मत्ती 19:9

अनलक शाब्दिक बाइबल

म तिमीहरूलाई भन्दछु, जसले कामुक अनैतिकताको कारणले बाहेक आफ्नी पत्‍नीलाई त्याग्छ, र अर्कीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्दछ । र जुन मानिसले त्यस त्यागिएकी स्‍त्रीसँग विवाह गर्दछ उसले पनि व्यभिचार गर्दछ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 5:32 : 32 तर म तिमीहरूलाई भन्दछु, कि कामुक अनैतिकताको कारणबाहेक आफ्नी पत्‍नीलाई त्याग्‍नेले तिनलाई व्यभिचारिणी तुल्याउँदछ । र तिनको पारपाचुकेपछि तिनीसँग विवाह गर्नेले व्यभिचार गर्दछ ।
  • १ कोरि 7:39 : 39 स्‍त्री तिनको पति बाँचुञ्‍जेलसम्म बन्धनमा बाँधिएकी हुन्छिन् । तर तिनको पतिको मृत्यु भयो भने तिनी जोसँग विवाह गर्न चाहन्छिन् त्यससँग विवाह गर्न स्वतन्‍त्र हुन्छिन्, तर त्यो व्यक्‍ति प्रभुमा हुनुपर्छ ।
  • लू 16:18 : 18 प्रत्येक जसले आफ्नी पत्‍नीलाई छोडपत्र दिन्छ र अर्कीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्छ र जसले आफ्नो पतिसँग छोडपत्र गरेकीसँग विवाह गर्छ त्यसले पनि व्यभिचार गर्छ ।
  • १ कोरि 7:10-13 : 10 अब विवाहितका निम्ति म यो आज्ञा दिन्छु । मैले होइन, तर प्रभुले दिनुहुन्छः 11 तर यदि तिनी आफ्‍नो पतिबाट अलग हुन्छिन भने, तिनी विवाह नगरी बसून् कि त उनीसँग मिलाप गर्नुपर्दछ । अनी “पतिले आफ्नी पत्‍नीसँग सम्बन्ध विच्‍छेद गर्नुहुदैन ।” 12 तर बाँकीलाई म भन्दछु (मैले होइन तर प्रभुले भन्‍नुहुन्छ) कि यदि कुनै भाइसँग अविश्‍वासी पत्‍नी छ र तिनी ऊसँग बस्‍नलाई सन्तुष्‍ट छिन् भने उसले तिनीसँग सम्बन्ध विच्छेद नगरोस् । 13 यदि पत्‍नीसँग अविश्‍वासी पति छ भने र ऊ तिनीसँग सन्तुष्‍ट छ भने, तिनले ऊसँग सम्बन्ध विच्छेद नगरुन् ।
  • यिर्मि 3:8 : 8 त्‍यसैले मैले देखेँ, त्यसरी नै त्यस विश्‍वासहीन इस्राएलले व्यभिचार गरेकी छे, र मैले त्यसलाई निकालेको छु, र त्यसको विरुद्धमा त्यागपत्र दिएको छु । त्यसकी विश्‍वासहीन बहिनी यहूदा डराइन । त्यो पनि गई र वेश्याले झैं काम गरी ।
  • यहे 16:8 : 8 म फेरि तेरो छेउबाट गएँ र मैले तँलाई देखें । हेर्, तेरो निम्‍ति प्रेम गर्ने समय आयो । यसैले मैले मेरो वस्‍त्रको छेउ तँमाथि ओढाएँ र तेरो नग्‍नता ढाकिदिएँ । तब मैले तँसित बाचा बाँधें र तँलाई करारमा ल्‍याएँ र तँ मेरो भइस्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
  • यहे 16:15 : 15 तर तेरो आफ्‍नो सौन्‍दर्यमा तैंले भरोसा राखिस्‌ र तेरो ख्‍यातिको कारणले तैंले एक वेश्‍याले झैं काम गरिस्‌ । छेउबाट जाने जोसुकैलाई पनि तैंले वेश्याले झैं आफ्‍नो काम तैंले गरिस्, ताकि तेरो सौन्‍दर्य उसको भयो ।
