मत्ती 19:23

अनलक शाब्दिक बाइबल

येशूले उहाँका चेलाहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्न धेरै कठिन हुन्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 13:22 : 22 काँडाघारीमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ, तर संसारको वास्ता र धनीहरूको कपटले वचनलाई निसासिदिन्छ, अनि ऊ निष्फल हुन्छ ।
  • १ कोरि 1:26 : 26 भाइहरू हो, आफ्नो बोलावटलाई हेर । तिमीहरूमध्ये धेरै जना मानिसको स्तरको मापमा बुद्धिमान् थिएनौ । तिमीहरूमध्ये धेरै जना शक्‍तिशाली थिएनौ । तिमीहरूमध्ये धेरै जनाको जन्म महान् थिएन ।
  • १ तिमो 6:9-9 : 9 अब, धनी हुन चाहनेहरू परिक्षामा पर्छन, पासोमा फस्‍छन् । तिनीहरू धेरै मूर्ख र हानिकारक वासनाहरूमा फस्छन्, र मानिसलाई बरवादी र विनाशमा दुब्छन् । 10 रूपैयाँ पैसाको मोह नै सबै किसिमको खराबीहरूको जड हो । यसको चाह गर्ने केही मानिसबाट टाढा भडकाइएका छन् र धेरै पीडाले आफैलाइ घोचेको छन् ।
  • मर 10:23 : 23 येशूले वरिपरि हेर्नुभयो र आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “धनी मानिसहरूलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्न अति कठिन छ!”
  • लू 18:24 : 24 तब येशूले तिनलाई हेरेर अति दुःखित हुँदै भन्‍नुभयो, “धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्न कति गाह्रो छ!
  • यूह 3:3 : 3 येशूले तिनलाई जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीलाई भन्दछु, कोही फेरि नजन्मिएसम्म, त्यसले परमेश्‍वरको राज्य देख्‍न सक्दैन ।”
  • यूह 3:5 : 5 येशूले जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीलाई भन्दछु, कोही पनि पानी र आत्माबाट नजन्मेसम्म ऊ परमेश्‍वरको राज्यमा पस्‍न सक्दैन ।
  • प्रेरि 14:22 : 22 तिनीहरूले चेलाहरूको मनलाई दह्रिलो बनाउँदै र विश्‍वासमा रहिरहनका निम्ति उत्साहित दिने काममा लागिरहे । तिनीहरूले उनीहरूलाई धेरै दुःख र सातवटहरूबाट भएर नै हामी परमेश्‍वरको राज्यमा पस्‍नुपर्छ भनी बताए ।
  • लू 12:15-21 : 15 र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हेर आफैँलाई लोभी इच्छाहरूबाट अलग राख, किनभने कसैको पनि जीवन उसको प्रशस्त धन सम्पत्तिको कारणले गर्दा जीवन प्रशस्ततामा रहन सक्दैन ।” 16 तब येशूले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो, “धनी मानिसको भूमिले प्रशस्त उब्जनी दियो, 17 र उसले मनमनै भन्‍न लाग्यो, ‘म के गरूँ, किनकि मसँग अन्‍नको भण्डारण गर्ने प्रशस्त ठाउँ छैन?‘ 18 उसले भन्यो, ‘म भकारीहरूलाई भत्काउनेछु र ठुलो बनाउनेछु । त्यहीँ नै सबै अन्‍नहरू र अन्य सामग्री भण्डारण गर्नेछु ।’ 19 म मेरो प्राणलाई भन्‍नेछु, ‘हे प्राण, तेरो लागि प्रशस्तै असल चिजहरू धेरै वर्षको लागि भण्डारण गरिएको छ । आराम गर, खा, पी र आनन्दित हो ।’ 20 तर परमेश्‍वरले त्यसलाई भन्‍नुभयो, ‘मूर्ख मानिस, आजको रात नै तेरो प्राण फिर्ता लिइयो भने, तैँले तयार गरेको ती सब चिजहरू कसको हुनेछ?’ 21 यसरी नै कसैले आफ्नो धन सम्पत्तिको संचय गरेर आफ्नै लागि राख्दछन् र यो परमेश्‍वरकहाँ पुग्दैन ।”
