लूका 22:67

अनलक शाब्दिक बाइबल

भने, “यदि तँ ख्रीष्‍ट होस् भने हामीलाई भन् ।” तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यदि मैले तपाईंहरूलाई भने पनि तपाईंहरूले विश्‍वास गर्नुहुनेछैन,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 11:3-5 : 3 र उनलाई भने, “के आउनुहुनेवाला तपाईं नै हुनुहुन्छ, वा कोही अर्कै मानिस हुनुहुन्छ जसको हामीले प्रतीक्षा गर्नुपर्छ?” 4 येशूले उत्तर दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले जे देखेका र सुनेका छौ, गएर यूहन्‍नालाई बताइदेओ । 5 दृष्‍टिविहीनहरूले दृष्‍टि पाइरहेका छन्; लङ्गडा मानिसहरू हिँडिरहेका छन्; कुष्‍ठरोगीहरू शुद्ध पारिएका छन्; बहिरा मानिसहरूले फेरि सुनिरहेका छन्; मरेका मानिसहरूलाई फेरि जीवनमा फर्काइएको छ, अनि खाँचोमा परेका मानिसहरूलाई सुसमाचार सुनाइँदै छ ।
  • मत्त 26:63-68 : 63 तर येशू चुप रहनुभयो । प्रधान पुजारीले उहाँलाई भने, “जीवित परमेश्‍वरको नाउँमा म तिमीलाई आज्ञा गर्दछु, हामीलाई बताऊ कि के तिमी ख्रीष्‍ट अर्थात् परमेश्‍वरका पुत्र हौ?” 64 येशूले तिनलाई जवाफ दिनुभयो, “त्यो तपाईं आफैँले नै भन्‍नुभएको छ । तर म तपाईंलाई भन्दछु, कि अबदेखि उसो तपाईंले मानिसका पुत्रलाई सर्वशक्‍तिमान्‌को दाहिने हाततिर बसिरहेका र स्वर्गका बादलहरूमाथि आउँदै गरेका देख्‍नुहुनेछ ।” 65 त्यसपछि प्रधान पुजारीले आफ्ना लुगा च्याते र भने, “यसले ईश्‍वर-निन्दा गरेको छ । अब हामीलाई अरू थप गवाहहरूको आवश्यकता किन पर्‍यो? हेर्नुहोस्, अब तपाईंहरूले यिनको ईश्‍वर-निन्दा सुन्‍नुभएको छ । 66 तपाईंहरू के विचार गर्नुहुन्छ?” उनीहरूले जवाफ दिएर भने, “यो मारिनको लागि योग्य छ ।” 67 त्यसपछि तिनीहरूले उहाँको मुखमा थुके र उहाँलाई पिटे, र तिनीहरूका हातले उहाँलाई हिर्काए, 68 र भने, “हे ख्रीष्‍ट, अब हामीलाई अगमवाणी गरी भन्, तँलाई हिर्काउने को हो?”
  • मर 14:61-66 : 61 तर उहाँ चुपचाप रहनुभयो, र जवाफ दिनुभएन । प्रधान पुजारीले उहाँलाई फेरि प्रश्‍न गरे र भने, “के तिमी धन्यका पुत्र ख्रीष्‍ट हौ?” 62 येशूले भन्‍नुभयो, “म हुँ । र तिमीहरूले मानिसका पुत्रलाई शक्‍तिको दाहिने हातपट्टि बसेको र आकाशको बादलसँग आएको देख्‍नेछौ ।” 63 प्रधान पुजारीले आफ्नो लुगा च्याते र भने, “के हामीलाई अझै गवाहीको आवश्यक पर्छ र? 64 तपाईंहरूले ईश्‍वर-निन्दा सुन्‍नुभएकै छ । तपाईंहरूको के निर्णय छ?” अनि तिनीहरू सबैले मृत्युको योग्य भएकालाई झैँ दोष लगाए । 65 केहीले उहाँलाई थुक्‍न र उहाँको अनुहार छोप्‍न र हिर्काउन थाले र भने, “भविष्‍यवाणी गर्!” अनि अधिकारीहरूले उहाँलाई लगे र पिटे । 66 पत्रुस तल आँगनमा हुँदा प्रधान पुजारीका नोकर्नीहरूमध्ये एक जना तिनीकहाँ आई ।
  • लू 16:31 : 31 अब्राहामले उसलाई भने, ‘यदि तिनीहरूले मोशा र अगमवक्‍ताका कुरा सुनेनन् भने कोही मृत्युबाट उठेको मानिसको कुरा पनि मान्‍ने छैनन्’ ।”
