मत्ती 22:42

अनलक शाब्दिक बाइबल

उहाँले भन्‍नुभयो, “तिमीहरू ख्रीष्‍टको बारेमा के विचार गर्दछौ? ख्रीष्‍ट कसका पुत्र हुन्?” तिनीहरूले उहाँलाई भने, “दाऊदका पुत्र ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 1:1 : 1 ¶ दाऊदका पुत्र अब्राहामका पुत्र येशू ख्रीष्‍टको वंशावलीको पुस्तक ।
  • यूह 6:68-69 : 68 सिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “प्रभु, हामी कसकहाँ जानु? अनन्त जीवनको वचन तपाईंसँग छ । 69 र हामीले विश्‍वास गरेका छौँ र तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ भनी हामीले जानेका छौँ ।”
  • यूह 7:41-42 : 41 अरूहरूले भने, “यिनी ख्रीष्‍ट हुन् ।” तर कोहीले भने, “के ख्रीष्‍ट गालीलबाट आउँछन् त? 42 के धर्मशास्‍त्रले ख्रीष्‍ट बेथलेहम अर्थात् दाऊद बसेका गाउँबाट र दाऊदका सन्तानहरूबाट नै आउनुहुनेछ भनेको छैन र?”
  • यूह 20:28 : 28 थोमाले जवाफ दिए, र उहाँलाई भने, “मेरा प्रभु, मेरा परमेश्‍वर!”
  • प्रेरि 13:22-23 : 22 तब परमेश्‍वरले शाऊललाई राजाबाट हटाउनुभएपछि, उहाँले दाऊदलाई तिनीहरूको राजा हुनलाई खडा गर्नुभयो । परमेश्‍वरले यी नै दाऊदको बारेमा भन्‍नुभएको थियो, ‘यिशैका छोरा दाऊद मेरो हृदयअनुसारका मानिस भएको पाएँ र मैले चाहेको हरेक काम उनले गर्नेछन् ।’ 23 यिनै मानिसका सन्तानहरूबाट उहाँले गर्नेछु भनी प्रतिज्ञा गर्नुभएअनुसार परमेश्‍वरले इस्राएलमा मुक्तिदाता येशू ल्याउनुभएको छ ।
  • फिलि 2:9-9 : 9 यसकारण, परमेश्‍वरले उहाँलाई अति उच्‍च पार्नुभयो । परमेश्‍वरले उहाँलाई सबै नाउँभन्दा उच्‍च नाउँ दिनुभयो । 10 उहाँले यसो गर्नुभयो, ताकि येशूको नाममा हरेक घुँडाहरू टेकिऊन्ः स्वर्ग, पृथ्वी र पृथ्वीमुनि भएका सबैका घुँडाहरू । 11 र उहाँले यो गर्नुभयो, ताकि परमेश्‍वर पिताको महिमाका लागि प्रत्येक जिब्रोले येशू ख्रीष्‍ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गरोस् ।
  • फिलि 3:7-9 : 7 तर मेरो निम्ति लाभदायक भएका सबै कुराहरू, ख्रीष्‍टको खातिर मैले हानि नै सम्झेको छु । 8 वास्तवमा, मेरा प्रभु ख्रीष्‍ट येशूको ज्ञानको श्रेष्‍ठताको कारण अब म सबै कुराहरूलाई हानि नै सम्झन्छु । उहाँको निम्ति मैले सबै कुराहरूलाई त्यागेको छु । मैले ती कुराहरूलाई काम नलाग्‍ने ठान्दछु ताकि मैले ख्रीष्‍टलाई हासिल गर्न सकूँ, 9 र उहाँमा स्थापित हुन सकूँ । व्यवस्थाबाट मैले आफैँले प्राप्‍त गरेको धार्मिकता मसँग छैन । बरु, ख्रीष्‍ट येशूमा विश्‍वासद्वारा प्राप्‍त गरेको धार्मिकता मसँग छ, जुन धार्मिकता विश्‍वासमा आधारित परमेश्‍वरबाट मैले प्राप्‍त गरेको हुँ । 10 यसैकारण, अब म उहाँ र उहाँको पुनरुत्थानको शक्‍तिलाई जान्‍न चाहन्छु र उहाँका कष्‍टहरूमा सहभागी हुन चाहन्छु । उहाँको मृत्युको समरूपतामा म बद्‌लिन चाहन्छु,
  • कलस्सी 3:11 : 11 यस ज्ञानमा, कोही ग्रिक वा यहूदी, खतना वा बेखतनाका, अशिक्षित, असभ्य, कमारा, फुक्‍का हुँदैन, तर ख्रीष्‍ट नै सबै कुरा हुनुहुन्छ र सबै कुरामा हुनुहुन्छ ।
