मत्ती 18:25

अनलक शाब्दिक बाइबल

तर त्यस नोकरसित त्यो चुक्ता गर्ने केही उपाय नभएकोले, त्यसका मालिकले त्योसहित त्यसकी पत्‍नी, त्यसका बालबच्‍चा र सबथोक बेचेर त्यो तिर्न आदेश दिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लैव्य 25:39 : 39 यदि तिमीहरूको सङ्गी-नागरिक गरिब भयो र त्यसले आफैलाई तिमीहरूकहाँ बेच्‍यो भने, त्यसलाई दासलाई झैँ काममा नलगाउनू ।
  • २ राजा 4:1 : 1 ¶ अगमवक्ताका छोराहरूमध्ये एउटाकी पत्‍नी एलीशाकहाँ रुँदै आएर यसो भनिन्, “मेरा पति तपाईंका दास मर्नुभयो, र तपाईंका दास परमप्रभुदेखि डराउनुहुन्थ्यो भनी तपाईंलाई थाहा छ । अब मेरा दुई छोरालाई कमारा बनाउन लैजानलाई ऋणदाता आएका छन् ।”
  • नहे 5:5 : 5 तरै पनि हाम्रा शरीर हाम्रा दाजुभाइहरूका शरीर जस्तै हुन्, र हाम्रा छोराछोरीहरू तिनीहरूका छोराछोरीहरूजस्तै हुन् । हाम्रा छोराछोरीहरूलाई कमारा-कमारी बन्‍नको लागि बेच्न हामी बाध्य छौँ । हाम्रा केही छोरीहरू पहिले नै कमारी भइसकेका छन् । अरू मानिसहरूले हाम्रा खेतहरू र हाम्रा दाखबारीहरू अधिकार गरेकाले हामीसित मदत गर्ने खुबी छैन ।”
  • नहे 5:8 : 8 र तिनीहरूलाई भनेँ, “हामी कुलीनहरूले जाति-जातिहरूकहाँ दासत्वमा बेचिएका हाम्रा यहूदी दाजुभाइहरूलाई दाम तिरी फिर्ता गरेर ल्याएका छौँ, तर तिमीहरू आफ्ना दाजुभाइ तथा दिदी-बहिनीहरू फेरी हामीलाई बेच्छौ!” तिनीहरू स्तब्ध भए र बोल्नलाई कुनै शब्दै भएन ।
  • लू 7:42 : 42 तिनीहरूसँग तिर्ने नभएकोले साहुले ती दुवै जनालाई माफ गरिदिए । त्यसकारण, तिनीहरूमध्ये कुनचाहिँले उनलाई बढी प्रेम गर्नेछ?”
  • निर्ग 21:2 : 2 तिमीहरूले हिब्रू कमारा किन्यौ भने त्यसले छ वर्षसम्म सेवा गर्नुपर्छ, र सातौँ वर्षमा केही नतिरी त्यो मुक्त हुनेछ ।
  • यशा 50:1 : 1 ¶ परमप्रभु यसो भन्‍नुहुन्छ, “मैले तेरी आमालाई दिएको त्यागपत्रको प्रमाणपत्र कहाँ छ? मेरो कुनचाहिं ऋणीकहाँ मैले तँलाई बेचें? हेर, तिमीहरूका पापहरूका कारणले तिमीहरूलाई बेचियो र तिमीहरूका विद्रोहको कारणले तिमीहरूका आमालाई टाढा पठाइयो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मत्त 18:23-24
    2 पदहरू
    87%

    23यसैकारण, स्वर्गको राज्यलाई एउटा यस्तो राजासँग तुलना गर्न सकिन्छ, जसले आफ्ना नोकरहरूसित आफ्नो हिसाब मिलाउन चाहे ।

    24जब तिनले हिसाब लिन थाले, एउटा नोकर तिनको अगाडि ल्याइयो जसले तिनलाई दस हजार सुनका सिक्‍का तिर्नुपर्ने थियो ।

  • मत्त 18:26-35
    10 पदहरू
    87%

    26त्यसैले, त्यस नोकर घुँडा टेक्दै तिनको अगि घोप्‍टो पर्‍यो, अनि भन्यो, ‘मालिक, मसँग धैर्य गर्नुहोस्, अनि म हजुरलाई सब थोक तिर्नेछु ।’

