  • 29जब अझ धेरै मानिसहरू जम्मा भए, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो पुस्ता दुष्‍ट पुस्ता हो, यिनीहरूले चिह्न खोज्‍नेछन्, तर योनाको चिह्नबाहेक तिमीहरूलाई कुनै चिह्न दिइनेछैन ।

  • लू 8:37-38
    2 पदहरू
    69%

    37गेरासेन र वरपरका सबै मानिसहरूले येशूलाई तिनीहरूबाट जान आग्रह गरे, किनभने तिनीहरू साह्रै डराएका थिए ।

    38तर दुष्‍ट आत्माहरू निस्केर गएको मानिसले येशूसँगै जानलाई उहाँलाई बिन्ती गर्‍यो, तर येशूले यसो भन्दै उसलाई पठाउनुभयो,

  • 33कि त रुखलाई असल बनाओ र त्यसको फललाई पनि असल बनाओ, वा कि त त्यो रुखलाई खराब बनाओ र त्यसको फललाई पनि खराब बनाओ, किनकि रुख त्यसको फलद्वारा चिनिनेछ ।

  • मत्त 8:31-32
    2 पदहरू
    69%

    31ती भूतात्‍माहरूले उहाँलाई बिन्‍ती गरिरहे र भने, “यदि तपाईंले हामीलाई बाहिर निकाल्‍नुहुन्‍छ भने, हामीलाई सुँगुरहरूको बथानमा पठाइदिनुहोस्‌ ।”

    32येशूले तिनीहरूलाई भन्‍नुभयो, “जा!” ती भूतात्माहरू बाहिर निस्के र सुँगुरहरूभित्र पसे । अनि हेर, सबै सुँगुर त्यो भिरालो पहाडको तल दौडे र समुद्रमा खसे अनि तिनीहरू पानीमा डुबेर मरे ।

  • लू 8:29-30
    2 पदहरू
    69%

    29किनभने येशूले त्यो मानिसबाट अशुद्ध आत्मालाई निस्केर आउने आज्ञा गर्दै हुनुहुन्थ्यो, किनकि धेरै पटक यसले उसलाई पक्रेर राखेको थियो । ऊ साङ्ग्ला र नेलले बाँधिएर पहरामा राखिएको भए तापनि उसले ती छिनालिहाल्थ्यो र दुष्‍ट आत्माद्वारा मरुभूमितिर डोर्‍याइन्थ्यो ।

    30त्यसपछि येशूले त्यसलाई सोध्‍नुभयो, “तेरो नाउँ के हो?” र त्यसले भन्यो, “फौज ।” किनभने धेरै दुष्‍ट आत्माहरू त्यसभित्र पसेका थिए ।

  • 39हेर्नुहोस, उसलाई आत्माले समात्छ, र ऊ अचानक चिच्‍च्‍याउँछ, यसले उसको मुखमा फिज काढेर उसलाई काम्‍न लगाउँछ । यो उसबाट मुस्किलले जान्छ, जब यसले छोड्छ तब उसलाई नराम्रो गरी चोट पार्छ ।

  • 15साँच्‍चै म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस सहरको भन्दा सदोम र गमोराको इन्साफ बढी सहनीय हुन्छ ।

  • मर 5:15-16
    2 पदहरू
    69%

    15तिनीहरू येशूकहाँ आए, र तिनीहरूले भूत लागेको मानिस जससँग फौज नै थियो, त्यसलाई लुगा लगाएर दिमाग ठिक भई बसिरहेको देखेर तिनीहरू डराए ।

    16भूत लागेको मानिसलाई के भएको थियो भनी देख्‍नेहरूले त्यसलाई र सुँगुरहरूको बारेमा के भएको थियो भनी तिनीहरूलाई बताए ।

  • 26अनि अशुद्ध आत्माले त्यसलाई पछार्‍यो, र त्यो अशुद्ध आत्मा ठुलो स्वरमा चिच्‍च्याउँदै त्यसबाट निस्कियो ।

  • 35त्यसकारण, मानिसहरू जसले यसबारे सुने, के भएको थियो सो हेर्नलाई तिनीहरू येशूकहाँ आए र त्यस मानिस जसबाट दुष्‍ट आत्माहरू निस्केर गएका थिए, त्यसलाई कपडा लगाएर राम्रो अवस्थामा येशूको चरणमा बसिरहेको भेट्टाए र तिनीहरू डराए ।

  • 35एउटा असल व्यक्‍तिले आफ्नो हृदयमा रहेको असल कुराले जे असल छ त्यो नै बाहिर ल्याउँछ, अनि एउटा दुष्‍ट व्यक्‍तिले आफ्नो हृदयमा रहेको दुष्‍ट कुराले जे दुष्‍ट छ त्यो नै बाहिर ल्याउँछ ।

  • 23येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूलाई दृष्‍टान्तमा भन्‍नुभयो, “शैतानले शैतानलाई कसरी निकाल्‍न सक्छ?”

  • 16त्यो दुष्‍ट आत्मा लागेको मानिस तिनीहरूमाथि झम्ट्यो र तिनीहरूलाई लछारपछार गरेर पिट्यो । तब तिनीहरू त्यस घरबाट नाङ्गै र घाइते भएर भागे ।

  • 27पानी पर्‍यो, बाढी आयो, र हुरी आयो र त्यस घरलाई हान्यो । र त्यो ढल्यो र पूर्ण रूपमा नष्‍ट भयो ।”

  • 18जब येशू डुङ्‍गामा चढ्दै हुनुहुन्थ्यो त्यो भूत लागेको मानिसले त्यो पनि उहाँसँगै जान उहाँलाई बिन्ती गर्‍यो ।

  • 34हेर, पुरै सहर येशूलाई भेट्न आयो । जब तिनीहरूले उहाँलाई देखे, तिनीहरूले उहाँलाई तिनीहरूको इलाका छोडेर त्‍यहाँबाट जान अनुरोध गरे ।

  • 17तर येशूले तिनीहरूले के सोचिरहेका छन् भनी जान्‍नुभयो र भन्‍नुभयो, हरेक राज्य एक-अर्काको विरुद्धमा विभाजन गरिनेछ र घरहरू एक-आपसको विरुद्धमा खडा हुनेछ ।

  • 48जब त्यो भरियो, जालाहारीहरूले त्यसलाई समुद्रको किनारमा ताने । तब उनीहरू बसे अनि राम्रा कुराहरू भाँडाहरूमा बटुले । तर काम नलाग्‍ने चिजहरूलाई फ्याँकिदिए ।