  • लू 16:13-14 : 13 कुनै पनि सेवकले दुई जना मालिकको सेवा गर्न सक्दैन, किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कोलाई प्रेम गर्नेछ अथवा एउटाप्रति भक्‍ति देखाउनेछ र अर्कोलाई तुच्छ ठान्‍नेछ । तिमीहरूले परमेश्‍वर र धनको सेवा गर्न सक्दैनौ ।” 14 अब सम्पत्तिका प्रेमी फरिसीहरूले यी सबै कुरा सुने र तिनीहरूले उहाँको गिल्ला गरे ।
  • लू 16:19-28 : 19 अब कोही एक जना धनी मानिस थियो र उसले सधैँ मसिनो मलमल र वैजनी वस्‍त्र पहिरन्थ्यो र आफ्नो प्रशस्त धन सम्पत्तिमा हरेक दिन आनन्द गर्दथ्यो । 20 लाजरस नाम गरेको, घावैघाउ भएको कोही एक जना मानिसलाई ल्याएर उसको ढोकामा राखिदिन्थे । 21 उसले त्यस धनी मानिसको टेबलबाट झरेका टुक्राटाक्रीले आफ्नो पेट भर्ने इच्छा गर्थ्‍यो र त्यसबाहेक, कुकुरहरू आएर उसका घाउहरू चाट्ने गर्थे । 22 यसपछि त्यो भिखारी मर्‍यो र स्वर्गदूतहरूले उसलाई उठाएर अब्राहामकहाँ लगे । त्यो धनी मानिस पनि मर्‍यो र गाडियो । 23 र नरकमा कष्‍ट भोगिरहेको बेला, उसले आफ्ना आँखा उठाएर हेर्‍यो र टाढामा अब्राहामलाई र तिनको छातीमा आड लागेको लाजरसलाई देख्यो । 24 अनि उसले कराएर भन्यो, ‘पिता अब्राहाम, ममाथि कृपा गर्नुहोस् र लाजरसलाई पठाइदिनुहोस् । उसको औँलाले पानीको थोपा चुहाई देओस् र मेरो जिब्रो शितल हुनेछ किनभने म यस ज्वालाको पीडामा छु ।’ 25 तर अब्राहामले भने, ‘बाबु आफ्नो जीवनकालमा तिमीले असल कुराहरू पायौ र त्यसै गरी लाजरसले खराब कुराहरू पायो भन्‍ने कुरा याद राख । तर अहिले ऊ यहाँ आराममा छ र तिमी पीडामा छौ । 26 र यी सबै बाहेक तिम्रो र हाम्रो बिचमा र मानिसहरू यताबाट उता र उताबाट यता आउन नसकून् भनेर ठुलो खाडल राखिएको छ ।’ 27 धनी मानिसले भन्यो, ‘म बिन्ती गर्छु पिता अब्राहाम, उसलाई मेरा पिताको घरमा पठाइदिनुहोस् । 28 किनकि मेरा पाँच जना भाइ छन् । उसले तिनीहरूलाई चेताउनी दिओस् र तिनीहरू यस डरलाग्दो ठाउँमा आउनु नपरोस् ।’
  • व्यव 6:10-12 : 10 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका पिता-पुर्खाहरू अर्थात् अब्राहाम, इसहाक र याकूबसित तिमीहरूलाई दिन्छु भनी शपथ खानुभएको तिमीहरूले नबनाएका अनि ठुला 11 र ज्यादै राम्रा-राम्रा सहरहरू भएको देशमा ल्याउनुहुँदा जहाँ तिमीहरूले नबनाएका सबै किसिमका असल थोकहरूले घरहरू भरिपूर्ण हुने छन्, तिमीहरूले नखनेका इनारहरू हुने छन् र तिमीहरूले नरोपेका दाखबारी र जैतूनका रुखहरू हुने छन्, ती तिमीहरूले खाने छौ र तृप्‍त हुने छौ, 12 तब तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको देशबाट ल्याउनुहुने परमप्रभुलाई नबिर्सन होसियार होओ ।