  • यूह 5:39-47 : 39 तिमीहरू धर्मशास्‍त्रमा खोज्दछौ, किनकि तिनमा तिमीहरूको निम्ति अनन्त जीवन छ भन्‍ने सोच्दछौ र यी नै धर्मशास्‍त्रहरूले मेरो विषयमा गवाही दिन्छन्, 40 र तिमीहरू जीवन पाउन मकहाँ आउन तत्पर छैनौ । 41 म मनिसहरूबाट प्रशंसा प्राप्‍त गर्दिनँ, 42 तर म जान्दछु, तिमीहरू आफैँमा परमेश्‍वरको प्रेम छैन । 43 म मेरा पिताको नाउँमा आएको छु, र तिमीहरू मलाई स्‍वीकार गर्दैनौ । यदि आफ्नै नाउँमा अर्को कोही आउने हो भने तिमीहरूले त्यसलाई स्वीकार गर्छौ । 44 एक अर्कोबाट प्रशंसा खोज्‍ने तर परमेश्‍वरबाट मात्र आउने प्रशंसा नखोज्‍नलाई तिमीहरूले कसरी विश्‍वास गर्न सक्छौ? 45 पिताको सामु तिमीहरूलाई म आफैँले दोष लगाउँछु भन्‍ने तिमीहरू नसोच । तिमीहरूले आशा राखेका मोशाले नै तिमीहरूलाई दोष लगाउँछन् । 46 यदि तिमीहरूले मोशामा विश्‍वास गर्थ्यौ भने तिमीहरूले ममा पनि विश्‍वास गर्ने थियौ, किनकि उनले मेरो विषयमा लेखे । 47 यदि तिमीहरूले उनले लेखेका कुराहरूमा विश्‍वास गर्दैनौ भने तिमीहरूले मेरो वचनमा कसरी विश्‍वास गर्छौ र?”
  • यूह 8:43-45 : 43 तिमीहरू मेरा वचनहरू किन बुझ्दैनौ? किनभने तिमीहरू मेरो वचन सुन्‍न सक्दैनौ । 44 तिमीहरू आफ्ना पिता अर्थात् शैतानका हौ, र तिमीहरू तिमीहरूका पिताको इच्छा पुरा गर्ने इच्छा गर्छौ । त्यो सुरुदेखि नै हत्यारा थियो र त्यो सत्यमा खडा हुँदैन, किनकि त्यसमा सत्य छैन । जब त्यसले झुट बोल्छ, त्यो आफ्नै स्वभावबाट बोल्छ, किनकि त्यो झुट र झुटको पिता हो । 45 म सत्य बोल्छु, तापनि तिमीहरू मलाई विश्‍वास गर्दैनौ ।
  • यूह 9:27-28 : 27 त्यसले जवाफ दियो, “मैले तपाईंहरूलाई पहिले नै बताइसकेँ, अनि तपाईंहरूले सुन्‍नुभएन । तपाईंहरू यसलाई फेरि किन सुन्‍न चाहनुहुन्छ? तपाईंहरू त उहाँका चेलाहरू बन्‍न चाहनुहुन्‍न, चाहनुहुन्छ त? 28 तिनीहरूले त्यसलाई अपमान गरे, र भने, “तँ पो उसको चेला होस्, तर हामी त मोशाका चेलाहरू हौँ ।
  • यूह 10:24-26 : 24 तब यहूदीहरूले उहाँलाई घेरे र भने, “तपाईंले हामीलाई कहिलेसम्म दोधारमा राख्‍नुहुनेछ? यदि तपाईं ख्रीष्‍ट हुनुहुन्छ भने हामीलाई खुलमखुला बताउनुहोस् ।” 25 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले तिमीहरूलाई बताइसकेँ, तर तिमीहरू विश्‍वास गर्दैनौ । मैले मेरा पिताको नाउँमा गरेका यी कामहरूले मेरो विषयमा गवाही दिन्‍छन् । 26 तरै पनि तिमीहरू विश्‍वास गर्दैनौ, किनकि तिमीहरू मेरा भेडाहरू होइनौ ।
  • यूह 12:37-43 : 37 तिनीहरूको सामु येशूले यति धेरै चिह्न‍हरू गर्नुभए तापनि तिनीहरूले उहाँमाथि अझै पनि विश्‍वास गरेनन् । 38 यशैया अगमवक्‍ताको वचन पुरा होस् भनेर यसो भएको थियो । तिनी भन्दछन्, “प्रभु, हाम्रो समाचार कसले विश्‍वास गरेको छ? र परमेश्‍वरको बाहुली कसलाई प्रकट गरिएको छ?” 39 यसैकारण, तिनीहरूले विश्‍वास गर्न सकेनन्, किनकि यशैयाले यसो पनि भने, 40 “उहाँले तिनीहरूका आँखा अन्धो तुल्याइदिनुभएको छ र उहाँले तिनीहरूका हृदय कठोर पारिदिनुभएको छ; नत्रता तिनीहरूका आँखाले देख्‍ने थिए र उनीहरूका हृदयले बुझ्‍ने थिए र फर्किने थिए, अनि म तिनीहरूलाई निको पार्ने थिएँ ।” 41 यशैयाले यी कुराहरू भने, किनकि तिनले येशूको महिमा देखे र उहाँको विषयमा बोले । 42 तरै पनि शासकहरूमध्ये धेरैले येशूमा विश्‍वास गरे, तर फरिसीहरूको कारणले गर्दा तिनीहरूले यसलाई स्वीकार गरेनन्, ताकि तिनीहरूलाई सभाघरमा रोक नलगाइयोस् । 43 तिनीहरूले परमेश्‍वरबाट आउने प्रशंसाभन्दा मानिसहरूबाट आउने प्रशंसा बढी रुचाए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 68र मैले तपाईंहरूलाई सोधेँ भने, तपाईंहरूले जवाफ दिनुहुनेछैन ।

