मत्ती 15:5

अनलक शाब्दिक बाइबल

तर तिमीहरू भन्छौ, ‘जसले आफ्नो बुबा र आमालाई, “जे जति सहयोग तपाईंले मबाट प्राप्‍त गर्नुपर्ने थियो, त्यो अब परमेश्‍वरको निम्ति उपहार हो’ भनेर भन्दछ भने,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लैव्य 27:9-9 : 9 यदि कसैले परमप्रभुको निम्ति कुनै पशु बलिदान गर्न चाहन्छ, र यदि उहाँले त्यो स्वीकार्नुभयो भने, त्यो पशु त्यसको निम्ति छुटाइने छ । 10 त्यो मानिसले त्यस पशुलाई नसाटोस्, असललाई खराबको निम्ति र खराबलाई असलको निम्ति । यदि त्यसले एउटालाई अर्कोको निम्ति साटेमा त्यो र जसको निम्ति त्यो साटिएको थियो, दुवै नै पवित्र हुने छन् । 11 तथापि, यदि त्यस मानिसले परमप्रभुलाई दिन्छु भनी प्रतिज्ञा गरेको पशु अशुद्ध छ र परमप्रभुले त्यो स्वीकार्नुभएन भने, त्यस मानिसले पशुलाई पुजारीकहाँ ल्याओस् । 12 पुजारीले बजार-मूल्यअनुसार त्यसको मूल्य निर्धारण गरोस् । पुजारीले त्यस पशुको मूल्य जति निर्धारण गर्दछ, त्यो नै त्यसको मूल्य हुने छ । 13 यदि त्यसको मालिकले त्यसलाई छुटाउन चाह्‍यो भने, त्यसले त्यसको छुटकाराको मूल्यमा पाँचौँ भाग थपोस् । 14 जब कुनै मानिसले आफ्नो घर परमप्रभुको निम्ति पवित्र उपहारको रूपमा अलग गर्दछ भने, पुजारीले त्यो असल छ वा छैन भनेर हेरी त्यसको मूल्य निर्धारण गरोस् । पुजारीले त्यसको मूल्य जति निर्धारण गर्दछ, त्यति नै त्यसको मूल्य हुने छ । 15 तर आफ्नो घरलाई परमप्रभुको निम्ति अलग गर्ने मालिकले त्यो छुटाउन चाहेमा त्यसले त्यसको छुटकाराको मूल्यमा पाँचौँ भाग थपोस् र त्यो त्यसकै हुने छ । 16 यदि कुनै मानिसले आफ्नो केही जमिन परमप्रभुको निम्ति अलग गर्दछ भने, त्यो जमिनमा छर्न सकिने बिउको परिमाणअनुसार त्यसको मूल्य निर्धारण हुन्छ । एक मुरी जौको मूल्य चाँदीका बिस शेकेल बराबर हुने छ । 17 यदि त्यसले त्यो जमिन पुनर्स्थापनाको वर्षमा अलग गर्दछ भने, त्यसको मूल्य तोकिएबमोजिम हुने छ । 18 तर त्यसले आफ्नो जमिन पुनर्स्थापनाको वर्षपछि अलग गर्दछ भने, पुजारीले अर्को पुनर्स्थापनाको वर्ष आउनलाई बाँकी भएका वर्षहरूका आधारमा त्यो जमिनको मूल्य तय गरोस्, र मूल्य निर्धारण गर्दा त्यसको मूल्य घटाइयोस् । 19 यदि त्यो जमिन अलग गर्ने मानिसले त्यो छुटाउन चाहेमा त्यसले त्यसको मूल्यमा पाँचौँ भाग थपोस्, र त्यो त्यसको हुने छ । 20 तर यदि त्यसले त्यो जमिनलाई छुटाएन, वा त्यसले त्यो जमिन कुनै अर्को मानिसलाई बेचेको भए, त्यो अब फेरि छुटाउन मिल्दैन । 21 त्यो भूमि पुनर्स्थापनाको वर्षमा स्वतन्त्र हुँदा परमप्रभुको निम्ति पूर्ण रूपमा दिइएको जमिनझैँ त्यो परमप्रभुको निम्ति पवित्र उपहार हुने छ । त्यो पुजारीको हुने छ । 22 यदि कुनै मानिसले आफूले किनेको जमिन परमप्रभुको निम्ति अलग गर्दछ, तर त्यो जमिन त्यसको परिवारको जमिनको भाग होइन भने, 23 पुजारीले पुनर्स्थापनाको वर्षसम्म त्यसको मूल्य कति हुन्छ त्यो निर्धारण गरोस्, र त्यो मानिसले त्यस दिन परमप्रभुको निम्ति पवित्र उपहारको रूपमा त्यसको मूल्य तिरोस् । 24 पुनर्स्थापनाको वर्षमा त्यो जमिन जसबाट किनिएको थियो अर्थात् त्यस जमिनको मालिककहाँ नै फिर्ता जाने छ । 25 सबै मूल्याङ्कन पवित्रस्थानको शेकेलको वजनको आधारमा गरियोस् । बिस गेरा एक शेकेल बराबर हुने छ । 26 पशुहरूमा पहिलो जन्मनेलाई कसैले पनि अलग नगर्नू, किनभने पहिलो जन्मने पहिलैबाट परमप्रभुकै हो । चाहे त्यो साँढे होस् वा भेडा, त्यो परमप्रभुको हो । 27 यदि त्यो अशुद्ध पशु हो भने, त्यसको मूल्यमा पाँचौँ भाग थपेर त्यसको मालिकले त्यो किन्‍न सक्‍ने छ । यदि त्यो पशुको छुटकारा भएन भने, तोकिएको मूल्यमा त्यो बेचियोस् । 