  • व्यव 8:10-18 : 10 तिमीहरू खाएर अघाउने छौ, अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको असल देशको लागि तिमीहरूले उहाँलाई धन्यको भन्‍ने छौ । 11 आज मैले तिमीहरूलाई दिएका उहाँका आज्ञाहरू, उहाँका विधिविधानहरूलाई बेवास्ता नगर्न र परमप्रभु तिमीहरूका परमेश्‍वरलाई नभुल्न होसियार होओ । 12 नत्रता तिमीहरूले अघाउञ्‍जेल खाँदा र तिमीहरूले घरहरू बनाई तिनमा बस्दा तिमीहरूको हृदय घमण्डले फुल्ने छ । 13 तिमीहरूका गाईवस्तु र भेडा-बाख्राहरू गुणात्मक रूपमा वृद्धि हुँदा र तिमीहरूका सुन र चाँदीको वृद्धि हुँदा र तिमीहरूसित भएका सबै थोकको वृद्धि हुँदा 14 तिमीहरूको ह्रदय घमण्डले फुली मिश्र देश अर्थात् दासत्वको देशबाट तिमीहरूलाई ल्याउनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले नभुल्नलाई होसियार बस । 15 उहाँलाई नबिर्स जसले तिमीहरूलाई विषालु सर्प र बिच्छीहरू भएको पानी नपाइने विशाल र डरलाग्दो उजाड-स्थानबाट ल्याउनुभयो, जसले तिमीहरूका निम्ति चट्टानबाट पानी निकाल्नुभयो । 16 तिमीहरूलाई नम्र बनाउन र तिमीहरूको जाँच गरी अन्त्यमा तिमीहरूको भलाइ गर्न उहाँले तिमीहरूलाई उजाड-स्थानमा तिमीहरूका पिता-पुर्खाहरूले कहिल्यै नजानेका मन्‍न खुवाउनुभयो । 17 तर तिमीले ह्रदयमा सोचौला, 'मेरो शक्ति र मेरो शक्तिशाली हातले मैले यी सबै सम्पत्ति थुपारेको हुँ ।' 18 तर परमप्रभु तिमीहरूका परमेश्‍वरलाई याद गर्नू किनकि उहाँले नै तिमीहरूलाई सम्पत्ति थुपार्ने शक्ति दिनुहुन्छ । उहाँले नै तिमीहरूका पिता-पुर्खाहरूसित बाँध्‍नुभएको करार स्थापित गर्नुहुन्छ जुन आजको दिनसम्म छ ।
  • अय्यू 31:24-25 : 24 सुनलाई मैले आफ्‍नो आशा बनाएको छु भने, अनि निखुर सुनलाई मैले यसो भनेको छु, ‘मैले भर पर्ने तँमाथि नै हो,' भने, 25 मेरो धन-सम्पत्ति प्रशस्त भएको हुनाले, मेरो हातले धेरै धनदौलत प्राप्‍त गरेको हुनाले म रमाएको छु भने, तब मेरो विरुद्धमा अभियोगहरू ल्याउनुहोस् ।
  • भजन 49:6-7 : 6 आफ्‍ना सम्पत्तिमा भरोसा गर्नेहरू र आफ्‍नो धेरै धन घमण्‍ड गर्नेहरूसँग म किन डराउने? 7 यो निश्‍चय हो कि कसैले आफ्नो भाइलाई बचाउन वा त्यसको निम्ति परमेश्‍वरलाई छुकाराको मोल तिर्न सक्दैन,
  • भजन 49:16-19 : 16 कोही धनी हुँदा र त्यसको घरको गौरव बढ्दा नडरा । 17 किनकि जब त्यो मर्नेछ, तब त्यसले कुनै कुरा पनि लानेछैन । त्यसको गौरव त्यसको पछिपछि जानेछैन । 18 त्यो जीवित हुँदा नै त्‍यसले आफ्नो प्राणलाई धन्‍यको भन्‍यो र जब तिमीले आफ्नो निम्ति जीवन बताउँछौ, तब मानिसहरूले तिम्रो प्रशंसा गर्छन्— 19 त्यो आफ्नो पुर्खाहरूका पुस्तामा जानेछ र तिनीहरूले फेरि कहिल्यै त्‍योति देख्‍नेछैनन् ।