    27त्यसैले, त्यस नोकरका मालिक दयाले भरिएको कारण तिनले त्यसलाई छोडिदिएर ऋणमुक्त गरिदिए ।

    28तर त्यस नोकर बाहिर गयो र त्यसले आफ्नो सहकर्मी एउटा नोकर भेट्टायो जसले त्यसलाई एक सय दिनार तिर्नुपर्ने थियो । त्यसले उसलाई पक्रियो, र घाँटीमा समात्यो, र भन्यो, ‘तैँले मलाई जे तिर्नुपर्नेछ, त्यो तिरिहाल ।’

    29तर त्यसको नोकरले घुँडा टेक्यो र त्यसलाई बिन्ती गर्‍यो, ‘मसँग धैर्य गर्नुहोस्, अनि म तपाईंलाई सबै ऋण तिरिदिनेछु ।’

    30तर त्यो पहिलो नोकरले इन्कार गर्‍यो । बरु, त्यो गयो र उसले तिर्नुपर्ने ऋण चुक्ता नगरेसम्म उसलाई झ्यालखानामा हालिदियो ।

    31जब त्यसका अरू सहकर्मी नोकरहरूले जे भएको थियो त्यो देखे, उनीहरू अत्यन्तै निराश भए । उनीहरू आए, र जे भएको थियो त्यो सबै उनीहरूका मालिकलाई सुनाइदिए ।

    32त्यसपछि त्यस नोकरका मालिकले त्यसलाई बोलाए र भने, ‘तँ दुष्‍ट नोकर, तैँले मलाई बिन्ती गरेको हुनाले मैले तेरा सबै ऋण तँलाई माफ गरिदिएँ ।

    33मैले तँमाथि दया गरेझैँ के तैँले पनि आफ्नो सहकर्मी नोकरमाथि दया गर्नु पर्दैनथ्यो?’

    34त्यसका मालिक रिसाए र त्यसले तिर्नुपर्ने सबै ऋण चुक्ता नगरेसम्म त्यसलाई सताउनेहरूका हातमा सुम्पिदिए ।

    35यदि तिमीहरू हरेकले आफ्नो हृदयबाट आफ्नो भाइलाई क्षमा गरेनौ भने, मेरा स्वर्गीय पिताले पनि तिमीहरूसित यस्तै गर्नुहुनेछ ।

  • 5तब त्यस व्यवस्थापकले उसका मालिकका ऋणीहरू प्रत्येकलाई बोलायो र पहिलो चाहिँलाई भन्यो, ‘तिमीले मेरा मालिकलाई कति तिर्नु छ? ’

  • मत्त 25:18-19
    2 पदहरू
    73%

    18तर एउटा मात्र सिक्‍का पाएको नोकर गयो र उसले एउटा खाल्डो खन्यो, र आफ्नो मालिकको पैसा त्यहाँ लुकायो ।

    19अब धेरै समयपछि ती नोकरहरूका मालिक फर्केर आए अनि तिनीहरूसँग हिसाब लिए ।

  • लू 7:41-42
    2 पदहरू
    73%

    41येशूले भन्‍नुभयो, “दुई जना मानिसले एक जना साहुबाट ऋण लिएका थिए । एउटाले पाँच सय दिनार ऋण, र अर्कोले पचास दिनार ऋण लिएको रहेछ ।

    42तिनीहरूसँग तिर्ने नभएकोले साहुले ती दुवै जनालाई माफ गरिदिए । त्यसकारण, तिनीहरूमध्ये कुनचाहिँले उनलाई बढी प्रेम गर्नेछ?”

  • 26साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिमीहरूको ऋणको एक-एक पैसा चुक्ता नगरुन्जेलसम्म तिमीहरू त्यहाँबाट कहिल्यै बाहिर आउनेछैनौ ।

  • 27तँसित तिर्ने उपायको कमी भयो भने कसैलाई तेरो खाटसमेत लैजानबाट कुन कुराले रोक्‍न सक्छ?

