मत्ती 20:25

अनलक शाब्दिक बाइबल

तर येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र भन्‍नुभयो, “तिमीहरू जान्दछौ, कि गैरयहूदीहरूका शासकहरूले तिनीहरूलाई अधीनमा राख्छन्, र तिनीहरूका महत्त्वपूर्ण मानिसहरूले तिनीहरूमाथि अधिकार गर्दछन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लू 22:25-27 : 25 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “गैरयहूदीहरूका राजाहरूले तिनीहरूमाथि प्रभुत्व जमाउँदछन्, र तिनीहरूमाथि अधिकार जमाउनेलाई आदरणीय शासकहरू भनिन्छ । 26 तर तिमीहरूमा यस्तो हुनुहुँदैन । बरु, तिमीहरूमध्ये सबैभन्दा ठुलोचाहिँ सबैभन्दा सानोजस्तो होस् । र जो सबैभन्दा महत्त्‍वपूर्ण छ, त्यो सेवा गर्नेजस्तो होस् । 27 किनभने टेबलमा खान बस्‍ने कि वा सेवा गर्ने कुनचाहिँ ठुलो हो? टेबलमा खान बस्‍ने होइन र? तर म त तिमीहरूका बिचमा एक सेवा गर्नेजस्तै छु ।
  • मत्त 20:25-28 : 25 तर येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र भन्‍नुभयो, “तिमीहरू जान्दछौ, कि गैरयहूदीहरूका शासकहरूले तिनीहरूलाई अधीनमा राख्छन्, र तिनीहरूका महत्त्वपूर्ण मानिसहरूले तिनीहरूमाथि अधिकार गर्दछन् । 26 तर तिमीहरूका बिचमा यस्तो हुनुहुँदैन । बरु, जो तिमीहरूका बिचमा महान् हुने चाहना गर्दछ, ऊ तिमीहरूको सेवक हुनुपर्दछ । 27 र जो तिमीहरूका बिचमा पहिलो हुने इच्छा गर्दछ, ऊ तिमीहरूको दास हुनुपर्दछ, 28 जसरी मानिसका पुत्र सेवा पाउनलाई आएका होइनन्, तर सेवा दिनलाई आएका हुन्, र धेरैका मोल तिर्नको निम्ति आफ्नो जीवन दिनलाई आएका हुन् ।”
  • यूह 13:12-17 : 12 त्यसैले, जब येशूले तिनीहरूका गोडा धुनुभयो र उनीहरूका लुगा लगाउनुभयो, र फेरि बस्‍नुभयो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूका निम्ति के गरेको छु भन्‍ने के तिमीहरू जान्दछौ?” 13 तिमीहरू मलाई ‘गुरु’ र ‘प्रभु’ भन्छौ र तिमीहरू ठिकै बोलिरहेका छौ, किनकि म त्यही हुँ । 14 तब म गुरु र प्रभुले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक अर्काको गोडा धुनुपर्छ । 15 किनकि मैले यो तिमीहरूलाई एउटा उदाहरण दिएको हुँ, ताकि तिमीहरूले पनि मैले तिमीहरूका निम्ति गरेजस्तै गर्न सक । 16 साँचो, साँचो म तिमीहरूलाई भन्दछु, नोकर आफ्नो मालिकभन्दा ठुलो हुँदैन न त समाचारवाहक त्यसलाई पठाउनेभन्दा ठुलो हुन्छ । 17 यदि तिमीहरूले यी कुराहरू जान्यौ, र ती गर्‍यौ भने तिमीहरू धन्यका हुनेछौ ।
  • मत्त 18:3-4 : 3 र भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले पश्‍चात्ताप गरेर यी बालकजस्तो नभएसम्म, तिमीहरू अरू कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ । 4 त्यसैले, जसले यी सानो बालकले झैँ आफूलाई नम्र तुल्याउँछ, त्यो मानिस नै स्वर्गको राज्यमा सबैभन्दा महान् हुन्छ ।
  • मर 10:42 : 42 येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र भन्‍नुभयो, “गैरयहूदीहरूका शासकहरू मानिनेहरूले तिनीहरूमाथि प्रभुत्व जमाउँछन्, र तिनीहरूका महत्त्वपूर्ण मानिसहरूले तिनीहरूमाथि अधिकार गर्छन् भन्‍ने तिमीहरू जान्दछौ ।
