मत्ती 19:10

अनलक शाब्दिक बाइबल

चेलाहरूले येशूलाई भने, “यदि पतिको आफ्नी पत्‍नीसँग यस्तो अवस्था हुन्छ भने, विवाह नगर्नु नै असल हो ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 2:18 : 18 त्यसपछि परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस एकलो रहन असल छैन । म त्यसको लागि एउटा सुहाउने सहयोगी बनाउनेछु ।”
  • नीति 5:15-19 : 15 आफ्नै कुण्डको पानी पिउनू, र आफ्नै कुवाबाट बगेको पानी पिउनू । 16 के तेरो कुवाको पानी जताततै र तेरो खोलाको पानी सार्वजनिक चोकहरूमा बग्‍न दिने? 17 ती तेरा लागि मात्र होऊन्, र तँसित भएका परदेशीहरूका लागि नहोऊन् । 18 तेरो फुहाराले आशिष् पाओस्, र तेरो युवावस्थाकी पत्‍नीसित तँ आनन्दित भएको होस् । 19 किनकि त्यो मायालु मृग र अनुग्रहमय हरिणझैँ छे । त्यसका स्तनहरूले तँलाई सधैँभरि सन्तुष्‍ट पारून् । त्यसको प्रेमद्वारा तँ निरन्तर रूपमा मोहित तुल्याइएको होस् ।
  • नीति 18:22 : 22 पत्‍नी पाउनेले असल कुरा पाउँछ, र परमप्रभुबाट निगाह प्राप्‍त गर्छ ।
  • नीति 19:13-14 : 13 मूर्ख छोरो त्यसको बुबाको लागि विनाश हो, र झगडा गर्ने पत्‍नीचाहिँ नित्य परिरहने तपतपे झरीजस्तै हो । 14 घर र धन-सम्पत्ति बुबाआमाबाट आएका हुन्छन्, तर विवेकी पत्‍नीचाहिँ परमप्रभुबाट आउँछ ।
  • नीति 21:9 : 9 झगडालु पत्‍नीसित एउटै घरमा बस्‍नुभन्दा कौसीको कुनामा बस्‍नु बेस हुन्छ ।
  • नीति 21:19 : 19 झगडालु र रिसालु पत्‍नीसित बस्‍नुभन्दा उजाड्-स्थानमा बस्‍नु बेस हुन्छ ।
  • १ कोरि 7:1-2 : 1 ¶ अब तिमीहरूले लेखेका यी कुराहरूका विषयमा भन्‍नुपर्दा पुरुषको लागि स्‍त्रीलाई नछुनु नै असल हो । 2 तर धेरै अनैतिक कामहरूका अनेक परीक्षाहरूको कारणले गर्दा हरेक मानिसको आफ्नै पत्‍नी होस् र हरेक स्‍त्रीको आफ्नै पति होस् ।
  • १ कोरि 7:8 : 8 अविवाहित र विधवाहरूलाई म भन्दछु कि तिनीहरू मजस्तै अविवाहित रहन्छन् भने यो तिनीहरूका लागि असल हुन्छ ।
  • १ कोरि 7:26-28 : 26 त्यसकारण, आउन लागेको सङ्कष्‍टको कारणले गर्दा जुन व्यक्‍ति जस्तो अवस्थामा छ, त्यही अवस्थामा बस्‍नु असल हुन्छ । 27 के तिमी कुनै स्‍त्रीसँग वैवाहिक बन्धनमा बाँधिएका छौ? तिनीबाट स्वतन्‍त्र हुन नखोज । के तिमी अविवाहित छौ? पत्‍नीको खोजी नगर । 28 तर तिमीले विवाह गर्‍यौ भने पनि तिमीले पाप गर्दैनौ । कुनै कन्या केटीले विवाह गर्छ भने तिनले पाप गरेकी हुँदिन । तापनि विवाह गर्नेहरूले जीवन जिउने क्रममा धेरै दुःखकष्‍ट भोग्‍नेछन् र म तिमीहरूलाई तीबाट बचाउन चाहन्छु ।