  • यहे 16:29 : 29 कल्‍दीका व्‍यापारीहरूका देशमा पनि तैंले धैरै वेश्‍यावृत्तिका कामहरू गरिस्, र यसले पनि तँलाई सन्‍तुष्‍ट बनाएन ।
  • मर 10:11-12 : 11 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जसले आफ्नी पत्‍नीसँग विवाहविच्छेद गर्छ र अर्की महिलासँग विवाह गर्छ, उसले त्यसको विरुद्धमा व्यभिचार गर्छ । 12 र यदि तिनले आफ्नो पतीसँग विवाहविच्छेद गर्छ र अर्को पुरुषससँग विवाह गर्छ भने, त्यसले व्यभिचार गर्छ ।”
  • उत्प 12:18-19 : 18 फारोले अब्रामलाई बोलाए र भने, “तिमीले मलाई यो के गरेको? तिनी तिम्रो पत्‍नी थिइन् भनी मलाई किन बताएनौ? 19 'तिनी मेरी बहिनी हुन्' भनी तिमीले किन मलाई भन्यौ? त्यसैले मैले तिनलाई मेरी पत्‍नी बनाउन मैले लगेँ । यसकारण, तिम्रो पत्‍नी यहीँ छिन् । तिनलाई लेऊ र आफ्‍नो बाटो लाग ।
  • उत्प 20:3 : 3 तर परमप्रभु राती अबीमेलेकको सपनामा आउनुभयो, र तिनलाई भन्‍नुभयो, “सुन्, तैँले आफ्नो साथमा ल्याएको स्‍त्रीको कारण तँ श्रापित भएको छस्, किनभने त्यो अरू कसैकी पत्‍नी हो ।”
  • यिर्मि 3:1 : 1 ¶ “कुनै पुरुषले आफ्नी पत्‍नीसित सम्बन्ध-विच्छेद गर्‍यो, र उसको जीवनबाट त्यो गई अनि अर्को पुरुषकी पत्‍नी भई भने, ऊ फेरि फर्केर त्योकहाँ जान्छ र? के त्यो देश औधी दुषित हुँदैन र? तँ धेरै प्रेमी भएकी वेश्याजस्तै भएर बसेको छेस् । के तँ मकहाँ फर्कन्छेस्? यो परमप्रभुको घोषणा हो ।
  • रोमी 7:2-3 : 2 किनकि एक विवाहित स्‍त्री आफ्नो पति जीवित रहँदासम्म व्यवस्थाद्वारा बाँधिएकी हुन्छे, तर यदि उसको पति मर्‍यो भने ऊ त्यो विवाहको व्यवस्थाबाट मुक्त हुन्छे । 3 त्यस्तै, उसको पति जीवित हुँदा ऊ अर्को पुरुषसँग बसी भने, उसलाई व्यभिचारिणी स्‍त्री भनिनेछ । तर उसको पति मर्‍यो भने, ऊ त्यस व्यवस्थाबाट मुक्त हुन्छे, अनि अर्को पुरुषसँग बसी भने पनि ऊ व्यभिचारिणी हुँदिन ।
  • १ कोरि 5:1 : 1 ¶ तिमीहरूका बिचमा व्यभिचार छ भन्‍ने हामीले खबर पाएका छौँ । यस्तो खालको व्यभिचार त अन्यजातिहरूमा पनि स्वीकार्य हुँदैन । तिमीहरूमध्ये एक जना आफ्‍नै बुबाकी पत्‍नीसँग सुतिरहेको छ भन्‍ने खबर हामीले पाएका छौँ ।
  • १ कोरि 7:4 : 4 आफ्नो शरीरमाथि पत्‍नीको अधिकार हुँदैन; उसको पतिको हुन्छ । र यसरी नै आफ्नो शरीरमाथि पतिको आफ्नो अधिकार हुँदैन, तर पत्‍नीको भने हुन्छ ।
  • २ इति 21:11 : 11 यसबाहेक यहोरामले यहूदाका पहाडमा अल्‍गा ठाउँहरू पनि बनाएका थिए र तिनले यरूशलेमका बासिन्‍दाहरूलाई वेश्याहरूजस्तै जिउने बनाए र यहूदालाई कुमार्गमा लगाए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मर 10:7-12
    6 पदहरू
    90%