  • १ पत्रु 2:4-7 : 4 उहाँमा आओ, जो मानिसहरूद्वारा इन्कार गरिनुभएका जीवित पत्थर हुनुहुन्छ, तर त्यही पत्थर नै परमेश्‍वरबाट चुनिएको छ र उहाँका निम्ति बहुमूल्य पत्थर हुनुभएको छ । 5 तिमीहरू पनि येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको निम्ति ग्रहणयोग्य आत्मिक बलिदानहरू चढाउने पवित्र पुजारीहरू हुनको निम्ति आत्मिक भवन निर्माण गर्ने जीवित पत्थरहरूजस्तै हौ । 6 धर्मशास्‍त्रले भन्दछ, “हेर म सियोनमा एउटा कुने-ढुङ्गो बसाल्नेछु, जुन मुख्य, चुनिएको र बहुमूल्य हुनेछ । जसले उहाँमाथि विश्‍वास गर्छ, त्यो शर्ममा पर्नेछैन ।” 7 त्यसैले, तिमीहरू जसले विश्‍वास गर्छौ तिमीहरूको निम्ति आदर छ । तर, “त्यो ढुङ्गो जसलाई निर्माणकर्ताहरूले इन्कार गरे त्यो नै कुनाको शिर-ढुङ्गा भयो ।”
  • प्रका 5:12-14 : 12 तिनीहरूले चर्को सोरमा यसो भने, “शक्‍ति, धन, बुद्धि, बल, आदर, महिमा र प्रशंसा प्राप्‍त गर्न मारिनुभएका थुमा योग्यका हुनुहुन्छ ।” 13 स्वर्गमा, पृथ्वीमा, पृथ्वीमुनि र समुद्रमुनि सृष्‍टि गरिएका हरेक थोकले यसो भनेको मैले सुनेँ, “उहाँ जो सिंहासनमा विराजमान हुनुहुने र थुमालाई, प्रशंसा, आदर, महिमा र राज्य गर्ने शक्‍ति सदासर्वदा होस् ।” 14 ती चारैवटा जीवित प्राणीले भने, “आमेन ।” र एल्डरहरू आफैँ घोप्टो परेर आराधना गरे । [टिपोटः पुरानो संस्करणमा यसरी लेखिएको छ] चौबिस एल्डर आफैँ घोप्टो परेर सदासर्वदा रहिरहनुहुनेलाई आराधना गरे ।
  • मत्त 2:4-6 : 4 हेरोदले सबै मुख्य पुजारी र मानिसहरूका शास्‍त्रीहरूलाई भेला गराए, र उनले तिनीहरूलाई सोधे, “जन्मने भनिएका ख्रीष्‍ट कहाँ छन्?” 5 तिनीहरूले उनलाई भने, “यहूदियाको बेथलेहेममा किनकि अगमवक्‍ताद्वारा यस्तै लेखिएको थियो, 6 ‘र यहूदाको देशमा, ए बेथलेहम, यहूदाका शासकहरूभन्दा तँ कुनै कम छैनस्, किनकि तँबाट एक जना शासक आउनुहुनेछ जसले मेरा मानिस इस्राएलको हेरचाह गर्नुहुनेछ’ ।”
  • मत्त 9:27 : 27 जब येशू त्यहाँबाट भएर जाँदै हुनुहुन्थ्यो, दुई जना दृष्‍टिविहीनले उहाँलाई पछ्याए । तिनीहरू ठुलो स्वरले कराइरहे र यसो भनिरहे, “दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस् ।”
  • मत्त 14:33 : 33 त्यसपछि डुङ्गामा रहेका चेलाहरूले येशूको आराधना गरे र भने, “साँच्‍चै तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ ।”
  • मत्त 16:13-17 : 13 जब येशू कैसरिया फिलिप्पीको इलाकाहरूमा आइपुग्‍नुभयो, उहाँले आफ्ना चेलाहरूलाई यसो भन्दै सोध्‍नुभयो, “मानिसका पुत्र को हो भनी मानिसहरूले भन्छन्?” 14 उनीहरूले भने, “कोही भन्छन् बप्‍तिस्मा-दिने यूहन्‍ना, कोहीले एलिया, र अरूले यर्मिया वा अगमवक्‍ताहरूमध्ये एक हुन् भनेर भन्दछन् ।” 15 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तर म को हुँ भनेर तिमीहरू भन्छौ?” 16 सिमोन पत्रुसले उत्तर दिँदै भने, “तपाईं जीवित परमेश्‍वरका पुत्र ख्रीष्‍ट हुनुहुन्छ ।” 17 येशूले उत्तर दिनुभयो र उनलाई भन्‍नुभयो, “योनाका छोरा सिमोन तिमी धन्यका हौ, किनकि शरीर र रगतले यो कुरा तिमीलाई प्रकट गरेको होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो ।
  • मत्त 21:9 : 9 येशूको अगि गएका र उहाँलाई पछ्याएका सबै भिडले यसो भन्दै चिच्‍च्‍याए, “दाऊदका पुत्रलाई होसन्‍ना! उहाँ धन्यको हुनुहुन्छ जो परमेश्‍वरको नाउँमा आउनुहुन्छ! उच्‍चमा विराजमान हुनुहुनेलाई होसन्‍ना!”