  • यूह 10:24-25
    2 पदहरू
    76%

    24तब यहूदीहरूले उहाँलाई घेरे र भने, “तपाईंले हामीलाई कहिलेसम्म दोधारमा राख्‍नुहुनेछ? यदि तपाईं ख्रीष्‍ट हुनुहुन्छ भने हामीलाई खुलमखुला बताउनुहोस् ।”

    25येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले तिमीहरूलाई बताइसकेँ, तर तिमीहरू विश्‍वास गर्दैनौ । मैले मेरा पिताको नाउँमा गरेका यी कामहरूले मेरो विषयमा गवाही दिन्‍छन् ।

  • 70तिनीहरू सबैले भने, “त्यसो भए के तँ परमेश्‍वरका पुत्र होस्?” र येशूले तिनीहरूलाई भन्‍नुभयो, “तपाईंहरू नै भन्‍नुहुन्छ, म उही हुँ ।”

  • मत्त 26:62-63
    2 पदहरू
    75%

    62प्रधान पुजारी उभिए र उहाँलाई भने, “के तिमीसँग कुनै उत्तर छैन? यी मानिसहरूले तिम्रो विरुद्धमा दिइरहेका गवाही के हो?”

    63तर येशू चुप रहनुभयो । प्रधान पुजारीले उहाँलाई भने, “जीवित परमेश्‍वरको नाउँमा म तिमीलाई आज्ञा गर्दछु, हामीलाई बताऊ कि के तिमी ख्रीष्‍ट अर्थात् परमेश्‍वरका पुत्र हौ?”

  • लू 20:5-8
    4 पदहरू
    75%

    5उनीहरूले आपसमा भने, “यदि हामीले स्वर्गबाट भन्यौँ भने उसले यसो भन्ला ‘त्यसो भए तिमीहरूले उनलाई किन विश्‍वास गरेनौ?’

    6तर यदि हामीले मानिसबाट हो भन्यौँ भने, ‘सबै मानिसले हामीलाई ढुङ्गाले हान्‍नेछन्, किनभने उनीहरूले यूहन्‍नालाई अगमवक्‍ता हो भनी विश्‍वास गरेका छन्’ ।”

    7यसकारण तिनीहरूले यसो भनेर उत्तर दिए, “त्यो कहाँबाट भयो भनी हामीलाई थाहा छैन ।”

    8येशूले तिनीहरूले भन्‍नुभयो, “म पनि तिमीहरूलाई मैले कुन अधिकारले यी कामहरू गर्छु भनी बताउँदिनँ ।”

  • मत्त 21:24-27
    4 पदहरू
    74%

    24येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्‍नेछु । यदि तिमीहरूले मलाई त्यो बतायौ भने, मैले कुन अधिकारले यी कुराहरू गर्छु भन्‍ने कुरा म तिमीहरूलाई बताउनेछु ।

    25यूहन्‍नाको बप्‍तिस्‍मा कहाँबाट आएको हो? स्वर्गबाट हो या मानिसहरूबाट?” तिनीहरूले एक आपसमा यस्तो भन्दै छलफल गरे, “यदि हामीले ‘स्वर्गबाट’ भन्यौँ भने, उसले हामीलाई ‘त्यसो भए, तिमीहरूले उनलाई किन विश्‍वास गरेनौ?’ भनेर भन्‍नेछन् ।