  • १ कोरि 7:32-35 : 32 तिमीहरू निस्फिक्री होओ भन्‍ने म चाहन्छु । अविवाहित पुरुषले प्रभुलाई कसरी खुसी पार्ने भनी उहाँका कुराहरूका बारेमा चिन्ता गर्दछ । 33 तर विवाहित पुरुषले आफ्नी पत्‍नीलाई कसरी प्रसन्‍न पार्ने भनी संसारका कुराहरूमा फिक्री गर्दछ । 34 ऊ दोहोरो मनको हुन्छ । अविवाहित स्‍त्री वा कन्याले शरीरमा र आत्मामा कसरी पवित्र हुन सक्छु भनी प्रभुका कुराहरूका फिक्री गर्दछ । तर विवाहित स्‍त्रीले आफ्नो पतिलाई कसरी प्रसन्‍न पार्न सकिन्छ भनी संसारका कुराहरूको चिन्ता गर्दछे । 35 म तिमीहरूको आफ्नै भलाइका निम्ति भन्‍दछु, तिमीहरूलाई प्रतिबन्ध लगाउन होइन । जे ठिक छ म त्यही भन्दछु ताकि तिमीहरू बाधाबिना एक चित्तका भई भक्तिका साथ प्रभुमा लागिरहन सक ।
  • १ कोरि 7:39-40 : 39 स्‍त्री तिनको पति बाँचुञ्‍जेलसम्म बन्धनमा बाँधिएकी हुन्छिन् । तर तिनको पतिको मृत्यु भयो भने तिनी जोसँग विवाह गर्न चाहन्छिन् त्यससँग विवाह गर्न स्वतन्‍त्र हुन्छिन्, तर त्यो व्यक्‍ति प्रभुमा हुनुपर्छ । 40 तापनि मेरो विचारमा यदि तिनी त्यस्तै अवस्थामा बस्छिन् भने तिनी अझ धेरै प्रसन्‍न रहन्छिन् । अनि मसँग पनि परमेश्‍वरको आत्मा छ भनी म विचार गर्दछु ।
  • १ तिमो 4:3 : 3 तिनीहरूले विवाह गर्न र खाना खान मनाही गर्नेछन् जून कुरा सत्यलाई जान्‍ने विश्‍वासीहरूको बीचमा धन्यवाद दिएर बाँडचुड गर्नलाई परमेश्‍वरले सृष्‍टि गर्नुभयो ।
  • १ तिमो 5:11-15 : 11 तर जवान बिधवाहरुलाई सूचीमा लेख्‍न इन्कार गर । किनभने जब तिनीहरूलाई ख्रीष्‍ट विरूद्ध शारीरिक अभिलाषाको अघि हार खान्‍छन्, तिनीहरूले विवाह गर्ने इच्छा गर्छन् । 12 यसरी तिनीहरूले पहिलेको प्रतिबद्धता तोडेर दोषको वशमा पर्छन् । 13 तिनीहरू अल्छी गर्ने पनि हुन्छन् । तिनीहरू अल्छी गर्ने मात्र होइन तर कुरौटे र अर्काको काममा हस्‍तक्षेप गर्ने पनि बन्‍छन् । तिनीहरूल भन्‍न नहुने कुरा भन्छन् । 14 यसकारण म चाहन्छु जवान स्‍त्रीहरूले हाम्रा विरोधीहरूलाई हामीले खराबी गरेकोमा दोष लगाउने मौका नदिनको लागि विवाह गरून्, बालबच्‍चा जन्माउन, घरवार चलाऊन् । 15 किनभने कोही त अघि नै शैतानको पछि लागिसकेका छन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मत्त 19:3-9
    7 पदहरू
    84%