  • लू 1:69-70 : 69 उहाँले हाम्रा निम्ति मुक्‍तिको सिङ्लाई उहाँका दास दाऊदको घरानाबाट शक्‍तिशाली रूपमा खडा गर्नुभएको छ । 70 प्राचीन कालमा उहाँका पवित्र अगमवक्‍ताहरूका मुखद्वारा बोल्नुभए झैँ भयो ।
  • यूह 1:49 : 49 नथानेलले जवाफ दिए, “रब्‍बी, तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ! तपाईं इस्राएलका राजा हुनुहुन्‍छ!”
  • यशा 7:13-14 : 13 त्यसैले यशैयाले जवाफ दिए, “ए दाऊदका घराना, सुन । के तिमीहरूको निम्ति मानिसहरूका धेर्यको जाँच नै पर्याप्‍त हुँदैन र? के तिमीहरूले मेरो परमेश्‍वरको धैर्यको पनि जाँच गर्नुपर्छ र? 14 यसकारण परमप्रभुले नै तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछः हेर, एज जना कन्या केटीले गर्भधारण गर्नेछिन्, एउटा छोरा जन्माउनेछिन् र उनको नाउँ इम्मानुएल राख्‍नेछिन् ।
  • यशा 9:6-7 : 6 किनकि हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ, हाम्रो निम्ति एउटा छोरा जन्‍मेको छ, र शासन उहाँको काँधमा हुनेछ । अनि उहाँको नाउँ अचम्मको सल्लाकार, शक्तिशाली परमेश्‍वर, अनन्‍तका पिता र शान्तिका राजकुमार राखिनेछ । 7 दाऊदको सिंहासनमा र उनको राज्यलाई स्थापित गर्न, अनि त्‍यसलाई न्याय र धार्मिकताले थाम्‍न उहाँले अहिलेदेखि लिएर सदासर्वदा राज्‍य गर्नुहुँदा, उहाँको शासन र शान्ति वृद्धिको अन्त हुनेछैन । सर्वशक्तिमान् परमप्रभुको जोशले यो पुरा गर्नेछ ।
  • यशा 11:1-4 : 1 ¶ यिशैको ठुटोबाट एउटा टुसा पलाउनेछ र त्यसका जराहरूबाट पलाएको एउटा हाँगाले फल फलाउनेछ । 2 परमप्रभुको आत्मा उहाँमाथि रहेनुहुनेछ, बुद्धि र समझको आत्मा, सुझाव र शक्तिको आत्मा, ज्ञान र परमप्रभुको भयको आत्मा । 3 परमप्रभुको भय नै उहाँको आनन्द हुने छ । उहाँका आँखाले देखेका कुराले उहाँले न्याय गर्नुहुन्‍न, न त उहाँका कानले सुनेको कुराले निर्नय गर्नुहुन्छ । 4 बरु, उहाँले गरीबहरूका न्याय धार्मिकताले गर्नुहुन्छ र पृथ्वीका नम्रहरूका निम्ति उचित रूपमा निर्णय गर्नुहुन्छ । आफ्नो मुखको लट्ठीले उहाँले पृथ्वीलाई प्रहार गर्नुहुन्छ र आफ्‍नो मुखको सासले उहाँले दुष्‍टको नाश गर्नुहुन्छ ।
  • यिर्मि 23:5-6 : 5 यो परमप्रभुको घोषणा हो, हेर्, यस्‍ता दिनहरू आउँदैछन्, जति बेला म दाऊदको लागि एउटा धार्मिक हाँगा खडा गर्नेछु । उसले राजाको रूपमा राज्य गर्नेछ । तिनले बुद्धिमानीपूर्वक काम गर्नेछ, र देशमा न्याय र धार्मिकता कायम राख्‍नेछ । 6 उसको दिनमा यहूदा यहूदा बचाइनेछ, र इस्राएल सुरक्षितसाथ जिउनेछ । तब यो नाउँले उसलाई बोलाइनेछः परमप्रभु हाम्रो धार्मिकता हुनुहुन्छ ।
  • यहे 34:23-24 : 23 मेरो दास दाऊदलाई तिनीहरूमाथि म एक जना गोठालो नियुक्त गर्नेछु । त्यसले तिनीहरूको गोठालो गर्नेछ, त्‍यसले तिनीहरूलाई खुवाउनेछ, र त्यो नै तिनीहरूका गोठालो हुनेछ । 24 किनकि म परमप्रभु नै तिनीहरूका परमेश्‍वर हुनेछु, र मेरो दास दाऊद तिनीहरूका बिचमा एउटा शासक हुनेछ । म, परमप्रभुले यो घोषणा गरेको छु ।
  • आमो 9:11 : 11 त्यो दिनमा म दाऊदको ढलेको पाललाई खडा गर्नेछु, र त्यसका प्वालहरू टाल्‍नेछु । त्यसका भग्‍नावशेषहरूलाई म उठाउनेछु, र बितेका दिनमा झैं त्यसको पुनर्निर्माण गर्नेछु,