    7यही कारणले गर्दा पुरुषले आफ्ना बुबा र आमालाई छोडेर आफ्नी पत्‍नीसँग लागिरहन्छ,

    8र दुई जना एउटै शरीर हुन्छन् ।’ त्यसैले, तिनीहरू दुई होइनन्, तर एउटै शरीर हुन् ।

    9त्यसकारण, जसलाई परमेश्‍वरले एक पार्नुभएको छ, त्यसलाई कुनै मानिसले अलग नगरोस् ।”

    10उहाँहरू घरभित्र हुनुहुँदा चेलाहरूले उहाँलाई यसको बारेमा फेरि सोधे ।”

    11उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जसले आफ्नी पत्‍नीसँग विवाहविच्छेद गर्छ र अर्की महिलासँग विवाह गर्छ, उसले त्यसको विरुद्धमा व्यभिचार गर्छ ।

    12र यदि तिनले आफ्नो पतीसँग विवाहविच्छेद गर्छ र अर्को पुरुषससँग विवाह गर्छ भने, त्यसले व्यभिचार गर्छ ।”

  • 18प्रत्येक जसले आफ्नी पत्‍नीलाई छोडपत्र दिन्छ र अर्कीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्छ र जसले आफ्नो पतिसँग छोडपत्र गरेकीसँग विवाह गर्छ त्यसले पनि व्यभिचार गर्छ ।

  • मत्त 5:31-32
    2 पदहरू
    89%

    31यसो पनि भनिएको थियो, ‘जसले आफ्नी पत्‍नीलाई त्याग्दछ, उसले तिनलाई पारपाचुकेको प्रमाण पत्र देओस् ।’

    32तर म तिमीहरूलाई भन्दछु, कि कामुक अनैतिकताको कारणबाहेक आफ्नी पत्‍नीलाई त्याग्‍नेले तिनलाई व्यभिचारिणी तुल्याउँदछ । र तिनको पारपाचुकेपछि तिनीसँग विवाह गर्नेले व्यभिचार गर्दछ ।

  • 10चेलाहरूले येशूलाई भने, “यदि पतिको आफ्नी पत्‍नीसँग यस्तो अवस्था हुन्छ भने, विवाह नगर्नु नै असल हो ।”

  • मत्त 19:3-8
    6 पदहरू
    81%

    3फरिसीहरू उहाँकहाँ आएर उहाँको जाँच गर्दै उहाँलाई भने, “के मानिसले कुनै कारणले उसकी पत्‍नीलाई त्याग्‍नु उसको निम्ति न्यायसङ्गत हुन्छ?”

    4येशूले उत्तर दिनुभयो र भन्‍नुभयो, “के तिमीहरूले पढेका छैनौ, कि जसले तिनीहरूलाई बनाउनुभयो, उहाँले सुरुदेखि नै तिनीहरूलाई पुरुष र स्‍त्री गरी बनाउनुभयो?”

    5अनि जसले तिनीहरूलाई बनाउनुभयो उहाँले यस्तो पनि भन्‍नुभयो, ‘यसै कारणले मानिसले उसका बुबा र आमालाई छोड्नेछ र उसकी पत्‍नीसँग मिल्नेछ र ती दुवै जना एउटै शरीर हुनेछन् ।’

    6यसैकारण तिनीहरू अब दुई होइनन्, तर एउटै शरीर हुन् । त्यसैकारण जे परमेश्‍वरले एकसाथ जोड्नुभएको छ, तिनीहरूलाई कसैले पनि नछुट्‌ट्याओस् ।”

    7तिनीहरूले उहाँलाई भने, “त्यसो भए मोशाले हामीलाई त्यागपत्र लेखेर त्याग्‍ने आज्ञा किन दिए त?”

    8उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको हृदयको कठोरताको कारणले मोशाले तिमीहरूलाई तिमीहरूका पत्‍नीहरू त्याग्‍न अनुमति दिए, तर सुरुदेखि त यस्तो थिएन ।

  • १ कोरि 7:8-12
    5 पदहरू
    74%

    8अविवाहित र विधवाहरूलाई म भन्दछु कि तिनीहरू मजस्तै अविवाहित रहन्छन् भने यो तिनीहरूका लागि असल हुन्छ ।

    9तर यदि तिनीहरूले आफूलाई वशमा राख्‍न सक्दैनन् भने तिनीहरूले विवाह गरून् । कामुकतामा जल्नुभन्दा तिनीहरूका निम्ति विवाह गर्नु असल हो ।