  • दानी 2:12-13 : 12 यस कुराले राजालाई रिस उठायो र अत्‍यन्‍तै क्रोधित बनायो, र तिनले बेबिलोनमा भएका सबै बुद्धिमान् मानिसहरूलाई मार्ने एउटा आदेश दिए । 13 यसैले आफूमा भएका बुद्धिको निम्‍ति प्रख्‍यात भएका सबै जनालाई मार्नको निम्ति उर्दी जारी भयो । यही उर्दीको कारणले, तिनीहरूले दानिएल र तिनका साथीहरूलाई पनि खोजे ताकि तिनीहरूलाई मार्न सकियोस् ।
  • दानी 3:2-7 : 2 त्यसपछि नबूकदनेसरले आफूले स्थापना गरेका मूर्ति अर्पण गर्नका निम्ति प्रदेशका गभर्नरहरू, क्षेत्रीय गभर्नरहरू, र स्थानीय गभर्नरहरूका साथै सल्लाहकारहरू, कोषाध्यक्षहरू, न्यायाधीशहरू, जिल्‍ला अधिकारीहरू र सबै उच्‍च पदस्‍त अधिकारीहरूलाई भेला गराउन सन्देशहरू पठाए । 3 तब प्रदेशका गभर्नरहरू, क्षेत्रीय गभर्नरहरू, र स्थानीय गभर्नरहरूका साथै सल्लाहकारहरू, कोषाध्यक्षहरू, न्यायाधीशहरू, जिल्‍ला अधिकारीहरू र सबै उच्‍च पदस्‍त अधिकारीहरू नबूकदनेसरले स्थापना गरेका मूर्ति अर्पण गर्नका निम्ति एकसाथ भेला भए । तिनीहरू त्यसको सामु खडा भए । 4 तब उद्घोषकले ठुलो सोरले कराएर भन्‍यो, “जाति-जातिका मानिसहरू र धेरै भाषाहरू बोल्‍ने, तपाईंहरूलाई यो हुकुम छ, 5 कि तपाईंहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा, र सबै किसिमका बाजाका धुन सुन्‍ने बित्तिकै तपाईंहरू सबै जनाले आफूलाई भुइँमा घोप्टो पार्नुपर्छ अनि नबूकदनेसर महाराजाले स्थापना गर्नुभएको सुनको मूर्तिको सामु लम्‍पसार हुनुपर्छ । 6 जसले भुइँमा घोप्टो पार्दैन र आराधना गर्दैन, उसलाई दन्किरहेको आगोको भट्टीमा फालिनछ ।” 7 यसैले जब मानिसहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा, र सबै किसिमका बाजाका धुन सुने, सबै मानिसहरू जातिहरू र भाषा बोल्नेहरू भुइँमा घोप्टो परे र नबूकदनेसर राजाले स्थापना गरेका सुनको मूर्तिको सामु आफूलाई लम्‍पसार भए ।
  • दानी 3:15 : 15 अब तिमीहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा, र सबै किसिमका बाजाका धुन सुन्‍ने बित्तिकै घोप्टो पर्‍यौ र मैले बनाएको मूर्तिको सामु लम्‍पसार पर्‍यौ भने, सबै कुरा ठिक हुनेछ । तर तिमीहरूले पुजा गरेनौ भने, तिमीहरू तुरुन्‍तै दन्किरहेको आगोको भट्टीमा फालिनेछौ । त्‍यो कुन देवता होला जसले तिमीहरूलाई मेरा हातबाट बचाउन सक्‍छ?”
  • दानी 3:19-22 : 19 तब नबूकदनेसर रिसले चूर भए । शद्रक, मेशक, र अबेद्‍नगोप्रति तिनको अनुहार भाव बद्लियो । अनि तिनले आगोको भट्टीलाई साधारण रूपमा तताउनेभन्दा सात गुणा बढी तताउने आदेश दिए । 20 तब तिनले आफ्ना सेनामा अत्यन्तै बलिया मानिसहरूलाई शद्रक, मेशक, र अबेद्‍नगोलाई बाँध्‍न र दन्किरहेको आगोको भट्टीमा फाल्न आदेश दिए । 21 तिनीहरूका वस्‍त्रहरू, अलखाहरू, फेटाहरू र अन्य लुगाहरूसमेत तिनीहरूलाई बाँधियो, र तिनीहरूलाई दन्किरहेको भट्टीमा फालियो । 22 राजाको आज्ञालाई सख्त रूपमा पालना गरिएको हुनाले र त्यो भट्टी अत्यन्तै तातो भएको हुनाले शद्रक, मेशक, र अबेद्‍नगोलाई त्यहाँ लाने मानिसहरू आगोको ज्वालाले मार्‍यो ।