  • नीति 11:28 : 28 आफ्ना धन-सम्पत्तिमाथि भरोसा गर्नेहरूको पतन हुने छ, तर धर्मी मानिसहरू पातझैँ मौलाउने छन् ।
  • नीति 30:8-9 : 8 व्यर्थता र झुटलाई मबाट पर राखिदिनुहोस् । मलाई दरिद्रता वा धन-सम्पत्ति नदिनुहोस् । मलाई आवश्यक पर्ने भोजन मात्र दिनुहोस् । 9 किनकि मसित धेरै भए भने मैले तपाईंलाई इन्कार गरेर भनूँला, “परमप्रभु को हो र?” वा गरिब भएँ भने, मैले चोरेर मेरा परमेश्‍वरको नाउँ अपवित्र तुल्याउँला ।
  • मत्त 5:20 : 20 किनकि म तिमीहरूलाई भन्दछु, कि तिमीहरूको धार्मिकता फरिसी र शास्‍त्रीहरूको भन्दा बढी भएन भने, तिमीहरू कुनै रीतिले परमेश्‍वरको राज्यमा प्रवेश गर्नेछैनौ ।
  • याक 1:9-9 : 9 दीन भाइले आफ्नो उच्‍च अवस्थामा गर्व गरोस्, 10 तर धनी मानिसले आफ्नो दीनतामा गर्व गरोस्, किनभने ऊ घाँसमा फलेको जङ्गली फुलझैँ ओइलाएर बितिजानेछ । 11 किनकि प्रचण्ड तापसहित सूर्य उदाउँछ र घाँसलाई सुकाइदिन्‍छ । फुल झर्छ, र त्‍यसको सौन्‍दर्य नष्‍ट हुन्छ । त्यसै गरी, धनी मानिस आफ्नो यात्राको बिचमा नै बिलाएर जानेछ ।
  • याक 2:6 : 6 तर तिमीहरूले गरिबहरूलाई अनादर गरेका छौ । के तिमीहरूमाथि दमन गर्ने धनीहरू नै होइनन् र? र तिमीहरूलाई अदालतमा तानेर लैजाने तिनीहरू नै होइनन् र?
  • याक 5:1-4 : 1 ¶ अब आओ, तिमीहरू जो धनी छौ, तिमीहरूमा आउन लागेका कष्‍टहरूको कारण रोओ र विलाप गर । 2 तिमीहरूका धनहरू सडेका छन् र तिमीहरूका पोसाकहरू किराले खाएका छन् । 3 तिमीहरूका सुन र चाँदीहरूमा कस लागेको छ । तिनीहरूमा लागेको कस तिमीहरूको विरुद्ध साक्षी हुनेछ । त्यसले तिमीहरूका शरीरलाई आगोले झैँ नाश पार्नेछ । तिमीहरूले आफ्ना धन सम्पत्तिलाई अन्तिम दिनका निम्ति थुपारिराखेका छौ । 4 हेर, ती खेतालाहरूको ज्याला उच्‍च सोरमा कराइरहेको छ– त्यो ज्याला जुन तिमीहरूका खेतहरूमा कटनी गर्नेहरूलाई दिन तिमीहरूले रोक लगाएका छौ, र ती खेतालाहरूको चित्कार सेनाहरूका परमप्रभुका कानसम्म पुगेको छ ।
  • मत्त 18:3 : 3 र भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले पश्‍चात्ताप गरेर यी बालकजस्तो नभएसम्म, तिमीहरू अरू कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ ।
  • मत्त 21:31 : 31 यी दुई जनामध्ये कुनचाहिँ छोराले आफ्नो बुबाको इच्छा पुरा गर्‍यो?” तिनीहरूले भने, “पहिलो चाहिँले ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिमीहरूभन्दा पहिले कर उठाउनेहरू र यौनकर्मीहरू परमेश्‍वरको राज्यमा प्रवेश गर्नेछन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मर 10:21-26
    6 पदहरू
    91%