    26तर यदि हामीले ‘मानिसबाट’ भन्यौँ भने, हामी भिडसँग डराउँदछौँ, किनकि तिनीहरू सबैले यूहन्‍नालाई एक अगमवक्‍ताको रूपमा हेर्दथे ।”

    27तब तिनीहरूले येशूलाई जवाफ दिएर भने, “हामीलाई थाहा छैन ।” उहाँले पनि तिनीहरूलाई भन्‍नुभयो “म पनि कुन अधिकारले यी कुराहरू गर्दछु भनेर तिमीहरूलाई भन्दिनँ ।

  • मर 8:29-30
    2 पदहरू
    74%

    29उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तर तिमीहरूचाहिँ म को हुँ भन्छौ?” पत्रुसले उहाँलाई भने, “तपाईं ख्रीष्‍ट हुनुहुन्छ”

    30येशूले उहाँको विषयमा कसैलाई पनि नभन्‍नू भनी तिनीहरूलाई चेतावनी दिनुभयो ।

  • मर 14:60-61
    2 पदहरू
    74%

    60प्रधान पुजारी तिनीहरूका बिचमा उभिए र येशूलाई सोधे, “के तिमी कुनै जवाफ दिँदैनौ? यी मानिसहरूले तिम्रो विरुद्धमा दिएका गवाही के हुन् नि?”

    61तर उहाँ चुपचाप रहनुभयो, र जवाफ दिनुभएन । प्रधान पुजारीले उहाँलाई फेरि प्रश्‍न गरे र भने, “के तिमी धन्यका पुत्र ख्रीष्‍ट हौ?”

  • 11अब येशू ती हाकिमको अगाडि उभिनुभयो, र हाकिमले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले तिनलाई जवाफ दिनुभयो, “तपाईंले नै त्यसो भन्‍नुहुन्छ?”

  • 34येशूले जवाफ दिनुभयो, “तपाईं आफैँले भन्‍नुभएको हो वा तपाईंलाई मेरो बारेमा अरू कसैले भनेको हो?”

  • 2पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” उहाँले जवाफ दिनुभयो, “तपाईं नै त्यसो भन्‍नुहुन्छ ।”

  • यूह 1:20-22
    3 पदहरू
    73%

    20उनले खुला भएर भने, र इन्कार गरेनन्, तर जवाफ दिए, “म ख्रीष्‍ट होइनँ ।”

    21त्‍यसकारण, तिनीहरूले उनलाई भने, “त्‍यसो भए तिमी को हौ त? के तिमी एलिया हौ?” उनले भने, “होइनँ ।” तिनीहरूले भने, “के तिमी अगमवक्‍ता हौ?” उनले जवाफ दिए, “होइनँ ।”

    22तब तिनीहरूले उनलाई भने, “तिमी को हौ, ताकि हामीलाई पठाउनेहरूलाई हामीले जवाफ दिन सकौँ? तिमी आफ्नै बारेमा के भन्‍छौ?”

  • 33त्यसपछि तिनीहरूले येशूलाई जवाफ दिए र भने, “हामीलाई थाहा छैन ।” त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “न त मैले यी कुराहरू कसको अधिकारले गर्छु भनी तिमीहरूलाई बताउनेछु ।”

  • लू 9:20-21
    2 पदहरू
    72%

    20उहाँले तिनीहरूलाई भन्‍नुभयो, “ तर तिमीहरूचाहिँ म को हुँ भनी भन्दछौ?” पत्रुसले जवाफ दिँदै भने, “परमेश्‍वरबाट आउनुभएका ख्रीष्‍ट ।”

    21तर तिनीहरूलाई चेताउनी दिँदै येशूले तिनीहरूलाई यो कसैलाई पनि नभन्‍नू भनी शिक्षा दिनुभयो ।

  • 66बिहान हुनेबितिकै, मुख्य पुजारीहरू र शास्‍त्रीहरू दुवै मानिसहरूका धर्म-गुरुहरू सँगै भेला भए । तिनीहरूले उहाँलाई परिषद्‍मा लगे र

  • 3पिलातसले उहाँलाई यसो भन्दै सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले तिनलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “तपाईंले नै त्यसो भन्दै हुनुहुन्छ ।”

  • 15उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तर म को हुँ भनेर तिमीहरू भन्छौ?”

  • लू 20:2-3
    2 पदहरू
    72%

    2तिनीहरूले उहाँलाई भने, “हामीलाई बताऊ, कुन अधिकारद्वारा तिमी यी कामहरू गर्छौ? अथवा कसले तिमीलाई यो अधिकार दियो?”