  • 30त्यो बेकम्मा नोकरलाई बाहिरी अन्‍धकारमा फालिदेओ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’

  • 59म तिमीलाई भन्दछु, “तिमी कहिल्यै पनि त्यहाँबाट मुक्‍त भएर आउन सक्दैनौ जबसम्म तिमीले त्यसको पैसा चुक्‍ता गर्दैनौँ ।”

  • मत्त 25:26-28
    3 पदहरू
    72%

    26तर उसको मालिकले जवाफ दिए र भने, ‘ए दुष्‍ट र अल्छी नोकर, मैले नरोपेको ठाउँबाट कटनी गर्छु र नछरेको ठाउँबाट फसल निकाल्छु भनेर तँलाई थाहा थियो ।

    27त्यसकारण, तैँले मेरो पैसा साहुकहाँ दिनुपर्ने थियो, र म आउँदा मैले आफ्नो पैसा ब्‍याजसहित पाउने थिएँ ।

    28त्‍यसकारण, त्योसँग भएको एक सिक्‍का लेओ र जुन नोकरसँग दस सिक्‍का छ त्‍यसलाई देओ ।

  • लू 19:22-25
    4 पदहरू
    72%

    22ती भलादमी मानिसले त्यसलाई भने, ‘तँ दुष्‍ट नोकर, म तँलाई तेरो आफ्नै वचनले न्याय गर्नेछु । जहाँ राखेको छैन त्यहाँबाट लिन खोज्‍ने र जहाँ छरेको छैन त्यहाँबाट कटनी गर्न खोज्‍ने म कठोर मानिस हुँ भनी तँलाई थाहा थियो ।

    23त्यसो भए, तैँले मेरो सिक्‍का किन बैङ्कमा राखिनस्, ताकि फर्की आउँदा ब्याजसहित मैले यो रकम पाउने थिएँ?’

    24ती भलादमी मानिसले त्यहाँ उभिएका मानिसहरूलाई भने, ‘योसँग भएको सिक्‍का खोसेर जससँग दस सिक्‍का छ, त्यसलाई देओ ।’

    25तिनीहरूले उसलाई भने, ‘मालिक उसँग त दस सिक्‍का छ ।’

  • लू 16:1-3
    3 पदहरू
    72%

    1¶ येशूले आफ्ना चेलाहरूलाई यसो पनि भन्‍नुभयो, “कोही एक जना धनी मानिसको एउटा व्यवस्थापक थियो र त्यस व्यवस्थापकले तिनको धन फजुल खर्च गरिरहेको छ भनी तिनलाई सुनाइदिए ।

    2तब ती धनी मानिसले उसलाई बोलाएर भने, ‘तिम्रो बारेमा म यो के सुन्दै छु? तिम्रो व्यवस्थापनको बारेमा हिसाब देऊ । अब उप्रान्त तिमी व्यवस्थापक रहन सक्दैनौ ।’

    3त्यो व्यवस्थापकले आफैँसँग भन्यो, ‘मेरा मालिकले अब मलाई व्यवस्थापकको कामबाट हटाउन लागेका छन्, म के गरूँ? मेरो खन्‍ने तागत छैन; मलाई माग्‍न पनि लाज लाग्दछ ।

  • 7तब त्यस व्यवस्थापकले अर्कोलाई भन्यो, ‘तिम्रोचाहिँ ऋण कति छ?’ उसले भन्यो, ‘एकसय माना गहुँ ।’ उसले त्यसलाई भन्यो, ‘तिम्रो तमसुक ल्याऊ र असी लेख ।’

  • 2ती कामदारहरूसँग दिनको एक दिनारमा काम गराउन उनी सहमत भएपछि उनले तिनीहरूलाई दाखबारीमा पठाए ।

  • 15तब राज्य प्राप्‍त गरी फर्केर आएपछि उनले सिक्‍का पाएका नोकरहरूलाई बोलाए र तिनीहरूले व्यापारबाट कति आर्जन गरे भनेर जान्‍ने इच्छा गरे ।

  • निर्ग 21:4-5
    2 पदहरू
    71%

    4त्यसका मालिकले त्यसलाई पत्‍नी दिएका भए र त्यसले पतिको निम्ति छोराछोरीहरू जन्माएकी भए पत्‍नी र त्यसका छोराछोरीहरू मालिकको हुनेछन्, तर पतिचाहिँ मुक्त हुनेछ ।

    5तर कमाराले सफासँग “म मेरा मालिक, मेरी पत्‍नी र मेरा छोराछोरीलाई प्रेम गर्छु; म मुक्त भएर जान्‍नँ”