    3फरिसीहरू उहाँकहाँ आएर उहाँको जाँच गर्दै उहाँलाई भने, “के मानिसले कुनै कारणले उसकी पत्‍नीलाई त्याग्‍नु उसको निम्ति न्यायसङ्गत हुन्छ?”

    4येशूले उत्तर दिनुभयो र भन्‍नुभयो, “के तिमीहरूले पढेका छैनौ, कि जसले तिनीहरूलाई बनाउनुभयो, उहाँले सुरुदेखि नै तिनीहरूलाई पुरुष र स्‍त्री गरी बनाउनुभयो?”

    5अनि जसले तिनीहरूलाई बनाउनुभयो उहाँले यस्तो पनि भन्‍नुभयो, ‘यसै कारणले मानिसले उसका बुबा र आमालाई छोड्नेछ र उसकी पत्‍नीसँग मिल्नेछ र ती दुवै जना एउटै शरीर हुनेछन् ।’

    6यसैकारण तिनीहरू अब दुई होइनन्, तर एउटै शरीर हुन् । त्यसैकारण जे परमेश्‍वरले एकसाथ जोड्नुभएको छ, तिनीहरूलाई कसैले पनि नछुट्‌ट्याओस् ।”

    7तिनीहरूले उहाँलाई भने, “त्यसो भए मोशाले हामीलाई त्यागपत्र लेखेर त्याग्‍ने आज्ञा किन दिए त?”

    8उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको हृदयको कठोरताको कारणले मोशाले तिमीहरूलाई तिमीहरूका पत्‍नीहरू त्याग्‍न अनुमति दिए, तर सुरुदेखि त यस्तो थिएन ।

    9म तिमीहरूलाई भन्दछु, जसले कामुक अनैतिकताको कारणले बाहेक आफ्नी पत्‍नीलाई त्याग्छ, र अर्कीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्दछ । र जुन मानिसले त्यस त्यागिएकी स्‍त्रीसँग विवाह गर्दछ उसले पनि व्यभिचार गर्दछ ।”

  • मर 10:7-12
    6 पदहरू
    83%

    7यही कारणले गर्दा पुरुषले आफ्ना बुबा र आमालाई छोडेर आफ्नी पत्‍नीसँग लागिरहन्छ,

    8र दुई जना एउटै शरीर हुन्छन् ।’ त्यसैले, तिनीहरू दुई होइनन्, तर एउटै शरीर हुन् ।

    9त्यसकारण, जसलाई परमेश्‍वरले एक पार्नुभएको छ, त्यसलाई कुनै मानिसले अलग नगरोस् ।”

    10उहाँहरू घरभित्र हुनुहुँदा चेलाहरूले उहाँलाई यसको बारेमा फेरि सोधे ।”

    11उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जसले आफ्नी पत्‍नीसँग विवाहविच्छेद गर्छ र अर्की महिलासँग विवाह गर्छ, उसले त्यसको विरुद्धमा व्यभिचार गर्छ ।

    12र यदि तिनले आफ्नो पतीसँग विवाहविच्छेद गर्छ र अर्को पुरुषससँग विवाह गर्छ भने, त्यसले व्यभिचार गर्छ ।”

  • मत्त 19:11-12
    2 पदहरू
    79%

    11तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “सबै व्यक्‍तिले यस शिक्षालाई ग्रहण गर्न सक्दैनन्, तर तिनीहरूले मात्र जसलाई यो ग्रहण गर्नको निम्ति दिइएको छ ।

    12किनकि केही नपुंसकहरू छन् जो आफ्नी आमाको गर्भदेखि नै त्यस्तै जन्मे । र केही नपुंसकहरू छन् जो मानिसहरूद्वारा नपुंसक बनाइएका थिए । र केही नपुंसकहरू छन् जसले स्वर्गको राज्यको निम्ति आफैँलाई नपुंसक बनाए । जसले यो शिक्षालाई ग्रहण गर्न सक्षम हुन्छ, उसले ग्रहण गरोस् ।”

  • 18प्रत्येक जसले आफ्नी पत्‍नीलाई छोडपत्र दिन्छ र अर्कीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्छ र जसले आफ्नो पतिसँग छोडपत्र गरेकीसँग विवाह गर्छ त्यसले पनि व्यभिचार गर्छ ।

  • लू 20:33-35
    3 पदहरू
    77%

    33यसकारण, मृतकबाट पुनरुत्थान हुँदा त्यो स्‍त्री तिनीहरूमध्ये कसकी पत्‍नी हुनेछे? किनकि ती सातै जनाले त्यसलाई पत्‍नीको रूपमा लिएका थिए ।”

    34येशूले तिनीहरूलाई भन्‍नुभयो, “यस युगका मानिसहरू विवाह गर्छन् र विवाह गरेर पठाइन्छन् ।

    35तर मृतकबाट जीवित भई उठ्न र अनन्त जीवन प्राप्‍त गर्न योग्य ठहरिनेहरूले न विवाह गर्दछन् न त विवाह गरेर पठाइन्छन् ।