28 तर कुनै मानिसले आफूसँग भएका सबै सम्पत्तिबाट परमप्रभुलाई अर्पण गरेको कुरा, चाहे त्यो मानिस वा पशु, वा आफ्नो पारिवारिक जमिन जेसुकै भए पनि त्यो बेचिनु वा छुटाउनुहुँदैन । अर्पण गरिएको सबै कुरा परमप्रभुको निम्ति पवित्र हुन्छ । 29 नाशको निम्ति अर्पण गरिएको मानिसको निम्ति कुनै मोल नतिर्नू । त्यो मानिस मारिनुपर्छ । 30 भूमिको सबै दशांश, चाहे भूमिमा उब्जेका अन्‍न वा रुखहरूका फल जे भए पनि त्यो परमप्रभुकै हो । त्यो परमप्रभुको निम्ति पवित्र हुन्छ । 31 यदि कसैले आफ्नो दशांश छुटाउँछ भने, त्यसले त्यसको मूल्यमा पाँचौँ भाग थपोस् । 32 बथान वा बागल, वा गोठालोको लौरोमुनिबाट जाने हरेक पशुको दस भागमा एक भाग परमप्रभुको निम्ति अलग गरिनुपर्छ । 33 गोठालोले असल वा खराब पशु नछुटाओस्, र त्यसले एउटाको निम्ति अर्को नबद्‍लोस् । यदि त्यसले त्यो परिवर्तन गरेमा त्यो र जसको निम्ति त्यो बद्‌लिएको थियो, दुवै नै पवित्र हुने छन् । त्यो छुटाउन सकिने छैन’ ।” 34 परमप्रभुले सीनै पर्वतमा इस्राएलका मानिसहरूका निम्ति दिनुभएका आज्ञाहरू यी नै हुन् ।
  • नीति 20:25 : 25 “यो कुरो पवित्र छ,” भनी हतारमा भन्‍ने र भाकल गरिसकेपछि मात्र त्यसको बारेमा सोच्नु मानिसको लागि पासो हुन्छ ।
  • आमो 7:15-17 : 15 तर परमप्रभुले मलाई बगालको हेरचाह गर्नबाट पर लानुभयो र मलाई भन्‍नुभयो, ‘जा, मेरा मानिस, इस्राएलको निम्ति अगमवाणी गर ।’ 16 अब परमप्रभुको वचन सुन । तिमी भन्छौ, ‘इस्राएलको विरुद्धमा अगमवाणी नगर, र इसहाकको घरानाको विरुद्धमा नबोल ।’ 17 यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, ‘तेरी पत्‍नी सहरमा वेश्‍या हुनेछे, तेरा छोराहरू र तेरा छोरीहरू तरवारद्वारा मारिनेछन्, तेरो देश नापिनेछ र विभाजन गरिनेछ, तँ एउटा अशुद्ध देशमा मर्नेछस्, र इस्राएल निश्‍चय नै आफ्नो देशबाट निर्वासनमा जानेछ ।’”
  • मत्त 23:16-18 : 16 धिक्‍कार तिमीहरूलाई, ए अन्धा अगुवाहरू हो, तिमीहरू जसले भन्दछौ, ‘कसैले मन्दिरको शपथ खान्छ भने, केही पनि हुँदैन । तर जसले मन्दिरको सुनको शपथ खान्छ, ऊ आफ्नो शपथद्वारा बाँधिन्छ ।’ 17 ए दृष्‍टिविहीन मूर्खहरू हो! कुनचाहिँ ठुलो हो– सुन कि त्यस सुनलाई परमेश्‍वरकहाँ अर्पण गर्ने मन्दिर? 18 अनि, ‘कसैले वेदीको शपथ खान्छ भने, केही पनि हुँदैन । तर कसैले त्यसमाथि राखिएको भेटीको शपथ खान्छ भने, ऊ आफ्नो शपथद्वारा बाँधिन्छ ।’
  • मर 7:10-13 : 10 किनभने मोशाले भने, ‘तिम्रो बुबा र आमाको आदर गर’, र ‘जसले आफ्ना बुबा वा आमाको विरुद्ध खराब कुरा बोल्छ, त्यो निश्‍चय नै मारिनेछ ।’ 11 तर तिमीहरू भन्छौ, ‘यदि एउटा मानिसले आफ्नो बुबा वा आमालाई भन्छ, “तपाईंहरूले मबाट जति सहायता पाउनुपर्थ्यो त्यो त कुर्बान हो’ (अर्थात् परमेश्‍वरलाई दिइएको छ) ।” 12 तब तिमीहरूले त्यसलाई आफ्नो बुबा वा आमाको निम्ति केही गर्न दिँदैनौ । 13 तिमीहरूले परमेश्‍वरको आज्ञालाई चल्दै आएको आफ्नो परम्पराले व्यर्थ तुल्याएका छौ । र तिमीहरू त्यस्तै धेरै काम गर्छौ ।”
  • प्रेरि 4:19 : 19 तर पत्रुस र यूहन्‍नाले उनीहरूलाई जवाफ दिए र भने, “परमेश्‍वरको नजरमा उहाँको भन्दा बढी तपाईंहरूको आज्ञापालन गर्नु उचित हो कि होइन, तपाईंहरू नै न्याय गर्नुहोस् ।
  • प्रेरि 5:29 : 29 तर पत्रुस र प्रेरितहरूले जवाफ दिए, “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा पालन गर्नु पर्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मर 7:7-13
    7 पदहरू
    89%