    21येशूले त्यसलाई हेर्नुभयो र प्रेम गर्नुभयो । उहाँले त्यसलाई भन्‍नुभयो, “तिमीमा एउटा कुराको कमी छ । तिमीले आफूसँग भएका सबै थोक बेच्‍नुपर्छ र ती गरिबहरूलाई दिनुपर्छ, अनि स्वर्गमा तिम्रो धन हुनेछ । त्यसपछि आऊ र मेरो पछि लाग ।”

    22तर यो भनाइको कारण त्यो निरुत्साहित भयो; त्यो धेरै दुःखित भएर त्यहाँबाट गयो, किनभने त्यससँग धेरै धन सम्पत्ति थियो ।

    23येशूले वरिपरि हेर्नुभयो र आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “धनी मानिसहरूलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्न अति कठिन छ!”

    24चेलाहरू उहाँका वचनहरूमा छक्‍क परे । तर येशूले फेरि तिनीहरूलाई भन्‍नुभयो, “बालकहरू हो, परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नु अति गाह्रो छ!”

    25धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नुभन्दा त ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो हुन्छ ।”

    26तिनीहरू अति चकित भए र एक-आपसमा भन्‍न लागे, “त्यसो हो भने, कसले उद्धार पाउन सक्छ त?”

  • मत्त 19:24-26
    3 पदहरू
    91%

    24म फेरि तिमीहरूलाई भन्दछु, “धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नु भन्दा त उँटलाई सियोको नाथ्रीबाट प्रवेश गर्न सजिलो हुन्छ ।”

    25जब चेलाहरूले यो सुने, तिनीहरू सार्‍है छक्‍क परे र भने, “त्यसो भए को बचाइन सक्छ?”

    26येशूले तिनीहरूलाई हेर्नुभयो र भन्‍नुभयो, “मानिसहरूका निम्ति त यो असम्भव छ, तर परमेश्‍वरको निम्ति सबै कुरा सम्भव छन् ।”

  • लू 18:22-26
    5 पदहरू
    89%

    22जब येशूले यो सुन्‍नुभयो, उहाँले तिनलाई भन्‍नुभयो, “तिमीमा अझै एउटा कुराको कमी छ । तिमीले आफ्नो सारा सम्पत्ति बेच्‍नुपर्छ र गरिबहरूलाई दिनुपर्छ अनि तिम्रो धन स्वर्गमा हुनेछ । त्यसपछि आऊ र मेरोपछि लाग ।”

    23तर जब धनी मानिसले यो कुरा सुने, तिनी अति नै दुःखित भए, कारण तिनी धेरै धनी थिए ।

    24तब येशूले तिनलाई हेरेर अति दुःखित हुँदै भन्‍नुभयो, “धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्न कति गाह्रो छ!

    25धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्नुभन्दा बरु उँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ!”

    26त्यो सुन्‍नेहरूले यसो भने, “त्यसो भए को बचाइनेछ त?”

  • मत्त 19:20-22
    3 पदहरू
    84%

    20त्यो जवान मानिसले उहाँलाई भन्यो, “यी सबै कुरा त मैले पालना गरेकै छु । मैले अझै के गर्न आवश्यक छ?”