    10अब विवाहितका निम्ति म यो आज्ञा दिन्छु । मैले होइन, तर प्रभुले दिनुहुन्छः

    11तर यदि तिनी आफ्‍नो पतिबाट अलग हुन्छिन भने, तिनी विवाह नगरी बसून् कि त उनीसँग मिलाप गर्नुपर्दछ । अनी “पतिले आफ्नी पत्‍नीसँग सम्बन्ध विच्‍छेद गर्नुहुदैन ।”

    12तर बाँकीलाई म भन्दछु (मैले होइन तर प्रभुले भन्‍नुहुन्छ) कि यदि कुनै भाइसँग अविश्‍वासी पत्‍नी छ र तिनी ऊसँग बस्‍नलाई सन्तुष्‍ट छिन् भने उसले तिनीसँग सम्बन्ध विच्छेद नगरोस् ।

  • व्यव 24:1-4
    4 पदहरू
    74%

    1¶ आफूले बिहे गरेर ल्याएकी पत्‍नीमा कुनै खोट पाएकोले पुरुषले त्यसलाई त्याग्‍न चाह्यो भने त्यसले त्यागपत्र लेखेर उसको हातमा थमाइदिएर उसलाई आफ्नो घरबाट पठाओस् ।

    2त्यो आफ्नो घरबाट गइसकेपछि त्यो कसैकी पत्‍नी हुन सक्छे ।

    3दोस्रो पतिले पनि त्यसलाई घृणा गरी त्यागपत्र लेखी त्यसको हातमा थमाइदिएर उसलाई घरबाट पठाइदियो वा दोस्रो पतिको पनि मृत्यु भयो भने

    4त्यसको पहिलेको पति अर्थात् उसलाई घरबाट पठाउने पतिले त्यस स्‍त्री अशुद्ध भएपछि त्यसलाई आफ्नी पत्‍नी हुनलाई नलिन पनि सक्छ । किनकि त्यसो गर्नु परमप्रभुको लागि घृणित कुरो हो । तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिन लाग्‍नुभएको देशलाई दोषी नबनाओ ।

  • रोमी 7:2-3
    2 पदहरू
    73%

    2किनकि एक विवाहित स्‍त्री आफ्नो पति जीवित रहँदासम्म व्यवस्थाद्वारा बाँधिएकी हुन्छे, तर यदि उसको पति मर्‍यो भने ऊ त्यो विवाहको व्यवस्थाबाट मुक्त हुन्छे ।

    3त्यस्तै, उसको पति जीवित हुँदा ऊ अर्को पुरुषसँग बसी भने, उसलाई व्यभिचारिणी स्‍त्री भनिनेछ । तर उसको पति मर्‍यो भने, ऊ त्यस व्यवस्थाबाट मुक्त हुन्छे, अनि अर्को पुरुषसँग बसी भने पनि ऊ व्यभिचारिणी हुँदिन ।

  • मत्त 5:27-28
    2 पदहरू
    73%

    27तिमीहरूले यसरी भनिएको सुनेका छौ, ‘व्यभिचार नगर ।’

    28तर म तिमीहरूलाई भन्दछु, कि यदि कसैले एउटी स्‍त्रीलाई अभिलाषाको दृष्‍टिले हेर्दछ भने, त्यसले आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ ।

  • 14कसैसित व्यभिचार नगर्नू ।

  • मर 10:4-5
    2 पदहरू
    72%

    4तिनीहरूले भने, “मोशाले पत्‍नीलाई त्यागपत्र दिन र त्यसलाई पठाइदिन अनुमति दिए ।”

    5येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूका कठोर हृदयको कारण तिनले तिमीहरूका लागि यो व्यवस्था लेखेका हुन् ।”

  • 2अनि फरिसीहरू उहाँलाई जाँच्‍न उहाँकहाँ आए र सोधे, “के कुनै पतिले आफ्नी पत्‍नीसँग विवाहविच्छेद गर्नु उचित हो?”