  • दानी 5:19 : 19 परमेश्‍वरले उहाँलाई दिनुभएको महान्‌ताको कारणले, सबै मानिसहरू, जातिहरू र भाषा बोल्नेहरू थरथर भए र उहाँको भय माने । उहाँले जसको प्राण लिने इच्‍छा गर्नुभयो, त्‍यसको प्राण उहाँले लिनुभयो, र उहाँले जसलाई जीवित राख्‍ने इच्‍छा गर्नुभयो, त्‍यसलाई उहाँले जीवित राख्‍नुभयो । जसलाई उहाँले चाहनुभयो त्‍यसलाई उचाल्‍नुभयो, र जसलाई उहाँले इच्‍छा गर्नुभयो त्‍यसलाई उहाँले होच्‍याउनुभयो ।
  • मत्त 11:29 : 29 मेरो जुवा तिमीहरूमाथि लेओ र मबाट सिक, किनकि म नम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्नो आत्माको निम्ति विश्राम पाउनेछौ ।
  • दानी 2:37-45 : 37 महाराजा, हजुर राजाहरूका महाराजा हुनुहुन्छ जसलाई स्वर्गका परमेश्‍वरले राज्य, शक्ति, बल र सम्मान दिनुभएको छ । 38 मानवजातिहरू बस्‍ने ठाउँ उहाँले हजुरका हातमा दिनुभएको छ । जमिनका पशुहरू र आकाशका चराहरू उहाँले हजुरका हातमा दिनुभएको छ, र ती माथि हजुरलाई शासन गर्ने बनाउनुभएको छ । हजुर नै त्यस सालिकको सुनको शिर हुनुहुन्छ । 39 हजुरपछि, अर्को एउटा राज्य खडा हुनेछ जुन हजुरको भन्दा कमजोर हुनेछ, र त्यसपछि अझै काँसाको अर्को तेस्रो राज्यले सबै पृथ्वीमाथि शासन गर्नेछ । 40 त्यहाँ फलामझैं बलियो चौथो राज्य हुनेछ, किनकि फलामले अरू कुराहरूलाई टुक्रा-टुक्रा पार्छ र हरेक कुरालाई चकनाचूर पार्छ । त्यसले यी सबै कुराहरूलाई चकनाचूर पार्नेछ र कुल्चनेछ । 41 जसरी हजुरले देख्‍नुभयो, पाउहरू र बुढी औंलाहरू केही पाकेका माटो र केही फलामले बनेका थिए, त्‍यसरी नै त्यो एउटा विभाजित राज्य हुनेछ । त्यसमा केही फलामको शक्ति हुनेछ, जसरी हजुरले फलाम र नरम माटो मिसिएको देख्‍नुभयो । 42 जसरी पाउहरूका बुढी औंलाहरू केही फलाम र केही माटोले बनेका थिए, त्‍यसरी नै त्यो राज्य केही शक्तिशाली र केही सजिलै टुक्रिने किसिमको हुनेछ । 43 जसरी हजुरले फलामलाई नरम माटोसँग मिसिएको देख्‍नुभयो, त्‍यसरी नै मानिसहरू पनि मिश्रित हुनेछन् । तिनीहरू मिलेर बस्‍नेछैनन्, जसरी फलाम माटोसँग मिल्‍न सक्दैन । 44 ती राजाहरूको समयमा, स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ, जुन कहिल्यै नाश पारिनेछैन, नत कुनै अर्को जातिद्वारा परास्त हुनेछ । त्यसले अरू राज्यहरूलाई टुक्रा-टुक्रा पार्नेछ र तिनीहरू सबैको अन्त्य गर्नेछ, र त्योचाहिं सदाको निम्ति रहनेछ । 45 जसरी पर्वतबाट एउटा ढुङ्गो काटिएको हजुरले देख्‍नुभयो, तर मानिसको हातले होइन । त्यसले फलाम, काँसा, माटो, चाँदी र सुनलाई टुक्रा-टुक्रा पार्‍यो । महाराजा, महान् परमेश्‍वरले हजुरलाई यसपछि के हुनेछ भनेर बताउनुभएको छ । यो सपना साँचो हो र त्यसको अर्थ विश्‍वासयोग्य छ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मर 10:41-44
    4 पदहरू
    93%