    7तिनीहरूको शिक्षाको रूपमा मानिसहरूका नियमहरूलाई सिकाउँदै तिनीहरूले मलाई खोक्रो आराधना चढाउँछन् ।

    8तिमीहरू परमेश्‍वरको आज्ञालाई त्याग्दछौ र मानिसहरूको परम्परालाई पक्री राख्छौ ।”

    9अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू परमेश्‍वरको आज्ञालाई सहजै इन्कार गर्दछौ, कि तिमीहरूले आफ्नो परम्परा पालन गर्न सक!

    10किनभने मोशाले भने, ‘तिम्रो बुबा र आमाको आदर गर’, र ‘जसले आफ्ना बुबा वा आमाको विरुद्ध खराब कुरा बोल्छ, त्यो निश्‍चय नै मारिनेछ ।’

    11तर तिमीहरू भन्छौ, ‘यदि एउटा मानिसले आफ्नो बुबा वा आमालाई भन्छ, “तपाईंहरूले मबाट जति सहायता पाउनुपर्थ्यो त्यो त कुर्बान हो’ (अर्थात् परमेश्‍वरलाई दिइएको छ) ।”

    12तब तिमीहरूले त्यसलाई आफ्नो बुबा वा आमाको निम्ति केही गर्न दिँदैनौ ।

    13तिमीहरूले परमेश्‍वरको आज्ञालाई चल्दै आएको आफ्नो परम्पराले व्यर्थ तुल्याएका छौ । र तिमीहरू त्यस्तै धेरै काम गर्छौ ।”

  • मत्त 15:6-7
    2 पदहरू
    88%

    6त्यस व्यक्‍तिले आफ्नो बुबाको आदर गर्नुपर्दैन । यसरी तिमीहरूले आफ्ना परम्पराहरूका खातिर परमेश्‍वरको वचनलाई बेकम्मा बनाएका छौ ।

    7ए पाखण्डीहरू हो, यशैयाले तिमीहरूका विषयमा ठिकै अगमवाणी गरेर यसो भने,

  • मत्त 15:2-4
    3 पदहरू
    86%

    2“किन तपाईंका चेलाहरूले अगुवाहरूको नियमलाई उल्लङ्घन गर्दछन्? किनकि तिनीहरूले खाना खाँदा आफ्ना हात धुँदैनन्?”