  • 16“किनभने म सम्बन्धविच्छेदलाई घृणा गर्दछु,” इस्राएलका परमेश्‍वर, परमप्रभु भन्‍नुहुन्छ, “र त्यसलाई पनि जसले आफ्नो वस्‍त्रलाई हिंसाले ढाक्दछ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । “यसैकारण आफैँलाई आत्मामा रखवाली गर र विश्‍वासहीन नहोओ ।”

  • 10अर्कै पुरुषको पत्‍नीसँग व्यभिचार गर्ने मानिस अर्थात् आफ्नो छिमेकीकी पत्‍नीसँग व्यभिचार गर्ने त्यो व्यभिचारी मानिस, र व्याभिचारिणी दुवैलाई मारिनुपर्छ ।

  • 18व्यभिचार नगर्नू ।

  • 34येशूले तिनीहरूलाई भन्‍नुभयो, “यस युगका मानिसहरू विवाह गर्छन् र विवाह गरेर पठाइन्छन् ।

  • 2तर धेरै अनैतिक कामहरूका अनेक परीक्षाहरूको कारणले गर्दा हरेक मानिसको आफ्नै पत्‍नी होस् र हरेक स्‍त्रीको आफ्नै पति होस् ।

  • 4हरेकले विवाहलाई आदर गरोस् । विवाहको ओछ्यान नबिटुलियोस्, किनकि यौन दुराचारी मानिस र व्‍यभिचारीहरूलाई परमेश्‍वरले न्याय गर्नुहुनेछ ।

  • 18त्यो मानिसले उहाँलाई भन्यो, “कुन आज्ञाहरू?” येशूले भन्‍नुभयो, “हत्या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झुटो गवाही नदिनू,

  • 1¶ “कुनै पुरुषले आफ्नी पत्‍नीसित सम्बन्ध-विच्छेद गर्‍यो, र उसको जीवनबाट त्यो गई अनि अर्को पुरुषकी पत्‍नी भई भने, ऊ फेरि फर्केर त्योकहाँ जान्छ र? के त्यो देश औधी दुषित हुँदैन र? तँ धेरै प्रेमी भएकी वेश्याजस्तै भएर बसेको छेस् । के तँ मकहाँ फर्कन्छेस्? यो परमप्रभुको घोषणा हो ।

  • 12“इस्राएलका मानिसहरूलाई भन् । 'कुनै मानिसकी पत्‍नी बहकिन्छे र आफ्नो पतिको विरुद्ध पाप गर्छे ।

  • 31“यसैकारणले गर्दा एकजना मानिसले उसको बुबा र आमालाई छोड्नेछ र उसको पत्‍नीसँग मिल्नेछ, र ती दुई एउटै शरीर हुनेछन् ।”

  • 22हेर! म त्यसलाई रोगी-ओछ्यानमा फालिदिनेछु, र त्यससँग व्यभिचार गर्नेहरूलाई त्यसले गरेको कामको निम्ति पश्‍चात्ताप नगरेसम्म ठुलो कष्‍टमा पार्नेछु ।

  • 20तर यदि पतिको अधीनमा भएकी तँ बरालिएकी छस्, यदि तँ अशुद्ध भएकी छस् र यदि अरू कुनै पुरुष तँसँग सुतेको छ भने,

  • 27के तिमी कुनै स्‍त्रीसँग वैवाहिक बन्धनमा बाँधिएका छौ? तिनीबाट स्वतन्‍त्र हुन नखोज । के तिमी अविवाहित छौ? पत्‍नीको खोजी नगर ।

  • 29आफ्नो छिमेकीकी पत्‍नीसित सुत्‍ने पुरुष पनि त्यस्तै हुन्छ । त्यससित सुत्‍ने मानिस दण्डविना उम्कने छैन ।

  • 29प्रत्येक जसले मेरो नामको खातिर घरबार, दाजुभाइ, दिदी-बहिनीहरू, बुबा, आमा, बालबच्‍चाहरू वा देश त्यागेको छ, उसले सय गुणा प्राप्‍त गर्नेछ र अनन्त जीवनको अधिकार पाउनेछ ।

  • 20मगनी भएको तर मोल नतिरिएको वा स्वतन्त्र नगराइएको कमारी स्‍त्रीसँग सुत्‍नेलाई दण्ड दिइयोस् । तिनीहरूलाई मृत्युदण्ड नदिनू किनभने त्यो मुक्‍त थिई ।

  • 5पारस्परिक सहमतिमा केही समयको निम्ति बाहेक एक अर्कालाई वञ्‍चित नगर, ताकि तिमीहरू प्रार्थनामा लागिरहन सक । त्यसपछि तिमीहरू फेरि एकसाथ हुनुपर्दछ, ताकि तिमीहरूका आत्मसंयमको अभावको कारणले शैतानले तिमीहरूलाई परीक्षामा पार्न नसकोस् ।