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लू 20:41-42
    2 पदहरू
    88%

    41येशूले उनीहरूलाई भन्‍नुभयो, “ख्रीष्‍ट दाऊदका पुत्र हुन् भनेर तिनीहरूले कसरी भन्दछन्?

    42किनकि भजनको पुस्तकमा दाऊद आफैँले भन्दछन्, परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, ‘तिमी मेरो दाहिने हातपट्टि बस,

  • मत्त 22:43-45
    3 पदहरू
    86%

    43येशूले तिनीहरूलाई भन्‍नुभयो, “त्यसो भए, दाऊद पवित्र आत्माले भरिँदा तिनले किन उहाँलाई यसरी प्रभु भनी पुकारे,

    44‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, “जबसम्म मैले तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान बनाउँदिन, तबसम्म तिमी मेरो दाहिने हातपट्टि बस ।’?”

    45यदि दाऊदले ख्रीष्‍टलाई ‘प्रभु’ भन्दछन् भने, उनी कसरी दाऊदका पुत्र हुन सक्छन् त?”

  • मर 12:35-37
    3 पदहरू
    85%

    35येशूले मन्दिरमा सिकाउँदै गर्नुहुँदा उहाँले जवाफ दिनुभयो र भन्‍नुभयो, “शास्‍त्रीहरूले ख्रीष्‍टलाई कसरी दाऊदका पुत्र भन्छन्?

    36दाऊद आफैँले पवित्र आत्माद्वारा यसो भने, ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, मेरो दाहिने हातमा बस, जबसम्म मैले तिम्रा शत्रुहरूलाई तिम्रो खुट्टामुनि ल्याउँदिनँ ।’

    37दाऊद आफैँले उहाँलाई ‘प्रभु’ भन्छन् भने मसीह कसरी दाऊदका पुत्र हुन सक्छन् त?” ठुलो भिडले उहाँको कुरा खुसीसाथ सुन्यो ।

  • 41फरिसीहरू एकै ठाउँमा जम्मा भएको बेलामा येशूले तिनीहरूलाई एउटा प्रश्‍न सोध्‍नुभयो ।

  • लू 20:44-45
    2 पदहरू
    78%

    44यसकारण, दाऊदले ख्रीष्‍टलाई प्रभु भन्दछन् भने फेरि उनी कसरी दाऊदका पुत्र भए?”

    45सबै मानिसहरूले सुन्‍ने गरी उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो,

  • 70तिनीहरू सबैले भने, “त्यसो भए के तँ परमेश्‍वरका पुत्र होस्?” र येशूले तिनीहरूलाई भन्‍नुभयो, “तपाईंहरू नै भन्‍नुहुन्छ, म उही हुँ ।”

  • 23सबै भिड छक्‍क परे र भने, “के यी मानिस दाऊदका पुत्र हुन सक्छन्?”