    41जब अरू दस जना चेलाले यसबारे सुने, तिनीहरू याकूब र यूहन्‍नासँग निकै रिसाउन थाले ।

    42येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र भन्‍नुभयो, “गैरयहूदीहरूका शासकहरू मानिनेहरूले तिनीहरूमाथि प्रभुत्व जमाउँछन्, र तिनीहरूका महत्त्वपूर्ण मानिसहरूले तिनीहरूमाथि अधिकार गर्छन् भन्‍ने तिमीहरू जान्दछौ ।

    43तर तिमीहरूका माझमा यस्तो हुनेछैन । तिमीहरूका माझमा जो महान् हुने इच्छा गर्छ, त्यो तिमीहरूका सेवक हुनुपर्छ ।

    44र तिमीहरूमध्ये जो पहिलो हुने इच्छा गर्छ, त्यो सबैको दास हुनुपर्छ ।

  • लू 22:24-27
    4 पदहरू
    88%

    24तब तिनीहरूमध्ये को सबैभन्दा ठुलो भन्‍नेबारे तिनीहरूबिच झगडा उब्जियो ।

    25उहाँले तिनीहरूलाई भन्‍नुभयो, “गैरयहूदीहरूका राजाहरूले तिनीहरूमाथि प्रभुत्व जमाउँदछन्, र तिनीहरूमाथि अधिकार जमाउनेलाई आदरणीय शासकहरू भनिन्छ ।

    26तर तिमीहरूमा यस्तो हुनुहुँदैन । बरु, तिमीहरूमध्ये सबैभन्दा ठुलोचाहिँ सबैभन्दा सानोजस्तो होस् । र जो सबैभन्दा महत्त्‍वपूर्ण छ, त्यो सेवा गर्नेजस्तो होस् ।

    27किनभने टेबलमा खान बस्‍ने कि वा सेवा गर्ने कुनचाहिँ ठुलो हो? टेबलमा खान बस्‍ने होइन र? तर म त तिमीहरूका बिचमा एक सेवा गर्नेजस्तै छु ।

  • मत्त 20:26-28
    3 पदहरू
    84%

    26तर तिमीहरूका बिचमा यस्तो हुनुहुँदैन । बरु, जो तिमीहरूका बिचमा महान् हुने चाहना गर्दछ, ऊ तिमीहरूको सेवक हुनुपर्दछ ।

    27र जो तिमीहरूका बिचमा पहिलो हुने इच्छा गर्दछ, ऊ तिमीहरूको दास हुनुपर्दछ,

    28जसरी मानिसका पुत्र सेवा पाउनलाई आएका होइनन्, तर सेवा दिनलाई आएका हुन्, र धेरैका मोल तिर्नको निम्ति आफ्नो जीवन दिनलाई आएका हुन् ।”

  • मत्त 23:10-12
    3 पदहरू
    75%

    10न त ‘गुरुज्यू’ भनी कसैले तिमीहरूलाई बोलाऊन्, किनकि ख्रीष्‍ट तिमीहरूका एक मात्र गुरु हुनुहुन्छ ।

    11तर जो तिमीहरूका माझमा सबैभन्दा महान् छ, ऊ तिमीहरूका दास हुनेछ ।

    12जसले आफूलाई उच्‍च पार्दछ, त्यसलाई होच्याइनेछ । अनि जसले आफूलाई होच्याउँछ, त्यसलाई उच्‍च पारिनेछ ।

  • मर 9:34-35
    2 पदहरू
    72%

    34तर सबै चुपचाप भए । किनभने तिनीहरूले “कोचाहिँ सबैभन्दा ठुलो हो” भनी बहस गरिरहेका थिए ।

    35उहाँ बस्‍नुभयो र बाह्र जनालाई बोलाउनुभयो अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यदि कोही पहिलो हुन चाहन्छ भने त्यो सबैभन्दा अन्तिम र सबैको दास हुनुपर्छ ।”