    3येशूले उत्तर दिनुभयो र उनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले चाहिँ किन आफ्ना परम्पराहरूका निम्ति परमेश्‍वरको आज्ञालाई उल्लङ्घन गर्दछौ?

    4किनकि परमेश्‍वरले भन्‍नुभयो, ‘आफ्नी आमा र आफ्नो बुबालाई आदर गर’ र ‘जसले आफ्नो बुबा वा आमाको बारेमा खराब कुरा बोल्दछ, त्यो निश्‍चय नै मर्नेछ ।’

  • व्यव 5:16-17
    2 पदहरू
    77%

    16परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा गर्नुभएझैँ आफ्ना बुबा र आमालाई आदर गर्नू ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा तिमीहरूको आयु लामो होस् र तिमीहरूको भलो होस् ।

    17हत्या नगर्नू ।

  • 19आफ्ना बुबा र आमालाई आदर गर्नू, र आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू ।”

  • 16'आफ्ना बुबाआमालाई श्राप दिने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'

  • 12आफ्ना बुबा र आमालाई आदर गर्नू ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा तिमीहरूको आयु लामो होस् ।

  • एफिसी 6:2-3
    2 पदहरू
    74%

    2“आफ्ना आमाबुबालाई आदर गर” (जुन प्रतिज्ञा सहितको पहिलो आज्ञा हो), ।

    3“ताकि यसो गर्नाले तिमीहरूलाई राम्रो होस् र तिमीहरू यस पृथ्वीमा धेरै समय बाच्‍न सक ।”

  • 15आफ्नो बुबा वा आमालाई हिर्काउने जोसुकै पनि निश्‍चय नै मारिनैपर्छ ।

  • 9आफ्नी आमा वा आफ्नो बुबालाई सराप दिने सबै मारिनुपर्छ । त्यसले आफ्नो बुबा वा आफ्नी आमालाई सरापेको हुनाले त्यो दोषी हुन्छ र त्यो मर्न योग्‍यको हुन्छ ।

  • 17आफ्नो बुबा वा आमालाई सराप्‍ने जोसुकै पनि निश्‍चय नै मारिनैपर्छ ।

  • मत्त 15:9-10
    2 पदहरू
    73%

    9तिनीहरू मलाई व्यर्थमा आराधना गर्दछन्, किनकि तिनीहरूले आफ्ना सिद्धान्तहरूलाई मानिसहरूले आज्ञा गरेअनुसार सिकाउँदछन्’ ।”

    10त्यसपछि उहाँले भिडलाई आफ्नो नजिक बोलाउनुभयो र भन्‍नुभयो, “सुन र बुझ–

  • 20तिमीलाई आज्ञाहरू थाहा छ– तैँले व्यभिचार नगर्नू, हत्या नगर्नू, नचोर्नू, झुटो गवाही नदिनू, आफ्ना आमाबुबाको आदर गर्नू ।”

  • 11आफ्ना बुबाहरूलाई सराप्‍ने र आमाहरूलाई आशिष् नदिने पुस्ता पनि छ ।

  • 24आफ्ना बुबा र आमालाई लुटेर “त्यो पाप होइन” भनी बताउने मानिस बर्बादी ल्याउनेको मित्र हुन्छ ।

  • 19तिमी यी आज्ञाहरू जान्दछौः हत्या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झुटो गवाही नदिनू, ठगी नगर्नू, आफ्ना बुबा र आमालाई आदर गर्नू ।”

  • 33फेरि, तिमीहरूले प्राचीन समयमा भएकाहरूलाई यसो भनिएको सुनेका छौ, ‘झुटो शपथ नखा, तर परमप्रभुमा ती शपथहरू पुरा गर् ।’

  • 37जसले मलाई भन्दा आफ्नो बुबा वा आमालाई प्रेम गर्छ, त्यो मेरो निम्ति योग्यको हुँदैन । र जसले आफ्नो छोरा वा छोरीलाई मलाई भन्दा बढी प्रेम गर्छ, ऊ मेरो निम्ति योग्यको हुँदैन ।

  • 38तिमीहरूले यसो भनिएको सुनेका छौ, ‘आँखाको सट्टामा आँखा, र दाँतको सट्टामा दाँत ।’

  • 20हे मेरो छोरो, आफ्नो बुबाको आज्ञा मान्, र आफ्नी आमाको शिक्षालाई नत्याग् ।

  • मत्त 23:18-19
    2 पदहरू
    70%

    18अनि, ‘कसैले वेदीको शपथ खान्छ भने, केही पनि हुँदैन । तर कसैले त्यसमाथि राखिएको भेटीको शपथ खान्छ भने, ऊ आफ्नो शपथद्वारा बाँधिन्छ ।’

    19ए अन्धा मानिसहरू हो, कुनचाहिँ ठुलो हो– भेटी कि त्यस भेटीलाई परमेश्‍वरकहाँ अर्पण गर्ने वेदी?