  • मर 8:27-29
    3 पदहरू
    76%

    27येशू आफ्ना चेलाहरूसँगै कैसरिया फिलिप्पीका गाउँहरूतिर जानुभयो । बाटोमा उहाँले आफ्ना चेलाहरूलाई सोध्‍नुभयो, “मानिसहरूले म को हुँ भन्छन्?”

    28तिनीहरूले उहाँलाई जवाफ दिए, र भने, “बप्‍तिस्मा-दिने यूहन्‍ना । अरूहरूले, ‘एलिया’ र अरूले भने ‘अगमवक्‍ताहरूमध्ये एक’ भन्छन् ।”

    29उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तर तिमीहरूचाहिँ म को हुँ भन्छौ?” पत्रुसले उहाँलाई भने, “तपाईं ख्रीष्‍ट हुनुहुन्छ”

  • मत्त 16:13-16
    4 पदहरू
    75%

    13जब येशू कैसरिया फिलिप्पीको इलाकाहरूमा आइपुग्‍नुभयो, उहाँले आफ्ना चेलाहरूलाई यसो भन्दै सोध्‍नुभयो, “मानिसका पुत्र को हो भनी मानिसहरूले भन्छन्?”

    14उनीहरूले भने, “कोही भन्छन् बप्‍तिस्मा-दिने यूहन्‍ना, कोहीले एलिया, र अरूले यर्मिया वा अगमवक्‍ताहरूमध्ये एक हुन् भनेर भन्दछन् ।”

    15उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तर म को हुँ भनेर तिमीहरू भन्छौ?”

    16सिमोन पत्रुसले उत्तर दिँदै भने, “तपाईं जीवित परमेश्‍वरका पुत्र ख्रीष्‍ट हुनुहुन्छ ।”

  • 20उहाँले तिनीहरूलाई भन्‍नुभयो, “ तर तिमीहरूचाहिँ म को हुँ भनी भन्दछौ?” पत्रुसले जवाफ दिँदै भने, “परमेश्‍वरबाट आउनुभएका ख्रीष्‍ट ।”

  • 17त्यसैले, हामीलाई भन्‍नुहोस्, कि तपाईं के भन्‍नुहुन्छ? कैसरलाई कर तिर्नु उचित हो कि होइन?”

  • लू 20:2-3
    2 पदहरू
    72%

    2तिनीहरूले उहाँलाई भने, “हामीलाई बताऊ, कुन अधिकारद्वारा तिमी यी कामहरू गर्छौ? अथवा कसले तिमीलाई यो अधिकार दियो?”

    3उहाँले जवाफ दिएर भन्‍नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्छु ।

  • 20येशूले तिनीहरूलाई भन्‍नुभयो, “यी कसका नाम र छाप हुन्?”

  • 34येशूले जवाफ दिनुभयो, “तपाईं आफैँले भन्‍नुभएको हो वा तपाईंलाई मेरो बारेमा अरू कसैले भनेको हो?”

  • यूह 7:41-42
    2 पदहरू
    71%

    41अरूहरूले भने, “यिनी ख्रीष्‍ट हुन् ।” तर कोहीले भने, “के ख्रीष्‍ट गालीलबाट आउँछन् त?

    42के धर्मशास्‍त्रले ख्रीष्‍ट बेथलेहम अर्थात् दाऊद बसेका गाउँबाट र दाऊदका सन्तानहरूबाट नै आउनुहुनेछ भनेको छैन र?”

  • 2पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” उहाँले जवाफ दिनुभयो, “तपाईं नै त्यसो भन्‍नुहुन्छ ।”

  • 28तिनीहरूले उहाँलाई भने, “कसको अधिकारले तिमीले यी कुराहरू गर्छौ? र ती गर्न तिमीलाई कसले अधिकार दियो?”

  • 16उहाँले आफ्ना चेलाहरूलाई सोध्‍नुभयो, “तिमीहरूले तिनीहरूसँग के बहस गरिरहेका छौ?”

  • 36के तिमीहरू पिताले अलग गर्नुभएको, र संसारमा पठाउनुभएको जनलाई मैले, ‘म परमेश्‍वरको पुत्र हुँ’ भनेकोले ‘तैँले ईश्‍वर-निन्दा गरिरहेको छस्’ भन्छौ?