  • 24जब अरू दस जना चेलाले यो कुरालाई सुने, तिनीहरू यी दुई जना दाजुभाइसँग अति नै रुष्‍ट भए ।

  • मत्त 21:23-24
    2 पदहरू
    70%

    23जब येशू मन्दिरमा आउनुभएको थियो, उहाँले सिकाउँदै गर्नुहुँदा मुख्य पुजारीहरू र मानिसका अगुवाहरू उहाँकहाँ आएर भने, “तिमीले कुन अधिकारले यी कुराहरू गर्दछौ? र तिमीलाई यो अधिकार कसले दियो?”

    24येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्‍नेछु । यदि तिमीहरूले मलाई त्यो बतायौ भने, मैले कुन अधिकारले यी कुराहरू गर्छु भन्‍ने कुरा म तिमीहरूलाई बताउनेछु ।

  • 46तब तिनीहरूबिच सबैभन्दा ठुलो को हुने हो भनी विवाद चल्यो ।

  • 1¶ त्यही समयमा येशूका चेलाहरू उहाँकहाँ आएर भने, “स्वर्गको राज्यमा सबैभन्दा ठुलो को हो?”

  • 2तिनीहरूले उहाँलाई भने, “हामीलाई बताऊ, कुन अधिकारद्वारा तिमी यी कामहरू गर्छौ? अथवा कसले तिमीलाई यो अधिकार दियो?”

  • मत्त 20:16-17
    2 पदहरू
    69%

    16यसैले पछिल्लो पहिलो हुनेछ, र पहिलोचाहिँ पछिल्लो हुनेछ । बोलाइएका धेरै छन्, तर चुनिएका थोरै मात्र छन् ।”

    17जसै येशू यरूशलेमतिर जाँदै हुनुहुन्थ्यो, उहाँले ती बार्‍है जना चेलालाई अलग्गै राख्‍नुभयो, र बाटोमा जाँदै गर्दा उहाँले तिनीहरूलाई भन्‍नुभयो,

  • 21येशूले तिनलाई भन्‍नुभयो, “तिमीले के कुराको चाहना गर्छौ?” तिनले उहाँलाई भनिन्, “तपाईंको राज्यमा यी मेरा दुई जना छोरामध्ये एउटा तपाईंको दायाँ हातपट्टि र अर्को बायाँ हातपट्टि बसून् भनेर आज्ञा गर्नुहोस् ।”

  • 25उनले भने, “तिर्छन् ।” तर जब पत्रुस घरभित्र गए, येशू पहिले उनीसँग बोल्नुभयो र भन्‍नुभयो, “सिमोन, तिम्रो विचार के छ? पृथ्वीका राजाहरूले कोबाट कर वा महसुल पाउँछन्? तिनीहरूका प्रजाबाट कि परदेशीहरूबाट?”

  • 28तिनीहरूले उहाँलाई भने, “कसको अधिकारले तिमीले यी कुराहरू गर्छौ? र ती गर्न तिमीलाई कसले अधिकार दियो?”

  • मत्त 10:24-25
    2 पदहरू
    68%

    24चेला आफ्नो गुरुभन्दा श्रेष्‍ठ हुँदैन, न त नोकर आफ्नो मालिकभन्दा ठुलो हुन्छ ।

    25चेला आफ्नो गुरु र नोकर आफ्नो मालिकजस्तो हुनु नै उसको निम्ति पर्याप्‍त हुन्छ । यदि तिनीहरूले घरका मालिकलाई नै बालजिबुल भनेका छन् भने, तिनीहरूले उनका घरानालाई झन् कति बढी बदनाम गर्लान्!