    21येशूले उसलाई भन्‍नुभयो, “यदि तिमी सिद्ध हुने इच्छा गर्छौ भने, जाऊ, र तिमीसँग जे-जति छ त्यो बेच, र ती गरिबहरूलाई देऊ र तिमीले स्वर्गमा धन प्राप्‍त गर्नेछौ । त्यसपछि आएर मलाई पछ्याऊ ।”

    22तर जब त्यस जवान मानिसले येशूले भन्‍नुभएको कुरा सुन्यो, ऊ साह्रै दुःखित भएर गइहाल्यो, किनभने ऊ धेरै सम्‍पत्ति भएको मानिस थियो ।

  • लू 13:23-24
    2 पदहरू
    74%

    23कसैले उहाँलाई भन्यो, “प्रभु, के थोरै मानिसहरू मात्र बचाइन्छन् त?” त्यसैले उहाँले तिनीहरूलाई भन्‍नुभयो,

    24“साँगुरो ढोका भएर पस्‍ने कोसिस गर, किनभने धेरैले प्रयास गर्नेछन्, तर पस्‍न सक्षम हुनेछैनन् ।

  • 24तर धिक्‍कार तिमीहरू जो धनी छौ! तिमीहरूले आफ्ना सान्त्वना पाइसकेका छौ ।

  • 20उहाँले चेलाहरूतर्फ हेर्नुभयो र भन्‍नुभयो, “धन्य तिमीहरू जो दीन छौ, परमेश्‍वरको राज्य तिमीहरूकै हो ।

  • लू 12:15-16
    2 पदहरू
    72%

    15र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हेर आफैँलाई लोभी इच्छाहरूबाट अलग राख, किनभने कसैको पनि जीवन उसको प्रशस्त धन सम्पत्तिको कारणले गर्दा जीवन प्रशस्ततामा रहन सक्दैन ।”

    16तब येशूले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो, “धनी मानिसको भूमिले प्रशस्त उब्जनी दियो,

  • 21यसरी नै कसैले आफ्नो धन सम्पत्तिको संचय गरेर आफ्नै लागि राख्दछन् र यो परमेश्‍वरकहाँ पुग्दैन ।”

  • 41त्यसपछि येशू मन्दिर परिसरको भेटी चढाउने बाकसको सामुन्‍ने बस्‍नुभयो । मानिसहरूले भेटी हालिरहँदा उहाँले हेरिरहनुभएको थियो । धेरै धनी मानिसले ठुलो रकम हाले ।

  • 43उहाँले आफ्ना चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्दछु, यी गरिब विधवाले भेटीको बाकसमा भेटी दिनेहरूमध्ये सबैभन्दा धेरै हालेकी छन् ।

  • 17साँच्‍चै म तिमीहरूलाई भन्दछु, यदि कसैले परमेश्‍वरको राज्यलाई बालकले झैँ ग्रहण गर्दैन भने त्यो निश्‍चय नै स्वर्गमा प्रवेश गर्नेछैन ।”

  • 1¶ येशूले माथि हेर्नुहुँदा धनी मानिसहरूलाई दानपत्रमा तिनीहरूका भेटीहरू हालेको देख्‍नुभयो ।

  • 1¶ अब आओ, तिमीहरू जो धनी छौ, तिमीहरूमा आउन लागेका कष्‍टहरूको कारण रोओ र विलाप गर ।

  • 9अब, धनी हुन चाहनेहरू परिक्षामा पर्छन, पासोमा फस्‍छन् । तिनीहरू धेरै मूर्ख र हानिकारक वासनाहरूमा फस्छन्, र मानिसलाई बरवादी र विनाशमा दुब्छन् ।

  • मत्त 7:13-14
    2 पदहरू
    71%

    13साँघुरो ढोकाबाट भित्र पस । किनभने विनाशमा पुर्‍याउने ढोका र बाटो फराकिलो हुन्छन्, र त्यस बाटोबाट जाने मानिसहरू धेरै छन् ।

    14किनकि जीवनमा डोर्‍याउने ढोका र बाटो साँघुरो हुन्छन्, र त्यो भेट्टाउने थोरै मात्र छन् ।

  • 15साँचो साँचो, म तिमीहरूलाई भन्दछु, जसले परमेश्‍वरको राज्यलाई यो सानो बालकको रूपमा ग्रहण गर्दैन, त्यो निश्‍चय नै यसभित्र प्रवेश गर्नेछैन ।”

  • 33त्यसैले, तिमीहरूमध्ये कसैले आफूसँग भएको सबै कुरा त्याग्‍न सक्‍दैन भने, ऊ मेरो चेला हुन सक्दैन ।