  • मत्त 5:31-32
    2 पदहरू
    77%

    31यसो पनि भनिएको थियो, ‘जसले आफ्नी पत्‍नीलाई त्याग्दछ, उसले तिनलाई पारपाचुकेको प्रमाण पत्र देओस् ।’

    32तर म तिमीहरूलाई भन्दछु, कि कामुक अनैतिकताको कारणबाहेक आफ्नी पत्‍नीलाई त्याग्‍नेले तिनलाई व्यभिचारिणी तुल्याउँदछ । र तिनको पारपाचुकेपछि तिनीसँग विवाह गर्नेले व्यभिचार गर्दछ ।

  • १ कोरि 7:8-12
    5 पदहरू
    76%

    8अविवाहित र विधवाहरूलाई म भन्दछु कि तिनीहरू मजस्तै अविवाहित रहन्छन् भने यो तिनीहरूका लागि असल हुन्छ ।

    9तर यदि तिनीहरूले आफूलाई वशमा राख्‍न सक्दैनन् भने तिनीहरूले विवाह गरून् । कामुकतामा जल्नुभन्दा तिनीहरूका निम्ति विवाह गर्नु असल हो ।

    10अब विवाहितका निम्ति म यो आज्ञा दिन्छु । मैले होइन, तर प्रभुले दिनुहुन्छः

    11तर यदि तिनी आफ्‍नो पतिबाट अलग हुन्छिन भने, तिनी विवाह नगरी बसून् कि त उनीसँग मिलाप गर्नुपर्दछ । अनी “पतिले आफ्नी पत्‍नीसँग सम्बन्ध विच्‍छेद गर्नुहुदैन ।”

    12तर बाँकीलाई म भन्दछु (मैले होइन तर प्रभुले भन्‍नुहुन्छ) कि यदि कुनै भाइसँग अविश्‍वासी पत्‍नी छ र तिनी ऊसँग बस्‍नलाई सन्तुष्‍ट छिन् भने उसले तिनीसँग सम्बन्ध विच्छेद नगरोस् ।

  • 38त्यसैले, जसले आफ्नी कन्यासँग विवाह गर्दछ उसले असल नै गर्दछ, र जसले विवाह नगर्ने इच्छा गर्दछ भने उसले अझ बढी राम्रो गर्दछ ।

  • 2अनि फरिसीहरू उहाँलाई जाँच्‍न उहाँकहाँ आए र सोधे, “के कुनै पतिले आफ्नी पत्‍नीसँग विवाहविच्छेद गर्नु उचित हो?”

  • 29येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, जसले परमेश्‍वरको राज्यको खातिर घर, श्रीमती वा दाजुभाइ, आमाबुबा वा छोराछोरीलाई त्याग्दछन्,

  • १ कोरि 7:26-29
    4 पदहरू
    73%

    26त्यसकारण, आउन लागेको सङ्कष्‍टको कारणले गर्दा जुन व्यक्‍ति जस्तो अवस्थामा छ, त्यही अवस्थामा बस्‍नु असल हुन्छ ।

    27के तिमी कुनै स्‍त्रीसँग वैवाहिक बन्धनमा बाँधिएका छौ? तिनीबाट स्वतन्‍त्र हुन नखोज । के तिमी अविवाहित छौ? पत्‍नीको खोजी नगर ।

    28तर तिमीले विवाह गर्‍यौ भने पनि तिमीले पाप गर्दैनौ । कुनै कन्या केटीले विवाह गर्छ भने तिनले पाप गरेकी हुँदिन । तापनि विवाह गर्नेहरूले जीवन जिउने क्रममा धेरै दुःखकष्‍ट भोग्‍नेछन् र म तिमीहरूलाई तीबाट बचाउन चाहन्छु ।

    29तर भाइहरू हो, म यो भन्छु कि समय छोटो छ । अब उप्रान्त पत्‍नी हुनेहरू पत्‍नी नभएजस्तो गरी जिऊन् ।

  • 29येशूले भन्‍नुभयो, “साँचो साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो र सुसमाचारको खातिर आफ्नो घर वा दाजुभाइहरू वा दिदी बहिनीहरू वा आमा वा बुबा वा छोरा-छोरीहरू वा जग्गा जमिन त्याग्छ,