  • लू 12:45-47
    3 पदहरू
    71%

    45तर यदि सेवकले आफ्नो हृदयमा यसो भन्दछ भने, मेरो मालिक फर्की आउन ढिलो गर्नुहुनेछ भनी स्‍त्री तथा पुरुष सेवकहरूलाई दुर्व्यवहार गरी कुटपिट गर्दछ अनि खाँदै, पिउँदै दाखमद्यले मातिन्छ ।

    46त्यस सेवकले नचिताएको बेलामा मालिक फर्की आउनेछ, जुन घडी उसलाई थाहै हुनेछैन । आफ्नो मालिकले उसलाई भेटेर टुक्रा-टुक्रा गरी काट्नेछ र अविश्‍वासीहरूका लागि तयार पारेको ठाउँमा उसको नियुक्‍ति हुनेछ ।

    47त्यस सेवकलाई आफ्नो मालिकले यस्तै गर्नेछन भन्‍ने थाहा हुँदाहुँदै पनि आफैँलाई तयार नगरी वा आफ्नो इच्छाअनुसार गरेको कारण उसलाई धेरै मुक्‍का हानिनेछ ।

  • 2ठिक समयमा उनले दाखको केही फल पाउन दाख उमार्नेहरूकहाँ एक जना नोकर पठाए ।

  • 47साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि मालिकले उसित भएका सबै कुराको जिम्मा उसलाई दिनेछ ।

  • 21त्यो सेवक फर्केर आएर आफ्ना मालिकलाई ती कुराहरू सुनाइदियो, तब त्यस घरका मालिक रिसाए र सेवकलाई भने, ‘छिटो बाहिर गल्ली र सहरका खुल्ला मैदानमा जाऊ र गरिब, लुला, लङ्गडा, दृष्‍टिविहीनहरूलाई यहाँ ल्याऊ ।’

  • 24त्यसपछि एउटा सिक्‍का पाएको नोकर आयो र भन्यो, ‘मलाई थाहा छ, कि तपाईं कडा स्‍वभावको मानिस हुनुहुन्‍छ । तपाईंले आफूले नरोपेको ठाउँबाट कटनी गर्नुहुन्छ र नछरेको ठाउँबाट फसल निकाल्नुहुन्छ ।

  • 13त्यसपछि राजाले आफ्ना नोकरहरूलाई भने, ‘यस मानिसका हात र खुट्टा बाँध, र यसलाई बाहिरी अन्धकारमा फालिदेओ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’

  • लू 17:8-9
    2 पदहरू
    70%

    8मेरो लागि खानको लागि खानेकुरा तयार पार, र कम्मरमा पटुका कस र मैले नसकुन्जेल मेरो सेवा गर भनेन भने, के तिमीले त्यसपछि केही कुरा खाने र पिउने गर्दछौ र?

    9उसले आफ्नो नोकरलाई स्याबासी दिनेछैन किनकि हामीले केही आज्ञा नगरी के उसले हाम्रो निम्ति गर्नेछ?

  • 14किनकि यो परदेश जानै लागेको मानिसजस्‍तै हो । उसले आफ्ना नोकरहरूलाई बोलाए र तिनीहरूलाई आफ्नो सम्‍पत्तिको जिम्‍मा दिए ।

  • 50त्यसलाई किनेको मानिससँग त्यसले मोल-तोल गरोस्, र त्यसले आफैलाई त्यो खरिद गर्ने मानिसकहाँ बेचेको वर्षदेखि पुनर्स्थापनाको वर्षसम्म कति वर्ष हुने रहेछ भनेर तिनीहरूले गनून् । त्यसलाई किन्‍ने मानिसकहाँ त्यसले जति वर्ष काम गरिरहने छ, ती वर्षहरूका निम्ति कुनै ज्यालामा राखिने नोकरलाई तिरिने दरलाई ध्यानमा राखी त्यसको छुटकाराको मोल तय गरियोस् ।

  • 25किनभने जोसँग छ, त्यसलाई अझ बढ्ता गरी दिइनेछ र जोसँग छैन, त्यससँग भएको पनि खोसिनेछ ।”

  • 28जसरी मानिसका पुत्र सेवा पाउनलाई आएका होइनन्, तर सेवा दिनलाई आएका हुन्, र धेरैका मोल तिर्नको निम्ति आफ्नो जीवन दिनलाई आएका हुन् ।”