  • 3र भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले पश्‍चात्ताप गरेर यी बालकजस्तो नभएसम्म, तिमीहरू अरू कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ ।

  • 3“धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो ।

  • 30तर धेरै जना जो अहिले पहिला छन्, तिनीहरू पछि पर्नेछन्, र धेरै जना जो पछि परेका छन्, तिनीहरू पहिला हुनेछन् ।

  • 1¶ येशूले आफ्ना चेलाहरूलाई यसो पनि भन्‍नुभयो, “कोही एक जना धनी मानिसको एउटा व्यवस्थापक थियो र त्यस व्यवस्थापकले तिनको धन फजुल खर्च गरिरहेको छ भनी तिनलाई सुनाइदिए ।

  • 19अब कोही एक जना धनी मानिस थियो र उसले सधैँ मसिनो मलमल र वैजनी वस्‍त्र पहिरन्थ्यो र आफ्नो प्रशस्त धन सम्पत्तिमा हरेक दिन आनन्द गर्दथ्यो ।

  • 16हेर, एक जना मानिस येशूकहाँ आयो र भन्यो, “गुरुज्यू, मैले अनन्त जीवन प्राप्‍त गर्न के असल काम गर्नुपर्छ?”

  • 23चेलाहरूतिर फर्केर उहाँले गुप्‍त रूपले भन्‍नुभयो, “तिमीहरूले देखेका कुरा देख्‍नेहरू धन्यका हुन् ।

  • 13तर धिक्‍कार तिमी शास्‍त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू! तिमीहरू मानिसहरूका सामुन्‍ने स्वर्गको राज्यलाई बन्द गर्दछौ । किनकि तिमीहरू यसमा आफैँ प्रवेश गर्दनौ, अनि न त प्रवेश गर्न लागेकाहरूलाई त्यसो गर्न दिन्छौ ।

  • 33आफ्ना धन सम्पत्ति बेच र गरिबहरूलाई देओ । तिनलाई नखिइने थैलीभित्री राख; स्वर्गमा धन संचय गर, जहाँ चोरले चोर्न सक्दैन, र किराले हानि पुर्‍याउँदैन, न त खिया नै लाग्दछ ।

  • 21‘प्रभु, प्रभु’ भन्‍ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्, तर स्वर्गमा हुनुहुने मेरा पिताको इच्छालाई पालन गर्ने मात्र स्वर्गको राज्यमा प्रवेश गर्नेछ ।

  • 17जसै येशू यरूशलेमतिर जाँदै हुनुहुन्थ्यो, उहाँले ती बार्‍है जना चेलालाई अलग्गै राख्‍नुभयो, र बाटोमा जाँदै गर्दा उहाँले तिनीहरूलाई भन्‍नुभयो,

  • 44स्वर्गको राज्यचाहिँ जमिनमा लुकाइएको धनजस्तै हो । एक जना मानिसले त्यो भेट्टायो अनि त्यसलाई लुकायो । उसको आनन्दमा ऊ जान्छ, उसँग भएका सबैथोक बेच्छ, अनि उसले त्यो जमिन किन्छ ।

  • 24कसैले पनि दुई जना मालिकको सेवा गर्न सक्दैन, किनकि त्यसले कि त एउटालाई घृणा गर्छ र अर्कोलाई प्रेम गर्दछ, वा एउटाप्रति समर्पित हुन्छ र अर्कोको उपेक्षा गर्दछ । तिमीहरूले परमेश्‍वर र धन दुवैको सेवा गर्न सक्दैनौ ।

  • 12तर राज्‍यका छोराहरू बाहिर अन्‍धकारमा फालिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।”

  • 14तथापि येशूले भन्‍नुभयो, “साना बालकहरूलाई अनुमति देओ र तिनीहरूलाई मकहाँ आउन नरोक किनभने स्वर्गको राज्य यिनीहरूकै हो ।”

  • 22कन्जुस मानिस धनको पछि लाग्छ, तर दरिद्रता त्यसमाथि आइपर्ने छ भनी त्यसलाई थाहै हुँदैन ।