  • 44म साँचो भन्दछु, कि उसले सबै सम्पत्तिको हक उसलाई दिनेछ ।

  • 8येशूले तिनीहरूले भन्‍नुभयो, “म पनि तिमीहरूलाई मैले कुन अधिकारले यी कामहरू गर्छु भनी बताउँदिनँ ।”

  • 45सबै मानिसहरूले सुन्‍ने गरी उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो,

  • 27तर, मैले तिनीहरूमाथि शासन गरेको नचाहने मेरा यी शत्रुहरूलाई यहाँ ल्याओ र मेरो अगाडि मार’ ।”

  • 29जसरी मेरा पिताले मलाई एउटा राज्य दिनुभएको छ, म तिमीहरूलाई एउटा राज्य दिन्छु ।

  • 25उहाँले उनीहरूलाई भन्‍नुभयो, “त्यसो भए जे कैसर को हो, कैसरलाई देओ र जे परमेश्‍वरको हो परमेश्‍वरलाई देओ ।”

  • यूह 13:13-15
    3 पदहरू
    67%

    13तिमीहरू मलाई ‘गुरु’ र ‘प्रभु’ भन्छौ र तिमीहरू ठिकै बोलिरहेका छौ, किनकि म त्यही हुँ ।

    14तब म गुरु र प्रभुले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक अर्काको गोडा धुनुपर्छ ।

    15किनकि मैले यो तिमीहरूलाई एउटा उदाहरण दिएको हुँ, ताकि तिमीहरूले पनि मैले तिमीहरूका निम्ति गरेजस्तै गर्न सक ।

  • 47साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि मालिकले उसित भएका सबै कुराको जिम्मा उसलाई दिनेछ ।

  • लू 20:20-22
    3 पदहरू
    67%

    20तिनीहरूले मौका हेर्न लागे र येशूले भन्‍नुभएको कुरामा केही गलत साबित भए उहाँलाई फसाएर अधिकारीहरूको हातमा सुम्पिदिने नियतले तिनीहरूले धर्मी भई टोपल्ने जासुसहरूलाई उहाँकहाँ पठाए ।

    21उनीहरूले उहाँलाई सोधे, “गुरुज्यू, हामी जान्दछौँ कि तपाईं ठिक बोल्नुहुन्छ र ठिक सिकाउनुहुन्छ र कसैको पक्षपात गर्नुहुन्‍न तर परमेश्‍वरको मार्गको सत्यता सिकाउनुहुन्छ ।

    22हामीले कैसरलाई कर तिर्नु उचित छ कि छैन?”

  • 27तब तिनीहरूले येशूलाई जवाफ दिएर भने, “हामीलाई थाहा छैन ।” उहाँले पनि तिनीहरूलाई भन्‍नुभयो “म पनि कुन अधिकारले यी कुराहरू गर्दछु भनेर तिमीहरूलाई भन्दिनँ ।

  • 20मैले तिमीहरूलाई भनेको वचन याद राख, ‘नोकर त्यसको मालिकभन्दा महान् हुँदैन ।’ यदि तिनीहरूले मलाई सताएका छन् भने, तिनीहरूले तिमीहरूलाई पनि सताउनेछन् । यदि तिनीहरूले मेरो वचन पालन गरेका थिए भने तिनीहरूले तिमीहरूको पनि पालन गर्नेछन् ।”

  • 18येशू उनीहरूकहाँ आउनुभयो र उनीहरूसँग बोल्नुभयो र भन्‍नुभयो, “स्वर्ग र पृथ्वीमा सबै अधिकार मलाई दिइएको छ ।

  • 36उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूका लागि के गरेको तिमीहरू चाहन्छौ?”

  • 4त्यसैले, जसले यी सानो बालकले झैँ आफूलाई नम्र तुल्याउँछ, त्यो मानिस नै स्वर्गको राज्यमा सबैभन्दा महान् हुन्छ ।

  • 9किनकि म पनि एउटा यस्तो मानिस हुँ जो अधिकारको मुनि राखिएको छु, र मेरो मुनि पनि सिपाहीहरू छन्‌ । म एक जनालाई ‘जाऊ’ भन्‍छु र ऊ जान्‍छ, र अर्कोलाई ‘आऊ’ भन्‍छु र ऊ आउँछ, अनि मेरो नोकरलाई ‘त्‍यो गर’ भन्‍छु र उसले त्‍यो गर्छ ।”

  • 9र मालिकहरू हो, आफ्ना दासहरूका निम्ति त्यस्तै व्यवहार गर । तिनीहरूलाई धम्की नदेओ । यो जान कि तिमीहरू दुवैको मालिक स्वर्गमा हुनुहुन्छ । उहाँमा कुनै भेदभाव छैन भन्‍ने कुरा जान ।

  • 39अनि सभाघरमा भोजमा प्रमुख आसनहरू र भोजहरूमा प्रमुख स्थानहरू रुचाउँछन् ।