  • 28तर तिमीहरू के विचार गर्दछौ? एक जना मानिसका दुई जना छोरा थिए । उनी पहिलोकहाँ गएर भने, ‘छोरा आज दाखबारीमा गएर काम गर ।’

  • 11अब येशू ती हाकिमको अगाडि उभिनुभयो, र हाकिमले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले तिनलाई जवाफ दिनुभयो, “तपाईंले नै त्यसो भन्‍नुहुन्छ?”

  • 61तर उहाँ चुपचाप रहनुभयो, र जवाफ दिनुभएन । प्रधान पुजारीले उहाँलाई फेरि प्रश्‍न गरे र भने, “के तिमी धन्यका पुत्र ख्रीष्‍ट हौ?”

  • 25उनले भने, “तिर्छन् ।” तर जब पत्रुस घरभित्र गए, येशू पहिले उनीसँग बोल्नुभयो र भन्‍नुभयो, “सिमोन, तिम्रो विचार के छ? पृथ्वीका राजाहरूले कोबाट कर वा महसुल पाउँछन्? तिनीहरूका प्रजाबाट कि परदेशीहरूबाट?”

  • मत्त 20:31-32
    2 पदहरू
    70%

    31तिनीहरूलाई चुप रहन भन्दै भिडले तिनीहरूलाई हप्कायो, तर तिनीहरू अझै बढी कराएर भन्यो, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि कृपा गर्नुहोस् ।”

    32तब येशू उभिनुभयो र तिनीहरूलाई बोलाएर भन्‍नुभयो, “मैले तिमीहरूका निम्ति के गरिदिएको तिमीहरू चाहन्छौ?”

  • 23जब येशू मन्दिरमा आउनुभएको थियो, उहाँले सिकाउँदै गर्नुहुँदा मुख्य पुजारीहरू र मानिसका अगुवाहरू उहाँकहाँ आएर भने, “तिमीले कुन अधिकारले यी कुराहरू गर्दछौ? र तिमीलाई यो अधिकार कसले दियो?”

  • 56राजाले भने, “त्यो केटा कसका छोरा हुन् चिन्‍नेहरूलाई सोध ।”

  • लू 23:2-3
    2 पदहरू
    70%

    2तिनीहरूले उहाँलाई यसो भन्दै दोष लगाउन सुरु गरे, “हामीले यस मानिसलाई हाम्रो देश भाँड्दै गरेको, कैसरलाई कर तिर्न मनाही गरेको र ऊ आफैँलाई ख्रीष्‍ट राजा भनेको भेट्टायौँ ।”

    3पिलातसले उहाँलाई यसो भन्दै सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले तिनलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “तपाईंले नै त्यसो भन्दै हुनुहुन्छ ।”

  • 68र भने, “हे ख्रीष्‍ट, अब हामीलाई अगमवाणी गरी भन्, तँलाई हिर्काउने को हो?”

  • 67भने, “यदि तँ ख्रीष्‍ट होस् भने हामीलाई भन् ।” तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यदि मैले तपाईंहरूलाई भने पनि तपाईंहरूले विश्‍वास गर्नुहुनेछैन,

  • 22हामीले कैसरलाई कर तिर्नु उचित छ कि छैन?”

  • 58शाऊलले तिनलाई सोधे, “हे जवान मानिस, तिमी कसका छोरा हौ?” दाऊदले जवाफ दिए, “म तपाईंको दास बेथलेहेमी यिशैको छोरा हुँ ।”

  • 18जब उहाँ एकलै प्रार्थना गरिरहनुभएको थियो, चेलाहरू पनि उहाँसँग थिए । उहाँले तिनिहरूलाई प्रश्‍न गर्दै भन्‍नुभयो, “भिडले म को हुँ भनी भन्दछ?”

  • 42तिनीहरूले भने, “के यिनी योसेफका पुत्र येशू होइनन्, जसका बुबा र आमालाई हामी चिन्छौँ? तब ‘म स्वर्गबाट आएको हुँ’ भनी अहिले यसले कसरी भन्‍न सक्छ?”

  • 26अनि हेर, यिनी खुलमखुला बोल्छन् र तिनीहरू यिनलाई केही पनि भन्दैनन् । वास्तवमा शासकहरूले यिनी नै ख्रीष्‍ट हुन् भन्‍ने जान्‍न सक्दैनन्, जान्‍न सक्छन् त?

  • 38त्यसपछि त्यो दृष्‍टिविहीन मानिसले चिच्याउँदै भन्यो, “हे दाऊदका पुत्र येशू, ममाथि दया गर्नुहोस् ।”