    3उहाँले जवाफ दिएर भन्‍नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्छु ।

  • 31तिनीहरू एक-आपसमा छलफल र बहस गरे र भने, “यदि हामीले ‘स्वर्गबाट’ भन्यौँ भने उहाँले भन्‍नुहुनेछ, ‘त्यसो भए, किन उनलाई विश्‍वास गर्दैनौ?’

  • 46तिमीहरूमध्ये कसले मलाई पापको दोष लगाउँछ? यदि म सत्य बोल्छु भने, तिमीहरू मलाई किन विश्‍वास गर्दैनौ?

  • यूह 18:7-8
    2 पदहरू
    71%

    7अनि उहाँले तिनीहरूलाई फेरि सोध्‍नुभयो, “तिमीहरू कसलाई खोजिरहेका छौ?” तिनीहरूले फेरि भने, “नासरतका येशूलाई ।”

    8येशूले जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनेँ, म उही हुँ । त्यसैले, यदि तिमीहरू मलाई खोजिरहेका छौ भने, यिनीहरूलाई जान देओ ।”

  • 27त्यसले जवाफ दियो, “मैले तपाईंहरूलाई पहिले नै बताइसकेँ, अनि तपाईंहरूले सुन्‍नुभएन । तपाईंहरू यसलाई फेरि किन सुन्‍न चाहनुहुन्छ? तपाईंहरू त उहाँका चेलाहरू बन्‍न चाहनुहुन्‍न, चाहनुहुन्छ त?

  • 29येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई एउटा प्रश्‍न सोध्‍छु । मलाई भन र मैले यी सबै कुन अधिकारले गर्छु भनी सो बताउनेछु ।

  • 12यदि मैले तिमीलाई पृथ्‍वीको कुरा भनेँ भने तिमीहरू विश्‍वास गर्दैनौ, यदि मैले स्वर्गका कुराहरू भनेँ भने तिमीले कसरी विश्‍वास गर्छौ?

  • 21यदि कसैले तिमीहरूलाई, हेर ख्रीष्‍ट यहाँ हुनुहुन्छ! वा हेर उहाँ त्यहाँ हुनुहुन्छ भन्यो भने विश्‍वास नगर ।

  • 21तपाईंहरूले मलाई किन सोध्‍नुहुन्छ? तिनीहरूलाई नै सोध्‍नुहोस् जसले मैले भनेको सुनेका छन् । हेर, मैले भनेका कुरा यी मानिसहरूले जान्दछन् ।”

  • 20त्यसपछि उहाँ नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा कसैलाई नभन्‍नू भनी येशूले आफ्ना चेलाहरूलाई आज्ञा गर्नुभयो ।

  • 34येशूले जवाफ दिनुभयो, “पत्रुस, म तिमीलाई भन्छु, तिमीले मलाई चिन्दिनँ भनेर तिन पटक इन्कार नगरेसम्म, यो दिन भाले बास्‍नेछैन ।”

  • 17त्यसैले, हामीलाई भन्‍नुहोस्, कि तपाईं के भन्‍नुहुन्छ? कैसरलाई कर तिर्नु उचित हो कि होइन?”

  • 68र भने, “हे ख्रीष्‍ट, अब हामीलाई अगमवाणी गरी भन्, तँलाई हिर्काउने को हो?”

  • 26अनि हेर, यिनी खुलमखुला बोल्छन् र तिनीहरू यिनलाई केही पनि भन्दैनन् । वास्तवमा शासकहरूले यिनी नै ख्रीष्‍ट हुन् भन्‍ने जान्‍न सक्दैनन्, जान्‍न सक्छन् त?

  • 42उहाँले भन्‍नुभयो, “तिमीहरू ख्रीष्‍टको बारेमा के विचार गर्दछौ? ख्रीष्‍ट कसका पुत्र हुन्?” तिनीहरूले उहाँलाई भने, “दाऊदका पुत्र ।”

  • 23तब यदि कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्‍ट यहाँ छन्!’ वा, ‘ख्रीष्‍ट त्यहाँ छन्!’ भन्छ भने त्यसलाई विश्‍वास नगर ।

  • 36त्यसले जवाफ दियो, र भन्यो, “प्रभु, उहाँ को हुनुहुन्छ, कि मैले विश्‍वास गर्न सकौँ?”

  • 9अनि तिनी फेरि राज्यपालको महलभित्र पसे, र येशूलाई भने, “तिमी कहाँबाट आएका हौ?” तर येशूले तिनलाई जवाफ दिनुभएन ।