  • 1¶ आफूले बिहे गरेर ल्याएकी पत्‍नीमा कुनै खोट पाएकोले पुरुषले त्यसलाई त्याग्‍न चाह्यो भने त्यसले त्यागपत्र लेखेर उसको हातमा थमाइदिएर उसलाई आफ्नो घरबाट पठाओस् ।

  • मर 10:4-5
    2 पदहरू
    72%

    4तिनीहरूले भने, “मोशाले पत्‍नीलाई त्यागपत्र दिन र त्यसलाई पठाइदिन अनुमति दिए ।”

    5येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूका कठोर हृदयको कारण तिनले तिमीहरूका लागि यो व्यवस्था लेखेका हुन् ।”

  • 30किनकि पुनरुत्थानमा तिनीहरू न त विवाह गर्दछन्, न त तिनीहरूलाई विवाहको निम्ति दिइन्छ । बरु, तिनीहरू स्वर्गमा हुने दूतहरूजस्तै हुन्छन् ।

  • 25तिनीहरू सात जना दाजुभाइ थिए । पहिलोले विवाह गर्‍यो । कुनै पनि सन्तान नभईकन उसले आफ्नी पत्‍नी आफ्नो भाइलाई छोड्यो ।

  • 20र अर्को मानिसले भन्यो, ‘मैले श्रीमती विवाह गरेको छु, त्यसकारण म आउन सक्दिनँ ।’

  • 19“गुरुज्यू, मोशाले हाम्रो लागि लेखे, ‘यदि कुनै मानिसको दाजु कुनै बालबच्‍चा नभईकन मर्छ भने, त्यो मानिसले आफ्‍नो दाजुकी पत्‍नीलाई विवाह गरेर आफ्नो दाजुको लागि बच्‍चा जन्माउनुपर्छ ।’

  • १ कोरि 7:1-2
    2 पदहरू
    71%

    1¶ अब तिमीहरूले लेखेका यी कुराहरूका विषयमा भन्‍नुपर्दा पुरुषको लागि स्‍त्रीलाई नछुनु नै असल हो ।

    2तर धेरै अनैतिक कामहरूका अनेक परीक्षाहरूको कारणले गर्दा हरेक मानिसको आफ्नै पत्‍नी होस् र हरेक स्‍त्रीको आफ्नै पति होस् ।

  • 36कसैले विचार गर्दछ कि उसले मगनी भएकी आफ्नी कन्यासँग राम्रो व्यवहार गरिरहेको छैन भन्‍ने ठान्छ र तिनको विवाह गर्ने उमेर बितिसकेको छ भने चाहेबमोजिम उसले गरोस् ।

  • 4किनकि यूहन्‍नाले तिनलाई भनेका थिए, “तिनलाई आफ्नी पत्‍नीको रूपमा राख्‍नु तपाईंको निम्ति उचित छैन ।”

  • 23पुनरुत्थानमा जब तिनीहरू फेरि जीवित भई उठ्नेछन्, तिनी कसकी पत्‍नी हुनेछिन्? किनभने ती सातै दाजुभाइले तिनलाई पत्‍नीको रूपमा लिए ।

  • लू 20:28-29
    2 पदहरू
    70%

    28र उहाँलाई सोधे, “गुरुज्यू, मोशाले हामीलाई लेखिदिएका थिए, कि कुनै मानिसको विवाहित दाजु निसन्तान भयो भने भाइले त्यसकी पत्‍नीलाई विवाह गरी दाजुको लागि सन्तान खडा गरिदिनुपर्छ ।

    29सात भाइ थिए । जेठोले एउटी पत्‍नी ल्यायो र निसन्तान मर्‍यो

  • 25किनभने जब तिनीहरू मृत्युबाट जीवित भई उठ्नेछन्, तिनीहरूले न विवाह गर्छन् न त विवाह गर्न नै दिन्छन्, तर तिनीहरू स्वर्गका स्वर्गदूतहरूजस्ता हुनेछन् ।

  • 10त्यसले आफ्नो लागि अर्की पत्‍नी ल्यायो भने त्यसले खानेकुरा, लुगाफाटा वा त्यसका वैवाहिक अधिकारहरू पुरा गर्नबाट नचुकोस् ।