  • 26आफ्नो बुबालाई लुट्ने र आफ्नी आमालाई लखेट्ने छोरोले लाज र बेइज्‍जत ल्याउँछ ।

  • 22तँलाई जन्म दिने बुबाको कुरा सुन्, र तेरी आमा वृद्ध हुँदा उनलाई तुच्छ नठान् ।

  • 48तर येशूले उत्तर दिनुभयो र त्यसो भन्‍ने व्यक्‍तिलाई भन्‍नुभयो, “मेरी आमा को हुन्? र मेरा भाइहरू को हुन्?”

  • 50किनकि जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छाअनुसार गर्दछ, त्यो मानिस नै मेरो भाइ, मेरी बहिनी र मेरी आमा हुन् ।”

  • 31यसो पनि भनिएको थियो, ‘जसले आफ्नी पत्‍नीलाई त्याग्दछ, उसले तिनलाई पारपाचुकेको प्रमाण पत्र देओस् ।’

  • 12दाजुले भाइलाई र बुबाले आफ्नो छोरोलाई मृत्यको लागि सुम्पिनेछन् । छोराछोरीहरू आफ्ना बुबा-आमाको विरुद्धमा खडा हुनेछन् र तिनीहरूलाई मृत्युमा पुर्‍याउनेछन् ।

  • 20कसैले आफ्नो बुबा वा आफ्नी आमालाई सराप्यो भने निस्पट्ट अन्धकारमा त्यसो बत्ती निभाइने छ ।

  • 21प्राचीन समयमा तिनीहरूलाई यसो भनिएको तिमीहरूले सुनेका छौ, ‘हत्या नगर’ र ‘हत्या गर्नेचाहिँ इन्साफको जोखिममा पर्नेछ ।’

  • 20तँ बस्छस् र तेरो भाइको विरुद्धमा बोल्छस् । आफ्नै आमाको छोराको निन्दा तैंले गर्छस् ।

  • 23त्यसकारण, यदि तिमीले वेदीमा आफ्नो भेटी चढाउँदै गर्दा तिम्रो भाइसँग तिम्रो विरुद्धमा केही कुरा छ भन्‍ने कुरा तिमीलाई याद आयो भने,

  • 12र कान्छाले उसका बुबालाई भन्यो, ‘बुबा मैले पाउनुपर्ने सम्पत्तिको अंश अब मलाई दिनुहोस् ।’ त्यसैले, तिनीहरूका बिचमा उनले सम्पत्ति बाँडिदिए ।

  • 1¶ तिमीहरूले आफ्ना धार्मिक कार्यहरूलाई मानिसहरूको सामुन्‍ने तिनीहरूले देखून् भनेर नगर्न सावधान रहो, नत्रता स्वर्गमा हुनुहुने पिताबाट तिमीहरूले कुनै इनाम पाउनेछैनौ ।

  • 15अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसको दृष्‍टिमा तिमीहरूले आफैँलाई धर्मी ठहर्‍याउँछौ, तर परमेश्‍वरले तिमीहरूका हृदयहरू जान्‍नुहुन्छ । जो मानिसहरूका माझमा उच्‍च हुन्छ, त्यो परमेश्‍वरको नजरमा घृणित हुन्छ ।

  • 20बुद्धिमान् छोरोले आफ्नो बुबालाई आनन्द दिन्छ, तर मूर्ख व्यक्तिले आफ्नी आमालाई तुच्छ ठान्छ ।

  • 21दाजुले भाइलाई मृत्युको निम्ति पक्राइदिनेछ, र बुबाले आफ्नो छोरालाई । छोराछोरीहरू आफ्ना बुबा-आमाका विरुद्धमा उठ्नेछन् र मृत्युका निम्ति तिनीहरूलाई सुम्पिदिनेछन् ।

  • 15तर यदि तिमीहरूले उनीहरूका पापलाई क्षमा गरेनौ भने, तिमीहरूका पिताले पनि तिमीहरूका पाप क्षमा गर्नुहुनेछैन ।